Kamal Dixit – Sunaula Pachas (50) Barsha

कमल दीक्षित – सुनौला ५० वर्ष
(हिमाल खबरपत्रिका)

ज्योतिषमा ‘अङ्कानाम् वामतो गतिः’ भन्छन् अर्थात् अङ्कहरू वामपन्थी हुन्छन् रे । त्यसैले मदन पुरस्कारको चर्चा गर्दा हामी पनि प्रगतिशील भएर एकै छिन अङ्कमा अल्मलिऊँ । यहाँ ‘अल्मलिऊँ’ भनेको व्यञ्जना मात्र होइन, अभिधा पनि हो । भन्नाले मदन पुरस्कारको अङ्कमा कुरा गर्दा साँच्चै अलमलमा परिन्छ ।

मदन पुरस्कार दिँदा प्रमाणपत्रलाई पुरस्कारको चिहृन अङ्कति सानो नाङ्लो अर्थात् नाङ्लीमा राखेर दिइन्छ । यसरी २०१३ सालको पुरस्कार (२०१४मा) दिएदेखि यस्ता नाङ्लीहरू जम्माजम्मी ६० ओटा हस्तान्तरण भएछन्, तर ती ५८ घरमामात्र पुगे । अथवा भनौँ पुरस्कार त साठी ओटा ग्रन्थले पाए, तर सम्मानित भए जम्मा ५८ जना श्रष्टामात्र । कसरी – गाउँखाने कथा जस्तो भएन त ?

तर, गाउँखाने कथा होइन यो, यसमा कुनै रहस्य पनि छैन । पारदर्शी छ कुरो । एकजना व्यक्तिले तीन ओटा नाङ्ली पनि लगे (सत्यमोहन जोशीले) अनि एउटै पुरस्कार पाँच जनाले समेत बोके- पाँचओटा नाङ्लीमा । सबैको जोडघटाउ गर्दा यी ४९ वर्षा त्यति ओटा पुरस्कार र त्यतिजना व्यक्तिको अङ्क आउँदो रहेछ ।

गाउँखाने नै कुरा गर्दा सोधे हुन्छ, कस्ताकस्ताले थापेछन् ती नाङ्ली – लैङ्गकि विभेदको आक्षेप लाग्न सक्छ तर त्यो नीतिगत भने होइन । मदन पुरस्कारका नाङ्ली समाउने एकैजना महिला सुश्री पारिजात मात्र हुन् यी ५८ जनामध्ये । बरू हो मदन पुरस्कारको नाङ्ली नबोके पनि गुठीले नै दिने अर्को पुरस्कार जगदम्बा-श्रीको किस्ती अन्य दर्ुइ जना नारीहरूले उचालेका छन्- २०५९ मा नेपाली साहित्य सम्मेलन, दार्जीलिङका लागि डा. लक्खीदेवी सुन्दास र २०५६ मा नेपाली शिक्षा परिषदका लागि श्रीमती रमा शर्माले ।

स्व. बालकृष्ण समले बनाएको मदन पुरस्कार गुठीको लोगो ।

अङ्कमै अलिबेर अरू रङ्मङदिा रमाइलो तथ्याङ्क सामु आउँछ, मदन पुरस्कारमा । यी ६० ओटा पुरस्कारले आजसम्म जम्माजम्मी १८ लाख १० हजार रुपैयाँ लगेछन् मदन पुरस्कार गुठीबाट, अर्थात् एउटा पुरस्कारको भागमा जम्माजम्मी ३०,१६७ जति रुपैयाँ मात्र परेछ । कसरी – अर्को गाउँखाने कथा बन्छ । तर, उत्तर त्यसको पनि सजिलो छ । शुरुमा एउटा पुरस्कार चार हजारको थियो । विस्तारै त्यो बढ्दै गई रु.२०, २५, ५० हजार हुँदै एक लाखसम्म पुगेको हो । अब यस वर्षेखि त त्यो लाख पनि डब्लिएर दर्ुइमा चढेको छ । आउँदो नौरथामा २०६१ सालको मदन पुरस्कार ग्रहण गर्ने विद्वान्ले दर्ुइ लाख रुपैयाँले खामेसम्मका स्वर्ण्र्ााद्रा -असर्फींं) बोक्नेछन् ।

पुरस्कारको रकमले अचेल कविलेखकलाई कति सन्तुष्टि दिन्छ, त्यो थाहा छैन तर शुरुशुरुमा त यही पुरस्कारका रकमबाट कतिले घरबार जोडे रे, कतिले बन्धक परेको घरजग्गा निखने रे ! भौतिक कुरा नगरे पनि पुरस्कारले उनीहरूलाई दिएको सन्तोष त वर्ण्र्ाागरेर साध्य छैन भन्थे उनीहरू । मदन पुरस्कारद्वारा सम्मानित भएपछिको उत्साहले नेपाली वाङ्मयका सेवामा उनीहरू बढी लागिपरेको कुरा त र्छलङ्गै छ, स्पष्ट्याइरहनु परोइन ।

