Krishna Chandra Singh Pradhan – Bigat Ka Galli Galchhenda Hundai
कृष्णचन्द्रसिंह प्रधान – विगतका गल्ली गल्छेंडा हुँदै
सानैदेखि प्रतिकूल स्थितिमा हुर्कनुपर्ने विवशताले मलाई विकल्प सोच्नतिर डोर्यायो । यो विद्रोह थिएन । यो प्रतिकार पनि थिएन । विनाविरोध, विनाप्रतिकार अर्को बाटोको खोजीले रिक्ततापूर्ति मौन जिज्ञासालाई उत्प्रेरित गर्दोरहेछ ।
यहाँ यही शब्द ठीक र उपयुक्त लागेकोले प्रयोग गर्दैछु । किनभने वाध्यताको विरोध गर्नुभनेको आफ्नो अवस्थाप्रति अज्ञानता दर्शाउनु हो । त्यस्तो म थिइन । घरको परिस्थितिबाट अनभिज्ञ नहुनाले निदानको लागि यो विकल्प रोजेको थिएँ । साहित्यमा मेरो संलग्नताले यसको सङ्केत गर्छ ।
यसले दुई कुरा औँल्याउँछ । औचपरिक शिक्षाबाट वञ्चित हुनुपरेको अभिभावकले नचाहेर होइन । अर्को हो आर्थिक कारणले गुमाउने अवसरको परिपूर्ति गर्ने कसरी ? यसको विकल्प के हुनसक्छ ?
मैले स्वअध्ययन र स्वयंमा निर्भर भई स्वावलम्बनको बाटो रोज्ने विकल्प समातेँ । यसप्रति आस्थावान भई एकान्त साधना गर्ने अठोटले आफूप्रति उत्तरदायी हुन प्रेरित गर्दोरहेछ । साहित्यमा लाग्नाको कारण यही भइदिन्छ । अनि लेख्न थालेँ । लेख्दालेख्दै लेख्न जानिँदो रहेछ, भाषा बन्दोरहेछ, शैली बन्दोरहेछ । अन्ततः लेखक हुन पुग्छु ।
आफ्नो परिधिभित्र ऐच्छिक समाधान खोज्न यसले मलाई सघायो ।
जीवनमा अनपेक्षित भोगाइको यो पहिलो अनुभव थियो – आफैंमा सङ्घर्ष गर्नुपर्ने स्थितिको सिर्जना । यसबाट उत्प्रेरित हुन सकेनौँ, जोखिम बेहोर्न सिकेनौँ, अङ्गीकार गरेर लागिरहन सकेनौँ भने बाध्यताको सामु आफूलाई विसर्जन गर्नुपर्ने हुन्छ । मैले त्यो गरिनँ । यद्यपि औपचारिक शिक्षा, ज्ञानहरूबाट मलाई विमुख हुन नपरेको होइन ।
यस्तो स्थितिमा हामी शिक्षाबाट मात्रै विमुख हुँदैनाँै । अरू पनि धेरै चीज गुमाउँदा रहेछौँ सामाजिक प्रतिष्ठा, सम्मानजनक व्यवहार, अघि लाग्ने अवसर, स्वाभिमानहरू, नैतिकताहरू, सम्बन्धहरू, साहसिकताहरू यस्ता धेरै छन् जसबाट बञ्चित हुन्छौँ । तर मलाई के लाग्यो भने यसको प्रतिकार गरेर होइन मनमा प्रतिशोध साँचेर पनि आफूले स्वाभिमानपूर्वक रोजेको बाटोमा सुदृढभई लाग्न सकेमा स्वयंमले प्रतिस्थापित गरेको व्यक्तित्वको सम्मान गर्न समाज अग्रसर हुन्छ र गर्व गर्न थाल्छ ।
अरू थोक गुमाउँदा र त्यसमाथि आघात पर्दा चित्त त दुख्छ, खल्लो नमिठो पनि लाग्छ । तर स्वाभिमान व्यक्तिको निष्ठा र गरिमासित जोडिएको हुन्छ, उसको अहंसित जोडिएको हुन्छ । यसको महत्ताप्रति अमर्यादित हुन दिँदैन र हामीलाई सचेत गर्छ । आफ्नो स्वाभिमान जोगाउनेले अरू धेरै थोक जोगाउँछ, यसलाई गुमाउनेले अरू धेरै थोक गुमाउनुपर्ने हुन्छ ।
This medicine today is also famous as a healthful alternative to pharma-bi.com viagra brand. brand cialis canada Person eating this medicine must make sure that they are of stellar quality. Fact: While it is true that impotence issue or repeated penile failure condition is more common in men under 35, it generally tends to occur in men who are dealing with a new situation, such as a new relationship, a new experience or a stressful situation in the way they should. india cialis online People have their cell phones under their pillow while sleeping and when they wake up in the morning A runny nose with clear runny nose or fatigue during the course period viagra mastercard and these effects are very mild, normal and tolerable.
