Krishna Chandra Singh Pradhan – Aau Hami Aparadh Garaun

कृष्णचन्द्रसिंह प्रधान – आऊ हामी अपराध गरौं

बाँच्नु पनि पुरुषार्थ हो भन्नेहरूलाई देख्दा म अपराध बोध गर्न थाल्छु । साँच्चि बाँच्नु भनेको पाप भर्नलाई हो – कति गम्भीर प्रश्न । उत्तरका निम्ति आफ्नै अहम्सँग ठोकिन्छु र व्यग्र हुन्छु ।

म यसलाई मर्न नसक्नेहरूको हरुवा तर्क भन्छु । यथार्थ त कसैलाई मार्नु पर्दाेरहेछ । कस्तो विडम्बना ! अपहरण नगरी सुन्ने होइन । बन्द नगरी कसैले र्टर्ेनै छाडिसके । बिनातोडफोड उजुरी लाग्दैन । होइन के भएछ अचेलका मान्छेलाई – मलाई लाग्दैन पाप गर्नलाई म जन्मेको हुँ । तर पाप नगरी बाँच्न सक्तिन । दुराचारी हुनलाई बाँचेजस्तो बाँचेकाहरू देख्दा होइन भनी प्रतिकार गर्न सकिन । प्रत्युत्तरको अभावमा निरुत्साहित म यसैलाई उत्तर ठानेर निष्कर्षनिकाल्छु । म हत्यारालाई अपराधी भन्दिन किनभने बाँच्ने हो भने उसले कसैलाई मार्नर्ुपर्छ । यो विवशतामा जो पनि ज्यानमारा भइदिन्छन् भने कसरी अपराधी भन्ने – बरु सहानुभूति गर भन्छु ।

म चोरलाई दोषी भन्दिन । चोर हुन्छु भनेर कहाँ कोही चोर भएका हुन्छन् र – भीख मागेर उसले कम्तीमा त्यसभन्दा निन्दनीय काम गरेन । कसैको आश्रयमा बाँचेर शरणार्थी हुनुभन्दा चोर हुनु साहसिलो काम हो । अनैतिक आचरण गर्नेलाई चरित्रहीन भनेर किन अपमानित गर्ने – तिमीले भनेजस्तो ठूलो बाँच्नु हो ।

आत्महत्यालाई अपराध मानेर हुतिहारा हुनुभन्दा बाँच्नलाई जे पनि गर्न सक्नर्ुपर्छ । यो गर, त्यो नगर भनी उपदेश गर्ने तिमी को हौ – आफैंलाई त्यसअनुसार सच्याएर डोर्‍याएको भए कहाँ पुगिसकिन्थ्यो । दोष दण्डित हुनेहरूको होइन, त्यस्तो समाज रच्नेहरूको हो जहाँ अपराध नगरी बाँच्दैनौं । भनूँ भने अपराध के हो, केलाई भन्छन् थाहा छैन । कस्तो हुन्छ, कुन रङ्गको हुन्छ, हुलिया नभएकाले अमर्ूत चित्र जस्तो लाग्छ- आकाश जतिकै व्यापक, देश भएर फैलिदिएको छ । तैपनि आदेश जारी गर्छन् । दोषी ठहर्‍याएर दण्डित हुन्छन् बात लागेकाहरू । पाप नगरी बाँचेका छैनौं भने कसैलाई अपराधी भन्नु निरपराधी हुन खोज्नुमात्रै हो ।

मलाई सोध्छौ भने स-साना नानीजस्तो निष्कलंक कोही छैन । कसैको अनुहारमा बालकको जस्तो हाँसो देख्दिन । गंगाजलीय अनुहारजस्तो पवित्र पनि देखिन । हर्ेदाहर्ेदै वाग्मती दर्ुगन्धित भएजस्तै भइसकेछौं । देख्दादेख्दै वातावरण प्रदूषित भएजस्तै बिटुलिएछौं । मिसावटी खाद्यवस्तुजस्ता छौं हामी त ! टीभीमा धुल्याउनलाई फ्याँकेको कुहेको चामल खोसाखोस गरिरहेका मानिसको भीड देख्दा नेता, पार्टर्ीीको पदमोह अनिकालको त्यही अन्नभन्दा कम लागेन । कहाँ गएछ हाम्रो वर्तालु निष्ठा – खै त्यो सहिदी र्समर्पण – सिद्धार्थी त्याग र गान्धी आचरण -आफ्नै लागि मर्ने-मार्नेहरूको भीडमा अपाहिज देश हिंड्नै सकिरहेको छैन । जहिले हेर बाटा मान्छेजस्तै अपहृत भइदिन्छ । कैदी हुन्छौं आ-आफ्नै थलोभित्र । विध्वंसको सुनामी लहर थामिने नामै छैन ।