माथि स्वर्ण्र्ााद्राको उल्लेखले बल्ल हामीले अङ्कको अलमलबाट उम्किन पायौँ । अब मदन पुरस्कार स्वर्ण्र्ाार्षो कुरा गरुँ । अरूहरू स्वर्ण्र्ाान्ती भन्छन्, हामीले स्वर्ण्र्ाार्षभन्न मनपरायौँ । किनभने एकदिन एउटा भव्य समारोह गरेर नसक्ने, वर्षौभरि सानातिनै भए पनि क्यै न क्यै गरिराख्ने हामीहरूले निधो गर्‍यौँ । यसका लागि गुठीले आफ्ना सदस्यहरूको एउटा आयोजक समिति नै गठन गरेको छ । त्यस समितिले बनाएको कार्यक्रम अनुसार स्वर्ण्र्ाार्षमनाइँदैछ । मदन पुरस्कारको नाउँमा हुलाक टिकट र असर्फी त निस्किनै सके, अब यो वैशाख ९ गते दश जना व्यक्ति र दर्ुइ संस्थालाई ‘मदन पुरस्कार स्वर्ण्र्ाार्ा सम्मान’ ले विभूषित गर्नेछ गुठीले । त्यसरी विभूषित हुने संस्था रत्नपुस्तक भण्डार र म्युजिक नेपाल हुन् भनिदिँदा गोप्यता भङ्ग गरेको मानिँदैन होला । अरू कार्यक्रमहरुमा मदन पुरस्कार वितरण अवसरका विद्वत् प्रवचनहरूको सङ्कलन, पुरस्कार-विजयीहरूको परिचय पुस्तक र त्रैमासिक ‘नेपाली’ को स्वर्ण्र्ाार्षविशेषाङ्क प्रकाशन गर्ने छन् ।

मदन पुरस्कार पुस्तकलाई दिइन्छ, व्यक्तिलाई होइन । यसै हुँदा कुनै वर्षमदनमणि दीक्षित पुरस्कृत हुनुभयो भनी मान्छेले बुझे पनि त्यो ‘माधवी’ उपन्यास पुरस्कृत भएको हो, मदनमणि होइन । त्यसै गरी ‘मानव महाकाव्य’ पुरस्कृत भयो, मोदनाथ प्रश्रति होइन । भएपनि, नाम व्यक्तिले नै कमाए । कतै कसैले नचिनेका जस्ता उत्तम कुँवर ‘स्रष्टा र साहित्य’ पुरस्कृत भएपछि ‘उत्तम’ भएर उदाए । पारिजात ‘पारिजात’ भइन् ‘शिरीषको फूल’ पुरस्कृत भएपछि । सत्यमोहन जोशी र चित्तरञ्जन नेपालीले त औपचारिक रूपमै कतिपटक भन्नुभएको छ, ‘मदन पुरस्कारले नगरेको भए म के हुन्थेँ र !’ त्यो त्यस्तै हो । मदन पुरस्कार गुठीले सबै जश लिन मिल्दैन । किनभने, मदन पुरस्कार गुठी नभएको भए सत्यमोहन ‘सत्यमोहन’ भएर चम्किने थिएनन् भने उनीहरू -५८ जना) नै नभइदिएका भए मदन पुरस्कार कहाँ हुने थियो ऐले –

मलाई व्यक्तिगत चाहिँ, २६ वर्षजति सचिव र १४ वर्षगुठीको अध्यक्ष भएबाट म यति चर्चित भएको छु, त्यसबाट सन्तोष गरेर मात्र पुग्दैन, गर्व नै गर्नुपर्छ । म सबैले चिन्ने लेखक भएँ भनेर होइन, मदन पुरस्कारले नेपाली वाङ्मयको क्षेत्रमा ल्याएको क्रान्तिका लागि गर्व गर्नुपर्छ । ‘क्रान्ति’ भने मैले त्यसलाई अर्को नाम दिन सकिँदैन । भित्र र बाहिरबाट अपहेलित, अनाद्रित नेपाली भाषा लेख्ने कविलेखकहरूका हृदयमा जुन जोश, उमङ्ग र उत्साह ल्याइदियो यसले २०१२/१३ सालमा, त्यो अभूतपर्ूव थियो । लैनचौरको आमसभामा कवि भीमनिधि तिवारीले गर्वका साथ भनेको \”अब नेपाली कवि टुहुरो छैन, यसले अभिभावक पाएको छ” साधारण उद्धरण होइन । अथवा २०१४ साल नौरथामा प्रथम पटकको पुरस्कार वितरण भएपछि कवि-शिरोमणिले आँशु झार्दै गद्गद् वाणीमा निकालेको उद्गार त्यस्तै ऐतिहासिक थियो । कवि-शिरोमणिले भनेका थिए, “यस्तो दिन पनि देख्न पाइँदोरहेछ ! नेपालीमा लेखेर पनि यत्रो सम्मान पाएको देखेपछि अब म मरे पनि मलाई दुःख लाग्ने छैन !”

