Nepali Articles

Sanjaal Corps Initiative

Baidyanath Upadhyaya – Bhanubhakta’s Contribution To Nepali Language Literature

वैद्यनाथ उपाध्याय – नेपाली भाषा साहित्यलाई भानुभक्तको योगदान

एकदिन नारद सत्यलोक पुगि गया लोकको गरौं हित भनी
ब्रह्मा ताहिं थिया पऱ्या चरणमा खुसी गराया पनी।।
क्या सोद्छौ तिमी सोध भन्छु म भनी मर्जी भएथ्यो जसै
ब्रह्माको करूणा बुझेर ऋषिले बिन्ती गऱ्या यो तसै।।
हे ब्रह्मा जति हुन शुभाशुभ सबै सुनी रह्या छु कछु
बाँकी छैन तथापि सुन्न अहिले इच्छा म यो गर्दछु।।
आऊला जब यो कली बखतमा प्राणी दुराचार भई
गर्न्या छन सब पाप अनेक तरहका निच्का मतीमा गई।।

भानुभक्तीय रामायणले नेपाली मनलाई अतिनै प्रभावित पारेको थियो। नेपाली जनजीवनको दुखेसो पोख्ने माध्यम सुद्ध बनेको थियो भानुभक्तीय रामायण। नेपाली जाति नेपालमा होस या भारतमा अथवा अन्य कुनै देशमा, पण्डित हुन कि मजदूर-किसान, भानुभक्त भट्याउँछन—

सुन्यौ भाइ सन्सारमा शरीर अति कच्चा जनको।
शरीर कच्चा जानी नगर तिमी रिस कत्ति मनको।।

यस्ता नेपाली जनमानसका प्रिय आदिकवि भानुभक्त आचार्यको जन्म 13 जुलाई 1814 मा नेपालको तनहुँ जिल्लाको चुँडी रम्घा नामक ठाउँमा भएको थियो। उन्लाई घरैमा उनका हजुरबा कृष्ण आचार्यले पढाएका थिए। उनका पिता धनञ्जय आचार्य सरकारी कर्मचारी थिए। उनी जनरल अमर सिंह थापाको अधीनमा कार्यरत थिए। उन्को मृत्यु 1868 सनमा भएको थियो। नेपालीहरू 13 जुलाईको उन्को जन्म दिनलाई कहिल्यै भूल्न सक्तैनन। उनलाई आदिकविको यो उपाधि सर्वप्रथम मोतीराम भट्टले दिएका हुन। मोतीराम भट्टले जब उन्को जीवनी लेखे तब उन्लाई आदिकवि भनेर लेखे। त्यस भन्दा अघि पनि धेरै कविहरू थिए यो कुरो मोतीराम भट्ट जान्दथे तर उन्ले यो तर्क अघिसारे कि भानुभक्तले कविताको मूल मर्मलाई जानेर कविता लेखे। युद्ध शमशेर राणाले आदिकवि भन्दा हुन्छ भनेर घोषणा गरेपछि उन्लाई नेपाली भाषाको आदिकवि भनेर मानियो।

पन्द्रहौं शताब्दीमा खस राज्यको पतन पछि अहिलेको नेपाली भाषालाई वर्णशंकर घोषित गरियो अनि बोलचालबाट बाहिर राखियो। त्यसबेला संस्कृत भाषाको व्यापक प्रचलन थियो। धेरैले संस्कृत शब्दहरूको प्रयोग गरेर कविता लेखे। त्यसबेला रामायण, उपनिषद, वेद पढेर बच्चाहरूले शिक्षा लाभ गर्दथे। उनिहरूको यो कठिनाई देखेर उनले रामायणको एक भागलाई नेपाली भाषामा अनुवाद गरिदिए। अनुवाद सम्पूर्ण गरेपछि उन्को यो रामायण गीति लययुक्त बन्यो र जनमानसको मन छुने भयो। भानुभक्तले पश्चिमा शिक्षा प्राप्त गरेनन। उन्ले जे सिके आफ्नै गाँउ, ठाँउ र देशबाटनै सिके। त्यस्ले उनको लेखनमा नेपालीपना थपेको छ।

भानुभक्त एक धनी सम्पन्न परिवारमा जन्मिएका थिए। एक दिन एकजना घाँसीलाई भेटे पछि उस्को कुरा सुनेर उन्मा वैचारिक परिवर्तन आयो। उनि भन्छन—

