Nepali Articles

Sanjaal Corps Initiative

Baidyanath Upadhyaya – Prem Neupane Prahar Ko Kavya ‘Sankalpa’

वैद्यनाथ उपाध्याय – प्रेम नेउपाने प्रहरको काव्य ‘सङ्कल्प’

शब्दाडम्बर कविता होइन,छन्दमात्र कविता होइन,लयमात्र कविता होइन, कविता हो स्वानुभावको आत्मा। मौलिकता र स्वकीयता नै सच्चाइका चिह्न हुन। -लक्ष्मीप्रसाद देवकोटा।

कविता रच्नु भनेको समय सँग संवाद गर्नु हो। उपनिवेशवादको नवीनतम उपकरण भोगवादी सभ्यता र अन्धाधुन्ध विकासवाद तेश्रो दुनियाको आफ्नो जातीय आत्म परिचय नष्ट पार्दै, त्यस्लाई जरैसँग उखेल्ने कोशिसमा छ। यस्को विरोधमा प्रतिरोधको लागि समकालीन कविता आफ्नो जमीनमा दृढ़ताका साथ उभिएको छ। आजको कविता साँस्कृतिक धरातलको खोजीमा छ जुन वर्तमान समयको माँग पनि हो। प्रेम नेउपाने सिक्किम राज्यको राउते, रूम्तेक निवासी कवि हुन। उनी आफैंलाई नामको पछाडी ‘प्रहर’ जोडेर चिह्नाउन रूचाउँछन। उनका दुइवटा कविता सङ्ग्रह प्रकाशित भएका छन। उनको पहिलो कविता सङ्ग्रह छरिएका शब्दहरू 2018 मा प्रकाशित भएको थियो। यस सङ्ग्रहमा उनका उन्साठीवटा काव्य उदगारहरू समाविष्ट भएका छन। कविले जीवनवोध र समसामयिक संवेदनशील विषयहरूमाथि आफ्नो काव्य प्रतिभाको प्रतिष्ठा गर्ने कोशिस गरेका छन। उनका कविताहरूले कविलाई एक संवेदनशील व्यक्तिका रूपमा दर्शाएको छ। जातीय सत्वान्वेषण समकालीन कविताको एक सशक्त पक्ष हो। जहाँसम्म कवि प्रेम नेउपाने ‘प्रहर’को कवि दृष्टिको सवाल छ, अवश्यै राउते रूम्तेक गाँउको साँस्कृतिक गरिमा, उसको अस्तित्वको संघर्षसँग उनको नङ-मासुको जस्तै सम्पर्क रहेको छ। उनको काव्यको लक्ष्य समाजबाट अशुभ परम्परालाई हटाएर मानवसुलभ परिवेशको सृजन गर्नु रहेको छ। ग्रामीण जीवनको पृष्टभूमिमै उनका कविताहरू फस्टाएका छन। यस्तैमा स्वत्वान्वेषण सँग जोडिएका कविताहरूमा गहिरो अनुराग पनि झल्किएको छ। यो उनको कविताहरूको विशेष परिचय हो।

मान्छे भएर जन्मेपछि
मान्छेसरी नै जीउनुपर्छ
कति जीउने कसरी जीउने
भित्री मनले गम्नुपर्छ।

कवि प्रेम नेउपाने प्रहरले अलिकति सोच्नु पर्छ कवितामा उनको सोचलाई काव्यमा यसरी प्रस्फुटित पारेका छन। यो कविको आत्मान्वेषण हो जो जीवन्त परम्परासँग पुन सम्बन्ध बनाउने पक्षधर पनि छ। कविको यो आकाङ्क्षा एकालाप हैन। कविता कहिल्यैपनि एकालाप हुँदैन त्यो समाजलाई नै सम्बोधित हुन्छ। यो त्यसैले महत्वपूर्ण छ कि यो एक साथ विस्थापन र आत्म परिचयको लागि संघर्षको समय हो। एकातर्फ जातीय स्वत्वको संरक्षण गर्न संघर्षरत समय छ भने अर्कातर्फ त्यसबाट निर्वासन हुने प्रक्रिया पनि जोरदार चलिरहेकै छ। कवि समाजको सचेत व्यक्ति हुनाले छर छिमेक र समाजमा घटने गरेका घटनाक्रमहरूबाट कविको मन प्रभावित हुनु स्वाभाविकै हो। यसरी नै हाम्रा कविले एउटा गुनासो सानीसँग कवितामा भनेका छन-