जलिरहेको निर्माण र उद्योगधन्दाको आगो तापेर लोकतन्त्र हर्ुकाउन व्यस्त छौं । संक्रमण भन्ने गरेको याम त सबैको बाली भित्र्याउने मौसम पो भइदिएछ । सबै वर्ग, जातजाति, सबै क्ष्ँेत्र-भाषाभाषी, के दलित महिला, के पेसाकर्मी मधिसे आ-आफ्ना हकहितको रोपाइँमा तल्लीन छन् । भोलि अधिकारविहीनको भुखमरी खेप्नु पर्ला भन्ने डरले होला राजधानी व्रि्रँेहीहरूको तपोभूमि भइसक्यो । माओवादी पनि आफ्ना फुच्चाफुच्चीलाई होमेर अश्वमेध यज्ञ गर्ने तयारीमा छन् । अनि यहाँका सडक, मन्त्रालय, पार्क, अड्डाखाना, सिंहदरबार, मण्डला सबै दोबाटो, सबै चौबाटो खेतमा परिणत हुन्छ । हकहितका नारा घन्किरहेको आवाजले रोपाइँ यामको असारे गीत सम्झाइदिन्छ ।बाँच्न खोज्नेहरूको अग्रगामी पाइला भन्छु यसलाई हातमुख जोर्नेहरूको फिरादपत्रजस्तो पनि, वषर्ाैंदेखि दबिएको असन्तोषको टाइमबमजस्तो पनि । भन्नेहरू नयाँ इतिहासको आरम्भ भन्छन् । हामी भुच्चुकहरूलाई के के न पायौं भन्ने नलागेको होइन । तर सधैं परम्परा भएर दोहोरिने विडम्बनाबाट कहिल्यै मुक्त भएनौं । लाग्छ यो सुरुवातको अन्त छैन । मात्रै दोहोरिने गर्छ, खालि तुहिरहन्छ । र धर्म लाग्ने निर्णयहरु बेठीक थिएन । अधर्म लाग्ने सोचजस्तो अनुचित नलागिदिएको पनि होइन । यसरी निर्रथक काम कति भइदिएका छन् जिन्दगीमा, निर्रथक आन्दोलन पनि भइदिएका छन् इतिहासमा । कसैले के पाएर मौका छोपेहोलान् । कसैले के भएर जिन्दगी सपारे होलान् । पापकर्ममा सहभागी भई पल्केकाहरू फेरि फेरि आन्दोलित हुन्छन्, क्रान्ति गर्छन् । फेरि अर्काे आन्दोलनको अश्वमेघी घोडा तयार छ अभियानमा हिंड्नलाई ।

यहाँ अलिकता व्याख्याको आवश्यकता देख्छु । जसलाई हामी धर्म भन्छौं नि, पाप ठान्छन् उनीहरू । उनीहरू जसलाई पाप भन्छन् हामी धर्म मानेर उछितो गर्छर्ाा । तर पाप गएको पनि होइन, धर्म लागेको पनि होइन । अपराध गर्न उस्क्याइदिनेहरू यसैलाई धर्म सम्झेर पाप गरिरहे । क्रान्ति, आन्दोलन, व्रि्रोह त उनीहरूका निम्ति अपराध ठहरिन्छ पाप जत्तिकै अस्पृश्य । यो अपराध भनेर आरोपित आन्दोलनहरू पनि हाम्रँे भएन । त्यसमा सहभागी थिएनौं नभनौं । यसरी लुछाचुँडी, आत्मघात, निष्कासन, धोखा, भ्रष्टाचारको हिलोमा मात्रै दबिनरहेर लखेटिन्छौं गाउँगाउँबाट, बस्तीबस्तीबाट । बीभत्स मृत्यु भरे निरपराधीहरू । दर्ुर्व्यवहारको प्रतिशोध गर्नेहरू पनि घृणा, बहिष्कारको आगो सल्काएर मान्छे मार्दैछन् । उचित सम्बोधनको अभावमा घाउ क्यान्सर भइदिँदो रहेछ ।जंगलबाट सहर पस्यौं । भूमिगतबाट र्सार्वजनिक भयौं । बन्दुक बिसाएर बोधिवृक्ष्ाको सुवासले गन्ध पखाल्न खोज्यौं । बारुदको गन्ध न हो, यति छिटो जाँदो रहेनछ । त्यसैले वातावरण अझै बारुद बारुद गन्हाउँछ ।जंगल परित्याग गर्नु सानो कुरा होइन । त्यति ठूलो जोखिम बटुल्ने साहसिकता आफैंमा महान् हो । त्यस्तै महान् लाग्यो जंगली संस्कारबाट मुक्त हुनु । बाघ जंगलभित्र मात्रै बाघ भई बस्दैन सहर पस्दा पनि बाघै भएर छिर्छ । त्यसकारण कुरो जंगल र सहरको होइन हामीभित्र अवस्थित संस्कारको हो, जसले जंगल सहर भइदिन्छ, सहर जंगल ।

भूल सभार्दैमा देउता हुँदैनौं । त्यसप्रति आश्वस्त हुने स्थितिको पर्ुनर्रचना, इमानदारी महत्त्वपर्ूण्ा हुन्छ । आशंकित वर्तमान यही भन्छ ।

सत्य हो कसैका प्रति आस्थावान छैनँ । रित्तो रित्तो छ वर्तमान । रित्तो भविष्यकै निम्ति ज्यान दिँदै आयौं । भोलिका दिन पनि यसरी नै आउने छन्, जाने छन् । समय कसैको पछि लाग्दैन । आजका हाम्रा वशिष्ठ र विश्वामित्रहरू पनि एकांकीको प्रतिस्पर्धा गर्छन् र केबल मासिक हुने होडमा विरोध चर्काइरहेका छन् । हामी यही अन्योल, विपन्नता, अविश्वास, विखण्डन बाँचेर तिनीहरूका हतियार भएछौं ।

अहिले तिनै अपराधलाई म शब्द दिँदै छु, तिमी संगीत भरेर गाउने गर । म त्यसलाई भाषा दिन्छु, तिमी अर्थ देऊ । म एक्लै जुलुस भएर हिंड्छु, तिमी सडक भई पछ्याउँदै आऊ । म पूणिर्मा भएर छरिन्छु, तिमी लहर भइ उठिदेऊ । अपराध गर्न नसक्नेहरू भित्रभित्रै आत्महत्या गरिरहेका हुन्छन् हुतिहाराले झैं । होइन भने लास भएर सास फर्ेने गर्छन् हिजोका प्रजाले जस्तो । यसलाई म आत्महत्या भन्छु । बाँच्ने हो भने अपराध गर्न सक्नुपर्छ ।

यो अपराध माओवादीले पनि गरेछन् । नत्र उसले पनि आत्महत्या गरिसक्थ्यो । यो अपराध सात पार्टी पनि गरेछन् । यही अपराध गरिरहेछन् मधेसका जनमुक्ति मोर्चाकाहरूले पनि । अब त व्यक्तिले गर्ने अपराधको पनि राष्ट्रियकरण भइसकेछ ।

