सरोज धिताल – पीडा
अलिखित हुन्छन्
धेरै भेलहरू सडकका आँसुको
अव्यक्त हुन्छन्
धेरै पोकाहरू मान्छेको पीडाको
केही शब्दहरू कोरेर कागजमा
उत्तरदायित्व निर्वाह गरेको
भ्रममा रमाउने कवि
रोइरहेका तिम्रा Continue reading “Saroj Dhital – Peeda”
नेपाली कविता को बिशाल संग्रह
सरोज धिताल – पीडा
अलिखित हुन्छन्
धेरै भेलहरू सडकका आँसुको
अव्यक्त हुन्छन्
धेरै पोकाहरू मान्छेको पीडाको
केही शब्दहरू कोरेर कागजमा
उत्तरदायित्व निर्वाह गरेको
भ्रममा रमाउने कवि
रोइरहेका तिम्रा Continue reading “Saroj Dhital – Peeda”
फुलै न हो, फुल्नु थियो
फुल्यो हलक्क !
इन्द्रेणीझैं फूलबारी
खुल्यो झलक्क !
यो बारीको सासै आज
कस्तेा मगक्क !
ठाँटिएझैं यो मौसम
कस्तो गमक्क !
फूलमाथि पुतलीले
बसी थपक्क,
विना हलचलै हेर
चुस्यो सपक्क !
कत्ति राम्रो उत्सव यो
कस्तो रिवाज !
कत्ति मीठो गीत बज्यो
विना आवाज !
२०५९ वैशाख ४
सरिता तिवारी – जुन, म र शहर
फक्रनै लागेका
मेरा समयहरु
मैले जुनलाई दिएँ
जुनले मलाई
असंख्य न्याना उज्यालाहरू दियो
र
मैले आफ्नो अनुहार
जूनै जूनले धोएँ
जूनसंगै फुलेका
सम्पूर्ण रहरहरु शीतलाई
दिएर Continue reading “Sarita Tiwari – Joon, Ma Ra Shahar”
मेरो बिन्ती सुनिदिनुस् गुरु-गुरुमा !
चीन के हो, भारत के
कत्ति नजिक, कत्ति टाढा
बुझनुपरे बुझौंला नि
कुन फूल, कुन काँडा
ऐले नै यो बोझ किन सुरुसुरुमा –
मेरो बिन्ती सुनिदिनुस् गुरु-गुरुमा !
पैले मलाई चिनाइदिनुस्
मेरो घरको आँगन-चोक,
कहाँ के छ देखाइदिनुस्
एक-एक सबैथोक,
बुझने गरी बताइदिनुस् सुरुसुरुमा ।
मेरो बिन्ती सुनिदिनुस् गुरु-गुरुमा !
मलाई मेरो आफ्नै थलो
मेरो आफ्नै चिनारीमा,
दुःख-सुख घुम्दै गर्ने
घामछायाँ छहारीमा,
रमीरमी खेल्न दिनुस् सुरुसुरुमा ।
मेरो बिन्ती सुनिदिनुस् गुरु-गुरुमा !
क.
पलक निमीलित आज निशि,
प्रार्थना छन् सलिलदृशी !
ख.
दुइटा उडुकण ढुल्कन्छन्
बादलपरेला छिचली !
ग.
निश्चल, निस्पन्द !
श्वासबन्द !
घ.
क्षणकन पार्छिन् अनन्त–दर्पण !
अर्पण !
ङ.
निभिरहेछ संसार उनको !
उडिरहेछ नीरव,
दुइटा पखेटा क्रन्दनको !
च.
बज्दछ अश्रुतबीच मसिनो
मनको तार !
अन्तर–श्वसनकनको परी प्रहार !
“ए ! सुन्दर !
एक किरण !
अमृत मुहार ! ……….”
छ.
जीवन घडीजस्तो छ !
व्यष्टि, समष्टि !
घडीका सूईका दुई हात
जोर्छिन् शिरमा, रात !
आँखा मुदी,
माग्छिन् प्रभात !
