Sharmila Khadka Dahal – Mulyahin Mrityu [Nepali Laghu Katha]

मूल्यहीन मृत्यु

मध्यरातको एकोहोरो रुवाइले गर्दा मालिकले उसको प्यारो कुकुर बन्जोलाई गाली गर्छ । गाली गर्दा पनि केही नलागेर एकदुइपल्ट हिर्काउछ । हिर्काउदा पनि कुकुर एकनासले रोइरहन्छ । उसको एकोहोरो रुवाइले गर्दा उसलाई ज्यादै रिस उठ्छ । रिसको झोकमा एक लात्ती बजाउ“छ उसमाथि । बन्जो कुइ“कुइ“ गर्दै खाटमुनि गएर लड्छ ।
भोलिपल्ट खाटमुनिबाट मरनासन्न अवस्थामा रहेको आफ्नो प्यारो कुकुरलाई मालिकले बाहिर निकाल्छ । माया गर्छ । आफूले रिसको आवेग थाम्न नसकेर हिर्काएकामा आत्माग्लानि गर्छ । बन्जो, असक्त भएको खबरले घरमा खैलाबैला मच्चिन्छ । डाक्टर बोलाइन्छ, देवी देवतालाई पुकारिन्छ तर कुनै पनि उपाय शेष नरहेकाले केही फाइदा हुदैन । प्यारो कुकुर बन्जो मर्छ । मालिकलाई ठूलो आघात पर्छ । आफ्नो सबैभन्दा प्रिय वस्तुको अन्त आफैद्वारा हु“दा उसलाई सहीनसक्नु पीडा हुन्छ । घरमा चारैतिर शोक छाउछ । शोकाकुल परिवारलाई सान्त्वना दिन मानिसहरूको भीड लाग्छ । आगन्तुक सबै परिवारको अनुहार मलिन देखिन्छ । बन्जो कुकुर नभएर, मानिसझै बुद्धिमान् र संवेदनशील प्राणी भएको ठहर सबैले गर्छन् । आधुनिक पाराले दाहसंस्कार हुन्छ र छाक छोड्ने कार्यक्रम पनि हुन्छ ।
त्यसै दिन नजिकैको घरमा हर्केकी आमाको मृत्यु भएको हुन्छ । तर कसैलाई यो कुराको पत्तोसमेत हु“दैन । बिदेसिएको लोग्ने र जेलमा परेकी छोरीको आमा चन्द्रमाया, एक घुट्को पानीसम्म पिउन नपाई नाबालक छोरालाई एक्लो र अलपत्र पारेर मरेकी हुन्छे । कसैलाई उसको अवस्था र मृत्युबारे चासो हुदैन तर उसको अवस्थाप्रति साङ्केतिक अपसगुनको रुवाइ व्यक्त गर्ने त्यो कुकुर अनाहकमा आफ्नै मालिकको रिसको कारण मृत्युको भागीदार बन्न पुग्छ । बिचरा मृत्युको काखमा पुगेको बन्जोलाई यो कुराको के थाहा कि मानिसको मरण यति तुच्छ हुन्छ र मूल्यहीन हुन्छ भन्ने कुरा – उसलाई थाहा हुदो हो त गिर्दो मानवता र कर्तव्यबोधबाट च्युत मानिसको भीडमा पशु भएर पनि आफ्नो इमान्दारिता र जन्मजात पाएको नैतिक दायित्व बिर्सेउसले रुने गल्ती कहिल्यै गर्दैनथ्यो होला ।