थाहा छ अपराध गर्न जन्मेका होइनौं तर अपराध नगरी बाँच्दा रहेनछौं । कंक्रिटको यो जंगलमा हामीले पनि अपराध गर्नर्ैपर्छ । त्यसैले आऊ ! सडक बन्द गरौं, बजार बन्द गरौं, अफिसहरू बन्द गरौं । यो यातायात, संसद्, शिक्षालय, कारखाना, अस्पताल सब बन्द गरौं । अझ महत्त्वपर्ूण्ा हो पानी । भाइहरू हो आऊ यो पानी पनि बन्द गरौं ।
कलिंगा दुर्गभित्र जाने पानीको मुहान बन्द नगरेको भए अंग्रेज त के त्यसका बाबुले पनि गोर्खाली सेनालाई पराजित गर्न सक्तैनथ्यो । तर पानी के बन्द गरे बलभद्रसिंहको पानी पनि पानी पानी भयो । क्यै लागेन ।

यति शक्तिशाली छ बन्दको राजनीति । राजनीतिमा जे गर्दा पनि हुन्छ । यसकारण आऊ ! बन्द गर्ने अपराध गरेर अपराधकै विरोधमा अर्का अपराधको अभियान थालौं ।
पाप गर्नलाई जन्मेका होइनौं तर अपराध नगरी बाँच्न सक्त रहेनछौं ।

Krishna Chandra Singh Pradhan – Gathemangal Ankha Ra Salik Bhanjan

कृष्णचन्द्रसिंह प्रधान – गठेमङ्गल आँखा र सालिक भञ्जन

गठेमङ्गलका दिन चौबाटोमा ठड्याउने नर्कटको प्रतिमूर्ति । गजब होइन ? क्या साङ्केतिक छ ! म त्यसमा घन्टासुर राक्ष्ासको प्रतीकात्मक विम्ब देख्छु । लोककथाका रूपमा प्रचलित किंवदन्तीहरू यथार्थमा प्रतीकात्मक कल्पनाबाहेक हो नै के र ? प्रभावित जनमानस त्यसलाई अर्थ र आकार दिने प्रतीकहरूमा विम्बित हुन्छ । मलाई त यो पुराकथाजस्तै लाग्न थालिरहेछ ।

चौबाटोको यस नर्कटे राक्षसलाई तिमीले देखेका छौ ।
गठेमङ्गल यसरी हामीमा जीवित छ ।

नर्कटको तीनखुट्टे मूर्तिमा कुनै दुश्चरत्रिको संहारपछिको विगत बोलिरहेको सुन्छु । पूर्वजहरूको सद्वृतिको अतुलनीय उदाहरण । सालिक स्थापना गरेर मान्यजनलाई सम्भिmराख्ने कोसिसजस्तो । सडक, पेटी, कुना, चौबाटोमा स्थापना गरएिका सालिकहरू तिमीले देखेको हुुनुपर्छ । झक्की, टीठलाग्दा, सौम्य, सुरा अनुहारका सालिकहरू ! यी सालिक र नर्कटकोे प्रतिमूर्ति एउटै लाग्न थालिसके छन् । अब तिनीहरूमा विभेद रहेन । सालिकहरू घन्टाकर्ण भएछन्, घन्टाकर्ण सालिक लागिदिन्छ । हामी गठेमङ्गलमा सालिक देख्ने भएछौँ, सालिकमा गठेमङ्गल देख्दा रहेछाँै ।

हामी त गठेमङ्गलको युगमा पो रहेछौँ ।

श्रावण कृष्णपक्ष, चतुर्दशीका दिन गठेमङ् गलको सहर काठमाडौँ पर्वमा परण्िात हुन्छ पूरै घन्टाकर्णमय । सडकको चौबाटोमा ठड्याएको दैत्यको यही नर्कटको प्रतीकात्मक मूर्तिलाई गठेमङ्गल भनेका हौँ ।

बाटो छेकेर जगात माग्ने भन्ट्याङ्भुन्टुङहरू नाङ्लोमा दिन थाप्दै रमाइरहेका हुन्छन् । अनि, स्त्री पुरुषको चिन्ह अङ्कित नाङ्गो देहको आजा जुजे दैत्यको दाहसंस्कारका लागि जगात माग्दै हिँड्छ ।

अचेल जगात भन्दैनौँ यसलाई, कर भन्छौँ अर्थात् ‘ट्याक्स’ । जताततै जगातेहरू तगारो तेस्र्याएर कर असुलिरहेका हुन्छन् । गठेमङ्गल र शिवरात्रिले बसाएको यस थितिले सहरबाहिर मन्दिरपरसिरको छेउछाउ, राजमार्ग हुँदै मोफसलसमेत ढाकिसकेछ । माओवादीहरूले त यसलाई हतियार मानेर प्रयोग गररिहेका छन् । दिएन कि चिलिमच्याँट । अतिरत्तिm करका रूपमा प्रचलित यो जगात उठाउनेहरूबाट गाउँ, जिल्ला, सहर कोही मुक्त छैनन् ।

त्यति फैलिसकेछ गठेमङ्गल, गठेमङ्गलका जगातेहरू र घन्टासुरहरू । मानूँ, हामी शिव र घन्टाकर्णका नटेश्वर हाँै । तर, महादेवको जाडो गएको पनि होइन, घन्टासुर मरेको पनि होइन । बर्सेनि ब्यूँतने गर्छ ।

साँझ परेपछि वाग्मती-विष्णुमतिमा गठेमङ्गल सेलाउन जानेहरूको भीड लाग्छ, जुलुस हिँडिरहेको सडकजस्तो । म पनि कतिपल्ट घन्टासुरको नर्कटको मलामीमा सामेल भएको छु । त्यो मलामी युद्ध जितेर र्फकंदाको विजयोत्सवजस्तो लाग्छ । तर, राक्षस कहिल्यै मरेन । त्यसैले फेर िफेर िमारेर उत्सव मनाउँछौँ । अथवा, त्यसको मृत्यु र दाहसंस्कार कसरी गर्नुपर्छ भन्ने कुराको हेक्का राख्न गठेमङ् गल मनाउँछौँ, मलामी जान्छौँ र सेलाउने गछौर्ं ।