व्यर्थ बगेछन य़ी पसीनाहरू
बाँझो ढुंगे बगरभरी
उठेका हत्केलामा य़ी ठेलाहरू
दुख्छन हिजोआज मरिमरि।

दोश्रो काव्य सङ्ग्रह ‘संकल्प’मा कवि सुकोस त्यो विशाल सागर, पसीनाकै खोलो बगाऊँला,जति आओस अड़चन मार्गहरूमा हाँसेर सामना गरौंला भन्दै अठोट लिएर आएका छन। सङ्कल्प 2020 सनमा प्रकाशित उनको दोश्रो कविता सङ्ग्रह हो। यसमा उनका एक सय एक्काइस कविताहरू समावेश भएका छन। उनले आफ्नो दोश्रो काव्य संग्रहको आरम्भमा कृष्णराग अलापेका छन। दुनियाको स्वार्थीपनबाट कवि उद्विग्न छन। संसारको देखावटीपन, जाल-झेलबाट उनि मूक्त रहन चाहन्छन। त्यसैले आफ्ना इष्टदेवलाई उनि भन्छन-

आफ्नो भन्ने नाताहरू सबै पराई भए
सदाचार, लोकाचार सबै हराई गए
एक्लै परें कृष्ण अब जाली जगतमा
The children were acting up because they felt the tension and we were heading generic cialis sample towards a divorce. DHEA low levels are associated with click here for info buy viagra italy ED. The effects of serious levitra cost dogbites can be devastating for all involved. Men feel bound to their health levitra india problems, especially when they affect their normal routine. /> बस्नु छैन मलाई अब यहाँ फगतमा।

दशैंको यादमा शीर्षक कवितामा रोजगारको सिलसिलामा विदेशिएका युवाहरूको आफ्नो घर, बूवा-आमा, गाँउ घरप्रति रहने आवेगको स्फुरण गराएका छन। गरीब कवितामा गरीबीको चपेटमा परेर पनि व्यक्ति कसरी आफ्नो इमानदारीता बचाएर राख्दछ र जीवनमा परिश्रम र पौरखको भरमा जीवनको गुजारा गर्दछ त्यस्लाई आफ्नो कविताको विषय बनाएका छन। हजुरबा सँगको नयाँ बर्ष कवितामा संस्कार र संस्कृतिमा हुँदै आएको अतिक्रमण र द्वन्द्वलाई काव्यात्मक भाव प्रदान गरेका छन। प्रेम नेउपाने प्रहर मान्छे र सामाजिक सरोकारका कवि हुन। उनका कविताहरूमा नेपाली भाषाको विकास, संस्कृतिको संरक्षण, मानवीयताको विकास आदि विषयहरूको प्रधान्य हुनुले उनि समाजका शुभचिन्तक र अभिभावक पनि हुन भन्ने दर्शाउँछ। हिजोआज शहरीकरणको प्रभावले गाँउ बस्तीहरूले आफ्नो स्वाभाविकता गुमाएको, गाँउहरूबाट गाइ-बस्तुहरूको गोठहरू उठदै आएको विषयहरूले कविको मनमा विरानोपन छाएको देखिन्छ। यो परिवर्तनलाई उनले स्वाभाविक र सहज रूपमा स्वीकार्न सकेका छैनन।

