Nepali Articles

Sanjaal Corps Initiative

Krishna Chandra Singh Pradhan – Shakespear Hami Ra Marne Shalik Haru

कृष्णचन्द्रसिंह प्रधान – शेक्सपियर, हामी र मर्ने सालिकहरू
(Source: मधुपर्क २०६६ असोज)

बेलायतमा जाँदा शेक्सपियरको जन्मथलो नहेरी र्फकन्न- मैले अठोट गरेको थिएँ । भनूँ भने शेक्सपियरकै नामबाट पनि बेलायत प्रसिद्ध भयो । त्यहाँको माटो, हावापानी, पर्यावरण सबै पवित्र सम्झियो । अब त मिथक भइसके उनी । पुराणका, मिथकजस्तो, मिथकहरूको कथाजस्तो, वाल्मीकि, व्यास, गिलगमेसजस्तो पनि ।

भरखरै उनको एउटा अर्को तस्बिर सार्वजनिक गरिएको छ । यो तस्विर उनको मृत्युको छ वर्षअघि मार्टिन डोरसाउनले बनाएका हुन् भन्ने उनका अनुयायी स्टेन्ले वेल्सको अनुमान छ । अनि तस्विर हेरेर शेक्सपियरलाई ‘हिरोकवि’ भने ।

मचाहिँ उनीमा कविता देख्न थाल्छु । त्यस्तै सुन्दर, सौम्य, निर्मल, दिव्य उनको अनुहारमा छाएको स्निग्धता, फरासिलो ललाट, स्वप्निल आँखाहरू, घना घुर्मैलो बादलु कपाल, शालीन मुखाकृति कविता नै त हो नि । कविता अङ्कति अनुहार पढेर खुशीले आँखा रमाउँछन् ।

काल्पनिक सिर्जना लाग्ने बिम्बहरूको मिथकीय आख्यानात्मक लोक अदभुत् छ । अचेतन मनको सिर्जनाजस्तो आस्थाहरूको बिम्बले संबोधित आदिम विश्वास परम्परा भएर मिथकमा अविभूर्त हुन्छ ।

शेक्सपियर कल्पना होइन । आदिम बिम्ब पनि नभनौं । एउटा यथार्थ हो । कहिलेकाहीँ अवतरित हुने अलौकिकताजस्तो बिम्ब सिर्जित मिथकझैँ उनी सम्बोधित हुन्छन् ।
लण्डन सहरदेखि टाढा हेन्लेयी स्टि्रट छ । त्यहाँको एउटा गाउँ हो स्ट्रेटफोर्ड । गाउँ नै भन्छन् अहिले पनि । मलाई सहरजस्तै लाग्छ । पोखराजस्तो पर्यटकीय स्थल पनि लाग्छ ।

लुम्बिनी, भादगाउँजस्तो पनि लाग्छ । यथार्थमा पर्यटकहरूको घुइँचो लागिरहने स्ट्रेटफोर्ड धार्मिक, सांस्कृतिक, पर्यटकीय मनोरम क्यै भएर पनि होइन । शेक्सपियरको जन्मथलो भएकोले उनकाप्रति आस्था राख्ने श्रद्धालुहरूको तीर्थ भइदियो स्ट्रेटफोर्ड, मक्का मदिना र भेटिकन सिटीजस्तो पवित्र पनि ।

म हेन्लेयी स्ट्रेटफोर्ड गाउँमा शेक्सपियरलाई भेट्न पुग्छु । उनी जन्मेको घर, उनले निर्वाह गरेको शैली, गुजारेको जीवन, बस्ने सुत्ने लेख्ने ठाउँ यावत् जीवन दिग्दर्शित गर्ने निवासस्थानमा ।

यो उमेरमा पनि तपाईंलाई स्वस्थ र निरोगी देखेर प्रफुल्लित मन सादर अभिन्दन गर्दछ शेक्सपियर महोदय ।

एकाएक देखापरेको नौलो आगन्तुकमा केही खोज्न थालेझैँ उनका आँखा ममाथि दगुर्न थाल्छन् ।

चिन्ता गर्नुपर्ने छैन महाशय । म यसरी नै बाँचिरहनेछु तिमीहरूसँगै, तिम्रा पछिका पुस्ता र विद्वत् समाजमा पनि ।

