Raju Sharma – Bisarjan

राजु शर्मा – बिसर्जन

जब म कोठा भित्र छिर्छु । उ पलङमा पलिटरहेकै हुन्छ । हातमा किताबको ठेली । ओठमा ठुटो चुरोट । उस्को नियमितता नै हो । यत्र तत्र छरपस्ट किताबै किताबहरु । भित्ताका र्याकहरुमा पनि अटेश मटेश गरेर किताबका तांतिहरुनै लईन बद्ध भएर बसेका देखिन्छन् । एउटा अब्यबस्थित कोठा भित्र अब्यबस्थित जिन्दगी बांचिरहेको छ उ । एकाग्रतालाई भङ्ग गर्न नचाहेर हुन सक्छ ? सल्काएको ठुटो चुरोटको छोटो पनलाई समयमै महसुस गर्न सक्तैन् फलस्वरुप आंैलाका काप सबै निकोटिनको दागले पहेंलो भएर रङिगसकेका छन् ।
मेरो आगमनमा उ झस्कीन्छ । उस्को एकाग्रतामा बादा परेको महसुस गर्छु । उ मलाई भित्र छिर्ने निम्तो दिन्छ । पलङको पुछार तिर आखां फाल्छ । उस्को ईसारा मुताबिक पलङको पुछारमा गएर थ्याच्च बस्छु ।
नव्वेशालको भूकम्पले पनि भत्काउन नसकेको जिर्ण घर । कांचो इट्टाको जोडाईमा उभिएर पनि तन्दुरुस्त देखिन्छ । महानगरपालिकाको छातिमै अबस्थित जीर्ण तर तन्दुरुस्त देखिने घरको छिडिमा उस्को कोठा छ । भूईका माटाका टुक्राहरु उप्किएर खोबिल्टाहरु बनेका छन् । वरिपरिका गाहको कापहरुबाट चिसो रसाईरहेको छ । नाममात्रको सानो कोठामा एउटा थोत्रो पलङले कोठाको आधा भाग ओगटेको छ ।
उ थोत्रो स्टोपमा दम दिन थाल्छ । सलाई कोरेर सल्काउछ । स्टोेप दन्किएर बल्छ । निमेष भरमै झयाप्पै निभ्छ । उ पुन कोशिश दोहर्याउछ । तै पनि उस्को कोशिस खेर जान्छ ।
“शायद मट्टितेल सकिएर होकी….. ?” मेरो जीज्ञासामा बाकसको कुनाबाट पांच लिटरको ग्यालन झिग्छ । ग्यालनको पिद सम्म मात्र अस्तित्वमा रहेको मट्टितेल ढल्काएर स्टोभ भित्र चुहाउछ । पुन दम दिन्छ । सलाई कोर्छ । घरर …घररर……स्टोेप दन्किएर बल्न थाल्छ । एउटा थोत्रो तपेश स्टोप माथी बसाल्छ । दुई गिलास पानि तपेशमा खनाउछ । एक चिया चम्चा चिया पत्ति होम्छ । दुई चम्चा चिनी पनि त्यसैमा खनाउछ ।
“फिक्का चिया चल्छ हैन्” बास्तबिकता उदाङगो पार्छ ।
“तिमिले ख्वाए पछि जे पनि चल्छ” आत्मिएतामा दांत मुस्कुराउछ ।
चिया उम्लन थाल्छ । स्टोप निभाउछ । स्टिलका दुई गिलास सतर्क पार्छ । थोत्रो लुंडो हातमा लिन्छ । तपेशलाई अठयाउछ । चिया खन्याउछ । एउटा गिलास म तर्फ बडाउछ । अर्को आफैं समाउछ । सुरुप्प …. सुरुप्प …. गर्दै चिया पिउन थाल्छ । “ गुलियो त छ हैन् ?” म तर्फ आखां फाल्छ ।
“छ……तिम्रो आत्मीयतामा चास्नी मिसिएको छ ” वास्तबिकतामा ह्दय बोल्छ ।
चियाको सर्को सगैं म पुन कोठा छाम्न थाल्छु । साहित्य , दर्शन , मनोबिज्ञान , कला , संस्कृति , राजनिति , आदिका अनगिन्ती किताबहरुका पंक्ति बद्ध तांतिहरु तर्फ आखां नचाउछु ।
उस्को कोठामा आउनु । एक गिलास फिक्का चीया पिउनु । उस्को विगत खोतल्नु । वर्तमानलाई समसुमाउनु । उस्को सामिप्यतालाई नजिकबाट आत्मासाथ गर्नु । यत्तिनै हो मेरो उ प्रतिको दैनिकी ।
“डेडामा पनि यती बिघीं किताब को संग्रह । ” म आश्चर्य प्रकट गर्छु ।
“लेख रचनाहरु छापिन्छ । धेर थोर पारिश्रमिक आउछ । ती पारिश्रमिक मध्य आधा जीबन यापनमा र अधा पुस्तक खरीदमा खर्चने गर्छु ।” उस्को जबाफ सलल बग्छ । यो पनि एउटा नियमितता भित्रको वास्तबिकता मात्रै त हो । मेरो जीज्ञासा र प्रश्नमा उ सधैं जसो सलल बग्ने प्रयत्न गर्छ ।
मेरो आस्ता र बिश्वाशको पात्रको रुपमा उ मेरो दैनिक जीवनमा खोटो टास्सीएझै टासीं रहेकै छ । जसलाई उपकाउन म कदापी सक्तिन् । मलाई गर्भ छ । म उस्को सामिप्य हुन सकिरहेकोमा । उस्को बिगत र आगतको तुलनाले नै मलाई उ प्रती आकर्षित तुल्याएको हो । मैले जैले देखि उस्लाई चिन्न थालें त्यस बेलादेखिनै उ मेरो आस्ताको केन्द्र बिन्दु बन्न थाली हाल्यो । त्यस बेलादेखी म उस्लाई आदर्शको रुपमा हेर्ने गर्छु ।
जुन दिन म उस्लाई भेटन पाउदिन त्यस दिन मलाई पक्कै निद्रा लाग्दैन् । प्यास भोग केहि पनि हुदैन् । जीन्दगिमा कता कता के के नपुगे जस्तो लाग्छ ।
“सांच्चैनै राम्रो पुस्तकालय वन्न सक्छ तिम्रो कोठा ” हिजो अस्तिकै बाक्य दोहर्याउछु ।
सधा झै उ थप्छ “ठिकै छनि ! म मरे पछी …..यहि कोठालाई पुस्तकालय घोषण गर ” ।
उस्को त्यो बाक्यले मलाई नमिठो सगं चीमोटछ । पलभरको लागि नरमाईलोले गांज्छ । सांच्चैनै उ मर्यो भने …….? म कल्पनाबाटै पनि नराम्री तर्सन्छु । “यस्तो वाईयात कुरा पनि गर्ने हो मर्न त सबै मर्छन तर पनि पटक पटक मर्दैनन् । एक पल्ट मात्र मर्छन् ।” म उस्को भाबना संग सहमत हुन सक्तिन् । हुन पनि मलाई उस्को त्यो बाक्यले सारै नराम्रो संग चिमोटछ । “मेरो आशय यस्तो थिएन् । यतिका बिधी किताब तिमी पढन भ्याउछौ ?” मैले त यत्ती जान्न चाहेको ।
“मेरो कामै के छ र ? ंंंं…….. जागिर छैन् ……. कोहि आफन्तहरु छैनन् ……, त्यस्तो भ्याई नभ्याई काम पनि त छैन नि ! मन लागेको बेला पढ्यो , मन लागेको बेला सुत्यो ……। एउटा एक्लो जीबन भोगेको मान्छे , …… । ” उ अडकी अडकी भए पनि खुलस्त हुन खोज्छ । उस्को यही खुलस्त हुने बानी मलाई असाध्य मन पर्छ । बानी मात्रै कहां हो….र । उस्को बिगतका भोगाईहरु मेरो लागि बर्तमानमा गहकिलो शिक्षा साबित भएको छ । हुनत मैले प्रत्यक्ष रुपमा उस्को विगतको भोगाईहरु उस्को आफनै मुखबाट सुन्न पाएको छैन् । उस्को पुराना मित्रहरु र दौतरीहरुवाट भने उस्को बारेमा धेर थोर जानकारी हांसिल गर्न पाएको छु । उस्को त्याग र समर्पणको भाबना सुनेरनै म उ प्रति आकर्षित भएको थिएं । उस्को जीबननै एउटा उदाहरणीय त छदैछ । त्यस्मा पनि खुलेर कुरा गर्ने बानिले गर्दा म उस्लाई आदर्शको रुपमा लिने गर्छु ।
“फेरी म सम्पूर्ण किताब खार्दिन ……, किताबको गहिराई सम्म पुग्ने प्रयत्न पनि म गर्दिन ……..। कुनैको मध्य …। कुनैको सुरु ….। कुनैको अन्त्य ..। यसरी किताबको अबस्था मात्र छाम्ने प्रयत्न गर्छु ”। उ आफनो बानिलाई प्रष्टयाई रहेको हुन्छ ।
“यसरी एकै साथ सबै पुस्तकहरु पढ्दा सिल सिला टुटे जस्तो एक अर्कामा मिसिए जस्तो, छयास मिसे अपठयारो त पर्दैन ।” मलाई उस्को किताब पढँई अनौठो लाग्छ ।
”जीबननै छयासमिसे छ भने , त्यसमा अल्झीएर बस्नुको कुनै तुक छैन । जीबनको संपूर्ण भोगाई भोगीसकेको मान्छेले गहिराईसम्म गएर डुबुल्की मार्नु पर्छ भन्ने पनि त छैन् नि ! जीबनलाई वाहिर बाटै छाम्ने प्रयत्न गरे पुग्छ । जबिनको गहीराईसम्म पुग्ने काशिस गर्यौ भने हातमा लाग्यो सुन्यो सिबाय केहि हात लाग्दैन् । त्यसैले सन्तुष्टि प्राप्त गर्नु छ भने जीबनलाई वाहिरवाटै मात्र भोग्ने प्रयत्न गर । तिमि अबश्य सफल हुनेछौ । ” उ मलाई अर्ति दिन थाल्छ ।
उस्को प्रबचन अझै सकिएको हुदैन् “कुनैलाई बढी महत्व , कुनैलई कम महत्व पनि दिनु नपर्ने । सवै किताबहरुको एकै साथ रस्वास्वादन गर्न पाईने हुदां अझ बढी मिठो भई नौलो स्वाद चाख्न पाईन्छ । विभिन्न परिकार एकै पल्ट चपाए जस्तै हुन्छ । ” उ प्रस्ट पार्छ ।
उस्लाई तर्कमा कस्ता कस्ता बिद्धवानहरुले हराउन सक्तैनन् भने म छुसिले के हराउन सक्थेंर ?अनौठो र भाबनात्मक विचारले म उस्को विगतका भोगाईहरुलाई क्रमशं एक पछी अर्को गर्दै उग्राउन थाल्छु ।
उस्को परिचयमा दुई अक्षर खर्चनु पर्दा निम्न बुंदाहरुमा उस्लाई नियाल्न सकिन्छ ।
समयको थप्पडले निलडाम हुने गरी हिर्काएको एउटँ राजनितिज्ञ होे उ ।
देशलाई नजिकैबाट नियालेर निश्वार्थ भाबनाले समर्पित भएको एउटा सच्चा राजनितिज्ञ हो उ ।
गहन अध्यन , चिन्तन र मनन्को सीङगो रुप हो उ ।
लामो समयसम्म जेल नेल खेपेको राजनितिज्ञ हो उ ।
सरकार द्धवारा सर्बस्व हरण गरेको राजनितिज्ञ हो उ ।
देशको राजधानिमा सम्पन्न परीवारमा जन्मीएर पनि बिदेही भएर जनताको मुक्तिको लागी लडेको ब्यक्ती हो उ ।
वावु बाजेको शान र ईज्जतलाई थांती राखी राजनितिमा होमिएको जुझारु ब्यक्ति हो उ ।
प्रत्यक्षरुपमा दरबारमा संम्पर्क भएर पनि दरबार प्रती बिद्रोही भाबना भएको एउटा सच्चा नेपालीको छोरा हो उ ।
पहिलो क्रान्तिमा डटेर लाग्यो । आफना वरीपरीका सारा सुख सुबिदा र पुगिसरीले पनि आकर्र्षीत गर्न नसकेकाले नै उ बिदा्र्रेही भएर देखा पर्यो । उ आफनो लागी नभएर अरुको लागी मात्र लडथ्यो र त उ निश्वर्थी थियो । धेरै पल्ट जेल पर्यो । अनेकौ पल्ट सरकारको आखांमा छारो हालेर विदेशियो । कैयौं पल्ट गोल घरमा राखेर मानसिक र शाररीक पिडा दिईयो ।
मानब शरीर हाड मासुबाटनै बनेको हुन्छ भन्ने कुरा त बिज्ञानले नै प्रमाणित गरीसकेको छदैछ । बिगतमा पाएको शारीरीक र मानसिक यातनाहरुले उस्को पनि शरीर थिल थिलो बनि सकेको थियो । अनेक पिडा र यातनाहरुको परीणमस्वरुप अनेकौ रोगहको लक्षण देखिन थाल्यो । शारीरीक रुपमा उ असक्त भए पनि उस्को जोस र जांगर अझै ताजा छदै थियो । उस्ले आफनो जोश र जांगरलाई मर्न दिएको थिएन । त्यस दिन भएको जन आन्दोलनको नेतृत्व उ आफैंले गरेको थियो । जुन दिन राजधानिमा मानब शागर ओर्लिएको घटना उस्ले पत्याई नसक्नुको थियो । उ अग्र भागमा नारा घनकाउदै लस्करको नेतृत्व गरेको क्षेण सलाईड बनेर आखां सामु जब नाच्न थाल्थे । उ त्यस घटनालाई सबिस्तार बर्णन गर्ने गर्दथ्यो ।
आन्दोलनको आंधि । आन्दोलनले लेराएको परिवर्तन । आन्दोलनमा भएको घात प्रतिघात । आन्दोलनमा भएको दमन । आदि ईत्यादी विषयमा उ छाति फुलाएर कुर्लने गर्दथ्यो ।
त्यो दिन राजधानिको मुटुमा अबस्थित पूर्ण कदको शालिकको क्षेवैमा उ पनि उभिएको थियो । ढवङ….ढवाङ….. बन्दुक पटकीएको आबाज सगै उसैको अगाडि भटा भट भङेरा ढले जस्तो मानब लाशहरु ढल्दै गएका थिय । लाशै लाशको चाङनै लागी सकेको थियो । कालो पत्रे सडकको ढाड स्वात्तै रगतले पोतिएको थियो । कोलाहलको बाताबरणमा पनि प्रजातन्त्रको नरा धनकदै थियो । युबा जोस र जांगरकोे अगाडी सामन्ती भाबना मूर्छा पर्दै थियो । कति आमाहरुको कोख रीत्तिदै थिए । कति बाबुहरुको जांगर मूर्छा पर्दै थिए । कति दिदि बहिनीहरुको माईती रीत्तिदैथिए । तै पनि आन्दोलन अगाडी बढदै थियो । आन्दोलनकारीहरु थाकेका थिएनन् । थाकेका थिएत प्रतिगमनकारी आन्दोलनका विरोधीहरु ।
उस्को प्रयाश अनि सम्पूर्ण न्याय प्रेमी जनताहरुको अथक प्रयाश स्वरुप प्रजातन्त्र पुन प्राप्त भयो । प्रजातन्त्रको पहिलो निर्बाचनमै उस्ले पनि सांसदको टिकट पाएको थियो । पार्टि्रले पनि उस्को कदर नगरेको होईन् । उस्को कदर गर्दै पाट्र्रिको बहुमतले उस्लाई सासंदको उम्मेदवार धोषण गरेकै हो । उस्ले टिकट लिन मानेन् । उस्को ठम्याईमा उस्को बुझाईमा प्रजातन्त्र आशिंक रुपमा मात्र प्राप्त भएको ठहर्यायो । त्यसैले उस्ले टिकट लिन मानेन् । आर्थिक क्रान्ति गर्नै बाकी सम्झिएर उ बाहिरै रहेर पार्टि्रलाई योगदान दिने बिचार प्रस्तुत गर्यो । उ अध्यनशिल त छदै थियो । उस्लाई भौतिक अभाब पटक्कै थिएन् । उस्को ठम्याईमा सासंद भए पछि लोभी लालची भईन्छ भन्ने नै लाग्यो । उस्ले सासंद बन्न चाहेन् । उस्को योगदानको कदर गर्दै , उस्को चाहना अनुरुप पाट्र्रिले पनि उच्च मूल्याङन गर्यो । पार्टि्र संगठनको महत्व पूर्ण पदमा उस्को पदोन्नती भयो । उस्ले पनि हलुका महसुस गर्यो । गहन जीम्मेवारीलाई सहर्श स्विकार गर्दै पार्टिलाई अझ अगाडी बडाउदै लग्यो ।
सासंदको टिकट उ भन्दा कनिष्ट नबप्रबेशिलाई प्रदान गरीयो । नब प्रबेशीहरुको हालिमुहाली सुरु भयो ।
उज्जल भबिष्यको लागि सारा नागरीकहरु जागरुक देखिए । आ आफनो सिद्धान्त अनुशार भोट खसालियो । चुनाबको परिणम निकै नै आशालाग्दो र एउटा बिकशित देशको जस्तो आयो । उस्को पाट्र्रीले बहुमत हांसिल गर्यो । विपक्षमा बस्ने पाट्र्री आन्दोलनमा सहभागी पाट्र्री मध्यकै दोस्रो पाट्र्री थियो । एउटा पाट्र्रीलाई राज्य संचालन गर्ने अभिभारा सुम्पीईयो भने अर्को पाट्र्री हासियार र खबरदार गर्न बिपक्षमा बस्यो । यसरी जनताहरु निकैनै जागरुक , सक्षम , सजक, भएको महसूस गरीयो । अब देशले काल्टे फेर्छ भन्ने भाबनामा तिर्ब बिकाश भयो ।
पार्टि्रको गतिबिदी निकैनै सक्रियो देखिन थाल्यो । हरेक दिन जसो बैठकहरु बस्न थाल्य । केही महत्वपूर्ण निर्णयहरु प्रकाशमा आय । अनेकौ नाराहरु थपिय । जनताको चाहना र आबश्यकता अत्याधिक थिए । सिमित श्रोत र साधनबाट अत्याधिक चाहना र आबश्यकता पुरा गर्न प्राय असम्भब जस्तै देखिन्थ्यो । असम्भबलाई सम्भब तुल्याउन पर्छ भन्ने भाबना पाट्र्री भित्र प्रकट हुन थाल्यो । फलस्वरुप पाट्र्रीले पनि नयां र नौला कार्यक्रमहरु प्रकाशित गर्यो ।
बिस्तारै बिस्तारै पार्टि्र भित्र नबआगन्तुकको प्रबेश दिनानु दिन बडन थाल्यो । सुख सुबिधाको उपभोग गर्नु पर्छ भन्ने माबना मौलाउदै गयो । प्राडो र पजेरोको माग बडन थाल्यो । फलस्वरुप सुबिदामा प्राडो र पजेरा झिगाइयोे । जनताका प्रतिनिधिहरु प्राडो र पजेरोमा घुईकिन थाल्ये । राजधानिमा सबै नेताहरुको आधुनिक सुबिधा सम्पन्न धर निमार्ण गर्नु पर्छ भन्ने निर्णय पाट्र्रीको बैठकले गर्यो । पार्टि्र प्रबेशमा सुट र टाई अनिबार्य गरीयो । जनतालाई एक तुर्को पानि उपलब्ध गराउन नसक्ने सरकारका नेताहरुको पार्टि्रमा मिनिरल वाटरले प्रबेश पायो । पार्टि्रमा अनुशासनको कदर हुन छाडयो । पाट्र्रि कुनै नेताको ब्यक्तिगत बैठक जस्तो लाग्न थाल्यो । हैकम बाद र सामन्त बादको बोलवाला चल्यो । जनतालाई झुक्याउन अनेकौं आकर्षक नाराहरु रचिय । देश दुब्लो बन्दै थियो । नेताहरु मोटाउदै थिय । देशको पैसा बिदेशी बैकमा सार्ने क्रम बढन थाल्यो । उस्को आत्माले यि सब कृयाकलापलाई स्विकार्न सकेन् । उस्को आखां सामुन्ने दिन हिन चिथरा ख्याउटे अनुहारहरुको मात्र तस्बीर नाच्न थाल्यो । प्रजातन्त्र मूर्छा पर्दै गयो ।
उस्ले आत्मा बन्दक राख्न चाहेन फलस्वरुप उस्ले आफनो असन्तोषहरु पट्र्रीमा राख्न थाल्यो । बिगतका अबस्थालाई बर्तमानमा उदाङग पार्न थाल्यो । सबैलाई बिगत र बिगतमा गरेका बाचाहरु सम्झन अनुरोध गर्न थाल्यो । उस्ले मार्ग बिराएकाहरुलाई सही मार्गमा हिडाउन अनुरोध गर्यो ।
उ एक्लो बृहस्पति साबित भयो । बर्तमानका बुख्यांचाहरुले उस्लाई पागलको संज्ञा दिए । उस्को भाबनाको कदर हुन छाडयो ।
हुन पनि उस्ले कैले पनि मन्च माथि उभिएर ठुला ठुला सपना र आश्वासनका पोकाहरु फोएन् ।
उस्ले कामलाई मात्र प्राथमिकता दियो ।
उस्ले न त कैले गल्ली गल्ली चाहर्दै , आश्वाशनका पक्तिहरु पाठ गरेन्

