Leela Raj Dahal – Bina Nishkarsha

लीलाराज दाहाल – बिना-निष्कर्ष
(Source:मधुपर्क, चैत २०६७)

नेता कुबेरप्रसाद मन्द हाँसोको साथ आफ्ना जुँगा मुसार्दै आरामदायी कुर्सीमा बसेका थिए । उनको ओठभरि मधुर मुस्कान सलबलाइरहेको थियो । आज उनी भित्रैदेखि प्रसन्न थिए । उनको चेहराबाट हाँसो र खुसी हराएको धेरै भइसकेको थियो ।

पहिलेपहिले कुबेरप्रसाद झर्कोफर्को गरिरहन्थे । कारण अकारण उनी रिसाइरहन्थे । बाहिर फेर डुल्न, घुम्न पनि बिलकुलै छोडिसकेका थिए । पार्टी, बैठक, भेटघाट, अन्तक्रिर्या, छलफल आदि क्रियाकलापहरूमा पनि उनी निष्त्रिmयजस्तै थिए ।

तर आज उनी एकाएक खुसी भए । पहिलेजस्तो उदास देखिएनन् । उनको अनुहारबाट बेपत्ता भएको खुसी पुनः फर्केको थियो । उनको अनुहार भर्भराउँदो उज्यालो थियो । उनको अनुहार नै आज अर्कै देखिएको थियो ।

उनी शयनकक्षबाट उठेर सीधै शौचालयतिर लम्के । शौचालयबाट निस्केर बाहिर बरण्डामा आए । उनको घर कम्पाउन्ड भित्र रहेको फूलबारीको बीचमा ठूलो टेबल र टेबल वरिपरि लहरै कुर्सीहरू थिए । टेबलमाथि विभिन्न नामका दैनिक र साप्ताहिक पत्रपत्रिकाहरू थिए । बिहान सबेरैका सूर्यको प्रकाशले टेवल माथिको सनमाइका र आल्मुनियम पाता टल्किरहेका थिए । नेताजी यी सबै कुराहरू नियाल्दै थिए । टेबल चम्केझैँ उनको अनुहार पनि चम्किरहेको थियो नेताजी एकपटक फेरि मुस्कुराए । काम गर्ने केटाले चिया ल्याइ पुर्‍यायो । आज चियाको कपभित्र अमृत नै भएको महसुस भयो उनलाई । चिया पिइरहँदा उनले अलौकिक आनन्द प्राप्त गरे । फूलबारीमा फूलहरू फुलेका थिए । फूलको सुवासले नेताजीको मन साह्रै आल्हादित भएको थियो । आज नेताजीले फूलको सुगन्धमा पनि ज्यादै मीठो खाने कुराको वास्नाको आभाष पाए ।

बिहानको सात बज्यो । बिस्तारै बिस्तारै नेताजीलाई भेट्न कार्यकर्ताहरू आउन थाले । उनी चुनाव सकेर विजयका साथ फूलमाला र अबीरमा सजिएर काठमाडौँ फर्केपछि गाउँतिर गएका थिएनन् । उनको बुझाइमा गाउँघरको अवस्था नाजुक थियो । आतङ्क र आन्दोलनले गर्दा गाउँतिर जान उनले उचित देखेका थिएनन् । उनको निवासमा आउने उनका क्षेत्रका मतदाता र कार्यकर्ता देखेर उनी रिसाउन थालेका थिए । उनीहरूलाई देख्नासाथ उनी बर्बराउन थाल्थे-खाली जागिर लाइदेउ, विदेश जानलाई कोटा मिलाइदेउ, खानेपानी छैन गाउँमा योजनामा पारिदेउ, विजुली बत्तीका पोल गाउँभरि ठड्याइदेउ, गाउँघरमा बाटोघाटो छैन बनाइदेउ । नेताजी भित्रैदेखि आफैँसँग र्झकन थालेका थिए- यी सबै काम गर्नलाई म माननीय बनेको हो र !

नेताजी सोचिरहेका हुन्थे-उनी माननीय बनेको त आफू र आफ्ना सात पुस्ता सपार्नलाई पो त ! उनले गर्ने काम त कमिसन, ठेक्कापट्टा, भाषण, आश्वासन पो हुन् त ! हैन, के भएका उनका कार्यकर्ता पनि ! खाली गर्न नसकिने, गर्न नहुने जनविरोधी काम पो गराउन आउँछन् । कमिसन लिने, ठेक्कापट्टा, भाषणजस्ता काम गर्न छोडेर फेरि त्यही पुरातनवादी खानेपानी, सडक, रोजगारीजस्ता दलदलमा फँस्न पुगे भने उनले अर्को चुनाव कसरी जित्नु !!

तर आज नेताजी रिसाएका छैनन् । उनको हृदयमा कठोरता छैन । उनलाई भेट्न आउने कार्यकर्तासँग पनि नम्रतापूर्वक बोलिरहेका छन् । सञ्चो, बिसञ्चो, गाउँको हालखबर सोधिरहेका छन् । कार्यकर्ता र मतदाताहरूलाई उनीहरू आउनुको कारण सोधिरहेका छन् ।

कार्यकर्ताहरू फर्केपछि आज नेताजीले आनन्दले बिहानको खाजा पनि खाए । उनलाई आफ्नो जिन्दगी नै बद्लिन आँटेको हो कि जस्तो लाग्यो । उनी अपार खुसीको लिस्नो चढेर आनन्दको शिखरमा पुगिसकेका थिए ।

