Shyam Bahadur Lama – Bhale Ko Tauko

श्यामबहादुर लामा – भालेको टाउको 

भालेको टाउकोमा सबैको आँखा जान्छ । पोथीको टाउकोमा कसैको दृष्टि पुग्दैन । पोथीको टाउको संवेदनशील मान्दा हुन्, भालेको टाउको रक्सीको. सितन ठान्दा हुन् । दिनहुँ अण्डा कोरल्नी पोथीको टाउको कसैले दागा धर्दैनन् । भालेकै टाउकोमा बढी आकर्षित हुन्छन् । भालेले पनि अण्डा कोरल्नी भए केको टाउको खान्थे होलान् । वास्तवमा टाउको संवेदनशील अङ्गका रूपमा हेरिन्छ । शारीरिक अवस्थाअनुसार जुनसुकै अङ्ग पनि संवेदनशील हुन सक्छ । कहिलेकही पिण्ड खाने बेला भएका वृद्ध पनि संवेदनशीलताको अतिक्रमण गरेको आरोपमा मुछिन पुग्छन् ।

नियतवश वा अञ्जानमा संवेदनशीलताको अतिक्रमण भएको सुनिन्छ । अञ्जानमा संवेदनशीलताको घानमा पर्दा मैले पनि कानमा समातेर क्षमायाचना गरेको छु । भीडभाडमा लुटेराहरूले फाइदा उठाउँछन् । संवेदनशीलताको मतलब राख्दैनन् । यसको अर्थ लुटेराहरू प्रहरीको फन्दामा पर्दैनपर्ने होइनन् । धरौटीमा रिहा भएर पुनः चोरी–डकैती धन्दामा संलग्न हुन्छन् । लुटपाट गर्दा कहाँ स्पर्श गर्नुहुन्छ, कहाँ हुँदैन तिनलाई मतलब छैन । घटना बारम्बार दोहोरिन्छन् । यौन दुव्र्यवहारको घानमा चाहिँ निर्दोष बूढा परेछन् कि भन्ने शङ्का लाग्छ ।

टाउको संंवेदनशील अङ्ग हो । छुनै नहुने अङ्गचाहिँ होइन । हेयर ड्रेसिङ पार्लरमा शृङ्गारपटार पार्नेक्रममा जति चुल्ठो समाए पनि उल्टो अबगाल लाग्दैन । चुल्ठो समाइसमाई कोरीबाटी गरेबापत उसैलाई दक्षिणा चढाएर कपाल तलासदै हिँड्नुको तात्पर्य टाउको संवेदनशील होइन भन्ने स्वतः प्रमाणित हुन्छ । महिलाहरूमात्र हैन, पुरुषहरू पनि बङ्गाली काटेर भालेकै सिउरको नक्कल गरिन्छ । भालेलाई यति महŒव दिएर भालेकै टाउको चपाउन छाडदैनन् ।

श्रीमती माइत गएकीले यस्ता नौरङ््गी कुराहरू खेल्छन्, मेरो मनमा । छोराछोरी भान्टाङभुन्टुङ तीनभुँडी देखाएर सुतिहाल्छन् । आन्द्रामा बिजुलीपानी भरिएपछि तन्द्रामा विभिन्न कुरा खेलाउने यही टाउको हो । सृष्टिकालदेखि नै भाले र पोथीको अस्तित्व नभएको भए यो संसार कसरी चल्थ्यो होला हगी ? अनुत्तरित प्रश्नले समाधानको प्रतीक्षा गर्दैन । टाउकोको प्रश्नमा टाउकोले जिम्मेवारी नलिँदा टाउको नै भारी भएको महसुस हुन्छ ।

ऋाफैँ साखुल्ले भइदिन्छु, हो त नि । नेगेटिभ र पोजिटिभविना विद्युतीय तरङ्ग त प्रवाह हँुदैन भने सिङ्गल फेजले डब्बल फेजको काम किन गथ्र्यो । शुद्धि हराएको बुद्धिले यति पनि हेक्का राख्न नसक्नु मेरै टाउकोको कमजोरी हो । कमजोरी सर्वव्यापी छ, मै हँु भन्ने नेताले घर फेरे, घडेरी फेरे । कसैकसैले त श्रीमती नै फेरे तर मुलुकको काँचुली भने फेर्न सकेनन् । ठूलाबडाको त यो हालत छ भने झन् मेरो के हविगत होला । भर्खर सत्तरी नाघेको अल्लारे छु । कुन्ताकी बुहारी भटमास टोकिछे, माइती बस्दाबस्दै भुँडी बोकिछे भन्ने उखानसित दाँजिन पुग्छु । पहिला बुझ्नुपर्ने कुरा पछि बुभेmँ । जुनसुुकै प्राणीको पनि भालेपोथी हुन्छन् । जलमा होस्, थलमा होस् । भालेपोथीको अस्तित्व अपरिहार्य छ । सरोवरमा बरोबर अन्तक्र्रिया चालु राखेकोमा हाँसलाई बदमास भन्न मिल्दैन ।

जीवमध्ये बढी चेतनशील मानवको त झन् कुरै अर्को छ । हैकम चल्नेको जे पनि चल्छ । समानुपातिकको नाममा भालेपोथी संसद् प्रवेश गर्छन् । हाम्रोलाई छाडेर राम्रो चयन गर्नेक्रममा उच्च नेताकी श्रीमती नै सबैभन्दा राम्री ठहरिन्छिन् । लाटी गल्ड्याङ्री भए पो । च्वाँकच्वाँक हुन्छन् । हाम्री र राम्रीबीचको म्याराथुन दौडमा राम्रीले बाजी मार्दा हाम्रो र राम्रो पाखा लाग्छन् । हाम्रीको ठाउँमा राम्री छानेर लिङ्गमा फरक पारिएको छैन ।

पाखुरामा बल हुने दलको नेताले श्रीमतीलाई सांसद बनाउनु ठूलो कुरा होइन । कोठाकी सङ्गिनीले कोटा नपाए कसले पाउँछ ? हुनेलाई जहीँ–तहीँ नहुनेलाई कहीँ न कहीँ । दिनमा होस् कि रातमा बेहुलाबेहुली साथमा । भाले बासेर सदन घन्काउँदा पोथीले ताली बजाउने संसदीय संस्कार नौलो होइन । भाले बास्दा पोथी कोरकोराउनु स्वाभाविकै हो । असन्तुुष्टहरू भन्छन्– तालीमात्र बजाउनु त घरमै बसेर बजाए पनि हुन्थ्यो । सहपाठीको मर्यादित आग्रह किन अवज्ञा हुन्थ्यो । घरमा पनि टायम मिलाएर प्रक्रिया कायम राख्छन् ।

जीवको अस्तित्व भाले र पोथीले धानेको छ । भालेले पोथीलाई तानेको देख्छन्, जीवको अस्तित्व धानेको देख्दैनन् । एकोहोरो रोटी पाक्दैन । फर्काएर सेकाउनु त परिहाल्यो नि । भाले र पोथीको मिलनबाटै ब्रह्मको अलौकिक सृष्टिले निरन्तरता पाएको छ भन्ने तथ्यलाई बिर्सन मिल्दैन । हाम्रा नेताहरूले यस्तै रहस्य बुझेर नै सदनभित्र अर्धाङ्गिनी भिœयाएका हुन सक्छन् ।

भालेपोथी एकार्काका परिपूरक हुन् । एक सिक्काको दुई पाटो चार खुट्टाको एउटा बाटो मान्छेकै भालेपोथीले तय गर्छन् । प्राणीमध्ये चेतनशील, संवेदनशील बुद्धिमानी भविष्यद्रष्टा, आधुनिकताको स्रष्टा मान्छे नै हो । मान्छेले आफ्नो धर्मपरम्परा छाड्दैन । तिउन चखुवाको मात्र भालेपोथी बीच विछोड हुन्छ । एउटासित छोडपत्र अर्कोतिर जोडपत्रको खेल खेल्ने खेलाडीको बाहेक भालेपोथी छुटिँदैनन् । घाँस खानी पशुदेखि घुस खानी नरपशुसम्म भालेपोथी मिलेर बस्छन् तर मिलनको प्रक्रया कसैको पनि समान छैन । कसैले मन मिलाउँछन्, कसैले तन मिलाउँछन्, कसैले पुच्छर मिलाउँछन् त कसैले थुतुनो मिलाउँछन् ।

शोषकको टाउको, नातागोता पोषकको टाउको, घिचुवाको टाउको, कानुन मिचुवाको टाउको, यी सबैका नियत सानो भए पनि टाउको ठूलै हुन्छ । यति ठूलो टाउकोधारी मान्छे टाउकाकै लागि लालायित हुन्छन् । आफ्नो ठूलो टाउकोमा कसले कतिखेर डण्डा बर्साउँला थाहा छैन । कुखुराकै भालेको सानो टाउकोमा ¥याल चुहाउँछन् मान्छेहरू । भालेको टाउको भनेपछि छोराको बाउको जिम्मेवारी सम्हालिसकेका पनि हुरुक्क भएर निद्रामा पनि जुरुक्क उठ्छन् । त्यही भालेको टाउकाको स्वाद बिर्सन नसकेर त होला नि । भालेको सानो टाउकोले ठूलो प्रभाव पारेको छ । यतिचाहिँ भन्नैपर्छ । ठूलाले ठूलै टाउको ताक्छन्, सानाले सानै । गैँडाको खागप्रति उस्तै अनुराग छ । बाघको अवयव र हात्तीको दाह्रा आँखाको तारा भइदिन्छ । आधुनिक हतियारले ड्यामड्याम ढाल्दा सरोकारवाला निकाय थाहा नपाएको अभिनय गर्छ । डेढ÷दुई किलोको नौसिङ्गे भाले ढाल्दाचाहिँ सबैको आँखा ठूलो । यो पनि भालेकै टाउकाको करामत भन्नुपर्ला ।
एकातिर सन्तान बढ्छ अर्कोतिर भाले लड्छ । भान्छा रमाइलोमा कान्छा खुसी हुने नै भयो । खानीपिउनी मामिलामा भेदभाव गरिन्न । दुवै मिलेर भालेको सिकार लतार्छन् । वंशपरम्परा कायम राख्ने सवालमा भने भाले र पोथीमा यथोचित जिम्मेवारी बाँडफाँड भएको पाइन्न । सुत्केरी आमालाई छोरा जन्माउने बेलामा कति प्रसव वेदना हँुदोहोला । छोराको बाउ भैखाको चाहिँ जिब्रो फड्कारेर भालेको टाउको चपाउँछ । कतिन पुरुषार्थ गरेँ भन्ठान्छ कि कुन्नि आधा पाउको टाउको चपाएर धार्नीको रवाफ देखाउन पछि पर्दैन ।

मेरा पनि सन्तान धेरै छन् । दाह्री नफुल्दै दर्जन हाराहारी पुगिसके । भन्ने नै हो भने भालेको टाउको त कति चपाइयो कति । निख्खर साखिने भालेको टाउको मैले भुले पनि मेरो तिखुल्ले जिब्रोले भुल्न सकेको छैन । बोकँु बोक्नै नसकिने टोकँु टोक्नै नसकिने बूढीभैँसीको ठूलो टाउको चपाएर बुद्धिबङ्गारा खियाउनुभन्दा दाँत पनि नदुख्ने आँत पनि पुष्ट हुने भालेको सानो टाउको रोजाइको प्राथमिकतामा पर्नुको कारण यही हो । यसदेखि बाहेक गैँडा, बाघ, हात्तीको टाउको निम्नस्तरीय उपभोक्तको पहँुचभित्र पर्दैन ।

उसो त शक्तिको आड नपाई गैँडाको हाड चपाउनै सकिन्न । सर्वसाधारका लागि सर्वसुलभ खुराकी कुखुरा नै हो । भालेको टाउको सम्झँदा अहिले पनि श्रीमती सुत्केरी भइदिए हुन्थ्योजस्तो लाग्छ । बिर्सनै सकिन्न– भालेको टाउको । मुख मिठ्याउँदै थिएँ । कतिखेर निद्राले साथ दियो थाहा भएन ।

Bishnu Bhandari – Sahar Ma Comrade

सहरमा कामरेड

सरकारी नम्बर ल्पेटको गाडी सहरको पाँचतारे होटल अगाडि रोकियो । चालकले गाडीको ढोका खोलिदियो । गाडीबाट सांस्कृतिक संस्थानको जिएम निस्कियो, जसले भर्खरै राजनीतिक नियुक्ति पाएको थियो । राजनीतिक नियुक्ति पाएपछिको यो पहिलो सार्वजनिक कार्यक्रम थियो उसको ।

गाडीबाट झर्दा चिसोले टोक्लाजस्तो गरी घोच्यो । मध्यपुस, त्यसमा पनि बदली भएको आकाश, चिसो बढेको थियो । उसले आजै लगाएको टाइसुट मिलायो । कपाल ठिक छ छैन भनेर दुबै हातले कपाल स्याहा¥यो र होटलतिर हे¥यो । उसले हेर्दानहेर्दै आयोजक र अतिथिहरू ऊतर्फ हुर्रिए । उनीहरू झन्डै एकघन्टादेखि उसको प्रतीक्षामा फूलमाला लिएर उभिएका थिए । धेरैले झुकेर नमस्कार गरे । नवप्रवेशी कामरेडहरूले सिकारु मुठ्ठी सहितको हात उठाए । पुरानाले सलाम कमरेड भने । नवप्रवेशीले लालसलाम नै टक्र्याए । उसले स्मित हाँसो सहित अभिवादन फर्कायो ।

जिएम भर्खरै युद्ध लडेर आएको पार्टीको नेता । कला साहित्यमा पनि राम्रै दख्खल थियो । लामो समय सांस्कृतिक फाँटमा काम गरेकोले होला ऊ सांस्कृतिक विचलनप्रति अलि बढी नै सजग थियो । सांस्कृतिक रूपान्तरण र समाजमा संस्कृतिले पार्ने प्रभावबारे राम्रै प्रशिक्षण दिन्थ्यो । सायद त्यही भएर होला उसका कवितामा पनि यो भाव मुखर भएर आउँथ्यो ।

‘हामी सहरमा छौँ भन्ने कुरा बिर्सनु हुन्न कमरेड । सहरमा काम गर्नेको सबैभन्दा ठूलो चुनौती भनेको आफूलाई सांस्कृतिक विचलनबाट जोगाउन सक्नु हो,’ उसले प्रायः बैठक र छलफमा भन्ने गथ्र्यो– ‘सहर स्वभावैले अराजक र नैतिकहीन हुन्छ । गाउँमाजस्तो यहाँ काम गर्न सहज छैन । कमरेडहरूले आफूलाई सहरको रमझमबाट जोगाउनु होला ।’

पार्टी सरकारमा थियो । ऊ नेताको नजिकको मान्छे । पार्टीमा उसको हैसियत पनि माथि नै थियो । यही भएर होला दिनक्कै घेटघाट हुन्थे । छलफल र भेटघाटमा खानेपिउने विषय सँगै जोडिएर आउँथ्यो । बाध्यताले हो वा आवश्यकताले हो ऊ स्वयम् भने सहरको रमझममा अभ्यस्त हुँदै गएको थियो ।

केही समय अगाडि ऊ सवार भएको गाडी नदी किनारा हुँदै गुड्दै थियो । नदी भन्ने कि ढल ? यसबारेमा पुनर्मूल्याङ्कन गर्नुपर्ने हुन्छ । पहिलेदेखि नदी भनिएकोले सबैले नदी नै भन्दा हुन् । तर त्यो नदी भन्दा पनि खुल्ला ढलजस्तै थियो । हावासँगै नदी किनारमा दुर्गन्ध यसरी फैलिन्थ्यो कि बाटो हिँड्नेहरू नाक थुनेर हिँड्थे । अझ चिसोमा भन्दा पनि गर्मी ऋतुमा यहाँ बस्नै नसक्ने हुन्थ्यो । तातो हावासँगै दुर्गन्धले सारा बस्तीलाई क¥याप्प पाथ्र्यो । त्यस्तो ठाउँमा पनि सुकुम्वासी भने मजाले बसेका थिए ।

नदी किनारामा लहरै सुकुम्वासीका छाप्रा थिए । छाप्रापछि बाटो र बाटोसँगै अग्ला अग्ला घर । अग्ला घरका झ्याल सबैजसो बन्द देखिन्थे । ती झ्यालहरू फोहोरको कारणले हो वा नाङ्गाभुतुङ्गा सुकुम्बासीको नजर पर्छ भनेर हो प्रायः बन्द नै हुन्थे । ती बन्द घरमा मान्छे बस्छन् कि भुत बस्छन् भन्ने सङ्का गर्ने ठाउँ प्रसस्तै थियो । त्यो बाटो हिँड्नेहरू यस्तै सोच्थे ।

सुकुम्बासी बस्तीमा भने चहलपहल प्रसस्तै थियो । त्यस्तो जाडोमा पनि नानीहरू नाङ्गैभुतुङगै यताउता दौडदै थिए । कोही रुँदै त कोही हाँस्दै थिए । प्रायः प्रत्येक दिन यसरी नै हाँँसो र रोदन मिसिएर एउटा छुट्टै लयको निर्माण हुन्थ्यो । लय सङ्गीतमय हुँदै सारा बस्तीमा फैलिन्थ्यो । हुनेखानेहरू यो लयलाई मन पराउँदैनथे । उनीहरू यस्तो सङ्गीतलाई हेपेर माग्नेहरूको चर्तिकला भन्थे ।