न त कैले रेडियो र टि भिबाट सिगांरीएर आफनो योगदानको बैलटठी बखान छांटेन् ।
उस्को आंखाकै सामुन्ने उस्का दौतरीहरुका बिगत र बर्तमान छर्लङ घाम बनेर झुल्कारहेकै थिए ।
हबाई चप्पलको त्यो ध्वनि आज पनि उस्को कानमा प्रष्ट सगं गुन्जिरहेकै थियो ।
मैलो सुरुवाल , ध्वजा परेर च्यात्तिएका कमिचका फेरा , फाटेको टोपी लगाएर एक मूठी चिउरा र दालमोठ चपाउदै राजधानीका गल्लि गल्लि चाहार्दै हिडने आकृतिलाई उस्ले चाहेर पनि बिर्सन सकेको छैन् ।
बर्तमानमा ति आकृतिहरुले छेपारोले कांचुली फेरे झै आफनो आकृतिलाई फेरेका थिए ।
विदेशी जुत्तामा ती उभिएका थिए ।
टाई र सुटमा सजीएका थिय ।
ओठमा शिकार चुरोट च्यापेर बिकासे सेमिनारमा धाउंथ्ये ।
प्राडो र पजेरोमा कुदथे ।
साला साली , भान्जा भान्जी , छोरा छोरी , ज्वाई जेठान सबैलाई आकर्षक पद सिर्जना गरेर भर्ना गरेका थिए ।
बिकाशे राजनितिले सबै नेताहरुलाई स्वात्तै निली सकेको थियो ।
पाट्र्री भित्र उस्को कदर हुन छाड्यो । समय अनुशार चल्न नसक्ने अर्धपागलको पगरी उस्ले गुथन भ्यायो । उस्लाई क्रमशं पाट्र्रीको जिम्मेवारीबाट पन्छाउन थालियो । अब उस्को उपस्थिति केबल उपस्थितिमा मात्रै सिमित राखियो । राजनितीमा देशको कांचुली फेर्ने सपना बोकेको उ अब पाट्र्री भित्रै एकलिन थाल्यो । जवानी राजनितीमा बितायो । जनताको सेबामा समर्पित हुन चाहने हुनाले उस्ले बिबाह गर्ने फुर्सत पनि निकाल्न सकेन् । धर जम गर्दा सेबा भाबनामा प्रश्न चिन्ह लाग्न जन्छ भन्ने ठानेर कैले पनि बिबाह गर्ने बिचारै गरेन् । घरबाट आएको अलिकती सम्पत्ती पार्टि बिस्थारमा प्रयोग गर्यो । अलि कति सरकारी कोषमा दाखिला भयो । बांकी दाजुभाईको गिददे नजरबाट बच्न सकेन् । त्यसैले गर्दा उ घरबार बिहिन सुकुमबासी बन्यो ।
उस्ले जीबनलाई आधा दशक भन्दा बढी भोगि सकेको थियो । उस्को जीबनलाई यसरी अर्थाउन सकिन्थ्यो ।
आधा जीबन जेलको कठोर सजायंमा ब्यतित गर्यो ।
एक चौथाइ जीबन मेची दखि महांकाली सम्म पाट्र्रि बिस्तारमा खर्च गर्यो ।
बाकी एकचौथाई जीबन बाल्यकालमा आमाको काख र बाबुको कांधमा बितायो ।
अलि कति जीबन स्कूल, कलेज धाउंदा धाउदै बिते ।
जीबनको उत्तरार्धमा पुगेर उस्ले पाट्र्रीबाट अनुशासन भङग गरेको आरोपमा साधारण सदस्यताबाट निस्कासन गरेको जानकारी जुन दिन पाएको थियो । त्यसै दिन उ सरासर पशुपतिको मन्दिर भित्र छीर्यो । मन्दिरको दायांहुदै सरासर आर्यघाट तर्फ ओर्लियो । घिनलाग्दो गरी बहेकी बाग्मती मूर्छित देखिन्थिन् । जसो तसो बग्ने प्रयत्न गर्दैथिईन् । उस्ले बाग्मतीको ढाड छाम्ने प्रयत्न गर्यो । दुर्गन्दीत भएर मुर्छा परेकी बाग्मती उस्को श्पर्शले ससङिक्त भईन् । दुबैहात फैलाएर स्वागत गर्न सधैं लालायीत यी बाग्मती आज किन ….ससङीत बनिन्….। शयद उस्को शपर्शले हो कि ….?
बाल्यकालमा त्यही वाग्मती को काखमा उ पोडेर खेल्ने गर्दथ्यो । डुबुल्की मारीरहेका असला माछाहरुलाई समाउन उ माछा संगै तेलकासा खेल्थ्यो । बल्छी हाल्थ्यो । बल्छीको टुप्पोमा झुन्डीएर माछाले आत्मा हत्या गर्दथ्यो । कलकलाउदी बागमतीको पानि खाएर उस्ले कति पल्ट तिर्खा मेटन भ्याएको थियो । जुन बेला बाग्मती सङली थिईन् । राजनिती पनि सङलो थियो । वाग्मती फोहरी भईन् राजनिती पनि डुङ , डुङती गनाउन थाल्यो ।
वाग्मतीको दुर्गन्दित जल अंजुली भरी समेटेर फोहरी राजनितिज्ञहरुको सम्पूर्ण गुठियारहरुको संझनामा तिलान्जली दिदै आफनो राजनिती बाग्मतीमा बिसर्जन गर्यो । उस्को एक अन्जुली पानि दुर्गन्दित बाग्मतीमा कता बिलाए बिलाए ।
त्यसबेला देखि उस्ले आफनो जीबिकाको लागी साहित्य साधना गर्ने अठोट गर्यो ।