तारा सुवेदी – सहर
(मघुपर्क पुस, २०६८)
-आँखाभरि
इन्द्रेनी सपनाहरू रोपेर
ओसिएका मनहरू सहर पसेका छन्
सहरमा मान्छेहरू
कोही काम खोज्दैछन्
कोही माम खोज्दैछन्
कोही बादलभित्र हराएको
जीवनका पारिलो घाम Continue reading “Tara Subedi – Sahar”
दीपेन्द्र के.सी. – विपना जन्माउने सपना
तार्न नसकेका सपनाहरु सवै
छोडेर खोलापारि
उतार्छु आफूलाई बगरमा
अनि हेर्छु ओसिलो पल्लो किनार –
एकझोला सपनाहरु
पोखिएका रहरहरु
र, झरेका रक्तिम लालीगुराँसहरु
अन्तिम हाँसो हाँस्छन म सँग ;
बग्नुछ उनीहरुलाई
केहीक्षण पछि आउने भीषण बाढीसँगै
र, गर्नुछ समापन–धमिलो यात्राको ।
म फेरि शुरु गर्छु
शाश्वत यात्राको नयाँ श्रृङ्खला
र, लाग्छु उकालीहरु
अर्कै क्यानभाष पोतेर मनमा ।
भत्केका सिंढीहरु
लहरै बतासे डाँडाहरु
नाँगा सिंगाने बालकहरु, कुप्रा बुढाबुढीहरु
पहाड ओदारिरहने भोका पेटहरु
रातै बाँझा बारीहरु, मक्किएका झुप्राहरु
पुगेर मध्यमा
विसाएर हेर्छु तलतिर
र, फेरि बटुलेर केही सपना !
सम्भार गरेर तलदेखि
गाँउलाई गाँउजस्तै बनाउनु छ
पाखा र डाँडाभरि राताम्मै लालीगुराँस फुलाउनुछ
बोट र बारीभरि लटरम्मै सपनाका फलहरु फलाएर
अनि बल्ल आराम लिनुछ सिरानमा ।
यो अर्को रुप हुनेछ
मेरो सपनाको
जसले कोरलेर पक्कै
जन्माउने छ विपनाहरु
अनि बल्ल यात्राले फेर्नेछ
सन्तोषको एउटा श्वास
पुगेर सिरानमा ।
बागलुङ, हाल ओस्टण्डे बेल्जियम
२६ फेब्रुअरी २०१३
कुमार सिंखडा – कल्ले भन्छ सानी तिम्रो खेर गो जवानी
काँडा नहुँदा फूल ठुँग्न चुच्चेहरुको ताँती
चर्क्यो छाती छड्क्यो मुटु तरङ् नानाभाँती
पीडा होला आँसु होला यही हो जिन्दगानी
कल्ले भन्छ सानी तिम्रो खेर गो जवानी
आसा थियो रहर जोश माया बुन्नु थियो
इन्द्रधनुष संसार जोड्ने हात जोडी थियो
मायाको घर जगमै फुट्यो छातीभरि भाला
च्यातिएको मन सिउने पाइनौ झुम्रो टाला
काल फिरे साल फिरे मन फिर्ला सानी
कल्ले भन्छ सानी तिम्रो खेर गो जवानी
लुक्यो घाम हाँगा झुक्यो सुनसान वनपाखा
एकनास बजिरह्यो पिरतीको भाखा
रात रहे अग्रासै हो, फिर्ला अरु गीत
रोदीघरको दोहोरीमा गाए संगीसित
घाउ सुकी खाटा लाग्ला भुल्ने सबको बानी
कल्ले भन्छ सानी तिम्रो खेर गो जवानी
आफ्नै दाजुभाइबाट
सुकुम्बासिएपछि
यो बिर्खे
जसलाई जहाँ भेट्छ
आफ्नो कथा सुनाउने गर्छ
आफ्नो ब्यथा सुनाई हिड्ने गर्छ
आफ्नै भाइले घरबाट निकाले पछि
धनीपूर्जा देखाउँदै न्याय माग्छ
“बाबु म कहाँ न्याय पाउँछु Continue reading “Nawaraj Subba – Tyo Birkhe”
टेकब कोईराला – राजमार्ग र गुरुजीहरु