प्रत्येकजसो छाप्राबाहिर आगो पुत्याउँदै थियोे । केटाकेटी र आइमाईहरू दिनभर दाउरा र कागजका टुक्रा खोजेर ल्याउँथे । बेलुका यसैलाई बालेर चिसो भगाउने निरर्थक प्रयास गर्थे । आज पनि यही उपक्रम गर्दै थिए उनीहरू । ‘विचरा कस्तो विजोक !’ उसले दिक्क मान्दै सोच्यो– ‘सहरको बीचमा पनि कस्तो गरिबी ?’
हुन पनि त्यहाँको अवस्था दर्दनाक थियो । त्यस्तो कठ्याङ्ग्रिदो चिसोमा पनि वृद्धवृद्धा र बच्चाहरू एकसरो कपडामा थिए । चिसो स्याँठ चलेको थियो । चिसोबाट बच्न आगोको ओरिपरि झुम्मिएका थिए । उसलाई यस्तो दुःखपूर्ण र भयावह अवस्था देख्दा खपिसक्नु भएन । उसले तुरुन्तै चालकलाई भन्यो– ‘गुरुजी गाडी रोक्नोस् त ।’ गाडी केही पर पुगेर रोकियोे । अपर्झट गाडी रोक्नु पर्नाको कारण नबुझेर चालकले प्रश्नसूचक दृष्टिले पछाडि हे¥यो ।

‘राम बहादुर गुरुङलाई भेटूँ कि भनेर ।’ जिएमले ढोका खोल्दै भन्यो– ‘उनको घर यहीँ होइन र ?’
सायद कुरो बुझेन गुरुले । ऊ अलमलियो ।

‘उही क्या सुकुम्बासी संगठनको नेता । अस्ति डेलिगेसन आएका थिए नि ।’ उसले विषयलाई अझ प्रस्ट्याउँदै भन्यो– ‘बस्तीमा निमोनियाबाट धेरै बच्चा बिरामी भएका छन् । हाम्रो अफिसबाट सुकुम्बासी बस्तीलाई सहयोग गर्नु थियो ।’

‘हुन त हो हजुर ! तर कार्यक्रममा पुग्न ढिला भैसकेको छ । फेरि आए नहोला ।’ चालकले नम्र स्वरमा भन्यो । साथै समय एक घन्टा घर्किसकेको पनि जनाउ दियो ।

‘हुन त हो,’ उसले अलिक गम खाँदै भन्यो– ‘जाउँ त उसो भए । बरू फर्किंदा सम्झाउनु होला । रकम मसँगै छ दिनुपर्छ ।’

‘कस्तो असल मान्छे ! सुकम्बासीलाई आफैँ रकम पु¥याउन चाहन्छ ।’ भर्खरै नियुक्त भएको आफ्नो जिएमप्रति अपार विश्वास जागृत भयो उसमा । उसले मनमनै सोच्यो –‘साँच्चै ! अब हामी गरिबका दिन पनि आएछन् क्यारे !’

उसले रिवन काटेर कार्यक्रमको उद्घाटन ग¥यो ।

हल तालीले गुञ्जायमान भयो । पाँचतारे होटलको भव्य हल सहरका एक से एक सुन्दरीले खचाखच भरिएको थियो । नाम चलेका लेखक, कलाकार र वुद्धिजीवीको उस्तै जमघट । यस्ता प्रबुद्ध व्यक्तिको अगाडि आफूलाई प्रमुख अतिथिको रूपमा पाउँदा अलिक असजिलो महसुस ग¥यो उसले । पुसको जाडोमा पनि उसको शरीरमा ताप उत्सर्जित भयो र हप्प भयो ।

हुन त उसले सहर पसेदेखि नै आफूलाई हिरो सम्झिन्थ्यो । यी सबै गुहुका किरा हुन् । के थाहा छ यिनलाई भनेझैँ गथ्र्यो । ऊ सकभर साना र स्तरहीन कार्यक्रममा जान्नथ्यो । फेरि प्रमुख अतिथिभन्दा तल त ऊ मरिगए हुन्नथ्यो । कथंकथाचित यस्तै भैहाल्यो भने पनि ऊ तुरुन्तै मेरो काम छ भन्दै लुसुक्क निस्कन्थ्यो र टाप ठोक्थ्यो । कसैले यस्तो प्रवृत्तिको प्रसङ्ग उठायो भने सिधासिधा भन्थ्यो– ‘आफूलाई मेन्टेन गर्नुपर्छ । हामी भनेका दस वर्ष युद्ध लडेर आएका हौँ । यी सहरमा बस्नेहरूलाई के थाहा युद्धको भावभूमि ?’

हुन त जान्नेसुन्नेहरू भन्थे ऊ युद्ध नै लडेको हैन । छाला बचाउन युद्धमा लागेको हो । तर पार्टीमा भने उसको रवाफ राम्रै थियो ।

कार्यक्रमको बिचमा उसलाई दोसल्ला ओढाएर सम्मान गरियो । प्रायः सबै वक्ताले उसको प्रशंसा गरे । कतिले अहिलेका महान् योद्धाको उपमा दिए । कतिले अहिलेका महान् कलाकार भने । कतिले यो दशककै अग्रणी कवि ! एक किसिमले उसलाई उडाए । उसले एकपटक हलमा सरर नजर दौडायो । ‘ओहो कति भव्य ! कति सभ्य ! यस्तो पो कार्यक्रम !’ ऊ रोमाञ्चित भयो । उसले यस कार्यक्रमलाई विगतमा दूरदराजमा हुने कार्यक्रमसँग दाँजेर हे¥यो । कति फरक ! हेर्दा हेर्दै हिन्दी र अङ्ग्रेजी नृत्य प्रस्तुत भयो । उसलाई अलि अप्ठेरो लाग्यो क्यारे । छेवैमा बसेको आयोजक संस्थाको अध्यक्षलाई हे¥यो । अध्यक्षले अरूले नसुन्नेगरी भन्यो– ‘क्यार्नु र हजुर ठाउँ अनुसार चल्नै प¥यो ।’
‘हो त नि है !’ उसले चित्त बुझायो ।

कार्यक्रमको अन्त्यमा उसको बोल्ने पालो आयो । भर्खरै युद्धबाट आएको युवा । उसमा बोल्ने कला भरपुर थियो । सांस्कृतिक क्षेत्रमा काम गर्ने मान्छे । उसलाई कला, साहित्य र संस्कृतिको ज्ञान राम्रो थियो । यस्तो महत्वपूर्ण उपस्थितिमा आफ्नो योग्यता र खुवी पदर्शन गर्न पाउनु भनेको मौका पनि हो । नभन्दै कला, साहित्य र संस्कृतिका बारेमा गहन मन्तव्य दियो उसले । अझ सांस्कृतिक रूपान्तरणका बारेमा बोल्दा त भर्खरै पार्टी प्रवेश गरेका अर्धनग्न यौवनाको अनुहार बिग्रिएर सानो भयो । उसले संस्कृतिका विविध पाटामाथि आफ्नो ओजपूर्ण भनाइ राख्दै भन्यो– ‘हामीले पुरातन र आयातीत संस्कृतिको पक्षपोषण गर्नु हुन्न ।’ उसको भनाइलाई गडगडाहट तालीद्वारा हलले समर्थन ग¥यो ।

कार्यक्रमको पहिलो चरण सकियो ।

ऊ मञ्चबाट झर्दै गर्दा किशोरीहरूको ठूलो हुलले उसको अटोग्राफ माग्न थाल्यो । धेरैजसो त ऊसँगै टाँसिदै भन्न थाले– ‘वाह ! तपाईंले त कमालै गर्नु भयो ।’ उसले जीवनमा पहिलो पल्ट यति नजिकबाट यति कामूक सुन्दरीलाई स्पर्श ग¥यो । र, जीवनमा पहिलो पल्ट आफ्नो अटोग्राफ दियो । यो चिसो ऋतुमा पनि उसको निधारमा चिटचिट पसिना आए । हुन त एसीको कारणले पनि यस्तो भएहोला । फेरि एसीभन्दा पनि बढी त अरु नै कारणले काम गरेको थियो सायद । पहिलो पल्ट भएर हो वा कागको बीचमा वकुल्ला देखिँए कि भन्ने लागेर हो, यहाँबाट कतिखेर भागूँ भागूँ लाग्योे । उसले घडी हेर्दै अध्यक्षलाई सोध्यो– ‘अब जाने हैन ?’ अध्यक्षले मुुस्कुराउँदै भन्यो– ‘भर्खर त कार्यक्रम सुरु भएको छ हजुर ।’

‘भर्खर कार्यक्रम सुरु भएको छ रे !’ उसले अचम्म मान्दै हे¥यो ।

‘हो त हजुर ! डिनर र गीतसङ्गीत त बाँकी नै छ ।’ अध्यक्ष अलि झुक्दै बाँकी कार्यक्रमको बारेमा जानकारी गरायो ।

‘ए हो ! ल ठिक छ । बरू जाँदा सुकुम्बासी बस्तीमा पस्नु छ । छिटो गर्नु है ।’ उसले सहमति जनाउँदै भन्यो ।
केही छिनमै ऊ षोडशी सुन्दरी र बुज्रुकहरूद्वारा घेरियो । वेटर ह्विस्की, वियर र वाइनले भरिएका किस्ती समाएर उसको अगाडि उभिए । सबैले रुचिअनुसारका प्याला उठाए । उसको सहयोगीले पनि उसलाई प्याला उठाउन आग्रह ग¥यो ।

‘हैन, यो लिने हो र !’ ऊ अनकनायो ।

हुन त सहरमा आएपछि लुकिछिपी खान थालेको थियो उसले । युद्धकालको त कुरै बेग्लै । युद्धकालमा रक्सी बनाउने र खाने दुबैलाई भाटे कारबाही हुन्थ्यो । कतिलाई भाटे मात्रै हैन आर्थिक कारबाही पनि हुन्थ्यो । ऊ लड्नभिड्न भन्दा पनि यस्ता कारबाही गर्न मन पराउने मान्छे । युद्धको बेला सबैभन्दा बढी भाटे कारबाही गर्नेमध्ये ऊ पनि पथ्र्यो । तर सानैदेखि लाएको बानी त्यति सजिलै कहाँ सुध्रिन्थ्यो र ! सहर आएपछि फेरि लिन थालेको थियो उसले ।

‘हजुर पनि ! पाँचतारे होटलमा नलिएर कहाँ लिने त !’ सहयोगीले कर ग¥यो । सहयोगी आयोजक संस्थाको अध्यक्ष पनि भएकोले उसलाई सल्लाह लिन सजिलो थियो । ऊ भर्खर प्रवेश गरेको कामरेड थियो । व्यवहारमा जस्तो भए पनि बोली मिजासमा अब्बल थियो ऊ । चाकडी चाप्लुसीमा पनि होनहार । सांस्कृतिक क्षेत्रमा जस्तो भए पनि आर्थिक क्षेत्रमा बलियो थियो । सहरमा उसलाई धेरैले चिन्थे । ऊ जहाँ पुग्थ्यो तर उसैले माथ्र्यो । यहाँ पनि उसको छिट्टै तरक्की हुनेवाला थियो । त्यसैले पनि उसले नयाँ नेतृत्वलाई खुसी पार्न यो कार्यक्रममा प्रमुख अतिथि बनाएको थियो ।

जिएम सा’ब अझै पनि अनकनाउँदै थियो । तर एकजना अर्धनग्न सुन्दरीले उसको हातमा ह्विस्कीको प्याला थमाईहाली । उसले पहिल्यैदेखि उसलाई पछ्याउँदै थिई । सबैले हर्षोल्लासपूर्वक चियर्स गरे ।
रात ढल्किँदै थियो । रातसँगै कामूक नृत्य र गीत–सङ्गीतको धुनमा सुन्दरीहरू पनि मस्किँदै थिए । उसलाई असैह्य हुन लाग्यो । एकातिर ह्विस्कीको रमरम अर्कोतिर सुन्दरीको कटाक्ष । ऊ विह्वल भयो ।

उसको अगाडि एकपछि अर्को गर्दै विगतका घटनाहरू नाच्न थाले । कसरी भोकभोकै बाँदरजस्तै कुँदेको थियो ऊ ? दुई कोस टाढा बन्दुक पट्किँदा पनि कसरी भागेको थियो ? भाग्दाभाग्दै कसरी सुरक्षाकर्मीको घेरामा परेको थियो ? कसरी उसको साथीले आपूm मरेरै भए पनि उसलाई बचाएको थियो ? दुश्मनसँगको झडपमा आफ्नै अगाडि सहयोद्धा ढल्दा कसरी रोष र घृणाले उद्वेलित भएको थियो ? जेलका चिसा छिडी र भूमिगत कालको सम्झनाले मात्र पनि उसको मुटु हल्लियो ।

सोच्दासोच्दै फेरि विगतको रङ्गीन दुनियाँमा पुग्यो । कसरी भर्खरकी किशोरीसँग प्रेमको प्रस्ताव राखेको थियो उसले ? प्रेम झाङ्गिन नपाउँदै कसरी एकपछि अर्को गर्दै सबै प्रेमिकाहरू मारिएका थिए ? प्रेमिकाहरू मारिने क्रम नरोकिएपछि ऊ आजित भएको थियो । त्यसपछि उसले गाउँकी अलि उमेर ढल्किएकी युवतीसँग माया गाँसेको थियो । यो बाध्यता थियो कि आवश्यकता । आज उक्त प्रसङ्ग सम्झिँदा पनि वडो उदेक लागेर आयो । कसरी लहसिए होला ऊ विना स्वादकी ग्रामिण युवतीको प्रेममा ? ऊ फेरि फर्किएर वर्तमानमा आयो । आज ऊ कुन दुनियाँमा छ भन्ने छुट्याउन सकेन उसले । कहाँ त्यो भोको र विदीर्ण छाप्रोको कथा । कहाँ यो पाँचतारे होटलको रङ्गीन लीला !

केही समयपछि उही सुन्दरी आएर उसलाई च्याप्प समाई । उसको स्पर्शले एकपल्ट उसको शरीर सर्वाङ्ग रोमाञ्चित भयो । ‘हजुर त कस्तो हेनसम ? मलाई त हजुरजस्तै हिरो मन पर्छ ।’ भएन फसाद ! हेर्दाहेर्दै ऊ त हिरोमा पो दरियो बाः । उसले एकपल्ट आँखा मिच्यो र टाउको हल्लायो ।

‘हैन म विपनामा त छु !’ उसले घोरिएर सोच्यो । जसरी सोचे पनि उसले आफूलाई विपनामै पायो । ‘अनि फेरि के भनेकी यो केटीले ?’ ऊ तिनछक परेर उसलाई एकनास हेरिरह्यो । लाटोले केरा हेरेजस्तै । हेर्दाहेर्दै आँखा चार भए । युवतीले लजाएको नखरा पार्दै नजर झुकाई ।

त्यसपछि त्यो नवयौवनाले उसलाई हातमा समाएर नाच्न आग्रह गरी । किंकर्तव्यविमूढ भयो ऊ । कहिल्यै ननाचेको मान्छे । कसरी नाच्ने होला आज ? सुन्दरीले छोडेकी हैन । उसका मुलायम करकमलको न्यानो स्पर्शले ऊ आजित भयो । कहिल्यै ननाचेकोले आपूm नाच्न नसक्ने कुरा व्यक्त ग¥यो उसले । तर त्यो सुन्दरी त ज्याद्रो पो निस्किई । ‘के भयो त पहिले ननाचेर ? आज नाचे भैहाल्यो नि ।’ सुन्दरीले कर गरी । उसले सुन्दरीको आग्रहलाई लत्याउन सकेन ।

राती अवेरसम्म पार्टीे चल्यो ।

उसले हुन्न हुन्न भन्दा भन्दै पनि निकै पियो । पियो भन्दा पनि पिलाइयो । सम्मानका लागि, इज्जतका लागि अथवा मायाले भरिएका नयनका लागि उसले पियो । पिउँदा पिउँदा बोली नै लरवरिएको थियो उसको । पार्टी सकियो । उसको सहयोगी, बाँकी भद्रजन र सुन्दरीहरूले उसलाई गाडीमा चढाए ।
अब ऊ सुनसान सडक हुँदै निवास फर्कंदै थियो । सबैतिर शून्यता व्याप्त थियो । फाट्टफुट्ट गाडीहरू हुर्रिएर भाग्दै थिए । बाटोमा उही सुकुम्बासी बस्ती देखियो । यतिखेर बस्ती पनि सुनसान र चकमन्न थियो । निस्पट्ट चिसो रात, सबैतिर सन्नाटा छाएको थियो । अब भने चिसो हावासँगै फाट्टफुट्ट पानीका थोपा पनि छिटाउन थलिसकेका थिए ।

चालकले गाडीको गति कम गरेर पछाडि हे¥यो । हुनत यो सुनसान रातमा सुकुम्बासी नेतालाई भेट्न सम्भव थिएन । तर पनि जिएमले फर्कंदा भेट्नुपर्छ भनेको थियो । चालकले उक्त विषयको जानकारी गराउन चाह्यो । तर समयले त फन्को मारिसकेको थियो । विचरा, चालकलाई के थाहा समय कुन रफ्तारमा अगाडि बढ्छ ? उसलाई त केवल गाडीको गति थाहा थियो । उसलाई लाग्दो हो समयको चक्र भनेको चौविस घन्टा हो । उसले घडी हे¥यो । आज पनि समय घुमिसकेको थियो । र, समयसँगै क्रान्तिकारी जिएम नसाले लठ्ठिएर पछिल्लो सिटमा पल्टिएको थियो ।

(नागरिक दैनिकः १५ असोज, २०७३)

Sanu Sharma – Facebook Le Dekhayeko Duniya

सानु शर्मा – फ़ेसबुकले देखाएको दुनियाँ

मेरो इन्टेन्सन गलत होईन । हुँदै होईन, जोसुकैले जेसुकै भनोस । सुर्यलाई चहनु, उसलाई मायाँगर्नु, उसको अलिकति समिप्य, साथको लागी पालोकुर्नु, यतिनै त थियो मेरो दिनचर्या, मेरो कामबाहेक ?