श्रीमती गोमा आएर आफ्ना नेता श्रीमान्का छेउमा बसिन् । हिजो बेलुकादेखि आफ्ना श्रीमान् अचाक्ली खुसी हुन थालेको घटनाले उनलाई पनि छोएको थियो । नेताजी दुई वर्ष अघिदेखि ठ्याम्मै खुसी हुन छोडेका थिए तर हिजो बेलुकी नेताजीको मोबाइलमा फोन आउनासाथ नेताजीले आफूसँग भएका उदासिनता, छट्पटी, पीडा र ग्लानि सबै एकैचोटि मिल्काएका थिए । उनका नयनमा खुसीका तरङ्गहरू फैलन थाले । ओठभरि मधुर मुस्कान सलबलाउन थाल्यो । नेताजी अचानक हाँस्न थाले । आफ्ना श्रीमान् हाँस्न थालेको देखेर श्रीमती गोमा पनि हाँस्न थालेकी थिइन् ।

नेताजी नजिकै बसेकी श्रीमती गोमाले सोधिन् ”हिजो बेलुकीदेखि हजुरको चेहरामा खुसीको रङ देखिन थालेको मलाई महसुस हुँदैछ । हजुरको अनुहारमा मैले उहिल्यैदेखि नैराश्यताका अक्षर मात्रै पढिरहेकी थिएँ । आफ्नो खुसी मलाई सेयर गर्नुहुन्न ? हजुरको खुसीमा मैले पनि त साथ दिने मौका पाउँ !”

श्रीमतीको सोधाइले नेताजीलाई झन् कुतकुती लाग्न थाल्यो । उनले श्रीमतीका गाला मायाले चिमोटे । एक छिन कपालको चुल्ठो खेलाए । एकपटक कसिलोसँग अँगालो मारे श्रीमतीलाई गोमाले लाज मानेझैँ गरेर चारैतिर हेरिन् बगैँचामा कोही पनि थिएनन् । त्यसैले उनी ढुक्क भइन् ।

“म पनि अब पक्का नेता भएँ । मलाई पनि उच्चस्तरीय राजनीतिक संयन्त्रमा राखियो । सायद अब सरकारलाई पनि यही संयन्त्रले नियन्त्रण गर्नेछ । विदेशी कमिसन ठेक्का पट्टा पद मनोनयन यसै संयन्त्रले बाँडफाँड गर्नेछ । म अब ठूलै पावरफुल मन्त्री बन्न पनि सक्छु । नभए पनि कमिसन घूस ….आदि त कहाँ जाला ?” नेताजीले श्रीमती गोमासामु रहस्यको बिर्को खोले । नेताजीले सबै कुरा एकै सासमा भनी सिध्याए ।

उनले पुन थपेँ “भरे बेलुकी नै संयन्त्रको बैठक छ । मलाई खाना नबनाउन भन्नु केटालाई । भरे फिर्न पो कति बेर हुन्छ ।”

“विदेशी महँगा रक्सी त धेरै कडा हुन्छन् रे । धेरै नपिउनु होला नि ।” गोमाले नेता श्रीमान्लाई सम्झाउँदै भनिन् ।

“आ धेरै नसम्झाइ राख । बैठकमा पुगेपछि नै थाहा हुन्छ ।” नेताजीले खुइ्य गर्दै श्रीमतीको कुराप्रति दिक्दारी व्यक्त गरे । गोमाले पछुताएको जस्तो अनुहार पारिन् ।

बेलुकीको ४ः०० बज्नै अँाट्यो । नेताजी कपडा लगाइवरी संयन्त्रको बैठकमा जान तयार भए । आफूलाई अरू दिनभन्दा फरक देखाउन नेताजीले आफ्नो पहिरनमा विशेष ध्यान दिएका थिए । बाहिरी गेटसम्म पुर्‍याउन आएको श्रीमती गोमालाई बाइ ! गरेर नेता कुबेरप्रसाद हातमा ब्याग झुन्ड्याउँदै पर रोकिराखेको ट्याक्सितिर लम्के । गोमाले उनलाई निकैबेरसम्म हेरिरहिन् । नेताजी चढेको ट्याक्सीले मधुरो आवाजका साथ आफ्नो गति लिइसकेको थियो । गोमा फर्केर कम्पाउन्डभित्र प्रवेश गरिन् ।

नेताजी समयमै बैठक कक्षमा पुगे । अरू सदस्यहरू आइपुगेकै थिएनन् । कुबेरप्रसाद यस्तो संयन्त्रमा पहिलो पटक मनोनित भएकाले उनी छिटै पुगेका थिए । उनको निकैबेरको प्रतीक्षा पश्चात अरूअरू पनि आइपुगे । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरू भयो । बैठकमा अध्यक्षले सम्बोधन गरे र सबै सदस्यहरूलाई आ-आफ्ना आसनग्रहण गर्न आहृवान गरे । उनीहरूबीच छलफल भइरहेकै बेला आठ/दस जना मानिसहरू बैठक कक्षमा प्रवेश गरे अनि सबैको अगाडि टेबलमा विविध परिकारका खानेकुरा सजाउन थाले । दुई/तीन व्यक्तिहरूले सबैका अगाडि गिलास सजाए र विदेशी ब्रान्डका पेय पदार्थहरू सर्भ गर्न थालेका थिए । नेता कुबेरप्रसाद यी सबै कुरा मिहिनरूपमा अनौठोसँग नियालिरहेका थिए ।

यतिकैमा अध्यक्षले आ-आफ्ना इच्छाअनुसारको खानेकुरा लिन सदस्यहरूलाई आग्रह गरिसकेका थिए । सबैले आ-आफ्ना गिलास उठाएर ठोकाउँदै खुसी बाँडे र बैठकको विधिवत सुरूआत गरे । अनि अध्यक्षले कुटिल नेत्रले सबैलाई नियाले र सुस्तरी भन्न थाले, “साथी हो, १२ वटा देशमा राजदूतका पद रिक्त छन् । १६ वटा सार्वजनिक संस्थान महाप्रबन्धकविहीन छन् । १० वटा संस्थामा अध्यक्षको नियुक्ति गर्न बाँकी छ । २० वटा ठूल्ठूला परियोजनाहरूले टेन्डर आहृवान गरेका छन् । तिनमा पनि भाग मिलाउन बाँकी छ । सबभन्दा ठूलो कुरा त ११ वटा मन्त्रालय सचिवविहीन छन् । विवादरहित रूपमा सबै ठाउँमा भागबण्डा मिलाऊँ । हामीहरूबीचमै बिबाद भएमा मिडियाले खोतल्ने ठाउँ पाउँछ । यस्ता कुराहरू मिडियामा आउनु भनेको जनताको सामु हामीहरूको चरित्र नाङ्गिन्छ । त्यसैले आ-आफ्ना भनाइ राखौँ, नेताज्यूहरू !”

