Bipin Singhal – Nirdosh Chari

बिपिन सिंघल – निर्दोष चरी !!

किन ? न्याय पाएन ! भन
यस जनपथमा,
कयौं अनुसन्धान पछि पनि
किन? समातिएन त्यो दानव
जस्ले यस्तो कहालीलाग्दो ब्यवहार गर्यो
किन ? न्याय पाएन निर्दोष चरिले ! भन
किन ? न्याय पाएन निर्दोष चरिले ।।

किन ? यहाँ यी दानव को चाहना शरीर
सानो चरिको —त्यस्तो शरीर जसमा दुई टन मुटु
एक मुठ्ठी जत्रो ,
पखेटा भने भर्खरै पलाइरहेको
सपना भने भर्खरै सजिरहेको
सारा उनको सानो नयनमा सृजना
तर यी सारा सपना दानव को कर्तुत ले गर्दा
बस एक लासमा सृजना !
भन ! ए सरकार,
किन ? नर्क पुगेका छैन्न यी दानवहरु
किन ? न्याय पाएन निर्दोष चरिले ! भन
किन ? न्याय पाएन निर्दोष चरिले ।।

अब बितिसक्यो 6 महिना सार्वजनिक विरोध गर्दागर्दै
अब बितिसक्यो 6 महिना उनले दुनियाँ छोडेको
र अनि
आज बेष्टित छ्न यी सारा social media
निर्दोष चरिको दुःखद् मा
तैपनी अझ किन? छैन्न सरकारको आँखा यो दुःखद् मा
अझ किन ? सरकार मौन छ
अब त न्याय पाउने आसा पनि ओभर छ ,
किन ? न्याय पाएन निर्दोष चरिले ! भन
किन ? न्याय पाएन निर्दोष चरिले ।।

यसरी न्याय नपाउनु
यी दानव हरुको कालो व्यवहार अझ बढ्नु हो ?
बिलकुल अत्याचार !
बिलकुल अत्याचार !
यसरी न्याय नपाएर
परिवार को मात्र होईन सारा नेपालिको
गम्भीर अवस्था !
अग्घोर पाप हो यो !
अग्घोर पाप हो यो !
ए ! डराउछयौ किन ? दानवले छन्न यो समाजमा
किन ? गर्दैनौ सर्वनास यी दानवको , भन
ए सरकार !भन
किन ? न्याय पाएन निर्दोष चरिले ! भन
किन ? न्याय पाएन निर्दोष चरिले ।।

भो अब अति नै भो ,.
यो टिन झैँ खोक्रो सरकार
केवल काँचुली ? केवल बोक्रो ?
हामिले सहन जति सहयौ
अब अझ सहन सकिन्न
अब तयार छौ हामी सारा नेपाली ,
उनको न्यायको लागि
नेपाल सरकारको रगत पिउन
अब तयार छौ हामी सारा नेपाली ,
उनको न्यायको लागि
यो सारा संसार धाउन !!
अनि हेरमला
कसरी ? न्याय पाउदैन्न निर्दोष चरिले
अनि सुनमला सरकारको जवाफ –
किन ? न्याय पाएन निर्दोष चरिले ।।