Gopal Birahi – Kabrastan

गोपाल विरही – कब्रस्तान

आज खैरे पनि अचानक विरामी प¥यो । बिहानदेखि अहिले भर्खरसम्म त ऊ राम्रै वा स्वस्थजस्तो नै देखिएको थियो । तर, यताबाट उता र उताबाट यता उठबस गरिरहेको छ अहिले ऊ । उसले आफू पनि सेतेजस्तै रोगबाट ग्रस्त रहेको सङ्केत दिइरहेको छ । सेते अर्थात् उसको भाइ पनि क्षणभरमै हृष्टपुष्ट र स्वस्थ थियो । तर, क्षणभरमै उसले हामीलाई छाडेर गएको पनि हो । हिजोमात्रै सेते परलोक हुनु र, फेरि आज खैरे छट्पटाउन थाल्नुले हामीलाई अवाक् तुल्यायो । खैरेलाई झट्पट् अस्पताल लानुपर्छ भन्ने कुरा मैले र बहिनीले उठायौ“ । बुबाले ‘केही क्षण विचार गरौ“’ भनिरहनुभएको र, नशालु झारपात खाएको हुन सक्ने आशङ्का गरी परम्परागत मान्यतानुसार चूक (अमिलो) पनि खुवाइदिनु भएकाले हामीले केही बेर पख्र्यौ“ । तर खैरेले कुनै प्रतिक्रिया जनाएन । ऊ झन् उफ्री–उफ्री छट्पटाउन थाल्यो । अब त हाम्रो धैर्यको बा“ध टुटिसकेको थियो । हामी सेतेको मृत्युबाट यति भयभित भइसकेका थियौ“ कि खैरेलाई पनि कतै त्यस्तै हुने त होइन भन्ने त्रासले हाम्रो मनमा बादल लाग्न थाल्यो । अस्पताल लैजाने कुरामा हामी सबै सहमत भयौ“ । तर कहा“ हो अस्पताल ? मलाई केही थाहा थिएन । बुबाले यसभन्दा अगाडि खैरे, सेते वा मुनीकै आमाहरुलाई पनि ज“चाउनका लागि अस्पताल पु¥याइसक्नुभएकाले समस्याको हल उत्तिखेरै निस्कियो । मैले साइकल कुदाइहाले“ । बुबा खैरेलाई समातेर साइकलको पछाडि बस्नुभयो । केही सोच्ने फुर्सद् कसलाई थियो र ! मलाई कतै बाटैमा साइकलको पाङ्ग्रा फुटिहाल्ने पो हो कि ! अथवा चेन नै फुत्किने हो कि ! भन्ने भयले समातिरहेको थियो । हुन पनि त्यो साइकलले एक–एक थोक बिग्रेर हैरान पारिसकेको थियो मलाई । मनमनै कुनै सङ्कटले हाम्रो मार्ग अवरुद्ध नगरोस् भन्ने प्रार्थना गर्न थाले“ । खैरे कराइरहेको थियो । हामी कुद्दै गयौ“, खैरेको मे“–मे“स“गै हाम्रो साइकलले गति लियो ।
‘के भएको हो त्यस्तो खैरेलाई !’–मैले जा“दा–जा“दै सोचेछु । हुन पनि अचानक टोलाउन थालेको थियो खैरे । सधै“ ‘खैरे !’ भनेर बोलाउने बित्तिकै खुर्र दगुरेर छेऊमै आइपुग्ने ऊ आज किन जहा“को त्यही“ छ ? किन खैरेले अटेरी गरिरहेको छ ? उसले पनि सेतेले जस्तै सबैस“ग सधै“का लागि अटेरी गर्न खोजेको त होइन ? अह“! खैरेलाई केही हुन सक्दैन ! खेरे हामीलाई छाडेर जान सक्तैन !
खैरेकी आमा पनि आज ऊप्रति केही बढी प्रेमभाव दर्साइरहेकी थिई । आफ्नो एउटा जवान छोराको अनुपस्थितिको शोकले रन्थनिएकी खैरेकी आमालाई खैरेको त्यो दयनीय अवस्था देखेर कस्तो लाग्यो होला ? यो प्रश्नको उत्तर ऊ आफैले पनि दिन सक्दिन । तर खैरेलाई चाटिरहेकी मुनीलाई देखेर सबैले यो कुरालाई महसुस गरेको हुनुपथ्र्यो कि वास्तवमा पशुहरु अत्यन्त संवेदनशील हुन्छन् । उनीहरुको हृदय यति सुकोमल हुन्छ कि उनीहरु आफूलाई कसले माया गरेको छ र, कसले घृणा गरेको छ भन्ने कुरा सजिलै छुट्याउन सक्दछन् । त्यसैले त हाम्रो प्यारो सेते हाम्रै घर पल्तिरको एउटा मोटे मान्छेस“ग सधै“ तर्केर हि“ड्थ्यो । कुरा के थियो भने हाम्रो सेतेलाई देख्नासाथ त्यो मोटेले प्याट्ट–प्याट्ट हिर्काइरहन्थ्यो । कहिले मुखै थुनिदिन्थ्यो र, कहिले चारवटै खुट्टा च्याप्प पारेर राख्दथ्यो ।
अ“, हामी पशुहरुको औषधि पसलमा पुगुञ्जेल मलाई वर्षै बितिसकेजस्तो लाग्यो । सधै“ ओहोर–दोहोर गरिरहेकै त थिए“ नि त्यो बाटोमा । तर किन त्यही बाटो मेरा निम्ति कैयौ“ माइल दूरीको भयो ? यो पनि मेरो समझमा आएन । बाटोमा खैरे कराइरहेकाले मलाई अत्यास लागिरहेको थियो । कतिखेर आइपुग्ला त्यो अस्पताल भनेर सोच्दैमा म किंकर्तव्यविमूढ भइरहेको थिए“ ।
‘बुबा, अझै कति टाढा छ ?’ भनेर पचासपल्ट सोधेहु“ला मैले साइकल चलाउ“दै गर्दा । खैरेले ‘मे“–मे“’ गरिरहेकाले आ“खामा थोपाहरु चुहिन थालिसकेका थिए मेरा । ‘मलाई छिटो अस्पताल पु¥याओ, म जा“दैछु’ भनेर खैरेले भनेको हो कि भन्ने सम्झेर मेरो मुटु फुट्ला कि जस्तो भइसकेको थियो । म ‘हु“क्क’ गर्ने अवस्थामा पुगेको मात्रै के थिए“, औषधि पसल आइपुग्यो । ‘ऊ त्यो रुखको फेदैमा हो’–बुबाले भन्नुभएपछि मेरो मन केही शान्त भयो । तर धैर्यको बा“ध टुटिरहेकै थियो । झटाझट् साइकल रोकेर खैरेलाई समात्न पुगे“ म । औषधि पसलमा गएर सोध्यौ“ । डाक्टर त्यहा“ नभएको र अझ केही पर पुग्नुपर्ने कुरा बताए औषधि विक्रेताले । म रुन मात्रै सकिन“, खैरे कराइरह्यो, झन् जोड–जोडले कराउन थाल्यो । लौ न नि १ के बित्यास प¥यो १ भन्ने सोचेर खैरेलाई छिटोभन्दा छिटो डाक्टरकहा“ पु¥याउन नसकिएकोमा पछुताउन थाले“ म । बुबाले खेरैलाई समात्नु भो र, मैले कुदाइहाले“ साइकल । जस्तोसुकै दुर्घटना किन नहोस् १ मैले साइकल बेस्सरी कुदाए“ । खैरे जोडस“ग कराएको सुन्दा मुटु ढुक्ढुक् गथ्र्यो ।
केही बेरमै डाक्टरकहा“ पुगिएछ । डाक्टरले यसो हेरेर औषधि र इन्जेक्सन दिए । त्यतिबेला मलाई त्यो डाक्टर देवताजस्तै लाग्यो । डाक्टरका अनुहारभरि टाटै–टाटा थिए । तर त्यतिबेला त्यसैमा मैले ईश्वर देखे“ । उसको पूजा नै गरे पनि कम हुन्छ जस्तो लाग्यो मलाई । डाक्टरलाई धन्यवाद दिनका लागि मस“ग शब्द त थिएन नै १ साथै हर्षले मेरो मुखबाट केही निस्कन सकेन । इन्जेक्सन लगाउ“दा खैरे कराएको थियो र, एकपटक डाक्टरलाई पुलुक्क हेरेको थियो । सायद ‘मलाई के गरेको !’ भनेर सोधिरहेको थियो । डाक्टरले त्यति मायालु आ“खाले नहेरे पनि इन्जेक्सन लगाइदिएर ऊमाथि ठूलो उपकार गरिरहेका थिए । त्यस क्षणमा त्यही डाक्टरकै अभावले गर्दा त हाम्रो सेतेले प्राण त्यागेको थियो । आज खैरेले पनि डाक्टर देख्न नपाएको भए के हुने थियो ! म सोच्नै सक्तिन“ ।
हामीमाथि औषधि विक्रेताले ठूलो गुन लगायो । ऊ पनि डाक्टरपछिको प्राणदाता बनेर निस्कियो खैरेका निम्ति । हामीस“ग पैसा थिएन । औषधि खैरेलाई खुवाइदिइहाल्नुपर्ने ! हस्याङ्फस्याङ् गरेर औषधि पसलमा पुगेको थिए“ म । ‘केही बेरपछि ल्याइदिउ“ला पैसा, हुन्न ?’ भनेर सोधे“ मैले । नबोलिकन औषधि दियो उसले । कहा“ पाइन्छ अचेल त्यस्तो मान्छे ! पैसामा बिक्न खोज्छन् सारा ! तर, बिकेन ऊ । पैसामा खरिद्न नसकिने केही अल्पसङ्ख्यक मान्छेहरुमध्ये गणना गरे“ मैले उसलाई । न चिनेको, न जानेको, हाम्रो खैरेको औषधि सुटुक्क दिइहाल्यो उसले । धन्य हो उसको भावना !
खैरेलाई लिएर घर फर्क“दा मलाई के अनुभूति भयो भने म कुनै ठूलो काम गरेर फर्किरहेको छु । खैरेलाई डाक्टरकहा“ पु¥याउन सकेकोमा मेरो मनमा यति खुशी थियो कि, म व्यक्त गर्न सक्तिन“ । तर सेतेलाई सम्झेर मेरो मनमा पश्चाताप पनि भइरहेकै थियो, सेतेले डाक्टर देख्न पाएन ।
खैरेलाई उपचार गराएर फर्क“दा बाटामा मान्छेहरु कसैले टोलाएर हेरिरहे, कोही गलल्ल हा“से भने कसैका अनुहारमा आश्चर्य पनि मैले भेटे“ । जे होस्, खैरेलाई अस्पताल पु¥याउन सकिएको खुशीमा मैले साइकल बेस्सरी कुदाएछु । खैरे घरसम्म आरामले आइपुग्यो । तर घर आएपछि खैरे कराउन थाल्यो । फेरि एकपल्ट अत्यासले घरमा सबैको अनुहार बादलिन थालिहाल्यो । उसकी आमाले खैरेलाई मुसार्न थाली । धामी–झा“क्रीको व्यवस्था पनि उत्तिखेरै भयो । आफूले ‘रुढीवादी परम्परा’ भनेर झारफूकको विरोध गर्दै आएको भए पनि खैरेलाई त्यसले केही असर गरिहाल्छ कि भन्ने आशामा म अल्झिइरहे“ । झ“क्रीले ‘फू–फू’ गरेर कुन्नि के–के ग¥यो र खरानी–पानी खुवाइदियो खैरेलाई । अलि आराम मिलेजस्तो ग¥यो खैरेले । मैले यो बुझ्न सकिन“ कि खैरेलाई डाक्टरको औषधिले आराम दिलायो वा झा“क्रीको खरानी–पानीले । जे होस्, खैरे कराउन छाडेपछि हामीले चैनको सास फे¥यौ“ । यसरी घरमा ल्याइसकेपछि पनि एकछिनसम्म त हामी सबैलाई अत्याइरह्यो खैरेले । सायद अब ऊ स्वस्थ छ । भोलि बिहानै उठेर चर्न जानेछ ।
***
सेतेले यो संसार छाडेर गएको कति दिन भयो भन्ने कुराको गणितीय गणना मैले गरेको छैन । आजसम्म मैले उसलाई कहिले आफ्नी प्रेमिकाको रुपमा त कहिले भाइको रुपमा अनि कहिले साथीको रुपमा त कहिले क्षणभरको एउटा सहयात्रीको रुपमा कैयौ“ पल्ट कल्पना गरिसके“ । जीवनका अठार वसन्तहरु पार गर्दा केवल दुई पल्ट मैले प्रेमको अनुभूति गरेको छु । एउटा स्कूले जीवनमा र, अर्को सेतेको देहान्तपछि । मेरो स्कूले जीवनमा एकपल्ट यस्तो मोड आएको थियो, न त भोक लाग्थ्यो न त तिर्खा । कसैस“ग बोल्न मन नलाग्ने अनि एकान्तमा कुन्नि कहा“–कहा“ पुगेको रमाइलो कल्पना गर्ने बानी सायद त्यतिबेलादेखि नै बसेको हो ममा । वास्तवमा त्यो प्रेम रहेछ भन्ने कुरा आज मलाई थाहा लाग्दैछ । प्रेम भनेको त्यस्तो हु“दो रहेछ भनेर मलाई सेतेको देहान्तले महसुस गराएको छ ।
अचेलभरि म घरको छानोमाथिबाट सेतेलाई गाडिएको उसको कब्रस्तान हेरिरहन मन पराउन थालेको छु । जिउ“दो हुञ्जेल त्यति ख्याल भएन । तर मरेपछिको सेतेको अभावलाई महसुस गर्न थालेको छु म । दसै“ आएको छ, सबै र¨ीच¨ी पहिरन लगाएर घर–घर लागिरहेछन्, रमाइलो गरिरहेछन् । तर सेतेको अभावले कसैलाई कुनै प्रभाव परेको मैले पाइन“ । सेते भएको भए दसै“ कत्ति रमाइलो हु“दो हो अथवा सेते नभएर यसपालिको दसै“मा कत्ति नमज्जा भएको हो भनेर कसैले महसुस गरेजस्तो पनि मलाई लागेन । यस्तो छ यहा“को परिवेश । लाग्छ, हिजो सेते थियो, हिजोका दसै“हरुमा अरु मान्छेहरुस“ग सेते पनि हुन्थ्यो, तर आज सेते छैन । सेते बाहेकका अरुहरु हिजोझै“ मस्त छन्, कुनै परिवर्तन छैन यहा“, बाहेक सेतेको अनुपस्थिति । घरमा सबैस“ग बसेर खाना खा“दा सेते, खैरे, मुनी सबैले हेरिरहेका हुन्थे ती दिनहरुमा । तर अचेल हामीले खाना खान लाग्दा सेतेले हेर्दैन, ऊ घटेको छ । अरुहरु सपासप गास निल्छन् । तर खैरे वा मुनीलाई मात्र देख्दा मलाई भने सेतेको सम्झना आइहाल्छ । सेते भएको भए ऊ पनि यही“ बसेर टुलुटुलु हेरिरहेको हुन्थ्यो जस्ता कुराहरु आउ“छन् मनमा र, म अलग्गै बस्न चाहन्छु सहन नसकेर । दश दिन जति त मैले खाना खानै सकिन“ । मलाई के कुराको विशेष चिन्ता रहन्छ भने मान्छेहरु स्वार्थको घिनलाग्दो, गन्हाउने र दुर्गन्धित पोखरीमा झन्–झन् पौडि“दै, डुब्दै र भासि“दै गइरहेछन् । सेते मरेको दिन पनि आधा घण्टा नबित्दै कसरी खान सकेका चिया र पाउरोटी कपाकप ? सेते नरहेको कुराको चिन्ता किन नरहेको उनीहरुमा ? कि सेतेको निधनमा खुशियाली मनाइरहेका थिए उनीहरु ?
अब म सेतेको कब्रस्तानतिर जा“दैछु । सेतेको यताउता हि“डिरहने, खोलाको किनारमा मस्त निदाउने त्यो शरीर सायद अहिले गलेर, सडेर धुलोपिठो भइसकेको हुनुपर्छ । सेते गाडिएको ठाउ“मा अहिले हरियै दुबो पलाएको छ । नजिकै दुईवटा सिसौका रुखहरु उभिएका छन् । लालुपातेका विरुवाहरु छेउछाउमा झ्या¨िएका छन् । करिब पचास मिटर जति अगाडि एउटा घर छ । सेते हामीबाट टाढा हुनुभन्दा यस्तै आठ÷दश दिन अगाडि मात्रै त्यो घरको एउटा बूढो मानिसले पनि यो धर्तीबाट विदा लिएको थियो । तर मलाई त्यो बूढो मानिसको निधनमा त्यति शोक छैन जति सेतेको । कारण, त्यो बूढोमा सेतेमा जस्तो कर्तव्यनिष्ठा मैले देखिन“ । नजिकै बजारमा पसल थापेर बस्थ्यो ऊ । एकदिन उसको पसलमा सामान लिन भनी गएको थिए“ । व्यर्थैमा मस“ग झगडा गरेको थियो त्यो बूढोले । त्यस दिनदेखि उसको पसलमा जानै बन्द गरिदिएको थिए“ मैले । यसरी जिउ“दैमा त्यो बूढो मेरो लागि प्यारो बन्न नसकेकोले, अथवा मलाई मन नपरेकोले, त्यो बूढोको मलाई सेतेको जत्तिको माया पटक्कै लाग्दैन । त्यही बूढोको घरदेखि पूर्वपट्टि एउटा खेल मैदान छ । मेरो सेतेको कब्रस्तानको परिवेश करिब–करिब यस्तै नै छ । अझ पश्चिम पवित्र नदी बहेकी, नदीपारि देवताको मन्दिर रहेको जस्ता कुराहरुले सेतेको भौतिक शरीर जहा“ छ, त्यसलाई थप सुन्दर तुल्याइदिएको छ । नगािके किनारमा बसेर पनि सेतेको कब्रस्तान हेर्न सकिन्छ । म प्रायः सन्ध्या र उषाकालमा त्यसै गर्छु । सेतेस“गका यादहरुमा रमाउने गर्छु, सेतेस“गै खेल्ने गर्छु ।
एकदिन मैले सेतेकी आमा (मुनी)को अनुहारमा नियालेर हेरे“ । ‘जीवन के हो’ भन्ने विषयमा उसले गम्भीर चिन्तन गरिरहेकी हो कि जस्तो भान हुन्थ्यो । उसको अनुहारमा झल्किएको गाम्भीर्यले उसलाई एउटा दार्शनिकजस्तो, एउटा मनोविश्लेषणकर्ताजस्तो, अथवा चिन्तकजस्तो बनाइदिएको थियो । सा“चै १ मुनीले सोचेकी थिई सायद कि जीवन दुई दिनको भेल हो । यो भेल कतिखेर उर्लेर कहा“ टु¨िन्छ कसैलाई थाहा छैन । आफूभन्दा पछि जन्मिएको सेतेले आफ्नो भेलजस्तो जीवनलाई आफ्नी आमाभन्दा पहिले नै टु¨ोमा–विश्रामस्थलमा पु¥याएको थियो । मुनीको अनुहारको भावले यो पनि स्पष्ट भनिरहेको थियो कि सेतेको लागि चाहेर हुने भए उसले बरु आफ्नै ज्यान दिने थिई । सेतेको अभावमा जुन पीडा उसले सहन गर्नु परिरहेछ, त्यो पीडा उसलाई सेतेको जीवनरक्षाका लागि प्राणोत्सर्ग गर्ने बखतमा पनि हुने थिएन । तर बिडम्बना, संसार त्यसरी चल्दैन । कसैले चाह“दैमा कसैको आत्माले शरीर नछाड्ने वा छाड्ने होइन । एउटाको साटो अर्कोले मरेर वा बा“चेर हुने भएको भए यो संसारमा सायद यति कोकोहोलो मच्चिने थिएन, यति रुवाबासी चल्ने थिएन । न त मुनीले सेतेको बदला मरेर हुने थियो न त मुनीको बदला सेतेले बा“च्न नै पाउनेछ । संसार आफ्नै नियममा हि“डिरहेछ । आफ्नै चलनमा कुदिरहेछ, दौडिरहेछ । यदि यस्तो हुन्थेन भने सेतेको लागि मै आफै“ पनि बलिदित हुन्थे“ । त्यसबेला सेतेको प्राणरक्षा गर्ने सौभाग्य पाएकोमा म आफूलाई भाग्यशाली ठान्थे“ । तर त्यो सौभाग्य मलाई विधाताले दिएको छैन, न त अरु कसैलाई नै । मेरो ठाउ“मा पनि कसैले त्यो सौभाग्य कहिल्यै पाउने छैन । यो शाश्वत् सत्य हो । समयको निष्ठुरीपन बुझ्नका लागि यिनै कुराहरु पर्याप्त छन् । न त समय कसैको बेदना, चित्कार र रुवाबासी सुन्छ, न त ऊ कसैको पुकार वा रोदनबाट नै पग्लन्छ । समयले के बूढो, के बालक, के गर्भे, कसैलाई छाड्दैन । त्यही समयको पासोमा परेको त हो मेरो सेते । बिचरो ! निरपराध, निष्कलङ्क, निःसहाय सेते ! ‘मे“–मे“’ गर्दा–गर्दै खुत्रुक्क भएको थियो । समयले उसमाथि अलिकति पनि दया गरेन । डाक्टरकहा“ पु¥याउने मौकासम्म पनि दिएन त्यो पापी समयले ।
प्रायःजसो खैरेलाई देख्यो कि सेतेको उपस्थितिको झल्को आइहाल्छ । खैरे नै सेतेको प्रतिविम्ब हो जस्तो लाग्छ । उही हावभाव, उही बसाइ, उही उठ्ने शैली । दाजु–भाइ उस्तै–उस्तै त थिए । आज भाइ छैन । तर उसको हावभावको दुरुस्त नक्कल हामी देखिरहेछौ“, उसको बस्ने–उठ्ने कलाको अनुकरण हामी हेरिरहेछौ“ । समग्रमा यसरी भनौ“, हामी खैरेलाई सेते मानेर बुझिरहेछौ“, सेतेको अर्को रुप भनेर हेरिरहेछौ“ । अझ भनौ“, कहिले प्रेमिका र कहिले क्षणिक सहयात्री बनेर मस“ग मेरो सेतेको आत्मा खेलिरहेको छ, सेतेको प्रतिविम्ब नाचिरहेको छ । सेतेको कब्रस्तान वरिपरि उसको सम्झना लुकेको छ र, त्यही सम्झनाले नै उसलाई आजसम्म मेरो निमित्त अजर–अमर तुल्याई राखेको छ ।
यस्तै कुराहरुमा भुलिरह“दा म यो कुरालाई भुसुक्कै बिर्सन्छु कि सेते हामीबीच छैन । मानौ“, सेते मस“गै जलविहार गर्न हि“डिरहेछ, उफ्रिरहेछ, दौडिरहेछ । मानौ“, मैले देख्ने हरेक दृश्यहरु सेतेकै प्रतिविम्ब हुन् ।

