Basanta Mohan Adhikari – Abhishap

बसन्त मोहन अधिकारी – अभिषाप

लोभी,
पापी,
निर्दही,
निर्मोही!
रुप रंग उडाएर
चुस्न सम्म चुस्यौ ।
बदनाम गराएर
उपभोग गर्यौ ।
त्यतिले नपुगेर
हेर मन्दिरमा
रीति रिवाजमा
मलाई चुडेर
जीवनको अन्त्य
यो धर्म कर्ममा ।
हे शुन्दरी
सुकुमारी
रंगीन स्वरुपका फूलहरु!
मनमोहक आकृतिमा
तिमीले लठ्याएर
यो मन चोर्यौ
आज सम्म नभरीएको लोभ
तिमीले नै भर्यौ
म लोभी होइन
तिमीले लोभ्याई दियौ ।
मलाई के थाहा
तिम्रो स्वाद
आफ्नो रुपले लोभ्याएर
मलाई डाँकी
रसपान गराई दियौ
स्वर्ग देखाई दियौ
बानी लगाई दियौ
त्यसकै प्रतिफल
मेरो निरन्तरता
तिमीहरुको विभिन्नतामा
म पापी होइन ।
सोध प्रतेक भमराहरुलाई
उँ संग मन मुटु छ
माया ममता प्रेम छ
विश्वासमा
हरेक फूलहरुसँग बस्छ ।
तिम्रो नाई नास्ती भए
म के गर्न सक्छु र
एकबाट अर्को
अर्कोबाट अर्को
यो मन र तनलाई
डाँक्ने र लाने
दिने र खुवाउँने
तिमी फूलहरु
एकले अर्कोको
खोस्दै छौ
छिन्दै छौ
स्वयमलाई रुवाउँदै छौ
म निष्ठुरी होइन ।
हे फलहरु!
मेरो दोष देखाई
मलाई गाली नगर
यो तिम्रो रुप रंग
बानी ब्यहोरा नै
स्वयमको अभिषाप हो ।