Roshan Thapa ‘Neerab’ – Natak Manchan Ka Patra Haru

कथाको पर्दा खोलिन्छ । अनि, पात्रक्रिया आरम्भ हुन्छ ।
ऊ एकादेशको होइन, यसै देशको एउटा सामान्य नागरकि हो । यतिबेला ऊ कुनै कथा वा नाटकको पात्रजस्तो भएर होइन, एक सामान्य नागरकि भएरै घरबाट निस्केको थियो । निस्क“दा हातमा फाइल थियो- फाइल व्यक्तिगत तथ्याङ्कको । यसको अर्थ हुन जान्थ्यो, ऊ कतै काम खोज्न जा“दै थियो अर्थात् ऊ बेरोजगार थियो । लोकतन्त्रमा पनि बेरोजगारी – भएन त लोकतान्त्रिक प्रश्न – किन त -प्रश्न उठ्न सक्ने सम्भावित परविेशलाई सेट गर्दै कारण र यथार्थको खोजी यसरी गरिन्छ, महोदय !

उसको समकालीन स्थिति
उसको यथार्थ स्थिति के थियो भने ऊ सम्पर्ूण्ा पारविारकि व्यक्ति भएर पनि पर्ूण्ा रूपले बेरोजगार थियो । परविार बाआमा, दिदीबहिनी, श्रीमती र छोरीले भरपिर्ूण्ा थियो । यो उसको पारविारकि हुनाको स्केच थियो भने बेरोजगार हुनाको कारण लामो अध्याय हुनसक्ने स्थितिलाई कन्ट्रोल गर्दै कथाले सङ्क्षिप्त सार फाल्दा देखियो- एकादेशमा होइन, जस्तो माथि नै भनियो, त्यस्तै- यस देशको एउटा ठाउ“मा एउटा कार्यालय थियो, त्यहा“ ऊ जागिरे थियो । एक दिन, त्यो दिन सम्भवतः प्रतिगमनको महाप्रकोपित बेला थियो । ऊ पर्‍यो स्वतन्त्रताका लागि लड्ने व्यक्ति । व्यक्तिस्वतन्त्रताको पक्षपाती । उसको यस गुणलाई निमोठनामठ पारी प्रतिगमनका महानायकले उसको जागिरे जीवनमा रोक लगाइदियो । त्यस महामानवको आचरण बडो अनौठाको थियो । नारीउत्थानका लागि त्यसले घरको होस् वा वनको, अफिसको होस् वा होटलको, छुट्टै कोठा, छुट्याएको थियो र त्यस्ता कोठामा नारी हकहितका लागि नारीका अवयवमा सान्त्वनाका लेपन दल्दथ्यो । त्यस्तोमा ऊ पर्‍यो पुरुष, त्यसमाथि ज्याद्रो र असह्य, खुप स्वतन्त्रताप्रेमी भइखाएको, ठोक्नर्ैपर्छ भन्ने महामण्डलावृत्तिलाई उजागर गरी उसको खानु खोसिदिएको हो । हो, त्यही असुर, त्यही भ्रष्टनायक, जसको थेगो र आचरण मात्र अनौठो थिएन, नाउ“ पनि अनौठो थियो । नाउ“ थियो- जरावन ‘नयौप्रेमी’ । यो नाउ“ यहा“हरूलाई अचम्म र सोचनीय जति लाग्ला, त्यति नै यस कथालाई पनि लाग्यो । त्यसको नाउ“ अनुसार बानी कस्तो थियो भने आफ्ना भरौटदारहरूलाई वरपिर िराखेर सधै“ लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र, वर्तमान राजनीति, जनतन्त्र, स्वतन्त्र आदिबारे कम्तीमा चार घन्टाका दरले राष्ट्रियस्तरका अश्लील वाक्यसहित गाली गर्दै बस्न सक्थ्यो । अचम्म त झन् यो पो थियो- त्यो मोरो अहिलेको लोकतान्त्रिक दलहरूमध्ये साम्यवादस“ग निकट राख्ने एउटा दलको कट्टर र्समर्थक भएर देखा पर्‍यो । ऊ भने लोकतान्त्रिकभित्रको एक लोक भएर पनि अझै पीडित र बेकारी थियो ।
-यो उसको समकालीन वस्तुस्थिति थियो भने अब उसको बा“च्नुको नियतिका दृश्यहरूमा ऊ भुमर“िदै थियो । गर्ने के – समस्याजस्तै प्रश्न थियो, उत्तरजस्तै समाधान हराएको थियो ।)

कुकुरदेखि सावधान !
ऊ फाइल बोकेर एउटा ठाउ“मा पुग्यो । त्यो ठाउ“ लोकतान्त्रिक व्यवस्थाको एक दरो खम्बा मानिने व्यक्तिको थियो र त्यो व्यक्ति यस मुलुकको कुनै पनि व्यवस्थामा यसरी नै दरो खम्बाका रूपमा उपयोग हुन्थ्यो । त्यस व्यक्तिस“ग रकम र शक्तिको प्रवाहमय स्थिति सधै“ उपस्थित थियो । आज त्यसैकहा“ काम माग्न ऊ जा“दै थियो । ऊ त्यस ठाउ“मा पुग्यो । घर विशाल थियो, विशाल गेट पनि, त्यहा“ पुगेर ऊ उभियो । घर के, महलको रूप देखेर ऊ खुम्चियो र घुटुक्क थुक निल्दै ‘डोर’स“गैको ‘बेल’ बजायो । त्यो बेल टा“सिएको ठाउ“मा एउटा ठूलो कुकुरको टाउको चित्र र ‘यहा“ कुकुर बस्छ, कुकुरदेखि सावधान’ लेखिएको वाक्यांश पनि टा“सिएको थियो । ऊ हा“स्यो । बेल थिच्नु पनि सम्भवतः त्यही चित्रे कुकुर भित्रबाट बेसरी कराएको आवाज आयो । ऊ झस्कनु र खुम्चनुको स्थितिमा उभियो । केही समयपछि डोरको सानो जस्केलो पट खोलियो । त्यहा“बाट एउटा दरबानी टाउको बाहिर निस्क्यो र भुक्न लाग्यो ।
क्या हो नि त गा“ठे ?
यहा“ श्री …प्रसादज्यू हुनुहुन्छ ?
हुनुहुन्न ।
उहा“की श्रीमती नि त ?
अह“, हुनुहुन्न दुवै । मालिकसाथ अमेरकिा जानुभा’छ हाम्री मैसापका लागि घर किन्न र मालिकनीसाप पनि इन्डियामा व्यापार गर्न जग्गा किन्न जानुभा’छ ।
-अब गर्ने के – थिएन केही । ऊ उत्तरहीन र कामहीन भएर गेटको ‘यहा“ कुकुर बस्छ, कुकुरदेखि सावधान ! हेर्दै फर्कियो ।)

विश्राम दृश्य
त्यस दिन अरू दिनसरह कामका लागि धेरै भौ“तारयिो । उसले चिनेका मान्छेहरू त धेरै थिए तर काम भने कतै थिएन । किन त – प्रश्न बारम्बार प्रतिगमनको घमण्डजस्तो उठ्थ्यो तर उत्तर भने …- कतै लोकतन्त्रको स्थिति जस्तै हु“दैनथ्यो । ऊ यतिबेला थाकेर एउटा बौद्ध स्तूपमुन्तिर सिया“लमा बसिरहेको थियो ।
-त्यहा“ केही क्रियाप्रतिक्रिया नाटकका चरत्रिक्रियाजस्तै देखिन थाले ।)

