Harihar Dahal – Aba Afain Aghi Badhne Po Ho Ki

फुल फुलाउनेहरु बोट निमोठ्छन
फल फलाउनेहरु हाँगा भाँच्छन
बालि रोप्नेहरु जोत्दैनन
खन्नेहरु खन्दैनन
औजार हुनेहरु किन आँफै अघि सर्दैनन ?
अब आँफै जोत्ने पो हो कि!

थाम्नेहरु हात छोडि दिन्छन
हाँक्नेहरुले गन्तब्यमा पुर्‍याउदैनन
लान्छु भन्नेहरुले लाँदैनन
गएकाहरुले बोलाँउदैनन
खुट्टा हुनेहरु किन आँफै हिड्दैनन?
अब आँफै हिंड्ने पो हो कि!

चौकिदारले चोर्न थाले पछी
भण्डार कँहा सुरक्षित रहन्छ र!
बिस्वासमा संकट आएको बेला हो यो
तालाचाबी खोस्ने पो हो कि!
भण्डार भित्र आँफै पस्ने पो हो कि!
सानो मान्छेको ठुलो स्वर भनी’सेला

रिसानी माफ हजुर,
हजुरहरु सबैलाई
कालो मोसो धस्ने पो हो कि!

किन- विश्वास तुहिन्छ बारम्बार?
किन- भरोसा भत्किन्छ दिनदिनै?
किन- कँही, कतै, केहि हुदैन ?
किन- नहुनु पर्ने मात्र हुन्छ आजकाल ?

अब आँफै अघी बढ्ने पो हो कि!