तर सुर्यलाई जतिखेर पनि fb मै रमाई रहेको देखेर मलाई यो fb सौता भन्दा कम त लाग्थेन । अनि सौता सँग को नजिक हुन चाहन्छ ? त्यसैले मैले आफूलाई फ़ेसबुक सँग कहील्यै जोडीन ।

बिहे गरेको १२-१४ बर्ष पछी यसैपनि बैवाहीक जीवन मनोटोनस त भै नै हाल्छ फेरी त्यो प्रेम बिबाह नै किन नहोस ।

मैले सुर्यको म प्रतीको बहुलट्टीपन देखेकीथिएँ । मायाँ देखेकीथिएँ । चाहना देखेकिथिएँ र निक्कै बर्षदेखी उपेक्षा र अरुची पनि देख्दैछु ।

उसको मायाँमा बाँधिएर भन्दा उसको आफूप्रतीको पागलपन र मेरो अन्तै बिहेभए मरीदिने धम्कीसँग डराएर म आफ्नो बिहेभन्दा दुईदिन अघि घर छोडेर सुर्यसँग भागेकीथिएँ । मेरो पछाडी मेरो परिवारले जुन बेईजतीको सामना गर्नुपर्यो त्यसको बदला उनिहरुले आजीवन मेरो मुख नहेर्ने निर्णय गरेर लिए, जुन आजपनि कायमैथियो । त्यतिबेला मलाई पटक्कै पछुतो लागेन । अँहँ लाग्दैलागेन । न मलाई बाबाको बेईजतीको डरले असर गर्यो न आमाको रुवाबासीले । न दाईहरुको धम्की र मानाईले । म केवल सुर्यलाई पाएरनै धन्यभएँ । हुनपनि सुर्यकोलागी फूल थिएँ म, जुन थिएँ । आकाश र धरती थिएँ । साँझ र बिहान थिएँ । बर्षात र ईन्द्रेणी थिएँ । उसकोलागी म त्यो सब थिएँ जो शुन्दरताको प्रतीक हुन्छ । त्यसैले पनि मलाई दुनिको पटक्कै पर्वाह थिएन त्यसबेला ।

तर जुन चिज आवेशमा गरिन्छ त्यो दिगो कहाँ हुन्छ र ? दुध उम्लीएर पोखीएपछी आफसे आफ सतहमा आएझैँ सुर्यको मायाँ जुन बेगका साथ उम्लीयो त्यही बेगकासाथ सतहमा ओर्लीयो ।

एकबर्ष मै अघायो ऊ मेरो प्रसंसा गरेर, मलाई अँगालोमा बाँधेर, चुमेर, बाइकमा यहाँ र वहाँ घुमाएर, अरुले गरेको मेरो प्रसंसामा छाती फुलाएर, गर्वगरेर । उसको मायाँ जहाँ सतहमा पुगेर स्थिर भएथ्यो त्यही मेरो मायाँ उम्लदो थियो उस प्रति । मलाई ऊ बिना दुनियाँ बाँच्ने लायकनै लाग्थेन अब । यसको एउटा कारण यो पनि थियो सायद-अब मेरो संसारमा सुर्य बाहेक अरु केहि, कोहि थिएन ।

सुर्य कान्छो छोरो थियो त्यो घरको, त्यसैले उसको परीवारले उसँग जतिसुकै रिसाएपनि उसलाई र मलाई घरमा त भित्राए तर सुर्यलाई जस्तै मलाई अपनाउन सकेनन् । उनिहरु परे काठमाण्डौका टिपीकल नेवार अनि म पूर्व तिरबाट बसाई सरेको बाहुनी । उनिहरुलाई लाग्थ्यो मैले उनिहरुको सोझो साझो छोरालाई पैसा र रुपको साहाराले बरालेँ, बिगारेँ ।

सुर्यको पछाडी उनिहरु हाकाहाकी मेरो चरित्र माथी औँला उठाउँथे तर म उनिहरुको कुराले जति दुखी भएपनि सुर्य सँग केही भन्थीनन । यो परिवार जे जेस्तो भएपनि सुर्यको थियो अनि सुर्य मेरो । यही बिश्वासमा मैले लगभग दुई बर्ष सुर्यको घरमा सबैको सुनेँ र सहेँ ।

दुई बर्ष पछी सुर्यलाई अस्ट्रेलीया आउने मौका जुर्यो । राम्रो संभावना भएको बैँकको राम्रो पोस्टको जागीर छोडेर सुर्य अझै राम्रो भबिष्यको आश बोकेर स्टुडेन्ट भिषामा अस्ट्रेलीया आयो । म उसको पछीलागेँ । कसैले खासै कोशिश पनि गरेन मलाई रोक्ने । अँ बरु सुर्य नै राज़ी थिएन मलाई सँगै ल्याउन तर अस्ट्रेलीयाका साथीहरुले ‘ एक्लैले पढन र कामगर्न गारोहुन्छ, स्वास्नी लिएर आईज’ भनेर सल्लाह दिएको भएर ऊ मलाई साथै लग्न राज़ी भएथ्यो ।

लगभग बर्षदिन लाग्यो हामीलाई अस्ट्रेलीयामा ब्यवस्थीतहुन ।

सुर्यले राम्रो यूनिवर्सिटी रोजेकोथियो मास्टर्स गर्नको लागी । फि उत्पात महँगोथियो । घरबाट आर्थिक मद्दतको कुनै आस थिएन । त्यसमाथी घरभरीमा कान्छो, खासै घरको कामकाज नगरेको सुर्यलाई पढाई र कामको तारतम्य मिलाउन हम्मेपर्यो । यस्तो बेलामा मैले अघीसरेर उसलाई ढुक्कसँग पढन लगाएर उसको फिस र अरु खर्चको ज़िम्मेवारी लिईदिएँ ।

कस्ता कस्ता पढेलेखेकाले त आफ्नो लाईन र स्तरको काम नपाउने यो ठाउँमा म जस्तो ब्याचलर नसकी कलेज छोडेको मान्छेले के काम पाउँथेँ ?

मैले केयररको ट्रेनिंग लिएर नर्सीङहोम हरुमा कामगर्न सुरुगरेँ । काम निक्कै गारो हुन्थ्यो तर सुर्यको सजिलोको लागी म जिउ ज्यानले काममा लागी परेँ । सुर्य युनिवर्सिटी जान्थ्यो, असाईनमेन्ट गर्थ्यो, साथीहरु सँग ह्यङआउट गर्थ्यो । म काम गर्थे । सुर्यलाई मायाँ गर्थे । बस । मेरो दुनियाँमा मेरो काम र सुर्य बाहेक अरुकेही थिएन । मेरा खासै साथीहरु थिएनन् । मान्छेहरु सँग मिक्सअप हुन सक्थिन म । सुर्यको साथमा, काममा र घरमा बाहेक अन्तकतै सामान्य हुनैसक्थिन । मेरो ज्ञान एकदमै सिमीत थियो दुनियाँ र दुनियाँदारीको बारेमा । तर सुर्य म भन्दा एकदमै बिपरित थियो । मान्छेहरुको बिचमा घेरिएर बस्न रुचाउँथ्यो । घरमा टिक्नसक्थेन । म उसको साथ मनपराउँथें, ऊ फेसबुकको ।

जति जति सुर्यको म प्रतिको मायाँको रंग खुईलिदै गयो उति उति मलाई मेरो परीवार याद आउँदैगयो । आफूले गरेको गल्तीहरु विकराल लाग्दैगयो । बाबाको बेइज़्ज़ती संझेर मन पोल्यो । आमाको आँसु संझेर अन्तर आत्मा भिज्यो । ४ वटा दाजुहरुको पुलपुलाहट र मायाँ संझेर जीवन खल्लो लाग्यो । घरको सम्पन्नता, नोकर चाकरको सेवा-टहल संझेर यहाँको जीवन झनै कस्टकर लाग्यो तर मैले सुर्यलाई केही भन्न सकिन । बरु एकदिन सुटुक्क घरमा फोन गरेँ । बाबाले फोन उठाउनुभयो । निक्कैबेर त म केहीबोल्न सकिन । तर बाबाले धेरैपटक ‘हेलो ! हेलो !’ भनिरहेपछी मन थाम्न सकिन । आँसुले भिजेको, रुँघीएको कन्ठले भने-” बाबा ! म आर्या !”

जवाफ अनअपेक्षत थिएन ।

“को आर्या ?” वहाँको तथस्ट स्वर मानौ मेरो छातीमा दरो मुक्का बनेर ठोक्कीयो-” यहाँ कोई आर्या छैन । कृपया फेरी याहाँ फोन नगर्नुहोला ।” वहाँले फोन काटीदिनुभयो ।

म वहाँको त्यही ब्यवहारको लायकथिएँ मलाई थाहाथियो तर पनि म निक्कैबेर फोन छातीमा टाँसेर रोएँ त्यो दिन ।

३-४ बर्ष दिनरात नभनी काम गरेरै बित्यो ।

हामी पहीले रेसीडेन्ट त्यसपछी सिटीज़न भयौँ अस्ट्रेलीयाको । सुर्यले राम्रो कम्पनीमा राम्रो पोस्टमा कामपायो ।

हामीले बिस्तारै घरबार जोड्यौँ, सम्पती जोड्यौँ । सुर्यले दाई र दिदी हरुको खुब मद्दत गर्यो । उसका परीवारका कोहीन कोही आईरहन्थे यहाँ । घर खासै खाली हुन्थेन अब र सुर्य त्यहिबेला बोलेको, हाँसेको सुनीन्थ्यो जब उसका परीवारका कोही यहाँ हुन्थे या ऊ साथीहरु सँग बियर पिएर चिलआउट गर्थ्यो । नत्र त मैले केही भनेभने, कुनै कुरा गरेभनेँ ऊ हमेशा एउटै चिज भन्थ्यो-” अफिसमा कामको प्रेसर घरमा तिम्रो, कमअन आर्या गिभ मी सम स्पेस ।”

एउटै ओछ्यानमा महीनौ कुनै अपरीतझैँ सुत्थ्यो ऊ म सँग । अँगालो हाल्दा पनि “आ’म सो टायर्ड” भनेर अझै पर सर्ने सुर्यले कुन ‘स्पेस’ चाहन्थ्यो म सँग म बुझ्न सक्थीन ।

समय यसैगरी बितीरह्यो।

हाम्रो बालबच्चा भएन । डाक्टरले सुर्यबाट बच्चा नहुने बताएपछी मैले अडप्सन सजेस्ट गरेँ तर सुर्यले सुन्नपनि चाहेन । उसका आमा र भाउजु मलाई किचकीच गरीरहे । म बाट बच्चा नभए बेलैमा अर्को बिहेगर्ने सल्लाह दिईरहे उसलाई, तर ऊ चुपचाप सुनिरह्यो । मैलेपनि केही भन्न चाहीन । यत्राबर्ष चुप रहेरै बित्यो अब के फाईदाथियो बोलेर ?

यि बितेका बर्षमा मेरो एउटै उपलब्धि थियो, मैले कनिकुथी ब्यचलर इन नर्सीङ सकेर हस्पिटलमा काम गर्न सुरु गरेकोथिएँ । सुर्य त सँधै भन्यथ्यो -” काम छोड, घरै बस । के जरुरीछ ? म कमाईराछु नी ।”

तर म कसरी काट्थेँ दिन यदि यो काम पनि छोडीदिए ? सुन्य घर, सुन्य काख, सुन्य जीवन । यत्र तत्र सुन्यतामा यही बिरामीहरु बिच बितेका केही घन्टा सजीला हुन्थे मेरा, यो पनि छोडीदिए कसरी बाँच्ने म ?

एकदिन साँझ कामबाट फर्केर फ्रेस भएर चिप्सको प्याकेट लिएर बसेर ल्यापटप खोलेँ । शुक्रबार भएकोले सुर्य साथीहरु सँग ह्याङ आउट मा रमाई रहेकोथियो । उसको घर आउने ठेगान हुन्थेन अनि ऊ घरमा नहुँदा मलाई एक्लै खाना बनाएर खान मनलाग्थेन ।
एउटा मेरै नामकी अपरीचिताको मेल मेरो प्रतीक्षामा थियो । डिलीट गरौँ की खोलेर हेरौँ भन्ने दोधार बिच मैले मेल खोलेँ ।

डियर फूपु,

म आर्या ! मेरो ड्याड यानेकी तपाईको माहीलो दाईको एकमात्र संतान । मेरो नाम पढेर तपाईलाई लागीसक्यो होला की तपाई आज पनि हाम्रो परिवारको मुटु बाट पुछिनुभएको छैन । बस नाटक गरीरहेछन सबै तपाईलाई बिर्षीएको । तपाईले जस्तै । यतिबेला म अस्ट्रेलीया घुम्न आएकोछु । तपाईको जानकारीको लागी- मम ड्याड अमेरीकामा सेटल हुनुहुन्छ । हजुरबुबा र हजुरआमा अहीले अमेरीकामै हुनुहुन्छ ।

फूपु म तपाईलाई एकपटक भेटन चाहन्छु । निक्कै समय लगाएर, बडो मुस्कीलले मैले तपाईको यो इमेल आईडी पत्ता लगाएर यो मेल पठाएकीछु प्लिज मलाई निरास नपार्नुहोला । म भोली बिहान ११ बजे ओपेरा हाउसमा कुरीरहनेछु । मैले मेरो यहाँको मोबाई नम्बर लेखीदिएकीछु ।

अर्की आर्या

मेल सकिदा सम्म मेरो आँखाबाट एउटा सानोतिनो झरी दर्किसकेकोथियो । त्यो मेल कसैको मजाकै थियो भनेपनि त्यस्ले मलाई नराम्रो सँग झिझोड्यो । सुर्यको उपेक्ष्याले ढुंगा बनिसकेको मेरो मुटुलाई बर्षौ पछी हल्लाइदियो त्यो मेलले । तर फेरी, कसले गर्नसक्थ्यो र मसँग त्यति सिरीयस मजाक ? को नै थियो र मेरोबारेमा त्यतिधेरै जानकारी राख्ने ? निक्कै पटक मैले सुर्यको मोबाईलमा फोनगरेँ तर सँधै झैँ उसको फोन उठेन । म ब्यग्रता पूर्वक सुर्यलाई कुरीरहेँ ।

सुर्यले घर पस्ने बित्तीक्कै भन्यो-” हामी अहील्यै स्नोईमाउन्टेन जानलागेको । प्यकअप योर स्टफ ।”

मैले घड़ी हेरेँ । दश बज्नै लागेकोथियो ।

“सो ह्वाट ? बिस्तारै ड्राइभ गर्दै बाटोमा मस्ती गर्दै बिहान पुगौँला ?” उसले मेरो आसय बुझेझै गरी भन्यो-” लङ विकएण्डहो । सोमबार साँझ सम्म फर्के भैहाल्छ । हरीअप !” ऊ आफ्नो सामान प्याक गर्न तम्सीयो । अहीले सम्म उत्कण्ठित, उत्तेजित मेरो मन अचानक सेलायो । कति उत्साहले म उस्लाई कुरीरहेकीथिएँ । बर्षौ पछिको यो ख़ुशी उसँग बाँडेर फेरी एकपटक बाँच्न चाहन्थेँ म उसको साथमा तर सुर्य लाई त पर्वाह नै थिएन कि म जीवीत थिएँ या बर्षौ पहीले मरीसकेकी थिएँ ।

“अझै उभिराछौ ? सामान प्याक गर भनेको… साथीहरु बाहिर कुरीराछन…”

” सुर्य ! मलाई तिमीसँग केही भन्नुछ… मेरो द…”

“डोन्ट स्टार्ट इट नाउ…” सँधै झै उसले सुन्नै चाहेन म के भन्नचाहन्थेँ -” कमअन, हरीअप… “

मेरो आँखामा आँसु भरीयो-” म कहीँ जान्न सुर्य ! तिमी जाउ ।” मैले दृढ़ता पूर्वक भनिदीएँ – “मेरो लागी तिमीसँग पाँच मिनेट छैन भने मसँग पनि घन्टौं छैन तिम्रा वाईहात साथीहरु सँग बिताउन ।”

उस्ले आश्चर्य पूर्वक मलाई हेर्यो । मैले यत्रा बर्षमा जस्तो सुकै स्थितीमा पनि यस्तो टोनमा कुरा गरेकी थिईन उसँग ।

“यु नो ह्वाट ? आ’म सिक एण्ड टायर्ड विथ यु एण्ड योर मुड़ !” ऊ खुट्टा बजार्दै, फनकिँदै बाहिर निस्कीयो । म रातभरी सुत्न सकिन ।

बिहान म सबेरै ओपेरा हाउस पुगेँ ।

निक्कैबेर कुरेपछी ऊ आई । उसको साथमा एउटा नेपाली केटा थियो जस्लाई उस्ले आफ्नो आफ्नो ब्वाईफ्रेण्डको रुपमा मसँग परीचय गराई । म केही हिचकिचाएँ तर ऊ मलाई अँगालो हालेर निर्धक्क रोई । उसको त्यो रुवाईले मलाई उसको साथमा रुन बाध्यबनायो। हाम्रो रुवाबासीले बिचलीत उसको ब्वाईफ्रेण्डको पनि आँखा ओबानो रहेन ।

मैले उनिहरुलाई घरमा ल्याएँ । भदैलाई देखेर मेरो दाजुको न्यास्रो मेटीयो । दुई या तिन बर्षकी हुँदीहो ऊ मैले घर छोड्दा । तर त्यसबेला उसको नाउँ अर्कैथियो । पछी उसैले भनि- अमेरीका पुगेर उसका बाउ आमाले उस्लाई मेरो नाम दिएकाथिए । सुनेर म खुब रोएँ । दुरुस्तै बाउ जस्तीथिई ऊ । बोलाई हँसाई उस्तै थियो उसको । म उसलाई अँगालेर सबैलाई याद गरीगरी रोएँ ।

रातिको खाना खाएर उसको ब्वाईफ्रेण्ड भोली आउने आश्वासनका साथ फर्कीयो ।

हामी फूपु भदै रुँदै हाँस्दै सुन्दै सुनाउँदै रातभरी जागै बस्यौँ । यस बिच उसले सयौँ पटक मेरो रुपको प्रसंसा गरी । मलाई अँगाली र उसका बाउ आमा, ठुलो बाउ ठुली आमा, काका काकी कसैले मलाई नबिर्सेको, खाली हजुरबुवाको डरले मसँग सम्पर्क नगरेको कुरा सुनाई । मलाई सबै परीवारको फोटोदेखाई । म फोटो हेरेर धुरुधुरु रोएँ – कति ठुलो मुल्य चुकाएकोथिएँ मैले सुर्यलाई पाउन, तर त्यतिठुलो मुल्य चुकाएरपनि काहाँ पाउन सकेँ र मैले उसलाई ?