जेनेरेसन ग्याप
त्यस ठाउ“को एक कुनामा केही किशोरहरू कुनै पीरताप नलिई हा“स्तै थिए । बोल्दै थिए । त्यस हूलबाट एउटा किशोर उछिट्टएिर मोबाइलमा केही बोल्दै उसका अगाडि आएर बस्यो । त्यस किशोरले मोबाइलमा कुरा गर्दै थियो, जसबाट थाहा लाग्थ्यो, त्यसले पक्कै कुनै किशोरीस“ग कुरा गर्दै थियो । भन्दै थियो- त“ आउ“छेस् कि … – तेरो लभ के – बुझिस् मैले चाहे“ भने … । पख् न त“लाई म ।
-ऊ उठ्यो । यो स्वतन्त्र संवाद उसका लागि अर्थहीन थियो । अर्को कुनामा गएर बस्यो ।)

धरमर खम्बा
बस्ताबस्ता अ“धेराले छोप्न लाग्यो । एउटा कुनामा अडिरहेको खम्बाजस्तो भान पर्ने छाया हल्लियो । ऊ देख्तै थियो । त्यो छायावत् खम्बा हल्लि“दै उसको वरपर आइपुग्यो । उसका अगाडि आएर उभियो । उसले हेर्‍यो । त्यो खम्बा हल्लि“दै थियो । रक्सी खाएको होला तर होइन, उमेरले त्यस्तो भएको देखियो अर्थात् एक वृद्ध उमेरको रहेछ र आफ्नो उमेर अनुसार हल्लिएको रहेछ । त्यो हल्लि“दो खम्बा, वयोवृद्ध छाया, कुनै विदूषक वा सूत्रधार नभएर एउटा पात्रजस्तो टुप्लिएको थियो र केके सङ्केत गर्दै आफै“मा सीमित संवाद बोल्दै थियो ।
कोरयिा जाने रे, किन जाने ?
कोरयिा जान घरखेत बेच्नुपर्‍यो रे !
यस्तो पनि सन्तान हुन्छ । कोरयिा जान नदिए, हर्ेर्नुस् बाबु, मेरा हातखुट्टा भा“चिदिने रे !
मेरो सन्तान नै मेरो अभिशाप हो ।
म कति नै बा“च्छु र – कहिल्यै सुख दिएन । यस युगमा वृद्ध भएर बा“च्नु त पापै रहेछ ।
-यति बोलेर त्यो लरखर“िदो छाया, धरमर खम्बा अ“धेराको कुनै नेपथ्यमा गएर हरायो । ऊ मौन पात्र भएर आफ्नो पीडास“गै सबै दृश्य आत्मसात् गर्दै थियो ।)

पात्र विनिर्माण
अर्को दृश्य यस्तो देखियो । सबै दृश्य बिलाएर यो निर्माण भयो । त्यस्तो अनुभूति हु“दै थियो भनु“ । यस दृश्य निर्माणमा एउटा पात्र उत्पत्ति भयो । फलामको बार दर्ुइ हातले समाएर हल्लाउन लाग्यो । केहीछिनपछि त्यो बेसरी करायो । अनि, विस्तारै केही बोल्न थाल्यो । त्यो पात्र, उमेर हर्ेदा युवकै थियो । केही झन्टाले मगज खलबल्याइदिएको हुनुपर्छ । लुगाचाहि“ सामान्य थियो । व्यवहार भने असामान्य देखिन्थ्यो । त्यो युवक कराउ“दै थियो ।
लोकतन्त्र रे ! के लोकतन्त्र ?
लोकतन्त्रमा सबै समान भनिन्थ्यो । खोइ समान – आफ्ना कार्यकर्तालाई मात्र ठाउ“ दिने ।
यस मुलुकमा जुन तन्त्र आओस्, शासित र शोषित हामी नै हौ“ । हामी जनता । जनताको नाउ“मा युगौ“देखि यसरी चलखेल भइरहेछ ।
बजारमा मह“गी छ । व्यवस्थामा द्वन्द्व छ । खेतमा धान छैन । संविधान कहिले बन्ने – भोको म छु । बा“च्नु र्व्यर्थ छ ।
हामी निर्धाको, निरीहको, स्वतन्त्र हुनुको कुनै अर्थ छैन र – के सधै“ यसरी नै दण्डित हुनुपर्ने, राष्ट्रका नाउ“मा, भ्रष्टाचारका नाउ“मा, मह“गीका नाउ“मा, व्यवस्थाका नाउ“मा –
-अझ अरू केके वाक्यांश त्यो युवक निर्माण गर्दै थियो । ऊ एक कुनाबाट नाटक हेरेजस्तै गरी हेररिहेको थियो । नाटकमञ्चनका कति क्रिया र दृश्यहरू त्यहा“ उपस्थित थिए । अरू हर्ेन मन नलागेर भनौ“, ऊ जुरुक्क उठ्यो र त्यहा“बाट हि“ड्यो ।)

साझ गुड फर्केको चरो
जसरी ऊ बाहिरएिको थियो, त्यसरी नै घर फर्कियो रत्तिो । फाइल हातमा यथावतै थियो । ऊ भित्रेको देखेर छोरी ‘बाबा, बाबा’ भन्दै दौडेर आई र समाई । ऊ छोरीको शब्द र हा“सोमा आफ्नो स्थिति, दैनिक पीडालाई बिर्सन्थ्यो । आज पनि त्यही अनुभूतिको पुनरावृत्ति भयो भनेर मान्दा हुन्छ । घरको ढोकामा पुगेपछि एकछिन अडेर उसले सोचेको थियो । जीवनका अंशहरू सकिएका छैनन् । क्रमशः चलिरहने क्रियाजस्तै चलिरहनेछन् । यस्तोमा आफ्ना लागि निराशाको पासो बनाएर मृत्यु याचना गर्नु वा नगर्नुको कुनै औचित्य शर्ीष्ाक र्सार्थकताहीनको स्थितिजस्तै हुनेछ । यही सोचाइ फाइलस“गै रत्तिँे बोकेर घरभित्र पस्यो । भित्र सधै“का जस्तै क्रिया र प्रतिक्रिया उसलाई कुरेजस्तै गरी उपस्थित थिए । ऊ सम्भावित उत्तर बोकेर घुटुक्क थुक निल्यो ।
– हैन, यो मान्छे किन सधै“ भौ“तारएिर हि“ड्छ –
– काम नभएपछि त घरमै बस्नु नि †
– लखरलखर हि“डेेर काम पाइन्छ खुप †
– बरु घरमै छोरी हेरेर बसे राम्रँे हुन्थ्यो नि †
– यसरी बेकारी जीवन कतिसम्म चल्ने हो –
-प्रश्नको ओइरो उमार्ने पात्र अरू कोही नभएर उसकी श्रीमती थिई । अब यस्तो बेला ऊ सधै“जस्ताको क्रिया गथ्र्यो । न श्रीमतीको कटाक्ष्ँ मुहार हेथ्र्यो, न उत्तर दिने क्रिया गथ्र्यो । यी क्रियाभन्दा खुरुक्क छोरीलाई बोकेर कौसीतिर चढ्थ्यो । शीतलताको र्स्पर्श लिन्थ्यो । अहिले पनि त्यसै गर्‍यो । दिनभरको थकान, कटाक्ष्ँलाई त शीतलताको र्स्पर्शले शान्त गर्‍यो तर पेटको भोक भने – पेट दिनभरको थकानले गर्दा भोको ध्वनि उमार्दै थियो । यसमा पनि ऊ सहन्थ्यो र सह“दै गयो ।)
अब कथाको पर्दा लाग्छ । पर्दाभित्र सबै पात्रहरू बिलाउ“छन् तर उसको जीवनको चर्चा भने … लाग्छ, कुनै पर्दाभित्र पस्न र बस्न मान्दैन ।