अध्यक्षका कुरा सुनेर सबै उज्ज्वल मुहारका साथ मुखामुख गर्न थाले । कोही केही बोली हालेनन् । नेता अध्यक्षको प्रस्तावको कसैले विरोध गरेनन् । मौन समर्थन गरे ।

बैठक कक्ष बाहिर भने महिनौंदेखि अल्भिmएको राजनीतिक गाँठो फुक्ला र समस्याको समाधान निस्केला भनेर विभिन्न पत्रकारहरू र नागरिक समाजका प्रतिनिधिहरू व्यग्र भएर पर्खिरहेका थिए ।

भित्र भने अध्यक्ष भनिरहेका थिए, ‘खै त, के थप्ने हो ! इच्छा मुताविक खाउँ, पिउँ है, साथी हो ! मेरो आयोजना कस्तो लाग्यो त यहाँहरूलाई ! अँ, अघि भनेका खाली ठाउँहरूमा पचास प्रतिशत भाग मेरो, बाँकी यहाँहरूको ! तपाईंहरू आपसमा मिलेर आउनोस् । एक साता भित्रै मिलाई हाल्नु पर्छ ।”

अध्यक्षका कुरा सकिने बित्तिकै नेता कुबेरप्रसादले कडा प्रतिवाद गरे, “अहँ, भएन । तपाईं एक्लैलाई ५० प्रतिशत अनि हामी सबैलाई चाहिँ जम्मा ५० प्रतिशत ! यो त अन्याय भो ! हामीलाई ७० प्रतिशत दिनोस्, बाँकी अध्यक्षज्यूलाई ।”

‘हो, हो । कुबेरप्रसादजीको भनाइ ठीकै हो । अध्यक्षलाई ३० हामीलाई ७० ।’ अर्का राजनीतिक दलका नेताले कुबेरप्रसादको कुरामा दृढ समर्थन जनाए ।

”अहँ, ५० प्रतिशत पद मलाई हुनै पर्छ । हैसियत अनुसार पो बाँडफाँड हुन्छ त । म पनि लारेलुरे मान्छे त होइन त, अध्यक्ष पो हुँ त !” अध्यक्षले अलिकता अहमता प्रकट गर्दर्ै भनेँ । सबैलाई भोज लागिसकेको थियो । सबैको बोली लरबराइरहेको थियो । अर्का दलका नेताले अध्यक्षतिर फर्केर भनेँ, ”अनि हामीचाहिँ चानचुने मान्छे हौँ र ! हामी पनि त आ-आफ्ना पार्टीका प्रतिनिधि नेता हौं । ७० प्रतिशत हामीलाई नभए कुनै कुरामा सहमति हुँदैन ।”

”तपाइर्ंहरूलाई मेरो कुरा मञ्जुर छैन भने यो विषय नै छोडौं अहिले ! तपाईंहरू बसेर ठण्डा दिमागले विचार गर्नोस् । पछि फेरि बसेर मिलाउँला ।” अध्यक्षले कुरा टुङ्ग्याए ।

नेताजीहरू खानपिनमा यति व्यस्त थिए कि कसैलाई पनि बोल्ने फुर्सद नै थिएन । सबै आ-आफ्नो सुरमा मस्त थिए । पछि भोज सकेर नेताहरू पालै पालो बैठक कक्षबाट बाहिरिए ।

भोलिपल्टका अखबारहरूमा उच्चस्तरीय संयन्त्रको बैठक फेरि विना निष्कर्ष टुङ्गिएको खबर प्रमुख समाचारका रूपमा पहिलो पानामै छापिएको थियो ।

नेता कुबेरप्रसादले पत्रिका सर्सर्ती पल्टाउन थालेँ । पत्रिकामा छापिएको समाचारले उनको अनुहारमा कुनै पनि प्रकारको प्रतिक्रिया उमारेको थिएन ।

– कर्मैया, सर्लाही

Mahesh Bikram Shaha – Cantonement

महेशविक्रम शाह – क्यान्टोनमेन्ट
(हिमाल खबरपत्रिका)

क्यान्टोनमेन्टमा छापामारहरू उत्सव मनाइरहेका थिए।

बन्द शिविरभित्र विद्रोही छापामारहरू खुसीले चिच्याइरहेका, हाँसिरहेका, गाइरहेका र उफ्री’उफ्री नाचिरहेका थिए। क्यान्टोनमेन्टको वरिपरि मसालहरू जलिरहेका थिए। मसालको उज्यालोमा विद्रोही छापामारका खुसीले उज्यालिएका अनुहारहरू न् चम्किला देखिएका थिए।

क्यान्टोनमेन्टभित्रको वातावरण राताम्मे थियो। विभिन्न नाराहरू लेखिएका राता तुल, राता न्डा, राता फेटा र रातै ध्वजा’पताकाले क्यान्टोनमेन्ट भरिभराउ थियो। रातो रङले उनीहरूको क्रान्तिकारी विचार र दर्शनको परिचय दिइरहेको थियो। छापामारहरू कम्ब्याट ड्रेसमा थिए। कम्ब्याट ड्रेसमा नै उनीहरू उत्सवमा सहभागी भइरहेका थिए।