पहिले पहिले राजमार्गहरु
अग्घोरै चल्तीमा थिए
चक्काहरु गुड्थे रातोदिन
यो बिसौनीपछि ऊ बिसौनी
फलानो बस्तीपछि ढिस्कानो बस्ती
गुरुजीहरुलाई मनग्गे ‘मालुम’ थियो।
आजकल राजमार्गहरु
अग्घोरै उराठलाग्दा छन्
चक्काहरु महिनौसम्म जाम हुन्छन्
मंसिरको चार–पाँच गते चक्का गुड्छ
फेरि अर्को पालो माघको चौध–पन्ध्र पनि कुन्नी
बल्लतल्ल चक्का गुडाउन पाउँछन् गुरुजीहरु
अलमल–अलमलमा, अन्योल–अन्योलमा
माकुराको जालो पन्छाउँदै
बाटाका बस्ती र बिसौनीहरु पनि
नौला–नौला, धुर्मैला–धुर्मैला
कतै देखे–देखे जस्तो
कहीं चिने–चिने जस्तो।
आजकल राजमार्गहरु
अग्घोरै बिरानो भइसक्यो
गुरुजीले राजमार्ग चिन्दैनन्
राजमार्गले गुरुजीलाई जान्दैन
फेरि चक्काहरु जाम हुन्छन्
बल्ल पालो आउँछ महिनौंपछि
फेरि चक्काहरु गुडाउँछन् गुरुजीहरु
माकुराको जालो पन्छाउँदै।
कुनै बाटोमा तिमी एक्लै
कुनै बाटोमा म एक्लै
आकाश त एउटै छ हाम्रो
तर धर्ती बेग्लाबेग्लै
तिमी नदी भई बग्छौ
म पहाड भई छेकिन्छु
तिमी पहाड हुँदा
म मैदानमै रोकिन्छु
अस्ताइरहेछ घाम-जून
साँझ बिहान एक्लैएक्लै
उच्छ्वासहरु उठेका
शून्य निस्तब्ध पथमा
हिँडिरहेछ जीवन
चक्कै छुटेको रथमा
पुग्छौँ कहाँ कहाँ खै
छलेर आफैलाई
पत्थरको चोट भन्दा
नमिठो एक्लोपन छ
साथी छुटेर यात्रा
दुखिरहेको मन छ
कहाँ थियो म जानु
फर्कें कहाँ म एक्लै
आकाश त एउटै छ हाम्रो
तर धर्ती बेग्लाबेग्लै
२४ माघ२०६५
मनोज काफ्ले मनसुन – तिम्रो ओठ्ले पनि
तिम्रो ओठ्लेपनि मायाको गीत गायो
तिमिमेरो म तिम्रो येही आवाज सुनायो
तिम्रो नाम भए जीवनका हर खुसिहरु
तिम्रो तगारोमा पुगें बल्लमन मुस्कुरायो
भन्थेउ तिमि त Continue reading “Manoj Kafle (Mansoon) – Timro Othle Pani”
बालकृष्ण आजाद – दशैः तिमिलाई मेरो सुझाब
ए दशै तिमि आउदैछौ-
तिमि आउनु अगावै
तिमिलाई म
केहि कुरा भन्छु,
सुन ल !
दशै,
बितेका दश बर्षझै
तिमि आउदा
युद्धका पूर्व निर्धारित कार्यक्रम
रद्द गर्नु Continue reading “Balkrishna Aajad – Dashain : Timilai Mero Sujhab”
कोमल श्रेष्ठ मल्ल – देश बोक
मैले बोक्ने देश तिम्रै
दाजुभाई बोक्न आउ
तिम्ले बोक्ने देशलाई
मलाई पनि बोक्न लाउ
हात हात जोडे पछि
सगरमा देश पुग्छ
काध काध जोडे भने
स्वर्ग सरि देश हुन्छ
सुलोचना मानन्धर – धिताल बाटो
शून्य ठाउँमा
एउटा बाटो बनाएँ
बाटो न हो, त्यसलाई कुल्चेँ
हिँडे
गन्तव्यमा
म पुगेँ कि पुगिन
कुन्नि
म आफैँ नै बाटो भइसकेको पाएँ ।
कोमल श्रेष्ठ मल्ल – नआएनी हुन्थ्यो अव
अहो अहो !
थरि थरि ????
