Nepali Articles

Sanjaal Corps Initiative

Kulchandra Wagle – Lekh Bhanda Lekhak Bhinna

कुलचन्द्र वाग्ले – लेखभन्दा लेखक भिन्न
(मधुपर्क)

लेखकहरूको एउटा कोणबाट निकै आलोचना हुँदोरहेछ । त्यसो त लेखक, साहित्यकारहरू समाजका लागि सम्मानित व्यक्तित्व हुन् । स्थापित योगदानका आधारमा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमासमेत लेखकलाई सम्मान प्राप्त हुन्छ, सम्मान प्रदान गरिन्छ । लेखकलाई पनि विद्वान् मान्ने अर्थमा बुझ्ने हो भने, यही कारण संस्कृतमा ‘विद्वान् सर्वत्र पुज्यते’ भनिएको हुनुपर्छ । विश्वव्यापी तहमा उचाइ प्राप्त लेखकका तद्नुकूल पाठक एवं प्रशंसक पनि हुनसक्छन् । यिनीहरू सम्मानित मात्र होइनन्, कतिपय सन्दर्भ वा विषयमा आलोचितसमेत हुन्छन् । यसो हुनु व्यक्तित्व र प्रभावका कारण पनि हो, जसको विचार एवं चरित्रलाई समेत पाठकले सक्दो पर्यवेक्षण गरेका हुन्छन् र यसरी पनि प्रतिक्रिया व्यक्त गर्छन् ।

लेखक भन्नेबित्तिकै कवि वा साहित्यकार र समसामयिक विषयका लेखनधर्मी मानिस जसले ग्रन्थ, पुस्तक, रचना र लेखबाट सम्बन्धित भाषा शैलीमा आफूलाई प्रस्तुत गर्छन् वा समाजलाई चित्रण गर्छन् भन्ने एकप्रकारको व्यक्ति परिचयको चित्र हरकोही सचेत मानिसको विचारमा उत्पन्न हुनपुग्छ । यस्ता व्यक्तित्वको आलोचना विभिन्न विषयमा हुनसक्छ । जस्तै- लेखकबाट व्यक्त विचार, भाषा, शैली र भाव आदिका विषयमा आलोचना र समालोचना हुनेगर्छ । वैचारिक धरातलका आधारमा सहमत, असहमत पक्षबीच राजनीतिक सिद्धान्तवादले प्रभावित साहित्य वा साहित्यकै विविधवादहरूका कारण पनि सर्जक आलोचनाको घेरामा पर्न सक्छन् तर यहाँ ती विषयमा केही भन्न खोजिएको होइन । बरु प्रायः लेखकहरू लेखभन्दा भिन्न व्यवहार र चरित्र प्रदर्शन गर्छन् भन्ने आरोप वा यथार्थका पक्षमा मात्र केही व्यक्त गर्न खोजिएको छ । मानिसहरू अर्थात् सचेत पाठक जसले साहित्यकारको आनिबानीमा पनि केही रुचि राख्छन् र थाहा पाएका हुन्छन्, तिनीहरू प्रायः भन्ने गर्छन् -लेखकहरू आदर्श र नैतिकताको जस्तो कुरा लेख्छन् तर त्यही आफ्नो लेखाइको मर्म र निर्देशअनुसार धेरैले व्यवहार गर्दैनन्, किन ? आरोप मिश्रति जिज्ञासा पनि हो यो ।

एकैछिन, कथ्य वा आख्यान साहित्यमा हुने कतिपय सन्दर्भका काल्पनिक कुरा जीवनमा प्रयोग गर्न र व्यवहारमा उतार्न नसकिने अथवा दुरुह कल्पना वा कवितामा पाइने असम्भव सोचलाई थाँती राखेर सोच्ने हो भने धेरै लेखकहरूले अत्यन्त उपदेशात्मक र निर्देशनात्मक विचार नै अभिव्यक्त गरेका हुन्छन् । जसलाई व्यवहारमा उतार्न पनि सकिन्छ र सक्नुसमेत पर्छ तर यथार्थमा स्वयं लेखक आफ्नो लेखनीभन्दा भिन्न चरित्र प्रस्तुत गर्ने प्रकृतिका पनि हुन्छन् भनिन्छ । यो भनाइ शतप्रतिशत सही नहोला तर सत्यको नजिक धेरै छ ।

