Bipin Singhal – Mutuko Dhadkan

”मुटुको धड्कन”

क.
आज म एउटा कहानी लेखछु
सायद लेख्दा लेख्दै म रुन्छु,
एकपल्ट फेरि उनको यादमै
पिरोलिन्छु,त्यासी म समापिन्छु
मेरो मुटुको धड्कन रोक्ने गरि ।

ख.
उनी सानी परि
सधै आंगन वरि परि
आकाशका तारा झै सुन्दरता
छर्दै उडिरहने सुन्दर चरी
मेरो प्यारो मुटु सरि
एक दिन अचानक उडेर गइ ,
कहिलै वापिस नआउने गरि
मेरो मुटु को धड्कन रोक्ने गरि ।

ग.
उनको छोटाछोटा कोमल
औंला र उनको मुस्कानमा
सधै भरी रमाइरहने सपना,
उनको मिठो बोली मा बाबा
भइ सदा सजिरहने सपना ,
अधुरा बनी मुटु भित्र नै निस्साइयो
मेरो मुटु को धड्कन रोक्ने गरि ।

घ.
सारा तारा उनको प्वाँख मा जोडीईं
रंगीचंगी कपड़ा सानु शरीरमा सजिईं
कयौं रहरहरु सानू आँखा मा
कुदिइँ खेलिरहेका थिए ,
आफु संगै बोकि लगि ती सारा रहरहरु ,
उडेर गइ कहिल्यै नफर्किने गरि
मेरो मुटु को धड्कन रोक्ने गरि ।

ङ.
उनले आफ्नो बाल्यकाल छोडेर गइ
बाबा आमाको माया नपाइ गइ
सुकेनास कोपिला झै नष्ट भै गइ ,
उडेर गइ कहिल्यै न फर्किने गरि
मेरो मुटुको धड्कन रोक्ने गरि ।

च.
घरिघरी लाग्छ उनी फर्की आउछे जसो
मेरो एक्लोपन मिटाउछे जसो,
तर आउदैन्न कहिल्यै चारि झै उड्दै
मेरो जिन्दगीको आंगन वरिपरि यसो,
सायाद उडेर गइ कहिल्यै न फर्किने गरि
मेरो मुटुको धड्कन रोक्ने गरि ।।