कुरै कुरामा उसले मेरो फ़ेसबुक आईडी सोधी । मैले छैन भनेको सुनेर तिनछक परी । त्यसपछी उसले मलाई फ़ेसबुकको चिनारी बताई, महीमा सुनाई र मलाई अकाउन्ट खोल्न आग्रह के ज़बरजस्ती गरी । मेरो कुनै उत्साह नदेखेपछी उसैले मेरोलागी अकाउन्ट खोली । नाम परिवर्तन गरेर श्रेया राखी । मैले बिरोध गरेपछी उसले मलाई संझाई- “फूपु ! तपाई त ड्याडले भनेभन्दा सोझो, सिधा हुनुहुँदो रहेछ । तपाईलाई त अझै दुनियाँदारी आउँदैन रैछ । हेर्नुस ! मैले तपाईको आधा नाम चेन्ज गरेकोछु । उमेर लेख्नै पर्दैन । काम नर्सीङ नै लेखीदिएकोछु । अँ एउटा बसाई चाहीँ अमेरीकाको म बसेको सहर लेखीदिएकोछु । यसमा केको गिल्टी फ़िल गराई ?”

“अनि मेरो फोटोले सत्य भन्दैन की क्याहो ?” मैले भनेँ -” किन यो सब बेकारको झन्झट आर्या ?”

” यस कारण मेरी सोझी फूपु कि तपाई सही आई डीमा सत्य लेख्न सक्नुहुन्न । फ्रस्टेसन निकाल्न सक्नुहुन्न । तपाईको हस्बेण्डको गतिबीधिमा नजर राख्न सक्नुहुन्न…”

“मलाई राख्नुछैन मेरो हस्बेण्डको गतिबीधिमा नजर…” मैले उत्तेजित हुँदै उसको कुरा काटेँ-” अनि कस्ले भन्यो म फ्रस्टेडेडछु भनेर ?”

उसले मेरो अनुहार आफ्नो दुई हत्केला बिच थामी अनि भनि-” फूपु ! मेरी यति राम्री यति गुणी फूपुको यो रित्तो आँखा, रित्तो घर, रित्तो जीवनले सबैकुरा भनिरहेछ । तपाईले काहाँ केही भन्नुपर्छ ?” उसको स्वर रुँघीयो ।

“म खुसीछु ।” भन्दा भन्दै मेरो आँसु छचल्कीयो ।

” फूपु ! घर, परीवार, सहर, र जिन्दगी छोडेको बदलामा मानिस तपाई जस्तै ख़ुशी हुन्छन भने मलाई गर्नुनैछैन कसैलाई मायाँ, हुनै छैन खुसी, तपाईले जस्तो ।” ऊ रोई । साथमा म पनि रोएँ ।

अन्त्यमा मेरो fb को प्रोफ़ाईल पिक्चरकोलागी आफ्नै फोटोलाई फोटोशप द्वारा अझै आकर्षक बनाएर राखीदिएर, मलाई अमेरीका घुम्न बोलाउने, आफ्ना आमा बाउलाई मनाएर मलाई उनिहरु सँग भेटाउने प्रतीबद्धताका साथ म भन्दा झन्डै आधा उमेर सानी तर म भन्दा कैयौँ गुणा बढ़ी जान्ने सुन्ने र दुनियादार मेरी भदै मलाई जिन्दगी सहेर,सुनेर,दबेर माँगेर होईन डटेर, हक़दार बनेर बाँच्ने सल्लाहदिँदै मसँग बिदाभई ।

सुर्य त फ़ुर्सत भयोकी fb मा झुण्डी हल्थ्यो सँधै । या त ऊ घर बाहिर हुन्थ्यो या च्याटमा ब्यस्त, मस्त हुन्थ्यो । म परैबाट उसको अनुहारको मुस्कुराहट हेर्थे अनि कल्पन्थेँ-” यो मुस्कुराहट जसलाई जोगाउने चाहनामा मैले आफ्नो सबै चिज दाउमा लागाइदीएँ त्यो किन मेरो हुन सकेन ? मेरो लागी हुनसकेन ? कहाँ चुकेँ म ? कहाँ गल्तीगरेँ मैले ?”

म उसको नजीक गएँभने ऊ ल्यापटप अर्को तिर फर्काउँथ्यो, उसको ओठको मोहक मुस्कान पुछीन्थ्यो । ऊ निधारमा गाँठो पारेर मलाई हेर्थ्यो । मलाई गिल्टी फ़ील हुन्थ्यो मेरो कारणले उस्को मुस्कान पुछीएकोमा, मुड़ अफ भएकोमा । म फेरी उस्को नजीक जान्नथेँ ।

तर अब त म पनि fb मा अलमलिन थाकेकोथिएँ।

सुरु सुरुमा बाध्यताबस अहीले ख़ुशी ख़ुशी ।

घन्टौँ कुरा गर्थेउँ हामी फूपु भदै फ़ुर्सत हुँदा । ऊ मलाई दुनियाँ जाहानका कुरा सुनाउँथी । पहीलो पटक मैले दुनियाँ देखेँ, जाने, अर्की आर्याको आँखाले, उसको र फ़ेसबुकको मद्दतले मैले जानेँ दुनियाँ कहाँबाट कहाँ पुगीसकेछ मलाई धेरै पछाडी छोडेर।

मैले पनि आफ्ना सोचहरु fbमा राख्न थालेँ । साथीहरुको संख्या बढदैगयो । मेरो बिचार सँग सहमती राख्ने धेरै भेटीए । म मा चासो देखाउने पनि थुप्रै भेटीए तर म कसैसँग कुरा गर्थीन । कहीले काँही आफ्नो असन्तोष र एक्लोपनको छटपटी जब खन्याउँथेँ म मेरो वालमा, एउटा केटो जो उमेरमा म भन्दा ५-६ बर्ष सानोथियो, बडो चाख लिएर पढथ्यो र कुनै पाकोले झैँ कमेन्ट गर्थ्यो ।

पहीले त मैले खासै मतलब गरीन तर बिस्तारै बिस्तारै उसको स्ट्याटस, उसको कमेन्टले मेरो ध्यान तान्न थाल्यो । ऊ यु एस मा मेडिकल लाईनमा थियो सायद । उसको नाम आदित्य थियो । उसको परीवार बर्षौ देखी त्यतै थिए उसले लेखे अनुसार ।
अर्को एकबर्ष सुर्यसँग अपरिचित झै बसेरै बित्यो ।

यो एकबर्षमा मेरी भदैले आफ्नो बाचा पुरागरेर देखाई ।

मेरो माहीलो दाई र भाउजुसँग कुरा भयो । खुब रुवाबासी चल्यो । अन्त्यमा उनिहरुले मलाई अमेरीका आउने निम्तो दिए तर मैले सुर्यलाई केही भनिन ।

मलाई पनि त्यसरी ल्यापटपमा टाँसिएको देखेर ऊ केही असहज देखीन्थ्यो अचेल तर मुखले केही भन्थेन ।

केही दिन देखी ऊ पनि मेरो फ़्रेण्ड्स लिस्टमा थियो अनि मसँग च्याटमा नजिकीने कोशिशमा थियो । म भने हिचकिचाई रहेकीथिएँ उसँग नजिकीन ।

एकदिन उसले लेख्यो-” यु आर सो बिउटीफूल !”

“हाउ डू यु नो ?” मैले सोधेँ

“फोटो हेरेर !”

“फोटो हेरेर केथाहा हुन्छ ?”

जवाफमा उसले आकाश पाताल जोडेर, फूल बुट्टा भरेर लम्बेतान तारीफगर्यो मेरो । यो मेरो पुरानो सुर्य सँगको भेटघाट थियो । कस्तो अचम्म ? एउटै घरको छतमुनि बर्षौ अपरिचित जस्तैगरी बिताएर ऊ मसँग अन्तरंग बन्ने कोशिशमा थियो fbमा ।
त्यो दिन मसँग अलि घनिष्ट हुँदै गएको मेरो फ़ेसबुकको साथी आदित्यले सोध्यो-” तिम्रो रुचि केमाछ ?”

केहीबेर लाग्यो मलाई उसको प्रश्न बुझ्न । उसले दोहर्याएर सोधेपछी मैले संझे – सुर्यको हात थामेर घर छोडेदेखी मेरो रुचि सुर्यमा बाहेक अन्त कतै थिएन, अरुकेहिमा थिएन । सुर्यको चाहना र कामनामा रंगीएर मैले त यो पनि बिर्षी सकेँथे कि मेरो रुचि केमा थियो, यदि सुर्य बाहेक अरु केहीमा कहिल्यै थियो भने ।

मैले हतार हतार यहि प्रश्न सुर्यलाई सोधेँ । जबाफ अपेच्छीत थियो- नयाँ नयाँ साथी बनाउनु । साथीहरु सँग चिलआउट गर्नु ।

मैले सोधेँ-” म्यारीड ?”

उसले भन्यो- “अनफर्चुनेटली, एस । लङ टाइम ब्याक, ह्वेन आई वाज टु यङ, परीवारको जवर जस्तीमा । कुनै अन्डरस्टाइन्डीङनै छैन । अनपढ़ गँवार ।”

मेरो मन नराम्रोसँग दुख्यो । अरु जे भएपनि मेरो सुर्यले झुठो बोल्छ, मलाई बिश्वाश थिएन ।

“त्यसोभए किन अझै सँगै छौ त ?” मैले आँसु पुछ्दै लेखेँ ।

” के गर्छे त्यसले म बिना ? केही गर्ने ढंग छैन, माइतीको पाल्ने हैसियत छैन । बाध्यताछ ।”

उसका एकएक शब्दले मेरो अन्तरआत्मामा घाउ बनायो । मेरो अहंम लाई होच्यायो उसका ति शब्दहरुले ।

“के गर्छौ त ? जीवन यसै बिताउँछौ ?” मैले लेखेँ ।

“हेरौँ । सहन सकुन्जेल सहन्छु त्यसपछी मेरो सहन सक्तीले सीमा नाघेको दिन, जीवीका चल्ने पैसा दिएर काठमाण्डौमा घर कीनेर उतै राखीदिन्छु ।”

म निक्कैबेर हलचल गर्न सकिन । ऊ नानाथरी लेखीरह्यो यहाँ सम्म की मलाई अस्ट्रेलीया घुम्न आउन निम्तो दिईरह्यो । टिकट पठाईदिन प्रमिस गरीरह्यो । म चुपचाप अफलाईन भैदिएँ ।

त यो थियो मेरो चाहनुको, साथ दिनुको, मायाँ गर्नुको, बिश्वास गर्नको मुल्य ??

म बिरामी भएको बाहाना गरेर घरमै बसेँ केहीदिन ।

” जँचाउन जाउ ” भन्ने बाहेक उस्ले अरुकुनै चासो देखाएन । तर मेरो फेसबुके साथीले मेरो बिसंचोको बारेमा सुनेर खुब चासो देखायो । केभएको सोध्यो डक्टर देखाएको नदेखाएको सोध्यो । र अन्त्यमा, अर्को सहरबाट मलाई भेट्न आउने कुरा सुनायो । अचानक मलाई भाउन्नभयो । मैले सुर्यसँगको सारा रिस र आक्रोश उसमाथी पोखेँ ।

” लावारिस सोचेकोछौ मलाई ? थाहाछ म कोहुँ ? मेरो उमेर केहो ? कस्तोछु म साँच्चैमा ? एउटा फोटो देखेको भरमा, अलीकती कुरा गरेको भरमा, साथी मानेर दुख सुख बाँडेको भरमा तिमीले कसरी सोच्यौ म इजीली अभाइलेवलछु ? के सोच्छौ तिमी स्वास्नीमान्छेहरुलाई ? बियरको बोतल ? बेडशिट ? डोरम्याट ? या डस्टबीन ? यदि स्वास्नी मान्छेको मतलब थाहाछैनभने ल्यापटप बन्दगर । बाहिरछौ भने घर जाउ । घरमा छौ भने कोठा बहीर निस्क, र पहीला तिम्रो आँखा सामु जो पर्छ, आमा, दिदी या बहिनी, उसको लुगा फुकालेर नांगो बनाउ नियालेर हेर त्यो सरिरलाई, किनकी त्यो सरिरपनि स्वास्नीमान्छेहो । त्यसपछी पनि तिमीभित्र मर्दान्गी बाँकी रहन्छ भने आएर मसँग कुरागर । आ’ल कम ह्वेरेवर यु कल मी…”

केहीदिन लाग्यो मलाई निर्णय गर्न ।

कामबाट अढाई महीनाको छुट्टीलिएँ । लयर सँग मिलेर डिबोर्सको लागी डिसकसगरेँ ।

पहिले सोचेँ -” यत्रो साथ दिएको, मायाँ गरेको मान्छे त मेरो हुन सकेनभने यो सम्पती मलाई केकाम ? तर फेरी संझे सुर्यको परिवारमा बिताएको कष्टकर दुई बर्ष । अस्ट्रेलीयामा सुर्यको महँगो फिस जुटाउनको लागी र उसको राम्रो ठाउँमा जब नहुन्जेल कठोर संघर्ष गरेर बिताएको ५ बर्ष अनि मलाई लाग्यो उसको सम्पतीमा मेरो पनि बराबर हकछ उसको जिन्दगीमा नभएपनि । मेरो एक्लोपनको मुवाबजा नै सही यो ।

त्यो रात जब सुर्य फ़ेसबुकमा कसै सँग च्याटमा ब्यस्त मुस्कुराई रहेथ्यो, म उसको सामु गएर उभिएँ । सँधै झै उसको मुस्कान पुछीयो उसले ल्यापटप फोल्ड गर्यो, निधारमा गाँठो पारेर मलाई हेर्यो ।

” आ’म गोइड• टु गिभ यु डिबोर्स कज…”

“नट नाउ आर्या ! कान्ट यु सि आ’म बिजी ? यु…” अचानक उस्लाई याद आयो मैले भरखर के भनेँ । उसको अनुहारको रंग फेरीयो । उसले ल्यापटप अलीपर धकाल्यो अनि सजग स्वरमा सोध्यो-” ह्वाट डिड यु जस्ट से ?”

” म तिमीसँग सम्बन्ध बिछ्छेद गर्न जाँदैछु सुर्य !” मैले उस्तै तथस्ट स्वरमा भने-” मैले लयर सँग कुरा गरीसकेकोछु । तिमीपनि कुरागर । सकभर सहमती र सरलता सँग अलगहौँ त्यही बेस हुन्छ ।”

” रात बिरात के मजाक हो यो ?” ऊ करायो ।

“मजाक त तिमीले मेरो अस्तीत्वलाई बनाईदियौ सुर्य !” म ऊ भन्दा चर्को स्वरमा कराएँ -” तिमी बाहेक मैले जीवनमा अर्को केही चाहीन । घर, परिवार, जात, समाज, ईज्जत सब छोडीदिएँ तिमीलाई पाउन तर मेरो भागमा संघर्ष, एक्लोपन, उपेक्षा र रित्तोपन बाहेक कहील्यै केही परेन । जब मलाई तिम्रो साथमा पनि यसरी एक्लिएरै बाँच्नुछ भने म तिमी भन्दा पर आफ्नै तरिकाले किन बाँच्न सक्दीन ?”

मेरो स्वरको गम्भीरता र आक्रोश देखेर पहीलो पटक उसको अनुहारमा डर देखेँ मैले । ऊ मेरो नजिक सर्यो । मेरो हात थाम्यो अनि कम्पीत स्वरमा भन्यो-” आई लभ यु बेबी !”

