Rabindra Nath Thakur – Abhisar [From Geetanjali]

हे मेरा प्राण सखा !
आज वर्षाको वेला मिलनको लागि कहाँ बाहिर हिँड्यौ ?
आकाश निराशामा रोइरहेछ :
मेरा आँखामा आज निद्रा छैन,
हे प्रियतम, ढोका खोल, म तिमै्र बाटो हेरिरहेछु ।
बाहिर केही देखिँदैन, तिम्रो बाटो कहाँ छ, यही म सोचिरहेछु ।
कुनै टाढाका नदीको किनारमा, कुनै भयानका वनको शिविरमा
अथवा कुनै अन्धकारमा :
हे मेरा प्राण–सखा ! तिमी कतै गएका छैनौ ?