यी त भावनाका कुरा भए । व्यावहारिक कुरा गरूँ भने पनि नेपाली भाषाले, साहित्यले यो आधाशताव्दीमा जुन फड्को मारेको छ, त्यो सङ्ख्यामा समेत गन्न सकिन्छ । हो, यो फड्को मार्नेमा मदन पुरस्कारका ठूलो हात रहेन होला, समयको आफ्नै गतिमा पनि केही प्रगति त हुन्थ्यो नै, तर त्यो गतिलाई गतिशील बनाउन मदन पुरस्कार एउटा कारक अवश्य हो भन्छन् जान्नेहरू ।

मलाई व्यक्तिगत रूपमा त मदन पुरस्कार वरदानै सिद्ध भएको छ । मदन पुरस्कार नभएको भए कमलमणि आचार्य दीक्षित कमल दीक्षित भएर चम्कने थिएन । बढीमा ऊ एउटा जागिरदार कर्मचारी भएर टुङ्गसिकेको हुन्थ्यो । २०१२ सालमा रानी जगदम्बाले मदन पुरस्कार स्थापना नगरेको भए मेरो ‘कमलको नेपाली सङ्ग्रह’ मदन पुरस्कार पुस्तकालय भएर अवतार लिने थिएन, अनि त्यो पुस्तकालय नभएको भए २००० सालतिर अलिअलि कविता लेखेर थन्किएको कमल दीक्षित, अन्वेषक, समालोचक निबन्धकार इत्यादि के के भएर पुनः प्रकट हुने थिएन । यति कुरा पक्का !

नेपालमा सामाजिक, सांस्कृतिक संस्थाहरू भनेका महाकवि देवकोटाका भाकामा, ‘आइसल्याण्डका र्सप’ जस्ता थिए । ती जन्मँदै जन्मन्नथे, अनि जन्मिहाले पनि तुरुन्तै मरिहाल्थे । तर धार्मिक र पारिवारिक गुठी भने नेपालमा निकै फस्टाएका थिए, रैथाने भएर । यस्तो परिवेशमा ‘अचम्मको बच्चा’ जस्तो मदन पुरस्कार गुठी जन्माउनुभयो रानी जगदम्बाले २०१२ साल मङ्सिर २८ गते पाटनढोकाको श्रीदरबारमा । त्यसलाई चिरञ्जीवी बनाउनर्ुपर्छ, स्थायित्व दिनर्ुपर्छ भन्ने बुद्धि पलायो संस्थापकहरूमा । त्यस्तो स्थायित्वका लागि प्रथमतः कानुनन् छैटी-न्वारन गरिनर्ुपर्छ, हुनर्ुपर्छ भन्ने सोचियो । तर यस्ता संस्थाहरूलाई कानूनी रूप दिने प्रावधानै रहेनछ त्यसबेलासम्म नेपालमा । अनि गुठीका सल्लाहकार-सदस्य शम्भुप्रसाद ज्ञवालीले यसलाई पोता रजिष्ट्रेशन कार्यालयमा लगेर दर्ता गराउने सुझाव दिनुभयो । उता ललितपुर पोता रजिष्ट्रेशन अड्डाका हाकिमलाई पसिना आयो- जग्गाजमिनको दानदातव्य हुँदैनभएको यस्तो लिखत कसरी रजिष्ट्रेशन हुन्छ भनेर । कानून मन्त्रालयका पनि अधिकृत भएका सुब्बा शम्भुप्रसाद ज्ञवालीले सम्झाए-बुझाएपछि बल्ल उनले त्यस लिखतलाई ‘रजिष्ट्रेशन’ गरिदिए- २०१२ साल पुसको १ गते ।

२०१६ सालमा संस्था दर्ता गर्ने ऐन आएपछि दानपत्रहरूका भाका फेरफार गरी गुठी त्यही बमोजिम पुनः रजिष्ट्रेशन भई कानूनी भई बसेको छ । पचास वर्षभयो यो चलिरहेछ, अझ बढिरहेछ । २०४५ सालमा आफ्नो संस्थापक रानी जगदम्बाको र्स्वर्गवास भएपछि गुठीले उहाँको सम्मानमा मदन पुरस्कारकै गुण र गरिमाको पुरस्कार ‘जगदम्बा-श्री’ को स्थापना गर्‍यो । मदन पुरस्कारको हाराहारी ऐले त्यो पनि प्रत्येक वर्षनेपाली भाषासेवीहरूको सेवा गर्दै बढिरहेको छ । यही सबै देखेर होला श्री ५ को सरकारले पनि मदन पुरस्कार गुठीलाई सम्मान गर्‍यो यस वर्ष। पहिले संस्मरण हुलाक टिकट -हे. सँगै) निकालेर अनि मदन पुरस्कार चिहृन अङ्कति स्वर्ण्र्ााद्रा -असर्फी) निष्कासित गरिदिएर । एउटा गैरसरकारी, सांस्कृतिक संस्थाको यति सम्मान हुनु नेपालमा अभूतपर्ूव कुरा नै मानिएको छ । मदन पुरस्कारसँग सम्बन्धित सबै यसबाट गौरवान्वित भएका छौँ । यसैगरी मनाइँदै छ ऐले ‘मदन पुरस्कारको स्वर्ण्र्ाार्ष ।