थाहाछैन मैले पछील्लो पटक कहीले सुनेथेँ त्यो तिन शब्द उसको मुखबाट आफ्नोलागी, मलाई याद पनि थिएन । जबकी सुरुको दिनमा ऊ सयौँ हजारौँ पटक दोहर्याई रहन्थ्यो यि शब्दहरु अनि उसले दोहर्याए पिछे बेग सँग हलन्थ्यो मेरो असत्ती मुटु । तर यतिबेला यो हल्लीएन । थरथराएन । सयद यसले पनि बिर्षीसकेको थियो त्यो सब्दको असर, सुर्यले जस्तै । मैले उसको आँखामा केही खोजेझैँ गरी हेरेँ । उसले आँखा झुकायो ।

” के गर्न सक्छौ तिमी मेरोलागी ?” मैले सोधेँ ।

“जे पनि गर्न सक्छु बेबी ! तिमी भनेर त हेर ।” उसले फेरी मेरो हात समात्यो ।

“१८-१९ बर्षको उमेरमा आफ्नो बाबु दाजुको ईज्जत माथी टेक्दै, घरमा जग्गे गाडीएपछी, अगाडी पछाडी कतै नहेरी तिम्रो हात थामेर मैले घर छोडेजस्तै गरी तिमी सक्छौ आफ्नो घर परीवार छोड्न मेरोलागी ?”मेरो आँसु छचल्कीयो ।

“आर्या !” उसको स्वर सानो भयो । उसले मेरो हात छोड्यो ।

” त्यतीबेला सारै सानो थिएँ । दुनियाँदारी बुझेको थिईन त्यसैले मेरो यो दशा भयो तर अब बार्गेन गर्न चाहन्छु तिमीसित । भन के गर्न सक्छौ तिमी मेरोलागी ? मेरो कोख र काखामा सन्तान दिन सक्छौ ? या परीवारको अगाडी आफ्नो असमर्थता भन्न सक्छौ ? जाँड रक्सी, चुरोट छोड्न सक्छौ ? यि साथी सर्कल छोड्न सक्छौ ? यो फ़ेसबुक अकाउन्ट सदाकोलागी बन्द गर्न सक्छौ ? भन के के गर्न सक्छौ तिमी मेरोलागी ?” उसले टाउको झुकायो ।

” अरु छोड, यस्तो कुनै एउटा चिज भन, जुन यि बर्षहरुमा तिमीले मेरो लागी गरेकाछौ, केवल मेरोलागी जसरी यि बर्षहरुमा मैले तिम्रोलागी गरेकोछु, मात्र तिम्रोलागी ।” मैले बिस्तारै भने । ऊ अझै केही बोलेन । म बाहीर निस्कीएँ ।

ठुलै बवाल बनायो सुर्यले यो डिबोर्सको मुद्दालाई । उसका बाउ आमा बोलायो संझाई बुझाई गर्न । माफ़ी माग्यो, हात जोड्यो तर मेरो मन पग्लेन । उसले लेखेको लाईनहरु मेरो आँखाबाट पुछीएन । आख़ीरकार हामी अलगभयौँ । उसका बाउ आमाले दाई दिदीले बिरोध गर्दागर्दै उसले घर सम्पतीमा बराबरीको हिस्सा दियो मलाई । मलाई लिन कुनै अफ्ट्यारो पनि लागेन । आख़ीर उसको भन्दाधेरै संघर्ष मेरो लागेकोथियो यो सम्पति जोड्नमा । सुर्य मेरो जीवनमा हुँदासम्म मलाई कहिल्यै अरुकुनै कुराको चाह भएन । तर अब ऊ कहाँथियो र मेरो जीवनमा ? धेरै पहिले छोडीसकेथ्यो उसले मलाई । यतिखेर त म बस उसको ‘छोड्नु’मा मोहर लगाउँदैथिएँ ।

अस्ट्रेलीया छोड्नु अघी मैले फ़ेसबुक खोलेँ । ईनबक्समा अरु थुप्रै म्यासेजको साथ आदीत्यको म्यासेज पनि थियो । उसले लेखेको थियो-” एउटै चश्माले सबैलाई हेर्नछोड । बुझेँ मैले, चोट खाएकीछौ यस्को मतलब अरुलाई पनि दुखाउनै पर्छ भन्नेछैन । हिम्मत छ भने आएर भेट मलाई । एउटा मौका देउ तिमीलाई बुझाउने, स्वास्नीमान्छेको अर्थ, अधिकार र स्थान के छ मेरो मन र जीवनमा । डाक्टर हुँ मैले चोट दिन होईन निको पर्न जानेकोछु हुनसक्छ भने बिश्वाशगर ।

मैले धेरै पटक उसको म्यासेज पढेँ तर जवाफ लेखीन ।

अर्को दिन म यु एस को लागी उडेँ तर उड्नु भन्दा पहिले मैले सुर्य र मेरो बिचमा भएको च्याटको लिंक सुर्यलाई पठाईदिएँ ।

एयरपोर्टमा दाजु भाउजु मात्र होईन बाबा आमा पनि मलाई लिन आउनु भएकोथियो । मलाई लाग्यो म फेरी जीवीत भएँ ।

तिनबर्ष पछी…

मैले आफ्नो पूरा नाम र परीचय खुलाएर नयाँ fb अकाउन्ट खोलेँ

आदीत्य, म र मेरा जम्ल्याहा छोरा हरुको फोटो प्रोफाईलमा राखेँ र स्ट्याटसमा लेखेँ-

लिनु र दिनु बराबरी भएन भने सम्बन्धको ब्यालेन्स बिग्रन्छ । चाहे त्यो मायाँ होस अरु कुनै कुरा । लिनेले हक़ मनेर लिन्छ र बिर्सन्छ, दिनेले दिईरहन्छ तर काउन्ट गरीरहन्छ । जब यो क्रम हद भन्दा बाहीर जान्छ तब सम्बन्धले निकाश खोज्छ ।

म दिँदा दिँदा रित्तीएको थिएँ । आज लिएर/ पाएर संपूर्णछु । जिन्दगीसँग हिजो भएपनि आज कुनै गुनासो छैन मेरो।

धन्यवाद अर्की आर्या मलाई भेट्न आएको र मलाई फेसबुकसँग परीचय गराएकोमा !

धन्यवाद फ़ेसबुक मलाई दुनियाँ देखाएको/ चिनाएकोमा ।

धन्यवाद डाक्टर साहब मेरो घाउ सन्चो बनाएकोमा ।

-आर्या आदित्य गौतम

सानु शर्मा , (अमेरिका)

Dr. Krishna Raj Adhikari – Unmukti

डा.कृष्णराज अधिकारी – उन्मुक्ति

आज त्यस कार्यालयभित्र छुट्टै रौनक छाएको थियो । करिव दुई महिनादेखि निमित्त कार्यालय प्रमुख भएर काम गरिरहेका द्रोणराज निकै सक्रियता र सचेततापूर्वक कार्यालयका कर्मचारीलाई काममा दौडाइरहेका थिए । सेवाग्राहीलाई ‘हाकिम सा’प हुनुहुन्न, उहाँ आएपछि आउनु’ भन्दै फर्काइएको थियो । काम पन्छाउन खोज्ने सरकारी कर्मचारीको प्रवृत्ति बुझेका सेवाग्राहीहरु तिनका जवाफले दिक्क मान्दै फर्किरहेका थिए । एकजना कार्यालय सहयोगी र खरिदारलाई दुई–चार दिन अघिबाटै हाकिमको क्वाटर सरसफाइ गर्न र कतिपय नयाँ सामान खरिद गर्न अह्राइएको थियो भने अर्को सहयोगी र ना.सु.लाई कार्यालयको सरसफाइ र गमलामा नयाँ फूल सजाउन भनिएको थियो । नयाँ हाकिमको नेमप्लेट बनाएर ढोकामाथि राखिसकिएको थियो । कार्यालयको मूल ढोकाको दुवैतिर सिँगारिएका तामाका घडा राखेर त्यसका मुखमा राम्रा फूलका गुच्छाहरु राखिएको थियो । त्यहाँ उपस्थित ३०–३२ जना कर्मचारीहरुमध्ये अधिकांश कर्मचारीहरु अधीर भएर यताउता गरिरहेका देखिन्थे । निमित्त कार्यालय प्रमुख भएका उपसचिव द्रोणराज मोबाइलमा कुरा गर्दै घरिघरि घडी हेरिरहेका थिए । उनले मोबाइल बन्द गरेर अलि चर्को र उत्साहित स्वरमा नजिकैका शाखा अधिकृत राजेशतिर हेरेर भने—“डेढ बज्न लाग्यो । हाकिम सा’बको दुई बजेको फ्लाइट हो, दुई नबज्दै एयरपोर्ट पुग्नुपर्छ । ड्राइभर खै ? म हाकिमसा’बलाई लिन एयरपोर्ट जान्छु, तपाईंले सबै स्टाफहरुलाई भनेर हाकिमसा’बको स्वागत गर्न फूल लिएर लामबद्ध भई गेटमा बस्न भन्नुहोला ।”

द्रोणराजले अह्राएका बाहेक अरु दुई–चारजना कर्मचारीमा पनि उत्तिकै स्फूर्ति र उत्साह देखिन्थ्यो । कसैलाई नयाँ हाकिमको प्रिय बन्न सके घर–पायकको जागिर ढुक्कले घचेटिन्थ्यो भन्ने थियो भने कोही हाकिम रिझाएर पुरस्कार, ग्रेड थप र बढुवाको लागि असाधारण नंवर पाउने आशामा थिए । कार्यालयको स्टोर किपर सबैभन्दा बढी व्यग्र देखिन्थ्यो । ऊ पहिले–पहिले झैं हाकिमसँगको मिलेमतोमा कार्यालय–सामान खरिद गरी त्यसबाट राम्रो कमिसन आउने लोभले उत्साहित थियो । लेखापाल र इन्जिनियर पनि कम व्यग्र थिएनन् । हाकिमको स्वभाव जान्न बढी उत्सुक थिए उनीहरु । यसरी एकथरी कर्मचारीहरु नयाँ हाकिमबाट लिन सकिने फाइदा बारे अनुमान लगाउँदै थिए, अर्काथरी आफ्ना कमजोरी र कर्तुतको आत्म समीक्षा गर्दै थोरै डर पालेर बसिरकेका थिए भने अनि अझ अर्काथरीचाहिँ खासै चासो नभएझैं गरी स्वागत कार्यमा निष्क्रिय देखिन्थे । कार्यालयको प्रशासन फाँटका ना.सु. रेवतीचाहिँ नयाँ हाकिमको सरुवाको चिठी आएसँगै त्यसै त्यसै उदास र मलिन देखिन्थे । प्रशासन फाँटको कर्मचारी नयाँ हाकिम आउँदा जति उत्सुक र फूर्तिलो देखिनुपर्ने हो त्यस्तो नदेखेपछि द्रोणराजले उतिबेलै भनेका थिए—“नयाँ हाकिम आएपछि सरुवा हुन्छ भन्ने लागेर हो कि किन हो, आज सुब्बा सा’पको फेसै अर्कै देखिएको छ नि !” रेवतीले त्यति चासो नराखेझैं जवाफ दिएका थिए—“त्यस्तो केही हैन सर, आफूलाई त सरुवा भएनि नभएनि केही फरक पर्दैन । कत्रो नै सुविधा लिएर बसिएको छ र सुविधा खोखिएला भन्ने पीर !”

दुई बज्न लाग्दा सबै कर्मचारी कोठा बाहिर निस्की गेटदेखि कार्यालयको ढोकासम्म लामबद्ध भएर बसेका थिए । खरिदार पार्वतीले सबैलाई एक एक गुच्छा फूल दिएकी थिइन् हाकिमको स्वागतका लागि । रेवती अझै नओर्लेपछि उनी आफैं सुब्बाको कोठामा गइन् र केही हतारिएको जस्तो गरेर एकै स्वासमा भनिन्—“हाकिम सा’व आउने बेला भो, सबै सरहरु तल फूल लिएर बस्नुभएको छ, तपाईं मात्रै किन हो यहाँ एक्लै ?” पार्वतीको भनाइले उनी थोरै मुस्काएझैं गरे । तर त्यो मुस्कान भित्रैबाट आएको नभई कृत्रिम रुपमा निकालिएको थियो भन्ने उनले थाहा पाइनन् अनि तिनवटा फूल भएको सानो गुच्छा उनीतिर राख्दै भनिन्—“ल सर, यो लिएर गइहाल्नोस् ।” फूलको गुच्छा लिएर उनी पार्वतीको पछि पछि तल झरे अनि अरु कर्मचारीको पंक्तिमा मिसिँदै पछिल्लो पंक्तिमा उभिए । उनीभन्दा अघि बसेका आठ–दशजना कर्मचारीले उनलाई अघि जान आग्रह गर्दै बाटो छोडिदिए । उनी सबैभन्दा सिनिएर सुब्बा भएकाले अधिकृतको पंक्तिपछि उनलाई उभिन ठाउँ छोडियो । कर्मचारी जीवनमा एकदिन अघिपछिले मात्र होइन एकैदिनको नियुक्ति वा बढुवामा पनि क्रमाङ्कका आधारमा सिनियर र जुनियर मानिन्छ भने उनी त झण्डै १४ वर्ष भयो एउटै ना.सु. पदमा रहेको । योग्यता र कार्यक्षमता भएर पनि यति लामो समयसम्म एउटै पदमा बस्ने उनी अपवाद जस्तै थिए ।


नयाँ हाकिम सवार भएको कार्यालयको गाडी गेटबाट भित्र छि¥यो र अलिकति मोडिएर रोकियो । गाडीबाट पहिला निमित्त हाकिम भएर काम गर्दै आएका द्रोणराज झरेपछि नयाँ हाकिम उदय विस्तारै झरे । सबैभन्दा अघि उभिएका उपसचिव रामेश्वरले उनलाई जम्लाहात गर्दै माला लगाइदिए । द्रोणले लाइनमा उभिएका सबै कर्मचारीको क्रमशः परिचय गराउँदै गए । रामेश्वरपछि क्रमशः अरु कर्मचारीहरुले जम्लाहात गर्दै फूलको माला र गुच्छा दिन थाले । नयाँ हाकिममाथि दृष्टि पर्नासाथ रेवतीको मनमा भने आक्रोश र पीडाको कालो भूमरी मडारिन पुग्यो । उनलाई त्यो पंक्तिबाट हटौं हटौं लाग्यो तर नयाँ हाकिम स्वागत ग्रहण गर्दै उनकै नजिक आइपुगेकाले तुरुन्त केही सोच्न सकेनन् । हातमा लिएको फूलको गुच्छाले मुखमा हान्दै उसका कर्तुतहरु एकैचोटि ओकलिदिऊँकि जस्तो पनि लाग्यो तर केही सोच्न नपाउँदै हाकिम उनको अघि आइपुग्यो । “ए, तपाईँ पनि यहीँ हो ?” उसले कुटील मुस्कान निकाल्यो । रेवतीले दिनै नपाई आफैंले उनका हातको फूल समातेर लियो र प्रत्युत्तरको प्रतीक्षा नगरी पाइला अघि बढायो ।
स्वागतको कार्यक्रम सकिएपछि नयाँ हाकिमलाई कार्यालय प्रमुखको कोठातर्फ लगियो । कार्यालय प्रमुखको कोठाभन्दा अगाडि सानो मिटिङ हल थियो । “एकैछिन यहाँ बसौं कि ?” द्रोणराजले हाकिमको स्वीकृति मागे । हाकिमले ‘हुन्छ’ भनेपछि नयाँ हाकिमसहित सबै कर्मचारीहरु त्यही मिटिङ हलमा बस्न पुगे । द्रोणराजले सबैलाई सम्बोधन गर्दै नयाँ हाकिमको बखानमा थुप्रै शब्दहरु खर्च गरे । “… उहाँजस्तो कार्यालय प्रमुखलाई अभिभावकका रुपमा पाउनु हामी कर्मचारीहरुका लागि अहोभाग्य नै हो । …उहाँ जुनसुकै कार्यालय र विभागमा रहेपनि त्यहाँको प्रगति उच्च हुने गरेको मात्र होइन स्वच्छ निष्पक्ष हुने गरेको छ । …उहाँ काम ठग्ने र अल्छी कर्मचारीहरुलाई दण्ड र राम्रो काम गर्नेहरुलाई पुरस्कृत गर्न कन्जुस्याइँ गर्नुहुन्न । … उहाँको कार्यक्षमताको विभिन्न मन्त्रालय र विभागले उच्च प्रशंसा र मूल्याङ्कन गर्दै आएको छ । … उहाँले सिफारिस गरेका व्यक्तिले सजिलै सरुवा, बढुवा, तालिम र विदेश भ्रमणको अवसर पाउने गरेका छन् … उहाँ जस्तो योग्य, कुशल र मनकारी कार्यालय प्रमुख ‘न भूतो न भविष्यति’ भनेझैं न कहिल्यै अघि भेट्यौं न पछि नै भेट्ने छौं …।” निमित्त कार्यालय प्रमुख भई काम गर्दै आएका उपसचिव द्रोणराजले यसरी हाकिम–भक्तिका स्तुति गाइसकेपछि कर्मचारीलाई निर्देशन दिन नयाँ हाकिमलाई विनम्र अनुरोध गरे ।
एक गिलास चिसो पानी पिएपछि हाकिम उदयले कर्मचारीलाई निर्देशन दिए । उनको निर्देशनमा पनि आफू विशेष पहुँच र सामथ्र्य भएको, अन्य कार्यालयमा रहँदा धेरै कर्मचारीहरुलाई इच्छाएको ठाउँमा सरुवा र बढुवा गरिदिएको तर अटेर गर्ने, हाकिमको आज्ञा पालन नगर्ने कर्मचारीलाई भने उठ्नै नसक्ने गरी दण्डित गर्ने गरेको जस्ता आदेश पालन र हाकिम भक्तिका अर्ति पस्किएका थिए । उनले काममा अटेर गर्ने कर्मचारीलाई छुट नदिने भन्ने कुरा गर्दै गर्दा ना.सु. रेवतीको मुखतिर पुलुक्क हेर्न पुगे तर रेवती भने राउण्ड टेबलको आफ्नो कुर्सीलाई अलि पछि सारेर बसेकाले दायाँ बायाँका कर्मचारीबाट छेकिएका थिए । सबैको दृष्टि हाकिमतिरै भएकाले रेवतीको अनुहारमा देखिएको आक्रोश र घृणाको भाव त्यति मेसो पाएनन् । कार्यालय सहयोगी तिल बहादुरले सबैको अघिल्तिर चिया र विस्कुट राखिदियो । हाकिमका लागि छुट्टै कपमा चिनीरहित चिया र सुगर फ्री विस्कुट राखियो । चियाको सुर्कीसँगै अधिकृत तहका कर्मचारी र हाकिमका बीच केही अनौपचारिक कुरा भए । टाउको छेलिएर बसेका रेवती चिया सक्नासाथ उठेर गए भने तीन–चार जना बाहेक सबैजसो आ–आफ्ना कोठातिर लागे । चार–पाँच जना कर्मचारीका साथ हाकिम आफ्नो कार्यकक्षतिर लाग्यो जसमा निमित्त कार्यालय प्रमुख भई काम गरेका द्रोणराज, इन्जिनियर अष्टमान, एकाउन्टेन्ट दिलीप, शाखा अधिकृत सञ्जिव र स्टोरकिपर शम्भु थिए । उनीहरु बसेर कार्यालयका गतिविधि, पेन्डिङ्मा रहेका फाइलहरु अनि कार्यालयको बजेटका सम्बन्धमा छलफल गर्न लागे । त्यसै बेला आएका दुई–तीन जना सेवाग्राहीलाई ‘आज काम नहुने’ भन्दै फर्काइयो ।