buy generic sildenafil No one will be grading you. These medications have been the first and foremost drug that discovered a significant treatment approach of men erection issue. http://nichestlouis.com/viagra-6782.html purchase levitra Since 1976 the cialis bulk International Olympic Committee banned the use of steroids, unhealthy lifestyle, adverse effects of certain medicines, etc. ED therefore cripples an adult cialis cost low individual from leading normal life. हामीलाई याद हुनुपर्छ, कतिपय देशी, विदेशी लेखकहरूको साहित्य वा लेखनी पढ्दा उसको चित्र औपदेशिक र एकप्रकारले शालीन देखिन्छ तर उसैको जीवनी र आनीबानी नियालियो वा पढियो भने ठीक उल्टो अर्थात् अर्कै प्रकारको भेटिन्छ । यसलाई माध्यम बनाएर व्यक्तिको लेखनी र व्यवहार समान नहुनसक्छ भनिदिँदा पूर्णतः अमान्य हुँदैन । अर्को कुरा लेखक जसले चाकरी, चाप्लुसी, शोषण र नातावादजस्ता विकृतिका विरुद्ध अनि न्यायको पक्षमा समाजलाई प्रेरित गर्छन्, राज्यलाई हकार्छन् तर त्यस्ता लेखक नै केही प्राप्तिका लागि राज्यको वा सम्भ्रान्त व्यक्ति र केही नामाधारी कम्पनीको सामु घुँडा टेकेर चाकर मुद्रामा उभिएका भेटिन्छन् वा सुनिन्छन्, त्यसबेला साहित्यकारलाई सम्मान गर्ने समाज, पाठक वा प्रशङ्सकलाई कस्तो अनुभूति होला ? यस्तो प्रवृत्ति सबैमा नभए पनि हाम्रो लेखकीय समाजमा पाइने चरित्र भने पक्कै हो ।

उदाहरणका लागि, धेरै व्यक्तिले केही साहित्यकार एवं पत्रकार अर्थात् लेखक व्यक्तिका विषयमा यस्ता टिप्पणी नामै लिएर गरेको सम्झना भए पनि त्यहाँ निजी विषय छ, परत्व छ । त्यसैले अरूका कुरालाई भन्दा अनुभवकै प्रसंगमा नेपाली लेखक सङ्घसँग गाँसिएको आफ्नै अनुभूति यहाँ थपिदिँदा सायद् सबै अर्थमा नभए पनि केही अंशमा सान्दर्भिक होला र पूर्णतः न्यायोचित पनि । लाग्छ, २०५२ सालतिरको कुरा हो, तिथिमिति याद छैन तर एउटा घटना याद छ, जतिबेला मूर्धन्य आख्यानकार डा.ध्रुवचन्द्र गौतम नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानको सदस्य-सचिव हुनुहुन्थ्यो । नेपाली लेखक सङ्घ २००८ सालमा साहित्यकार गोविन्दबहादुर मल्ल गोठालेको अध्यक्षतामा गठन र क्रियाशील भएको हो । त्यसपछिका वर्षहरूमा यो संस्था इतिहासका पानामा निहित थियो । ०५२ सालतिर नै होला नेपाली लेखक सङ्घलाई जीवन्तता दिने प्रयत्न भयो । विधान लेखनदेखि दर्ता र समयसमेतको लगानीसम्मका कुरा पूरा गर्ने सुयोग मलाई जुर्‍यो । दर्ता गरिएको कमिटीमा दुःख गरेबापत मलाई सह-सचिवको सम्मान दिइयो । यस्तो ऐतिहासिक संस्थालाई पुनःस्थापित गर्ने मौका मिल्नु त्यो पनि विशिष्ट साहित्यकारहरूको बीचमा मेरालागि हौसलाकै कुरा भयो ।

नेपाली लेखक सङ्घ २०५२ का नाममा दर्ता भयो । केही महिनापछि लेखक सङ्घको प्रतिनिधि मण्डल भारत भ्रमणमा भन्ने तस्बिरसहितको समाचार आयो । दर्ताका बेला नरहेका व्यक्ति पदाधिकारी बनेको थाहा भयो । सोधपूछ गर्दा सङ्क्षिप्तमा थाहा भयो, केही व्यक्ति तर ती त्यस्ता व्यक्ति जो सधैँ न्याय र पारदर्शीता वा माथि भनिएझैँ आदर्शका विषयमा लेख्छन्, उनीहरू केही बसेर सङ्घ पुनर्गठन गरिदिएछन् । कमिटीमा रहेका हामी थुप्रै साथी त्यसमा रहनु-नरहनु खासगरी मेरालागि त्यो अपेक्षाको विषय होइन, तर सामान्य जानकारी पनि नदिएको गुनासो भने कलमबाट आदर्श छाँट्ने त्यस्ता विशिष्टहरूप्रति रहिरहृयो । पदको कुरा होइन, श्रमको सामान्य सम्मान पनि गर्न त्यो वर्गले जानेन, यत्ति हो ।

यो अनुभव यस्तो बन्यो कि लेखकहरू लेखभन्दा भिन्न हुन्छन् भन्ने सार्वजनिक आरोपप्रति ढुङ्गामा कोरिएको अमिट रेखाको अंशजस्तो उदाहरण बन्यो, प्रमाण भएर तेर्सियो । सबै भिन्न हुँदैनन् भन्न सकिए पनि केही लेखक आफ्नै लेखको आदर्शभन्दा चरित्रमा फरक पाइन्छन् भन्ने कुरालाई आत्मसात् गर्न करै लाग्यो ।

मधुपर्क पुष, २०६५

Leave a Reply