हिमाल खबरपत्रिका १४५

Kamal Dixit – Balkrishna Sama Birsane? Bisrane Euta Prashamshak Ko Samjhana

कमल दीक्षित – बालकृष्ण सम बिर्सने? बिस्रने एउटा प्रशंसकको सम्झना
(Source: हिमाल खबरपत्रिका)

महाकवि देवकोटा महान् थिए- ठूला कवि र साँच्चै श्रद्धेय व्यक्तित्व । म विद्यार्थी बेलादेखि नै ‘देवकोटाभक्त’ भनी दरिएको मान्छे पनि हुँ । तर अचेल मलाई के लाग्न थालेको छ भने देवकोटामाथि भक्ति देखाउँदा-देखाउँदै हामी नेपालीले लेखनाथ र समलाई बिर्सिन थाल्यौँ कि क्या ! कविशिरोमणिको कुरा छाडूँ ऐले उनका बारे छुट्टै लेखौँला । ऐले सन्दर्भ ९९ औँ जन्म दिन २४ माघ परेकोले समको कुरा गरुँ भन्दैछु म । सम जस्तो प्रतिभाशाली नेपाली यो देशले जन्माएको छैन शायद सय वर्षयता । सम कवि त थिए नै बेजोड कवि तर कविभन्दा पनि बढी उनी शिल्पी थिए कविताका शिल्पी प्रत्येक विधाका शिल्पी । कविता-शिल्पमा एउटा उदाहरण ‘इच्छा’को एक श्लोक हेरुँ- मेरो लाश पवित्र चन्दन घसोस् कात्रो मलाई बनोस्नेपाली सुकुमार हातहरुले खस्रा बुनेका लुगा नेपाली वनको कपूर तुलसी श्रीखण्डका साथमा प्यारो सुन्दर आर्यघाट तटको साझा चित्तामा जलूँ ।

अथवा पढौँ शुद्ध गद्यमा लेखिएको एउटा कविता-अंश ‘चिसो चुल्हो’ महाकाव्यबाट तैंले मुटु फुट्ने गरी कराए पनि म सुन्दिनँ । मैले आफ्नो कान औंलाले थुनेको छैन कानको जाली च्यातेको पनि छैन त्यसलाई भित्रतिर फर्काएको छु म सुन्दिनँ । तेरा जालमा अल्झिएर पिरल्लिनु पर्ला भनेर- तैंले टुना गरी मन्तरेर अत्तर छर्कंदै विकसित पारेको सुगन्धी सुन्दर सरोरुहमा थुनिनु पर्ला भनेर तैंले श्रृङ्गार गराई रातो शुक्लपक्षीय चौथीको चन्द्रमा बान्कीको ओठ र दतिवनले घोटीघोटी टल्काएको प्रदीप्त दन्ततारामा आकर्षित भई चुम्बक-चुम्बकमा प्रस्फुटित हुन पुगुँला भनेर तैंले सूर्यास्तको पहेँला किरण-शाखा भाँची भाँची थुप्राएको इन्द्रियले विभिन्न विभिन्न रुपले खाने महका चाका परेको सुनका लाप्साहरुलाई आफ्नो पारी अँगाल्न निमित्त जस्तोसुकै अक्षम्य अपराध गर्न पनि तत्परता साथ अघिल्तिर हुत्तिउँला भनेर मैले आफ्नो मस्तिष्कको वाष्पलाई चुरोटको धुँवा जस्तै मस्तकबाहिर उडाइदिएको छु त्यो अनन्तमा पेच काटी काटी घुस्तै कसिँदै तल्लय हुँदै गएको छ तँ त्यसलाई फेरि उल्टो पेच घुमाएर फुकाली तेरो जालभित्र पार्न सक्तैनस् ! हात हटा ! पर हट् ! जा ! नकरा !

