Nepali Articles

Sanjaal Corps Initiative

Krishna Chandra Singh Pradhan – Jindagi Ko Khoji

कृष्णचन्द्रसिंह प्रधान – जिन्दगीको खोजी
(Source:कान्तिपुर)

कहिलेकाहीं त जिन्दगी बुढेसकालको समयजस्तै गहु्रङ्गो लाग्छ । मर्न नसकेर बाँचेकाहरूको विवशताजस्तो झर्कोलाग्दो, अनिद्राका रित्ता आँखाजस्तो, न देखेर रमाउन सक्छु र बिम्झेर ।

समाप्तिपछि अर्थहीन लाग्ने परिभाषाले हामी नापिन्छौँ र तौलिन्छौँ । समय बाँचेर हामी बाँचिदिएका हौँ, हामीमा बाँचेर समय बाँच्दो रहेनछ । इतिहास भइसक्छौँ, हामी त । समय जहिले हेर जवान, कहिल्यै बूढो हुँदैन । सिमानाजस्तो उल्लङ्घन गर्न सक्तैनौँ । एउटा विचारजस्तो पनि, अध्यात्मवादीहरूको उन्मुक्तिजस्तो पनि । भौतिक सम्पदासित जोडेर अथ्र्याउँछौँ र जिन्दगीको खोजीमा लाग्छौँ ।

हामी कति शून्य ओगटेर सांसारिक हुनखोज्दा रहेछौँ । खै, कहाँ छ हाम्रो अन्तरिक्ष ? बाँच्नलाई घाम, पानी, हावा चाहिन्छ । पृथ्वी, आकाश, देश, समाज, अन्न, सरकार, दण्ड, कानुन, जेल, सेना सबैको गुरुत्वाकर्षणभित्र निर्भर गर्नुपर्ने परिमितता हाम्रो छ । आवश्यकताको पनि रिक्ततामा हामी बाँचेका छौँ । हावा चाहिन्छ भन्दैमा सास फेर्नकै लागि कहाँ बाँचेका हौँ र ?

हो, जिन्दगी यहीं कतै छ, यसकै निम्ति मानिसहरू जोखिम उठाउँछन्- जो देशभित्र बसेर लडिरहेका छन्, तिनीहरू पनि, जो देश छाडेर विदेशिएका छन्, उनीहरू पनि । इच्छाहरू मनमा साँचेर जीउज्यान अर्पी ल्याएको परिवर्तनले नयाँ इतिहास रच्न कति विकल छौँ । आँखाभरि सप्तरङ्गी सपना बुनेर भोलिको उज्यालोले घर-दैलो पोत्न कति आतुर छौँ, दिन भनेनौँ, रात भनेनौँ । कतार, कुवेतमा मजदुरी गर्नेहरू मरुभूमिको प्रचण्ड ताप पनि शीतल लागिदिन्छ हिउँजस्तो । लात्ती-मुक्का खाएर इज्जत जोगाउन नसक्ता पनि खुसी छौँ, करियाहरूजस्तो । केमात्रै गरेनौँ ? बलात्कृत भएर सस्तो मोलमा जिन्दगी बेचेनौँ कि ? गैरकानुनी धन्दामा लागेर अपराध गरेनौँ ? भ्रष्टाचार गरेर आफैंलाई दाउमा थापेनौँ कि ? जङ्गलमा अजिङ्गर समात्नुदेखि मरुभूमिमा ऊँट जोतेर गधासित मितेरी लगाएनौँ ? भोलिको दिनको नश्ल सुधार्न हामीले सबथोक गर्‍यौँ । त्यहाँ पनि हाम्रो जिन्दगी रहेछ !

