Mithila Pyakurel – Euta Tara

मिथिला प्याकुरेल – एउटा तारा
(Source: Himal Khabar)

एउटा तारा मलाई आकाशबाट हेर्छ राति173राति
नआउञ्जेल भानु प्यारा मलाई आकाशबाट हेर्छ रातिराति

मन हुँदो हो उसको पनि सँगै बस्न प्रीतले कस्न
तर ऊ त कठैबरा मलाई आकाशबाट हेर्छ रातिराति

एकछिन नदेख्दा मन कति आत्तिन्छ भन्छन् प्रेम गर्नेहरू
पर्खिएरै रात सारा मलाई आकाशबाट हेर्छ राति173राति

छट्पटिन्छ आत्तिन्छ म देख्न कति तड्पन्छ त्यो
भन्दैन तर केही विचरा मलाई आकाशबाट हेर्छ रातिराति

नबोलेरै काट्छ रात शीतको आँसु छाड्छ बिहान
यस्तो छ जो कर्महारा मलाई आकाशबाट हेर्छ रातिराति