Korangi Prem – Bastabikta

कोरंगी प्रेम – वास्तविकता

शौरभ एउटा किसान परिवारमा जन्मिएको केटो हो ।उ गाउँको साधारण स्कुलमा पढ्छ । असाधारण प्रतिभाको कारण एस एल सी फस्ट डिभिजनमा पास गर्छ ।आफ्नो दौतरीहरू सबै उच्च शिक्षाको लागि सदरमुकाम, राजधानी त कोहि विदेश तिर हानिन्छन् तर शौरभको निम्ति ति सबै बाटोहरू तगारो लगाइ दिएको छ अर्थले, पैसाले ।नजिकैको छिमेकी गाँउमा एउटा मास्टर बनेर आफ्नो अध्ययनलाई अघि बढाउन विवश हुन्छ ।एउटा मास्टरी पेशा अंगाल्दै बि.ए. सम्मको अध्ययन पुरा गर्दछ ।त्यस पछि उस्का दुःखका दिनहरू क्रमश ओरालो लाग्छन ।अब उ आफ्नै गाउँको प्रस्तावित माविमा अंग्रेजी र गणित विषयको शिक्षकको रुपमा काम गर्न थाल्दछ ।छोटो समयमै त्यो विद्यालय एक सरकारी मान्यता प्राप्त माविको रुपमा स्थापित हुन्छ ।उस्लाई त्यो स्कुलको प्रधान अध्यापक बनाईन्छ ।उ विद्यालयको पूर्वाधारहरू शिक्षाको गुणस्तर, शैक्षिक वातावरणमा व्यापक सुधार गरि उक्त स्कुललाई त्यो गाउँ, जिल्लाको मात्र नभई र देशकै एउटा नमुना स्कुलको रुपमा स्थापित गर्न सफल हुन्छ ।आज उस्ले पढाएको विद्यार्थीहरू अधिकृत, वैंक मेनेजर, विद्यालय निरीक्षक र अधिकांश शिक्षक बनेका छन् ।आफ्ना विद्यार्थीहरूको उन्नती र प्रगती देखेर खुशीले पागल हुन्छ । अब गाँउघरबाट फाट्ट फुट्ट युवाहरू विदेशीन थाल्छन् ।कोहि खाडी मुलक, कोहि सिंगापुर, कोहि युके लाहुरे बनेर त कोहि युरोप, अमेरीका हङकङ्ग आदि आदि ।विदेश गएको केही वर्ष पछि २-४ कौडि दाम कमाएर सदरमुकाम, तराई र राजधानीमा घर, घडेरी जोड्नेको संख्या बढदै जान्छ । विदेशी प्रवृतिले सौरभको पनि मन थाहै नपाई चोर्न पुग्छ ।सौरभ मनमनै सोच्दछ गाँउलेहरू भन्दा त मैले २-४ कुरो जानेको छु ।उनीहरू भन्दा केही पढेको छु ।केही बुझेको छु तर म चाँहि सँधै दालभात मै मात्र रमाई रहने ? के नमस्ते हेडसरले मात्रै पुग्छ ? मैले यतिका वर्ष मास्टर गिरी गरे खै के छ र मेरो ? सम्पत्तिको नाममा एक मुरी विउको खेत किने त्यो पनि बडो मुश्कीलले । त्यो भन्दा बढता के गर्न सके ? नाम, इज्जत प्रतिष्ठा कमाए तर त्यो नाक जोगाउन पैसा नै चाँहिदो रहेछ । के इज्जत प्रतिष्ठाले खान दिन्छ ? संयोग पनि कस्तो, त्यसै बेला हङकङबाट साईला बाको छोराले फोन गर्छ । फोनमा विहेको बारेमा कुरो हुन्छ र विहेको लागि आइडी वाला केटी खोजी दिएको कुरा सौरभलाई भन्छ जुन लाहुरेको छोरी हुन्छे, नाम सरु ।दाईले शौरभलाई विनाहकोलागि बुबा आमा सँग कुराकानी गर्ने सल्लाह दिन्छ । सौरभ चकित पर्छ ।उ आज दंगदास छ । सपना होकी विपना उस्लाई छुट्टयाउनै गाह्रो भैरहेछ ।विदेशको सोचाई बनाइरहेको बेला हङकङ आइडी वाला केटीको प्रस्ताव ? सौरभ आफै लाजले भुतुक्क मर्छ अनि आज उ लाजले पानी पानी भएको छ । सानोमा विहेको कुरो गर्दा उस्लाई भित्र भित्रै डर लाग्थ्यो, गाला रातो रातो भएर आँउथ्यो , अनि कसैले नदेख्ने गरी भ-याङको कुनामा गएर लुक्थ्यो तर आज परिस्थिति त्यो छैन ।ती सबै कुरालाई पचाएर विहेको कुरो चलाउँछ । तर उस्को प्रस्ताव ठाडै अस्वीकार गरिन्छ ।उनी कहाँ महलमा बस्ने हामी कहाँ झुपडीमा ।कहाँको लाहुरे, हामी कहाँको चाउरे आदि आदि ।एक हप्तापछि हङकङबाट फोन आउँछ सौरभ जवाफमा घरपरिवारबाट अस्विकार गरिएकोले विहे नगर्ने कुरो गर्छ ।तर दाईले धत् त्यस्तो पनि कुरा गर्ने, छोरो मान्छे भएर आँट गर्नु पर्दछ ।केही चिन्ता लिनु पर्दैन ।विहेको चाँजो पाँजो सबै म मिलाउछु भनेर संझाउछ । बुबा आमा सँग कुरा गर्नु ढुक्क भएर विहे गर्नु पर्छ भनेर भन्ने सल्लाह दिए पछि सौरभ दोधारमा पर्छ ।एकातिर बुबाआमाको अस्वीकृति अर्को तिर विदेश गएर सुन्दर भविश्य बनाउने सपना ।उ आफ्नो निर्णयमा अडिग हुन्छ र सरु सँग विहे गरेरै छाड्ने निर्णय गर्छ ।अब सरु सँग सौरभको बारम्बार फोन , चिठ्ठी पत्र आदान प्रदान हुन थाल्छ ।सुःख दुःखका गन्थनहरू हुन थाल्दछन् , सँगै जिउने सँगै मर्ने बाचा कसमका कुरा हुन थाल्छन् ।अब विस्तारै सौरभको हङकङ उड्ने दिन गन्ती शुरु हुन्छ । आफुले देखेको सपना पुरा गर्ने ध्येयले सौरभ हङकङ उडने सुरसार कस्छ ।सँधै देखिने त्यो पारि पट्टिको डाँडो घामको लालीले पोतिएर बडो सुन्दर मनोरम देखिन्थ्यो तर आज मौसम खुलेको छैन ।धुम्म छ सँधै घमाइलो देखिने त्यो डाँडो फुस्रो परेर ठिङग उभिएको छ । सायद मौसमले पनि सौरभको विदाई थाहा पाएर होला ।सौरभ राजीनामा लेख्न कलम र कापी लिएर बस्छ तर उनको हात थरर काप्छ । मन भित्र भित्रै गुम्सिएर उकुस मुकुस हुन्छ ।अनायसै आँखा भरी आँसु रसाउछ ।एक छिन आँखा चिम्म गरी बस्छ आँखा वरिपरि विद्यार्थीहरू नाचीहहेको देख्छ । उ सोच्दछ यिनीहरूलाई म टुहुरा बनाएर जाँदैछु के थाहा फेरी भेट हुन्छ की हुदैन ? समयले मानिसलाई कहाँ पु-याउने हो ।कोठा भित्र निस्सासिएको अनुभव गर्दछ र जुरुक्क उठी आँगनको पर्खालमा थचक्क बस्दछ ।आफ्नो मन सम्हाल्दछ र अदम्य साहस बटुली राजीनामा पत्र लेख्दछ ।त्यो राजीनामा फिर्ता लिन अनुनय विनय गरिन्छ तर सौरभको अगाडी कसैको केही लाग्दैन ।आज उ असाध्यै कठोर बनेको छ ।दुईचार कौडी दाम कमाएर सुन्दर भविश्य बनाउने सपना देखेको छ ।हप्ता दिन पछि सौरभलाई स्कुलबाट विदाइ गरिन्छ । आज सबै गाँउले, विद्यार्थी, शिक्षक, शिक्षिकाहरू सबैका आँखा रसाएका छन् की त्यो गाँउको जिल्लाको अनि मुलुककै एउटा नक्षत्र केही समयको लागि अस्ताउदै छ ।थाहा छैन फेरी उदाउन पनि सक्छ नउदाउन पनि ।सौरभलाई फुलमाला अविर, खादा लगाई शुभयात्रा र उज्वल भविश्यको कामना गरिन्छ ।कार्यक्रममा उपस्थित भीड करुणामय बनी भाब विहृबल बन्छ । विद्यालयको बारेमा दुईचार शब्द बोल्न अघि बढ्छ सौरभ । “यो विदाइको घडी अति नै पिडादयक हुदोरहेछ ।आज म तपाईहरूबाट टाढा जादैछु थाहा छैन समयले कहा पु-याउने हो । भौतिक रुपमा टाढा भए पनि भाबनात्मक रुपले म सँधै तपाईहरू सँग यसै प्रागणमा, अफिस र कक्षाकोठाहरूमा हिँडिरहेको हुनेछु ।पढाई रहेको हुने छु र खेलीरहेको हुनेछु ।सुक्क सुक्क गर्दै विद्यार्थी भाइ बहिनीहरूलाई भन्छ “तिमीहरूले राम्ररी पढेर असल मान्छे बन्नु यो स्कुलको नाम राख्नु पर्दछ ।यो देशलाई सही मार्गमा डो-याउन सुन्दर शान्त र समुन्नत राष्ट्र बनाउने अभियानमा तिमीहरूले अगुबाई गर्नु पर्छ ।तब मात्र हामी गुरुहरूको आत्मालाई शान्ति मिल्नेछ । सँधै तिमीहरूको उन्नती र प्रगति देखि रहन पाउँ । विद्यार्थी भनेर गर्व गर्न सकुँ” भन्दै सुक्क सुक्क रुन थाल्छ । भाब विभोर बन्दै शिक्षक साथीहरूलाई भन्छ “हिजोको दिनमा हामी सबैले देखेको सपना साकार पार्नु होला । मैले गोरेटो कोरी सकेको छु त्यसलाई अन्तिम विन्दुसम्म पु-याउन अहोरात्र खट्नु होला । तपाईहरूले काम गर्दा मेरो अभाबको महसुस कहिल्यै नगर्नु । म सँधै तपाईहरूसँगै हुनेछु । गाँउले अभिभाबक व्यवस्थापन समितिले स्कुललाई सक्दो सहयोग गर्नु होला । मैले जे जति गरे अबको दिनमा अझ बढी अगाडी बढाउनु पर्छ । मैले यहाँहरू सँग काम गर्दा गरेको गल्तिको निम्ती क्षमा चाहन्छु र अन्त्यमा यस स्कुलको सधै उन्नती प्रगति देखिरहन पाउँ मेरो शुभकामना” ।

सौरभ आफुलाई संहाल्न नसकी भकानो छोडेर रुन्छ । त्यो कारुणीक बाताबरण स्तब्द हुन्छ र त्यहाँ सन्नाट छाउँछ । भोलिपल्ट सबैलाई विदाइको हात हल्लाउदै सौरभ राजधानी काठमाडौँ तर्फ हानिन्छ । काठमाण्डौंबाट नेपाल वायु सेवा निगम -आर.एन.ए.सी.) को बुढो जहाज चढेर चार घण्टा पन्ध्र्र मिनेटमा हङकङको चेप्लाकोक अन्तराष्ट्रिय विमनस्थलमा सरुको सामु आफुलाई हाजिर गराउन पुग्छ । आकाशै छेडने भिमकाय भवनहरू, नागबेली सडक, समन्द्र भरि थरी थरीका नैकायानहरू जमिन मुनी उत्तिकै सुरुङहरू देखेर सौरभ चित खान्छ ।उसको शुरुको दिनहरू घर रुँघेर बित्दछ । सबै काममा जाने कारणले सौरभ घरमा एकलो हुन्छ ।टेबलमाथिको बुढो टिभि र भित्तामा झुण्डीएको टेलिफोन उसको साथी बनेको छ ।तिनैको सहारामा उसको दिनचर्या बित्दछ । २-३ हप्ता पछाडि उ आफुलाई बेँच्न बजार निस्कन्छ । कतै होटल, सेक्यरिटि त कतै कन्स्ट्रनमा फारम भरेर उस्को एकाध हप्ता बित्दछ । सरुको सल्लाह बमोजिम छोटो समय र तनखा अलि बढि भएकोले उ कन्स्ट्रक्सनमा काम गर्न थाल्दछ ।सकी नसकी पचास साठी केजीको बोरा उचाल्नु, फलामको रड उचाल्नु अनि पैंतिस , छत्तिस डिगि्रको घामको कुनै पर्वाह नगरी दिनभरी टाउको जोत्नु उस्को नियती बनेको छ ।त्यो गाउँ स्कुले बालबालिका, घर परिवारको याद उस्को आँखाभरी झल्झली आँउछ ।आज उस्ले बल्ल थाह पायो के हो जिन्दगी ? घर परिवार इष्टमित्र, अनि मातृभूमीको महत्व आदि । विस्तारै सरुको पेटमा सौरभको सन्तानको भ्रुण अंकुराउन थाल्दछ ।