यो पीडा इतिहासले कहिल्यै भोग्नुपरेन । राज्य भने रेमिटयान्सको जगमा भविष्य निर्माण गर्न जुटेको छ, हामी ज्यान दिन तैयार ! यसलाई बदल्नैपर्छ । हो, बदल्नुपर्छ ।

सुनामीझैं जुलुस भएर सडकमा ओल्र्यौं, सङ्कटकालको अवज्ञा गर्दै ज्यान दियौँ, टायर बाल्यौँ । जङ्गल पस्यौँ र बन्दुक उचाल्यौँ । गाउँ पस्यौँ र हुनेखानेहरूको उठिबास गर्‍यौँ । प्रजातन्त्रमा पनि खोज्यौँ यसलाई, गणतन्त्र ल्याएर पनि खोज्यौँ । राजा मानेर खोज्यौँ, राजा हटाएर खोज्यौँ, तर जिन्दगी कतै फेला पर्दैन । असुरक्षित छौँ हामी । देशभरि लोडसेडिङ छ, अमावस्याको रात लाग्ने रातको चर्को अँध्यारोमा आफैंलाई मात्र देख्दारहेछौँ । पुष्पकमल दाहाललाई लाग्छ, हाम्रो जिन्दगी त गिरिजाप्रसाद कोइरालासँग छ । गिरिजा भन्छन्, राजाबाट खोसेर मैले प्रचण्डको जिम्मा लाइसकेँ । अँध्यारो अनुहारका हामी माधव नेपालतिर र्फकन्छौँ । सायद हाम्रो जिन्दगी यिनीहरूसँगै छ, भन्ठानेर होला । उनीहरू भने खोसेको जिन्दगी आपसमा बाँडचुँड गरेर लोकतन्त्र हो कि गणतन्त्रको पहरा गर्दैछन् । अनि कहिले मिल्छन्, कहिले फुट्छन्, फेरि जुट्छन् । निराश हामी जिन्दगी खोज्दै विदेशिन्छौँ, घाम खोज्दै हिँडेका जाडो यामका बूढाबूढीहरूजस्तो अमेरिका, बेलायत, क्यानाडा, खाडी मुलुक, अब त संसारभरि ।

खोजेको जिन्दगी पाए कि पाएनन्, थाहा छैन, सपना पूरा भो कि भएन, जान्दिन । खुसी छन् कि छैनन्, यो पनि भन्न सक्तिन । तर थाहा छ, खोजेको जिन्दगी आफ्नो देशमा छैन । सहर, गाउँ-बेँसी, पहाड र कोशी-कणर्ालीमा छैन । परिवर्तन र नयाँ नेपालमा छैन । मधेसको माटोमा पनि छैन, उपत्यकाको मन्दिरमा पनि छैन । बरु यहाँ भगवान भेटिएलान्, तर जिन्दगी फेला पर्दैन ।

