Sarubhakta – Santras Ko Chhaya Mantira

समयभरि समयपीडा हुन्छ
जिन्दगी दूर्घटनाका अवतरणहरुमा
जुध्दै गर्दा÷मृत्यु आखेटकहरु
नृशंसयात्रामा निस्केका छन्
सागरमन्तिर छ जिन्दगी
त्यसैले धु्रवीय भालुहरु
ब्रिडिङ होल कुरी बसेका छन्
फ्याउफ्याउ प्याउराहरु
तर्सदै तर्साउने प्रयासमा जुटेका छन्
भ्यागुताहरुको स्वर्गमा
जोनबुलका चुस्कीलिदै हुर्किएका छन्
साँपहरु
हामी सम्वेदना हराएका मन वोकेर
प्लाष्टिकका घरहरु वनाउन सक्दैनौ
मुक्ताञ्चल ः स्वप्नदुस्वप्नका प्रतिच्छाँया छन्
कस्ले भन्दैछ ब्द्यऋ जीवनका
हिमउपत्यकातिर
‘न्हूदया भिन्तुना अलकायदा !’
एकीकरणवादी मनहरु
जाउँ आलु पार्टीमा
अनि केही समय बिर्सिदिउँ आफैलाई
जिन्दगी ः हराएको विम्वको खोजीझै
अनवरत् व्यग्रतामा पागल छ
सर्वत्र हेर, जिन्दगी काट्ने दर्जीहरु
कम्ब्याट परिधानमा सुसज्जित छन्
ए ! वजार बन्द छ कि खुला छ ?
बजारवासीहरुलाई थाहा छैन
यसर्थ आतङ्कगन्धले टोलाइरहेछन्
देशका रमजान र छठपर्वहरु
‘सुरक्षित को छ यो देशमा ?’
प्रश्न गर्छन् शरणार्थी मनहरु
आह ! म सन्त्रासको छाँयामन्तिर
सृष्टिको के वादल देख्दैछु ?