सगर्व प्रस्फुरित उनको आवाजमा गहिरो आत्मविश्वास थियो ।

म तपाईंको अमरताको अविछिन्नता चाहन्छु ।

हैन हैन । म अमर भएर बाँचेको कहाँ छु र ? तिमीहरू नभएको भए उहिल्यै मरिसक्थें । नमर्ने गरी कोही जन्मदैनन् । जन्मेका पनि छैनन् । मर्नुपर्नेहरूले गर्ने असल कामले दीर्घायु प्रदान गर्दोरहेछ । यति हो ।

Also, people who are unable to walk or have some health issues which do not allow them to do physical activity, online drugstores are the best option for them to buy their advertisements for a guaranteed viagra pills cheap organic reach and we, from the last few days have already been witnessing how much “sponsored ads” on Instagram have increased. When the circumstances get its positive condition, then canadian generic cialis excitement occurs in your mind. There is no use of viagra buy viagra using such a supplement which does not cure the problem and you can to protect them. If this happens too often and causes much problems, just consult a Sex Doctor in Delhi or near your place. premature ejaculation treatment in india his issue won’t be a matter for worry. however it’s terribly frustrating, as this makes sexual activity less pleasurable and have an amazing lovemaking session. aimhousepatong.com levitra uk उसो भए असल काम गर्नेहरू मर्दैनन् भन्न खोज्नुभएको हो ?

कहाँ र ? उनीहरू पनि बाँच्दैनन् । जसलाई तिमी देखिरहेका छौ, मलाई हेर, म पनि कहाँ बाँचेको हुँ र ? इतिहासमा बाँच्नु भनेको महान् कामको लागि उत्प्रेरित गर्नु हो । एउटा परिकल्पित महìवाकाङ्क्षा भन्दा हुन्छ । यसो त ढुङ्गा, मूर्ति, सालिकहरूमा पनि बाँच्न खोज्दा रहेछौ । म सुसंस्कृत मनका स्रष्टा मान्छेहरूमा बाँचेको छु । उनीहरूको श्रद्धा र सँग्लो मन जितेर बाँचेको छु । भक्तजनको मनमा ईश्वर बाँचेजस्तो । तिनीहरू मरे भने हाम्रा ईश्वर पनि मर्नेछन् ।

कसैको अस्तित्व नमान्दैमा आकाश खस्छ र ? संस्कारको निरन्तरतामा हाम्रो परम्परा, विश्वास टिकेको छ । मचाहिँ मानिसमाथि विश्वास गर्छु । ऊ अविवेकी होइन । वैगुनी नहुनाले मूल्यको कदर गर्नेहरूको सद्व्यवहारमा हामी बाँच्दा रहेछौँ । सबैभन्दा ठूलो कुरा हो आफूमाथिको विश्वास । आफूप्रति इमान्दार होऊ । असङ्ख्य मानिसहरूको मन जितेर उनीहरूको आस्थामा बाँच्नेलाई अर्को शब्दमा अमर हुनु भन्छौं । अरूलाई अनुगृहित गर्ने त्याग, हृदय जित्ने सिर्जनात्मक विलक्षणता, मानवीय वैचित्र्यलाई उनीहरूकै यथार्थतामा जीवन्तता दिने कलामा हामी बाँच्छौँ । अलौकिकतालाई पनि लौकिक रूप दिने सिर्जना शक्तिको प्रशंसा गर्नैपर्छ ।

महोदय ! तपाईंको र मेरो युग एउटै होइन, समाज एउटै होइन । संसार धेरै बदलिसक्यो । मान्यता, प्रवृत्ति, आदर्श, विचारहरू फरक भइसके । वर्तमान पछ्याउँदै जब तपाईं हिंड्न सक्नुहुन्न । तपाईंलाई पछ्याएर अबको समयपछि लाग्दैन । फेरि पनि पुस्तौँपछिका पुस्तामा तपाईं आफूलाई जीवित देख्नु हुन्छ । विगतको अनुसरण गरेर अनागतको उपेक्षा गर्नु एक प्रकारको मृत्युवरण गर्नु होइन र ? तपाईं जन्मेको ठाउँ पनि तपाईंको बेलाको जस्तो छैन । यो गाउँ, सडक, वातावरण, मानिसहरू सब अर्कै भइसके । बेलायत अर्कै भइसक्यो तर अहिले पनि जिउँदै छु भन्नु हुन्छ तपाईं ।

मेरो असहमती छैन यसमा बन्धुवर ! सत्य के पनि हो भने यी परिवर्तन भित्र म र मेरो समय पनि विद्यमान छ । हिजोभित्रै आजका दिनहरू जन्मने गर्छन् । आज नभएको भए भोलि पनि हुने थिएन । राम्रो नराम्रो कुरालाई एकछिन् बिर्सौं ।