नेपाल साप्ताहिक
अंक २९८

Acharya Prabha – Swarthi Chahana

आचार्य प्रभा – स्वार्थी चाहाना

कान्छी छोरीको विवाह हुन नसकेकोमा उनी असाध्यै चिन्तित थिइन् । हुन पनि त हो, उमेर पुगिसक्दा समेत कुनै केटोले फर्केर नहेर्नु, माग्नसम्म न आउनु कुनै पनि आमाको लागि चिन्ताको बिषय नै बन्छ ।

एकदिन उनी दलानमा बसेर छोरीसँग कुरा गरिरहेकी थिइन् । छेउमा आफूले बच्चादेखी पालेको छाउरी कुकुर, जस्को नाम मिक्की थियो, खेलिरहेकी थिई । परबाट एउटा कुकुर लुरुलुरु कुद्दै आइरहेको देखेर मिक्की पनि पुच्छर हल्लाउँदै उक्त कुकुर भएतिर गई । आमा चाहीँले मिक्किलाई रोक्न खोजिन् । तर, मिक्की उम्किएर उक्त कुकुर भएतिर पुगी । आफूले रोक्न खोज्दा पनि मिक्की फुत्किएर भागेकिमा उनलाई खपिनसक्नु रिस उठ्यो र रिसको आवेगमा उनले एउटा बलियो लट्ठिको झट्टिले मिक्कीलाई ताकेर हानिन् । मिक्की उक्त झट्टिको प्रहारले भुतुक्क भएर भुइमा लडी । यो दृष्य देखेर छोरी रुन थालिन् । मिक्की उनको प्रिय कुकुर थिई जस्लाई उनले बच्चामा नै साथीको घरबाट ल्याएर लालन पालन गरेर हुर्काएकी थिइन् । मिक्की आँखा पल्टाएर छट्पटी रहेकी देख्दा उनको आँखाबाट अश्रुधारा बग्न थाल्यो । उन्ले रुदै भन्न थालिन् । ”आमा यो तपाईंले के गर्नु भएको ? एउटा निरीह पशुलाई तपाईंले यसरी रिस पोख्नु हुन्छ ? यस्ले त्यस्तो के बिगारेकी थिइ र तपाईंले यस्तो मरणासन्न अवस्थामा पुर्‍याउनु भयो ?”

आमाले छोरीलाई सम्झाइन्, पशुको केही अधिकार हुँदैन ऊ सधैं बन्देजमा नै रहनु पर्छ । उसका कुनै प्राकृतिक नियम र चाहना नै हुँदैनन् । ”अनि किन त अर्को कुकुर देख्न साथ कुदेर जानु ? झन मैले त्यत्रो रोक्दैछु नटेरी कुदेर गइ फेरि बच्चा जन्माउँने भइ भने कस्ले त्यस्को बच्चाहरुलाई स्याहर्छ ? बन्धनमा राख्दा पो अरु कुकुरसँग … ।” यति भन्दै आमा चुप लागिन् ।

आमाको कुरा सुनेर छोरीले ब्यङ्ग्यात्मक हाँसो उडाउदै भनिन्, ”आमा तपाईंलाई आफ्नी छोरीको विवाह नहुँदा र कुनै केटोले नहेर्दा ठूलो पीर परेको छ । जस्लाई पनि त्यही पीडा पोख्नु हुन्छ । मेरी छोरीको अझसम्म विवाह हुन सकेन घरजम बस्न सकेन भनेर । तपाईंलाई आफ्नी छोरीको भने त्यत्रो पीर छ भने मिक्की पनि त म जस्तै छोरी हो भगवानले उस्लाई कुकुरको जूनी दियो । ऊ पशुमा गनिइ तर ऊ पनि त प्रकृतिको देन हो । बोल्न ,भावना पोख्न पो सक्दिन त ! पशु नै भए पनि उनिहरुका पनि जोडी हुन्छन् ,बच्चा जन्माउने अधिकार हुन्छ उनीहरुलाई पनि स्वतन्त्रता चाहिन्छ । तपाईं मान्छे भएर पनि यो कुरा किन बुझ्नु हुन्न ? हामी मान्छे भएर गर्व गर्छौ र अर्काको अधिकारमा हस्तक्षेप गर्छौ र आफ्नो मात्र हित र स्वार्थ हेर्छौ भने हामी मानव हुनुको औचित्य नै के भयो र ? बिचरी मिक्की आफू एक्ली भएकीले साथी पाउनुको खुशीमा आज मरणासन्न अवस्थामा पुगी । तपाईंलाई भने आफुले बहादुरी गरेको भान भयो । छाडिदिनोस् अब मेरो विवाहको चिन्ता । मेरो आफ्नै केटो छ । जो भद्र र सुशील छ । हामीलाई विवाह गर्न हत्तार छैन । हाम्रा लक्षहरु धेरै छन् । विवाह हुनु नै सम्पूर्ण होइन । हामी पहिला आफ्ना लक्ष पूरा गर्छौ अनी पछि विवाह । मिक्कीमाथि अाक्रोस पोखेर अब त तपाईंलाई चित्त बुझ्यो होला तर … । हामी कोही पनि आफ्नोमात्र स्वार्थमा नलागौँ । प्रकृतिले सबैलाई जन्म,मरण र जीवनसाथी रोज्ने अधिकार दिएकी हुन्छिन् त्यसैले कसैको पनि इच्छा र आकांक्षामा कुठाराघात नगरौँ । मान्छे सर्वश्रेष्ठ प्राणी त हो तर निरिहहरुलाई आफ्नो बसमा राखेर आफू अभिमानी बन्ने मात्र खुबी हामीमा छ ।” यति भन्दै छोरीले मिक्कीलाई मुसार्न थाली मिक्कीले छट्पटाएर टाउको लरक्क पारी ।

आमाको मनमा आत्माग्लानी छायो । उनी हत्केलाले मुख छोपेर रुदै पश्चाताप गर्न थालिन् । ”साँच्चै म पनि कति निष्ठुरी र स्वार्थी भएँछु। मिक्कीले त्यस्तो के गल्ती गरेकी थिई र ? खाली आफ्नो साथीमात्र त खोजेर गएकी थिई नि ! यत्तिका बर्षसम्म घरको रखवारि गरेर बसी । आफ्नै बच्चा जस्तो लाग्थ्यो तर आज उस्को सानो खुशीमा म दैत्य बनेर उस्लाई मरण रोज्न लगाएँ । मेरा सन्तानहरु मध्येमा आज एउटा सन्तान गुमाएँ । म कति पापिनी र स्वार्थी भएँ । यत्तिकैबिचमा छोरीले मिक्कीलाई कपडामा लुटुपुटु पारेर आँखाबाट ओझेल बनाइसकेकी थिइन् ।

Pravin Rai Jumeli – Warjan

प्रवीण राई जुमेली – वर्जन

पहाड़को चेप-चापबाट बादलको सतहबाट सञ्चारित भइरहेछ सारंगीका सेता धूनहरू, अविरल। नदीको स्वरलाई पनि जितेर। म त साह्रै खुशी छु है आज।
अचानक नै शहरको कुनै गल्लीबाट एकजना मत्थु मुख्यसड़कमा कलाउनलागेको थियो। तब, वर्षा ऋतुपछि भदाैरे घामले सेकिएर एक प्रकारले निन्याउरो भएको शहरको वातावरणमा क्षणिक नै भए पनि एउटा राेमाञ्चको सिर्जना भयो। गाउँले जन-जीवनको निम्न आर्थिक अवस्थालो गर्दा उति व्यस्त नरहने त्यो शहरको सबै खालका मानिसहरू भने सधैं यस्तै मनोरञ्जनपूर्ण घटनाहरूको प्रतीक्षामा रहन्थे।

