Shekhar Dhungel – Muglane Ko Chiththi

वाह् अनायस उस्लाई गुन्द्रुक ढिडो अनी लप्सी को अचार् याद आउछ साच्चिक्कै मुखनै रसाउछ उस्को । चिठ्ही लेख्न सुरु गर्नु अगी एक छीन तकिया मा टाउको राखी कलम लाई मुख मा हल्का च्यापी मुग्लाने सोच मग्न हुन्छ । के लेखौ के न लेखौ ? सुख को काल्पनिक कथा लेखौ कि दु:ख को यथार्थता । एक छीन फेरी कोल्टे फेर्दछ र ऊठि टेबुल मा हात राखी आज दिल खोलेर मन को कुरा भोगेको कुरा सबै लेखी दिन्छु आखिर परिवार ले पनि थाहा पाउन कि मुग्लान सजिलो रैनछ पैसा सजिलो सित कमाइदो रैनछ भनेर ।

लेख्न सुरु गर्दछ , हे चाउरी परेकी बुढी आमा !बिदेश बाट खाउ लाउ सोख गर भनेर त्यत्रो पैसा खन्या दिदा पनि तिमी किन झन झन सुक्दै छ्यौ ? मेरो चिन्ता नगर तिमी बर्गर सित आलुतामा को याद मिसाइ खादा को स्वादै अर्कै हुन्छ के थाहा तिमी लाई ? ढाड सेकिने गरी बोरा का बोरा प्याज काट्नै परे पनि खट खट हरियो डलर गन्दा को मज्जा अर्कै छ त्यो बुझ्दिनौ तिमी ! त्यता बस्या भे कस्को अहार भै सकिन्थ्यो होला कम से कम यहाँ ज्यान त बच्या छ । अ तिमी पल्ला घरे काइला बा को छोरा को कुरा गर्दै थियौ नि उ त लाग्यो माथि तिर यतै बाट खबर त पाइ सक्यौ नै ? पातलि रुदै बिलौना गर्दै होलीन होइन ? ठुलै सपना थियो उ बिचरा को पहिले साहु बाट धितो राखेको भिर पाटो बारी चुक्ता गर्ने , जस्ता को छानो भएको दुई तले घर बनाउने , छोरा छोरी लाई शहर को राम्रो स्कुल मा पढ्न पठाउने खादा पनि परिवार बच्चा कै कुरा गर्दथ्यो सुत्दा पनि तिनी हरु कै सपना देख्दथ्यो । अर्को साल त पक्कै फर्कने है भनी मलाई बेला बेला मा सोधी रहन्थो कठै बिचरा ले अर्को साल देख्न नै पाएन ।
त्यसैले यो पटक रामो राम पहिले जस्तो ढाटेको होइन दसैं मा आउछु । बरु ल भन तिमी लाई के कोसेली लेराइ दिउ ? मामा को छोरा कर्णे को खबर नि पाएकी हौली नि उस्ले त यही कि गाई खाने कि छोरी बिहे गर्योो नि धर्म पनि परिवर्तन गर्योी उस्ले अब बाउ आमा को काज कृया पनि नगर्ने भो !के जानु नेपाल के छर त्यहा भन्दछ । सधैं को मार काट , लूट , बन्ध र हडताल त्यस्तो पनि देश हो ? पो भन्दछ त उ आज भोली । बिहे गरे पछी त सुको बचाउन न सकेको गुनासो पनि गर्दै थियो अस्ती . स्वास्नि को फर्माइस पुरा गर्न नसके छोडि देली भन्ने डर रे उस्ले छोडि दिए उ यहाँ बस्न पनि पाउदैन यहाँ को नियम ले त्यसैले उसलाई हामी भन्दा स्वास्नि को चिन्ता छ ।

