Biplav Pratik – Maanis Haru

बिप्लव प्रतिक – मानिसहरू

मानिसहरू
आआफ्नो जीवनको चुलोमा
आआफ्नै आग्रह, अनुभव र अनुभूतिका
दाउराहरू विचारले सल्काएर
मृत्युको जाउलो पकाइरहेछन्
र खाइरहेछन्
अनि आफ्नै मृत्यु मरिरहेछन् ।

२५ अप्रिल १९९१, घट्टेकुलो