Narayan Tiwari – Jwalamukhi

नारायण तिवारी- ज्वालामुखी

—“ए विन्देश्वर ! अलिक राम्ररी काट् है । ”
—“त्यो पनि भन्नुपर्छ ?”
—“नभनेर के गर्नु, अस्तिको पालि तैँले मेरो साइडलक नै बिगार्दिछस् !”
—“हे काँ बिगारेको छु त्यस्तो नभन् न ।”
सुटेड–बुटेड प्रह्लादसित कैँचीछुरा चलाउने मामुली विन्देश्वर ठाकुरको तँ सम्बोधन सुन्दा कसैलाई पनि अचम्म लाग्न सक्थ्यो ।
—“एइ भन् त, तँ र म कतिदेखि सँगै पढेको रे ?”
—“कतिदेखि नि, त्यही तीन/चार किलासदेखि होला ।”
—“कति क्लाससम्म पढेको रे ?”
—“सात किलाससम्म । कहाँ हामीले धेरै पढ्न पाउनु !”
—“त्यो कुरा छाड् ! तर तँ किन बदलिनस् यार ?
विन्देश्वर आपूmलाई प्रह्लादले ‘यार’ भनेको सुन्दा प्रसन्न देखियो । अनि एक पटक सैलुनमा उपस्थित एक÷दुई मान्छेतिर खुबै रोबले हे¥यो, मानौँ भन्दै होस्— म सानो मान्छे होइन बुझ्यौ, मेरो सङ्गत कत्रो ठूलो मान्छेसित छ ।
त्यसपछि आपैmँले आपैmँलाई नियाल्यो । बोल्यो— “के पहिरनको कुरा गरेको ? मान्छेको दिल पो ठूलो हुनुपर्छ । तिमी पनि प्रह्लाद ?”
प्रह्लादले बीचैमा उछिन्यो— “त्यो त हो तर यसो पाइन्ट लाए हुने नि । स्कुलमा पनि पाइजामा नै लगाउँथिस् अहिले पनि त्यही ।”
“लाउनै मन लाग्दैन ।” अब ऊ अलिकति खस्कियो ।
विन्देश्वर कुरा पनि गर्दै थियो, कैँची पनि फुर्तीले चलाउँदै थियो ।
—“कतिवटा केटाकेटी भए रे तेरा ?”
उसले एक पटक टक्क छुरा रोक्यो र ‘च्व !’ को ध्वनि उत्पन्न गर्दै बोल्यो— “यार ! तिमीलाई कतिपल्ट भन्नु ? पाँचवटा छोरा चारवटा छोरी !”
—“बिर्सिएँ नि त । के बिर्सिन पाइँदैन ?”
विन्देश्वर हाँस्यो, हाँस्दै बोल्यो— “त्यो त पाइन्छ नि तर !”
फेरि बीचैमा प्रह्लादले सोध्यो— “कतिकतिमा पढ्छन् रे ?”
विन्देश्वरले फेरि छुरा रोक्यो र बोल्यो— “त्यो त तिमी नसोध ।”
—“ल किन नसोध्ने, साथीलाई किन नसोध्ने ?”
—“अस्ति नै भनिसकेँ त्यसैले नसोध्ने ।” विन्देश्वर पनि मजाकमा उत्रियो ।
—“होइन भन्नैपर्छ ।”
—“मेरो छोराछोरी होइन नातिनातिनाचाहिँ स्कुलमा पढ्छन् ।” आखिर भनिदियो विन्देश्वरले ।
“ए हो !” प्रह्लादले केही सम्झिएझैँ ग¥यो । फेरि बोल्यो— “तिमेर्को यही नहुने । सानैमा बिहे ग¥यो— थुप्रा छोराछोरी उत्पादन ग¥यो, कामै त्यही ।”
विन्देश्वरले चारैतिर नजर उठाएर हे¥यो र अलिक दबिएको महसुस ग¥यो आपूmलाई ।
“कति वर्ष रे तँ, चवालीस वर्ष होइन ? मेरै उमेरको ?”
—“हो नि ।” चवालीस वर्षको उसको उमेर प्रह्लादले भनिदिँदा अब उसको छाती अलिक चौडा भएको महसुस ग¥यो उसले ।
—“मोरा ! चवालीस वर्षमा हजुरबाउ ! तेरो नाति र मेरो छोरा सँगै पढ्छन् होला हगि ?”
यसपल्ट विन्देश्वरले आपूm तल परेको हो कि माथि उठेको, भेउ पाउन सकेन । सपाट स्वरमा जबाफ दियो— “होला, पढ्छन् होला ।”
—“मालिस पनि गरिदिऊँ ?” प्रसङ्ग बदल्यो विन्देश्वरले र सोध्यो ।
—“पर्दैन । साथीलाई के मालिस गराउनु ।”
—“अनि यो कपाल काट्नेचाहिँ ?” अन्ठाएरै सोध्यो विन्देश्वरले मस्किँदै ।
—“त्यो त साथीलाई फाइदा होस् भनेर !” फेरि बोल्यो— “कति दिऊँ ?”
—“के जहिले पनि सोध्छौ ? देऊ न जति दिन्छौ ।”
पहिलो दिन प्रह्लाद उसकहाँ कपाल काट्न आउँदा विन्देश्वरले पैसा लिनै मानेको थिएन । पछि बल गरेर प्रह्लादले दस रुपियाँ हातमा राखिदिएको थियो । त्यो सम्झ्यो विन्देश्वरले । सधैँ घाटा सहेर छोड््न पनि सकिँदैन । दस रुपियाँ लिँदा उसलाई केही नोक्सान छैन । त्यसपछि प्रह्लाद प्रायः उसकैमा कपाल काट्न आउँथ्यो र ती दुईबीच रु. दसको सहुलियत ‘रेट’ मा मानौँ मौनसहमति नै भएको थियो ।
जहिले पनि ‘रेट’ को प्रश्न आउँदा ऊ अन्योलमा पर्छ— आपूm तल परेको हो कि माथि ! अनि साथीसित पैसा लिएकोमा ग्लानिको अनुभव गर्नुपर्ने हो कि थोरै लिएकोमा अफसोच ! अथवा साथीलाई सहुलियत दिएकोमा छाती चौडा पार्नुपर्ने हो ? ऊ निक्र्योल गर्न सक्दैन । तर उसको हृदयमा यी र यस्ता तरङ्गहरू बारम्बार उठ्दै, हराउँदै गर्ने गर्छन् ।
—“ए कहाँ हराइस् तँ ? म लागेँ है । आउँदै गर्छु नि !” ऊ झस्कियो । रु. दसको नोटलाई कैँचीले थिचेर राखेको देख्यो उसले ।
त्यो नोट उठाएर खल्तीमा हाल्यो उसले । र एक हात उठाएर बिदाइको अभिवादन ठोक्यो । प्रह्लादका हात उठेनन्— टाउको हल्लियो ।
त्यसपछि उसले वरिपरि नजर उठाएर हे¥यो— मानिसहरूको बराम लागिसकेको थियो । तर यी सबै केश÷दाह्री बनाउन आउनेको जमात थिएन । कोही कपाल कोर्न, कोही गफ चुट्न र कोही ‘टाइम पास’ गर्न आउँथे त्यहाँ । त्यो सबै भीडले केश काटिदिने हो भने विन्देश्वरको सैलुन किन उजाडउजाड देखिन्थ्यो र !
—“के छ ठाकुरजी ! यत्रो टाइम पनि लाग्छ कपाल काट्न ?” एक जनाले मुख फोड्यो ।
—“के गर्नु आफ्नो केटाकेटीदेखिको साथी !” फेरि अलिकति खुड्किलो उक्लिँदै बोल्यो— “हाकिम छ बुझ्नुभो कर अफिसमा ।”
—“कर अफिसमा ! अनि पैसा दिनचाहिँ यति लोभी ?” त्यो मान्छे फुसफुसायो ।
—“पैसा ? पैसाको के कुरा ! ठूलो मान्छे छ, कुनै दिन काम दिन्छ नि !”
—‘उहँ’ गर्दै त्यो मान्छेले टाउको झट्कारेर बोल्यो— “लौ पहिला केश काटिदेऊ ।”
त्यसपछि विन्देश्वर केश काट्न तल्लीन भयो ।
***