४,६,८ महिना हुँदै सरुको कोखबाट छोरी सिसमको जन्म हुन्छ ।अब सौरभको परिवारमा समस्या थपिदैं गएको छ ।एकातिर दिन भरीको टाउको जोताई अर्को तिर बच्चाको कारणले समयमै, खान, बस्न, सुत्न राम्ररी नपाउनु आदि ।यो टेण्सनबाट सौरभ भन्दा पनि बढी सरु झर्किन्छे ।कहिले काँहि घर आँउदा सरु घर हुदिनन् । घर भरी भाँडाकुँडा जुत्ता चप्पल बेग्रेल्ती छरिएका हुन्छन् भने कहिले काँहि बच्चा लिएर छिमेकी को घरमा गएकी हुन्छे ।ति सबै कुराले अब सौरभ र सरुको बिचमा खटपटी शुरु हुन्छ ।सरु सौरभको समेत वास्ता गर्न छाड्छे जुन कुरा सौरभको निम्ती असैहय हुन्छ । उ सरुलाई संझाउछ “जिन्दगीमा सुख दुख भैरहन्छ ।जस्तै दुःखमा पनि हाँसेर जिउनु पर्छ , हामी सानी छोरीको लागि जे पनि गर्न तयार हुनु पर्दछ” ….. अनयासै सरुको मुखबाट वचन रुपी वाण प्रहार हुन्छ ।कस्तो भिखारीको फेला परिएछ, अरु त परै जाओस एक छाक खाएर ढुक्कले बस्न पनि पाईएन ।सौरभ आज आफुलाई पहिलो चोटि चिन्दैछ, उसमाथि भिखरीको विशेषण झुण्डिएको देख्दा , आफुलाई जे जस्तो भएता पनि छोरी सिसम को मुख हेरेर जिउन बाध्य छ ।एक दिनको कुरो हो सौरभको परिवारमा ठुलो संकट आइपर्छ ।सौरभ अग्लो विल्डीङबाट लडि गम्भीर चोट लाग्छ ।सरुलाई सौरभ हस्पिटलमा भएकोले तुरुन्त आउनु भनि खबर गरिन्छ ।सरु छोरीलाई लिएर हस्पीटल पुग्छे ।सौरभ हात, खटट्टा, अनुहार र शरीरै भरी पट्टी बाँधेर मृत्यसँग मुकाबिला गरिरहेको हुन्छ ।उसको शरीरबाट रगतको भल बगिरहेको हुन्छ । त्यो कारुणिक दृश्यले सरुको मन छिया छिया हुन्छ र सौरभलाई अंगालो हालेर डाँको छाडदै रुन्छे ।विस्तारै सौरभको होस खुल्छ ।उ आफुलाई कहाँ छु र के कस्तो हालतमा छु केही पनि पत्तो हुदैन । उ नजिकै रहेको छोरीलाई हात समात्दै टिलपिल टिलपिल आँसु बगाउदै रुन्छ ।उ सम्झन्छ सायद सरु र छोरी सँगको यो भेट नै मेरो जिन्दगीको अन्तिम भेट हुने हो कीः? मेरो मृत्यु भयो भने सरुले एक्लै छोरीलाई कसरी हुर्काउछेः? पालन पोषण गर्छे ? शिक्षा दिक्षा दिन्छे ? आमा छोरी कसरी जिउछे ? होला आदि आदि ।उसको आँखाबाट आँसुको मुल फुट्छ केही बोल्न सक्दैन, गला अवरुद्ध हुन्छ केवल आँसुले सिरानी भिजाउने काम मात्र हुन्छ ।सरु सौरभको हात समाउँदै भन्छ ।तपाईलाई केही हुदैन, मेरो लागि नभए पनि कमसेकम छोरी सिसमकोलागि बाँच्नु पर्छ तपाईले ।सौरभलाई अपरेशन थिएटरमा लगिन्छ सरु र सिसम सौरभको स्वास्थ्य लाभको कामना गर्दै प्रतिक्षालयमा कुरी बस्छन । करिब दुइ हप्ता पछि सौरभलाई हस्पिटलबाट डिस्र्चाज गरिन्छ ।अब सम्पूर्ण हेरचाह सरुको काँधमा आइपरेको छ ।एकातिर सानी छोरकि टेण्सन अर्को तिर अशक्त विरामी सौरभको बोझ । यी दुवै सरुको निम्ती कर्तव्य भन्दा पनि बोझ बन्न पुग्छ ।सरुको व्यबहारमा विस्तारै परिबर्तन देखा पर्न थाल्दछ । सौरभलाई औषधि पानी खवाँउनु, लानु सुताँउनु उठाँउनु आदिले सरु दिक्क हुन्छ । मुखै फोडेर सौरभको अगाडि “मैले कुन जमनामा पाप गरेको थिएँ जस्को फल आज भोग्दैछु” भन्दै पड्किन थाल्छे । सौरभ सरुलाई संझाउदै भन्छ त्यसो नभन म तिम्रो श्रीमान हुँ ठिक भैहाल्छु नि ।तर सरु अजिबको स्त्री छे श्रीमानको त्यो हालत देखेर । सौरभको आँसुमा सरुको आँशु झर्दैन बरु उल्टै सौरभ सँगको विहेको पश्चताप भैरहेछ, सरुलाई । सौरभ सरुको आफु प्रतिको घृणित व्यवहारले आफ्नो जिन्दगीलाई धिर्काछ तर उ चाहेर पनि मर्न सक्दैन । जसरी भए पनि उस्ले बाँच्नै छ यस धर्तीमा छोरी सिसमको लागि सिर्फ सिसमकोलागि । एक दिनको कुरो हो । सौरभ आराम गर्दा गर्दै भुसुक्कै निदाउँछ । दई, तिन घण्टा पछि व्युझन्छ, एक्कासी लोग्ने मान्छेको हाँसो, ठट्टा खित्का उनको कानमा ठोकिन्छ तर उ बैठक कोठामा पुग्न सक्ने स्थितिमा छैन ।आज उ बाँचेर पनि जिउदो लाश बनेको छ जब त्यो पर परुष स्वर कोठाबाट विदा हुन्छ सौरभ सरुलाई सोध्छ को हो त्यो मान्छे ? किन के कति कामले ? आदि जवाफमा सरु मुण्टो बटार्दै भन्छे । मेरो भाई हो मामाको छोरा । आफान्त पनि आउनै नहुने उल्टै प्रति प्रश्न गर्छिन सरु । सौरभ त्यसो होइन । तिम्रो भाई मेरो पनि त भाई पर्छ होलानी ? मेरो यो हालत हुँदा एक वचन पनि नसोध्ने ? कस्तो तिम्रो भाई ? कस्तो आफन्त ? सरु बम्किदै यस्तो हालतमा हुनेले पनि म सँग जोरी खोज्ने ? सौरभ सँग मुख लाग्छे । वास्तवमा त्यो परपुरुषले सरुको जिन्दगीमा प्रवेश गरिसकेको हुन्छ भाइ नभएर एउटा नाठोको रुपमा । यसरी सौरभ आज अति नै दुःखित बनेको छ । उ आफ्नो परिवारको भाग्य र भविश्य छोरी सिसमको आँखा भित्र खोज्दछ र जिन्दगीलाई धिक्कार्छ । अनि सरु सँग भना भैरी चल्न थाल्छ । “सरु यस्तो सँग बस्नु भन्दा त पोइला जनु ठिक” भन्दै छोरी सिसमलाई लिएर बाटो तताउन खोज्छे तर सौरभ छोरी सिसमलाई पाउन आफु जुन सुकै हतकण्डा पनि अपनाउन तयार हुने धम्की दिए पछि मात्र सरुले सिसमलाई छोड्छे र बाटो तताउँछे । यसरी सौरभको जिन्दगीमा यति धेरै दुःख आपत विपत आईपर्छ की उ लगभग पागल सरी हुन्छ । आज उस्ले आफनो बाबु आमाले भनेको करा झलझली संम्झीरहेछ । केही समय पछि उ छोरी सिसमको साथ नेपाल फर्किन्छ । सबै गाँउले, विद्यार्थी शिक्षक शिक्षिकाहरू खशी भएका छन सौरभको आगमनले । सबैको मुहारमा हाँसो खशी छाएको छ । सबैको सोचाई छ सौरभ सर आए पछि फेरी हाम्रो गाँउ घर र स्कुलले काँचुली फेर्नेछ जस्ता हजारौं कल्पनाहरूले मच्चि मच्चि पिङ खेलि रहेको हुन्छ । तर सौरभको जिन्दगीमा हाँसो खुशी भन्ने कुरा सदाको निम्ति विदा भैसकेको थियो । तसर्थ गाँउलेहरूको अनुरोधलाई अस्विकार गर्दै सदरमुकाम स्थित छोरी सिसमलाई शिक्षा दिक्षा दिने काममा जुट्छ । उनी र आफु चाँहि एउटा सामाजिक संस्था (help for helpless) भन्ने सांस्थामा काम गर्न थाल्छ । उसको एउटा ठुलो सपना आफनो सन्तान एउटा अधिकृत बनाउने । अब सिसमको पढाई लेखाई सदरमुकामको एउटा वोर्डिङ स्कुलबाट प्रारम्भ हुन्छ । उ पढाई ज्यादै तेज भएको कारणले एस. एल .सी मा प्रथम श्रेणीमा पास गर्छ र उ उच्च शिक्षाको निम्ति सिसम वुबा सौरभ संग राजधानी काठमाण्डौं तर्फ लाग्छ । सौरभ छोरीको पढाईको अलवा लोक सेवा सम्बन्धि विविध जानकारी सूचनाहरू दिने गर्छ । किनकी उस्ले पनि धेरै पल्ट फारम भरेर अधिकृत बन्ने सपना पालेको थियो तर समय र परिस्थितिले बन्न सकेन । सिसम वुबाको सपना साकार पार्न अध्ययनमा अहोरात्र खट्छे । सिसम आई. ए, वि.ए. गर्दै एम ए देशकै केन्द्रीय क्याम्पस किर्तिपुरबाट सर्वोकृष्ट छात्रा बनेर पास गर्छे । यसरी डिग्री पुरा गर्न भन्दा अगावै नासु र अधिकृत को फरम भरेर जाँच दिइसकेकी हुन्छे अधिकृत स्तरको नतिजा प्रकाशित हुन्छ जस्मा प्रशासन सेबा अन्तरगत सिसमको नाम पहिलो नम्वरमा हुन्छ । केही दिनमा नै हङकङ स्थिति महावाणिज्य दुतावासमा शाखा अधिकृतको नियुक्ति पाँउछ जुन पत्र पढेर आफनो वुबा सौरुभलाई सुनाउछ । सौरभ आज खुशीले आफ्ना नयनबाट अँसु बषर्इरहेछ ।पहिले श्रीमतीको दुव्र्यवहारले जिन्दगी भरी रोएको थियो तर तिनै आँखाबाट आज हर्षको आँसु बर्सि रहेछ । छोरीलाई अंगाले मार्दै बधाई दिन्छ ।खुसीको कुनै सिमानै रहदैन । अब छोरी जागीरको सिलसिलामा हङकङ उडने तयारी गर्छे ।जसरी आज भन्दा २०-२५ वर्ष पहिले सौरभ सरु सँगै बस्न हङकङ उडने चाँजो पाँजो यसरी नै मिलाउदै थियो ।सौरभ आफ्नो जिवनको उत्तरार्ध तिर ढल्की सकेकोले वुबालाई कसरी एक्लै छोड्ने भन्ने पीरले सिसमलाई सताउँछ ।आफनो वुबालाई सँगै लिएर जाने प्रस्ताव राख्दछ तर वुबा अब विदेशी भूमीमा कहिल्यै पाईला नटेक्ने बाचा गरी सकेकोले त्यो सम्भव हुदैन । सौरभ भन्छ यतिका जिन्दगी त एक्लै काँटे भने बाँकी कति नै पो छ र फेरी मलाई एक्लै जिउने बानी परि सकेको छ । सौरभ सिसमलाई खादा लगाएर शुभयात्रा र शुभकामना दिदै त्रिभुबन अन्तराष्ट्रिय विमान स्थलबाट विदाई गर्छ । एकातिर छोरी सिसमले आफनो सपना साकार पारेकोमा खुशीले दंग छ भने अर्को तिर जिवनको एउटै सहारा छोरी पनि आफुबाट टाढा भएकोमा यो वेसाहरा स्थितिमा जिउनुले अति दुखित छ सौरभ । जब सिसम हङकङ पुग्छे आमा सरुलाई भेट्छे । उमेरले निकै पाकेको र हङकङको कष्टकार जीवन यापनको कारणले गर्दा बाँकी जिन्दगी मृत्यु सँग संघर्ष गर्दै सरु अस्पतालमा उपचार गराई रहेकी हुन्छे । जब सिसमले सरुलाई भेट्छ पहिले त दुवैलाई सपना जस्तो लाग्छ एक अर्कालाई ठम्याउन सक्दैन्न । पछि आमा छोरी कुराकानी हुन्छ । दवै एक आपासमा अंगालो मारेर रुन थाल्छन् । आज सिसमले जिन्दगी भर नपाएको मातृत्व पाएको छ भने सरुले एक वर्ष मै गुमाएको छोरी २२-२५ वर्ष पछि………. पाएको छ । जिन्दगी भर खडकिएको छोरी को अभाव पुरा भएको छ । सरु सिसमको कपाल सुम्सुम्याँउदै भन्छे । तिमीले मलाई ए दिन अवश्य भेट्ने छौ भन्ने विश्वास मलाई थियो । म सँधै सोचि रहन्थे तिमी कत्री भयौ ? कस्ती भयौ ?कतिमा पढदै छ्यौं ? आदि । सरुको गला बोल्दा बोल्दै अबरुद्ध हुन्छ । मन थाम्न नसकी हुवाँ हुवाँ रुन थाल्छे । एक छिनपछि दवैको आँखाबाट आँसु रोकिन्छ । सरु सिसमलाई सोध्छ तिम्रो बाबा संचै हुनुहुन्छ ? कस्तो हुनुहुन्छ ? बुढो हुनु भयो की छैन ? आदि फेरी सरुको मन छताछुल्ल पोखिन्छ र रुन थाल्छे । सिसम आमालाई संझाउदै संहालिनुस आमा जे हुनु भै सक्यो त्यसको पीर गरेर केही फाईदा छैन । अतितलाई विर्सिएर वर्तमानमा बाँच्न सिक्नु पर्छ । सरु सिसमलाई अंगालोमा बाँध्दै भन्छे मेरो एउटै इच्छा थियो तिमीलाई भेट्ने ।आज तिमीलाई भेटे अब मेरो आत्मालाई मुक्ति मिल्यो । अब मैले जिउनुको अर्थ छैन छोरी । सिसम त्ससो नभन्नुस आमा अब आमा छोरी सँगै बस्नुपर्दछ, हजुर चाँडै निको हुनुहोस । सिसम आमालाई भोलि आउछु भन्दै डेरा तर्फ लाग्दछ ।भोली पल्ट सिसम वुबालाई काठमाण्डौं फोन गर्दा आमा सरुलाई भेटेको बारेमा बताँउछे ।सरुको कुराले सौरभको जिन्दगीमा लागेको घाउ फेरी बल्भिएको छ आज । एकदिन सरुले सिसमलाई सबैकुरा भन्छ आफ्नो बारेमा । जब तिमी सानै थियौ -करीब १ बर्षको ) तिम्रो बाबा दुर्घाटनमा परेर मृत्युसँग संघर्ष गरिरहनु भएको थियो, मैले उहालाई छोडेर अर्को नाठो सँग विहे गरे । एक वर्षपछि त्यो नाठो अर्कै स्वास्नी ल्याएर बस्न थाल्यो । नासोको रुपमा एउटा छोरो थियो अत्यधिक ड्रक्सको कारणले १५ वर्षकै उमेरमा म-यो । म वेसाहरा बने । दुनियाँमा मेरो आफ्नो भन्ने कोहि भएन । गुजाराको निम्ति सडक पेटी बडार्ने काम गर्थे ।त्यो पनि विरामीको कारणले सकिन छोरी । सरुका आँखाबाट थाहै नपाई आँसुहरू बगिरहेछ । सरु भन्दै जान्छ तिम्रो बारेमा गाँउलेहरू सँग सोधिरहन्थे । तिमी राम्रो पढि रहेकी, ठुली, तरुनी भएकी , अनि तिम्रो भगवान -जसले कर्म दिएर एउटा अधिकृत बनाउनु भयो) लाई राम्रारी हेरचाह गरिहेको कुरा थाहा पाए । जब तिमी अधिकृत भएको खबर थाहा पाए म खुशीले पागल भए तर त्यो खुशी बाडने म सँग कुनै ठाँउ थिएन, आफन्त नाता, गोता, कोहि थिएनन् । म दुनियाँको नजरबाट एक्ली सकेको थिए । यो सांसारिक माया, मोहलाई त्यागेर मर्न पनि सकिन बाँचिरहे सिर्फ तिम्रैलागि । यी सबै कुराहरू भनी रहँदा दुवै आमा छोरीका आँखाबाट आँसुका धारा बगिरहेछ । समय धेरै विति सकेको हुदाँ सिसम भोलि भेट्ने बाचा सहित आफनो डेरा तर्फ लाग्छिन् । दैनिक अफिसको कामकाज सकेर सरुलाई भेटन सिसम अस्पताल पुग्छे तर समय धेरै ढिलो भैसकेको हुन्छ । सायद उस्ले वाँच्ने अन्तिम घडी भनेकै छोरी सिसमको लागि थियो । सिसमलाई भेटेपाछि उस्लाई मुक्ति मिल्यो र बाँची रहनको अर्थ लागेन । यसरी सरुको जिन्दगी यस धर्तिबाट अस्ताउँछ । एक हप्ता पछि काठमाण्डौंबाट फोन आउँछ सिसमलाई । वुबा सिकिस्त विरामी भएकोले तु आउनु भनी फोन राखिदिन्छ । भरखरै मात्र आमा सरुको मृत्युले शोकाकुल बनेकी सिसमलाई अर्को आपत आइलाग्छ । उ तुरुन्त आरएनएसीको उडानबाट नेपाल पुग्छिन तर वुबा सौरभले पनि यस धरतीबाट आफनो लिला समाप्त गरिसकेको हुन्छ । अब सिसमको जिन्दगीमा कोहि रहेन नत उसको आमा, वुबा दाजुभाई नत दिदीबहिनी नै उ भक्कानो फोडेर रुन्छ । नजिकैको नर्सले एउटा चिठी दिँदै भन्छ । सिसमलाई वुबाले प्राण त्याग्नु अघि दिनु भएको भएको चिठ्ठी ।