छापामारहरूमध्ये कोही मादल ठटाइरहेका थिए, कोही क्रान्तिकारी गीत घन्काइरहेका थिए भने कोही मादलको ताल र गीतको लयमा हातमा बन्दूक नचाउँदै खुट्टा सारिरहेका थिए। हरेक गतिविधिले उनीहरू औधी खुसी भएका जनाउँथ्यो। मनभित्रको खुसी तिनको शरीरबाट ल्किरहेको थियो। एक छापामारले गीतको भाका हाल्दै उत्सवको गीत गायो। गीतले भनिरहेको थियो’ कसरी उनीहरूले युद्ध लडे, कसरी उनीहरूले जीवनको पनि पर्बाह नगरी शत्रुका शिविरमा धावा बोले, कसरी उनीहरूले विजयको उत्सव मनाए। यो गीतले अरू छापामारहरूलाई युद्धका दिनहरूको सम्ना ताजा गरायो। तिनीहरू न्’न् जोसिएर नाच्न थाले।

एउटी महिला छापामारले पनि गीत गुनगुनाइन्। गीतमा सुन्दर भविष्यका सपनाहरू थिए। गीतले भन्थ्यो— “हामीहरूले धेरै दुःख पायौँ तर आˆना सपनाहरूको यात्रा छोडेनौँ।” गीतमा अतीतको बलिदानले सुन्दर भविष्य सिर्जना गर्ने भावना थियो।

ऊ कोठाभित्रबाट नै आँगनमा साथीहरूले गाइरहेको गीत सुनिरहेको थियो। गीत सुन्दै ऊ पनि आˆना ओठहरू चलाउँथ्यो, गीतको भावअनुसार जोसिन्थ्यो, कहिले मुस्कुराउँथ्यो त कहिले धरधरी आँसु चुहाएर रुन थाल्थ्यो। उत्सवको रमाइलोमा आफू सहभागी हुन नसक्नुको पीडाले ऊ व्यथित बनिरहेको थियो।

उसको कानमा लगातार गीत गुन्जिरहेको थियो, गीतले उसको ‘कथा’ बताइरहेको थियो। गीत सुन्दै उसले वर्षौं पहिले छोडेको घर सम्झ्यो, आˆना आमाबाबु सम्झ्यो र भाइ’बहिनीका मायालु अनुहारहरू सम्झ्यो। कति ममतामयी र वात्सल्यपूर्ण थिए तिनीहरू उसका लागि’ उसले घर छोड्दा कति रोएका थिए तिनीहरू’तर उसका लागि तिनका आँसुभन्दा आˆनो सपनाको यात्रा प्यारो थियो। उसले मनमनै सोच्यो— त्यतिखेर आˆनो व्यक्तिगत सपनाभन्दा सुन्दर नेपाल सिर्जना गर्ने सपनाले उसलाई युद्धमा होमिने आँट दिएको थियो।

‘ओहो, युद्ध लड्दालड्दै दस वर्ष बितेछ!’ उसले लामो सुस्केरा छोड्यो। यस १० वर्षमा उसका भाइ’बहिनीहरू लक्का जवान भए। दुवैले कलेजको पढाइ सिध्याए। दुवै जना उच्च शिक्षाका लागि अमेरिका भासिए। आˆना भाइ’बहिनीहरू अमेरिका भासिएको खबरले ऊ मर्माहत बनेको थियो। ‘किन गए तिनीहरू अमेरिका! के छ अमेरिकामा!’

एउटा छापामारका भाइ’बहिनीहरूको अमेरिका’पलायनले उसलाई क्रोधित बनाएको थियो। ‘पढेको भए त म पनि बीए, एमए भइसक्थेँ होला!’ उसले आफूले सात कक्षा पढ्दापढ्दै स्कुल छोडेको क्षण स्मरण गर्‍यो। ‘मलाई नपढेर के फरक पर्‍यो र? म पढे पनि छापामार, नपढे पनि छापामार! तर अलिकति ज्यादा पढेको भए सायद छापामारको कमान्डर भइसक्थेँ कि!’ उसका आँखाअगाडि आए आˆना छापामार साथीका अनुहारहरू, जो ऊभन्दा धेरै पढेको हुनाले प्लाटुन कमान्डर बनिसकेका थिए। उसको मन तिनीहरूप्रति ईर्ष्यालु बन्न थाल्यो।

‘तिनीहरू कमाण्डर भए पनि मसँग युद्धको अनुभव बढी छ।’ उसले आˆनो मनलाई सान्त्वना दिँदै आफूले लडेका युद्धका घटनाहरूलाई एक’एक गरी सम्न थाल्यो।

‘सायद क्यान्टोनमेन्टभित्रको यो अँध्यारो कोठाभन्दा लडाइँको खुला मैदान नै जाती थियो कि!’ उसले कोठाबाहिर आˆना आँखा फैलायो। आगोको उज्यालोमा उसले देख्यो एउटा घर जहाँ छापामारका हतियारहरू भन्डार गरिएका थिए। ‘यी हतियारहरूसँगै कतै हाम्रा सपनाहरू पनि भण्डार गरिने त होइनन्।’ ऊ अब आˆनो भविष्यप्रति सशङ्कित हुन थाल्यो। उसले अचानक बिर्स्यो वीरतापूर्वक लडेका युद्धका अनुभव र अनुभूतिहरू। हतियार भण्डार गरेको घरमा हेर्दै उसले ठम्यायो— उसमा अन्तर्निहित छापामार युद्धकला र छापामार युद्धका सङ्घर्षपूर्ण गाथाहरू पनि हतियारसँगै त्यस घरमा कैद गरिएका छन्।

उत्सव जारी थियो। छापामारहरू अै गीत गाइरहेका, नाचिरहेका र रमाइरहेका थिए। तिनीहरूका गीत र नृत्यले क्यान्टोनमेन्टभित्रको वातावरण उल्लासमय बनिरहेको थियो।
“हामीले सपनाहरू देख्यौं

हाम्रा सपनाहरू सुन्दर र सत्य थिए ती सपनाहरूलाई हामीले हृदयमा बसायौं र आˆनो जीवनको उद्देश्य बनायौं।”