विन्देश्वरको सैलुनमा जहिलेदेखि प्रह्लाद आउन थालेको छ, त्यसै बेलादेखि उसको दिमागमा हलचल मच्चिएको छ । हाकिम साथी । त्यो पनि आपूmलाई घमन्ड नगर्ने ! कति मान्छेहरू— त चिन्दैचिन्दैनन्— ठूलो मान्छे भएपछि । एउटा मामुली ठाकुरलाई कसैले साथीको दर्जामा राखेर कुरा गर्छ ! ऊसित के काम लिने के नलिने ? रोमाञ्चित भइरहन्छ विन्देश्वर जहिलेतहिले ।
— “तिम्रो मझला बेटा एस्. एल्. सी. पास गरेको छ त, त्यसलाई जागिर, ख्वाउन भन न तिम्रो हाकिम साथीलाई !” एक दिन उसलाई सैलुनमा केश काट्न आउनेमध्येकै एक जनाले यसो भनेदेखि ऊ पिरोलिन थालेको छ । उसलाई निद्रा पर्न छोडेको छ राम्रोसित । कर कार्यालयमा भयो भने त एउटा पियनले पनि घर ठड्याउँछ रे, फेरि मेरो छोरो त एस्. एल्. सी. पास !
सुत्दा पनि ऊ आफ्नो बाँसको टाटी भएको माथि खपडाको छानालाई टोलाएर हेरिरहन्छ— अब त मेरो यो घरले काँचुली फेर्छ–फेर्छ !
ड्ड ड्ड
एक दिन केश काट्न आएका बेला प्रह्लादलाई अगाडि राखेर मुख फोड्यो उसले— “मेरो यस छोरालाई जागिर लगाइदिनुप¥यो !”
यसो भन्नुभन्दा अघि विन्देश्वरले छोरालाई “चाचाजी छ, नमस्ते बोल्” भनेर सिकाएको थियो ।
उसको छोराले पनि “नमस्ते चाचाजी” भनिदिएको थियो ।
तर प्रह्लादको मुखाकृति पहिलापहिलाभन्दा अलिक भिन्न देखिन थालिहाल्यो— मुखाकृति खुम्चिनखुम्चिन लागेझैँ ।
—“मेरो अफिसमा पठाइदिनू ।” प्रह्लाद गम्भीर भएर बोल्दै थियो ।
यता विन्देश्वरले छुरा हातबाट डङ्ग्रङ्ग छोड्यो— ‘ठ्याक्क’ आवाज आयो ।
—“परमोद ! आज तिमी उहाँको कपाल काट त, मेरो अलिकति घरमा काम छ । पैसा लिनुपर्दैन है, म पछि मिलाइहाल्छु ।” यति भन्दै सैलुन छोडर दौड्यो ऊ ।
घर पुग्यो— स्वास्नीलाई सुनायो । अरू छोरालाई सुनायो । छिमेकीलाई सुनायो । भेटेजति सबैलाई सुनायो— उसको साथी हाकिम छ, अब उसको छोरोको पनि जागिर हुने भयो ।
*****
—“चाचाजी नमस्ते !” विन्देश्वरको छोरो रतनले कर अफिस पुगेर प्रह्लादलाई नमस्ते ठोक्यो ।
प्रह्लादले नाक खुम्च्यायो । आँखीभुइँ तानिए उसका ।
वरिपरि बसेका भद्रभलादमीले प्रह्लादलाई “को हो यो अभद्र मान्छे” भन्ने आँखाले घोचे ।
—“कति पढेको छ रे तैँले ?”
—“चाचाजी, एस्. एल्. सी. गरेको छ मैले ।”
—“मैले अरू पोस्टमा त जागिर ख्वाउन सक्दिनँ । पिउनमा खाने ?”
रतन अकमक्क प¥यो ।
—“के सोच्या ? छिटो भन् ।” अलिक झपारेको जस्तो लाग्यो उसलाई । नर्वस हुँदै भन्यो— “बाबुलाई सोध्छु ।”
“ठीक छ । पछि भेट्नू मलाई ।”
ऊ फेरि “नमस्कार चाचाजी” भन्दै बाहिर निस्कियो ।
विन्देश्वरलाई अलिकति चोट लाग्यो छोराको कुराले ।
फेरि सोच्यो— पिउन भयो त के भयो ? पिउनले पनि पक्की घर बनाएका छन् । पिउनले पनि सान देखाएका छन् ।
—“ठीक छ, फेरि जा चाचाजीलाई भेट् ।”
छोरो अलिक नाइँनुइँ गर्दै फेरि पुग्यो प्रह्लादको कोठामा— “नमस्ते चाचाजी !”
फेरि सोफाका वरिपरि बस्ने मान्छेहरूका आँखाले प्रह्लादलाई घोचे— को हो यो मूर्ख !
—“ए तँ ! लौ पिउनमा पनि भएन । तैँले हिजो जबाफ दिइनस् । अब हुँदैन जा !”
—“फेरि कहिले आऊँ चाचाजी ?”
—“कहिल्यै नआइज । तेरो मुख कहिल्यै नदेखा बुझिस् !”
—“को हो यो गँवार ?” अब हाकिमले समेत झपारेपछि यो हाकिमले नरुचाएको मध्ये परेछ भन्ने ठम्याएपछि वरिपरि घेरा हालेर बस्नेमध्ये एक जनाचाहिँ बोल्यो ।
—“को हुन्छ ? नोकरचाकरका छोराछोरी त हुन्छन् नि ! नाता पनि लगाइहाल्छन् के गर्नु !” हाकिमले मानौँ स्पष्टीकरण दिए ।
रतन ‘जड’ भयो— मूर्तिवत् ! उसको युवकहृदयमा ज्वालामुखी फुट्न खोज्यो । तर ज्वालामुखी पड्कनुअघि नै ऊ फनक्क कोठाबाट बाहिरियो ।
उसले फुट्न खोजेको ज्वालामुखीलाई बाबुका अगाडि पड्कन दियो ।
बाबु केही बोलेन । निरीह, चुपचाप ज्वालामुखी पिउँदै रह्यो ।
त्यसपछि धेरै दिन बिते, महिना बिते, वर्ष बित्यो तर प्रह्लाद आएन । विन्देश्वरको सैलुनमा प्रह्लादलाई त्यसपछि कहिल्यै देखिएन ।