प्यारी छोरी सिसम,

लाखौं लाख आशिर्वाद अनि शुभकामना तिमीलाई ।

छोरी सिसम, जब तिमी हङकङ उड्यौ मेरो जीवनमा एकलोपना र रिक्तता बढदै गयो ।त्यसैले होला पुरानो रोग बल्झियो ।बारम्बार स्वास्थ्यमा समस्या देखा पर्नथाल्यो । अस्पतालमा धाउन थाँले । तिमीलाई यी सबै कुराहरू फोनमा भन्ने साहस गरिन धेरै चिन्ता पर्छ भनेर । छोरी तिमीलाई १ वर्ष देखि २२-२५ वर्ष सम्म पालन पोषण गरेँ हुर्कएँ बढाएँ, पढाएँ र आज शाखा अधिकृत बनाएँ । एउटा अभिभावकले छोराछोरीलाई गर्नु पर्ने कर्तव्य निर्वाह गरेँ जस्तो लाग्छ थाह छैन कति हदसम्म सफल भएँ ।तिम्री आमा आफु जिँउदै भएर पनि तिमीलाई टुहुरी बनाएर गई । त्यो रिक्तता र आमाको अभाव मैले कहिल्यै हुन दिन तिमीलाई । म यस धर्तिबाट उहिल्यै मर्नु पर्ने मान्छे तर मर्न सकिन । जिउँदो लाश बनेर बाँची रहेँ सिर्फ तिम्रैलागि । मैले बाँच्नुको एउटै अर्थ थियो छोरी तिमीलाई जिन्दगीमा सँधै हाँसी खुशी राख्ने । जब तिमी हङकङ पुग्यौ । आफ्नी आमालाई भेटि आमाको अभावलाई पुरा ग-यौ । तब मलाई लाग्यो म बाबुको जिन्दगी भरीको माया, आमाको तुलानामा एक दिनको माया भन्दा पनि थोरै हुँदो रहेछ । छोरी म कति अभागी रैछु तिमीलाई हुर्काएँ बढाएँ जिन्दगी भरी माया दिएँ तर मैले अन्तिम घडिमा तिमी सँग एक बचन “छोरी” भनेर भनेर बोलाँउन पाईन । जिन्दगी भर आँखाको नानी भित्र राख्छु भन्थे तर एक पटक पनि देख्न पाईन । म जस्तो अभागी यो दुनियाँमा तिम्रो म मात्रै थिएँ तर आज म पनि सदासदाको निम्ती जादैछु । कहिल्यै नफर्किने गरी । अब तिमी एक्लै हुनेछौ नत तिम्रो आमा, दाजु भाई नत दिदी बहिनी नै, सिर्फ तिमी एक्लै । मेरो अनुरोध छोरी तिमी जे जस्तो हालतमा रहे पनि जिन्दगीमा कहिल्यै नरुनु, सँधै हाँसी, खुसी रहनु ल । तिमी रोयौ भने मेरो आत्मा रुन्छ अनि दुःखी भयौ भने यो आत्मा दुख्छ । जिन्दगी धेरै लामो छ । जिन्दगीमा सँधै आशावादी भएर बाँच्नु पर्छ यो लामो जिन्दगीमा धेरै बाँच्नु छ । धेरै कुरा गर्नु छ । छुट्टै आफ्नो घर परिवार बसाल्नु छ ।छुट्टै रंगीन संसार बसाल्नु छ छोरी तिमीले ।मैले तिम्रो कन्यादान पनि गर्न सकिन धिक्कार छ तम्रो बुबा भन्नुलाई पनि । जिन्दगीमा कहिल्यै एक्लो महसुस नगर्नु ल छोरी । मेरो आत्मा सँधै तिम्रो साथमा रहने छ ।मैले देखेको सपना एउटा अधिकृत बनेर देश र जनताको सेवामा सदैव लागी रहनु ।मेरो आशीर्वाद तिम्रो साथमा रही रहने छ । अर्को जन्म पाएँ भने अशक्त, रोगी र असहाय होइन एउटा स्वस्थ्य र आमा भन्दा बढी माया गर्ने बुबा भएर आउने छु । मात्र तिम्रो वुबा बनेर ।

अन्तमा सँधै हाँसी खुशी बाँची रहु मेरो अशिर्वाद तिमीलाई । बाचुञ्जेल अशक्त र असहाय रहे पनि तिमी लाई कर्म दिने बुबा ।

सौरभ ।।

समाप्त

Prakash Sayami – Bilaya

कन्टोमैन्टमा उदास धुन बजिरहेको थियो, कुनै पुरानो रसियन गीतजस्तो लाग्ने त्यो धुनको पछिल्लो आलापमा एघार वर्षभत्र मारिएका ती मृतकहरूको आवाज समाहित थियो । सानो अन्तरालपछि कन्टोमैन्टमा विश्रामजस्तो छायो । नजिकै रहेका एकजना पर्यवेक्षकसित म यो कन्टोमैन्टसम्म कतिजना महिला छन् भनेर सोध्दै थिएँ । त्यतिबेला अचानक मसँग आएका फोरेन्सिक आन्थ्रोपोलोजिष्टले मलाई सानो चिट देखाउँदै भने यो नाम हुनसक्छ भने तिमीलाई अझै अर्को कन्टोमैन्टसम्म हामी लानेछौं ।’

त्यसपछि हामी उकालो लाग्यौं । यो उकालो म धेरैपटक एक्लै, धेरैपटक रविदादासित हिँडेको छु कहिले गीत गाएर, कहिले कविता पढेर । यो उकालोमा एउटा पुरानो स्कुल थियो प्राथमिक स्कुल । अब त्यो छैन रहेछ । नहुनुका धेरै कारण अखबारमा आइसके । हामी यहींनेर बसेर एकअर्काको भाषण सुन्थ्यौं । यो ठाउँलाई रविदादाले छापा नाम राख्नु भएको थियो, थाहा छैन उहाँले यो नाम के सोचेर राख्नुभयो र यो पछि साँच्चै छापामारहरूको एक विशेष ठाउँ बन्न पुग्यो । तेह्र वर्षछि आज यो ठाउँ अत्यन्त अपरिचित लाग्यो । छापा – के हो छापा -‘ मेरो मुखबाट अचानक प्रस्फुरण भएको शब्द सुनेर मसँगै यात्रारत मानव अधिकार र नागरिक अधिकार सङ्गठनका मित्रहरूले सोधे । यो मेरो अतीत हो’ मैले जवाफमा यति मात्र के भनेको थिएँ मेरा साथमा रहेका भैषज् कानुन जान्ने मेरा एक अफगानी मित्रले मलाई व्यङ्ग्य गर्दै भने तपाइँ चैं यतैको हो जस्तो सबै चिन्ने तर तपाईंलाई चैं यहाँ कसैले नचिन्ने पो रहेछ, शकुनजी !’ उनको यति परिहास मेरालागि पर्याप्त र पूर्ण थियो, त्यो मेरो कालो विगतलाई कोट्याउन जुन म बारम्बार बिर्सन खोज्दै थिएँ र म विवाद गर्ने वा मतभेद गर्ने पक्षमा पनि थिइँन । हामीले एक सम्झौतामा अमेरिकादेखि संयुक्तरूपमा यात्रा थालेका थियौं त्यो यात्राको टुङ्गो हो मिसिङ्ग फाइल । यस मिसिङ्ग फाइलमा मेरा एक प्रिय गुरु वा मित्र रविदादाको पनि नाम थियो, जसको मोहले वा सम्झनाले आज म यहाँसम्म तानेर ल्याइएँ जहाँबाट कुनै एक बिहान म इतिहास बिर्सेर भागेकी थिएँ, आफ्ना सपरिवारका साथ । यो समय ती सबै तस्बिर मेरा आँखा अगाडि तैरिरहेका छन् । रविदादा हामी सबैको प्रिय वा निकटको साथी । सबैलाई बुझ्नसक्ने एउटा सहृदयी । मायोकोभस्कीको कविता पहिलोपटक मैले उनकै मुखबाट छापामा सुनेको थिएँ र उनले निक्कै जोश र बलले हामीलाई सुनाएका थिए । हामीले कविता सुनेर हाँस्दै भनेका थियौं दाज्यु, तपार्इं त कलाकार हुनुपर्ने मान्छे पो !’ उनले त्यसको जवाफमा के भने मैले सम्भिmन सकेको छैन तर उनी हरेक पटक भन्थे शकन, हरेक राम्रा कलाकारले सफलतासित आ”नो भूमिका निर्वाह गर्दा त्यो चरित्रको दर्दलाई आत्मसात् गर्नुपर्छ, अनुभूत गर्नुपछ, नभए त्यो नक्कली लाग्छ ।’ उनी यसरी बोल्दा जहिले पनि एक ऋषि हुन् जस्तो लाग्थ्यो तर उनी आ”नो भनाइलाई सत्य सावित गर्न कुनै न कुनै किताबको सहारा लिइहाल्थे । हामी भन्थ्यौं तपाईं आफैं किताब हो दाज्यू, किन किताबको सहारा लिनुहुन्छ -‘ यसपछिको उनको अट्टहास हामी कसैले पनि बिर्सन सकेका छैनौं । आज यो उकालोमा पनि म यो हाँसो सुनिरहेछु । म्याम् तपाईंलाई कसैले बोलाइरहेछ मेरो “ल्यासब्याक्लाई बिथोल्न खोजे मसँगै हिंडिरहेका फोटोग्राफरले ।

हामीमध्ये कसैलाईर् इशाराले त्यहाँ बोलाएको रहेछ । भाषाको अज्ञानताको कारण त्यो मै हो भन्ने सबैको निक्र्योल भयो कता हिँड्नु भयो – यहाँभन्दा माथि त केही छैन ।’ प्रश्नमा कठोरता भए पनि पुरानो जसरी गाएका ती मान्छेको हेराइमा शालीनता थियो, उनी भन्दैथिए, यदि तपार्इंहरू टुरिष्ट हो भने यतातिर नजानुहोस् माथि त एउटा कैन्टोमेन्ट मात्र छ । त्यहाँ के रमाइलो हेरनुहुन्छ ।’ म अघि बढ्न सकिनँ तर उनको मर्यादालाई ध्यानमा राखेर अरू थप पनि केही सोध्न सकिनँ । उमेरले पचास वा साठीमा टेकेका उनले निक्कै मुस्किलले एउटा मात्र खुट्टाले टेकेर आफैंले टेकेको लौरोलाई उचाल्दै भनें यो डेडप्वाइन्ट हो । नाऊ यू लेट्स गो ब्याक् ।’ पछिल्लोपटक अङ्ग्रेजी शब्दको मात्रात्मक प्रयोग गर्दा मेरा सहयात्रीहरू झस्के र सबै आत्मीय भएर उनकै नजिक बसे । यसपछि मेरा सहधर्मीहरूले उनलाई उनले बुण्ने जत्ति भाषामा हामी त्यही कन्टोमैन्टसम्म जान आएको भने । यो अन्तिम कन्टोमैन्ट थियो हामी पुग्नुपर्ने । खगराज नाम भएका तिनले हामीलाई त्यहाँ भएका सबै कुराको सविस्तार जानकारी दिँदै लगे, हामी त्यहाँ पुग्दा अधवैँशे घाम छानामा खेल्दैथियो । रङ्गहीन घाममा आफ्ना अतीतका रमाइला विरमाइला घटनाहरू मैले खगराजजीलाई खोलेँ । उनले रविदादाको बारेमा जाने जत्ति बताए तर उनी कहाँ छन्, कता छन् अझै निक्र्योल नभएको बताए । शालिनीजी, यहाँलाई ज्ञात होस् साँखुरीको हमलासम्म हामी कमरेड रविसितै थियौं । त्यहाँ भएको दोहोरो भिडन्तमा हाम्रा दसजना सहयोद्धाहरूले शहादत प्राप्त गरे तर कमरेड रवि त्यहाँबाट गिर”तार परे वा भागे यसबारे अझैसम्म थाहा भएको छैन । सरकारसित सम्झौता भइसकेयता नेपालगञ्जको रङ्गशालामा एकपटक बेपत्ता पारिएकाहरूको लाश प्रदर्शन गरिएको त थियो तर त्यसमा कमरेड रविको लाश पहिचान हुन सकेन । त्यहाँ लाश हर्ेन संयुक्त राष्ट्रसङ्घका टोलीका साथ तपाईंहरूजस्तै मित्रका साथमा कमरेड रविकी पत्नी पनि आएकी त थिइन् । तर…” “रविकी पत्नी -” अनायास मेरो मुखबाट यो प्रश्न निस्किँदा खगराजजीले सजिलो पाराले उत्तर दिनुभयो” हामीसित पार्टर्ीीवाइन गर्दा उहाँको विवाह भइसकेको थियो । तपार्इर्र्लाई थाहा हुनुपर्ने ।” थाहा थियो तर भाउज्यू कहाँ हुनुहुन्छ मलाई थाहा थिएन । “कहाँ हुनुहुन्छ उहाँ केही थाहा छ – ” मेरो प्रश्नको त्यति जानकारी खगराजजीलाई नभएजस्तो लाग्यो । मानव अधिकारवादी साथीले बीचैमा अरू कसैलाई थाहा होला कि भनेर सोध्दा खगराजजीले “कमरेड ब्रिगेडलाई यसबारेमा केही थाहा होला । उहाँ नेपालगञ्जमा जनसर्म्पर्क कार्यालय हेर्नुहुन्छ भन्नुभयो ।”