‘कमरेडहरू कति सुन्दर गीतहरू गुनगुनाइरहेका छन्, ती गीतमा कोमल भावना र सप्तरङ्गी सपनाहरू छन्।’ आफू बसेको स्थानबाट नै बाहिर चियाउँदै ऊ बुदबुदायो।

‘साँच्चै हामी भोलि यस क्यान्टोनमेन्टबाट मुक्त हुन्छौं त? के भोलिदेखि हाम्रो नयाँ भविष्य शुरु हुँदैछ?’ गीतमा अभिव्यक्त भावनाहरूैँ उसको मनमा पनि सुकोमल सपनाहरू फुर्न थाले। ऊ पनि बिस्तारै गीत गुनगुनाउन थाल्यो। गीत गुनगुनाउँदै ऊ भोलिको आˆनो भविष्यको सुन्दर सपना देख्न थाल्यो।

‘युद्ध पूर्ण रूपमा समाप्त भएको छ, हातबाट बन्दूक सधैँका लागि छुटेको छ, ऊ विद्रोहीबाट राष्ट्रसेवकका रूपमा परिवर्तित भएको छ, उसले जागिर पाएको छ, तलब पाएको छ, रासन पाएको छ, कानूनी अधिकार र अवसर पाएको छ। सबैभन्दा ठूलो कुरा उसले समाजमा सम्मान पाएको छ।’

ऊ एक्लै खितखित हाँस्यो। युद्धमा जुनसुकै बेला पनि मारिन सक्ने सम्भावनाका बाबजुद ऊ बाँचेको थियो। बाँचेर नै ऊ बाँच्नुको सार्थकता अनुभूत गरिरहेको थियो। युद्धमा मरेर लास बनेका आˆना साथीहरूलाई स्मरण गर्दै ऊ भावुक बनिरहेको थियो, ‘तिनीहरू पनि बाँचेका भए आज कति खुसी हुन्थे होलान्।’ उसले बाहिर चियायो। आगोको उज्यालो मन्द हुँदै गइरहेको भए पनि गीतहरू अै गुन्जिरहेका थिए। उसले गीतका शब्दहरू टिप्यो। गीतमा उनीहरूको जीवन’यात्राको गाथा समेटिएको थियो। गीतले उनीहरूको दुःखको, पीडाको, सङ्घर्षको, बलिदानको र उज्ज्वल भविष्यको गाथा भनिरहेको थियो।

‘नयाँ नेपालको निर्माणका लागि मैले घर छोडें, परिवार त्यागें, टाउकामा कात्रो बेरेर युद्धमा होमिएँ, रातबिरात गाउँ’बस्ती, पहाड’फाँट, उकाली’ओराली, नदीनाला र जङ्गलहरू चहारें, लडाइँमा मारिएका साथीहरूका लास देखेर न्डै बहुलाएँ, लासहरूलाई खाडलमा पुर्दापुर्दै न्डै आफैं लास बनिनँ।’ ऊ क्वाँ’क्वाँ रुन थाल्यो। युद्धको अभिघातले उसलाई व्यथित बनाइरहेको थियो। उसका आँखाबाट आँसुका धारा छुटिरहेका थिए, तर ऊ आˆना हातले आँसु पुछ्न सकिरहेको थिएन। उसलाई बाहिर गएर आˆना साथीहरूसँगै गाउन मन लाग्यो, नाच्न मन लाग्यो। अँध्यारो कोठाभित्रको एकलास वातावरणमा उसलाई उकुसमुकुस हुन थाल्यो। ऊ जोडतोडले चिच्याउन थाल्यो। कोकोहोलो गर्न थाल्यो।

क्यान्टोनमेन्टभित्रको उत्सवमा अचानक चकमन्नता छायो। गीतहरू बन्द भए, मादलहरू बज्न छोडे, छापामारका नाचिरहेका खुट्टाहरू टक्क रोकिए। उत्सवसँगसँगै उसको रुवाइ पनि बन्द भयो। उसले छक्क परेर बाहिर हेर्‍यो। छापामारहरू कम्ब्याट ड्रेसमा चौरमा भेला भइरहेका थिए। ‘चौरमा किन भेला भइरहेछन् छापामारहरू?’ ऊ रनभुल्लमा पर्‍यो। उसले अनुमान गर्न सकेन कहाँ के भइरहेको छ। ‘किन उत्सव अचानक रोकिएको छ? किन छापामारहरू चौरमा ओइरिएका छन्?’ उसको मथिङ्गलमा यिनै कुराहरू घुमिरहेका थिए। उसले देख्दादेख्दै सबै छापामारहरू हातहतियारसहित बाहिर निस्के। एकैछिनमा क्यान्टोनमेन्ट खाली भयो।

“कमरेड, मलाई पनि बाहिर लग। म पनि गर्छु मार्चपास।” ऊ चिच्याउन थाल्यो। तर उसको आवाज सुन्ने क्यान्टोनमेन्टभित्र कोही थिएन।

बिहान हुन्जेल ऊ छापामारहरू क्यान्टोनमेन्टमा फर्किने आशामा अनिँदो उँघिरह्यो। रातभर उसले विभिन्न आवाजहरू सुन्यो; छापामारले नारा लगाएको आवाज, सडकमा गाडीहरू रोकिएको आवाज, यात्रुहरू बिचल्लीमा परेर रोएको आवाज, बस्तीमा मान्छेहरू चिच्याउँदै भाग्दै गरेका आवाजहरू।