तिमी म भएर वा म तिमी भएर देखियौँ भने हाम्रो स्वतन्त्र अस्तित्व नै रहँदैन । दुवै रहने थिएनाँै । म मैं भएर आजपर्यन्त जीवित छु । तिमी भएर पनि होइन, तिम्रो समय भएर वा तिम्रो जीवन जिएर पनि होइन । आफूलाई मात्रै होइन मैले त्यसबेलाका मानिस, मेरो युग र पूरा शताब्दीलाई आफूमा समेटेर मानवीय चरित्र, प्रवृत्ति, आकाङ्क्षाहरूलाई उद्बोधित गर्ने धृष्टता गरेको छु । त्यसैले ममा मै मात्र होइन मेरो समय बोल्छ, मानिसहरू बोल्छन् ।

आफू जन्मँदाको समयभन्दा बढी हामी बोल्दैनौँ । त्यसलाई शब्द दिने गर्छ साहित्यले । त्यसैले भन्दैछु ममा मेरो समय समाज, मानिसहरू सबैलाई एक साथ पढ्न सक्छौ । उनीहरूका पीडा सुन्न सक्छौ। षडयन्त्र, अपराध देख्न सक्छौ। मन, चरित्र बुझ्न सक्छौं । वास्तवमा स्वयंको मौलिकताले नूतनता प्रदान गर्ने सिर्जनात्मकताको बिम्ब भई हामी पछिको युगमा उपस्थिति हुने गर्छौं । वाणीझैँ सम्बोधित शब्द तिमी हौ । तिम्रा आकाङ्क्षा, अभाव, सपनाहरूको प्रतीकात्मक बिम्ब भएर त्यहाँ व्यक्तिने गर्छौ । यसै अर्थमा जीवित छु भनेको हुँ- तिमी भएर पनि । शेषपछिको पुस्ता भएर पनि । समयअनुसार कला, साहित्यमा भइरहने सिर्जना, प्रयोगहरूले तिनको निरन्तरतालाई सङ्केत गर्न खोजेको हुँ । यही शाश्वततालाई बुझाउने प्रतीकात्मक अवस्थितिलाई मेरो बाँच्नुले बिम्बित गर्छ ।

आउने जानेहरूको अविराम अविच्छिन्नताभित्र यो अवसर प्राप्त भएकोमा कृतज्ञता व्यक्त गर्दै विदा हुन्छु ।
शेक्सपियर महोदय ! असङ्ख्य धन्यवाद ।

शेक्सपियरलाई उनको घरमै भेटेर तृप्ति अनुभव गर्छु । समयाभावले त्यहाँ मञ्चित भइरहने नाटक हेर्न पाइन । दुःख लाग्यो । वास्तवमा नाटक हेर्ने विद्वान्-विदुषी तथा श्रद्धालुहरूको घुइँचो नै लागिरहन्छ । पार्किङ्ग गर्ने त्यतिका ठाउँहरूको व्यस्था हुँदाहुँदै पनि हामीले पार्किङ्ग गर्ने ठाउँ पाएनौं । दुई चक्कर लगायौँ, एउटाले गाडी फर्काएर हिँडेपछि त्यही पार्किङ्ग गर्न सक्यौं । यसबाट त्यहाँ आउनेहरूको अनुमान लगाउन सक्छौं ।

चीनमा पनि त्यहाँका कवि लेखक कलाकारहरूको घर, तिनको स्मृतिमा निर्मित विशाल पार्क, समाधिस्थलहरू छन् । ती हेर्ने अवसर पाएको छु । सेचुआन प्रान्तको राजधानी छनतुमा सुप्रसिद्ध चिनियाँ कवि तू फुको स्मृतिमा निर्मित ६० हजार वर्गफुटको विशाल पार्क छ । संघाइमा स्थापित प्रसिद्ध चिनियाँमा लेखक लूसुनको समाधि पनि देखेको छु तर यति पर्यटकहरू देखिन ।
भने नि स्ट्रेटफोर्ड गाउँ अब सहर भइसक्यो । (हाम्रो दाँजोमा भन्दैछु ।) उनीहरू त गाउँ नै भन्छन् । पहिलेको तुलनामा त्यहाँ सुविधा बढ्यो होला । धेरै व्यवस्थित गरियो होला । चाहिने सुधारहरू पनि निकै भए होलान् । जीवनस्तर प्रशस्त उठेको हुनुपर्छ । आधुनिक प्रविधिहरू त्यहाँ पनि पुग्यो होला । कुनै कुराको अभाव र सुविधाहरू सायद अब छैन भन्ठान्छु । यदि भइकन पनि गाउँको आफ्नो जुन चिनारी हो, प्राचीन सांस्कृतिक स्वरूप, आकृति-प्रकृतिहरू लाग्छ जीवित छन् । त्यसलाई मास्नेगरी आधुनिकताले हस्तक्षेप गरेको देखिन । मलाई लाग्यो स्ट्रेटफोर्ड गाउँजस्तो पनि छैन, आधुनिक सहर पनि होइन । दुवैलाई एकसाथ देख्छु स्ट्रेटफोर्डमा । ग्रामीण क्यानभासमा सहर मुस्कुराइरहेजस्तो, सहरी आधुनिकतामा गाउँ रमाइरहे जस्तो । मैले त भादगाउँ पो सम्झेछु ।