कसैसँग केही नबोली आफ्नो कोठामा गएका रेवतीले हतपत कम्युटर खोले । काम परेर वा आवश्यकताले नभएर काममा व्यस्त देखाउन र अरु कर्मचारीहरु उनीसँग बोल्न नखोजून् वा उनको बिग्रिएको अनुहार हेरेर विभिन्न प्रश्न र जिज्ञासा नराखून् भनेरै आफू व्यस्त भएको देखाउन उनले कम्युटर खोलेका थिए । कम्युटर खोलेपनि उनको ध्यान त्यहाँ थिएन । भोलिदेखिको आफ्नो कार्यालय दैनिकी र त्यसको सहजता बारे नै उनी तनावयुक्त भइरहेका थिए । उनले जीवनमा आज सबैभन्दा धेरैपटक हातको घडी हेरे । मिटिङहलमा बस्दाको एक घण्टाको अवधिमै उनले तीन–तीन पटक घडी हेरिसकेका थिए । कम्ती अत्यास र छटपटी भएको थिएन उनलाई । अन्य अवस्था हुन्थ्यो भने उनी क्या.वि. वा बिरामी बिदा लिएर बसिदिन्थे । तर नयाँ हाकिम आउने दिन नआउनु भनेको हाकिमप्रति अनादर गरेको बुझिन्थ्यो । हुन त दश दिन अघि नै उदय विक्रम नामको हाकिम सरुवा भई आउँदैछन् भन्ने उनलाई थाहा नभएको होइन तर उदय नाम गरेको हाकिम त्यही होला र यति छिटै सह–सचिव बनिसकेको होला भन्ने विश्वास लागिहालेको थिएन । त्यही नामको अरु कोही होला भन्ने नै उनलाई लागेको थियो । नत्र उही उदय हो भन्ने थाहा भएको भए उनी दुई–तीन दिन अघिबाटै बिदामा बसिदिन्थे ।

आज पाँच बजाउन उनलाई कम्ती कष्टकर भएन । कार्यकक्षमा बसेको दुई घण्टाको बीचमा दुई–तीन पटक शौचालय गए, छ–सात पटक घडी हेरे । घडीको सुई पनि साह्रै ढिलो घुमेजस्तो लाग्यो । आफ्नै हाते घडीप्रति विश्वास नभएर दुई पटक त पल्लो कोठाको भित्ते घडी समेत हेर्न पुगे । बल्लतल्ल पाँच बज्यो । दुई–चार मिनेट ढिलो गरी हाजिर गर्न जाँदा हाकिम निस्केको बेला पर्न सक्ने र उसँग हुन सक्ने कुराकानीले अरु थप तनाव बढाउन सक्ने हुँदा अरु कर्मचारीको हुलमा निस्किएर पाँच बजेको हाजिर गर्न पुगे । हाजिर गरेर निस्कनु अघि हाकिमलाई नमस्कार गर्ने परिपाटी अनुसार सबै हात जोड्दै निस्कँदै गर्न थाले । तर उनी मिटिङ हलको हाजिर रजिस्टरमा हाजिर गरी हाकिमसँग देखै नपरी बाहिरिए र लामो सास फेर्दै सीधै डेरातिर हानिए ।

सधैंझैं कपडा फेरेर हातमुख धोएपछि एक गिलास चिसो पानी लिएर श्रीमती उनको अगाडि उभिइन् । छोरो बाहिरतिर खेल्न गएको थियो र छोरी अर्को कोठामा होमवर्क गर्दै थिई । उनले गिलासको पानी एकैपटकमा सनक्क पिएपछि रित्तो गिलास श्रीमतीलाई दिँदै अलि दबिएको स्वरमा भने—“फेरि त्यही डाँका उदय हाकिम भएर आएछ ।” थोरै आश्चर्य र धेरै आक्रोशले भरिएको स्वरमा उनले भनिन्—“ओ हो ! त्यो फटाहा फेरि हाकिम भएछ ! जेलमा सड्नुपर्ने मान्छे उल्टै बढुवा ! तपाईँलाई त्यतिसम्म गरेको हैन ! हैन, पुराना घटनाहरु सबैले बिर्सेछन् कि के हो ? कस्तो लाज सरम पचाएको मान्छे, त्यस्ता त्यस्ता केस भएर बल्ल– बल्ल उम्काइएको मान्छे कसरी फेरि यहीँ आउन सकेको हँ ?” भ्रष्टाचारमा मात्र होइन यौनको मामलामा पनि ऊ त्यत्तिकै पतित थियो । जग्गा दर्ताको मुद्दामा सफाइ पाएको केही महिनापछि उसमाथि अर्को केस परेको थियो । भर्खर नियुक्ति भएर आएकी खरिदार रमाको डेरामा गएर एक रात बलात्कारको प्रयास गरेको थियो र त्यो केस पनि त्यसै थामथुम भएको थियो । तर अफिस भित्रै बस्ने कार्यालय सहयोगीकी श्रीमतीलाई बारम्बार गर्ने बलात्कारको घटनाले भने उसको ठूलै बदनाम भएको थियो । कार्यालय सहयोगीलाई विभिन्न बहानामा काजमा बाहिर पठाई उसकी नवविवाहिता पत्नीलाई बलात्कार गर्ने गरेको घटना स्वयं उसको लोग्नेले देखेपछि छरप्रस्ट भएको थियो । जिल्लाको हाकिम भएको र सि.डि.ओ., एस.एस.पि. लगायतका सबैसँग राम्रो सम्बन्ध भएको उसले कसो कसो गरी त्यसलाई पनि मिलाएर बाहिर सरुवा भएको थियो ।
एकैछिनको सन्नाटापछि उनले भनिन्—“अव के गर्ने ? कसरी काम गर्ने त्यस्तासित ! आऽऽ बरु छाड्दिनोस् जागिर–सागिर । बीस वर्ष भइसक्यो, पेन्सन भइहाल्छ । बरु यसो केही सानोतिनो दोकान गरेर बसौंला ।” श्रीमतीको भनाइले उनलाई अलिकति सान्त्वना र राहत मिलेजस्तो लाग्यो । जागिर छोड्न हुन्न, जे–जसरी पनि पैसा कमाउनुपर्छ, अरु महिलाको अगाडि आफू गहना र कपडाले सजिएर हिँड्नुपर्छ भन्ने कतिपयका श्रीमतीभन्दा भिन्न स्वभावकी पत्नी पाएकोमा उनलाई सन्तोष लाग्यो । उनी केही नबोली खाटमा पल्टिए । लोग्नेको आडमा थचक्क बस्दै उनले भनिन्—“त्यही डाँका आउने हो भन्ने भए त पहिल्यै सरुवा माग्न हुन्थ्यो, बरु टाढै भएपनि केही थिएन । अलि नजिक भनेर ढुक्कले बस्दा अव खानु कि छोड्नु जस्तो भएन !” रेवती उठेर भित्ताको आड लागेर बसे । श्रीमती खाजा बनाउन भान्छातिर पसिन् । उनले छ–सात वर्ष अघिको त्यही घटना झल्झली सम्झिन पुगे —
उनी त्यसबेला मालपोत कार्यालयमा थिए । निकै सरल र इमानदार कर्मचारी रेवती कार्यालयमा ना.सु. तहको भए पनि अनुभवी र इमान्दारीका कारण सबैले सम्मान गर्ने गर्थे । कार्यालयको काममा कुनै गाँठो प¥यो भने फुकाउने उपाय उनैले दिन्थे । यसैले सिनियर अफिसरहरुले पनि अप्ठेरो परेमा उनीसँग सल्लाह लिने गर्थे । तर उदय हाकिम भएर आएपछि भने सल्लाहभन्दा निर्देशनै बढी आउने गथ्र्यो । नियम र कार्यविधिका दृष्टिले समेत नमिल्ने कामहरुमा जव उनले प्रश्न उठाउँथे तव हाकिम बनेर आएको उदय रेवतीलाई बाधक देख्दथ्यो । एकपटक भवन निर्माणको ठेक्का दिने सन्दर्भमा सबैभन्दा कममा बोल–कबोल गर्नेलाई नदिई सबैभन्दा धेरै कबोल गर्नेलाई दिन खोज्दा उनले थाहा पाएर विरोध गरेका थिए । त्यहींबाटै उसले रेवतीलाई आफ्नो कामको बाधक र हाकिम विरोधी देख्न थालेको थियो । उसले रेवतीलाई रजिष्ट्रेसन फाँटबाट हटाएर प्रशासन फाँटमा सारिदिएको थियो । अलग फाँट भएकाले उनी जग्गा दर्तादेखि रजिष्ट्रेसन पास सम्मका कार्यालयका गतिविधिसँग वेखवर जस्तै थिए ।

यस्तैमा एकदिन उदयले रेवतीलाई आफ्नो कार्यकक्षमा बोलायो । यसरी प्रायः नबोलाउने हाकिमले बोलाएपछि उनी झटपट हाकिमको कोठामा पुगे । साढे चार बजिसकेकाले सेवाग्राहीको चहलपहल थिएन । रेवतीलाई हाकिमले निकै आत्मीयता देखाएझैं सोफामा बस्न भन्यो । त्यहाँ एकजना निकै रवाफिलो देखिने व्यक्ति बसिरहेको थियो । कताकति देखेको भए पनि उनले त्यसलाई राम्ररी चिनेका थिएनन् । उसले थोरै मुस्काएर रेवतीलाई नमस्कार ग¥यो । हाकिमले कुरा सुरु ग¥यो—“सुब्बासा’व तपाईँले उहाँलाई चिन्नुभएको छ ?” रेवतीले नचिनेको कुरा गरेपछि चिनाइदिँदै भन्यो—“उहाँ नै हो रोमबहादुर भन्ने । धेरै भयो उहाँले जग्गा दर्ताको लागि निवेदन दिएको । सबै कागजात पु¥याउनुभएको छ । अस्ति भर्खरै भीमप्रसादजी फिल्डमै गएर आई प्रतिवेदन बुझाइसक्नुभएको छ । उहाँको घर आडैको जग्गा हो, आवश्यक परे तपाईँ पनि जाँदा हुन्छ । ३५ दिने सूचना जारी भइसकेको छ । त्यो जग्गाको कसैले दावी विरोध गरेको पनि छैन । तपाईं कानुनको जानकार र अनुभवी पनि हुनुहुन्छ । उहाँ धेरैपटक धाइसक्नु भयो । यसरी धेरै झुलाउनु पनि भएन । हामीले नियम अनुसारै गर्ने हो । यसैले आउने शुक्रबार कार्यालय–समयपछि बैठक राखेर निर्णय गर्नु प¥यो । मैले अरु सबैलाई भनेको छु । तपाईँले यो फाइल सरसर्ती हेर्नुहोस् । यसको टिप्पणी तपाईले लेख्नुपर्छ । टिप्पणीमा अधिकृतले सही गर्ने हो, तपाईँले सही गर्नुपर्दैन । त्यसमा सही गर्ने अरु पनि हुन्छन् । सदर गर्ने पनि मैले हो । तपाईंले त्यस्तो केही सोच्नै पर्दैन ।”

रेवती झस्किए— अरु कर्मचारी र अधिकृत हुँदाहुँदै किन मैलाई टिप्पणी उठाउन भन्दैछ ! अनि अर्को कोणबाट सोच्न पुगे— ‘प्रशासनको पुरानो कर्मचारी भएकाले भने होलान् । सधैं नकारात्मक सोच्न पनि भएन ।’ उनले हाकिमलाई भने—“मैले सही नगर्ने भएपनि प्रक्रिया र कागजात त हेर्नुपर्छ, त्यसै कसरी टिप्पणी उठाउने र हाकिमसा’प ? राम्ररी फाइल हेर्छु अनि ।” रेवती एकछिन त्यहीँ बसेर सरसर्ती फाइल हेरे । एउटा कागज नपुगेको कुरा भनेपछि रोमबहादुरले भोलिपल्ट त्यो कागज ल्याउने कुरा ग¥यो । रेवतीलाई लाग्यो– ‘सिफारिस र सदर अर्कैले गर्ने भएपछि टिप्पणी लेखिदिँदा के नै फरक पर्ला र ? फेरि सहायक तहको कर्मचारी, हाकिमले नै भनिहालेपछि हुँदैन र गर्दिन पनि कसरी भन्ने ! घर–पायक नभए पनि घर नजिकको जिल्लामा बसिएको छ, भर्खर नयाँ स्कुलमा केटाकेटी भर्ना गरिएको छ, हाकिमसँग निहँु खोज्न पनि भएन । जागिर खाएपछि हाकिमले भनेको नमान्नु पनि कसरी ?’ उनले फाइल हेरेको बहाना गर्दै धेरै कुरा सोच्न पुगे र आखिर टिप्पणी लेखिदिने निर्णयमा पुगे ।

शुक्रबार कार्यालय समयपछि जग्गा दर्ताको वैठक बस्यो । रेवतीले टिप्पणी तयार गरे । तर टिप्पणीमा सही गर्ने अधिकृत आज आएका थिएनन् । ‘उनी किन आएनन् ? कतै अप्ठेरोमा परिन्छ भनेर त होइन ?’ उनको मन चसक्क भयो । अरु सबै उपस्थित थिए । सिफारिस गर्ने अधिकृत नआएपछि हाकिमले उनलाई फोन गरे तर उनले ‘आमा बिरामी भएर अस्पतालमा छु, आउन नसक्ने भएँ’ भन्दै जवाफ दिए । उनको स्थिति जानकारी गराउँदै हाकिमले रेवतीलाई नै टिप्पणीमा सही गर्न भने तर उनी मानेनन् । “सुब्बासा’प, कामै रोक्न भएन नि । उहाँ नभएपछि तपाईंले नै हो टिप्पणीमा सही गर्ने । अरु सबै छौं, एकजना अधिकृत नभएर केही हुँदैन । अर्को सिनियर अधिकृत हुँदै हुनुहुन्छ, नापीको हाकिमसा’प पनि हुनुहुन्छ । सबै प्रक्रिया पुगेको छ, सिफारिस छँदै छ, सदर गर्ने म छु, तपाईँले अप्ठेरो मान्नु पर्दैन ।” हाकिमले भनेपछि अरु सबैले उनका कुरामा सही थापे । उनलाई पनि प्रक्रिया पु¥याएर नियम अनुसारै गरेको जस्तो लाग्यो । फेरि अफिसको काम, हाकिमले अनुरोध गरेपछि पन्छिन पनि मिलेन । उनले मन नलागी–नलागी टिप्पणी उठाउनेमा सही गरिदिए । काम सकिँदा साँझ पर्न लागेको थियो । एकाउन्टेन्टले एउटा भर्पाइमा सबैलाई सही गराएर एक–एकवटा खाम दियो । बैठक सकिएपछि यसरी नै नियमानुसार बैठकभत्ता बाँडिने हुनाले रेवतीले भित्रको रकम पनि नहेरी खाम खल्तीमा राखे । निस्कन लाग्दा बल्ल खल्तीको खाम खोलेर हेरे । त्यहाँ अस्वाभाविक रकम थियो । बैठक भत्तामाथि हजारका दशवटा नोट थपिएको थियो । उनले आश्चर्य मानेर पछि आउँदै गरेको उकाउन्टेन्टलाई सोधे– “हैन, के को पैसा दिनुभयो यत्रो ?” उसले नरम भएर भन्यो—“रोम बहादुर दाइले ‘दुःख दिएँ, खाजासम्म पनि खुवाउन पाइन’ भनेर खाजा खान दिनु भएको पैसालाई भत्तामा थपेर दिएको हो । तपाईंलाई मात्र होइन सबैलाई त्यस्तै हो ।” रेवती रिसले भाउन्निए । उनले भत्ता बाहेकको सबै पैसा निकालेर एकाउन्टेन्टलाई दिँदै भने—“तपाईंलाई थाहा छैन, म यस्तो पैसा कहिल्यै लिन्न भन्ने ? खुरुक्क फिर्ता गरिदिनोस् उसको पैसा ! अफिसको काम गर्दा किन उसले खाजा खुवाउने ?” उनको मनमा चिसो पस्यो—कतै गलत काम त गर्न लगाएनन् भन्ने । तर त्यसमा हाकिम र अधिकृत लगायत नापीका हाकिमको समेत सहभागिता भएको र कार्यालयको काम भित्रै पर्ने भएकाले त्यति ठूलै आशङ्काचाहिँ गरेनन् । खाखिर पैसा त जग्गा खरिद गर्ने सामान्य व्यक्तिले पनि राजश्व घटाइदिए वापत लेखनदास मार्फत् दिने परिपाटी नै थियो । उनले यस्तै सोचे । भोलिपल्ट चिल्लो रातो गाडी लिएर उही रोम बहादुर आइपुग्यो र सीधै हाकिमको कोठमा पस्यो । रेवतीले उक्त फाइल फेरि दोहो¥याएर हेरे । एउटा कागज किर्ते बनाए जस्तो लाग्यो । त्यही कागज हिजो सरसर्ती हेर्दा त्यस्तो केही सोचेनन् तर आज त्यही कागजमाथि आशङ्का उब्जिरहेछ । टिप्पणीमा आफूले सही गर्नु पर्दैन भन्ने मनस्थितिले गर्दा उनले फाइललाई त्यति गम्भीर रुपले अध्ययन गरेनन् तर वाध्यताले सही गर्नुपरेको र खाजा खाने नाउँमा त्यत्रो रकम दिएको देख्दा उनको मनमा चिसो पस्यो । तर सही भइसकेर काम अघि बढिसकेको स्थितिमा पुनरावलोकनको कुनै अर्थ थिएन ।

