Kamal Dixit – Kissa Ek Jujharu Ko
कमल दीक्षित – किस्सा एक जुझारुको
(Source: रचना द्वैमासिक)
The levitra 10 mg hunger for sex is similar among both men and women. You are advised to drink plenty of water to flush out toxins and eat plenty of fiber to keep things in your gut moving. levitra free samples But did you know that it is india online cialis the major cause of this problem. 7. Some of the most famous ED drugs to enhance our love tab viagra lives. २००२ सालमा भरत शमशेर त्रिचन्द्र कलेजमा बीएको तेस्रो वर्षमा पढ्दै थिए । २००७ साल आउन निकै दिन बाँकी थियो । शक्तिशाली कमाण्डिङ् जेनरल बबरशमशेरका नाति भरत उसै बेलादेखि जुझारु स्वभावका थिए । ‘शारदा’मा लेख लेखेर बालकृष्ण, लेखनाथहरू जस्ता हस्तीको भाषालाई गिज्याउने र ‘निरीह’ बोधविक्रम (अधिकारी)को दन्त्यकथाको भाषालाई सर्हाउंदै ‘हामी कता -‘ भन्ने लेख लेख्ने ‘विद्रोही’ भैसकेका थिए ।
तिनै भरत समशेरको कलेजको परीक्षाको एउटा कापी मपुपु-मा आई बसेको छ निकै वर्षदेखि । त्यो कापी मपुपु-लाई दिने व्यक्ति, ‘सम’ नभैसकेका, बालकृष्ण समशेर हुन् । त्यस वर्षको बीए तृतीय वर्षको ‘नेपाली’ पत्रको कापी जाँच्ने काम बालकृष्ण समशेरले पाएका रहेछन् । अरू कापी त उनले कलेजमै बुझाए होलान् तर यो एउटा कापी आफैसंग राखेछन् । त्यो किन हो उनै जानुन्, तर अनुमान लगाउन सकिन्छ । उनले भरत समशेरका विचारहरू केही ‘क्रान्तिकारी’ लागेर डाइरेक्टर जनरल साहेब, भरतकै पिता मृगेन्द्र समशेरलाई देखाउन राखेको हुनुपर्छ । राणाकालमा त्यस्तो उर्दी नै हुन्थ्यो- विद्यार्थीहरू ‘क्रान्तिकारी’ विचारका देखिए ‘माथि’ जाहेर गर्नुपर्दथ्यो । यो मेरो अनुमानै हो- समलाई त्यो कापीको विचार अलि क्रान्तिकारी लाग्यो होला भन्ने । भरतशमशेरले भगवान् कृष्णका बारेमा केही कडा कुरा लेखेका देखेर उनलाई ‘डर’ लागेको हुँदो हो । आफैले ‘प्रहृलाद’ नाटकमा हिरण्यकशिपुलाई मार्ने नृसिंहावतार विष्णु नभएर खम्बा ढली किचिएर कशिपु मरेको देखाउंदा श्री ३ को र धर्माधिकार गुरुज्यूहरुको खप्की खाइसकेका थिए बालकृष्ण स्वयमले पनि । त्यसैले जङ्गीलाठ बबर समशेरका नाति भरतसमशेरले (अथवा राणा पारिवारिक नाम पनाति हजूरले) लेखेको त्यस्तो देख्ता उनको सातो गएको हुनुपर्छ । साँच्चै उनले त्यो परीक्षा-कापी मृगेन्द्रशमशेरलाई देखाउने हिम्मत गरे कि गरेनन् मलाई थाहा छैन । २०३२ साल भदौ ३० गते त्यो कापी मपुपु-मा समजीले मलाई जिम्मा दिंदा पनि त्यो कुरा केही भनेका थिएनन् । तर अन्दाज गर्न सकिन्छ त्यो कापी उनले देखाएनन् । उनलाई लाग्यो होला राणाकालको धर्मभीरु परिवेशमा भरतशमशेरको त्यो कृष्ण-विरोधी लेखले प्रचार पाएको भए केही ‘अनर्थ’ नभई रहने थिएन । केही वर्षघि मात्र (चक्रपाणी-पुत्र) लक्ष्मीनन्दन चालिसेले त्यस्तै परीक्षाका कापीमा पृथ्वीनारायण शाहको प्रशंसा गर्दै ‘नामर्द राणाहरू’ लेखेको देखी तर्सेर मृगेन्द्र समशेरलाई देखाउँदा त्यत्रो पहरो गर्जेको उनले बिर्सेका थिएनन् । त्यो कापी मृगेन्द्र समशेरबाट माथि उक्लंदैउक्लदै श्री३ का हजूरमा पुगेर गरीब व्राहमणपुत्र जेल परेका र त्यसैबाट मरेका दृश्य पनि उनले सम्झे होलान् अनि लक्ष्मीनन्दन-काण्ड नदोहरियोस् भनेर बालकृष्ण शमशेरले त्यो कापी सुटुक्क गोप्यै राखे होलान् भन्ने ‘अन्दाज’ गर्न गार्हो छैन ।