मत्थुले उसको शरीर केही सन्तुलित राख्ने कोशिश गरे तापनि उसका खुट्टाहरूमा नियन्त्रण थिएन। बेवास्तासित उँभो पल्टाइएको पुरानो पतलूनका मोहोरीहरूबाट निस्कोका दुइ जिरिखिम्टे नाङ्गा धेरै दिन अघिदेखि नधोइए झैं देखिन्थे। आफ्नो असली रंग गराइसकेको मैलो कमेजका दुइवटा टाँकहरू पनि तल-माथि पारेर लगाइएको थियो र मैला पारेर बेस्याहार केशराशीचाहिँ पुरै गुजिल्टिएको थियो।

सुन, ए बिल्डिङहरू हो… मलाई दामी घर चाहिँदैन, अघाइञ्जेल खानु चाइन्दैन। मेरो छोरी स्कूल नपढ़्दा पनि हुन्छ। मेरो स्वास्नी खोकेरै मरोस्… हा-हा
मत्थुको असली उमेर अङ्कल्न गाह्रो थियो। जीवनको कुनै न कुनै विषमताले गर्दा उमेरभन्दा अघाड़िनै उसको जवानी परास्त भइसकेको थियो। त्यस मत्थुलाई चिन्ने प्रयासमा शहरका भेगीदार लफंगाहरू चारैतिरबाट भेला हुनथाले पनि पक्कासित ठिम्याउन चाहिँ कसैले सकेन। मत्थु निश्चयनै कुनै गाउँबाट आएको हुनुपर्छ भन्ने अङ््कलबाजीले नै प्राथमिकता पाएको थियो बरू।

यो बिल्डिङ कसको हो… चिन्दिनँ म, अघिल्तिर उभिएको अग्लो बिल्डिङतिर इशारा गर्दै त्यसले भन्यो, मेरो झुप्रोमा सुत्दा मज्जा आउँछ त्यति मज्जा पनि आउँछ कि आउँदैन यो बिल्डिङभित्र सुत्नेहरूलाई… हा-हा वर्षौंदेखि एउटा विरक्तलाग्दो र एकोहोरो जीवन बाँच्दै आउने ती मानिसहरूले अब आ-आफ्नो सुविधाअऩुसारको ठाउँ चुनी मत्थुतिर केही लापरवाहीसित हेर्न लागेका थिए। त्यसबेला तल्लो कुइनेटोमा अवस्थित एलएसजी विभागले राखेको मैला फ्याँक्ने ढ्वांगबाट एउटा लुते कुकुर निस्केर मत्थुकै छेउछाउ भई जानलागेको थियो। लुतोले पिल्सिएर शरीरको कमै भागमा मात्र रौ त्यस कुकुरको अवस्था मत्थुको भन्दा कम दयनीय थिएन। मेरो छेउ भएर किन हिँड़्छस्, एई… ला। भन्दै मत्थुले अचानक नै त्यस लुते कुकुरको भुँड़ीमा मुंग्रे लात कस्यो। खान नपाएर त्यसै त अधमरो भइसकेको कुकुर, अचानक यस्तो अप्रत्यासित आक्रमण खप्न नसकी काँयु-काँयु गर्दै डाँड़ै काटेर भाग्यो। लात कस्दा बंल परेर मत्थुको शरीरको सन्तुलन पनि बिग्रिएछ क्यार… सड़कमा झण्डै पछारियो। तर सम्हालिँदै त्यो बोलिहाल्यो पनि, आफूभन्दा कम्जोरलाई हेप्ने बानी यो हाम्रै समाजको बानी हो। ईः त्यसैले मैले पनि त्यो लुते कुकुरलाई कुटें।… तर हामी जस्तो मान्छे त यो समाजको मालिकहरूका लागि यो मैले कुटोको लुतेकुकुर जतिकै र भइदिएका छौ नि हा-हा.. मालिक र कुकुरको साइनोमा हामी मानिसहरू बाँचिरहेछौ।

त्यहीक्षण, केही परबाट जानलागेका दुइजना केटीहरूलाई देखी मत्थुको ओंठभरी एउटा रहस्यमय मुस्कान आएक सजियो कै राम्री बैनीहरू हौ…. एकातिर पनि हेरिदिने।
केटीहरूले निकै ठूल्ठूला आँखाहरू फुकाली हेरिदिएपछि फेरि मत्थुले अर्कैतिर हेर्दै टोलाउन लागेको थियो। यो क्षण मत्थुको अनुहारमा उसको आफ्नै अभाव, परिस्थिति, सफलता र वाद्यताहरू अवरोध बनी उभिएका छैनन्। उसको आस्थाको असीमतामा भूत, वर्तमान र भविष्यको प्रवर कहीं छैन।

आज त घरमा गाई र बाख्रालाई घाँस पनि काटिएन होला, सुँगुरलाई चारो पनि पकाइएन होला केटा-केटीहरूको ज्ञानै छिपिएकोछैन, तिनीहरूको आमा अन्धीमाथि पनि बिमार छ… र पनि म आज यसरी रमाउन सकें – बोल्दा-बोल्दै उ रोकिएकोमा वरिपरिकाहरूले केही काैतुहलतासित उतिर नियाले तर, एई रोक-रोक… भन्दै यसबेला आवास-कोलोनीतिरबाट आउँदै गरेको एउटा गाड़ीको ठीक अघि उभिएर दुवै हात माथि उठाइरहेको थियो मत्थुले। गाड़ी त्यसको डेढ़-दुइ फूटभन्दा टाड़ा रोकिएन होला।
चालकले झ्यालबाट शीर बाहिर निकालेर आँखा फुकाल्दै- औ, मर्नु मन लाग्य भने चाहिँ पर भीरतिर जाऊ ल… मेरो गाड़ीमुनि चाहिँ होइन-बुझ्यौ यति भनिसकेपछि मत्थु पनि उसको नजिक गयो। पछि-पछि चाहिँ लफंगा र नाम्लेहरूको ताँतीले पछ्याउन थालिसकेको थियो, मत्थुलाई।

गाड़ी कुदाएर तिमी खुशी छौ… ईः म त साह्रै खुशी पो छु त मत्थुका राता आँखाहरूले झिम्किन बिर्से झैं लाग्थ्यो तर त्यहाँ पनि हाँसोको पुट भने भरिएकै थियो।
चालकले मेरो खुशीसित तिमीलाई केको खस-खस् … पर जाऊ, गतिछाड़ा मान्छे भन्दै र मत्थुलाई छातीबाट ठेलिराख्दै पनि गाड़ी अघि बढ़ाएथ्यो। भुइँमा चित्त परेको उसको ओठबाट भने मुस्कान हराएन।

