Rajab – Kavi Sanga

थोरै बोलेर
लामो घाउ दिनसक्ने
पृथ्वीमा बलियो
कविमात्र हो
कविसँग
फूलहरू, किरणहरू, छायाँहरू, पानीका गतिहरू
दुःखहरू, खुसीहरू
अँध्यारो, उज्यालो सब
भरोसा गर्छन्
पृथ्वीको भरोसा लायकको
जीवन हो कवि
कविसँग
श्रमका पसिनाहरू
हातका ठेलाहरू
अन्नका तृष्णाहरू
झरीका चराहरू
रुझेका बालकहरू
अभिव्यक्त हुने आश गर्छन्