A few days back, I decided to purchase certain electronic items from viagra soft tablets an online store. When the herbal erection oil for men acquisition de viagra why not try these out is a big deal – buying online is convenient and easy. Goal Setting Is Not Enough While writing down goals is essential, it simply http://secretworldchronicle.com/tag/gero/ cialis tablets india is not enough. In the present market there buy generic levitra secretworldchronicle.com are different methods for treating arthritis and relieving associated symptoms such as chronic pain. हामी मात्रै सपना देख्छौँ । देख्ने गरेको सपनामा पनि जिन्दगी छैन । विना जिन्दगीको सपना बोकी बसेको देश, मानौं रित्तो जीवनका हामी मान्छे जिन्दगीको खोजीमा केवल यात्रारत छौँ । मलेसियाको कारखानामा जिन्दगीको उब्जनी हुँदोरहेछ, देखेर लोभिन्छौँ र पसिना बगाउन पुग्छौँ । कतारको तरकारीबारीमा जिन्दगी फुल्दोरहेछ, त्यहाँ माटो गोड्न थाल्छौँ । भेँडीगोठ र ऊँट-गधाको गोठालो भई बालुवामा गुजार्ने रातभित्र पनि जिन्दगी रहेछ । कति अचम्म ! अमेरिकाको सबवेमा स्यान्डविच बनाएर जिन्दगीको परिदर्शन गर्छौं र धन्य हुन्छौँ । रेस्टुरेन्ट र गाउने गीतमा, स्टोर, कफीसप र ग्यास स्टेसनमा कहाँ छैन जिन्दगी ? सडक, पार्क र पसल जताततै जिन्दगी नै जिन्दगी । जिन्दगीको बजार लाग्ने सहर, बेचिन्छ र किनिन्छ । फोहोर मिल्काउने रछानमा पनि जिन्दगी छ, मुर्दा गाड्ने चिहानमा पनि जिन्दगी, दुकानदारी र सैनिक क्याम्प, फुटपाथ पसल, स्वास्थ्यसेवा, शिक्षणकार्य कहाँ छैन जिन्दगी ? स्वच्छ हावा खोज्दै शिवपुरी र फर्पिङ हिँडेजस्तो छ, जिन्दगीको खोजीमा हाम्रो अमेरिका, बेलायतको बसाइँ सराइ । रोजगारी खोज्दै खाडी मुलुक गएजस्तो पनि । यसरी बाँचेर जीवनबाट वञ्चित हुने हामी मानिसहरू । यो पीडा रुसोले बुझेछन् । उनले भने- \”हामीसँग गरिएको एउटा उपहास हो, जिन्दगी ।\”

कति ठूलो षडयन्त्र भएको रहेछ हामीसित, कि जीवन नै उपहासमा परिणत हुन्छ, मानिसहरू अर्थहीन । भविष्य झन् डरलाग्दो, स्पेंगलरले देखेको भन्दा पनि !

अनि प्रश्नहरू मनै छुनेगरी तरङ्गति हुन्छन् । के अमेरिका जानेहरूले खोजेजस्तो जिन्दगी भेट्टाएछन् ? उत्खननमा लागेको जिन्दगी फेला पर्‍यो ? परिभाषा नै बदलिसकेको सन्दर्भमा जिन्दगी कहाँ त्यति सस्तो र सरल छ ? जोडेर हिसाब लगाउँछौँ, डलर वा पौन्ड, युरोसँग दाँज्छौँ र मूल्याङ्कन गरिरहेका छौँ । भौतिक सम्पदा ठानेर अथ्र्याउँछौँ र मूल्य तोक्छौँ । मानौं जिन्दगी आधुनिक सुविधासम्पन्न कुनै बङ्गलाघर हो, अथवा मर्सिडिज बेञ्जकार वा दुई-चार पुस्तालाई पुग्ने बैंक ब्यालेन्स हो । यही जोर्न बेलायत, अमेरिका जान्छौँ, अनि दुई-चार भारी जिन्दगी बोकेर र्फकने आशाले भित्रभित्रै प्रफुल्लित हुन्छौँ । कोही त नागरिक भई दोस्रो दर्जाको अमेरिकन वा अंग्रेज भइदिन्छौँ ।

कुनै दिन संसार एउटा राष्ट्रमा परिणत हुनेछ, अनि हामी हुनेछौँ, विश्व-मानव । मुक्ति खोज्नेहरूको प्रस्थान हो कि आप्रवासीहरूको यो भीड र हाम्रो देशान्तरित यात्रा ? बेलायतका आप्रवासी नेपालीहरूलाई देख्छु, घडीको सुईझैं सुनिश्चित विन्दुको परिक्रमामा लागेर संसारै जित्ने ताकमा छन् । महादेवको फन्को मारेर विश्व परिक्रमा गर्ने गणेशलाई सम्झन्छु ।

