Nepali Articles

Sanjaal Corps Initiative

Krishna Chandra Singh Pradhan – Gathemangal Ankha Ra Salik Bhanjan

कृष्णचन्द्रसिंह प्रधान – गठेमङ्गल आँखा र सालिक भञ्जन

गठेमङ्गलका दिन चौबाटोमा ठड्याउने नर्कटको प्रतिमूर्ति । गजब होइन ? क्या साङ्केतिक छ ! म त्यसमा घन्टासुर राक्ष्ासको प्रतीकात्मक विम्ब देख्छु । लोककथाका रूपमा प्रचलित किंवदन्तीहरू यथार्थमा प्रतीकात्मक कल्पनाबाहेक हो नै के र ? प्रभावित जनमानस त्यसलाई अर्थ र आकार दिने प्रतीकहरूमा विम्बित हुन्छ । मलाई त यो पुराकथाजस्तै लाग्न थालिरहेछ ।

चौबाटोको यस नर्कटे राक्षसलाई तिमीले देखेका छौ ।
गठेमङ्गल यसरी हामीमा जीवित छ ।

नर्कटको तीनखुट्टे मूर्तिमा कुनै दुश्चरत्रिको संहारपछिको विगत बोलिरहेको सुन्छु । पूर्वजहरूको सद्वृतिको अतुलनीय उदाहरण । सालिक स्थापना गरेर मान्यजनलाई सम्भिmराख्ने कोसिसजस्तो । सडक, पेटी, कुना, चौबाटोमा स्थापना गरएिका सालिकहरू तिमीले देखेको हुुनुपर्छ । झक्की, टीठलाग्दा, सौम्य, सुरा अनुहारका सालिकहरू ! यी सालिक र नर्कटकोे प्रतिमूर्ति एउटै लाग्न थालिसके छन् । अब तिनीहरूमा विभेद रहेन । सालिकहरू घन्टाकर्ण भएछन्, घन्टाकर्ण सालिक लागिदिन्छ । हामी गठेमङ्गलमा सालिक देख्ने भएछौँ, सालिकमा गठेमङ्गल देख्दा रहेछाँै ।

हामी त गठेमङ्गलको युगमा पो रहेछौँ ।

श्रावण कृष्णपक्ष, चतुर्दशीका दिन गठेमङ् गलको सहर काठमाडौँ पर्वमा परण्िात हुन्छ पूरै घन्टाकर्णमय । सडकको चौबाटोमा ठड्याएको दैत्यको यही नर्कटको प्रतीकात्मक मूर्तिलाई गठेमङ्गल भनेका हौँ ।

बाटो छेकेर जगात माग्ने भन्ट्याङ्भुन्टुङहरू नाङ्लोमा दिन थाप्दै रमाइरहेका हुन्छन् । अनि, स्त्री पुरुषको चिन्ह अङ्कित नाङ्गो देहको आजा जुजे दैत्यको दाहसंस्कारका लागि जगात माग्दै हिँड्छ ।

अचेल जगात भन्दैनौँ यसलाई, कर भन्छौँ अर्थात् ‘ट्याक्स’ । जताततै जगातेहरू तगारो तेस्र्याएर कर असुलिरहेका हुन्छन् । गठेमङ्गल र शिवरात्रिले बसाएको यस थितिले सहरबाहिर मन्दिरपरसिरको छेउछाउ, राजमार्ग हुँदै मोफसलसमेत ढाकिसकेछ । माओवादीहरूले त यसलाई हतियार मानेर प्रयोग गररिहेका छन् । दिएन कि चिलिमच्याँट । अतिरत्तिm करका रूपमा प्रचलित यो जगात उठाउनेहरूबाट गाउँ, जिल्ला, सहर कोही मुक्त छैनन् ।

त्यति फैलिसकेछ गठेमङ्गल, गठेमङ्गलका जगातेहरू र घन्टासुरहरू । मानूँ, हामी शिव र घन्टाकर्णका नटेश्वर हाँै । तर, महादेवको जाडो गएको पनि होइन, घन्टासुर मरेको पनि होइन । बर्सेनि ब्यूँतने गर्छ ।