‘के युद्ध फेरि सुरु हुन्छ? युद्ध फेरि सुरु भयो भने फेरि बन्दुकहरू पड्किनेछन्, मान्छेहरू लास बनेर ढल्नेछन्, फेरि खाडलहरू खनिनेछन्, फेरि लासहरू पुरिनेछन्, फेरि गाउँ’बस्तीहरू उजाडिनेछन्, फेरि लस्करका लस्कर मान्छेहरू मुग्लान भासिनेछन्। फेरि एक नेपालीले अर्को नेपालीलाई चिन्न छोड्नेछ। र म फेरि युद्धमा होमिनेछु। युद्ध गर्दागर्दै बूढो हुनेछु र युद्ध गर्दागर्दै मेरो जीवन समाप्त हुनेछ। मेरा सपनाहरू पनि मेरो लाससँगै माटाले पुरिनेछन्।’

ऊ फेरि कोकोहोलो गर्दै रुन थाल्यो। उसले आˆनो घर सम्झ्यो, आˆना आमाबाबु सम्झ्यो, भाइ’बहिनी र साथीहरू सम्झ्यो। आफूले लडेका युद्धहरू सम्झ्यो। युद्धमा आफूले मारेका मान्छेका लासहरू सम्झ्यो। ऊ न् विक्षिप्त बनेर चिच्याउन थाल्यो।

उसले एक्कासि आˆनो चिच्याहटभन्दा पनि चर्का आवाजहरू आइरहेको सुन्यो। कोठाबाहिर हेर्‍यो। छापामारहरू भयाक्रान्त अनुहार बोकेर हतारिँदै क्यान्टोनमेन्टभित्र छिरिरहेका थिए। छापामारहरू यति धेरै त्रसित र भयभीत भएको ऊ पहिलोपल्ट देखिरहेको थियो।

अब भयभीत हुने पालो उसको थियो। उसले देख्यो क्यान्टोनमेन्टभित्र छापामारहरू मात्र होइन, उनीहरूको पछि’पछि भयाक्रान्त ठूला कमरेडहरू पनि आत्तिँदै प्रवेश गरिरहेका थिए। ‘कसरी क्यान्टोनमेन्टभित्र आइपुगे हाम्रा वरिष्ठ कमरेडहरू?’ ऊ छक्क पर्‍यो। ऊ कमरेडहरूलाई हेर्दै थियो कमरेडहरूको पछि’पछि विरूप अनुहार लिएर राजनीतिक दलका नेताहरू पनि आपसमा गडा गर्दै क्यान्टोनमेन्टभित्र छिरिरहेको देख्यो उसले।

क्यान्टोनमेन्टभित्र छिर्नेबित्तिकै विभिन्न उचाइ, मोटाइ, रङ्ग र अनुहारका लोकतान्त्रिक नेताहरू र कमरेडहरूबीच वाक्युद्ध शुरु भयो। वाक्युद्धसँगसँगै मल्लयुद्ध पनि हुन थालेको देखेपछि ऊ वाल्ल पर्‍यो। आफूले विगतमा लडेको युद्धभन्दा पनि भयानक युद्ध शुरु हुन लागेको देख्दा उसलाई भक्कानो छोडेर रुन मन लाग्यो।

‘राजनीतिक दलका नेताहरू पनि क्यान्टोनमेन्टभित्र! किन आए यिनीहरू?’ उसले केही सोच्न भ्याएकै थिएन, क्यान्टोनमेन्टको ठूलो गेट बन्द भएको आवाज सुन्यो र देख्यो चारैतिरबाट विदेशी अनुहारका मान्छेहरूले क्यान्टोनमेन्टलाई घेरिसकेका थिए। वरिपरि बुङ्बुङ्ती धूलो उडिरहेको थियो। धूलैधूलोको बीचमा रङ्गीविरङ्गी विदेशी न्डाहरू फर्फराइरहेका थिए र ती वर्गाकार ण्डाहरूको बीचमा उसले एउटा पनि तीनकुने नेपाली ण्डालाई देखेन। ‘हाम्रो ण्डा कता गयो?’ ऊ जोड’जोडले चिच्याउन थाल्यो। विक्षिप्त अवस्थामा नै उसले आफू बसेको कोठाबाट बाहिर फाल हाल्यो। ऊ भुइँमा बजारियो। उसका गोडा र हातमा फलामको सिक्री बाँधिएको थियो।

ऊ युद्धको अभिघातले मानसिक रूपमा विक्षिप्त बनेको एक विद्रोही छापामार थियो, जसलाई क्यान्टोनमेन्टभित्र कैद गरिएको थियो।

हिमाल खबरपत्रिका
पूर्णाङ्क २०५

Kusum Gyawali – Sanghuro (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – साँघुरो (लघुकथा)

त्यतिखेर मेरो कोठा साँघुरो थिएन । म सङ्ग खाट, पलङ वा दराज थिएन । म सङ्ग गाडि, मोटरसाइकल वा साइकल पनि थिएन । कोठामा सोफा, कुर्ची, टेबल, टुल नहुदा मेरो कोठा रित्तै थियो तर पनि उ मेरो कोठामा जुनैबेला पनि बारम्बार आइरहन्थ्यो, भुइँमा फ्यात्त बस्थ्यो र जान्थ्यो ।
उसकालागि सुत्न भनेर मैले महँगो मुल्य तिरेर गजबको पलङ किनेँ । उसैले सजिलोसंग बस्न सकोस भनेर मैले मुलायम सोफा किने। उसकै सजिलोको लागि कुर्ची र टेवलहरूको ब्यबस्था गरेँ ।
उ भान्सामा पनि जान्थ्यो, मन लागुन्जेल बस्थ्यो । उतिबेला भान्सा पनि उस्तै खालि-खाली थियो । उतिबेला म संग ग्यास चुलो वा किचेन -याक वा डाइनिङ टेवल केहि पनि थिएन । नरम बस्ने कुसनवाला कुर्ची वा त्यस्तै विलाशका कुनै सामग्री थिएनन् । मैले उसकै लागि डाइनिङ टेबल कुर्ची कुसन लगायतका सामग्री किनेँ ।
कोठामा सर सुबिधाका सामग्री थुप्रिदै जाँदा-जाँदा कोठा साँघुरो हुदै गयो । सामग्री दिनदिनै थपिँदै गए, एक पछि अर्को उसकालागि यहाँ सम्म कि अोभन, वासिङ मेसिन, फ्रीज र एसी सम्म पनि कोठामा भित्रीए । एक दिन कोठा यति सम्म साँघुरो भयो की उ स्वयम कोठामा अटाउन सकेन । उ मेरो जीवनको चीर सुख थियो। उसको वियोगको पिडामा म पुन अरू थप सामग्री कोठामा जोड्ने तैयारीमा छु ।