व्यस्तताको जीवन आफैंमा एउटा उपलब्धि हो । १८ घन्टासम्म रित्याएर आफूलाई सुम्पन्छौँ । अनि आफूले देखेको दिव्य सपनामा एकछिन भुल्छौँ, दिनभरिको थकाइ र पीडा बिर्सन्छौँ । जीवनको यो सामान्य दैनिकी हो, एउटा प्रक्रिया । विकल्पमा बेठेगान अनियमितता छन्, रातको याम, बेग्लाबेग्लै डयुटी, बेला-कुबेलाको आऊ-जाऊ । यही दिनचर्या रहेको जिन्दगीको म कुरा गर्दैछु । यही सपना बोक्नेहरूको म बेलीबिस्तार गर्दैछु । कहिले बिहान हुन्छ, थाहा छैन, कहिले रात पर्छ, होश छैन । पारिवारिकताको सुखानुभूति गर्ने समय छैन । व्यस्तताको विम्बभित्र असीम चाहनाको भौतिक संसार छ, यो सँगै गाँसिएको मनोरम कल्पना, महत्त्वाकाङ्क्षाहरू, सुन्दर भविष्य छन् । बाँच्नलाई चाहिने न्यूनतम सर्त हावाजस्तो, तर सास फेर्नैका लागि बाँचेका होइनौँ । जीवन र सास फेर्नुलाई एउटै ठानेछौँ । बाँच्नुको अर्थ नमर्नु होइन भनेर पनि बुझेनछौँ । त्यसैले पौन्ड र डलरले जोखेर मूल्याङ्कन गर्ने परिभाषामा हामी समेटिएछौँ । कति अवमूल्यन भएछ, जिन्दगीको ? ओह !

हरेक नागरिकले बाँच्न पाउनुपर्ने जिन्दगीबाट वञ्चित भई आप्रवासी हुनुलाई राज्य सम्हाल्नेहरूको विफलताले सिर्जना गरेको दुर्घटना भन्छु । अनि विदेश पलायन यसमाथि गरिएको व्यङ्गय हो ।

कहिले साक्षात्कार गर्ने हो जिन्दगीसित, खै ? एउटा बाध्यता विरुद्ध अर्को बाध्यता टिपेर मुक्ति खोज्ने हामी त्यहींको जीवनमा रूपान्तरित भइदिन्छौँ । अनि जिन्दगीको अर्थ खोज्छौँ र मनभरि गाउँघर, आँखाभरि पाखा-पखेरो, छातीमा हिमशृङ्खला उभ्याउँछौँ र देश दुखेको पीडाले रुन्छौँ । लाग्छ, विचलन भरिएको यसै मार्गका यात्रु भई जिन्दगी खोज्दैछौँ । देशले नापेर हामी नापिएनौँ । अरू मुलुकको उचाइले पनि दाँजिदैनौँ । मात्रै बसाइँ सरिरहेछौँ, जिन्दगी खोज्दै मुलुक-मुलुक । यो अनिश्चितताको यात्रा, यो बाध्यताको बहिर्गमन, यो अध्ययनार्थ विदेश पलायनलाई म जिन्दगी खोज्दै हिँड्नेहरूको अभियान भन्छु । त्यहाँभित्र अभिलाषाका अनेक टापुहरू छन्, गन्तव्यहरू छन् ।

मलाई त जिन्दगी आफैंमा स्वादिलो लाग्छ । उपयोग गर्न जानेनौँ भने जे पनि बेस्वादिलो लाग्दोरहेछ, त्यसैले स्वाद लिएर निलौँ । दुःखको पनि आफ्नो स्वाद छ । मैले देश बदल्दैमा मेरो देश बदलिने होइन । यसैले म अर्थहीन जिन्दगीलाई परिभाषित गर्न नयाँ अर्थ खोज्दैछु,

तिमीहरू पनि त्यसकै खोजीमा छौ । अहिले त न तिमीले त्यो जिन्दगी पायौ, न मैले । लाग्छ, हाम्रो अनुत्तरित प्रश्न नै उत्तर भएर यसले हामीलाई जिन्दगीको नजिक पुर्‍याउनेछ ।

Leave a Reply