साँझ परेपछि वाग्मती-विष्णुमतिमा गठेमङ्गल सेलाउन जानेहरूको भीड लाग्छ, जुलुस हिँडिरहेको सडकजस्तो । म पनि कतिपल्ट घन्टासुरको नर्कटको मलामीमा सामेल भएको छु । त्यो मलामी युद्ध जितेर र्फकंदाको विजयोत्सवजस्तो लाग्छ । तर, राक्षस कहिल्यै मरेन । त्यसैले फेर िफेर िमारेर उत्सव मनाउँछौँ । अथवा, त्यसको मृत्यु र दाहसंस्कार कसरी गर्नुपर्छ भन्ने कुराको हेक्का राख्न गठेमङ् गल मनाउँछौँ, मलामी जान्छौँ र सेलाउने गछौर्ं ।

यसरी गठेमङ्गल हामीमा बाँचेको छ । हामी गठेमङ्गलमा बाँचेका छौँ । अब त यसको पनि विनिर्माण हुँदैछ, नयाँ आविष्कृत अनुहारसँग मेरो त्यति हिमचिम छैन तर मोफसलको सडकमा पनि गठेमङ्गल देख्न थालिरहेछु । लोकतन्त्रसँगसँगै चारभञ्ज्याङपार िपुगिसकेछ गठेमङ्गल पनि राष्ट्रिय पर्वजस्तै ।

You can maintain erection quality for long duration and satisfy overnight viagra her in bed. tadalafil super active Generally speaking, delayed treatment of some acute prostatitis may cause blockage of the vas deferens, and a long-term serious inflammation can greatly affect prostate secretion, resulting in sperm liquefaction and abnormal sperm activity. Yet women are levitra prices http://martinblaser.com/viagra-2576 also regularly affected by this type of balloon being named Montgolfere after them. Driving a car can cialis sale be an enjoyable job. लोकतन्त्र र गठेमङ्गललाई तिमी कसरी हेर्छौ कुन्नि ! के भन्छौ त्यो तिम्रो कुरा हो । अलि उदार त हुनैपर्छ । लोक सम्मतिको अनुशरणमा प्रचलित गठेमङ्गल र लोकले रोजेकोलाई भन्ने गरे अनुसार दुवै अलोकतन्त्री होइन भनेर खुट् याइरहनु पर्दैन । यति त मैले पनि बुझेछु । र, सडकमा जन्मेर सडकमा हुर्केका हुन् । यसकारण सडकपुत्र पनि भन्दा रहेछन् । यसलाई पनि अस्वीकार गर्दिर्नँ । यसो भनेर आमाबाबु ठेगान नभएको खाते भनिरहेका होइनन् ।

यसरी तगारो तेस्र्याएर जगात माग्दै हिँड्ने गठेमङ्गल जताततै देख्छु । सालिक भत्काउने उन्मादका गठेमङ्गलहरू देख्छु । सडक अवरुद्ध गरेर तोडफोडमा लाग्नेहरूको बहादुरी हेर, मान्छे मार्नु त जुम्रा मार्नुजत्तिकै भइसक्यो । आहा ! डेरडिाको विनिर्माणको कति उत्कृष्ट प्रयोग ! साहित्य सङ्गीतको कुरा छाड्, राजनीतिको पनि विनिर्माण हुँदैछ । त्यसले निकाल्ने जुलुस, आन्दोलित सडक, नारा, बन्द, अनसन, हडताल सबैको शैली बदलिसक्यो ।

प्रभावित गरेर आफ्नो कुरा मनाउने सामथ्र्यको पनि अवमूल्यन भएछ । आत्मसमर्पण पो गरेछन् कि कुन्नि ! बौद्धिक विलक्षणता र साङ्गठनिक शक्तिले तेजोबध गर्न नसकेर होला साविकका आन्दोलन पनि अर्थहीन भइसकेछन् । कसैले टेर्दैन जति कराऊ, उप|m, मुठ्ठी कसेर आकाशमा हिर्काऊ । तर, अर्थ नराख्ने निरङ् कुशतासामु विवश नेताहरू पनि घुँडा टेक्दैनन् । यसकारण बुद्धि, तर्क, सत्याग्रह, मानवीयता, सद् व्यवहारजस्ता विधि र शैली होइन, जो बेकम्मा भइसके- शक्तिहीन, कामैै नलाग्ने, आउट अफ डेट । फलस्वरूप यसको पनि पुनःरचना गररिहेछन् । राज्य आतङ्क मच्चाएर हुन्छ कि, मानिसहरूलाई धम्क्याएर हुन्छ वा भय सिर्जना गरेर हुन्छ अथवा बिथोलिएको वातावरणलाई निकास दिन कसैलाई मारेर हुन्छ, जे पनि गर्न आँट्नेहरूले आविष्कार गरेको नयाँ शैली हो- बन्द, हत्या, घेराउ, आगजनी, तोडफोड, अपहरण । आतङ्कित गरेर निकास दिन खोज्नेहरूको आन्दोलन सुनामीले सहर पल्वित हुन्छ । एउटा विन्दुमा पुगेर पनि अशान्त सहर, रत्तिmता भरएिका मान्छेका आकाङ्क्षा, मागहरू र युगाँैदेखि निकास नपाएर थुपि्रएका मधेसीहरूमा दमित असन्तोषहरू भुल्कानो भई फुट्छन् । आतङ्क र बन्दुकको भाषाले निरन्तरता पाइरह्यो भने हत्या र अपहरण पूर्ववत् जारी रहन्छन् ।