मलाई कुट, पिट… तर मखुशी हुनु छोड्छु र, बइयौ हा-हा-हा त्यो अट्टहासमा पनि सारंगीको एउटा अनाैठो तरंग थियो। फेरि अचानक नै त्यो मत्थु उठेर गीत गाउँदै नाच्न पनि थाल्यो। उसको यस्तो अनौठो नृत्यमा लफंगाहरूले चाहिँ ताल मिलाएर थपड़ी मार्नलागे। यतिञ्जेलसम्म त्यहाँ मानिसहरूको एउटा झुण्ड नै तयार भइसकेको थियो। कुन्नि कतातिरबाट घुम्दै-घुम्दै दुइजना डण्ठे पुलिसहरू पनि त्यहाँ आइपुगे। मत्थुको नाच देखेर, लफंगाहरूको थपड़ी सुनेर… तर पुलिसहरू पनि माैन उभिएका थिए। यो गानभजनको प्रक्रम यथावत चलिरह्यो तर मत्थुको शरीर र स्वरमा भने शिथिलता आएको थिएन।

भदौको खुल्ला आकाशमा घामको सत्ता थियो। क्षितिज छेउ छाउ छटाक-छिटिक उँड़िरहेका भुवाहरूले पनि घामको यो उत्तापलाई कति नै रोक्ने प्रयास गरेका थिएनन्। शहरलाई फन्को मारेर बग्ने नदीको एकनासे स्वर स्वाँ…. को व्याप्ति थियो चारैतिर। तापनि अब केही दिनहरूपछि आउनेवाला दशैंको सुनौलोपन रातमाटे भित्ताहरूतिर, साल र सैगुनका रूखहरूतिर टाँसिएर बसेको थियो। यो क्षण पृथ्वीको यो भागमा अवस्थित त्यो शहर र त्यहाँ विचरण गर्ने मानिसहरू धेरै अनौठो प्रतीत लाग्थ्यो… अझ आजको यो घटना थपिँदा त कुरै अर्को भएको छ।

पहाड़हरूको फेदमा स्थित त्यो शहर कुनै ठूलो शहर थिएन। केही सहकारी एकाई र कार्यालयहरू, आवासगृह एवं केही मसिना व्यापार-विनियमको आधारले हटाका दिनहरूमा अनि चाढ़-पर्वको छेक पारेर भने व्यस्त हुन्थ्यो त्यो शहर। पहाड़का निम्न उर्वर जमीनहरूमा येनकेन उमारिएका अन्न, फल-फूल र साग-सब्जीहरूको पनि पर्याप्ति थिएन त्यहाँ। तापनि प्रान्तका विभिन्न गाउँ र बजारहरूसित जोड़िएको थियो त्यो शहर, विशेष गरी चुनाउको समयमा त्यसको महत्व आफ्नै प्रकारको हुन्थ्यो।
मुख्यसड़कको एकछेउमा त्यो मत्थुको नाच र लफंगाहरूको थपड़ी रोकिएको छैन, अझै पनि।

के हुँदैन हँ…. याँ। फेरि एउटा अप्रत्यासित आवाजको झटारोले थपड़ीको श्रंखला टुट्छ, झुण्ड केही फाटिन्छ। तर मत्थुको नाच थपड़ीबिनै पनि जारी रहिरहन्छ। झुण्डको केही छेउमै एउटा सेतो गाड़ी रोकिएको छ र त्यसको झ्यालबाट एउटा चश्माधारी अनुहारले चियाइरहेको पनि छ। को हो यो नाच्ने चश्माधारी गाड़ीवालाको कठोर स्वर सुनेर झुण्ड पन्छिन्छ, पुलिसहरू पनि एक छेउ लाग्छन्। मत्थुको निद्रा पनि बाधित बन्छ र उ धर्खाराउँदै गाड़ीको नजिक जान्छ।

यो नाच्ने सोधेको मत्थुको स्वरमा पुलिस वा लफंगाहरूमा झैं डरको आभास तर किमार्थ पनि छैन, बिस्यौ तिम्रो जुलूसमा हिँड़ेको मिटिन मा भात पकाइदिएको… हा-हा। तर डराउनुपर्दैन तिमीले अब-मलाई केही दिनुपर्दैन। तिमीहरूले नदिँदा पनि म खुशी छु, खुशी… अब यति आफैं रमाउने र खुशी हुने छुट त छ होला नि यो देशमा छ कि छैन चश्माधारी मानिसका आँखाहरू केही परतिर उभिरहेका पुलिसहरूमाथि पुगेर रोकिन्छ र के हेरेको तिमारले समात यसलाई भन्ने आदेश जारी गर्छ उसको कटु मुखरविन्दले। पुलिसहरू मत्थुतिर बढ़्छन्।

मलाई थानामा थुन कि धुलाई देऊ… तर म रमाउनु छोड़्दिनँ। तिमीहरूले आश देखाएको त्यो कहिल्यै नपाउने खुशीभन्दा यो मेरो रमाहट कता हो कता ठूलो छ, बुझ्यौ चश्माधारीले पुलिसहरूलाई नजिकमा बोलाएर भन्यो – यसलाई थानामा लगेर तबसम्म चुट््नू जबसम्म यसले खुशी भन्ने शब्द भुल्दैन। भरै म आउँछु। त्यसपछि चश्माधारीको इशारामा सेतो गाड़ी अघि बढ़िहाल्यो। पुलिसहरू मत्थुलाई तन झ्याई पार्दै थानातिर हानिन्छन्। झुण्ड पुरै छरिएर जान्छ। कसैको हुकुमले र पुलिसको चुटाइले मेरो खुशी लुटिन्छ भनेको इस..। केही बेरसम्म टाड़ाबाट पनि मत्थुको स्वर कता-कति गुञ्जिरहन्छ। अनि शहरमा अघि जस्तै चकमन्नता व्यप्तिन्छ। फेरि मानिसहरू हिज जस्तै यो घटनालाई भूलेर आ-आफ्नो धूनमा लाग्छन्।

बेलुकीपख त्यो सेतो गाड़ी शहरको थानाअघि रोकिन्छ। पुलिसहरू सतर्क बन्छन्। थानाको कुनै अनाम कोठाको भुइँमा मत्थु लड़िरहेको हुन्छ, त्यसको मुखबाट रगत बहेको हुन्छ। अनुहार निलडामले सुनिएको छ। हा-हा, खुशी कस्तो हुन्छ अरे मत्थुको लड़िरहेको शरीरमा हल्कासित लात दिँदै चश्माधारीले प्रश्न गर्छ। उसले मत्थुको जगटे केशमा समाएर खुबै गहिरोसित अनुहारमा नियाल्छ, अचानक मत्थुको एक कुना ओठ मुस्काउँछ। चश्माधारी जुरूक्क उठेर पुलिस अधिकारीको कोठाभित्र पस्छ।
म चाहन्छु यसको अनुहारमा मुस्कानको अलिकति पनि छेस्का बाँकी नरहोस्। सास राखेर अझै चुट्नू यसलाई। अनि क्षणभरमै चश्माधारीको गोजीबाट केही ओजनदार वस्तु पुलिस अधिकारीतर्फ हस्तान्तरण भइसकेको हुन्छ।