यसरी गठेमङ्गल हामीमा बाँचेको छ । हामी गठेमङ्गलमा बाँचेका छौँ । अब त यसको पनि विनिर्माण हुँदैछ, नयाँ आविष्कृत अनुहारसँग मेरो त्यति हिमचिम छैन तर मोफसलको सडकमा पनि गठेमङ्गल देख्न थालिरहेछु । लोकतन्त्रसँगसँगै चारभञ्ज्याङपार िपुगिसकेछ गठेमङ्गल पनि राष्ट्रिय पर्वजस्तै ।

लोकतन्त्र र गठेमङ्गललाई तिमी कसरी हेर्छौ कुन्नि ! के भन्छौ त्यो तिम्रो कुरा हो । अलि उदार त हुनैपर्छ । लोक सम्मतिको अनुशरणमा प्रचलित गठेमङ्गल र लोकले रोजेकोलाई भन्ने गरे अनुसार दुवै अलोकतन्त्री होइन भनेर खुट् याइरहनु पर्दैन । यति त मैले पनि बुझेछु । र, सडकमा जन्मेर सडकमा हुर्केका हुन् । यसकारण सडकपुत्र पनि भन्दा रहेछन् । यसलाई पनि अस्वीकार गर्दिर्नँ । यसो भनेर आमाबाबु ठेगान नभएको खाते भनिरहेका होइनन् ।

यसरी तगारो तेस्र्याएर जगात माग्दै हिँड्ने गठेमङ्गल जताततै देख्छु । सालिक भत्काउने उन्मादका गठेमङ्गलहरू देख्छु । सडक अवरुद्ध गरेर तोडफोडमा लाग्नेहरूको बहादुरी हेर, मान्छे मार्नु त जुम्रा मार्नुजत्तिकै भइसक्यो । आहा ! डेरडिाको विनिर्माणको कति उत्कृष्ट प्रयोग ! साहित्य सङ्गीतको कुरा छाड्, राजनीतिको पनि विनिर्माण हुँदैछ । त्यसले निकाल्ने जुलुस, आन्दोलित सडक, नारा, बन्द, अनसन, हडताल सबैको शैली बदलिसक्यो ।

प्रभावित गरेर आफ्नो कुरा मनाउने सामथ्र्यको पनि अवमूल्यन भएछ । आत्मसमर्पण पो गरेछन् कि कुन्नि ! बौद्धिक विलक्षणता र साङ्गठनिक शक्तिले तेजोबध गर्न नसकेर होला साविकका आन्दोलन पनि अर्थहीन भइसकेछन् । कसैले टेर्दैन जति कराऊ, उप|m, मुठ्ठी कसेर आकाशमा हिर्काऊ । तर, अर्थ नराख्ने निरङ् कुशतासामु विवश नेताहरू पनि घुँडा टेक्दैनन् । यसकारण बुद्धि, तर्क, सत्याग्रह, मानवीयता, सद् व्यवहारजस्ता विधि र शैली होइन, जो बेकम्मा भइसके- शक्तिहीन, कामैै नलाग्ने, आउट अफ डेट । फलस्वरूप यसको पनि पुनःरचना गररिहेछन् । राज्य आतङ्क मच्चाएर हुन्छ कि, मानिसहरूलाई धम्क्याएर हुन्छ वा भय सिर्जना गरेर हुन्छ अथवा बिथोलिएको वातावरणलाई निकास दिन कसैलाई मारेर हुन्छ, जे पनि गर्न आँट्नेहरूले आविष्कार गरेको नयाँ शैली हो- बन्द, हत्या, घेराउ, आगजनी, तोडफोड, अपहरण । आतङ्कित गरेर निकास दिन खोज्नेहरूको आन्दोलन सुनामीले सहर पल्वित हुन्छ । एउटा विन्दुमा पुगेर पनि अशान्त सहर, रत्तिmता भरएिका मान्छेका आकाङ्क्षा, मागहरू र युगाँैदेखि निकास नपाएर थुपि्रएका मधेसीहरूमा दमित असन्तोषहरू भुल्कानो भई फुट्छन् । आतङ्क र बन्दुकको भाषाले निरन्तरता पाइरह्यो भने हत्या र अपहरण पूर्ववत् जारी रहन्छन् ।

आ-आफ्नो सीमाको संसारलाई प्रदेश भन्छौँ, जो राष्ट्र नै भएर फैलिदिन्छन् । प्रदेशहरू पनि देश भएर बाँचेका छन्, भिन्नै भौगोलिकताले रचेका प्रदेशहरूलाई जुनसुकै नाम दिउ, केही फरक पर्दैन । आफँै भएर चिनिने हरेकको स्वत्व, मौलिकता, संस्कृति भएको देश थरीथरीका फूलले सुशोभित, सुवासित र सुन्दर बगैँचा जस्तै लाग्छ । मुलुकले यसरी नहेर्दा-नसोच्दाको व्यवहारले रुष्ट देशका भूप्रदेशहरू, जातजातिहरू, भाषाभाषीहरू, धर्मावलम्बीहरू सबैलाई अग्निहोत्री हुन निम्त्याउँछ राज्यले । हेर्दाहेर्दै सबै तहका, सबै जातका, सबै पेसाका, सबै वर्गका सबे प्रदेशका अग्नि शर्माहरू माओवादी भएर पनि जाई लाग्छन्, आतङ् कवादी भएर पनि प्रस्तुत हुन्छन्, अराजक भएर पनि अग्रसर हुन्छन् । अनि, देख्छन् सालिकमा गठेमङ्गल । गठेमङ्गल नै सम्झेर नर्कटको निर्जीव प्रतिमूर्तिलाई पछारेझैँ सालिकहरू ढाल्छन्, भत्किन्छन् । जसको सालिक पनि गठेमङ्गल लागिदिन्छ, सालिक महेन्द्रको होस् कि उनका बडाबाजेको या वीरेन्द्र, ज्ञानेन्द्रको, सालिक भानुभक्त, देवकोटा, सिद्धिचरणको होस् कि मनमोहनको । किनभने, सालिक हुन् सबै । यसकारण गठेमङ्गलेहरूलाई एउटै लागिदिन्छ । सबै महेन्द्र भइदिन्छन् । सबैमा ज्ञानेन्द्र देख्न थाल्छन् । त्यही निरङ्कुश अनुहार, त्यही कुटिल नजर, त्यही कपटी मुस्कान ।