‘सङ्कल्प’का कविताहरूले वर्तमानका विकास योजनाहरूले गाँउ गाँउलाई कसरी नामेट पार्दै लगिरहेछ, त्यहाँका साधारण मान्छेको अस्तित्वलाई कसरी नष्ट पार्दैछ त्यस्को बयान गरिराखेकाछन। कविता ती गाँउहरूको व्यथा पोख्दछ जो लगातार विरूप हुँदै गै रहेका छन। मानवीय घोषणाको बावजूद जब देशका धेरै आवादी सामाजिक न्यायबाट मात्रै हैन बरू जीउने अधिकारबाट पनि बञ्चित हुन्छन तब सवाल उठतछ कि विकास अथवा प्रगतिको अर्थ के हो? आजादीको अर्थ के हो? कविता हामीलाई सोच्न विवश गराउँदछ।

कविता अन्तत मूक्तिको आवाज हो र जीवनको जल पनि हो। जिजीविषाको सघनतम बिन्दूमा पुगेर भाषा कवितामा रूपान्तर हुन थाल्दछ। यहाँ एकैसँग कविको संत्रास, कविता सम्बन्धीय आशा, हरियो धरतीको स्वप्न र साथै कविताको सौन्दर्यबोध पनि जुन कविता र प्रकृतिको चिरन्तन सम्बन्धको मनोभूमिबाट उत्पन्न भएको हुन्छ, व्यक्त भएको छ। मानवीयतालाई बचाएर राख्नुनै कविताको प्रथम र अन्तिम कर्म पनि हो। यसको लागि कविता स्वयं आफ्नो छुट्टै लोक रचना गर्दछ जहाँ सौन्दर्य आफ्नो समग्रतामा प्रस्तुत हुन्छ। सादगी र सहज सम्प्रेषणीयताले गर्दा प्रेम नेउपाने ‘प्रहर’का कविता एक अनुभव बन्दछन, साथै हामीलाई सोच्न विवश पनि गर्दछन।

समकालीन कविताका विशिष्ट हस्ताक्षर प्रेम नेउपाने ‘प्रहर’ ग्रामीण संवेदना र ग्रामीण जीवनबोध का कवि हुन। समकालीन कठिन जिन्दगीसँग जोडिएका कविताहरू आफ्नो परिवेशको समग्र परिचयको काव्य हो। यस्मा प्रकृति र मानवको परस्परमा जोडिएको लोक संस्कृतिको संस्मरणका साथ जीवन प्रति लगाव र व्यवस्था प्रति प्रतिरोधको चेतना पनि छ। प्रेम नेउपाने ‘प्रहर’का कविताहरूले समकालीन जीवन र काव्यमा कविको उपस्थिति र हस्तक्षेप दर्ता गराउँदछ। शब्दको पर्दा पछाडी अभिव्यक्तिका लागि तडपिरहेको आवाजमा जीवन छुपेको छ। यही आवाज हामीलाई सम्पूर्ण जिन्दगी सँग साक्षात्कार गराउँदछ। हाम्रो अगाडी नांगो हुँदै गरेको जिन्दगीमा एकातर्फ जमानाको क्रूर यथार्थ, व्यवस्थाको अमानवीयता र साँस्कृतिक संकटको स्थिति छ भने अर्कातर्फ कविको स्मृति र इच्छाहरूको एक संसार पनि छ। यथार्थ सँग टकराउँदै कवि हामीभित्र एक बेचैनी पैदा गर्दछन, कहिल्यै प्रतिरोधको भावना जगाउँदछन र कहिल्यै समय को साक्षी बनेर प्रस्तुत हुन्छन।

(लेखक स्वरचित हिंदी काव्यग्रंथ ‘गगन के उस पार’ का लागि केंद्रीय हिंदी निदेशालयद्वारा हिंदीतरभाषी हिंदी लेखक पुरस्कार (2012) ले सम्मानित हुनुहुन्छ।)
सम्पर्क: गाँउ खांखलाबारी, उदालगुडी-784509, बीटीआर, असम। 917002580050(M)
Email: baidyanathupadhyaya06@gmail.com

Leave a Reply