ढुक्क हुनू होला, हजूरको निर्देशन म इमान्दारीसित पालन गर्नेछु। पुलिस-अधिकारीको त्यस्तो आश्वासन पाएपछि म भोलि आउँछु भन्दै चश्माधारी बाहिरिन्छ। राती पनि कालो चश्मा धारण गरिएको त्यो परिदृश्य केही अप्ठ्यारो किसिमको लाग्छ पुलिस अधिकारीलाई, तर रहस्य जान्न मुख फोर्नसक्तैन। कोही बेरपछि त्यस अधिकारीलाई मत्थु भएको कोठामा पस्दैगरेको देखिन्छ। सारंगीको स्वर अझ गहिरिन्छ। पहाड़को कुनै गाउँमा एउटी रोगी आईमाई खोक्दै हुन्छे, घरभरि केटा-केटी रोएका स्वर ढाकिएको हुन्छ। चकमन्नता र भतुवा कुकुरहरूका क्षीण भुकाइहरूबीच फेरि रात बितेर जान्छ। अहोरात्र चिच्याइरहन्छ नदी। सबै स्वाभाविक रूपमै हुन्छ, हिज जस्तै। बिहान पूर्वबाट घाम झुल्किएपछि स्वभाविक चहलपहल पनि शुरु हुन्छ शहरमा। अनि चश्माधारीको सेतो गाड़ी आएर थाना अघिल्तिर रोकिएको देखिन्छ। के त्यसले रमाउनु बिर्स्याै थानाको सिड़ी उक्लिँदै चश्माधारीले सतर्क पुलिस अधिकारीसित प्रश्न गर्छ।

स्वयं हेर्नुहोला हजूर। मत्थुको शरीर अझ पनि कोठाको भूइँमै लड़िरहेको हुन्छ। चश्माधारीले उसको अनुहार राम्ररी नियाल्छ – आज त्यहाँ खुशीको प्रतिछायाँ हुँदैन। त्यो देखेर चश्माधारी भित्रदेखि नै रमाउँछ। उसले पुलिस अधिकारीको ढाँड़ थप्थ्याउँछ। दुवै बाहिर आउँछन्।
अन्यथा नठान्नु भए एउटा प्रश्न राखूँ हजूर। पुलिस अधिकारीले एउटा अनुनयसित प्रश्न राख्छ – मात्नु मात्र त्यसको अपराध होभने यति ठूलो दण्ड ठिक थियो मात्नेलाई तिमीहरू के गर्छौ। केही घण्टा थुनेर मात्रै छोड़िदिन्छौ।

त्यसको अपराध मात्नुभन्दा धेरै ठूलो थियो। कसरी जसरी त्यसले खुशी हुनु जानिरहेको थियो, त्यो हाम्रो लागि खतराको संकेत थियो। तिनीहरूले यो भ्रम राख्नुपर्छ कि खुशी हामीबाट मात्रै सम्भव हुनेछ, यही भ्रम बेचेर हामी आफ्नो अस्तित्व कायम राख्छौ। यो देशमा कसैलाई पनि आफैं रमाउने अधिकार छैन, चश्माधारीले पुलिस अधिकारीको कान नजिकै मुख लगेर भन्यो, तिमी र तिमीजस्तो हरेकलाई पनि त्यो अधिकार छैन। पुलिस अधिकारी अवाक बन्छ। चश्माधारी चाहिँ एउटा कुटिल मुस्तानसहित थानाका सिँड़ीहरू ओल्र्हिँदै उसको सेतो गाड़ीसम्म पुगेको देखिन्छ। फेरि अचानक नै सारंगी बज्न छाड़्छ, वातावरणभरि बिगुलको रातो स्वर गुञ्जिन थाल्छ।

Thakur Man Lama – Shistachar [Nepali Laghu Katha]

शिष्टचार भन्ने चिज कति मिठो हुदो रहेछ भन्ने कुरा बल्ल हरिरामले बुझ्यो । उसले त्यही शिष्टचारको बिभिन्न अभ्यास भने यसरी गरेको थियो ।

प्रथम शिष्टचार अभ्यासः कामको लागि बिभिन्न सँग हार गुहार गर्योह। अरुको खुट्टा समातेर ढोग्यो पनि । शिष्टचारको यो अभ्यासमा उसले एकदिन सफलता पायो । उसले एउटा नयाँ कार्यालयमा जागिर पायो ।

दोस्रो शिष्टचार अभ्यासः कार्यालयमा भर्खर नयाँ नयाँ जागिरे भएको हुनाले कार्यालयको कर्मचारीहरुसँग राम्रो रसबस बसाउन सानो देखि ठुलासम्मलाई नमस्कारको अभिवादन चढाउँदै गयो । सबले उसको त्यो नमस्कारलाई स्वीकार गर्योा । सबैसँग हेलमेल भइसकेपछि शिष्टचारको त्यो अभ्यास अब खल्लो लाग्न थालिसकेको थियो ।

तेस्रो शिष्टचार अभ्यासः पहिलो र दोस्रो शिष्टचार अभ्यास सफल भइसकेपछि तेस्रो शिष्टचार अभ्यास गरी हेर्ने बिचार उसमा आयो । तेस्रो शिष्टचार अभ्यासमा कर्मचारीहरुको मिलेमतोमा आफुलाई कार्यालयको हाकिम बनाइदिन आग्रह गर्दै कार्यालयको कर्मचारीहरुलाई एउटा शानदार होटलमा ठुलो भोज राख्यो । आफु हाकिम भएपछि उनीहरुको स्तर बढाईदिने आश्वासान दियो उसले । आफ्नो खल्तिबाट केही रकम झिकी अरुलाई बाड्यो पनि। अरुले पनि यस काममा उसलाई सघाउने प्रदिबद्धता जाहेर गरे । केही दिनमै उ त्यो कार्यालयको हाकिम भयो जुन कार्यालयबाट उसले आफ्नो जागिरको पहिलो सिढी चढेको थियो ।

चौथो शिष्टचार अभ्यासः हाकिम भएपछि उसको शिष्टचार त्यसपछि कहाँ पुग्यो कहाँ । पहिले अरुको खुट्टा ढोगेर कैयनलाई निधारमा हात लगि नमस्कार स्वस्ति गर्ने उसको प्रबृति भनौ वा ब्यबहार त्यसपछि एकाएक परिवर्तन भयो । बरु उल्टै उ कहाँ काम माग्न आउने मानिसहरुको नमस्कार स्वस्ति लाई तुच्छ ठान्दै गमक्क पर्दै छाती फुलाउँदै आफ्नो शान शोहरत देखाउन थाल्यो । आफ्नै नजिकका नातागोतालाई पनि टाढै राख्ने कोशिश गर्योद। तर धन हुनेहरुसँग भने टिमिक्क टासुँला झै गरी ब्यबहार भने उसले यथावत राख्यो । सायद त्यो ब्यबहारमा पनि उसले शिष्टचारको नयाँ रंग खोजिरहेको थियो । कुनै स्वार्थ उसले त्यसमा लुकाइरहेको थियो । जे होस् ” शिष्ट ” को त्यो ” अचार ” भने उसलाई एकदम फापिरहेको थियो । स्वादिलो भइरहेको थियो ।

Pragya Niraula – Aamaa

प्रज्ञा निरौला – आमा
(मधुपर्क बैशाख, २०६७)