Harihar Dahal – Asahamati (Nepali Laghu Katha)

हरीहर दाहाल- असहमती (लघु कथा)

बैठक ठीक १० बजे शुरु भयो।प्राबासी समाजका प्रतिष्ठित भद्र पुरुष तथा महिलाहरुको सहभागीता रहेको त्यस सम्मानित उपस्थितीले प्रबासमा रहेका नेपालीहरुलाई सँगठित गर्न एउटा छाता संगठन नभै नहुने कुरामा जोड दिए।

यस अपरिहार्य आवश्यकतालाई थाँती नराख्न अनुरोध गरियो।तुरुन्त संस्थाको नाम जुराइयो। तयारी समिती बनाउने निर्णय भयो।मुख्य तयारी समिती,सदस्यता बिस्तार समिति,भाषा, धर्म,जाति,परम्परा,संस्कृति,सभ्यता,भेसभुषा र साहित्य संबर्धन समिति,कोश परिचालन समिति,आकस्मिक सहयोग समिति,खेलकुद समिति,सल्लाहाकार समिति,जनचेतना अभियान समिति,जनसंपर्क समिति,निर्माण समिति,साजसज्जा समिती र आबस्यक भए अझै उपसमितिहरु बिस्तार गर्न सक्ने गरी बिभिन्न कार्य समितिहरु बने। प्रस्तावित नाम र निर्णयहरुलाई सतप्रतिशत उपस्थितिले अनुमोदन गर्‍यो।

सहमती र समर्थनका नाममा बजेको तालिले सभाकक्ष गुन्जयमान भयो।

कार्यक्रम संचालकले बैठकमा उपस्थित भएका संपुर्ण देसप्रेमी समाजसेवीहरुलाई आफ्नो देश र समाज प्रति प्रतिबद्ध भएर आफ्नो जाती र देशका नाममा एकजुट हुन सकेकोमा धन्यवाद दिदै कार्यक्रमको अन्त्यमा आयोजित रात्री भोजमा सरीक हुन आग्रह पस्कदै बैठक अन्त्य भएको घोषणा गरे ।

भोजमा सबैले दिल खोलेर मिस्टान परिकारहरु जिब्रो पट्काउदै खाए र बिकासे मदिरा पिए।आयोजकलाई सबैले हृदय देखिनै आभार ब्यक्त गर्दै प्रसंसा गरे।

भोली पल्ट बिहानै स्थानिय बित्धुतिय संचार माध्यमबाट बैठकमा उपस्थित भए मध्धेका ५० प्रतिशत समाजसेवीहरुले अघिल्लो दिन भएका कुनै पनि निर्णयमा आफ्नो सहमती नरहेको भन्दै बक्तब्य निकाले जहाँ भनिएको थियो-

“हामीहरु कुनै पनि समितिमा नपरेकोमा गुनासो नरहेको,देश र समाज प्रती सधैं बफादार र जिम्मेबार रहेको र आफ्नो जाती प्रती बिनासर्त सहयोग गर्न सधैं तयार रहेको तर हिजो भएको बैठकको निर्णयमा चाँही हाम्रो पक्षको सहमती नरहेको हुँदा अर्को उपयुक्त संस्था गठन प्रकृयामा सामेल हुन आग्रह गर्दछौं।”

Kumar Simkhada – Alchhi Ra Laaparwaahi Maanis Haru

कुमार सिंखडा – अल्छी र लापर्वाही मानिसहरु
(छहारी कथा संग्रह)

यो तीस बर्षको बिचमा कति आए, कति गए। विभागका भवनहरु भत्किए, थपिए। प्रत्येक वर्ष अप्रिल महिनामा नयाँ मान्छेहरु हाम्रो अफिसमा भर्ना हुन्छन्। तर ती कुनै पनि धेरै वर्ष टिक्दैनन्। तिनीहरु काम पनि त्यति गर्दैनन्। फिल्डमा जाँदा हामीलाई अर्डर दिन्छन्। काम सफल भए तक्मा र जस कमाउँछन्। असफल भए गाली पनि उनीहरु नै खान्छन्, तर रिस भने हामीमाथि पोख्छन्। हाम्रै कामको आधारमा २-४ वर्षैमा या त बढुवा भएर केन्द्रतिर लाग्छन् या सरुवा भएर अरु अफिसमा पुग्छन्। तर लगातार म र पुष्पक भने यही प्रकोप विभागमै छौं।

