Saroj Dhital – Peeda

सरोज धिताल – पीडा

अलिखित हुन्छन्
धेरै भेलहरू सडकका आँसुको
अव्यक्त हुन्छन्
धेरै पोकाहरू मान्छेको पीडाको

केही शब्दहरू कोरेर कागजमा
उत्तरदायित्व निर्वाह गरेको
भ्रममा रमाउने कवि
रोइरहेका तिम्रा एकएक रौँलाई सोधेर हेर
लेखेर सकिन्छ र कहिल्यै
कविता पीडाको ?