आजभन्दा केही वर्ष अगाडिको कुरा हो, एकदिन मलाई आˆनी आमासँग रमाउने तीव्र अभिलाषा जागेर आयो । आमाको काखमा घाम तापेर मीठामीठा गफ गर्न र आराम गर्न मन लागेको थियो । आमालाई यसो चियाएर हेर्न खोजेँ, आमा आफ्नै भावभङ्गमिामा रमाइरहनु भएको थियो । केही समय मैले आमाको भावलाई भङ्ग गर्न चाहिँन । केवल टाढैबाट टुलुटुलु हेरिरहेँ । आमा आफ्नै संसारमा रमाइरहनुभएको थियो । आफ्नो अनुहारको भावभङ्गमिालाई छिनछिनमा बदलिरहनु भएको थियो । कहिले दाह्रा किट्नु हुन्थ्यो, कहिले मुठी कस्नु हुन्थ्यो, कहिले कसैलाई थुकेझैँ गर्नुहुन्थ्यो, कहिले रुनुहुन्थ्यो त कहिले हाँस्नुहुन्थ्यो, कहिले कसैलाई सम्झाए जस्तो गर्नुहुन्थ्यो भने कहिले के के ।
मलाई आमालाई बोलाउने साहसै आएन र दिदी सैपाललाई खबर गर्न थालेँ । दिदी पनि अचम्म मान्दै आमालाई हेर्न थाल्नुभयो । हामी दिदीबहिनी आ-आफ्नो स्थानमा खडा भइरहृयौँ । आमाको अवस्थामा कुनै परिवर्तन आएको थिएन । बरु झन् विक्षिप्त बन्दै जानुभएको थियो । कपाल फिँजारेर उहाँ एक्लै फतफताइरहनु भएको थियो । दिदीले आमालाई हेरेर फेरि मलाई हेर्नुभयो र भन्नुभयो- यालुङकाङ्ग आमा त बौलाहिसक्नु भएछ । विचरा के भएको होला है आमालाई ? दिदीको यस्तो आवाज सुनेर आमाले झस्केर हामीतिर हेर्नुभयो । हामी दुई दिदीबहिनीलाई देखेर झन् विक्षिप्त हुँदै भन्नुभयो-मेरा सैपाल र यालुङकाङ्ग छोरी हो, तिमीहरू मलाई हेरिरहेका छौ ? तिमीहरूको मुटु त लुछेर खाएका छैनन् ? मेरो त हल्लाइसके अब खान्छन् कि के हो ? आफ्नै सन्तानले यस्तो गर्लान् भनेर के थाहा ? म त आफ्नो आँखाले सधैँ सधैँ हरियाली, शान्त र सौम्य हेर्न चाहन्थे तर आज यस्तो विचित्रको दिन हेर्न बाध्य भएकी छु । छोरीहरू हो तिमीहरू मेरो अनुहार हेर त मलाई जबर्जस्ती हँसाउन भनेर मेरा ओठ तानीतानी च्यातिसके । मेरो ओठको दुवै कुनाबाट रगतका धारा बगिसके । मेरा नातिनातीनाका छालसँगै रगतको भेल मिसिएको छ । तिनीहरू विवश छन् मेरा पीडालाई बोकेर समुद्रपार पुग्न । मेरा सन्ततिहरू कस्ता भएका छन्, ल हेर भन्दै आमाले एउटा कुनामा देखाउनुभयो । वाह Û त्यहाँ त हामीले चिनेका थुप्रै मानिस झगडा गरिरहेका रहेछन् । एकअर्कामा काटाकाट, मारामार गरिरहेका, झगडा गरिरहेका, आपसका लखेटालखेट गरिरहेका रहेछन् ।
हामीले केही बोल्न नपाउँदैमा फेरि आमाले अर्को कुनामा देखाउनुभयो । झन् त्यहाँ त लासैलास, मान्छेका टाउकैटाउका, रगतैरगत, मासुका चोक्टैचोक्टा, बीभत्स रूप रहेछ । तिनीहरूका हातहरू एकअर्कामा खप्टिएर जनतालाई एक हुन आहृवान गरिरहेकाजस्ता देखिन्थे भने टाउकाहरू एक ठाउँमा थुपि्रएर आक्रोश पोखिरहेजस्ता देखिन्थे र शरीरका मासुका टुक्राहरू थुपि्रएर पहाडको स्वरूप लिइरहेको जस्तो भान हुन्थ्यो ।
फेरि अर्को कुनामा आमाले हेर्न भन्नुभयो । त्यहाँ त छिन्नभिन्न भएका मृत शरीरलाई पीताम्बरले सजाएर लहरै राखेका रहेछन् । ती लासहरूले विश्वशान्तिको कामना गरिहेजस्ता देखिन्थे । फेरि अर्को कुनामा हेर्दा त एउटा ठूलो खाल्डोमा मरेका थुपै्र मान्छेलाई एकै ठाउँ खाँदेर सिन्की बनाएका रहेछन् । तिनीहरू आफूलाई अमर घोषित गरिरहेजस्ता देखिन्थे । त्यहीँ अर्को कुनामा छटपटाइरहेका अपाङ्ग-अशक्त, घाइतेहरू आँसु र पोखरीमा डुबिरहेका थिए मानौँ तिनीहरूको चीत्कारमा विश्वशान्ति नै गुञ्जिरहेको थियो ।
आमाले अर्को कुनामा लक्ष्य गर्नुभयो हामी दिदीबहिनी त्यता हेर्न थाल्यौँ । त्यहाँ त भव्यभव्य महल, आरामदायी सोफा, भद्रभलाद्मी व्यक्तित्वहरू सजावटका साथ हृविस्कीको चुस्की लिइरहेका देखिन्थे, मानौँ यो संसारको सारा चीत्कारलाई एकै चुस्कीमा रित्याइरहेका छन् । पार्टी र भोजभतेरमा रम्नेहरू एकातिर छन् भने अर्कातिर मर्नेहरूका नाममा समवेदना दिनेहरू टाउको निहुराएर बसिरहेका छन् । यो कस्तो विचित्र संसार हो यो । कसरी सहनु आमाको मनले । विरक्त लाग्न थालिसकेको थियो अमाले जेजे मन लाग्छ हेर भन्दै आफ्नो सारा अवस्था उदाङ्गो पारिदिनुभयो । हामी दिदीबहिनी पनि धेरै दिनदेखि आफ्नो काममा व्यस्त भएर होला सायद यो संसार नियाल्न नपाइरहेका थियौँ, आज हेर्न थाल्यौँ । मठमन्दिर, देवीदेवता, गाउँघर, सहरबजार सबै हेर्न थाल्यौँ । गाउँघरमा लुटपाट, मारकाट, अस्तव्यस्त जीवन भोगिरहेका मानव समुदायहरू, आमाको छातीमा घोप्टो परेर रोइरहेका नावालकहरू, सहरमा त्रसित त्रसित मानिसहरू, मानिसकै गर्मी धेर भइरहेको, मन्दिरका देवताहरू चुपचाप बसेर सिँगारिरहेका, तिनीहरूका पेटीमा थरीथरीका मगन्तेहरू, कोही सडकमा खाते भएर पल्टिरहेका, कोही नशासेवनमा फसिरहेका, कोही हिँडिरहेका, कोही खाँदिएर बसमा गुडिरहेका, कोही कारमा गुडिरहेका, कोही साइकल, मोटरसाइकलमा हुँइकिरहेका, कोही खान नपाएर मागिरहेका, कोही सडक दुर्घटनामा मरिरहेका, कोही पेट्रोलको लाइनमा बसिरहेका, कोही बाढीमा फसिरहेका, कोही नाङ्गा, कोही ठाँटिएका, कोही चिसोमा सुतिरहेका, कोही महलमा उँघिरहेका, कसैका घरमा अन्न कुहिरहेको, कसैका घरमा अँध्यारो मुहार र भोको पेट आदि इत्यादिका दृश्यहरू हेरिरहृयौँ ।