आज मध्येदिनमा एक्कासि अफिसमा साइरन बज्यो र स्वचालित एनाउन्स आयो – “सफलनगर छब्बिस नम्बर वार्ड, चार नम्बर सडकको एघारौं घरको त्रिचालिसौं तल्लाबाट धुवाँ आएको छ। गम्भीरता ६५ प्रतिशत। घटनास्थलसम्मको सबभन्दा छोटो दुरी २ दशमलब ७ किलो मिटर, घटनास्थल पुग्नको लागि लाग्ने समय १ मिनेट १७ सेकेन्ड। सबभन्दा छोटो दुरीबाट जानको लागि –” एनाउन्स सुनिरहने समय थिएन। मेरो नयाँ बोस सञ्जयले मलाई हिंडिहाल्न निर्देश गर्यो। अफिसको पार्किङ् लटमा पुग्दा पुष्पक कारमा बसिसकेको रहेछ। म सिटमा बस्दासम्ममा उसले घटनास्थल पुग्ने रुटको योजना गरिसकेको थियो। कारको स्वचालित नेभिगेटरले सूचना गर्यो – “हालको स्थान १९ समानन्तर र २ नम्बर सडकको चोक। घटनास्थलसम्मको सबभन्दा छोटो दुरी २ दशमलब ७ किलोमिटर, घटनास्थल पुग्नको लागि लाग्ने समय १ मिनेट १७ सेकेन्ड। सबभन्दा छोटो दुरीबाट जानको लागि कृपया १९ समानन्तरबाट पूर्वतिर २ ब्लक जानुहोस् र ४ नम्बर सडकमा देब्रेतिर मोडिनुहोस्। ४ नम्बर सडक आएपछि उत्तरतर्फ ५ ब्लक — ” हामी अफिसबाट २ नम्बरको सडक लिएर उत्तरतर्फ लागिसकेका थियौं। नेभिगेटरको एनाउन्स बिचैमा फेरियो।
“पुष्पक तिमीले गलत बाटो पक्डियौ। सबभन्दा छोटो दुरीबाट जानको लागि १९ समानन्तर लाग्नु पर्ने थियो। पछाडि फर्क!”
एनाउन्सलाई मतलब नगरी हामी समानन्तर १८ मा आइपुग्न लागेका मात्र के थियौं, एनाउन्स फेरि पनि फेरियो – “पुष्पक, म तिमीलाई फेरि पनि भन्दैछु। तिमीले गल्ती बाटो पक्डियौ। यहाँबाट घटनास्थलसम्म सबभन्दा कम दुरीले पुग्नको लागि अब समानन्तर १८ मा दाँयातिर मोड।”
मैले नेभिगेशन बन्द गरिदिएँ। वास्तवमा १८ समानन्तर र ४ नम्बर सडकको चोकमा हिजो भर्खर एउटा दुर्घटना भएको थियो। एउटा सन्काहाले बाटोको बिचमा जबर्जस्ती गाडी रोकिदिएकोले पछाडिबाट लगातार २१ वटा गाडीहरु एक पछि अर्को गरी ठक्कर खाएका थिए। हामीलाई सडक सुचारू गर्न पुरै १३ मिनेट लागेको थियो। गाडीका सबै सिटमा इमर्जेन्सी डन्लपहरु निस्केकोले मानिसहरु हताहत भने हुन पाएनन्। तर यो तीस वर्षे क्यारियरमा २५ जना घाइते हुनेगरी भएको दुर्घटना मैले पहिलो पटक सम्हालेको थिएँ। हामीलाई दिइएको निर्देशन अनुसार अति आवश्यक कारण बाहेक दुर्घटना भएको सडक ४८ घन्टासम्म प्रयोग गर्न मनाही थियो। त्यसैले नेभिगेटरको सहयोग आज लिन नसकिने पक्का थियो। हिजो भएको दुर्घटना सायद नेभिगेटरमा अपडेट गरिएको थिएन। अल्छी र लापर्वाही मानिसहरु!

हिंडेको ५५ सेकेन्डमै हामी प्रगतिचोकमा आइपुग्न लागेका थियौं। पुष्पकले इमर्जेन्सी साइरन बजायो। अगाडिबाट आउने मोटरहरु रोकिन आँटेका देखिए। ठीक पाँच सेकेन्डमा हामी दाइनेतिर मोडिएर समानन्तर १४ पक्डेर पूर्वतिर हानियौं। घटनास्थल पुग्नको लागि अँझै ३३ सेकेन्ड लाग्ने अडकल काटें। मैले सञ्जयलाई हामी १२:०३:३५ मा घटनास्थल पुग्ने अनुमान भएको सूचना पठाएँ। ऊ हाम्रो युनिटका अरु ५ जनासहित दमकल लिएर पछि-पछि आउँदै थियो। सञ्जयले हामीलाई घटनास्थलमा तत्काल जाँच गरेर मानव उद्दार सुरु गर्ने निर्देशन दियो।

अनुमान गरेको समयमै हामी ४ नम्बर सडकको चोकमा देब्रे मोडेर एघारौं घरमा आइपुग्यौं। यस सडकमा मोडिने बेलामा नै मैले कारको छानोलाई खोलेर घटनास्थल हेर्न भ्याएँ। एघारौं घरको सबभन्दा माथिल्लो तल्लाबाट कालो धुवाँ निस्किंदै थियो र अलि अलि रातो राँको बाहिर आउला जस्तो गरी बढ्दै थियो। हिसाब गर्दा सञ्जयहरु आइपुग्न ५३ सेकेन्ड अरु लाग्थ्यो। त्यति समय खेर फाल्न कदापि पनि सकिने थिएन।

त्रिचालिस तल्लामाथि तत्काल पुग्नको लागि हामीसँग एक मात्र विकल्प थियो। मैले पुष्पक तिरहेरें, उसले सहमति जनाउँदै टाउको हल्लायो। यतिञ्जेल अर्ध रुपमा स्वचालित गाडीको ह्यान्डललाई पुष्पकले पूर्ण रुपमा म्यानुअल मोडमा फेर्यो। र गाडीलाई सडकबाट पेटितिर बढायो। घरको भूईं तल्लामा आइपुग्दासम्म मैले आफ्नो सिटबेल्ट कम्मर र छाति २ ठाउँमा बाँधिसकेको थिएँ र पुष्पकको सिटबेल्ट बाँध्ने बटन पनि थिचें। पाङ्ग्रालाई सामान्य मोडबाट भ्याकुम मोडमा फेर्ने बटन दबाएँ। एकै छिनमा हाम्रो सिटमुनिबाट पेचीले चल्ने फलामका चार वटा लिफ्टर तल भूईंतिर बढे र बिस्तारै गाडीलाई उचाले। सडकबाट ३० सेन्टीमिटर उठेपछि चारवटै पाङ्ग्राको वरिपरि सोली आकारका ठुला ठुला बाक्ला प्लास्टिकहरु फिताहरु बाहिर पर्ने गरी गाडिए। यतिञ्जेलमा पुष्पकले गाडीबाट लामो लिभर त्यस बिल्डिङ् तिर जाने गरी पुर्याइसकेको थियो। लिभरको टुप्पामा भएका भ्याकुमका सोलीहरु बिल्डिङ्को बाहिरपट्टि अड्याएर गाडी भूँईसँग नब्बे डिग्री परेर झुन्डियो । चार वटै पाङ्ग्रा त्यस बिल्डिङ्गका भित्तामा अडिएपछि पुष्पकले लिभरलाई फिर्ता तान्ने बटन दबायो। सञ्जय आइपुग्दा हामी बिल्डिङ् चढ्न तयार भइसकेका थियौं।