Hari Prasad Bhandari – Prabritti (Nepali Laghu Katha)

हरिप्रसाद भण्डारी – प्रवृत्ति
(Source of this story: मधुपर्क जेठ, २०६८)

सहरको केही पर एकान्त स्थानमा एउटा मन्दिर थियो । मन्दिर वरिपरि सानासाना कुटीहरू थिए । कुटीमा योगी, सन्न्यासी तथा पूजारीहरू बस्थे । नजिकै बाक्लो बस्ती भएको हुँदा नियमितरूपमा भक्तजनहरू मन्दिरमा दर्शन गर्न र घुम्न आउँथे । मन्दिर परिसरको वातावरण सुन्दर र रमणीय थियो ।

मन्दिर र कुटीहरूमा चढाएको फूल-प्रसाद खान पाइने हुँदा त्यस क्षेत्रमा मुसाहरूको बिगबिगी थियो । एक-दुइटा बिराला पनि थिए तर सयौँ मुसाकामासु बिरालाको सङ्ख्या नगण्य थियो ।

मुसाहरूको बगालमा काले र खैरे नामका दुइटा मुसा थिए । दुवै साथीसाथी थिए । एउटाको आनीबानी अर्कोलाई थाहा थियो । खेल्दा, डुल्दा वा चारो खोज्न जाँदा सधैँ सँगै हुन्थे । युवा जोश थियो । प्रशस्त चारो पाइने हुँदा मोटाएर टुनुक्क परेका थिए ।

घरिघरि बिरालाले दुःख दिने हुँदा दुवै हैरान थिए । बिरालाले फेला पार्‍यो भने अकालमा मर्न सकिन्थ्यो । सधैँ सतर्क भएर हिँड्थे ।

बिरालाको फूर्ति देखेपछि काले मुसालाई बिरालोको बन्ने इच्छा भयो र आफ्नो इच्छा साथीलाई

सुनायो ।

-‘जाबो बिरालो !’ खैरेले भन्यो ।

तैपनि कालेको मनमा बिरालो बन्ने इच्छा तीव्र हुँदै जान थाल्यो । बिरालोको फूर्ति देख्दा उसलाई ईष्र्या

लागिरहेको थियो ।

कुटीमा ठूला ज्ञानी र जादु गर्न सक्ने एउटा योगी थिए । कालेले उनलाई प्रशन्न पार्‍यो र बिरालो बन्ने इच्छा जाहेर गर्‍यो । योगीले आफ्नो योगको बलका आधारमा कालेलाई केही समयका लागि ढाडे बिरालो बनाइदिए ।

‘अहा, म बिरालो भएँ ! क्या मज्जा !’ ऊ खुसीले उपि|mयो, रमायो र वरपर दौडियो ।

बिस्तारै भोकले च्याप्दै गयो । ‘अब केही खानुपर्छ, ऊ आहाराको खोजीमा निस्कियो । खैरे र उसका साथीहरुले देखे- काले बिरालो आहाराको खोजीमा उनीहरू बस्ने दुलोको बाहिर ढुकेर बसिरहेको थियो ।

Shekhar Dhungel – Muglane Ko Chiththi

वाह् अनायस उस्लाई गुन्द्रुक ढिडो अनी लप्सी को अचार् याद आउछ साच्चिक्कै मुखनै रसाउछ उस्को । चिठ्ही लेख्न सुरु गर्नु अगी एक छीन तकिया मा टाउको राखी कलम लाई मुख मा हल्का च्यापी मुग्लाने सोच मग्न हुन्छ । के लेखौ के न लेखौ ? सुख को काल्पनिक कथा लेखौ कि दु:ख को यथार्थता । एक छीन फेरी कोल्टे फेर्दछ र ऊठि टेबुल मा हात राखी आज दिल खोलेर मन को कुरा भोगेको कुरा सबै लेखी दिन्छु आखिर परिवार ले पनि थाहा पाउन कि मुग्लान सजिलो रैनछ पैसा सजिलो सित कमाइदो रैनछ भनेर ।

लेख्न सुरु गर्दछ , हे चाउरी परेकी बुढी आमा !बिदेश बाट खाउ लाउ सोख गर भनेर त्यत्रो पैसा खन्या दिदा पनि तिमी किन झन झन सुक्दै छ्यौ ? मेरो चिन्ता नगर तिमी बर्गर सित आलुतामा को याद मिसाइ खादा को स्वादै अर्कै हुन्छ के थाहा तिमी लाई ? ढाड सेकिने गरी बोरा का बोरा प्याज काट्नै परे पनि खट खट हरियो डलर गन्दा को मज्जा अर्कै छ त्यो बुझ्दिनौ तिमी ! त्यता बस्या भे कस्को अहार भै सकिन्थ्यो होला कम से कम यहाँ ज्यान त बच्या छ । अ तिमी पल्ला घरे काइला बा को छोरा को कुरा गर्दै थियौ नि उ त लाग्यो माथि तिर यतै बाट खबर त पाइ सक्यौ नै ? पातलि रुदै बिलौना गर्दै होलीन होइन ? ठुलै सपना थियो उ बिचरा को पहिले साहु बाट धितो राखेको भिर पाटो बारी चुक्ता गर्ने , जस्ता को छानो भएको दुई तले घर बनाउने , छोरा छोरी लाई शहर को राम्रो स्कुल मा पढ्न पठाउने खादा पनि परिवार बच्चा कै कुरा गर्दथ्यो सुत्दा पनि तिनी हरु कै सपना देख्दथ्यो । अर्को साल त पक्कै फर्कने है भनी मलाई बेला बेला मा सोधी रहन्थो कठै बिचरा ले अर्को साल देख्न नै पाएन ।
त्यसैले यो पटक रामो राम पहिले जस्तो ढाटेको होइन दसैं मा आउछु । बरु ल भन तिमी लाई के कोसेली लेराइ दिउ ? मामा को छोरा कर्णे को खबर नि पाएकी हौली नि उस्ले त यही कि गाई खाने कि छोरी बिहे गर्योो नि धर्म पनि परिवर्तन गर्योी उस्ले अब बाउ आमा को काज कृया पनि नगर्ने भो !के जानु नेपाल के छर त्यहा भन्दछ । सधैं को मार काट , लूट , बन्ध र हडताल त्यस्तो पनि देश हो ? पो भन्दछ त उ आज भोली । बिहे गरे पछी त सुको बचाउन न सकेको गुनासो पनि गर्दै थियो अस्ती . स्वास्नि को फर्माइस पुरा गर्न नसके छोडि देली भन्ने डर रे उस्ले छोडि दिए उ यहाँ बस्न पनि पाउदैन यहाँ को नियम ले त्यसैले उसलाई हामी भन्दा स्वास्नि को चिन्ता छ ।