करिव तीन महिनापछि उनका नाउँमा एउटा चिठी आयो । चिठीको खाम हेर्नासाथ उनी भीरबाट खसेझैं भए । उनको अनुहार सोहोरियो र क्रमशः कालो हुँदै गयो । चिठी खोलेर हेरे । त्यही रोम बहादुरको जग्गा दर्ता सम्बन्धी उजुरी परेको रहेछ । पत्रमा १५ दिनभित्र स्पस्टीकरण पेश गर्न भनिएको थियो । चिठी रेवतीसहित निर्णयमा संलग्न सबैका नाउँमा आएको थियो । उनी त्यो चिठी लिएर सरासर हाकिम समक्ष पुगे । “सरले नै कर गरेर मैले टिप्पणी उठाएको हुँ । आज्ञापालन गर्दा यस्तो चिठी आयो । अव के गर्नुपर्ने हो, कस्तो जवाफ दिनुपर्ने हो सरले नै भन्नुपर्छ ।” हाकिमले सामान्य रुपमा लिँदै भन्यो—“चिठी तपाईंलाई मात्र होइन, सबैलाई आएको छ । टेन्सन लिनु पर्दैन । अख्तियारले बुझ्न खोजेको मात्र हो । भोलि सबैले सल्लाह गरेर चिठी लेखौंला ।” सबैलाई चिठी आएकोले हाकिमले नै त्यसको सामना गर्छ भन्ने उनलाई लाग्यो । छुट्टा छुट्टै जवाफ लेख्नुभन्दा सबैले एउटै व्यहोराको लेख्नु नै उपयुक्त हुने ठाने उनले । तर भोलिपल्टचाहिँ सबैले आ–आफ्नै किसिमले लेख्ने कुरा आयो । जवाफ पठाएको तीन महिनापछि फेरि चिठी आयो । रेवती र अर्को अधिकृतलाई तीन महिनाका लागि निलम्वन गरियो भने अरुलाईचाहिँ चिठी नै आएन । हाकिमको अख्तियारसम्मै पहुँच रहेछ । रेवती अत्तालिए । एउटा निर्दोष कर्मचारीलाई फँसाइएको भन्दै उनले अख्तियारमा निवेदन पनि हाले । कानुनी उपचार खोजे तर केही लागेन । छ महिनापछि उनको निलम्बन फुकुवा त भयो तर सचेत गराइएको पत्रसहित चार ग्रेड घटुवा गरियो । अनि विभागको अर्को चिठीबाट उनलाई दुर्गम स्थानमा सरुवा गरियो । निलम्बनमा परेको अधिकृतलाई भने सफाइ दिइयो । उनले पछि थाहा पाए– त्यो सार्वजनिक जग्गा रहेछ र त्यस जग्गादर्ता प्रकरणमा लाखौं रुपैयाको चलखेल भएको रहेछ, जसमा हाकिमले निकै मोटो रकम भेटाएको रहेछ ।


कार्यालय प्रमुखको निर्देशन पालन गर्ने एउटा निर्दोष सहायक स्तरको कर्मचारी दोषी ठहरिनु तर आदेश दिने र सदर गर्ने मुख्य व्यक्ति निर्दोष ठहर हुनुबाट रेवतीको मनस्थिति नराम्ररी खल्बलिन पुगेको थियो । नेपालको कर्मचारीतन्त्रको यो दूषित अवस्था बुझेर उनले त्यतिखेरै जागिरबाट राजिनामा दिन खोजेका थिए तर त्यसो गर्दा आफ्नै कमजोरी देखिने भएकाले छोड्न सकेका थिएनन् । चार वर्ष दुर्गममा र दुई वर्ष द्वन्द्वग्रस्त तराईको जिल्लामा वसेर पोहोर मात्र यहाँ सरुवा भएका उनको अनुहार सधैं उदासी र गम्भीर देखिन्थ्यो । अहिले अकस्मात उही भ्रष्ट र पतीत व्यक्ति सह–सचिवमा बढुवा भई आफ्नै हाकिम हुन आउँदा रेवतीको मनस्थितिमा पहिरो गएझैं भएको थियो । अव उनका अघि दुई विकल्प मात्र थिए— भोलिबाटै लागू हुने गरी राजिनामा दिने वा आफ्नो इमान, स्वाभिमान र विवेकलाई बन्धक राख्दै हिले पोखरीमा आहाल बस्ने ।

रेवती आज रातभर सुत्न सकेनन् । एकैछिन झकाउँदा उनले एउटा अनौठो सपना देखे— आफू एउटा आकर्षक र सफा देखिने पोखरीमा नुहाउन पसेको, पोखरीको भित्र विभिन्न खाले सर्प, भ्याकुता र किराहरु रहेका, आफू सर्पको डसाइबाट भाग्न खोजेको तर पोखरीको डिल अग्लो भएकाले उक्लिन नसकेको, सर्पले फणा उठाउँदै टोक्न तम्सिएको अनि निकै प्रयासपछि बल्लतल्ल त्यहाँबाट उम्किएको ! उनी पोखरीबाट बाहिर निस्कनासाथ ब्युँझिए । ब्युँझिएपछि पनि उनको मुटुको धड्कन बढिरहेको थियो । बिहानको चार बजेको थियो । उठेर बत्ती बाले र आडैको टेबलमा राखिएको जग उठाएर घट्घटी पानी पिए । बत्तीको उज्यालोले श्रीमती ब्यूँझन लागिन् । रेवतीले उज्यालो छेकिने गरी पछ्यौराले मुख छोपिदिएपछि उनी कोल्टे फर्केर सुतिन् । हिजो श्रीमतीले भनेको ‘सानो तिनो पसल गरेर बसौंला’ लाई सम्झे । उठेर फुलिस्केप कागज र कलम लिए । निकै गह्रुङ्गो मनका साथ कागजमा केही कोरे, पुछारमा सही गरे र खामभित्र राखी गमले बन्द गरे । खामको बाहिर केही लेखी त्यसलाई डायरीभित्र राखे अनि एकचोटि लामो सास फेरे । शरीर निकै हलुृका—चङ्गाझैं भएको महसूस गरे । बाथरुम गएर निस्कँदा श्रीमती उठिसकेकी थिइन् । श्रीमान्को अनुहार उज्यालो जस्तो लाग्यो तर पनि केही बोलिनन् । उनी प्रातः भ्रमणमा निस्के । आज बाटोमा निकै भुलेछन् । घर फर्किंदा नौ बजिसकेको थियो । खाना खाने सुरसारै नगरेको देखेर श्रीमतीले भनिन्—“हैन, ढिलो भएन अफिस जान ?” उनले डायरीभित्रको खाम झिकेर देखाई हाँस्दै भने—“यी ! जागिरलाई यहाँभित्र बन्द गरिदिएँ, अबदेखि जान्न !”

पोखरा ।

Dr. Krishna Raj Adhikari – Shahar Ko Tyo Ghar

डा.कृष्णराज अधिकारी – शहरको त्यो घर

”घरको बारेमा के सोच्नुभयो त काकी ? छोरासँग सल्लाह भयो होला नि ?” बाटोपारिको चिया पसलनेर टुक्रुक्क बसेर टोलाइरहेकी सावित्रीलाई गाउँकै भतिजो पर्नेले सोध्यो । पहिलेदेखि त्यही कुराको चिन्ता र द्विविधाको पोखरीमा डुबिरहेकी सावित्रीलाई उसको सोधाइले उत्रनतिर होइन झनै डुबाउन खोज्यो । उनी एकछिनसम्म केही बोलिनन् । जवाफ फर्काउनै पर्ने भएपछि भनिन्—“छोराले अहिले नबेच्ने भनेको छ । ऊ आएपछि मात्रै …।” “इन्द्र कहिले आउने भनेको छ ?” जग्गा बेच्नसक्ने झिनो आशा देखेपछि उसले सोध्यो । “खै, वैशाख–जेठसम्म आउँछु भन्थ्यो, के गर्छ ।” छोरो आउने खवर सुनाउँदा पनि काकीको अनुहारमा कुनै उत्साह र चमक थिएन वरु झनै उदासी र वेचैनी देखिन्थ्यो । पुसको चिसोले कठ्याङ्ग्रिएकी उनी बाटोपारिको सानो चियापसलतिर न्यानो घाम देखिएपछि घाम ताप्न त्यता गएकी थिइन् ।

तीन वर्ष भयो उनलाई घर बेच्न भनेर धेरै थरिका मानिसले दबाब दिन थालेको । घर त के भन्नु र नाम मात्रैको थियो तर घर भएको जग्गा बाटोमा परेकाले त्यसको महत्व बढेको थियो । उनले बुझेकी थिइन्— आफूलाई घर बेच्न भन्न आउनेहरु प्रायः आफ्नो घरमा घामसम्म छिर्न नदिने गरी डेढ–दुई फिट जग्गा मिच्दै आडैमा छ तले विशाल घर ठड्याउने उही महेन्द्रले पठाएका मानिसहरु हुन् । आफैंले सात वर्षअघि बेचेको आठ आना जग्गामा ठडिएको त्यस घरले आज उनैलाई सर्पले डसेझैं डसिरहेको थियो । पहाड जत्रै देखिने दक्षिणपट्टिको उक्त घरले गर्दा उनको एकनाले घर मात्र होइन पछाडिपट्टि बाँकी रहेको दुई–तीन आना जग्गाले समेत घामको मुख देख्न पाउँदैनथ्यो । एक वर्षसम्म थलिएर मरेका उनका पति खडानन्दको उपचारमा र अलिकति छोरीको विवाहमा लागेको ऋण तिर्ने उपाय नभएपछि उक्त जग्गा बेच्नुपरेको थियो उनलाई । बी.ए. पढ्दै गरेको उनको एउटै छोरो पनि यहाँ कुनै भविष्य नदेखेपछि अरव छिरेको थियो दुई वर्षअघि । अरव गए लगत्तै बिरामी भएको ऊ पैसा कमाउनु त कता उल्टै ऋणमा डुबिरहेको थियो । पैसा कमाउन नसकेपनि अरव जाँदाको ऋणसम्म नतिरी कसरी फर्किने ? यसैले आमाले फर्कनलाई निकै आग्रह गरेपनि र काम गर्न निकै गाह्रो भइरहे पनि ऊ फर्किन सकिरहेको थिएन ।

शहरमा बसोबास भएपछि आडैमा अग्ला–अग्ला घर ठडिनु स्वाभाविकै भए पनि त्यो घरले भने उनलाई निकै डसिरहेको थियो । विधवा महिला र केटकेटी छोरोलाई हेपेर महेन्द्रले दुई आना जति जग्गा मिचेरै त्यो घर बनाएको थियो । दुई–दुई आना मिचिएपछि उनले आफूले चिनेको जिल्लाको चर्चित नेता दीपकरामसँग सल्लाह लिन पुगिन् । उनको कुराले दीपकराम निकै उत्साहित भयो र सावित्रीलाई मुद्दा हाल्ने सल्लाह दियो । दीपकराम गाउँका यस्तै यस्ता समस्या खोज्दै हिड्थ्यो र त्यसलाई सल्टाउन पार्टीको अस्त्र प्रयोग गर्दै राम्रै कमाइ पनि गथ्र्यो । उसकै सल्लाहमा सावित्रीले छिमेकी महेन्द्रमाथि जग्गा मिचेको मुद्दा दायर गरिन् । दीपकरामले यता सावित्रीलाई मुद्दा दिन लगायो भने उता महेन्द्रलाई भेटेर भन्यो—“कसले उचालिदिएर हो कुन्नि सावित्रीले तपाईँमाथि मुद्दा हालिसकिछन् । मैले त्यो थाहा पाएर लालपूर्जा, नक्सा सबै हेरेँ, उनको दुई आनाभन्दा बढी जग्गा मिचिएकै रहेछ । मुद्दा उनैले जित्ने कुरामा कुनै शङ्का रहेन । मुद्दा छिनिहाल्यो भने धेरै लफडा हुन्छ, उस्तै परे यत्रो घरै भत्काउनुपर्ने हुनसक्छ । त्यसैले बरु सावित्रीलाई म मनाउँछु, तपाईँले मिचिएको जग्गा वापतको पैसा क्षतिपूर्ति दिनुहोस् । तपाईँजस्तो प्रतिष्ठित मान्छेले यसरी छिमेकीसँग मुद्दा खेपेर बस्नु राम्रो पनि होइन । जसरी हुन्छ मिलापत्र गर्नुपर्छ ।” महेन्द्रलाई त ‘के खोज्छस् काना ? आँखो’ भनेझैं भयो । उसले सावित्रीलाई भनेर मेलमिलाप गरी मुद्दा फिर्ता लिन दीपकरामलाई अनुरोध गर्न थाल्यो र मुद्दा मिलाइदिए वापत रु एकलाख दिने वचन पनि दियो । मुद्दा चलेको चार महिनापछि दीपकरामले आएर सावित्रीलाई भन्यो —“हेर्नोस् भाउजू, तपाईँको जग्गा त मिचिएकै हो, तर के गर्ने उसले त्यत्रो घर ठड्याइसक्यो । घर नबनाउँदै भए एउटा कुरा हुन्थ्यो, अव त्यो घरै भत्काउने कुरो आउँदैन । ऊ पैसावाल छ, सके पैसा खुवाएर मुद्दा उसैले जित्ला नभए पनि मुद्दा चार–पाँच वर्षसम्म चल्यो भने हाम्रो धेरै खर्च हुन्छ । हामीले नै जित्यौं भनेपनि उसबाट जग्गा वापतको रकम नै पाउने हो । त्यतिखेरसम्म उसले दिने रकमभन्दा मुद्दाको खर्च धेरै भइसकेको हुन्छ । आखिर आफ्नै छिमेकी प¥यो, मुद्दा गरेपछि सधैंलाई नराम्रो पनि हुन्छ । बरु मेरो विचारमा उसँग जग्गाको मूल्य लिएर मिलापत्र गर्दा नै ठिक होला ।” सावित्रीलाई झनक्क रिस उठ्यो । उनले मनमनै सोचिन्— ‘उसैले उचालेर मुद्दा हाल्न लगायो, खर्च पनि गरायो । नत्र महेन्द्रले ‘अमिन बोलाउने, कति मिचिएको छ त्यसको पैसा दिने’ त भनेकै थियो । अहिले फेरी किन यस्तो कुरा गर्छ !’ जति नै रिस उठेपनि दीपकरामले भनेको कुरा ‘हुँदैन’ भन्ने आँट उनमा थिएन । ऊ शक्तिशाली राजनीतिक पार्टीको जिल्लास्तरको नेता थियो । जसको सल्लाहले मुद्दा हालेकी थिइन् उसैले त्यसो भनेपछि उनले अर्को उपाय देखिनन् र सहमति जनाइन् । दीपकरामले मुद्दा मिलाइदिए वापत आफूले एक पैसा पनि नलिने तर पार्टीका लागि भने केही सहयोग गर्नुपर्ने कुरा राख्यो । चार लाख जग्गाधनीलाई दिने र मिलाइदिए वापत पार्टीलाई एकलाख सहयोग गर्ने सर्तमा महेन्द्र र दीपकरामवीच मौखिक सहमती भयो । उसले त्यो सहमती सावित्रीलाई नभन्ने कबूल गरायो । सावित्रीले मुद्दा फिर्ता लिइन् ।