पुष्पकले गाडी हाँक्यो। पाङ्ग्रामा जडान गरिएको सोली बिल्डिङ्को भित्तामा धसिंदा निस्कने भ्याकुमको शक्तिको भरमा हामी बिल्डिङ् उक्लन थाल्यौं। ४३ तल्लाको शिशा फोरेर भित्र पस्दा एउटा बच्चा रुँदै बाहिर निस्कने प्रयास गर्दै थियो। ऊ ढोकाको भित्रपट्टि राखिएको स्क्रिनका अंकहरुमा हात लगाउँदै ढोका खोल्ने प्रयत्न गर्थ्यो। तर, सही गोप्य-अंक थाहा नभएर ढोका खुल्दैनथ्यो। उसको क्रन्दन सुनेर सँगैको भित्तापट्टिको पलंगमा सुतिरहेकी बृद्दा (जो सायद उसकी हजुरआमा थिई) उसलाई सहयोग गर्न खोज्दथी तर ऊ पनि आफैंमा असक्त थिई। उसको देब्रे खुट्टा पलंगमा टाँगिएको डन्डीसँग बाँधिएको थियो। लाग्थ्यो उसले यही दुई‍-तीन दिन अगाडि खुट्टा भाँचेकी थिई। बृद्दा र बालकका आँखा ठुला ठुला थिए र ती दुबै जना ढोकातिर हेर्दै चिच्याउँए। हाम्रो कोठामा प्रवेशसँगै उनीहरुको चिच्याहट अलि कम भयो। मैले बिशेषाधिकारको कोड प्रयोग गरेर ढोका खोली बालकलाई बाहिर पुर्याउँदासम्ममा पुष्पकले त्यस बृद्दा सुतेको खाटलाई कुर्ची मोडमा परिवर्तन गरी पाङ्ग्राहरुलाई गुड्ने मोडमा फेरेर ढोकातिर धकेल्यो। बृद्दालाई बाहिर ल्याएपछि लिफ्टमा ती दुईलाई चढाई लिफ्ट सिधै भूईं तल्लामा मात्र रोकिने गरी छोडिदियौं। हाम्रो युनिटका मानिसहरु पहिलो तल्लामा उनीहरुलाई कुर्दै बसेका थिए।

आगलागी भएको कोठामा पुन: प्रवेश गर्दा आगो निकै बढिसकेको थियो। हामी यस कोठामा आइपुग्न अरु २ मिनेट लागेको भए ती दुई बालक-बृद्दा जलेर भष्म हुने पक्का थियो किनभने आगो त्यस बृद्दाको खाट रहेको ठाउँसम्म आइपुगेको थियो र कोठाका हरेक फर्निचर आगोका शिकार हुँदै थिए। आगोको बिच-बिच हाम्फाल्दै पुष्पक अघि फोरेको शिसाको भित्तातर्फ गयो र खल्तीबाट सेतो टेप निकालेर त्यसलाई तन्काउँदै प्वाललाई पुरिदियो। मैले कोठालाई पुरै बन्द गर्ने स्वीच दबाएँ। बल्ल कोठा र बाहिरबिच हावा सर्न नपाउने भयो। मैले “आगलागी-बटन” थिचें र कार्बनडाइ-अक्साइडले पुरै कोठा भरिदिएँ। केही क्षणमै पूरै आगो मर्यो र कोठा पुरै सेतो, कुहिरो कैद गरिराखेको जस्तो, देखियो। हामी पुन: ढोकालाई बिशेषाधिकार कोड प्रयोग गरी खोलेर निस्कनु र सञ्जय लिफ्टबाट बाहिर निस्क्नु एकै साथ भयो। आगो पूर्ण रुपले दबाएको जानकारी दिंदा उसले लामो सास तान्यो।

सञ्जयको काम भने भर्खर मात्र शुरु भएको थियो। उसले घरमुली ४२ औं तल्लामा बस्ने कुरा पत्ता लगाइसकेको रहेछ। हामी पनि सँगै तल्लो तल्लासम्म भर्याङ्बाट ओर्लियौं। घरमुली निस्कन मानेन तर सञ्जयले ढोका फोरेर भनेपनि भित्र छिर्ने धम्की दिएपछि भित्रबाट एउटा ३५ बर्षनाघेको मानिसले ढोकाबाट टाउकोमात्र निकालेर सञ्जयतिर बन्दुक सोझ्याउँदै भाग्ने चेतावनी दिन थाल्यो। मैले प्रकोप बिभागमा काम गर्दा अहिलेसम्म यस्तो परिस्थितिको सामना गर्नु परेको थिएन। तत्काल निर्णय लिनु पर्ने अवस्था आयो। म हत्तपत्त सञ्जयको अगाडि उभिएँ। त्यस मानिसले हाम्रो प्रतिरक्षाको चाल बुझ्न नपाउँदै पुष्पकले त्यस उसको टाउको र दाहिने हात समात्यो। हतारमा उसले गोली चलाउँदा सञ्जय चिच्याउन पुग्यो तर उसलाई केही भएको भने थिएन। गोली मेरो घुँडामा लाग्यो र भूईंमा झर्यो।