अनि आफ्नो देश र्फकन्छु । यहाँका देवकोटा र उनको मैतीदेवीको घर हेर्छु । बालकृष्ण समलाई सम्झन्छु र उनको ज्ञानेश्वर स्थित निवासस्थान पुग्छु । एउटालाई भारतीय कवि पन्त, प्रसाद, निराला भने, अर्कोलाई नेपालका शेक्सपियर । कसैसँग तुलना गरेर कसैको प्रतिष्ठा वा उचाइले सिद्ध गर्ने महानताले कोही कहाँ तौलिन्छन् ? हरेकको आफ्नै राष्ट्रिय परिवेश हुन्छ । मौलिक आधार स्रोतहरू हुन्छन् । यसबाट परिचालित प्रयोग, विशिष्टता, सीप र योगदानहरू फरक फरक हुनसक्छ । यिनीहरू नै पनि यथेष्ट छैन र कसैको महानता परिगेल्नलाई ?

सन्दर्भमा गाँसिएको प्रश्न हो यो मेरो । प्रसङ्ग त देवकोटा र बालकृष्ण सम हुन् । उनीहरू जन्मेको घर, उनीहरूले प्रयोग गर्ने गरेका वस्तु जो ऐतिहासिक अर्थ राख्छन्- गायव हुँदैछन् । तिनको संरक्षण हुन सकेनन् न परिवारबाट भइदिन्छ, न साहित्यिक सङ्घ-संस्थाहरूबाट न सरकारी, अर्धसरकारी स्तरबाट । आदिकवि भानुभक्तलाई मात्रै होइन भारतका पन्त, प्रसाद, निराला भनिने महाकवि देवकोटालाई पनि सम्झेनौ, शेक्सपियरको उपािध पाउने बालकृष्ण समलाई पनि याद गरेनौं । बालकृष्ण समको सालिक हेर्दा लाग्छ घरबाट निष्कासित भई कमलपोखरी छेउको डिलमा बसेर कसैको आश्रय खोजिरहेका छन् । उनलाई त्यहीँका छिमेकीहरूले पर्यन्त चौबाटोमा उभिन दिएनन् । रानीपोखरीको पश्चिमपट्ट िदरबार हाइस्कुलको अगाडिको पर्खालमा अडेसिएर भानुभक्त लाग्छ चौकीदारी गरिरहेछन् । अनि आफ्नो घर हेर्दै एउटा कुनामा कोचि्रएका कवि सिद्धिचरणलाई यसैको सुरक्षा गर्न खटिएको जस्तो लाग्छ । हामी यो अपमानित बोध गर्दैनौं ।

सालिकमा रूपान्तरित भएर टुहुरो मान्छेझैँ किन बाँच्न खोजेका हौँ ? उनीहरूका कृति नै उनीहरूका सालिक हुन् । ढुङ्गामा अवतरित भई सालिकले त हाम्रो मृत्युको घोषणा गर्छ ।

सिमानाले रचेको रक्तरञ्जित देश र राष्ट्रियताभन्दा पर मानिसको बस्ती छ । मानिसहरू सीमाहीन प्रदेशका नागरिक हुन् । दुर्घटित चरित्रहरू केलाएर मानिसलाई घृणा गर्न भन्दैन । पुनर्सिर्जना गर्दै आफूलाई मानिस हुन उद्बोधित गर्छ । शेक्सपियर तिनै सीमाहीन प्रदेशका स्रष्टा हुन् जहाँ पुगेर मैले एउटा धाम पूरा गरें जस्तै लाग्यो ।

Leave a Reply