त्यसै त मुक्ति मोर्चाका जवानहरू सालिकमाथि खनिनु नपर्ने हो । पुरानै रसिइबि छ कि कुन्नि ! कति ठूलो प्रतिशोध ? होइन, के गर्न सक्छ यो सालिकले, कि राक्षसै सम्झनु परेछ ? जीउँदा खलनायकहरूको त केही लागेन । राजा छन् हाकाहक । उनी त केही गर्न सकिरहेका छैनन् भने निर्जीव मूर्दासित किन डराइरहेका छौँ हामी, यी मधेसी, माओवादीहरू पनि ? सायद फेर िब्यूँतिने हुन् कि के ठेगान ? हेर हामी कति नामर्द रहेछौँ । आफैँमाथि विश्वास गर्दैनौँ । नराधमहरूको प्रतीक मानेर सालिकलाई तिनीहरूबाट पनि पे्ररति हुन सक्छौँ, प्रोत्साहित हुन सक्छौँ । भोलि प्रत्येक मान्छेमा तिनै सालिक बोल्न थाल्यो, अवतरति भइदियो हामीमा र चलखेल गर्न थाल्यो भने ?

मरेर पनि अरूमा रूपान्तरकि भइदिनेहरू कति छन्, कति छन् पुनःजीवन लिनेहरू । चङ् गेज खाँ, एटिलामा, ड्रयाकुलामा, ड्रयाकुलाहरू हिटलरमा, हिटलर इदि अमिनमा, इदी अमिनहरू मुल्ला मोहम्मद ओमार र विन लादेनमा पुनःजीवित भइरहेका छन् । अवतरति हुन्छन् कति हामी निरन्तर, निरन्तर । अफगानिस्तानका ती प्राचीन बौद्ध मूर्तिहरूको विध्वंस ! ओहो ! इतिहास कति कठोर, साँघुरो गल्ली हुँदै सभ्यतासँग सिँगौरी खेल्दो रहेछ ! महेन्द्र पनि ज्ञानेन्द्र भएर अथवा ज्ञानेन्द्र अरू भएर नजन्मेलान् कसले भन्न सक्छ ? किन यो जोखिम स्वीकार्ने हँ ? लेनिनको ममीसमेत माटोमा गाडेर खतरामुक्त हुने रुसलाई साँच्चि नै दूरदर्शी भन्छु ।

यहाँ म अहिले भानुभक्त, देवकोटा, सिद्धिचरणहरूको कुरा गर्दैछु, उनीहरू यस धराधामबाट बिदा भएको पनि अहिले हो र ! के चिन्थे विचरा कविहरूलाई ! त्यसबेला ज्वाला सिंह, शेर सिंहहरू जन्मेकै थिएनन् । गोइतहरू जन्मेका थिएनन् । उनीहरूका मुक्ति मोर्चा पनि जन्मिसकेका थिएनन् । तैपनि, बाघ नै सम्झेछन् उनीहरूका सालिकलाई । त्यसै हो भने मरेको बाघको जुँगा उखेलेर ज्वाला सिंह ! तिमीले कत्रो पुरुषार्थ गर्‍यौ हँ ? गोइत समूहका ए विद्रोही हो, सालिक भत्काएर आफूलाई कत्रो क्रान्तिकारी ठानेछौ ? जाबो सालिकसँग डराउनेहरूबाट के कुराको आशा गर्ने ? मधेसी आन्दोलनको विरोधमा उभिदिने पहाड होइनन् सालिकहरू ।

यी सालिक त मात्रै एउटा विम्ब हो कविताको ।

यी सन्त कवि, यी साधु कवि, यी कविका कवि, यी सबैका कवि, मधीसे पनि होइनन्, पहाडिया पनि होइनन्, बाहुन पनि होइनन्, मतवाला पनि होइनन्, केवल मानिसका कवि थिए । खालि देशका कवि हुन् । मात्रै मानिस भएर बोल्ने कवि हुन् । यी कविका सालिकहरू पनि गठेमङ्गल भइदिन्छ । गठेमङ्गल देखिरहेका छौँ हामी सालिकमा पनि, सालिकका यी कविहरूमा पनि । यसरी सालिकलाई गठेमङ्गल देख्ने गठेमङ्गल आँखाहरू भिरेर हामी घन्टासुर भइदिएका छाँै । घन्टासुर नर्कटमा होइन, चौबाटोमा पनि होइन, हामीभित्रै छ । त्यो अमूर्त गठेमङ्गलको प्रतिमूर्तिलाई पहिले भत्काऔँ । सालिकसित पछि लड्दै गरौँला । तिमीलाई थाहा हुनुपर्छ, हामी सालिकमा बाँच्ने शासक होइनाँै । सालिक नहँुदा मर्ने पनि छैनौँ ।

इतिहासमा कुर्वानी गर्नेहरूको नाम मात्रै लेखिँदैन । सायद यो बिर्सेछौँ, इतिहासमा लेनिनसँगै जार पनि आउँछ, जस्तो गान्धीसँगै अङ्गे्रजी बर्बरता । दोस्रो महायुद्धका विजेताहरूसँग गाँसिएर हिटलर, मुसोलिनी पढिन्छ । इतिहासका यी खलनायक हुन् ।

