Bipin Singhal – Lekhindaichha Itihas

बिपिन सिंघल – लेखिदैछ इतिहास

केही फुल फुलेका छन आँगनमा
केही नयाँ सपना पलाएका छन आँखामा

बिस्तारै बिस्तारै उत्रिदै छ
आँखा भरी सजिएका सपना
मेरो समयको एउटा सग्लो प्रतिबिम्बमा

लडखडाएका कयौं रहर हरु
एकजुट भै सम्हालिदै छ,
आफ्नै मनको क्यानभासमा

सयौं बर्ष देखि दबिएको म पात्र ,
जागरुक हुदैछ आफ्नो जिन्दगीका
एक असल अनि सफल निर्माणमा

ती समाज को आँखा मा बाधिएको,
कालो कपड़ा फेरिदै छ आज भोलि
एक सभ्य र भलो चिताउने सत्कारमा

ती मेरा गाउँ समाज, र सिङ्गो देश
पनि अगामि सर्दै छ,
सुख को ओठ चुम्ने प्रयासमा

‘उम्रिदै छ देश भरि को सपना र रहरु,
सर्सराउदै छ सुकसुकाएको अवाज सारा,
लेखिदै छ एक नयाँ इतिहास
अन्तिम पाना सम्म, ती काला अक्षरमा