Yuddha Prasad Mishra – Dushman Haruko Lash Nikala

भ्रष्ट प्रशासन व्याप्त अशान्ति
क्षुब्ध लोकमत उन्मुख क्रान्ति
पोथी पत्रे दण्डित दण्डित
महल अटारी खण्डित खण्डित
तरुण रगतले आँखा हे¥यो
युगले आफ्नो कोल्टो फे¥यो
वचन नपाई आत्तिन थाले
देश चुसाहा नृपका टोली
भोका नांगा ए कंकाल
आ–आफ्नो छाती खोली
जहाँ कहाँ छौ त्यहीबाट सब
धाओ धाओ जाई लाग
मुखभरीको कारण पक्री
विजयोन्मुख भै चमडा माग
लाञ्छित जर्जर आत्मा बाल
दुष्मनहरूको लाश निकाल