Sarubhakta – Naara

भ्यागुतोत्सव
सर्पखाने सर्पहरु
म्याग्नाकार्टा वोकेर हिडिरहेछन्
वालुवाका नदीहरुमा
शवगृहः पिटिसन अफ् राइट
राजा चाल्र्स – क्रमवेल नियतिका समीकरणहरु
छेपारोका रङ्ग समिश्रित
‘म नै राज्य हुँ !’ वुरबनवंशीय अहम्नादहरु
मेडम घाटा – रानी एन्टोनियटका वुर्जुवाई अज्ञानताहरु
‘पाउरोटी छैन भने केक खाउ
केक खाउ’
गिलेटीनका मुहानबाट जन्मन्छन् जिन्दगीका
रक्तिम इतिहासहरु
खोई नेपोलियनका उदयहरु ?
निमुखा बुद्धका सन्तााहरु, आउ
हिटलर जन्माऔं
पुनरावृत कोतपर्वहरु
यो कुरा स्वयंशिद्ध छ, मौका पाए
सबै नेपाली जङ्गबहादुर बन्छन् सबै जङ्गबहादुर
नेपाली बन्छन्
के आइ सिँह विद्रोहहरु
चार्लच्याप्लिन मार्काका हाँसोहरुमा डुब्छन्
ए, लौहपुरुषहरु ?
अजस्रधारा – लौहभष्महरुमा अनुदित छन्
आउ, कम्युटर रेसिङ क्याफेतिर जाऔं
क्रेडिट, अक्टोपस कार्ड किनेर
व्रेकिङ न्यूज ः दुनियाँ जलिरहेछ किन जेनहरु
ध्यान बस्दैछन् ?
टाइफुन नं आठ नेपाली वेश्याहरु सोध्छन्
नेपाली सज्जनहरुसित – ‘वोर्डरमा वस्नेहरुलाई सोध ’
‘हत्या गर अनि बाँच !’ सैतान देवताका सृष्टिहरु
आह ! सिलहट बुद्धका छाँयामन्तिर जंगली डिङ्गेहरु
शवगृहनिर्वाणमा लागेका छन्
महामूर्ख संगायनाः वुद्धिमानहरु कता भागे ?
जिन्दगीको अढाँट तथ्य रामनाम सत्य होइन
रावण नाम सत्य हो ।
हिमालहरुको देशः हिउँका कर्निसहरु चढौं
हाम्रो नारा छँदैछ – ‘राष्ट्रिय अराष्ट्रवाद !’
जिन्दावाद !
जिन्दावाद !
जिन्दावाद !