Bipin Singhal – Ma Amar Bhai Saken

बिपिन सिंघल – म अमर भैसके

गास्दिन्न भन्दा भन्दै
पिरती गासिसके ,
अस्विकार उनको
प्रेम उद्देश्य स्विकार गरि
जिन्दगिको नाममा
उनलाइ सॉचिसके ।।

यी सरिला
नयन भरिका
दुःख सागरमा
खुशीहरु भेट्न
उनमा आफुलाइ
स्नेह गरिसके ।।

निश्चल निष्कपट झरी
न्यायकी देवी सरी
उनको रिसाउने बानी मै
माया लुकेको कुरा बुझिसके ।।

उनको हात समाई
उनको मधुर मुस्कान
मा भिजदै ,जिन्दगीका
रंगीचंगी सपना बुनिसके ।।

उनिसँगको सुन्दर संसारको
उत्सवमा छचल्किंदै
हर्ष र उमंगको
बर्षातमा घनकीदै
अजर भैसके ,
उनको सास मा सास मिलाइ
अमर भैसके ,
म अमर भैसके ।।