Bipin Singhal – Andhyaro Andhyaro Chha

बिपिन सिंघल – अध्यारो अँध्यारो छ

अध्यारो अँध्यारो छ
देख्दिन कुनै ?
सुन्दर दुनियाँ यहाँ
आँखा अँध्यारो छ ।।

उदासीको पर्दा उठाएर
बाहिर हेर्न खोज छु,
रेसम सरि मुटुले
दुनियाँको सुन्दरता
महसुस गरि रमन खोज्छ,
तर ,देख्दिन कुनै ?
सुन्दर दुनियाँ यहाँ
आँखा अँध्यारो छ ।।

हावाको गुनगुनाहट ले
भिन्न सन्देश को जालो
बुनेको आभास गरछु
पानीको बर्सात ले
पृथ्वीको चिसोपन र कोमलता को
आभास गराउ छ,यी सुगन्धित
फुलहरुले साच्चै वातावरण नै
सुरिला धुन मा सज् छ,
यस्ता कयौं सुन्दर सोच
मेरा आँखा भरी धमिलो
भै बसेको छ !
खै देख्दिन कुनै ?
सुन्दर दुनियाँ यहाँ
आँखा अँध्यारो छ ।।

सायद यो दुनियाँ झै
मेरो अनुहार पनि सुन्दर होला कि ?
तर फरक पर्दैन्न मलाइ
अनुहार सुन्दर भए या नभए पनि
बस! हृदय सुन्दर चाहन्छु !
तैपनी एकपल्ट यो दुनियाँ
स-संगै मेरो अनुहारको सुनदरता हेर्न चाहन्छु!
तर सक्दिनँ हेर्न , कवै
देख्दिन कुनै ?
सुन्दर दुनियाँ यहाँ
आँखा अँध्यारो छ ।।

निधन ~ म भित्र बाचेको म
दनियाँ को सन्दरता हेर्ने यात्रामा ,
तर ,अध्यारो अँध्यारो छ , यात्रा भरी
देख्दिन कुनै ?
सुन्दर दुनियाँ यहाँ
आँखा अँध्यारो छ ।।
आँखा अँध्यारो छ ।।

Bipin Singhal – Pyari Chhori

बिपिन सिंघल – प्यारी छोरी

मेरो ओठ मेरो मुस्कानमा
मेरो नयन मेरो कपालमा
फिदा यी सारा प्रकृति
रंगिदै छन मेरो रङ्गमा ,

कहिल्यै अप्सरा कहिल्यै
परि कहलाउछु म !
सबको मन जितदै
मुटुमुटुमा वास गर्छ म !

कयौंले मलाइ घृणा गरेपनी
बाबा आमाको प्यारी छु म !
घरको महारानी छु म !

म बिनाको
कुनै सुख छैन यहा,
म बिनाको
कुनै दुनियाँ छैन यहाँ ,

प्रकृति भरी सुन्दरता छर्दै
प्रकृति संगै रमने बानी छ मेरो
समाज मा बेग्लै पहिचान छ मेरो ,
प्यारी छोरी भन्नी नाम छ मेरो !!
प्यारी छोरी भन्नी नाम छ मेरो !!

Bipin Singhal – Moha Maya

बिपिन सिंघल – मोह — माया

साहस !!
सुर्यको प्रकाश झै उदाउने साहस
शिखर को चुचुरोमा उदाउने साहस

रंग !!
तिम्रो मोहमा आफ्नो संसार रंगने रंग,
जिवन का स-सना मौजाहरु सामु
मंङल दिप जलाइ सुभ मङलमा
जीवन रंगने रंग,
तिम्रो अधरामृतले मेरो दिन रंगने रंग
अझ पनि खोज्दै छु यी सारा रंग

अनुभूति !!
प्रश्नैप्रश्न ले भरिएको जिन्दगी
मेरो कयौं उतरहरु थुपार्दै जिन्दगिमाथी
विजश्री प्राप्त गरेको अनुभुती ,
निरुतर ती जिन्दगीका प्रश्नहरुको सफरमा
प्राप्ती सारा जिन्दगिका प्रसव काल समापिदै
गएको अनुभुती ,
तिम्रा सबै अनुभुतिहरु मेरा पनि अनुभूति
सानो कवितामा श्रृङ्गारिदै लेखिएको अनुभुती