मैले सामाजिक प्रतिष्ठा गुमाएँ हुँला, इज्जत गुमाएँ हुँला, अवसरहरू गुमाएँ हुँला जो त्यसबेलाको भारादारी समाजको निम्ति अति नै आवश्यक र गर्व मानिन्थ्यो । तर यी सबै गुमाएर पनि मैले स्वाभिमान गुमाइनँ । मलाई लाग्छ सर्वाधिक महफ्वपूर्ण सम्पदा त यही पो हो । त्यसैले क्यै गुमाएकै जस्तो लागेन । त्यसबेला स्वाभिमानी भई बाँच्नु सजिलो थिएन ।
विपरीत भोगाइको प्रतिकार मैले यसरी गरेँ । यसलाई निजी जिन्दगीको सङ्घर्षपूर्ण दिन भनेर सम्झिरहन्छु । औपचारिक शिक्षाको परिपूर्ति गर्ने यो बाटो नितान्त मेरो आफ्नो हो जो चुनौती भएर मेरो सामु झुण्डिएको थियो । मचाहिँ आगामी दिनभित्र यसको उत्तरको आशाले प्रतीक्षारत थिएँ तर आर्थिक समस्याको सामना गर्न कसैको आराधनामा लागिनँ । त्यसकै नीति समर्पित पनि भइनँ । यसकारण न जागिर खाएँ न कसैको शरण परेँ । स्कूल, कलेजमा पढाएर गुजारा चलाएँ । साहित्यको साधनामा लागेर लेखक भएँ । यो लेखकीय व्यक्तित्व नै मेरो आफ्नो पहिचान भयो । अनि मात्रै म भएर हुर्कें ।
जिन्दगीको यो आरम्भिक अध्याय यसरी टुङ्गोमा पुग्छ । यसका नीम्ति कति सङ्घर्ष गरेँ भन्नुभन्दा समाजमा स्थापित हुन यति लामो बाटो लाग्नु पर्यो भन्न खोजेको हुँ । घुमौरो बाटो हिँडेरै भए पनि सम्मान आर्जन गर्नु भनेको सामाजिक उपस्थिति जनाउनु पनि हो । यो रिक्तता र अभाव टार्ने कोशिशमा प्रतिस्पर्धा गर्छु । यसरी बाँचेको अनुभूति गरेर कहिलेकाहीँ आफैँलाई गर्व लाग्छ । यतिभित्र कति सङ्घर्ष गरेँ, दुःख बेहोरेँ, अनपेक्षित घटना, नसोचेको भोगाइ, नचाहेको कुरा बेहोर्नु पर्यो । यसको इतिहास बेग्लै छ । यी सबैभित्र विद्यमान सङ्घर्षबाट विमुख भइदिएको भए मलाई लाग्छ म जस्तो छु र हुँ त्यो कदापि हुने थिइनँ ।
जे हो त्यसैमा चित्त बुझाउनेले जे हैन त्यो हासिल गर्न सक्तैन । जहाँ पुगेको छु त्यही मेरो सिमाना हो, त्यसभन्दा पर न बाटो छ न ठाउँ भन्नेहरू आफैंले कोरेको लक्ष्मण रेखामा आफैं बाँधिन्छन् । जे लेख्छु यसैलाई उपलब्धि मानेर गतिरूद्ध हुनेहरूले त्यसभन्दा राम्रो, स्तरीय लेख्नै सक्तैन । यस्तो एउटा तृष्णा, एउटा अतृप्ति, भोक वा असन्तोषले हामीलाई गाँजेको हुनुपर्छ । यो भनेको भोगाइको विरूद्ध, यथास्थितिको विरूद्ध, आत्मरतिको विरूद्ध, अझ आफ्नै विरोधमा सङ्घर्ष गर्नु हो । हामी यसको लागि जति जागरूक हुन्छौं, जति सचेत हुन्छौं, त्यतिकै उकालो लाग्दोरहेछौं । आफूलाई परास्त गर्नेहरूनै कसैले नहिँडेको बाटो लाग्न सक्दा रहेछन् । आफूले रचेको आफ्ना साँध भत्काउनेले नै अरूमाथि पनि सजिलै जीत हासिल गर्न सक्छन् । प्रत्येक कालको आफ्नो वर्तमानविरूद्ध सङ्घर्ष गरेरै हामी आफ्नो भविष्य निर्माण गर्ने गथ्र्यौं
शायद मेरो सङ्घर्ष आफ्नै विरोधमा उठेको मेरो अभियानहरू हुन् । शायद मेरो विरोध मैले नै गुमाउनु परेको स्वत्वको प्रतिष्ठापनमा उठेका मेरो पाइलाहरू हुन् । यसलाई पछ्याएर बाँच्ने कोशिशमा टेकेको आयतनभरिको भूमि मेरै रचनाको सानो संसार हो । समाजमा सद्विचार राखेर असल काम गर्नेले ईष्र्या, द्वेष राख्दैन असामाजिक लाग्ने पुराना संस्कारहरूको दम्भ, अहङ्कार विनाविरोध आफैं पराजित र तेजोवध हुन्छ । यही वर्तमानमा अहिले म छु । यो सीमासम्म आइपुग्दाको जीवनले उमेरको हद छुुँदैछ । यसको साँध यही हो भनेर किट्नू नसके पनि यसले तोक्ने उमरले बाँधेको जिन्दगीलाई मैले स्वीकारेको छैन । जिन्दगी र उमेर भिन्नै हुन् ।
उमेरमा जिन्दगी खोज्नेले बाँच्न जान्दैन । त्यो मात्रै बाँचेर आयु गुजार्ने गर्छ । जिन्दगीमा उमेर बाँच्नेहरू उमेर बाँच्ने गर्दैन । जिन्दगी दिएर उमेरलाई नै जिन्दगी झैँ अमर बनाइदिन्छ ।
शनिबार, गोरखापत्र
पुस २५, २०६६