इतिहासलाई शब्दहरूको सालिक भन्छु । यो पढेर देख्छु । सालिकलाई आकृतिहरूको इतिहास भन्छु, यो देखेर पढ्छु ।

बिना हिटलर दोस्रो महायुद्धको इतिहास लेखिन सक्तैन । बिना जङ्गबहादुर कोतपर्वको इतिहास पनि लेखिँदैन ।

Krishna Chandra Singh Pradhan – Belayat Yatra Ko Sahitya

कृष्णचन्द्रसिंह प्रधान – बेलायत यात्राको साहित्य
(Source: कान्तिपुर)

शीतकालीन जाडो र वर्षायामको झरीजस्तो झरीमा रुझेर आकाश ओढी बसेको लन्डन सहरलाई हिथ्रो विमानघाटमा एकाबिहानै स्पर्श गर्छु । लाग्यो यहाँ कोही निदाउँदा रहेनछन्- समय, सहर, अफिस, सटक, मानिसहरू कोही पनि । त्यसैले विमानघाट पनि जागा थियो । पोल्ने आगोजस्तो बाहिरको चिसोले एक्कासि छोइँदा तरङ्गति हुन्छु । सागै निशा थिइन्- मित्रपत्नी । यहाँको जलवायुमा रङ्गसरि आफूलाई घोलेर एकाकार भइसकेकीले उनलाई असजिलो लाग्दैन ।

म त्यहाँको वातावरणमा एडजस्ट हुन खोज्दै प्रफुल्लित मनले हेर्छु । मलाई न्यानो लाग्छ जाडोयामको झरी पनि । हावाको प्रत्येक थप्पडमा करेन्ट लागेजस्तो उत्तेजित हुन्छु । धुम्मिएको आकाश, बेलायती आकृतिका घरहरू, सफा चिल्ला सडक, बिनाहर्न गुडिरहेका गाडीहरूको अनुशासन, मेट्रो-बसहरूको अविराम आउजाउ, अनि सडकै हिँडिरहेजस्तो हतारहतार मानिसको दौडधुपमा उनीहरूका थुप्रै प्रश्न झुन्डिएको लाग्यो । थुप्रै जिन्दगी अल्झिएका छन् कि कुन्नि, फुत्किएला कि भनेर त्यसलाई समातिराख्नेहरू कोही पनि निदाउँदैनन् । न रात भनेका छन् न दिन, न दुःख मानेका छन्, न असजिलो । यो व्यस्ततामा जीवनको स्वाद लिन पनि कसैलाई फुर्सद छैन । लाग्छ बेलायतमा बस्नेहरू र बेलायतकै मानिस पनि स्वाद नलिईकनै जिन्दगी चपाउँछन् र निल्छन् । यसरी रमाइरहेका नेपाली, अपिकाली, एसियाली र स्वयम् अंग्रेजहरूलाई पनि देख्छु बिनाविरोध यान्त्रिकता सकारेर बाँच्ने जीजिविषा नै त्यहाँको जिन्दगी हो, यसैको लागि संघर्ष गर्दै छन् । यही जीजिविषा बोकेर नेपालीहरू बेलायत पुगेका छन् र सस्तो जीवन जिउनलाई महँगो र गह्रुँगो काम पनि र बाँसुरीको मीठो धून लागिदिन्छ, भुवाजत्तिकै हलुङ्गो । यस्तै दिनचर्यामा हुर्किरहेको आपाधापीको बेलायती जिन्दगीमा प्रवेश गर्ने अवसर पाउँछु ।