आ-आफ्नो सीमाको संसारलाई प्रदेश भन्छौँ, जो राष्ट्र नै भएर फैलिदिन्छन् । प्रदेशहरू पनि देश भएर बाँचेका छन्, भिन्नै भौगोलिकताले रचेका प्रदेशहरूलाई जुनसुकै नाम दिउ, केही फरक पर्दैन । आफँै भएर चिनिने हरेकको स्वत्व, मौलिकता, संस्कृति भएको देश थरीथरीका फूलले सुशोभित, सुवासित र सुन्दर बगैँचा जस्तै लाग्छ । मुलुकले यसरी नहेर्दा-नसोच्दाको व्यवहारले रुष्ट देशका भूप्रदेशहरू, जातजातिहरू, भाषाभाषीहरू, धर्मावलम्बीहरू सबैलाई अग्निहोत्री हुन निम्त्याउँछ राज्यले । हेर्दाहेर्दै सबै तहका, सबै जातका, सबै पेसाका, सबै वर्गका सबे प्रदेशका अग्नि शर्माहरू माओवादी भएर पनि जाई लाग्छन्, आतङ् कवादी भएर पनि प्रस्तुत हुन्छन्, अराजक भएर पनि अग्रसर हुन्छन् । अनि, देख्छन् सालिकमा गठेमङ्गल । गठेमङ्गल नै सम्झेर नर्कटको निर्जीव प्रतिमूर्तिलाई पछारेझैँ सालिकहरू ढाल्छन्, भत्किन्छन् । जसको सालिक पनि गठेमङ्गल लागिदिन्छ, सालिक महेन्द्रको होस् कि उनका बडाबाजेको या वीरेन्द्र, ज्ञानेन्द्रको, सालिक भानुभक्त, देवकोटा, सिद्धिचरणको होस् कि मनमोहनको । किनभने, सालिक हुन् सबै । यसकारण गठेमङ्गलेहरूलाई एउटै लागिदिन्छ । सबै महेन्द्र भइदिन्छन् । सबैमा ज्ञानेन्द्र देख्न थाल्छन् । त्यही निरङ्कुश अनुहार, त्यही कुटिल नजर, त्यही कपटी मुस्कान ।

त्यसै त मुक्ति मोर्चाका जवानहरू सालिकमाथि खनिनु नपर्ने हो । पुरानै रसिइबि छ कि कुन्नि ! कति ठूलो प्रतिशोध ? होइन, के गर्न सक्छ यो सालिकले, कि राक्षसै सम्झनु परेछ ? जीउँदा खलनायकहरूको त केही लागेन । राजा छन् हाकाहक । उनी त केही गर्न सकिरहेका छैनन् भने निर्जीव मूर्दासित किन डराइरहेका छौँ हामी, यी मधेसी, माओवादीहरू पनि ? सायद फेर िब्यूँतिने हुन् कि के ठेगान ? हेर हामी कति नामर्द रहेछौँ । आफैँमाथि विश्वास गर्दैनौँ । नराधमहरूको प्रतीक मानेर सालिकलाई तिनीहरूबाट पनि पे्ररति हुन सक्छौँ, प्रोत्साहित हुन सक्छौँ । भोलि प्रत्येक मान्छेमा तिनै सालिक बोल्न थाल्यो, अवतरति भइदियो हामीमा र चलखेल गर्न थाल्यो भने ?