रविदादा र परीको सम्बन्धको बारेमा मलाई थोरै थाहा थियो तर जनयुद्धको दौरानमा रविदादा जुन व्यस्तता र आक्रोशी शैलीमा हिँड्नुहुन्थ्यो, त्यो हर्ेदा उहाँले विवाह गर्नु होलाजस्तो लाग्दैन थियो । विवाह गर्नुभएछ त्यो पनि आफैंलाई मनपर्ने परीसित । परी मेरै उमेरकी थिइन् उमेरको मागअनुसार चञ्चल र अपेक्षाकृत सुन्दर पनि । जनयुद्धको समय हाम्रो घर बिद्रोही पक्षको निशाना र शासक पक्षको तारो बनेको थियो । रविदादाको हाम्रो घरमा आवतजावत र पिताजीको पुरानो सत्तासितको सम्बन्धले हामी राम्रैसित पिल्सिएका थियौं । समयले हामीलाई निष्ठुर र निर्दयी बनाइदियो । मृत्युका अनेक चेहरा हुन्छन्, हाम्रो घरमा मृत्युले आफन्तको चेहरा लिएर आयो । टाढाको मामाको छोराको साइनो लिएर कुनै पाहुना हाम्रा घरमा त्यो एघार वर्षो सुरुवातमा सङ्घारमा आइपुग्यो र उसको गतिविधि सबै थाहा पाएर पनि हामीले उसलाई त्यो परिस्थितिमा सहजै स्वीकार्न पर्‍यो । ऊ गएको केही दिनपछि सत्ता पक्षर्ले उसलाई कतै जङ्गलमा गिर”तार गर्‍यो । ऊ समातिएपछि हामी सुराकीको सूचीमा पर्‍यौं । त्यसदिनदेखि हामीले आ”नो नाम सफाया हुनेको सूचीमा पर्खिरहृयौं । आमाको जोर जबरजस्तीका बाबजुद पनि बुबाले घर छोड्न मान्नु भएन । यही सङ्र्घष्ामा हाम्रो द्वन्द्व चलिरहृयो र हामीले बुबाको आत्मसम्मानलाई मर्न दिएनौं । बुबा एकदिन एक असहज परिस्थितिमा गाउँको पुरानो मन्दिरको बाटोमा मारिनु भयो । त्यो हाम्रो प्रस्थानको समय थियो किनकि बुबा बारम्बार भन्नुहुन्थ्यो म घर छोडेर जान्न । तिमेरू जान्छौ भने जाओ, म मर्नै परे पनि यहीँ बस्छु ।’ यो उहाँको ठोकुवा मात्र थिएन, उहाँको एउटा राजनीतिक मित्रले दिएको आश्वासनको जालो पनि थियो । मैले बाबाको हत्या भएको दिन अन्तिम पटक रविदादालाई भेटेको थिएँ, सायद त्यो नै मेरो उहाँसितको अन्तिम वा अनिश्चित भेट थियो । रोएर अर्धचेत भएकी मेरी आमा र मलाई उहाँले बाबाको लाश देखाउँदै भन्नु भा’थ्यो “देहको आत्मा त्यही हो, जुन आत्माको देह हो एक झोँका हावामा घोलिने, भुँवरीको एक घुमाइमा पीडाको गाँठो खोल्दै, जसभित्र एउटा पोको छ, एउटा स्वप्न, एउटा आलोकवृत्त जन्मको चमत्कारदेखि मृत्युको रहस्यसम्म फैलेको बस् बिर्सिदेऊ तिमी एउटा मनुष्य हौ तिमी त एउटा पात हौ, तिमी त एक टुसा हौ, घाँसको एउटा सिन्को जब तिमी मनुष्य होइनौ सबथोक हौ । सोच,र् इश्वरका सामु तिमी इश्वर छौ, तिमी इश्वर हौ ….” त्यो आवाज मेरो पछिपछि गुञ्जिरहृयो, जब म गाउँ छोडेर काठमाडौँ, नेपाल छोडेर म अमेरिकासम्म गएँ र त्यो आवाजले मलाई पछ्याइरहृयो ।

अझै म त्यही आवाजको खोजीमा यहाँसम्म आइरहेँ तर मलाई चिन्ने त्यो आवाज गुम छ । यही आवाजको पुनर्स्मरण मलाई त्यतिबेला भयो जब म बैंककबाट काठमाडौं एयरपोर्टमा ओर्लें र मलाई अचानक धेरै लामो यात्रापछि हामी खगराजजीले दिएको दिशामा अगि बढ्दै नेपालगञ्जको बाटो झर्‍यौं, यहाँ हामीले भेट्नुछ कमरेड ब्रिगेड । उनी मेरो खोजीका सारथि हुनसक्छन् । मसित आएका विदेशी मित्रहरू यहाँका हरेक कुरासित परिचित हुनुहुन्छ, लामो समयदेखि द्वन्द्वले पीडित मुलुकमा यस्तै र यही विषयमा अध्ययन गर्दै आएका यी मित्रहरू जान्दछन् पीडा के हो – तर म यस पीडाको घनघोर भुँवरीमा परेर पनि जान्न सकेको छैन यसको गर्भ के हो – आज तेह्र वर्षछि यो मुलुकमा फर्किंदा यहाँका प्रत्येक ढुङ्गा, माटोले मसित विरानोको व्यवहार गरिरहेछ । म हरेक चीजसित आ”नो नाता खोजिरहेछु तर हरेक चीज मसित भागिरहेछन् । यस्तो लाग्छ कुनै चीजसित मेरो अतीत नै छैन, म कुनै भूमिका विहीन पात्र निभाइरहेकी छु । यहाँ सबैले मलाई एउटा नयाँ पात्रको अभिनयमा स्वीकारिरहेका छन् । म त्यतिबेला झसङ्ग भएको थिएँ जब म बैंककबाट काठमाडौं एयरपोर्टमा ओर्लें र मलाई अचानक छेकियो । जब मेरो युएनको हलुका नीलो रङको बार भएको पासपोर्ट परीक्षणबाट पास भयो म यस मुलुकका निम्ति परिचित भएँ र मेरा सहयात्रीहरू त्यतिबेला जोडले हाँसे । त्यो हाँसो आनन्दको थिएन, परिवर्तनको थियो । हाम्रो टोलीमा एकजना पुरातनशास्त्री पनि थिए जो बारम्बार भन्थे हेर, पश्चिमी मुलुकमा घाम, हुरी, हुण्डरीजस्तो आउँछ । यो सत्य हो, आज यहाँको परिवर्तन देखेर म मूक छु, अवाक् छु । यहाँ कसैको कोहीसित कुनै परिचय छैन । एफएममा एउटा हिन्दी फिल्मी गजल बजिरहेछ यो सहरमा हरेक मान्छे नौलो छ, सबैको अनुहारमा धुवाँ नै देख्छु । हामी सहरको ठीक बीचमा छौं, यो कुनै पुरानो बजार हो । यति म जान्दछु । कमरेड ब्रिगेडले हामीलाई दिएको यथेष्ट जानकारीअनुसार एउटा वस्त्रालयको अगाडि हामी उभिएका छौं, त्यहीँ भेट हुन्छ ब्रिगेडजीले भनेअनुसारका एक व्यापारी जसको काखमा खेलिरहेको एउटा बच्चा जो रविदादाको निशानी हुनुहुन्छ भन्ने बुझियो । पसलेले बताएअनुसार हामी स्कुल गएकी परीलाई पर्खिन्छौं र एकाध घण्टापछि परी आइपुग्छिन् “परी !” मेरो स्वर सुन्ने वित्तिक्कै तिनमा परिचयका भाषाहरू स्वतः सञ्चारित हुन्छन् । म बुण्दिन उनले मेरो उपस्थितिलाई कसरी लिइन् तर म उनलाई देखेर निराश भएँ । उनको त्यो पहिलेको रूप हराएछ, गरगहनाले मात्र छोपिएको तिनको त्यो भयावह स्वरूप कुनै हवेलीको भूतजस्तै लाग्यो । “माथि नै आउनुहोस् न ।” तिनले औपचारिकतावश माथि बोलाइन्, म उनकै पछि लागेर माथि गएँ । मलाई चिन्यौ – कोठामा पुग्ने वित्तिक्कै मैले भनें । उनले हाँस्दै भनी “किन नचिन्नु तिमी रविको एक मात्र शिष्या शालिनी होइन – तिमी मलाई रविसँग देख्ने वित्तिकै भाउज्यू भनी जिस्क्याउँथ्यौ, होइन – किन, जिस्क्याउँथ्यौ – रविसित बिहा नहोस् भनेर । आज त्यही भयो होइन त – ” “भाउज्यू रविदादा …….कहाँ – ” “शालिनी, यो प्रश्न तिमीले मलाई सोध्नुभन्दा पहिल्यै लाखौंपटक यी ठूला ठूला नामधारी संस्थाहरूलाई सोधिसकें । कसैले मेरो सही जवाफ दिएनन् ।” परी विस्तारै रून थालिन् र उनको रुवाइको मात्रा बढ्न अघि नै उनको छोरो उनको छेउमा आएर बस्यो र रुवाई यन्त्रवत् रोकियो र उनी भन्न थालिन् त्यो यस्तो समय थिएन, शालिनी ! मैले चिनेदेखि नै रवि एक उत्साही र आवेशी व्यक्तित्व थियो । उसको हत्या, मृत्यु वा पतन केही थाहा नहुने गरी ऊ बिलायो । मैले बाध्य भएर आज यो जीवन अपनाउनुपर्‍यो । यो मेरो सजाय होइन, परिवर्तनको माग हो । रवि मारियो भनेपछि मैले कतैबाट केही सान्त्वना पाइनँ । आत्महत्या म गर्न सक्तिन थिएँ, बाबु गर्भमा थियो र उहाँले त्यस्तो समयमा स्वीकारिदिनुभयो ।” तस्बिरतिर इङ्गति गर्दै उनले भनिन्, तस्बिरमा त्यही साहू थिए जसलाई हामी पस्ने वित्तिक्कै भेटेका थियौं । ती दम्पतीको फोटो भित्तामा शोभायमान थियो । मेरा आँखाबाट आँसु झरे हर्षा, आर्श्चर्यका वा विस्मातका । थाहा छैन, मैले सम्झेँ यो मेरो श्रद्धाञ्जलि हो रविदादाप्रति । यसपछि मेरो धर्ैय रहेन, म त्यहाँ बस्न सकिनँ र उठेर हिँडे । बाहिर मेरा सहयात्रीहरू सोध्दै थिए “अब हामी अझै दर्ुइवटा कन्टोमैन्ट जान भ्याउँछौं, शालिनी जी -” म निरुत्तर अगि बढिरहेँ । बाटोभरि मैले रविदादाको आवाजलाई सम्झें, उनी भन्थे त्रि्रो अन्त्य छ, मेरो अन्त्य छ, शालिनी ! तर यो जिन्दगीको अन्त्य छैन । यो अन्तहीन छ । मेरो रविदादाको सङ्र्घर्ष, गन्तव्य र उपलब्धि यही हो त – उनको भविष्यको विश्राम यही हो त –

Atmaram Sharma – Dosh Rahit Dosh

आत्माराम शर्मा – दोषरहित दोष
(Source: असोज मधुपर्क, २०६८)

सोहनलाल चौधरीले एकाबिहानै फोन गर्दै भन्यो- “मुकुन्द, जरुरी काम छ, आज मलाई अफिसमा भेट्न सक्छौ ?”

के काम छ त्यस्तो जरुरी ? अर्को कुनै दिन फुर्सदमा भेट गरे हुँदैन ? मैले भनेँ ।

तिम्रो अनुकूल छ भने आजै भेट गर्न पाए हुन्थ्यो, उसले पुनः अनुरोध गर्‍यो । के काम छ ? फोनमा बताउन मिल्छ ? मैले उसलाई केर्दै सोधेँ ।

“हेर न मुकुन्द, एउटा नयाँ केस आयो । यो विषय अलि जटिल छ । लेखकको आवश्यकता पर्‍यो । साहित्यिक भाषामा लेखिएका इमेलका पत्रको अध्ययन गरेर घटनाको छानबिन गर्नुपर्ने भयो । तिमी साहित्यकार भएकोले सहयोग गर्छाैं कि भन्ने आशले फोन गरेको” उसले अनुरोधको भाषामा भन्यो ।

भेटघाटको विषय छ्याङ्ग भएपछि अपरान्ह पाँच बजे भेट्ने निधो गर्दै मैले फोन राखेँ ।

सोहनलाल मेरो कलेज पढ्दाको हितैषी साथीे हो । अपराध अनुसन्धान शाखामा डीएसपी छ । प्रहरीमा उजुरी परेका कतिपय घटना र अपराधका केस ऊ मलाई सुनाउने गर्छ । म ती घटनालाई लिएर साहित्य सिर्जना गर्छु । यो घटना पनि कथाको राम्रो प्लट हुन सक्छ भन्ने सोच्दै साँझ साढे पाँच बजे म उसको कार्यालयमा गएँ ।

सागर भन्ने मानिस बेपत्ता भएकोमा खोजी गरिदिन उसका छोरा, छोरी र श्रीमतीले केही प्रमाणसहित रिपोर्ट गरेका रहेछन् । सोहनलालले खोजबिनको क्रममा सागरसँग आदानप्रदान भएका तीनवटा इमेल अध्ययन गरेर कसको कारणले घटना घट्यो भन्ने पत्ता लगाउनुपर्ने केस रहेछ । उसले ती सबै इमेल पि्रन्ट गरेर मलाई दिँदै भन्यो -“मुकुन्द यी सबै गहिरो अध्ययन गर । दोषी को हुनसक्छ ? मलाई बताऊ ।” सोहनलालले निकै जोड दिँदै मलाई भन्यो ।

उसले दिएका ती इमेलपत्र यस्ता थिए-

सहृदयी दिदी अनुजा

मीठो सम्झना

आज बुद्ध पूणिर्मा, आकाशमा कहीँ कतै बादलका टाटा छैनन् । सफा आकाशमा जुनको टहटह हेर्दै म टोलाइरहेकी छु । यो मनको अथाह खुसी तिमीसम्म पुर्‍याउने शब्दको खोजीमा घोत्लिरहेकी छु । कुन शब्दैले मेरा उमङ्ग व्यक्त

गरौँ ? सोच्दै लेखिरहेकी छु । घरव्यवहार र साथीसङ्गीका धेरै कुरा यस अगाडि लेखिसकेकी छु । दाजु सागरको सहयोग र प्रेरणाले मैले लोकसेवाको अन्तर्वार्ता पास गरेँ । खरदारको जागिर खाएको पाँच वर्ष नबित्दै अधिकृतमा पास गरेकीले मैले थेग्नै नसक्ने गरी बधाई र सुभेक्षा प्राप्त गरेँ ।

अधिकृतको नियुक्तिपत्र लिएको दिन मेरो जीवनको उल्लासमय दिन थियो । कस्तो संयोग परेको अनुजा त्यो- दिन मेरो श्रीमान्को जन्म दिन, हाम्रो विवाह भएको र मैले अधिकृतको नियुक्तिपत्र बुझेको एकै दिन परेछ । यस्तो संयोग त बिरलै हुन्छ, हैन त अनुजा ?