सधैँको यो चटारो नै आमनेपालीको जीवन भइसकेको सरदर भोगाइप्रति मैले कुनै गुनासो देखिनँ । सायद सकार्न बाध्य आत्मस्वीकृतिले उनीहरूको मनलाई, भावनालाई बाँधिसकेकोले त्यस्तो सोच्नै सक्तैनन् । यो रफ्तार अलिकता मात्रै पनि खजमजियो भने दुर्घटनामा पर्ने सम्भावनाले बरु आशंकित देख्छु । त्यस्तो त्रासदीपूर्ण जोखिम निम्त्याउनु ? किन बेसरोकारको अतिरिक्त काममा लाग्ने ? भन्ने जिज्ञासासहित उत्तरको अपेक्षा राखेर प्रश्न गर्छन् भने अर्कोतिर बाँच्ने जीजिविषालाई भौतिकतामै परिमित गरेर आफ्नो राष्ट्रिय पहिचान गुमाउन पनि चाहँदैनन् । यसर्थ मरीमरी काम गरेर बाँच्न खोजेजस्तौ नेपाली भएर बाँच्ने रहर पनि सलबलाउँछ । अनि जिन्दगीको व्यस्त गल्ली गल्छेँडोमा रमाइर् बस्नुपर्दा पनि त्यसको क्षतिपूर्ति साहित्यिक, सांस्कृतिक सिर्जनाले दिन खोज्नेहरूलाई देखेर धेरै खुसी लाग्यो । यही पहिचान स्थापित गर्ने कोसिसमा विभिन्न संस्थाहरू स्थापना गर्न अग्रसर हुन्छन् । अनि खुल्छन् नेपाली साहित्य विकास परिषद्, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, पासा पुचः गुठीहरू, नेपाली कलाकार संघ, प्रवासी नेपाली साहित्य समाज, अनलाइन नेपाली साहित्य मञ्च, कला साहित्य तथा संगीत मञ्चजस्ता दर्जनौं साहित्यिक कलासम्बन्धी संस्थाहरू । यिनीहरूमा आवद्ध संस्कृतिकर्मी, साहित्य सर्जक, समाजसेवीहरूको सक्रियता यसकारण प्रशंसनीय लाग्यो । त्यतिको बेफुर्सदिलो जीवन जिएर सांस्कृतिक र साहित्यिक गतिविधिमा लाग्नु आफैंमा एउटा साधना हो । यसलाई हामीभित्र अन्तर्निहित नेपाली हुनाको प्रतीकात्मक अभिव्यक्ति भन्छु । पुगेको भोलिपल्टै अक्टुबर २५ का दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजना र विभिन्न संस्थाको सक्रियतामा प्लम स्टेडको सेन्ट प्याटि्रक स्कुलको हलमा बेलायत नेपाली साहित्य महोत्सव थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ९९औं जन्मजयन्तीको अवसर पारेर आयोजित त्यस महोत्सवमा प्रतियोगितात्मक कविता पाठको साथै ईश्वरमान मानन्धरलाई अस्वीकृत विचार साहित्य पुरस्कार गुठीद्वारा सम्मानपत्र प्रदान र मनीषकुमार श्रेष्ठको ‘याद आइरहेछ’ कवितासंग्रहको विमोचन पनि थियो । अन्त्यमा नृत्य, गीत आदिको सांस्कृतिक कार्यक्रम समावेश गरिएको थियो । अक्टुबर २६ बेलुका प्लम स्टेडस्थित गि्रन ओइन अफ एकाउन्टेन्डेन्टको कार्यालय भवनको हलमा नेपाली साहित्य विकास परिषद्द्वारा आयोजित अभिनन्दन समारोहमा सम्मिलित भएँ । त्यसै बेला बालप्रतिभाको उन्नयनका हेतुले डा.कवितारामले राखेको बालप्रतिभा साहित्य पुरस्कार प्रेणा थापालाई प्रदान गरियो । अक्टुबर २९ म्हपूजाको दिन थियो । एसियन कम्युनिटी सेन्टर ह्वाइट हार्ड रोड, प्लम स्टेडमा पासा पुचः गुठिले आयोजना गरेको सामूहिक म्हपूजा कार्यक्रम अत्यन्त भव्य, आकर्षक र आफ्नै किसिमको सांस्कृतिक थियो । सजाइएको मञ्च, अलिल्तिर म्हपूजा गर्न दुई लाइनमा किशोरकिशोरी र बालकबालिकाहरू, त्यसको अगाडि मण्डप, टीको-टालो गरी सुपारी फूलको माला र जजंका लगाइदिएर सगनुसहित सम्पन्न गरिएको वातावरण मनारम थियो । भादगाउँले ज्यापू पोसाक लगाएका । उद्घोषक मनीषकुमार श्रेष्ठले कार्यक्रमलाई जीवन्तता प्रदान गरेका थिए । सांस्कृतिक प्रदर्शनमा काठमाडौँको पुलुकिसि, ज्यापू नाच र लाखे नाचको रौनक बेग्लै थियो । नोभेम्बर २ मा पनि अर्भो पासा पुचः गुठीले ह्यामर टाउन हलमा नेपाल संवत् ११२९ लागेको उपलक्ष्यमा न्हूदँ समारोह त्यस्तै भव्यताका साथ मनाएका थिए । यसमा सहभागी हुनेहरू प्रत्येकले १० पौन्ड शुल्क बुझाउनुपथ्र्यो । रात्रिभोजको व्यवस्था र सांस्कृतिक कार्यक्रम पनि थियो । सबै कार्यक्रम राष्ट्रिय दृष्टिकोणले आयोजित थियो । नेपाली राजदूत मुरारीकृष्ण शर्माको पनि उपस्थिति थियो । नेपाली संस्कृतिलाई प्रतिविम्बित गर्ने वेशभूषा र दौरा-सुरुवाल लगाएका कार्यकर्ता, पदाधिकारीहरूको पहिरनले त्यहाँ एउटा सानो नेपाल आविर्भूत भएको झझल्को दिन्थ्यो । हामी देश छाडेर जहाँसुकै जाऔँ केवल हामी मानिस गइदिएका हुँदैनौँ । किनभने आकारका मानिसमात्रै हामी होइनौँ । हामीसँगै हरेकको आफ्नो देश हुन्छ केही इतिहास केही भावनाहरू छन् । आफ्नै चिनारी छ । त्योबिनाका मानिस सायद हामी कोही होइनौँ । यसकारण हामी जहाँ जान्छौँ खालि हामी जाँदैनौँ, हामीसँगै उसले बोल्ने भाषा जान्छ, उसको धर्म जान्छ, साहित्य, कला, संस्कृति, इतिहास जान्छ, देश नै चोइटिएर गएजस्तो त्यसको केही भाग जान्छ । विदेशमा देश