साहित्यको प्रत्येक विधाका उत्तिकै राम्रा शिल्पकार थिए उनी जे छोए पनि त्यसलाई सुन्दरतम् वस्तु बनाएर मात्रै छाड्थे । समको यो शिल्पकारितालाई देवकोटाभन्दा बढी कसैले बुझेको थिएन । देवकोटाले यसबारे त्रिचन्द्र कलेजका विद्यार्थीहरुलाई उहिल्यै गरेको बयानबाट त्यो थाहा हुन्छ । जसरी मैले ‘भानु विचरण’ मा लेखेको थिएँ: तिनताक ५-६ जना हामीहरु फस्ट सेकेण्ड इयरका विद्यार्थीहरुको एउटा समूह थियो । हामीलाई ‘देवकोटाभक्त ग्रुप’ भनेर गिज्याउँथे अरु साथीहरु । त्यस समूहको नेताजस्ता फणीन्द्रप्रसाद आचार्यले कुरै कुरामा एकदिन महाकविलाई सोधे ‘कविजी तपाईंको र बालकृष्ण शमशेरजीको लेखाइको अन्तर के हो ‘ महाकविलाई नै सोध्ने कुरा थिएन शायद त्यो । तर सोधिहालियो । सोधे पनि उहाँले त्यसलाई सहज रुपमा लिनुभयो र बेलिविस्तार लगाएर बताउनुभयो । उहाँले भनेको सारांश मैले सम्झेसम्म यस्तो थियो: ‘बाबुसाहेब बालकृष्ण शमशेर हरेक कुरा चिरिच्याट्ट पारेर सजाएर राख्नुहुन्छ आफ्नो कवितामा । ममा चाहिँ त्यो धैर्य छैन र म जे आउँछ मनमा त्यही त्यसै हालिदिन्छु… । बाबुसाहेब आफ्नो शब्दलाई ताछितुछी चिल्लो पारेर यसो हेर्नुहुन्छ अनि त्यो टुक्रालाई लगेर त्यो कविताको खोबिल्टोमा जडी हेर्नुहुन्छ । अलिकति मिलेनछ भनेर उहाँ त्यो सानो टुक्रालाई फेरि त्यहाँबाट िझकेर हेर्नुहुन्छ । त्यसपछि फेरि आफ्नो सानो छिनो लिएर यसो अलिअलि ताछी हेर्नुहुन्छ । अनि फेरि बिस्तारै त्यस टुक्रालाई त्यही खोबिल्टामा जड्नुहुन्छ । अब मिलेजस्तो लाग्छ उहाँलाई तर अझै केही तुष बाँकी छ कि भनेर दाहिने र देब्रेतिरबाट च्याउनुहुन्छ । अब ठीक भयो भन्ने उहाँलाई लाग्छ अनि आफ्नो सानो हतौडीले बिस्तारैसँग त्यो टुक्रोलाई माथिबाट बिस्तारै हान्नुहुन्छ टक् … टक् … टक् । उहाँ त्यसो गर्नुहुन्छ म भने गाम्राङ-गुम्रुङ हालिदिन्छु र बन्द गरिदिन्छु यही फरक छ हामीमा ।’

निबन्धकारितामा देवकोटालाई हाम्रा समालोचकहरुले सर्वोच्च स्थान दिएका छन् । त्यसमा विवाद गर्नु छैन । तर समको वि सं १९९२ सालमै प्रकाशित दुइटा मात्र निबन्धको कुरा गरुँ- ‘त्यो’ र ‘पानी’ । यस्ता निबन्ध पढ्नै नपाएर हो कि तिनको कसैले चर्चा गरेको पाइन्न । मलाई भने ती नेपाली भाषाका उत्कृष्ट निबन्धमध्येका हुन् भन्ने लाग्छ । त्यो बुझ्न एक-एक प्याराग्राफ मात्र भए पनि उनका ती निबन्धबाट पढिहेर्नुपर्छ । ‘त्यो’ कृष्णजीका बारेको निबन्ध हो तर धार्मिक होइन धर्मनिरपेक्ष ।

‘त्यो’लाई हेरुँ: पर रुखको पीङ चेतन जस्तै आफैँ हल्ल्यो । त्यो हेर्दा अलिकति क्षणको नोक्सान भयो । उल्ले उठाओस् भन्ने उ उ- उ । पछि एउटीले किनारमा घोप्ट्याइराखेको डुङ्गाबाट बहना झिकेर ल्याई त्यहीँनेर पानीको सतहमा त्यो बजार्न लागी । बल्ल एक थोपा जूनकिरी जस्तै उडेर गई कृष्णजीको गालामा पर् यो । कालो मुखमा जोडी आँखा ट्वाल्ल उदाए । सब गोपिनी चिर्र कराए, बास बसेका चराहरुको पनि पखेटा काखी च्यापेको टाउकोको समेत निद्रा खुल्यो । एकस्वरमा हरियो वृन्दावनै केही बेर बास्यो । अनि सबमा शान्ति शान्ति शान्ति झलमल्ल ब्यूँझेर रह्यो ।

अब ‘पानी’ लाई पढूँ अलिकति:
मैले पानीलाई छोएँ । हत्केलामा अलिकति पानी टाँसियो त्यसको बिजुली चाहिँ तालु र पैतालाको तटमा ज्वारभाटा खेल्न पुग्यो । फेरि चिल्ला लहरीलाई मसार्दै नाडी डुबाएको हात टल्केर बाहिर आयो- त्यसमा मेरो रोगी तस्बिर देखियो । पाँचै औँलाबाट एकै क्षण त धारा लाग्यो पछि थोपा-थोपा चुहुन लाग्यो चोर औँला बुढी औँला कान्छी औँला साहिली औँला माझी औँला बूढी कान्छी चोर साहिली माझी कान्छी । अब ढिला भयो बूढी-चोर-माझी-कान्छी-सा-हि-ली-चो-र-का । ओहो

ओहो ! – त्यो सानो थोपाभित्र उल्टेको झरना फोहोरा देखियो खस्यो !