कस्तो कस्तो हुन्छ बिदेश मा सुन बुढी आमै ! बिर्खे बा का छोरी को कुरा पनि सुन अरु लाई मैले भनेको न भन्नु नि ? खै के कुरा मिलेन छ आफ्नो बुढा सित बच्चा सच्चा जिम्मा देर उनी त लागि छन हाम्रै छिमेकी देश को भैया सित । अब त संपर्क नै छैन उनी सित पोहोर सम्म भाई टिका लगाइ दिएकी थिन । अ कती अर्का को कुरा गर्नु आफ्नै कथा पोख्दछु तिमी लाई , मलाई थाहा छ तिमी पर्खि रहन्छ्यौ हरेक दिन पिढी मा आमा भन्दै कहिले अाइ पुग्ला छोरा भन्दै , कहिले काही त टप्किन्छ होला आसू होइन ? मेरो सम्झना गर्दै । गाली पनि गर्दी हौली नि मोरो निस्ठुरी ले बिर्स्यो मलाई भन्दै ?कुरो त्यसो होइन , म कसरी बिर्सन सक्छु तिमी लाई कठै ? ल तिमी नै भन त बिर्खेको छोरा ले मुग्लान बाट हेर कत्ती पैसा कमाएर लेरायो त सुती मात्र राख्दछ्स मोरा भनेकी होइनौ ? यहाँ आबारा भएर बराल्लेर बस्नु भन्दा त बिदेसै गए पनि हुन्थ्यो केही त सिक्दथ्यो कि ? अरु का छोरा पनि गएका छन नि म सहेर बसौला जा मोरा केही गर भनेकी होइनौ तिमी ले ?मलाई पढाउन धितो राखेको पाखा बारी कसरी छुटाउने त्यो पनि त चिन्ता थियो नि ? अब त्यहा बसेर आफ्नो योग्यता ले स्थान न पाउने भए पछी मुग्लानिनु को बिकल्प खोइ ?नेपाल सरकार ले सोच्ने फुर्सद पाएको देखिन्न बरु आफ्ना मान्छे लगाएर हुन्छ कि आँफै लागेर हून्छ नेपाली युबा लाई खसी बोका झै यो देश मा र उ देश मा बेच्न मा नै खुशी छ अझै नेपाल सरकार यस्तो सरकार देखे कि सुनेकी छ्यौ कतै ?परिस्थिती ले म जस्ता हज्जारौ , लाखौं धकेलिएका छन बिदेश मा रहर त कसै को देख्दिन कोइ ज्यान जोगाउन कोइ व्यबहार मिलाउन कोइ बित्रिष्णा मेटाउन वाध्य भै बसेका छन ।

कती स्वादिलो हुन्थ्यो तिमी ले पकाएको मिठो पिठो , कती आनन्द आऊदथ्यो आगन चौतारी , मेला पर्ब गर्दा ? सम्झी ल्याउदा मन धुजा धुजा हून्छ । हो एउटा सत्य हो मेरो बर्तमान बन्धकी मा परेको छ भबिस्य मा सुख पाउने रहर मा खोट मेरै होला म किन देश मा बिक्न सकिन जो बिकेर दिन दुई गुना रात चार गुना को फट्को मार्दै कमाउने धन्दा गर्दैछन । तर के गर्नु आफ्नो सिफारिस गरिदिने कोइ थिएन ? मलाई थाहा छ तिमी अस्ताउन लागेकी जुन हौ मेरो मुख हेरेरै मर्ने तिम्रो धोको बाहेक तिम्रो अरु इच्छा आकान्क्ष्या मरी सकेका छन । तिमी गल्दै गएकी छ्यौ यो सन्जोग जुर्दछ कि जुर्दैन खै ?रात दिन को काम काम ले म पनि शिथिल भै सकेको छु । एक मन त लाग्दछ अहिल्यै उडिहालु रुखो सुखो जे मिल्दछ खाइ शान्त सित बसू तर साहु को कर कर चुक्ता भा खोइ ?त्यहा आएर हत मुख जोर्ने उपाय पनि छैन नि त के गर्नु ?यो न आउने बहाना होइन मेरो यथाथर्ता हो । चाड पर्ब आउछ शरीर यहाँ छ मन त्यहा हून्छ । साझ बिहान तिम्रै चिन्ता ले सताउछ । तिमी सम्पन भएकी भए किन पठाउथ्यौ र मुग्लान हामी लाई होइन ? सम्हाल आँफै लाई मेरो चिन्ता नगर एक दिन पक्कै आउछु म तिमी लाई भेट्न झुठो म बोल्दिन ।

Shekhar Dhungel – Bewarise Ujuri (Nepali Laghu Katha)

चारैतिर बाक्लो भीड लागेको थियो । बटुवाहरू कौतुहलतापूर्वक लासलाई घेरेर हेर्दै थिए । पत्रिका पसले बिलखबन्दमा थियो। बुढीआमाले पत्रिकामा एउटा सैनिकको फोटो देखेर खुशी हुँदै सोधेकी थिइन, “ए पसले नानी यो फोटो किन टासेको हँ ?”

पसलेले उनी हिजो मात्र शहिद भए भनी घटनाको बिबरण के बताउदै थिए, त्यो सुनेर उनी लत्र्याक लुत्रुक्क परिन। एकै क्षणमामा बुढीको धडकन् बन्द नै भयो भनी सबैलाई सुनाउदै थिए। तैपनि वरिपरिका मानिसहरू प्रश्न गरिराखेका थिए, “के तिमी उन्लाई चिन्छौ ? “, “ती सैनिक र उनको नाता के हो ?”, “के भन्दै थिइन उनी ?”, “कहाँ हो उनको घर ?”, आदि आदि।

