Bipin Singhal – Moha Maya

बिपिन सिंघल – मोह — माया

साहस !!
सुर्यको प्रकाश झै उदाउने साहस
शिखर को चुचुरोमा उदाउने साहस

रंग !!
तिम्रो मोहमा आफ्नो संसार रंगने रंग,
जिवन का स-सना मौजाहरु सामु
मंङल दिप जलाइ सुभ मङलमा
जीवन रंगने रंग,
तिम्रो अधरामृतले मेरो दिन रंगने रंग
अझ पनि खोज्दै छु यी सारा रंग

अनुभूति !!
प्रश्नैप्रश्न ले भरिएको जिन्दगी
मेरो कयौं उतरहरु थुपार्दै जिन्दगिमाथी
विजश्री प्राप्त गरेको अनुभुती ,
निरुतर ती जिन्दगीका प्रश्नहरुको सफरमा
प्राप्ती सारा जिन्दगिका प्रसव काल समापिदै
गएको अनुभुती ,
तिम्रा सबै अनुभुतिहरु मेरा पनि अनुभूति
सानो कवितामा श्रृङ्गारिदै लेखिएको अनुभुती

मोह !!
तिम्रो मोहको कमि छैन,
कमि छैन मौनताको —
मात्र कज्जल जस्तो — आखाको
कथम् छरिएको तिम्रो मायाको रंग—
तिम्रो सुन्दर कनीनिका जस्तो,
सदा मलाइ साहस प्रदान गरिरहन्छ
मेरो जिन्दगिको मोल को आनुभुती पनि गराइरहन्छ
त्यसैले त मेरो जीवन तिम्रो मायाको सागरमा बगिरहन्छ ,
सदा उदाइ रहन्छ
तिम्रो मोह को शिखर को चुचुरोमा –
सुर्य को प्रकाश झै
एक अमृत भै ,
तिम्रो माया बनि