मा-झी- ओहो ! कति साना उभिण्डा रुख ! सा-हि- खै ! उ: ! मास्तिर औँलापिट्ट पहिले सोझो डिको हालेर पछि अर्धचन्द्र हुँदै अलि-अलि गरी झोलिँदै मोटाउँदै तलतल झरेर खस्नखस्न-आँ-ट्यो- चुह्यो !त्यसैले म त नेपाली साहित्यको दुई सर्वोत्कृष्ट निबन्ध कुन हुन् भनेर कसैले सोध्यो भने यिनै दुइटालाई अघि सार्नेछु । यद्यपि ‘त्यो’ लाई कसै-कसैले कथामा पनि दर्न सक्नेछन् । तर समले स्वयं ‘बीस टुक्रा’ मा पारेका यी रचनालाई निबन्ध नभनी के भन्ने समको कथा ‘कैकेयी’ बाट उनको पौराणिक ज्ञान र त्यसको विश्लेषणबारे जति प्रभावित चकित होइन्छ त्यसभन्दा बढी ‘फुकेको बन्धन’ मा रहेको ‘सस्पेन्स’ बाट विस्मित हुनुपर्छ । ‘फुकेको बन्धन’ को अन्त्यमा पिटुले भनेको ‘कहिले हुन्थ्यो म भएको भए यसलाई सुत्न नदिएर खान दिई-दिई मार्दथेँ’ भन्ने वाक्यले कथाको चरमोत्कर्षलाई कसरी पर्लक्क पल्टाइदिएको छ- पारखीहरुले भनून् !

समको कथा- ‘तलतल’ कै मात्र कुरा गरुँ । त्यो पढ्दा के लाग्छ भने समले अरु सबै विधा छाडेर कथा मात्रै समातेका भए उनीभन्दा ठूलो कथाकार नेपालीमा शायद कोही हुने थिएन । नाटकका त उनी सम्राट नै कहलाइहाले तर ती नाटकहरुभित्र रहेका उनका सुभाषितहरुको कसले लेखाजोखा गरेको छ दर्शनको ‘नियमित आकस्मिकता’ र ‘चिसो चुल्हो’ महाकाव्य जस्तामा पनि समको त्यही कुनै कुरालाई पनि भित्ता नपुर् याई नछाड्ने कलाकारिता परिलक्षित हुन्छ । साहित्यिक विधाहरु मात्र होइन जुन विषयमा हात हाले पनि सम टुङ्गोमा पुर् याएर पुग्नेसम्म उच्चतामा पुगेर मात्र छाड्थे । यो कुरा बुझ्न समको चिटिक्क परेको आफैँले डिजाइन गरेको सानो बैठक हे। तस्बिर या त्यस वरिपरिको प्राकृतिक वातावरण दुर्भाग्य हो ऐले त्यो केही देख्न पाइन्न को मात्र अवलोकन गर्दा पनि पुग्थ्यो । समका बुवा जनरल समर शमशेरदेखि नै श्री ३ महाराजहरुको पारिवारिक फोटोग्राफर भएका हुन् उनीहरु । यसरी फोटोग्राफी शौख मात्र नभएर उनको ‘पेशा’ जस्तै भएर रहेको थियो १५-२० वर्ष । समले खिचेका करीब तीन हजार ‘नेगेटिभ’ उनका नाति जीवन शमशेरसँग अझै पनि सुरक्षित छन् ।

त्यसपछि पेण्टिङ । उनको कुची नेपालका कुनै नाम चलेका कलाकारभन्दा कम चम्केको होइन । उनले बनाएका चित्रहरु ‘पोट्रेट’ पनि प्रकृति पनि र मूर्त-अमूर्त जे भए पनि नेपालका मात्र होइन विदेशका पनि अनेक कलापारखीहरुका सङ्कलनमा पुगेर इज्जतसाथ बसेका छन् । कलाकारिताबाट नाटऽकारिता- रङ्गकर्मतिर आँखा लगाऊँ । वि।सं। १९९२-९३ देखि नै समले नाटक निर्देशन गर्न थाले । रिमालबन्धु गोपाल कृष्ण हरिहरु लाई समले नै तालिम गरे । गोपीनाथ अर्याल प्रचण्ड मल्ल लगायत अनेक रङ्गकर्मी नाटकनिर्देशकहरु पनि समकै नाटऽशालामा सिकेर हुर्केका हस्तीहरु हुन् । समको पहिरनमा नेपाली लामो दौरा सहितको पोशाक उनको आफ्नो आविष्कार हो । उर्दीको पोशाक लाउन परेको बेलामा बाहेक उनले कहिल्यै त्यसलाई छाडेनन् ।