मरेर पनि अरूमा रूपान्तरकि भइदिनेहरू कति छन्, कति छन् पुनःजीवन लिनेहरू । चङ् गेज खाँ, एटिलामा, ड्रयाकुलामा, ड्रयाकुलाहरू हिटलरमा, हिटलर इदि अमिनमा, इदी अमिनहरू मुल्ला मोहम्मद ओमार र विन लादेनमा पुनःजीवित भइरहेका छन् । अवतरति हुन्छन् कति हामी निरन्तर, निरन्तर । अफगानिस्तानका ती प्राचीन बौद्ध मूर्तिहरूको विध्वंस ! ओहो ! इतिहास कति कठोर, साँघुरो गल्ली हुँदै सभ्यतासँग सिँगौरी खेल्दो रहेछ ! महेन्द्र पनि ज्ञानेन्द्र भएर अथवा ज्ञानेन्द्र अरू भएर नजन्मेलान् कसले भन्न सक्छ ? किन यो जोखिम स्वीकार्ने हँ ? लेनिनको ममीसमेत माटोमा गाडेर खतरामुक्त हुने रुसलाई साँच्चि नै दूरदर्शी भन्छु ।

यहाँ म अहिले भानुभक्त, देवकोटा, सिद्धिचरणहरूको कुरा गर्दैछु, उनीहरू यस धराधामबाट बिदा भएको पनि अहिले हो र ! के चिन्थे विचरा कविहरूलाई ! त्यसबेला ज्वाला सिंह, शेर सिंहहरू जन्मेकै थिएनन् । गोइतहरू जन्मेका थिएनन् । उनीहरूका मुक्ति मोर्चा पनि जन्मिसकेका थिएनन् । तैपनि, बाघ नै सम्झेछन् उनीहरूका सालिकलाई । त्यसै हो भने मरेको बाघको जुँगा उखेलेर ज्वाला सिंह ! तिमीले कत्रो पुरुषार्थ गर्‍यौ हँ ? गोइत समूहका ए विद्रोही हो, सालिक भत्काएर आफूलाई कत्रो क्रान्तिकारी ठानेछौ ? जाबो सालिकसँग डराउनेहरूबाट के कुराको आशा गर्ने ? मधेसी आन्दोलनको विरोधमा उभिदिने पहाड होइनन् सालिकहरू ।

यी सालिक त मात्रै एउटा विम्ब हो कविताको ।

यी सन्त कवि, यी साधु कवि, यी कविका कवि, यी सबैका कवि, मधीसे पनि होइनन्, पहाडिया पनि होइनन्, बाहुन पनि होइनन्, मतवाला पनि होइनन्, केवल मानिसका कवि थिए । खालि देशका कवि हुन् । मात्रै मानिस भएर बोल्ने कवि हुन् । यी कविका सालिकहरू पनि गठेमङ्गल भइदिन्छ । गठेमङ्गल देखिरहेका छौँ हामी सालिकमा पनि, सालिकका यी कविहरूमा पनि । यसरी सालिकलाई गठेमङ्गल देख्ने गठेमङ्गल आँखाहरू भिरेर हामी घन्टासुर भइदिएका छाँै । घन्टासुर नर्कटमा होइन, चौबाटोमा पनि होइन, हामीभित्रै छ । त्यो अमूर्त गठेमङ्गलको प्रतिमूर्तिलाई पहिले भत्काऔँ । सालिकसित पछि लड्दै गरौँला । तिमीलाई थाहा हुनुपर्छ, हामी सालिकमा बाँच्ने शासक होइनाँै । सालिक नहँुदा मर्ने पनि छैनौँ ।

इतिहासमा कुर्वानी गर्नेहरूको नाम मात्रै लेखिँदैन । सायद यो बिर्सेछौँ, इतिहासमा लेनिनसँगै जार पनि आउँछ, जस्तो गान्धीसँगै अङ्गे्रजी बर्बरता । दोस्रो महायुद्धका विजेताहरूसँग गाँसिएर हिटलर, मुसोलिनी पढिन्छ । इतिहासका यी खलनायक हुन् ।

इतिहासलाई शब्दहरूको सालिक भन्छु । यो पढेर देख्छु । सालिकलाई आकृतिहरूको इतिहास भन्छु, यो देखेर पढ्छु ।

बिना हिटलर दोस्रो महायुद्धको इतिहास लेखिन सक्तैन । बिना जङ्गबहादुर कोतपर्वको इतिहास पनि लेखिँदैन ।

Leave a Reply