भाषा यसरी लेखिन्छ अब
भेष यसरी फेरिन्छ अब
जात उर्लेको बाढीमा
मानौ निरिह पशु झै
आमा रेटिन्छीन अब
यो बेमानी अब नआएनी हुन्थ्यो अब
रगतको Continue reading “Komal Shrestha Malla – Naayeni Hunthyo Aba”
गोपाल झापाली – पोट्रेटकी क्लियोपाट्रा
भितामा निर्बस्त्र पोट्रेटमा टाँसिएकी किल्योपेट्रा
मलाई गिज्याई रहन्छे,
म पुरुष हुनुको परीक्षा लिईरहन्छे ।
मस्त निदाएको बेला उ,
बिरालाको चालमा मेरो ओच्छ्यानमा आउछे ।
जस्तो म उस्तो उ अर्थात जस्तो उ उस्तो म
कामुक स्पर्स उस्को निधार हुदै गोडामा बिट मार्छे ।
मेरो धैर्यता लाई नामर्द ठानि उ छिल्लि रहन्छे ।
रङ्ग उडेको म, रङ्गिन उ,
रस नभरिएको फोस्रो म,
रस भरिएकि पोटिलि, पुष्ट उ ।
मेरो निरसता संग उस्को रसिलो केमिष्ट्रि नमिले पछि
सिथिल हुदै पुन पोट्रेटमा उक्लन्छे
अनि सुरु गर्छे उहि उत्तेजक हेराई,
अनि सुरु गर्छे उहि कामुक गिज्याई ।
मेरो माटो दुखेको बेला,
आमा लाई ऐठन भएको बेला,
धमनीले उत्तेजक रगत बोकेको बेला,
म कहाँ लहसिन सक्छु किल्योपेट्रा तिमी संग ?
म किन देखाउ तिमीलाई मेरो पुरुषोत्व ?
बलेंसी भत्किएको बेला, धुरि उक्लिएको बेला ।
दमक झापा
भ्रष्ट प्रशासन व्याप्त अशान्ति
क्षुब्ध लोकमत उन्मुख क्रान्ति
पोथी पत्रे दण्डित दण्डित
महल अटारी खण्डित खण्डित
तरुण रगतले आँखा हे¥यो
युगले आफ्नो कोल्टो फे¥यो
वचन नपाई आत्तिन थाले
देश चुसाहा नृपका Continue reading “Yuddha Prasad Mishra – Dushman Haruko Lash Nikala”
कोमल श्रेष्ठ – किन तमसुक ? (मुक्तक)
कस्लाई के दिऊ
भए पो दिनु ?
अरुले पनी केही
दिए पो लिनु ॥
त्यसैले
लिनु र दिनुको तमसुक
किन ?
के का लागी गर्नु ??
रितु आसिक – वासिङ्टन
वासिङ्टन आफूभित्र ज्वालामुखी घोप्ट्याएर
स्वतन्त्रताको सपना बुनी रहेको थियो
किल्ला किल्लामा बैरीहरुलाई सोत्तर पार्दै,
स्वतन्त्रताको गीत गाउदै
वासिङ्टन उठयो |
जताततै मुक्तिका धुनहरु बजे
अमेरिकाले आफूलाई दासता चुडाल्दै
स्वतन्त्रताको घोषणा गर्यो
मेरील्यान्ड,डेलावेर र न्यूजर्सी कानेखुशी गरेर
वासिङ्टनलाई सधैं सधैं फुर्काएर
आफ्नो दुनो सोझ्याउछन् |
वासिङ्टन आफूमा बैभव रोपेर
न्यूयोर्कको चाकडी गर्न थालेको छ |
आकाश छुने होड गर्ने न्यूयोर्क
नुन खाएको कुखुरा जस्तो भएको छ |
पराधिनताको बिरुद्ध स्वतन्त्रता उठ्यो
स्वतन्त्रता सधैं पराधिनता हुँदैन
स्वाधिनता वासिङ्टनमा पोखिएको छ |
स्वतन्त्रताका फूलहरु यसबेला फक्रिएका छन्,
वासिङ्टनको सातो गएको छ
संवृद्धी र बैभवको
स्वतन्त्रताकी प्रतिमुर्ती तर्फ
एकटक लाएर दिनैपिच्छे हेरिरहन्छ |
वासिङ्टन मन थाम्न नसकेर
भालेको डाँकमा हिंडेर
श्रद्धाका फूल चढाएर
साँझमा आफ्नै थालोमा फर्किन्छ ।