समले नेपाली समाजबाट बीचबीचमा अनेक अपमान खाए । तर कहिल्यै प्रतिवाद गरेनन् । सम रिसाएको मैले त कहिल्यै देखिनँ । रिसाउँदा हुन् कैले कैले तर कहिल्यै देखाउँदैनथे ।यस्ता गुणसम्पन्न शिल्पी कवि र राष्ट्रवादी प्रतिभा किन ओझेलमा पर्दैछन् मैले बु´न सकेको छैन । उनी राणा भएर जन्मेकाले नै त्यसो भएको हो भने पनि त्यस्तो हुनुपर्ने पक्कै होइन । उनलाई ‘अवसरवादी’ भनेर उनकै अगाडि गाली गरेको पनि मैले सुनेको छु यस्सो हाँसेर उनले त्यो सहेको पनि देखेको छु । राजनीतिमा समको चासो भएजस्तो मलाई लाग्दैन तर एक जना सहृदयी कविलाई लाग्ने अविवेकी शासकप्रतिको क्रोध पक्कै पनि उनको मनमा बीच-बीचमा उठ्थ्यो र फुट्थ्यो पनि । तर साहित्यमा सम कहिल्यै अवसरवादी भएनन् । सर्वोच्च शासकको प्रशंसाका केही सन्तुलित श्लोक र वाक्य उनले बोलेका छन्, हो। तर त्यसभन्दा माथि गएर चाटुकारिता उनले गरेका छैनन् भने हुन्छ ।
यति हुँदाहुँदै पनि समलाई आजका पुस्ताले राम्ररी चिन्न बु´न पाएका छैनन् । समलाई उजिल्याएर नयाँ पुस्ताका अगाडि ल्याउनु हाम्रो कर्तव्य हो । किनभने हाम्रै पुस्ताकाले त बिस्रन थाले उनलाई भने हामी पछिकाले नत्र कसरी सम्झलान् र उनलाई !

Kamal Dixit – Kabi Shiromani Ko ‘Ye Nepal’

कमल दीक्षित – कवि शिरोमणिको “ए नेपाल!”
(Source:हिमाल खबरपत्रिका)

लेखनाथ पौड्यालले धेरै गीत लेखेका छैनन्। तर, त्यसैले मात्र महत्वपूर्ण भएको होइन उनको ए नेपाल! भन्ने गीत। आजभन्दा ५४ वर्षअघि लेखिएको यो गीत नेपालमा होइन भारतमा छापियो, पश्चिम बङ्गालको कालिम्पोङमा। नेपालमा प्रजातन्त्र उदाएपछि र राणाकालको पिँजडाबाट मुक्ति पाएपछि नेपाली जनता फुर्किएका थिए। तर, पिँजडाबाट उम्केको सुगा लेख्ने लेखनाथले, त्यसको चार वर्ष नबित्दै यति चिन्तित भएर किन नेपाललाई उद्बोधन गर्नुपर्‍यो? उनले नेपालको भविष्य किन त्यति उज्यालो देखेनन्? के पर्‍यो? त्यो खोजिपस्नु चासो लाग्दो हुनेछ।

हामीलाई थाहा छ, २००७ सालमा प्रजातन्त्रले नेपालमा प्रवेश गरेलगत्तै फुट र अन्तरकलह पनि भित्रियो। नौ महिने सरकारको परम्परा बसेको थियो। त्यसबाट हाम्रा कवि शिरोमणि आजीत भएका थिए भन्न बुझन गाह्रो छैन। तर चार अन्तराको यस गीतमा त्यति मात्र हैन अरू पनि कुरा छन्। त्यो खोतलिहेर्नु देशप्रेमी नेपालीको कर्तव्य हो, खास गरेर अहिले नेपालमा शाह-शासनको पनि अन्त्य भई गणतन्त्र भएको नेपालका नेपालीको। कवि शिरोमणिले आधा शताब्दीअघि बोलेका कुरा अहिले पनि कसरी ठ्याक्कै मिल्दैछ! के यी ५० वर्षमा नेपालले केही सिकेन? के नेपाल एक इञ्ची पनि अघि बढेन? किन? प्रत्येक राजनीतिज्ञले मनन गर्नुपर्ने कुरा हो। धेरै गन्थन गर्नुभन्दा त्यो गीत नै गुन्गुनाउनु जाती होला। तर त्यसभन्दाअघि टेलिभिजनले भन्नेजस्तै अलिकति कमर्सियल गरौँ।