मोह !!
तिम्रो मोहको कमि छैन,
कमि छैन मौनताको —
मात्र कज्जल जस्तो — आखाको
कथम् छरिएको तिम्रो मायाको रंग—
तिम्रो सुन्दर कनीनिका जस्तो,
सदा मलाइ साहस प्रदान गरिरहन्छ
मेरो जिन्दगिको मोल को आनुभुती पनि गराइरहन्छ
त्यसैले त मेरो जीवन तिम्रो मायाको सागरमा बगिरहन्छ ,
सदा उदाइ रहन्छ
तिम्रो मोह को शिखर को चुचुरोमा –
सुर्य को प्रकाश झै
एक अमृत भै ,
तिम्रो माया बनि

Bipin Singhal – Adhura Sapana

बिपिन सिंघल – अधुरा सपना

सानो आँखा मा
अनेकौं सपनाहरु
हुन्छन्,
कुनै सानो त
कुनै ठुलो हुन्छन् ।

कुनैकुनै उमंगमा
पलाउन खोज्छन्,
कुनैकुनै सुकेनास
मर्न खोज्छन् ।

कस्तो जिन्दगी यो
किन सपना बुन्छन ,
किन पुरा नहुने
डर मानी टुंगिन्छन् ।

बुनिनु टुंगिनु
एकतमास तपिरहनु,
यहि त हो ~
सपना बुननु को परिणाम ,
यहि त हो ~
अधुरा सपना भन्नी नाम ।।

Bipin Singhal – Maun Ankha

बिपिन सिंघल – मौन आँखा

आँसु कलकल बगिरहेछ
आँखा मौनतामै पुरिएकोछ |

अनेकौं सपना….
सैद्धान्तिक चाहना…
जिन्दगीको छ ठुला ठुला रहरहरु ?
जिन्दगीको मरण हुने वित्तिकै ?
शरीर को खरानी संगै नष्टिन्छ सारा रहरहरु,
शरीरको आत्मा संगै उडेर जान सक्छ ती सपना |

बेचैनि छ केही सपनालाइ
बिपनामा परिवर्तन गर्ने मन्द,
जबसम्म साँस र दिमाग
छैन बन्द ,
जाबो झन भरिको मौजाको लागि
यत्रो मेहनत गर्दै छु…
आखिर एकै साँस ले जिन्दगी खोस्नेछ |

ढकमक्क सज्न नसके पनि
सजेका थिए केही सपना
समयको कलकल संगै
ओइलेर गयो ती सजिएका सपना |

सालिक पुरिएको धूलोमै
मिसियो मेरो शरीरको खरानी ,
खै किन भग्वनले मान्छे बनाउछ ?
खै किन मान्छेले सपना बुन्छ ?
खै किन सपना कै लागि आँखा रुन्छ ?
खै किन आँखा मौनतामै पुरिन्छ ?

Bipin Singhal – Adhuara Sapana

बिपिन सिंघल – अधुरा सपना

सानो आँखा मा
अनेकौं सपनाहरु
हुन्छन्,
कुनै सानो त
कुनै ठुलो हुन्छन् ।

कुनैकुनै उमंगमा
पलाउन खोज्छन्,
कुनैकुनै सुकेनास
मर्न खोज्छन् ।

कस्तो जिन्दगी यो
किन सपना बुन्छन ,
किन पुरा नहुने
डर मानी टुंगिन्छन् ।

बुनिनु टुंगिनु
एकतमास तपिरहनु,
यहि त हो ~
सपना बुननु को परिणाम ,
यहि त हो ~
अधुरा सपना भन्नी नाम ।।

Bipin Singhal – Prem Ajib Hundai Chha

बिपिन सिंघल – प्रेम अजीब हुदैछ

कछ यो प्रेम अजीब
हुदैछ,
हर यैाटा पल जताततै स्वार्थि हुदैछ

अति प्रीतले छरिदै छ मन्द मुस्कान
र त उनलाइ सुख नसिब हुदैछ

भित्र यो हृदयमा केवल मायाको
स्नेह खन्याइदैछ ,
बाहिर उनको घृणा करिब हुदैछ

प्रेम को सामर्थ्य अब
रत्तिभर छैन,
प्रत्येक प्रहर उनको उपस्तिथि तक्लिफ़ हुदैछ |

Bipin Singhal – Mutuko Dhadkan

”मुटुको धड्कन”

