Bipin Singhal – Kehi Mitho Baat Gar

बिपिन सिंघल – केही मिठो बात गर्

केही मिठो बात गर्
बात स-संगै मनमा सर् !

अमर भइ कुँदिएका
तिम्रो मायाको सागर खोली
सदा बग्ने गरि संरक्षण गर् !
माया नै माया चारैतिर छर् !

हासी खेली रमण रुपमा
मुटुभरी खुसी – हर्ष को माहोल बिछ्याइ
यी दुख – आसुका दुनियाँ लड् !
एक सबल – सक्षम मान्छे बन् !

यो बिशाल स्वार्थ संसारमा सुख नखोज्
एक सुन्दर पारिवारिक र बृहतर समाजिक
जीवन को संरचना गरि
सानासाना छोटाछोटा कुरामा सुख खोज् !
आफ्नु सारा जीवन सुखै सुखको नेतृत्वमा सज् !

धनको लोभमा जिवनको मौजाहरु सिमित नराख
आफै साझेदार भइ माया – मोहको लोभमा
जीवन यातना गर्
आउ केही मिठो बात गर् !
बात स-संगै मनमा सर्!