भर जन्म घाँसतिर मन दिई धन कमायो
नाम क्यै रहोस पछि भनेर कुवा खनायो।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो।।
मेरा इनार न त सत्तल पाटी क्यै छन
It surely suits men having trouble in http://www.creativebdsm.com/Home.html order cheap viagra lasting the extra mile. Improving cialis online online right here dysfunctional cranial rhythmic impulses can improve the immunity system functioning, thereby making men stronger against disease causing pathogens. Sometimes your nail may separate from the viagra price others. However, this is never a replacement for personal consultation with your doctor is mandatory before the use of this medicine. viagra canada online जे छन चीजहरू छन घरभित्रनै छन।।
त्यस घाँसीले कसरी आज दिएछ अर्ती
धिक्कार हो म कन बस्नु न राखि कीर्ती।।

भानुभक्तको बाल्यकालीन समयमा नेपालमा संस्कृत भाषाकै बोलवाला थियो। त्यतिबेला नेपाली भाषालाई मानिसहरू तुच्छ सम्झन्थे। तर भानुभक्तले नेपाली भाषालाई आफ्नो शिरको ताज बनाए। उनि सानैमा नेपाली कवितामा बोल्थे, कवितामा गाँउथे र कवितामा नाच्थे। एकपटक एकजाना बटुवाले उनको परिचय माग्दा उनले कवितामानै यसरी जवाफ दिएका थिए।
पहाडको अति वेश देश तनहुँमा श्रीकृष्ण ब्राह्मण थिया
खुप उच्चकुल आर्यवंशी हुन गै सत्कर्ममा मन्दिया।
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया
इन्को नाति म भानुभक्त भनि हुँ यो जानि चिन्ही लिया।।

भानुभक्तले जति जाने आफ्ना बाजे श्रीकृष्ण आचार्यबाटनै जाने। उनका बाजे नेपालका छेउ भित्ता देखि भारतको काशी सम्म जताजता गए पनि भानुभक्त उनको हातको चोर औंला समातेर हिंडदथे। अनि उनका बाजे धार्मिक भइकन विद्वान पनि थिए। त्यस बखत तनहुँ भरि श्रीकृष्णको सुनाम थियो। त्यसैले बाल्यकाल देखिनै भानुभक्तको जीवनचर्या एउटा कविको जस्तो, एउटा जमिन्दारको जस्तो र एउटा राजर्षि ठाँटको थियो।

भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन। उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणलेनै रामायणको नेपाली रूप दिए। अध्यात्म रामायण अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे। भानुभक्त अघिका नेपाली कविले नेपाली भाषा साहित्यलाई यति सहज, सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन। त्यसैले भानुभक्तकृत रामायणलाई नेपाली भाषा साहित्यको पहिलो महाकाव्य मानियो।

भानुभक्तले सांस्कृतिक रूपमा नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषिक एकीकरण गरे। उनले रामायणका बालकाण्ड, अध्यात्मकाण्ड, प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा आदि कृतिहरू नेपाली भाषा साहित्यको मन्दिरमा चढाए। उनका धेरै कृतिहरू भए पनि रामायणलेनै उनलाई अमर तुल्यायो। अनि त्यही रामायणले नेपाली भाषालाई पनि लोकप्रिय बनायो।

बाबु धनञ्जय जागिर छँदै परलोक भएकाले पिताको जागिरको हिसाब भानुभक्तले बुझाउन नजान्दा यिनी पाँच महिना थुनामा परेका थिए। थुनामा बस्दा त्यहाँको वातावरण र व्यवस्थापन सम्बन्धमा रमाईलो व्यंग्यात्मक कविता लेखेका छन

रोज रोज दर्शन पाउँछु चरणको ताप छैन मनमा कछु
रात भर नाच पनि हेर्छु खर्च नगरी ठूला चैनमा म छु।
लामखुट्टे उपियां उडुस सँगि छन यिनकै लहरमा बसी
लामखुट्टेहरू गाँउछन ति उँपिया नाच्छन म हेर्छु बसी।।

यसरी हेर्ने हो भने भानुभक्त नेपाली भाषा साहित्यका लागि एक वरदान स्वरूप नै हुन। उनकै कारणले आज नेपाली भाषा उन्नतिको पथमा अग्रसर छ। यस्ता कविलाई उन्को जन्मदिनमा हार्दिक श्रद्दा सुमन।

लेखकीय सम्पर्क- खांखलाबारी, उदालगुडी-784509, बीटीएडी, असम। 7002580050/7896907741(M)

Leave a Reply