त्यत्तिकैमा प्रहरी आइपुगे । भीडलाई हटाउँदै लासलाई घेरे अनि अनुसन्धानको नाममा फेरी पत्रिका पसलेसित सोधपुछ गर्न थाले । लासको प्रकृति मुचुल्का लेखे । बृद्धाको सनाखत अँझै हुन सकेको थिएन । अनुसन्धान अधिकृतले ती बृद्धा र हिजै शहिद भएका सैनिकको कतै नाता पो पर्दछ कि भनी सैनिक मुख्यालयसित जानकारी माग्न आफ्नो माथिको अड्डालाई अनुरोध गरे । सनाखतको अन्तिम बिन्दुमा पुग्नै लाग्दा उनले बाँधेको पटुकीको एउटा कुनामा केही चानचुन पैसा र नेपाली कागजमा लेखिएको खेस्रा भेटियो । त्यसैमा रहेछ बुढीआमाको संसारिक विवरण । बुढीआमाको उजुरी खेर्सा र पत्रिकामा छापिएको शहिद सैनिकको विवरण दाँजेपछि अनुसन्धान अधिकृतलाई स्पष्ट हुन गाह्रो परेन कि उनी तिनै शहिदकी अभागी आमा थिइन जो छोरा अनि न्याय खोज्न भर्खर शहर पसेकी ।

प्रकृति मुचुल्का समाप्त गर्दा गर्दै बुढीआमाको पटुकीमा मिलेको कागजको टुक्रा पढिसकेका अधिकृतको आँखाभित्र आँसु रोकिन सकेन र छछल्किएर बाहिर निस्क्यो । केही बर्ष अघि मात्र उनकै आमाको पनि त्यस्तै खबरले हृदयगति बन्द भै मृत्यु भएको थियो । बिस्मात त के भने उनी जिउँदै थिए तर मर्यो भन्ने खबर पुगेको थियो । यहाँ भने छोराको खोजीमा आउँदा छोरो शहिद भएको समाचारको फोटो देखेर बुढीआमा सम्हालिन सकिनन ।

सैनिक मुख्यालयबाट शहिद सैनिक शिवबहादुरकै गाउँले मित्र पनि घटनास्थलमा आए अनि अनुसन्धान अधिकृतलाई राम काहानी बताउन थाले “बिचरा बुढीआमा बर्ष दिनअघि मात्र म घर जाँदा शिवको खबर लिएर गएको थिएँ। ‘कहिले छोराले धन कमाइ ल्याउला ? कहिले बुहारी आउलिन् ? नाती-नातिना खेलाउने मेरो धोको कहिले पुरा होला ? र म आरामसित मरौंला ? मेरो छोरो अर्को हफ्ता आउछ रे । फेरि छुट्टी मिलेन रे । अर्को हप्ता त पक्का आउँछ रे,’ भन्दै गाउँलेलाई खबर गरी राख्दथिन् रे उनी । केही बर्ष अगाडि देखि मात्र गौरबशाली शाही नेपाली शेनामा भर्ना भएका शिवबहादुरकी आमालाई सामन्तको सेवक भन्दै घर र पाखा बारी कब्जामा लिएर गाउँबाट नै निकाली दिएका रहेछन् ।

बुढीआमाले कसैलाई लेखाएकी त्यो उजुरी पत्रले उनको ब्यथा बोली राखेको थियो । बिडम्बनाको सानो पात्र मात्र हुन शिवकी बुढीआमा । उनीसँगै उनका दर्जनौ बिन्ती पत्र र उजुरी बेवारीसे भैसकेका थिए । बुढीआमा घरजग्गा फिर्ता पाउँ भन्दै गाउँ , जिल्लामा निवेदन गर्न पुगिन्, कसैले सुनेन । शहर पुगिन्, कसैले “हुन्छ हेरौंला। भोलि आउ” भने। कसैले “तिम्रो मात्र हो र? सबैको एकैचोटि हुन्छ, पर्ख” भने । कसैले कब्जा गर्नेको अनुमति चाहिन्छ भने । प्रहरी प्रशासन त झन् “राजनैतीक सहमति जुटाउ अनि मात्र तिम्रो काम हुन्छ हामीले केही गर्न सक्दैनौं” भन्दा रहेछन । कोहि “हाम्रा पनि सन्तान छन कब्जा गर्नेसित दुष्मनी मोल्न सक्दैनौ भन्थे” र तर्कन्थे । शिवकी आमाको रोदनलाई कसैले वास्ता गरेनन कसैलाई गोष्ठीमा, कसैलाई सम्मेलनमा, कसैलाई उद्घाटनमा जान चटारो । आफ्ना गाउँका नेतालाई भेटेर कब्जा पाखोबारी फिर्ता गराउँला भनी सपना बोक्दै भोक भोकै नेताहरूका घर घर चाहर्दै गरेकी शिवकी आमा एक्कासी आफ्नो छोरोको फोटो पत्रिकामा देखेर बहुत खुशी के भएकी थिइन कहाली लाग्दो यथार्तता सुनेर सम्हालिन सकिनन् । आज अनुसन्धान अधिकृतको टेबुलमा गिज्याइरहेको छ बुढीआमाको पटुकीमा च्यापिएको त्यो कसैले नसुनेको उजुरी पत्र ।

शेखर ढुङेल
०७-२५-२००९