Shekhar Dhungel – Eutai Chiso Chhat

आफ्नो जीवन आफ्नै हुन्छ
सुन्दिन म तिम्रो बात
भन्छ्यौ भने मायालु
किन चाहियो हामीलाई अब
अँध्यारो रातको लागि मात्र
यो एउटै चिसो उही एउटै चिसो छत

दु:ख जति आँफै बोकी
सुख दिए तिम्रै भागमा
रुनु परे एक्लै रुन्छु
तिमी हाँस दिन रात
यहाँसम्म मैले गरे
अँझै खुशी हुन्नौ भने
किन चाहियो हामीलाई ……
अँध्यारो रातको लागि मात्र
यो एउटै चिसो उही एउटै चिसो छत

नामको मात्र नाता हो र
मनको होइन भने
कष्ट पर्दा मलाई तिमीले
साथ दिन्नौ भने
मेरो आफ्नै धुन छ अनि बाटो
तिमी भन्छ्यौ भने
प्रियसी ! किन चाहियो अब
अँध्यारो रातको लागि मात्र
यो एउटै चिसो छत

अमेरिका