क.
आज म एउटा कहानी लेखछु
सायद लेख्दा लेख्दै म रुन्छु,
एकपल्ट फेरि उनको यादमै
पिरोलिन्छु,त्यासी म समापिन्छु
मेरो मुटुको धड्कन रोक्ने गरि ।

ख.
उनी सानी परि
सधै आंगन वरि परि
आकाशका तारा झै सुन्दरता
छर्दै उडिरहने सुन्दर चरी
मेरो प्यारो मुटु सरि
एक दिन अचानक उडेर गइ ,
कहिलै वापिस नआउने गरि
मेरो मुटु को धड्कन रोक्ने गरि ।

ग.
उनको छोटाछोटा कोमल
औंला र उनको मुस्कानमा
सधै भरी रमाइरहने सपना,
उनको मिठो बोली मा बाबा
भइ सदा सजिरहने सपना ,
अधुरा बनी मुटु भित्र नै निस्साइयो
मेरो मुटु को धड्कन रोक्ने गरि ।

घ.
सारा तारा उनको प्वाँख मा जोडीईं
रंगीचंगी कपड़ा सानु शरीरमा सजिईं
कयौं रहरहरु सानू आँखा मा
कुदिइँ खेलिरहेका थिए ,
आफु संगै बोकि लगि ती सारा रहरहरु ,
उडेर गइ कहिल्यै नफर्किने गरि
मेरो मुटु को धड्कन रोक्ने गरि ।

ङ.
उनले आफ्नो बाल्यकाल छोडेर गइ
बाबा आमाको माया नपाइ गइ
सुकेनास कोपिला झै नष्ट भै गइ ,
उडेर गइ कहिल्यै न फर्किने गरि
मेरो मुटुको धड्कन रोक्ने गरि ।

च.
घरिघरी लाग्छ उनी फर्की आउछे जसो
मेरो एक्लोपन मिटाउछे जसो,
तर आउदैन्न कहिल्यै चारि झै उड्दै
मेरो जिन्दगीको आंगन वरिपरि यसो,
सायाद उडेर गइ कहिल्यै न फर्किने गरि
मेरो मुटुको धड्कन रोक्ने गरि ।।

Bipin Singhal – Mero Chitra

बिपिन सिंघल – मेरो चित्र

एउटा सानो र सरल जिवनको यथार्थमा
आनन्दपुर्वक बाचेको चित्र छ मेरो ||

जिन्दगिका आगनवरिपरि आइपरेका
अनेकौं समस्य संग लडि त्यसमाथी
जित प्राप्त गर्ने सशक्त चित्र छ मेरो,
समय को चाल अनुसार बदलिने
परिवर्तनशील चित्र छ मेरो ||

सदा जवान भइ देशका सन्दर्भमा
जीवन यातना गर्ने स्वभाव छ मेरो
त्यसैले त निकै लामो आयुमा
सिर्जना भएको चित्र छ मेरो ||

प्राकृतिका काखमा बसि
उनको सुन्दरतामा रमिरहने
विशेषता छ मेरो ,माया नै मायाले
सजिएको मायावी माहोलमा बाचने चित्र छ ||

नेपालआमाको सौन्दर्यको चित्रण
अनेकौं उदाहरण सरि मनभित्र फुलि
देश प्रतिको मोह मनभित्रै लेप्सिएको
छ मेरो , देशको ममतामा फुलझै
फुलेको चित्र छ मेरो ||

जिवनको सुमन धुन बकिइ
सानो कवितामा सजिने चित्र छ मेरो ||

BY:Bipin singhal

Bipin Singhal – Nirdosh Chari

बिपिन सिंघल – निर्दोष चरी !!