धन्य आमाको छाती, धन्य हृदय भन्दै फेरि आमातिर हेर्न थाल्यौँ । त्रस्त आँखाले आमाले अर्कातिर हेर्न थाल्नुभयो । हामी पनि त्यतैतिर हेर्न थाल्यौँ । त्यहाँ त आइमाई, केटाकेटीहरू, रोदन र चीत्कारसँगका करिब एउटै पीडामा डुबिरहेका १५-१६ वर्षदेखि ६०-७० वर्षसम्मका विधवाहरूको भीड रहेछ । तिनीहरूका फुटेका चुराले सानो पहाड बनेछ, पुछिएका सिन्दूरले त्यो पहाडलाई छोपेछ, राता रङ छातीमा रङ्गिएछन् । फेरिएका सेता धोतीहरू आँखाआँखामा छाइएछन्, ती कपालका काला चुल्ठाहरू आँखामा पट्ट िभएर बाँधिएछन् । त्यसैगरी मुखबाट निस्किएका रोदन र चीत्कारहरू हावामा गएर बिलाएछन्, आँखाबाट झरेका आँसुहरू नदीमा गएर मिसिएछन्, बाँकी रहेका जीवनका खुसीहरू बन्दुक र हतियारबाट खोसिएछन् भविष्यका कल्पनाहरू सबै माटोमा मिसिएछन् । विधवाका छातीमा चिरिएका डोबहरूमा टुहुरा छोराछोरी अटाइएका रहेछन् । एउटा विकृत डरलाग्दो स्वरूप मात्र कङ्काल भएर उभिइरहेका रहेछन् । हामी दुवै दिदीबहिनी पूर्व र पश्चिमबाट हेरिरहेका थियौँ । थाप्लोभरि चिसो हिउँ बोकेर पनि छातीमा दनदनी आगो बलिरहे जस्तो हुन्थ्यो । टाउको तातेर फुट्ला जस्तो हुन्थ्यो । धन्य आमा धन्य तिम्रो सहनशीलता भन्दै हामी दिदीबहिनीका आँखा जुध्न पुग्छन् ।
दिदीबहिनी भेटघाट भएर रमाइला कुराकानी गर्न त कता हो कता टाढाबाट देखादेख हुँदासम्म पनि आँखा ओभाना हुन सकेनन् । आमाको पीडा झन् थपिँदै थियो । हामी दिदीबहिनीले पूर्व र पश्चिमबाट एउटा एउटा औँला समातेर सान्त्वना दिने कोसिस गर्‍र्यौँ तर आमाले हामी दुवै दिदीबहिनीलाई अँगालो हालेर रुन थाल्नुभयो । युगौँदेखि युगौँसम्म ठडिएकोठडियै हामीले नेपाली सीमाको रक्षा गर्ने गरेको वाचा भङ्ग हुने त होइन ? आमाको त ख्याल नराख्ने सन्ततिले झन् यो देशको सीमाको के ख्याल
राख्लान् ? भन्ने पीडाले हामीलाई सताउन थाल्यो । आफ्नै सन्ततिको उपद्रवदेखि वाक्क लाग्न थाल्यो । पवित्र हिउँ बोकेर उभिएका हामीलाई आफ्नै नेपाल गनाएको भान भयो । नेपाल नेपालमा मात्र गनाएन, यो त सारा विश्वमै गनायो । सबैको छिछि र दूरदूर हुने भयो । आ-आफ्नो अहं नभाँच्नाले आज यो गति भयो नेपाल आमाको । आमा फेरि रुँदै भन्न थाल्नुभयो- छोरी हो मेरा करोडौँ सन्तति एकआपसमा यसरी झगडा गर्छन् । आफ्नै भाइले आफ्नै दाइलाई मार्छ, आफ्नै छोराले आफ्नै बाबुलाई मार्छ, आफ्नै दाजुले बहिनीलाई बलात्कार गर्छ, एउटै लाम्टो चुसेका सन्ततिहरू एकआपसमा काटाकाट गर्छन्, आˆनै काखमा रमेका छोराछोरी एकअर्कालाई बेचिदिन्छन्, एकअर्काको अपहरण गर्छन्, अनि केही गर्लान् कि भन्ने सन्ततिहरू भ्रष्टाचार गर्छन्, निमुखालाई उठ्न दिँदैनन् । कोही कालगतिले मर्न नपाउने भए यहाँ । लडेर मरेका पशुको जस्तै गरी मान्छेको मासु गनाइसकेको छ यहाँ । कुकुर पनि उचितरूपमा पन्छिन्छ तर मानव सन्तति त्यतिका पनि भएनन् । मैले यस्ता बीभत्स रूपहरू हेर्नु परिरहेको छ, छोरी हो । म मेरा आँखाका ज्वालाबाट जलेर आफैँ मरौँ र खरानी पारौँ ? तर म त्यसो गर्दिनँ, यो सब हेरिरहन्छु, सहिरहन्छु । म केवल माकुराकी आमा त भए नि अरू के भएँ र ? मेरो मूल्य नै के रहृयो र ? आफ्नै छोरीबुहारी विधवा भएको आफ्नै सन्ततिको दुर्दशा हेरिरहन्छु र मर्नु परे पनि म अन्त्यमा यिनीहरूकै हातबाट मर्छु । यदि म मरेँ भनेँ छोरीहरू हो यिनीहरूले तिमीहरूलाई पनि टोक्छन् । तिमीहरूका टाउकामा भएको पवित्र हिउँ पनि राक्षसी जिब्राले चाट्छन् र चाट्दाचाट्दै तिमीहरूलाई नै सक्छन् । नानी हो बाँकी रहेको तिमीहरूको अवशेषलाई पनि यिनीहरूले बेचिदिन्छन् । यदि कुनै असल सन्तान जन्मेर फेरि तिमी हाम्रो अस्तित्व रक्षा गरे भनेँ मात्रै नत्र दास बनेर यी सब कुरा सहनभन्दा अरू उपाय हुनेछैन । आमा आफ्नो कुरा भनिसक्न नपाउँदैमा मुर्छित बनेर विक्षिप्त अवस्थामा जानुभयो, हामी दिदीबहिनी हेरेको-हेर्‍यैँ भएका थियौँ र भविष्यको त्रासदीपूर्ण समयलाई पर्खिएर बस्न बाध्य भएका थियौँ ।
आमाको छातीमा लागेको आगो अचेल के कति शान्त भएको छ खै कुन्नि ? भेटेर भलाकुसारी गर्न पनि पाएको छैन । दिदीबहिनीले पनि नजिकबाट गफ गर्न नपाएको धेरै भइसकेको छ । नेपालआमाका सन्ततीहरू लडाइँ, झगडा गर्दागर्दै थाकेर केही बेर भयो बिसाएको तर पनि अझै कतिपय लडाइँमा लागिरहेका छन् । यस्तो विपत्ति आमाले अझै कति दिन भोग्नुपर्ने
हो ? त्यसमाथि पनि फेरि प्राकृतिक विपत्तिले नेपालआमाका सन्तानलाई सताइरहेको छ । केही मानिस शान्ति स्थापना गर्न तम्सिरहेका छन्, कतिसम्म सफल हुने हुन् ? युद्धका बेला चहर्‍याएका आत्माले कहिले शान्ति पाउने हुन् ? मृतआत्माले कहिले आफ्नो वीरतामा आनन्द लिने हुन् ? यी सब कुराले आनन्द भएका दिन फेरि हामी दिदीबहिनी एकअर्कालाई आमन्त्रण गरेर आमाका पासमा गई रमाइला कुरा गरौँला नत्रभने आमा रोएकोभन्दा अन्य कुरा सुन्न पाउने छैनौँ । यी कुरा हुन् जजसका तर्फबाट जेजे आवश्यक पर्छ त्यो सबै नेपालीले पूरा गर्ने प्रण गर्नुपर्छ नत्र आमाको रोएको आँखाभन्दा अरू हेर्न पाउने छैनौँ । आमाको धैर्य गर्ने शक्ति बढोस्, यही हामी दिदीबहिनीको शुभकामना ।