नेपालीमा नवप्रभात भन्ने नामका दुई पत्रिका देखा पर्छन् खोजिहेर्दा― एउटा द्वैमासिक, अर्को साप्ताहिक। द्वैमासिक भारतबाट प्रकाशित भएको हो, सन् १९५४ मा कालिम्पोङदेखि। साप्ताहिक भने हालैको हो, २०४८ मा नेपालको रौतहटबाट। साप्ताहिक नवप्रभात नेपालमा प्रजातन्त्र आएपछि रातारात जन्मिएका छिचिमिरा पत्रपत्रिकाजस्तै छ― दुरुस्त कवि शिरोमणिले हिउँदका दिनलाई भनेजस्तै देखिने र दबिने खालको, चर्चा गर्नुपर्ने विशेषता केही नबोकेको। तर कालिम्पोङको त्यो द्वैमासिक नवप्रभात को भने एउटै पहिलो अङ्क पनि महत्वपूर्ण लाग्छ।

पहिले त यसका सम्पादकद्वय नै हामीले सम्झ्नुपर्ने नाम हुन्― सानुमती राई र महानन्द पौड्याल। अर्को यसका प्रकाशक पनि छन्― प्रह्लादप्रसाद अग्रवाल। दुर्भाग्यवश, नवप्रभात जम्माजम्मी कति अङ्क निस्केर बन्द भयो हामीलाई थाहा हुन्न, देख्न पाइएको सन् १९५४ जनवरीको त्यो पहिलो मात्र हो। त्यसमा कथा र निबन्ध पनि छन्, कविता र गीत पनि। भारतका र नेपालका ख्यातनामा कवि-लेखकका कृतिहरू समेटिएका छन् त्यसभित्र। कविताहरू भीमनिधि तिवारीका छन्, माधवलाल कर्माचार्यका र बदरीनाथ भट्टराईका पनि छन्। हाम्रा कविवरद्वय लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण सम कालिम्पोङ पुगेका बेला उनीहरूका स्वागतमा पाठ गरिएको तुलसी अपतनको कविता मार्मिक छ। कवि भन्छन्ः
“आयौ जगमा प्रेम शान्तिको
अनुपम भण्डार लिई
संसारबीच एक हृदयमा
अर्कै संसार लिई
देवदूत सन्देश नयाँ
गायौ लायौ प्रीत
अमृत चुहायौ क्रन्दनमा पनि
आनन्दी सङ्गीत!”

त्यो सबै त जे छ छँदैछ, तर त्यसभन्दा महत्वपूर्ण कुरा छ त्यस पत्रिकामा माथि भनेजस्तै प्रथम पृष्ठमा छापिएको गीत ए नेपाल!। भनिसकियो कवि शिरोमणिले लेखेका थोरै गीतहरूमध्येको एक हो यो र त्यसमा नेपालको बेवास्ता देखेर उनको मन रोएको व्यथा छर्लङ्गिएको छ। ऐलेको परिस्थितिसँग पनि मेल खान खोज्ने त्यो गीत नेपाली साहित्यको एउटा अनुपम नमुना हो भन्ने लाग्छ। त्यो गीत यही होः
ए नेपाल! ए नेपाल!
किन यो तेरो नाजुक हाल?!!
कुन हालतमा जन्म भएथ्यो? कुन गतिविधिले लम्कन्थिस्?
तन्नेरीमै कुन साहसले विश्वमञ्चमा चम्कन्थिस्?
कुन कारणले लड्दै बढ्दै आखिर घरमा थन्किन्थिस्?
घटनाक्रम त्यो सारा सम्झ्ी, बुझ्ी बाबू! इज्जत नफाल्!!
ए नेपाल! ए नेपाल!
किन यो तेरो नाजुक हाल?!!

बल पौरुषका खम्बा जस्ता हिमका चुचुरा हेर्दै जा
स्वतन्त्रताको शुद्ध हवामा सास खुशीको फेर्दै जा!
मुटुमा कालो काँतरपनका पंक्ति भए त्यो केर्दै जा,
उन्नतिपन्था बहुत उकालो, साहसलाई टप्प अँगाल!!
ए नेपाल! ए नेपाल!
किन यो तेरो नाजुक हाल?!!

चलिरहेछन् खलखल खोला, झ्रझ्र र्झ्नाहरू सारा
फरफर पुष्प पालुवा, चमचम गर्छन् सब तारा!
तिनकै शिक्षा152लयमै सिक् जा, स्वाभिमानको प्रिय नारा!
तेरो दिलमा उठ्न नपा’स्, रुन्चेपिन्चे तुच्छ सवाल!!
ए नेपाल! ए नेपाल!
किन यो तेरो नाजुक हाल?!!

निर्धन छैनस् तँ, धनी बलको पन्छा दिलको कमजोरी
फूट-वैरको पन्छा आँधी, पन्छा स्वार्थी घुसखोरी
ठाडो शिर गर् पथमा अघि सर् किन निहुरिन्छस् कर जोडी?
जोरी पारी हाँस्न नपाउन्, जागृति जुगको बत्ती बाल्!!
ए नेपाल! ए नेपाल!
किन यो तेरो नाजुक हाल?!!

हिमाल खबरपत्रिका
पूर्णाङ्क २२७