Philos Sharma Paudel – Bhasha ra Bhabishya
फिलोस शर्मा पौडेल (स्पन्दन) – भाषा र भविष्य
हाम्रा पुर्खाहरुको पौरखका कारण आजसम्म हामी कुनै पनि बाह्य मुलुकको प्रत्यक्ष उपनिवेशमा परेका छैनौं भनेर भनिराख्नु मुर्खता होला।
तर के हामी आफू र आफ्नो मुलुकलाई कुनैपनि प्रकारको उपनिवेशमा पर्नबाट रोक्न सक्ने हैसियत राख्छौं ? मलाई डर छ, यस प्रश्नको उत्तरमा छौं र छैनौं को अनुपात बजारमा तरकारीको मोल र किसानले पाउने भाउको भन्दा पनि कम हुनेछ। हाम्रो शिक्षा प्रणाली र सामाजिक आचरणमा व्यापक फेरबदल नभएको खण्डमा अबको पाँच दशक भित्र हामी अङ्ग्रेजी भाषाको भाषिक उपनिवेशमा हुनेछौं । हाम्रो राष्ट्रिय भाषा नेपाली प्रतिको स्नेह र सम्मान केही सिमित व्यक्तिहरुमा मात्र रहनेछ। त्यो स्नेह र सम्मान आत्मसात् गर्ने नयाँ पिढिंको संख्या झन् कम हुनेछ र त्यसपछी झनै कम। यसरी आत्मसात् गर्ने व्यक्तिको संख्या घट्दै घट्दै शुन्यमा नझर्ला भन्न सकिँदैन। यस्तो लेखिरहंदा मलाई आफ्नै शब्दले तर्साउँदै छन् र मभित्रको भाषा प्रतिको प्रेमले आफ्नो शब्दहरु प्रती सचेत गराउँदैछन्।
‘शुभ प्रभात।’ ९ कक्षामा अध्ययनरत एक छिमेकी भाईलाई मैले सखारै सम्बोधन गरें। उत्तरमा उसले एकजोडी उत्सुक आंँखाले म तिर हेर्यो।
“के भयो? बुझेनै?” उसका आंँखामा अघिको उत्सुकताको भाव ज्यूँको त्यूँ थियो।
DATA SOURCE* Data discount sildenafil were collected in June-September 2005 by U.S. Most men who used Sildalis had the ability to do better jobs in a stretch of time without on line cialis bananaleaf.com.ph fear and concerns of losing their erections. Kamagra contains active ingredient erectile buying cialis online dysfunction curing agent Sildenafil citrate that is recommended by the doctors around the world. The effect starting time and its ending time also are the same of the branded female viagra australia .” हजुरले के भन्नू भयो? मैले त अहिले सम्म सुन्या’ थिईन। स्कूलमा नेपाली सरले नि भन्नुभाथेन’ यस्तो त।”
म चुक्क चुक्चुकाएर उसलाई यसको अर्थ सिकाउन बाहेक केही गर्न सकिन। अर्थ थाहा पाएपछि उसका आंँखामा एकप्रकारको रोमाञ्चकता खोज्दै थिएँ तर उसका आंँखा ‘ए… केही खास रहेनछ’ भनेजस्ता भावविहिन भए।
हालको पिढिंलाई नेपाली भाषा लेख्न र पढ्न झिंजो लाग्छ। साधारण वार्तलापमा प्रायः अङ्ग्रेजीमा प्रयोग गरिने शब्द कसैले नेपालिमा गरिदियो भने यिनले नाक खुम्चाउँछन् वा अर्को ग्रहबाट आएको प्राणिलाई झैँ नौलो दृष्टिले हेर्छन्। यसको सार, बिस्तारै यिनलाई नेपाली भाषा नौलो लाग्न थालिसक्यो।
यस्तो परिस्थितिको सर्जक हामी आफैं हौं। हाम्रा कतिपय विध्यालयहरुमा अङ्ग्रेजी नबोली नेपाली बोलेमा सजाय पाईन्छ। अभिभावकहरुलाई शिक्षाको गुणस्तर भन्दा आफ्ना छोराछोरी पढ्ने विध्यालयमा अङ्ग्रेजी बोलचालको वातावरण बढ्ता महत्वपूर्ण हुन थालिसक्यो। अरु त अरु, घरमा बच्चाहरुले अङ्ग्रेजी बोल्नैपर्ने नियम राखेका अभिभावक समेत देखेको छु। स्थिती डरलाग्दो भईसक्यो। सरकारी विध्यालयहरुमा गुणस्तरीय पढाइ भएर ती विध्यालयप्रति मानिसहरुको विश्वास बढे मात्रै पनि यी मध्य अधिकांश डरलाग्दा स्थितिबाट छुटकारा पाउन सकिन्छ।
अङ्ग्रेजी भाषालाई हाम्रो समाजले सुन्दरता र बुद्धिमताको मापकको रुपमा लिन्छ। कुनै पनि प्रतियोगिता जित्नको लागि प्रतियोगिताको सो विषयमा उत्कृष्टताको साथसाथै अङ्ग्रेजी भाषामा प्रखरता पनि नापिन्छ। अङ्ग्रेजी भाषामा प्रखर नभई तपाईं नेपाली भाषा साहित्यको विद्वान नै हुनुहुन्छ भने पनि तपाईंको केही जोर चल्दैन। प्रतियोगिता नेपाली भाषा साहित्यको नै हो भने बेग्लै कुरो।
अङ्ग्रेजी भाषा पनि अन्य भाषा जस्तै एक संवाद तथा संचार माध्यम मात्र हो, यो जानेर कोहि उत्कृष्ट हुँदैन र नजानेर कसैको स्तर खस्कदैँन भनेर बुझ्न जरुरी छ। भाषा सिक्ने र आवश्यक ठाउँमा प्रयोग गर्ने कुरा एकदम ठिक छ। तर, राष्ट्रिय भाषा भन्दा उपल्लो दर्जामा यसलाई राखि कुनैपनी क्षेत्रको अभिन्न अङ्ग बनाउनु र यसकै आधारमा कसैलाई सफल वा असफल मानी नेपाली भाषाको अपमान गर्नु भनेको भाषिक उपनिवेश निम्त्याउनु हो।