घरमुलीलाई नियन्त्रणमा लिएपछि थाहा लाग्यो, अघिका बृद्दा र बालक उसकी आमा र पहिलो श्रीमती तर्फको छोरा रहेछन्। उसकी दोश्री श्रीमती ऊसँग झगडा गरेर रिस फेर्न ती ज्यामा-नातिको कोठामा आगो लगाएर कोठा बन्द गरी हिंडेकी रहिछ।
“अनि कोठामा आगो लाग्या थाहा पाउँदा पाउँदै किन यो कोठामा चुपचाप आफैंलाई थुनेर बसेको त? तिम्रो कर्तव्य छैन आफ्नो आमा र छोरालाई बचाउने?” सञ्जय कुर्लियो।
“तिमीहरु प्रकोप बिभागबाट ४-५ मिनेटमा आएर ठिक पार्न सकिहाल्थ्यौ नि! र, सक्यौ पनि। यस्तो थाहा हुँदा हुँदै मैले किन दु:ख गर्नु पर्यो?” त्यस मानिसबाट उत्तर आयो। ऊ घटना हुँदा ४२ तल्लामा थियो। त्यसैले हिसाब गर्दा, यदि उसले चाहेको भए, हामीले गरेको काम उसले डेढ मिनेट अगाडि नै फत्ते गर्न सक्थ्यो।
“तँलाई लाछी!” सञ्जयले उसलाई हतकडी लगाउँदै भन्यो, “तेरो मानवता कता गयो? यी दुई रोबोटहरु नभएको भए तेरो सारा परिवार डढेर नष्ट हुन्थ्यो। अँझै यस्ता कुरा गर्छस्? तँलाई मेरो प्रहरी बिभागबाट प्राप्त बिशेषाधिकार प्रयोग गरी मानव जीवनमाथिको हेलचक्र्याइँ अनि प्रकोप बिभागको अफिसरको हत्याप्रयासको अभियोगमा गिरफ्तार गर्दछु।”
मैले मेरो घुँडामा लागेको गोली भूईंबाट टिपें र गोली लागेको ठाउँ नियालें। सानो खत लागेको रहेछ। सायद मानिस भएको भए ह्वालह्वाल्ती रगत आइरहेको हुने थियो। घटनाको रिपोर्ट तयार गरें।
“यो मानव समाज के हुन आँटेको हो आजकल? रोबोटको भरमा बाँच्न थालेपछि त कर्तव्य र ममता नै बिर्सिन थालिसके नि!” सञ्जय फत्फताउँदै थियो।
मैले आन्तरिक संचारमार्फत पुष्पकलाई गाडीमा फर्किन इशारा गरें। हामी दुई पुन: ४३ तल्लामा उक्ल्यौं, भर्खरसम्म आगलागी भएको कोठामा पस्यौं। पुष्पकले अघि टालेको टेप झिकेर फाल्यो र अड्याइराकेको गाडीको चालक सिटमा बस्यो। अनि मलाई गाडीतिर तान्नको लागि हात दियो।

“४२ तल्लामा भएको मान्छे, ४३ तल्लामा आगो लाग्दा पनि सहयोग गर्न नजाने। यी मानिसको जात कति अल्छी? कति लापर्वाही?”