किन ? न्याय पाएन ! भन
यस जनपथमा,
कयौं अनुसन्धान पछि पनि
किन? समातिएन त्यो दानव
जस्ले यस्तो कहालीलाग्दो ब्यवहार गर्यो
किन ? न्याय पाएन निर्दोष चरिले ! भन
किन ? न्याय पाएन निर्दोष चरिले ।।

किन ? यहाँ यी दानव को चाहना शरीर
सानो चरिको —त्यस्तो शरीर जसमा दुई टन मुटु
एक मुठ्ठी जत्रो ,
पखेटा भने भर्खरै पलाइरहेको
सपना भने भर्खरै सजिरहेको
सारा उनको सानो नयनमा सृजना
तर यी सारा सपना दानव को कर्तुत ले गर्दा
बस एक लासमा सृजना !
भन ! ए सरकार,
किन ? नर्क पुगेका छैन्न यी दानवहरु
किन ? न्याय पाएन निर्दोष चरिले ! भन
किन ? न्याय पाएन निर्दोष चरिले ।।

अब बितिसक्यो 6 महिना सार्वजनिक विरोध गर्दागर्दै
अब बितिसक्यो 6 महिना उनले दुनियाँ छोडेको
र अनि
आज बेष्टित छ्न यी सारा social media
निर्दोष चरिको दुःखद् मा
तैपनी अझ किन? छैन्न सरकारको आँखा यो दुःखद् मा
अझ किन ? सरकार मौन छ
अब त न्याय पाउने आसा पनि ओभर छ ,
किन ? न्याय पाएन निर्दोष चरिले ! भन
किन ? न्याय पाएन निर्दोष चरिले ।।

यसरी न्याय नपाउनु
यी दानव हरुको कालो व्यवहार अझ बढ्नु हो ?
बिलकुल अत्याचार !
बिलकुल अत्याचार !
यसरी न्याय नपाएर
परिवार को मात्र होईन सारा नेपालिको
गम्भीर अवस्था !
अग्घोर पाप हो यो !
अग्घोर पाप हो यो !
ए ! डराउछयौ किन ? दानवले छन्न यो समाजमा
किन ? गर्दैनौ सर्वनास यी दानवको , भन
ए सरकार !भन
किन ? न्याय पाएन निर्दोष चरिले ! भन
किन ? न्याय पाएन निर्दोष चरिले ।।

भो अब अति नै भो ,.
यो टिन झैँ खोक्रो सरकार
केवल काँचुली ? केवल बोक्रो ?
हामिले सहन जति सहयौ
अब अझ सहन सकिन्न
अब तयार छौ हामी सारा नेपाली ,
उनको न्यायको लागि
नेपाल सरकारको रगत पिउन
अब तयार छौ हामी सारा नेपाली ,
उनको न्यायको लागि
यो सारा संसार धाउन !!
अनि हेरमला
कसरी ? न्याय पाउदैन्न निर्दोष चरिले
अनि सुनमला सरकारको जवाफ –
किन ? न्याय पाएन निर्दोष चरिले ।।

Bipin Singhal – Lekhindaichha Itihas

बिपिन सिंघल – लेखिदैछ इतिहास

केही फुल फुलेका छन आँगनमा
केही नयाँ सपना पलाएका छन आँखामा

बिस्तारै बिस्तारै उत्रिदै छ
आँखा भरी सजिएका सपना
मेरो समयको एउटा सग्लो प्रतिबिम्बमा

लडखडाएका कयौं रहर हरु
एकजुट भै सम्हालिदै छ,
आफ्नै मनको क्यानभासमा

सयौं बर्ष देखि दबिएको म पात्र ,
जागरुक हुदैछ आफ्नो जिन्दगीका
एक असल अनि सफल निर्माणमा

ती समाज को आँखा मा बाधिएको,
कालो कपड़ा फेरिदै छ आज भोलि
एक सभ्य र भलो चिताउने सत्कारमा

ती मेरा गाउँ समाज, र सिङ्गो देश
पनि अगामि सर्दै छ,
सुख को ओठ चुम्ने प्रयासमा

‘उम्रिदै छ देश भरि को सपना र रहरु,
सर्सराउदै छ सुकसुकाएको अवाज सारा,
लेखिदै छ एक नयाँ इतिहास
अन्तिम पाना सम्म, ती काला अक्षरमा