दीपकराम आएर सावित्रीलाई भन्यो —“हेर्नोस् भाउजू, त्यो महेन्द्र फटाहा रहेछ, पहिले चार लाख दिन्छु भनेकोमा पछि आएर तीन लाखभन्दा दिन्न भन्यो । तर त्यसै खान आँटेको थियो, यति भएपनि झारियो भनेर चित्त बुझाउनु प¥यो । पार्टीले दवाव नदिएको भए यति पनि दिँदैनथ्यो ।” उसले दुई लाख रुपैयाँ सावित्रीको हातमा राखिदिँदै भन्यो—“ल भाउजू, यो दुई लाख रुपैयाँ राख्नुहोस् ।” अनि अर्को हातमा एक लाखको बिटो लिएर भन्यो—“यो एक लाखचाहिँ पार्टीलाई सहयोग गर्नुपर्छ । पार्टीकै दवावमा परेर ऊ सहमतिमा आएको हो नत्र कहाँ मान्दथ्यो र ? जिल्लाले हराए पनि सर्वोच्चसम्म पुग्छु भनेको थियो । सर्वोच्चसम्म मुद्दा लड्ने हो भने तपाईँको यही बँचेको जग्गा पनि सकिने थियो ।” सावित्री अवाक् भइन् । यसरी पार्टीको नाउँमा जानाजान एकलाख खाएकोमा उनलाई नेता र पार्टीप्रति नै तीव्र घृणा र आक्रोश पैदा भयो— ‘ऋणमा डुबेर घरै बेचेर हिँड्नुपर्ने अवस्थाकी विधवा, गरिव र असहाय महिलालाई पार्टीले सहयोग गर्नुपर्नेमा उल्टै पार्टीलाई सहयोग रे ! यो अवस्थामा पनि यो हदसम्मको शोषण र अन्याय ! धिक्कार ! यो समाजलाई, यी पार्टी र नेता भनाउँदालाई !’— दीपकरामले दिएको पैसा हातमै लिइराखेकी उनी एकछिनसम्म पीडाग्रस्त हुँदै स्तब्ध बनिन् केही बोलिनन् । ‘ल, भाउजू, म जान्छु’ भन्दै दीपकराम हिँड्यो ।

दीपकरामले आफूमाथि गरेको अझै ठूलो बेइमानी, धोका र शोषण त सावित्रीले त्यतिबेला थाहा पाइन् जव महेन्द्रले मुद्दा फिर्ता लिए वापत उनलाई चार लाख र दीपकरामलाई एकलाख दिएको कुरा थाहा पाइन् । उनीभित्र तीव्र पीडा, घृणा र आक्रोश एकसाथ उम्लिएर आयो —एउटा प्रतिष्ठित व्यक्ति भनिनेले अर्काको जग्गा मिचेर घर बनाउँछ, अनि अर्को राजनीतिक पार्टीको नेता भनिनेले मिलापत्रका नाउँमा आफूले तीन लाख खाएर पीडितलाई दुई लाख मात्र दिन्छ । यो कस्तो समाज ! कस्तो राजनीति !

पोहोर मात्र उत्तरपट्टिको आडैको जग्गामा पनि पाँचतले घर ठडिएपछि त उनलाई निस्सासिएको अनुभूति हुन थालेको थियो । उता घर पछाडिको आफ्नो जग्गामा फोहोर फालिदिएर हैरान पारिरहेका थिए । यसरी दुईतिरका अग्ला घरहरुले उनको ढुङ्गा–माटाको सानो घर र जग्गालाई किच्ने, थिच्ने र मिच्ने गरिरहेका थिए । कहिल्यै घामको स्पर्श नपाउने त्यस घरका भित्ताहरु सधैंको सेपमा परी लेउ लागेका थिए । बाटोमा हिँड्नेहरु त्यो घर नजिक आएपछि त्यतातिर दृष्टि फ्याँक्दथे विभिन्न सोच बनाएर । केही समय यता सावित्रीलाई घरमा बस्दा पनि कता कता निस्सासिएको अनुभूति हुन थालेको थियो । दुईतिरका विशाल घरको चेपुवामा परेको त्यो घर कतिखेर भत्किने हो र त्यसमा पुरिएर मर्नुपर्ने हो भन्ने एक खालको त्रास उब्जिरहन्थ्यो । छिमेकका ती ठुला घरवालाहरुबाट उनले कहिल्यै सहयोग र मित्रताको बोली समेत सुन्न पाइनन् । डसेरै र अत्याएरै उक्त घर–जग्गा हडप्ने छिमेकको दाउ हुँदो हो सायद । उत्तरको सँधियाराले घर भाडामा दिएकाले अरु नै बस्थे र त्यति वास्ता पनि गर्दैनथे तर आफैंले बेचेको जग्गामा घर बनाएको दक्षिणको सँधियारा भने निकै हेपाहा र पेलाहा थियो । उसले कतिपय मान्छेलाई सावित्री समक्ष पठाउँथ्यो र उनको घरको उपहास गर्न लगाउँथ्यो । कुनै भन्थे —“यस्तो शहर–बजारको बाटोको घर यो हालतमा राखिराख्न सुहाएन है फुपू ! कि आडाका घर सरह नयाँ घर ठड्याउनु प¥यो कि त बेच्नुप¥यो । हामी बाहिरका मानिसलाई पनि राम्रो भएन ।” अनि कुनै आएर सहानुभूतिको अभिनय गर्दै भन्थे—“छोराले पैसा कमाएर यो सरहमा घर उभ्याउन सक्दैन, सधैंभरि यस्तो चिसो सेपमा ठुला घरले चेपिएर बस्नु पनि ठीक हुँदैन सावित्री ! बरु छोरालाई भनेर बेच्नतिर लाग, राम्रै मोल आउँछ । अन्त गएर अलि चाक्लो जग्गामा राम्रो घर बनाएर बस्ता जाती हुन्छ ।”

सावित्रीलाई पनि यसरी हेपिएर सेपमुनि बस्न त पटक्कै मन थिएन तर यही घरमा लोग्नेले आफूलाई भिœयाएको, यही घरमा छोराछोरीहरु जन्मे–हुर्केका र यहीँको परिवेश र वातावरणमा आफ्नो जीवन व्यतित भएकाले अव बुढेसकालमा नयाँ ठाउँमा गएर बस्न मनले मानिरहेको थिएन । फेरि लोग्ने खडानन्दले पनि ‘घर बाटोमा भएकाले स–सानो पसल गरेर पनि जीवन निर्वाह गर्न सकिन्छ, यहाँ बेचेर कतै नजानु’ भनेकाले पनि घरै बेचेर हिँड्दा लोग्नेको आत्मामा चोट पुग्ने ठान्दथिन् उनी । उमेरले छब्बीसको लागे पनि एकातिर घरको नाजुक अवस्था र अर्कातिर केही कमाउन भनी अरव पुग्दा विरामी भई ऋण लागेको अवस्थाले छोराको मनोबल उठ्न सकेको थिएन । आफू जन्मे–हुर्केको घर र आफ्नो नाभी गाडिएको जग्गा बेचेर त्यहाँबाट हिँड्नु उसका लागि पनि कम पीडादायी थिएन । तर नबेचौं भन्नलाई उसले अर्को भरपर्दो विकल्प पनि भेटाउन सकेको थिएन । यसैले भन्नलाई त आमाले झैं उसले पनि ‘बेच्ने होइन’ नै भन्थ्यो तर दुई ठुला पहाडको बीचमा च्यापिएर निस्सासिँदै बस्नु उसलाई पनि कम पीडादायी थिएन । आमाछोरा दुवैलाई घरको सेपलेभन्दा पनि छिमेकको व्यवहार र हेपाइले मर्माहत पारेको थियो । उनीहरुले बाहिर कहिल्यै कसैसँग जग्गा बेच्ने कुरै गरेका थिएनन् तर पनि किन बारम्बार महेन्द्रले जग्गा बेच्न भनिरहन्छ ? आर्थिक कमजोरी र सोझा आमाछोराको परिस्थितिमाथि किन ऊ बारम्बार खेलबाड गरिरहन्छ ?
आमाले बेच्ने सुरसार नगरेपछि एकपटक त महेन्द्रले सावित्रीकी छोरी उषालाई माइत आउँदा भेटेरै भनेको थियो—‘उतिखेर यो जग्गा पनि किन्न पाइन्छ भन्ने लागेर घर ठुलै बनाइयो, घर अनुसार पार्किङ, गार्डेन सबै चाहिने भएपछि अहिले साँघुरो–साँघुरो भइरहेछ । मलाईभन्दा पनि आमालाई झन् गाह्रो भएको छ । अव दुवैतिर अग्ला–अग्ला घर बनिदिए, त्यै अनुसारको घर बनाउन सके त ठिकै हुन्थ्यो, नत्र …बीचमा च्यापिएर बसेजस्तो हुन्छ । उता होटलवालाले घर पछिल्तिर फोहोर फालिदिन्छ भन्छन् । दुवैतिरकाले अलिकति उठाएर घर बनाएकोले आमाको घरमा बर्षामा पानी जम्छ, उता बाटोको भेल समेत पस्छ, निकास छैन । हुन त मलाई तपाईँहरु जस्तो पुरानो बासिन्दा बसिराखेकै राम्रो हुन्थ्यो, यस्तो बाटोको घर–जग्गा बेच्नुहुँदैन भनेर सम्झाउनुपर्ने पनि हो । तर के गर्ने नानी ! तपाईँले सबै देख्नु–बुझ्नु भएको छ । अव आमालाई भनेर कि अग्लो गरेर जग उठाई घर बनाउनु प¥यो, हैन सकिँदैन भने बेचेर अन्त अलि फराक ठाउँमा जाने हो भने यो बेचेको पैसाले जग्गा किनेर घर पनि बन्छ । आमालाई राम्ररी सम्झाउनु होला ।” उता सावित्रीका छोरी–ज्वाइँ भन्ने गर्थे—“त्यहाँ बस्न त कसै सकिँदैन । बरु बेच्नै परेपछि त्यही महेन्द्रेलाई नै किन दिने ? जसले बढी मोल दिन्छ त्यसैलाई दिने । हामीलाई अप्ठेरो पार्नेलाई किन सजिलो पारिदिने ? ज्वाइँको कुरा सावित्रीलाई पनि ठिकै लाग्यो र उनले ग्राहक खोज्न ज्वाइँलाई भनिन् । तर जग्गा हेर्न आउने सबैलाई उसले नानाभाँती कुरा गरेर भड्काइदिन्थ्यो । कहिले ‘मेरो जग्गा पुगेको छैन, त्यहाँ घुसेको छ’ भन्थ्यो भने कहिले ‘त्यो जग्गामा किचलो छ, मुद्दा परेको छ, किन्न हुँदैन’ भनिदिन्थ्यो ।

महेन्द्रले उता विदेशमा रहेको छोरालाई पनि फोन गरेर हैरान पाथ्र्यो । आफूले मात्र गरेर नभई अरुलाई पनि फोेन गर्न लगाउँथ्यो । साँघुरो जग्गामा विशाल घर बनाएकाले उसलाई साँधको त्यो जग्गा आवश्यक पनि थियो । सावित्रीको स्थिति बुझेको ऊ जसरी पनि त्यो जग्गा अँठ्याएरै छाड्ने दाउमा थियो यसैले अरु तीन तिर ढुङ्गाको पक्की पर्खाल लगाए पनि त्यतातिर भने ब्लकको अस्थायी पर्खाल लगाएको थियो ।

आज पनि सावित्री बाटो पारी गएर घाम ताप्दै घरी आफ्नो झुप्रो घर र घरी दायाँ वायाँ ठडिएका पहाडतुल्य विशाल घरहरुलाई हेरिरहेकी थिइन् । उनले छोराको बारेमा सोचिन्—‘अरव गएर उतै बिरामी परेको सोभित पैसा कमाउने स्थितिमा छैन र फर्केर आई अरु कुनै पौरख गरेर यही ठाउँमा पक्की घर बनाउला भन्ने पनि छैन । फेरि उसको बिहे पनि गर्नुछ । यस्तो घरमा कसरी बुहारी भिœयाउने ? आखिर यो घर ढिलो चाँडो भत्काउनै पर्छ र सानै भएपनि पक्की ढलान घर नबनाइ हुँदैन । अन्त बेच्ने जग्गा छैन, कमाउने आधार पनि छैन । बरु बाँझापाटनतिर गई अलि सस्तो जग्गा खोजेर बस्नुपर्ला । एक–दुई जना आफन्त पनि छन् । यहाँ बेचेको पैसाले एक टुक्रा जग्गामा चार कोठे घर बनाएर सोभितको बिहे गर्न पुगे हुन्थ्यो । सोभिते कति दुखिया र अभागी रहेछ ! त्यसलाई बाबुको थलोमा बस्न पनि लेखेको रहेनछ, अव ऊ आएपछि यही सल्लाह गर्नुपर्ला !’ निकै बेर टोलाएर सोचेपछि उनी लामो सास तान्दै उठिन् ।

सोभित कतारबाट आइपुग्यो । दुब्लाएर हाडछाला मात्र देखिन्थ्यो । बेलुका खाना खाएपछि आमाछोरा घर–व्यवहारका कुरा गर्न थाले— “बाबु, आएर राम्रो गरिस् । अव यहाँ बस्न नसकिने भयो । बरु कसरी हुन्छ यहाँको बेचेर बाँझाखेततिर गई त्यतै एउटा सानोसानो घर बनाएर बसौं । घर बनाएपछि तेरो बिहे पनि गर्नुपर्छ । जग्गा बेचेर घर नबनाई र बिहे नगरी अव कतै जाने सुर नगर ।” सोभितले पुलुक्क आमाको मुखमा हे¥यो । त्यहाँ अव्यक्त पीडा र व्यथा भरिएको थियो । एकछिनसम्म ऊ केही बोलेन । उसले पुराना दिनहरु संझ्यो—‘यो भनेको बाबु–बाजेको छाला हो । पुर्खाको छाला छोडेर कतै जानु हुँदैन बाबु ! त्यस्तो सोचिस् भने पनि पाप लाग्छ ।’ बाबु बितेको साल उनै आमाले त्यस्तो भनेकी थिइन् तर आज …? हुन त सोभितको भित्री सोचाइ पनि यहाँ बेचेर अन्त जाने नै थियो तर आफैंले त्यस्तो कुरा गर्नु पितृप्रतिको अनास्था र आफ्नो नालायकीपन देखिने डर थियो । त्यसैले आफ्नो पितृथलोप्रति आस्था देखाउँदै र आमाले भनेका पुराना कुराको संबोधन गर्दै उसले भन्यो—“के भन्नुभएको आमा ! जे भएपनि बाबु–बाजेको छाला हो, यस्तो शहरको घर–जग्गा बेचेर त्यति पर जाने ? अरु गाउँबाट शहर झर्छन्, हामीचाहिँ उल्टो बजार छोडेर गाउँतिर ?” उसले भन्न त भन्यो तर आमाको मन राखिदिनलाई मात्र ।

सावित्रीले गम्भीर भएर भनिन्—“बाबु, यी शहर–बजारहरु हाम्रा लागि होइनन् । हामी यहाँ अटाउँदैनौं । शहरले थोरै पैसामा हाम्रो पसिना किन्छ, रगत निचोर्छ, मानवता किच्छ र नैतिकता थिच्छ । पहिला त यो शहर जस्तो थिएन र तेरा बाबु–बाजे अटाएथे । अव त यो शहर भइसक्यो र अझ ठूलो शहर हुँदैछ । यहाँ त जालझेल र अनेक तिकडम जान्ने, फट्याइँ गर्ने अनि पैसाको लागि जे पनि गर्ने मानिस, नैतिकता हराएका व्यापारी, घुसखोर कर्मचारी र फटाहा नेताहरु अनि मानवता गुमाएका मानिसहरु बस्ने ठाउँ हो । यहाँ उनीहरुले हामीजस्तालाई डस्दै जान्छन्, हामीहरु हट्दै जाने हो । घर बेचेर हिँड्नुपर्ने स्थितिका हामी मात्रै होइनौं । कोही पहिल्यै हिँडिसके र बाँकी अरु पनि विस्तारै हिँड्ने छन् । तेरा छोरा–नातिहरु पनि तँ जस्तै सोझा र सज्जन भए भने, नैतिकता र मानवता यसरी नै शहर–बजारबाट निख्रँदै गयो भने अनि राज्य–व्यवस्था यस्तै रहिरह्यो भने तेरा छोरा–नातिहरुले त्यो बाँझाखेतबाट पनि फेरि अर्को बाँझाखेत खोज्दै हिँड्नुपर्नेछ ।”
दुवै आमाछोरा एकछिन चुप रहे । एकैछिनको सन्नाटापछि सोभितले भन्यो—“हुन्छ आमा, मेरो मनमा त पहिल्यै त्यस्तो विचार आएको थियो तर तपाईँले पहिले भनेको ‘बाबुको छाला बेचेर हिँडे पाप लाग्छ’ भन्ने कुरा मनमा गडेकाले नै केही भन्न नसकेको हुँ ।” यति भन्दै सोभित सुत्न भनी कोठातिर लाग्यो । ओछ्यानमा त पल्टियो तर निद लागेन । ‘यो शहर हामी जस्ताको लागि होइन बाबु’ आमाको यो भनाइ सूल बनेर रातभर डसिरह्यो ।