Rajab – Yuddha Ma

फलाम र
त्यसका ठाँडाहरूमात्र
आतुर छन्
युद्धमा कुद्न
इस्पात र
त्यसका वाहनहरूमात्र
आतुर छन्
युद्धमा उडान भर्न
कुजीव, निर्जीव
खनिज लवणमात्र तयार छन्
युद्धमा जम्न
हजारौं मानिसका छातीमा
खर्च भएका गोलीका खोकाहरू
अवाक् छन्
धेरै कालदेखि युद्धले
मानिसको आशा
ठगिरहेछ