Madhuwan Paudel – Amrita Ki Chhori

मधुवन पौडेल – अमृताकी छोरी

“आमा ! मेरो आई–पड् ल्याप्टप्मा जोडिदिएको हो ?”छोरीको फोन सुन्नासाथ अमृता झसङ्ग भई । दिउँसो तीन बजिसकेको थियो, पाँच बजे त छोरी आइसक्छे ! ऊ हतारहतार छोरीको कोठातिर लागी । बिहान अफिस जाने बेला छोरीले भनेको सम्झी उसले—“आमा म आफैँ अफिसमा आई–पड् चलाउन थालेँ भने त सबैजना त्यसै गर्न थाल्छन् अनि काम केही हुन्न !”
सतीश अर्थात् अमृताको लोग्नेको दुई वर्ष अगाडि दुर्घटनामा मृत्यु भएपछि उसकी छोरी अनुस्काले नै उनीहरूको कन्सल्ट्एन्सी अफिस सम्हालेकी थिर्ई । वास्तवमा अमृतालाई पनि अनुस्काले त्यति राम्रोसँग छिटो समयमा बाबुको व्यापार सम्हाल्ली भन्ने पटक्कै विश्वास थिएन । उसले हेर्दा त अनुस्का न भान्छाको काममा सिपालु न त यताउती नाता कुटुम्बसँग उठबस गर्ने न त आफुलाई चाहिने सामान बाहेक अरू गृहस्थीका सामान किन्न जान्ने लठ्ठक थिई ।
अमृता आफ्नो जमानाको कुरा सम्झन्छे । उसकी आमाले उसलाई एउटी राम्ररी घर गर्ने छोरीको रूपमा हुर्काइन्, भातभान्छाको काममा सिपालु, पाहुनापासाको राम्ररी सत्कार गर्ने, घर सफा–सुग्घर राख्ने आदिआदि । आई.ए.पास गर्नासाथ सतीशसँग उसको बिहे भएको थियो । बिहेपछि उसले अरू धेरै कुरा सिकी, तर ती सब कुरा कसरी लोग्नेलाई खुशी पार्ने र कसरी लोग्नेको घर गर्ने सम्म सीमित थिए ।
बिहेपछि सतीश आफ्नो ठूलो परिवारसँग छुट्टिएर बेग्लै बस्न थालेको थियो । त्यसपछि त अनुस्का नजन्मुञ्जेल अमृताको संसार उसको लोग्ने र घर व्यवहारमै सीमित भयो । उसले लुगा सिउन सिकी, कृत्रिम फूल बनाउने तालिम लिई, घर चलाउन अझ निपूण भई । उसका साथीहरू सबैजसो कतै न कतै काम गर्थे, स्कूलतिर पढाउँथे पनि । यदाकदा सतीशलाई “एक्लै बस्न पनि पट्यार लाग्छ केही गर्ने हो कि ?” भन्दा ऊ झडङ्ग रिसाउने गर्थ्यो । “किन दुःख गर्नु पर्यो ? आनन्दसँग बसे त भइहाल्यो नि !” सतीश अमृतालाई केवल गृहिणीको रूपमा हेर्न चाहन्थ्यो ।
अमृतालाई सतीशको कुरा केही खट्किन्थ्यो, तर ऊ केही प्रतिवाद गर्दैनथी । त्यसपछि त उनीहरू लामो समय विदेशिए । सतीशले विदेशिएको केही समयपछि मात्र पाँच पाँच वर्ष अमृतालाई घरभित्रै किन राखेँछु जस्तो अनुभव गरेको थियो । “हत्तेरी ! समयअघि बुद्धिचाँहि पछि लागेछ हगि अमृता ? तिमीले भनेजस्तो केही गरेको भए पनि त यो भन्दा बढी पैसा पाउने काम भेट्थ्यौ कि ?” अमृताले केही प्रतिक्रिया जनाएकी थिइन, उसकी आमाले उसलाई ओठेजवाफ दिन कहिल्यै सिकाइनन् । एकाध वर्ष जसोतसो गरी बिताएपछि अनुस्का जन्मिहाली, अनि त झन् ऊ त “फूल टाइम् गृहिणी” भइहाली । अमृतालाई यदाकदा आफु नितान्त गृहिणीको सीमित घेराभित्र बाँच्नु परेकोमा ग्लानिको आभास हुने गर्थ्यो, तर ऊ तुरुन्तै संयमित हुने गर्थी । उसका लागि उसकी मृतक आमा आस्था र प्रेरणाको स्रोत मार्गदर्शक सबैथोक थिइन् र उनैले स्वास्नीमान्छेको धर्म भनेको लोग्नेलाई सबैतिरबाट सँधै प्रशन्न राख्ने र आफ्नो गृहस्थी जीवनलाई शान्त र सुखी बनाउने हो भन्ने सिकाएकी थिइन् । समयले कोल्टे फेरे पनि अमृताले कहिल्यै आफ्नो आजको बिस्तारित सीमारेखा के हो भन्ने जान्न खोजिन, बरु आफ्नो धरातल भनेको आमाले सिकाएकै अनुसारको संसार हो भन्ने सपनाभित्रै आफुलाई हराइ । यही नै तुस थियो उसको मनमा ! किन उसले समयमै आफ्नै चिनारी आफ्नै पहिचान राख्न चाहिन?
अहिले अनुस्काले पनि उसलाई त्यसै भन्ने गर्छे— “आमा ! तपाईंको उमेर पनि भयो धेरै दुःख गर्नुभयो अहिलेसम्म ! अब आनन्दसँग बस्नुस् न !” आफ्नी छोरीले मायालु भाकामा दिएको यस्तो अभिव्यक्ति भए पनि अमृतालाई कता कता च्वास्स घोच्ने गर्छ । सतीशले पनि त्यसै भन्थ्यो । एउटा युग बित्दा पनि अमृताको स्थिति जहीँको त्यहीँ थियो— घर गृहस्थी, भात भान्छा, किनमेल र अरू सामाजिक व्यवहार ! सतीश बाँचुञ्जेल ऊ झपक्क गहनाले लादिएकी हुन्थी, शृङ्गारले उसको भौतिक देह धपक्क बलेको हुन्थ्यो।
“आबुई ! भाउज्यूले कसरी मेन्टेन गर्नुभाको ? आफ्नो त…” उसका नन्दहरू जिस्काउने गर्थे । तर त्योभन्दा भित्र अर्थात् अमृताको मनमा के थियो उनीहरू कहिल्यै सोच्दैनथे । सतीश त झन् सँधै थाकेर घर फर्केपछि छेड्ने गर्थ्यो — “आज भुतुक्कै भइयो कामको चटारोले ! तिम्लाई जस्तो आनन्द भए पो हगि अमु ?” “भनेको त हो नि ! मलाई पनि काम सिकाएको भए अहिले म पनि सघाउँथेँ नि !” मनमा धेरै नै बिझेको बेला अमृता यतिसम्म भन्ने गर्थी । हुन त अरूले हेर्दा त केही नगरी यसरी जीवनभर बस्न पाउनु नै सौभाग्य होला, तर अमृताको मन भने सँधै नै आफ्नो अस्तित्व नै नभएको हो कि भन्ने पीडामा हुने गर्थ्यो । तैपनि अमृता आफ्नो आँसुलाई परेलीमै बग्न दिन्नथी— आफ्नी आमाले दिएको संस्कारलाई सम्झेर !
सतीशको मृत्युपछि अमृताको मनको पीडा झन् बल्झेको थियो । “दाइले सात जुनीलाई पुग्ने सम्पति कमाइदिएकै छ, के भो र !” भन्ने नन्दहरूको तीखो प्रहारले उसको मन चिराचिरा पर्थ्यो । उसले सँधै आत्मनिर्भर बन्न चाहेकी थिई, तर उसको संस्कार र समयले पनि उसलाई सतीशकै भर परेर बाँच्नुपर्ने बनाइदियो । अहिले त उमेरले डाँडा काटिसकेको छ, मनमा इच्छा भएर पनि उसमा सामर्थ्य छैन । तर पनि ऊ अनुस्काले सतीशले भनेझैँ— “किन केही गर्नुपर्यो? आनन्दसँग बसे भइहाल्यो नि !” भनेको सुन्न चाहन्नथी।
अमृता हर्नको आवाजले झसङ्ग हुन्छे । कतिबेला पाँच बजिसकेछ ! अनुस्का घरभित्र छिरेकी थिर्र्ई । ऊ यसो उठ्न पाएकी पनि थिइन । “आमा ! म त थकाइले भुतुक्क भएँ” भन्दै ब्याग सोफामा फ्याँकेर ऊ अमृताको काखमा लमतन्न परी । अमृताले त्यसपछि सबैकुरा बिर्सी र छोरीको कपाल मुसार्नथाली ।
“आमालाई जस्तो मज्जा भए पो हगि ?”
अमृताको मुटु हजार सियोले घोचे जस्तो भयो । तैपनि उसले भनी—
“हो छोरी, मेरो भाग्यै त्यस्तो !”

भाद्र १०, २०६६
भिमनिधी मार्ग, काठमाडौं