कस्तो कस्तो हुन्छ बिदेश मा सुन बुढी आमै ! बिर्खे बा का छोरी को कुरा पनि सुन अरु लाई मैले भनेको न भन्नु नि ? खै के कुरा मिलेन छ आफ्नो बुढा सित बच्चा सच्चा जिम्मा देर उनी त लागि छन हाम्रै छिमेकी देश को भैया सित । अब त संपर्क नै छैन उनी सित पोहोर सम्म भाई टिका लगाइ दिएकी थिन । अ कती अर्का को कुरा गर्नु आफ्नै कथा पोख्दछु तिमी लाई , मलाई थाहा छ तिमी पर्खि रहन्छ्यौ हरेक दिन पिढी मा आमा भन्दै कहिले अाइ पुग्ला छोरा भन्दै , कहिले काही त टप्किन्छ होला आसू होइन ? मेरो सम्झना गर्दै । गाली पनि गर्दी हौली नि मोरो निस्ठुरी ले बिर्स्यो मलाई भन्दै ?कुरो त्यसो होइन , म कसरी बिर्सन सक्छु तिमी लाई कठै ? ल तिमी नै भन त बिर्खेको छोरा ले मुग्लान बाट हेर कत्ती पैसा कमाएर लेरायो त सुती मात्र राख्दछ्स मोरा भनेकी होइनौ ? यहाँ आबारा भएर बराल्लेर बस्नु भन्दा त बिदेसै गए पनि हुन्थ्यो केही त सिक्दथ्यो कि ? अरु का छोरा पनि गएका छन नि म सहेर बसौला जा मोरा केही गर भनेकी होइनौ तिमी ले ?मलाई पढाउन धितो राखेको पाखा बारी कसरी छुटाउने त्यो पनि त चिन्ता थियो नि ? अब त्यहा बसेर आफ्नो योग्यता ले स्थान न पाउने भए पछी मुग्लानिनु को बिकल्प खोइ ?नेपाल सरकार ले सोच्ने फुर्सद पाएको देखिन्न बरु आफ्ना मान्छे लगाएर हुन्छ कि आँफै लागेर हून्छ नेपाली युबा लाई खसी बोका झै यो देश मा र उ देश मा बेच्न मा नै खुशी छ अझै नेपाल सरकार यस्तो सरकार देखे कि सुनेकी छ्यौ कतै ?परिस्थिती ले म जस्ता हज्जारौ , लाखौं धकेलिएका छन बिदेश मा रहर त कसै को देख्दिन कोइ ज्यान जोगाउन कोइ व्यबहार मिलाउन कोइ बित्रिष्णा मेटाउन वाध्य भै बसेका छन ।

कती स्वादिलो हुन्थ्यो तिमी ले पकाएको मिठो पिठो , कती आनन्द आऊदथ्यो आगन चौतारी , मेला पर्ब गर्दा ? सम्झी ल्याउदा मन धुजा धुजा हून्छ । हो एउटा सत्य हो मेरो बर्तमान बन्धकी मा परेको छ भबिस्य मा सुख पाउने रहर मा खोट मेरै होला म किन देश मा बिक्न सकिन जो बिकेर दिन दुई गुना रात चार गुना को फट्को मार्दै कमाउने धन्दा गर्दैछन । तर के गर्नु आफ्नो सिफारिस गरिदिने कोइ थिएन ? मलाई थाहा छ तिमी अस्ताउन लागेकी जुन हौ मेरो मुख हेरेरै मर्ने तिम्रो धोको बाहेक तिम्रो अरु इच्छा आकान्क्ष्या मरी सकेका छन । तिमी गल्दै गएकी छ्यौ यो सन्जोग जुर्दछ कि जुर्दैन खै ?रात दिन को काम काम ले म पनि शिथिल भै सकेको छु । एक मन त लाग्दछ अहिल्यै उडिहालु रुखो सुखो जे मिल्दछ खाइ शान्त सित बसू तर साहु को कर कर चुक्ता भा खोइ ?त्यहा आएर हत मुख जोर्ने उपाय पनि छैन नि त के गर्नु ?यो न आउने बहाना होइन मेरो यथाथर्ता हो । चाड पर्ब आउछ शरीर यहाँ छ मन त्यहा हून्छ । साझ बिहान तिम्रै चिन्ता ले सताउछ । तिमी सम्पन भएकी भए किन पठाउथ्यौ र मुग्लान हामी लाई होइन ? सम्हाल आँफै लाई मेरो चिन्ता नगर एक दिन पक्कै आउछु म तिमी लाई भेट्न झुठो म बोल्दिन ।