सम्झेर रचिने आ-आफ्ना कला, संस्कृति, साहित्यको अनुष्ठानमा तिनीहरूको संलग्नता द्रष्टव्य छ । नेपालीमा प्रसारित हुने रेडियो, टीभीहरू पर्यन्त विद्यमान बेलायत त्यहाँकाहरूकै भइनरहेर अरूको पनि हुँदै गइरहेको संक्रमणले आगामी दिनको परिवर्तनलाई औंल्याउँछ । बि्रटिस फोर्सेस ब्रोडकास्टिङ सभिर्सका लागि योगराजजीले र राम्रो नेपाल हाम्रो नेपालको कार्यक्रमअन्तर्गत प्रसारण गर्न मनीषकुमार श्रेष्ठले लिएको मेरो अन्तर्वार्ताले पनि यो सन्दर्भ जोड्छ । संस्थागत दृष्टिले लन्डनका साहित्य- कर्मीको प्रयास निकै उत्साहजनक लाग्यो । भानु, देवकोटाहरूको जयन्ती, विशिष्ट साहित्यकारहरूको सम्मानमा गर्ने कार्यक्रम, चाडपर्वको उपलक्ष्यमा मनाइने सांस्कृतिक महोत्सव, पुस्तक विमोचन, काव्यगोष्ठीहरू आदिको निरन्तरताले साहित्यिक वातावरण निर्माण गर्न सहयोग पुर्‍याउँछ । यसलाई उत्सवी औपचारिकतामा मात्रै सीमित गर्नुहुँदैन । साहित्यिक उत्थान गर्ने हेतुले प्रयोग गर्ने मञ्चको रूप दिन सके अझ राम्रो हुनेछ । साहित्यिक वा सांस्कृतिक पत्रपत्रिकाहरू पनि प्रकाशित हुन्छन् । सुरेशजंग शाहको सम्पादनमा नेपाली साहित्य विकास परिषद्बाट ‘लालीगुराँस’ निस्कँदो रहेछ । कोसेली नेपाली सांस्कृतिक परिवार यूकेले लोक सांस्कृतिक पत्रिका ‘कोसेली’ निकाल्ने गर्छ र शशि महाजुको सम्पादनमा प्रकाशक अमृत श्रेष्ठले ‘मतिना’ निकाल्ने गरेका छन् । ‘लालीगुराँस’ र ‘कोसेली’ वाषिर्क हुन् भने ‘मतिना’ त्रैमासिक । यो नेपाल भाषाको पत्रिका हो तापनि नेपाली र अंग्रेजी भाषालाई पनि ठाउँ दिने गरेका छन् । अनि बौद्धिक, खोजीनिधि र कला, संस्कृतिका दृष्टिले पनि अपेक्षाकृत उपयोगी तथा स्तरीय छ ‘मतिना’ । संस्थाको मुखपत्रको रूपमा प्रकाशित हुने वाषिर्क पत्रिकाहरू प्रायः संंस्थागत कार्यक्रम, तिनीहरूको गतिविधि अवगत गराउने उद्देश्यका हुन्छन् । साथै केही साहित्यिक लेख, रचनाहरू पनि समावेश गर्ने गरका छन् ‘लालीगुराँस’ र ‘कोसेली’ ले । साप्ताहिक खबर र पत्रिकाहरू पनि निस्कन्छन् । त्यहाँका कवि, लेखकहरूको छाप्ने साधन भनेको यिनै र यति नै हुन् । यसैमा भर पर्नुपर्ने हुन्छ त्यो पनि वर्षमा एकपटक निस्कने पत्रिका मासिक वा द्वैमासिक रूपमा निकाल्न सके धेरै उपयोगी हुन्थ्यो । साहित्यको विकासमा पत्रिकाहरूकै ठूलो हात हुन्छ । यसले लेख्न पे्ररित गर्छ भने लेखिरहने निरन्तरता पनि लेखकहरूले यसैबाट हासिल गर्छन् । साहित्यिक वातावरण नै अर्को हुन्छ । लेखेर छापिँदैन भने किन लेख्ने ? केका लागि लेख्ने ? सबैलाई लाग्छ तर खुसीको कुरा हो, यस्तो साधन, उत्साहजनक वातावरणको अभावमा पनि लेखिरहने केही साधक छन्, उनीहरूका प्रकाशित पुस्तक पनि छन् । यिनीहरूमा ‘सीमाहीन विम्बहरू’ का कविता उच्च कोटिका छन् । त्यस्तै उत्कृष्ट लाग्यो जया राईको ‘डम्बरी’ कथा सँगालो । यहाँ मैले देखेँ विविध विषयका साहित्यकार ईश्वर मानन्धरलाई जो आज पनि लेखिरहेका छन् । बैंशले पुनर्जन्म लिएजस्तो उनीमा लेखकीय स्फूर्ति र निरन्तरता छ । त्यस्तै बहुविधाका प्रतिभावान साहित्यकार हुन् सुरेशजंग शाह, त्यत्तिकै सक्रिय र जाँगरिला । उनी कथा, उपन्यास, कविता, नाटक सबैमा फैलिएका छन् । व्यङ्ग्य कवितामा अग्रणी लाग्छ कोमलप्रस्ााद मल्ल । अनि ‘मधुरस’ का कवि हरिसिंह थापा, ‘आकाश-पाताल’ का हरि सिवाकोटी, ‘सुनदन्ते’ का दुनबहादुर गर्बुजा पुनमगर पनि भने भोगाइ पीडा र अनुभूतिका कवि तथा बहुआयामिक व्यक्तित्वका मनीषकुमार श्रेष्ठ । अर्कोतिर भिन्नै दृष्टि-सृष्टिका नयाँ आलोक बोकेका ‘सीमाहीन विम्बहरू’ का कविहरू छन् । सर्वथा नौला विम्बले रच्ने प्रतीकात्मक कथ्यमा सम्प्रेषित तथा भावनाहरूको अमूर्त स्पर्शहरू, विम्बहरू, प्रयोगहरू आजकै प्रवृत्ति समतुल्य यसका कविता मौलिक र नवीन लाग्यो । अनि विदेशी भूमिमा लेखिएका भिन्नै जीवनको अनुभूति, कथाव्यथालाई स्पर्श गर्ने सैनिक पृष्ठभूमि, त्योसँगै गाँसिएको त्रासदी र विसंगतिका विडम्बनापूर्ण जीवनका कथाकार हुन जया राई । उनको ‘डम्बरी’ कथा स्तरीय छ, त्यत्तिकै मार्मिक । यी दुवै कविता र कथाले डायस्पोरिक जीवनका विडम्बनालाई मुखरित गर्छन् जो अहिलेसम्म लेखिएकाहरूमा दुवै विधाका प्रतिनिधि कृतिको रूपमा स्विकार्नुपर्नेछ । मेरो सम्पर्कमा आएका गतिविधिहरूको मात्र यो दृष्टान्त हो । यसका अतिरिक्त अरू पनि कति होलान् । मलाई लाग्छ यिनै गतिविधि र साहित्यकारहरूको सिर्जनात्मक सक्रियताले राख्ने जगमा बेलायती नेपाली साहित्यले आफ्नो भविष्य रेखाङ्कति गर्नेछ ।