आज यो उमङ्गको क्षणमा पनि मेरो पेट भतभती पोलिरहेछ । मेरा यी खुसी तिमीसँग साट्न पाइनँ । न त दाजु सागरसँग नै रमाउन पाएँ । खै के काम परेर हो गएको दुई दिनदेखि उहाँ अफिस आउनुभएको रहेनछ । लिखितमा मेरो नाम प्रकाशित भएपछि दाजुले धेरै पटक मलाई भन्नुभएको थियो -“लता म तिम्रै प्रगति हेर्न यो जागिरमा अल्भिmरहेको छु । घरको चाँजोपाँजो मिलेपछि अब म छिटै जागिर छाड्छु ।”

उहाँले यस्ता वैरागलाग्दा कुरा धेरै पटक गर्नुभयो । उहाँका उदास कुरा सुनेर मैले एक दिन बोल्दाबोल्दै बीचमै रोकेर भनेँ – दाजु Û तपाइर्ंका यस्ता दिक्कलाग्दा कुरा म सुन्दिनँ । अचानक मेरो मुखबाट त्यस दिन यस्ता शब्द निस्किएछन् । मेरा कुरा सुनेर त्यही क्षण उहाँले मलाई भन्नुभयो -“लता आजदेखि म मेरा कुनै पनि कुरा सुनाउदिनँ । तिमी पनि घरव्यवहार, उपहार साटासाट गरेका र तिम्रा दाम्पत्य जीवनका कुरा नसुनाऊ ।” अनुजा किन होला उहाँले त्यस दिन यस्तो कटुबचन बोल्नुभएको ?

गएको वर्ष श्रीमान्को जन्मदिनमा उपहार दिएकी थिएँ । यो कपडा दाजु सागरलाई मनपर्ने गेरु रङको थियो । श्रीमान्लाई यो रङ मन परेनछ । कस्तो जोगी रङको कपडा किनेकी ? मलाई जोगी बनाउने विचार छ कि कसो ? उहाँले टट्टा गर्दै भन्नु भएको थियो । तपाईं जोगी बन्नुभयो भने म पनि जोगिनी हुन्छु नि त – मेले जवाफ दिएकी थिएँ । यसपछि हामी दुवै पेट मिचीमिची हाँसेका थियौं । यो कुरा मैले सागर दाजुलाई सुनाउँदा उहाँले अनुहार नमीठोसँग खुम्च्याउनु भयो । यस पटक दिएको घ्यू रङको सुट पिस सागर दाजुलाई देखाउँदा उहाँले मन खिन्न पार्दै भन्नुभयो – मलाई यस्ता उपहारका कुरा नदेखाऊ ।

यसपछि हाम्रो भेट भएको थिएन । अधिकृत पद वहाली गरेको दिन उहाँलाई भेट्न गएँ । कोठामा उहाँ हुनुहुन्न थियो । त्यही दिनदेखि बेपत्ता भएको दाजुलाई आजसम्म मैले भेट्न सकिनँ । यो घटनाले मलाई निकै टेन्सन भएको छ । सागर दाजु कहाँ र कुन अवस्थामा हुनुहोला ? केही अनुमान गर्न सक्छ्यौ अनुजा ? मलाई छिट्टै इमेल गर ल ।

उही, लता लिम्बू,

स्नेही लता, हृदयभरिको माया । स-परिवार आराम छौँ । सम्पूर्ण परिवारको सुस्वास्थ्यको कामना गर्दछु । पछिल्लो पटक १० तारिखमा तिमीले पठाएको इमेल मैले पाएँ । हाँसो र आँसु दुवै मिसिएको इमेल पढेर म भावुक भएँ । पत्र पढेको रात खोई किन हो मेरा आँखा जोडिएनन् । अतीतको सम्झनामा मन रुमलियो ।

अहिले बिहानको ठीक चार बजेको छ । उठेर बिछ्यौना मिलाए । बाथरुम गएर नुवाइधुवाई गरेँ । मन अलि हल्का भयो र इमेल लेख्दैछु ।

देश छोडेर अमेरिका आएको सात वर्ष बितेछ । समयका पात कति छिटै झरेछन् । सम्झँदा आफैँलाई अनौठो लाग्यो । जीवनको भोगाई र नियति सम्झेर म छक्क परेकी छु । पहाड गाउँमा बितेका दुःखका ती दिन सम्भिmँदा मन अमिलो भएर आउँछ । पाँचथरको त्यो दुर्गम हिमाली गाउँमा बितेका हाम्रा दिन सम्झेर अहिले पनि मनमा गाँठो पर्छ । भावुकतामा डुब्दै कहिले काहीँ ती दुःखका आनन्दमा रमाउँछु ।

कतिपय घटना सम्झँदा अहिले पनि मन अत्तालिन्छ । हामी दुःखका साथी दिदीबहिनी थियौँ । मेरो पनि आˆनो भन्नु को थियो र ? मनको कुरा पोख्ने मेरालागि तिमी थियौँ, तिम्रा लागि म थिएँ । आमाले आत्महत्या गरेपछि झड्केलो बाबुले गरेको घृणा र अपमान तिमीलाई थाहा छँदैछ । मामाघरबाट सहयोग नपाएको भए मेरो पनि नियति आमाको जस्तै हुन सक्थ्यो । यिनै दुःखसुखका कुरा गर्दै हामी दुई घण्टा पैदल स्कुल जान्थ्यौँ । स्कुल जाउआउ गर्दा धेरैजसो सँगै हुन्थ्यौँ । बाटोको खाजा मकै, भटमास र रोटी खाँदै हामी घर र्फकन्थ्यौँ । कहिलेकाहीँ खाजा नहँुदा भोकले जीउ गल्दथ्यो । हिँड्न नसकेर गोडा फतक्क गल्थे । तिमीलाई सम्झना छ हैन त लता ? करिब पाँच वर्ष यसरी नै बिते । कक्षा अन्तरले गर्दा एक वर्ष अगाडि मैले एस. एल. सी. पास गरँे । तिमीले दोस्रो वर्ष गर्‍यौँ । जे भए पनि बाल्यकालदेखि नै मेरो मन मिल्ने साथी तिमी नै थियौँ ।

जीवन नदीजस्तै रहेछ ठोकिँदै बहनु पर्ने । कतै भँगालोमा पस्नु पर्ने, कतै सलल बगिरहन पाइने । नदीको गतिजस्तै रहेछ हाम्रो जीवन । कलेज पढ्दा हामीलाई अभाव र गरिवीले थचक्कै थिच्यो । गाउँमा भन्दा पनि बढी लखट्यो । हामी काठमाडौँका गल्लीमा भौतारिँदै हिँडिरहेका थियौ । बाटो बिराएका यात्रीजस्तै बरालिएका थियौँ । बागबजारको घुमाउरो गल्लीमा टाढाको नाता पर्ने सागर दाजुसँग हाम्रो भेट भयो । मलाई लाग्छ – त्यही भेटले तिमीलाई यहाँसम्म पुर्‍यायो र मलाई अमेरिकासम्म ल्यायो ।

लोकसेवाले हामीलाई दुईपटक अयोग्य सावित गरिसकेको थियो । यिनै चोट र खोटले गर्दा दुवैले डीभी भर्‍यौँ । मलाई डीभी पर्‍यो र मैले देश छोडेँ । तिमीले तेस्रो पटकमा लोकसेवा पास गर्‍यौ र जागिर खायौ । हो, आज म ती बितेका दिनहरू सम्झँदै इमेल गर्दैछु । म अमेरिका हिँड्दा तिमी भक्कानिएर रोएकी थियौ । मैले पनि मन सम्हाल्न सकिन र घोप्टो परेर रोएँ । अनगिन्ति हण्डर, ठक्कर खाँदै म अमेरिका आइपुगेँ । सेटल हुन यहाँ मैले गरेका दुःख लेखिसाध्य छैन । बर्मा गए पनि कर्मसँगै- पुर्खाले भनेको सायद यही रहेछ ।

मेरो जीवनको सबैभन्दा खुसीको क्षण तिमीले लोकसेवा पास गरेको दिन हो । आहा Û यो खबर सुनेको दिन म कति खुसी भएँ -म व्यक्त गर्नै सक्तिनँ । त्यो खुसी थेग्न नसकेर कोठामा म छम्छमी नाँचेथेँ । अमेरिकामा नजिक रहेका नेपालीबीच खुसी साट्दै मैले भनेँ – मेरी साथी लता लिम्बूले अधिकृतमा पास गरी । खुसीले उनीहरू पनि उम्लिए र मैले पाँच सय डलर खर्च गरेर उनीहरूलाई भोज खुवाएथेँ ।

सागर दाजुको सुझाव र विशेष सहयोगले म अमेरिका आएँ । उहाकै प्रेरणाले तिमीले लोकसेवा पास गर्‍यौ । कस्तो संयोग- तिम्रो पोस्टिङ उहाँकै कार्यालयमा भयो । खरदारबाट सुरु भएको तिम्रो जागिरे जीवन सागर दाजुकै सहयोगले अधिकृत भयौ । एउटै कोखको दाजुले गर्ने सहयोगभन्दा पनि बढी उहाँको सहयोग पाएर जागिरमा तिमीले गरेका प्रगतिका खबर सुन्दा म खुसीले बुर्लुक्क उप|mन्थँे ।

तिम्रो पिरले मलाई सधैँ सताइरहन्थ्यो । पहाड गाउँदेखि नै सौतेनी आमाको पेलाइले उदासिएको तिम्रो अनुहार सागर दाजुको अपनत्वले उज्यालिँदै गएको थाहा पाउँदा म फुरुङ्ग हुन्थेँ । उहँाकै आडभरोसामा त्यो बिरानो काठमाडौँमा तिमीलाई छाडेकी थिएँ । हुन त म अमेरिका उड्ने भएपछि दाजुले मलाईभन्दा पनि बढी माया तिमीलाई गर्न थाल्नुभएको थियो । मलाई थाहा छ उहाँले नै लोकसेवाको र्फम भरिदिनुभएको थियो । काठमाडौँमा कसरी बाँच्नुपर्छ ? लाठे केटाहरूका क्षेप्यास्त्रजस्ता हेराईबाट कसरी जोगिनुपर्छ ? उहाँले नै हामीलाई सिकाउनु भयो ।

बहिनी लता

लोग्नेमानिसको मनलाई तिमीले अझै नजिकबाट बुझ्न सकेकी रहिनछ्यौ । उनीहरूको हृदयलाई सूक्ष्मरूपले नियाल । केटा मान्छेको मन भाँचियो भने काठजस्तै टुक्रिन्छ । पछि जति जोडेर टाँसे पनि भाँचिएको काठ छुटिन्छ र कमजोर हुन्छ । सागर दाजु मेरो टाढाको आफन्त भएकोले उहाँको बारेमा थोरबहुत मलाई थाहा थियो । उहाँको व्यक्तिगत जीवन सफल छैन भन्ने कुरा तिमीलाई केही सङ्केत गरेकी थिएँ । यो कुरा सुनेर उतिखेर तिमीले भनेकी थियौ -“यसै कारणले होला उहाँको मुहार सधैँ उदास देखिन्छ” मानिसको व्यक्तिगत जीवन असफल भएपछि उनीहरू रूखा हुन्छन् । मैले मनोविज्ञानमा पढेकी थिएँ – जीवनदेखि निस्सासिएका मानिसलाई नारीको कोमलताले पगाल्छ । हाम्रो धार्मिक कथाहरूमा यस्ता धेरै प्रसङ्ग छन् । हामीले थोरबहुत पढेका र सुनेका छौँ ।

लता Û धेरै के लेखौँ ? काममा जान हतार भइसक्यो । तिमी आफू थोरै पग्लिएर भए पनि सागर दाजुलाई सम्हाल । उहाँ जस्तो असल मान्छे हामीलाई मात्र होइन अरू धेरैलाई आवश्यक पर्छ । म आशा गर्छु, बहिनी तिमीले उहाँलाई जीवनदेखि पलायन हुन रोक्नेछ्यौ र उहाँको खोजी गरेर सम्हाल्नेछ्यौ भन्ने विश्वास गरेकी छु ।

उही अनुजा, दिदी अनुजा Û

जीवनमा निकै परिपक्व भएँ र खारिएँ भन्ने लागेको थियो तर होइन रहेछ । यात्राको ठाडो भीर रहेछ जीवन । कुन भीरबाट को कतिखेर खस्छ केही भन्न सकिँदोरहेनछ । अघिल्लो महिना अधिकृतको तालिम लिन म केन्द्रमा १५ दिन काजमा गएकी थिएँ । त्यसको भोलिपल्ट सागर दाजुले जागिर राजिनामा गर्नु भएछ । यो कुरा थाहा पाएर मैले उहाँलाई मोवाइलमा सम्पर्क गरेँ । उहाँको छोरोले उठायो । बाबा खोइ त बाबु भनेर सोद्धा -“उहाँ कहाँ जानु भयो, हामीलाई पनि थाहा छैन । एक हप्तादेखि बाबा बेपत्ता हुनु भयो, खोजी गरिदिन पुलिसमा हामीले रिपोर्ट गरेका छौँ” उसले हडबडाउँदै जवाफ दियो । उसको कुरा सुनेर म खङ्रङ्गै भएँ । यो खबर सुनेदेखि दिन मेरा लागि रात बन्यो । रात आँसुको पोखरीमा परिणत भयो । उहाँ बेपत्ता भएको दुई महिनापछि हिजो मात्र हुलाकीले अफिसमा आएर चिठी दिएर गयो । चिठी पढ्दापढ्दै म भक्कानिएर रोएँ । मैले नजिकबाट उहाँलाई चिहृन सकिँनछु । टाढाबाट जति चिने त्यो परिचय अपूरो रहेछ । सागर दाजुले लेखेको त्यो चिठी मैले स्क्यानिङ गरेर इमेल गरेकी छु । पढेपछि मलाई इमेल गर ल अनुजा ।

बहिनी लता

हृदयको सम्झना,

उज्ज्वल भविष्यको कामना गर्दछु । जीवनमा कुनै चोट र अप्ठेरा नपरुन् हृदयदेखि नै प्रार्थना गर्दछु ।

मैले धेरै पटक जागिर छोड्ने प्रयास गर्दा तिमीले मलाई भनेकी थियौ – “अरू कुनै काम नभई जागिर छोड्नु हुँदैन । खाली दिमागमा सैतानले बास गर्छ ।” तिम्रो यही सल्लाहले मैले जागिर छोड्न सकिनँ । तिमीले जागिरमा गरेको प्रगति मलाई जागिरमै बसेर हेर्ने रहर थियो । योे उत्कट चाहना तिमीले पूरा गरिदियौ । धन्यवाद छ मेरो इच्छा पूरा गरिदिएकोमा । अधिकृतको पत्र बुझेपछि तिमी तालिममा गयौँ । तिमी गएको दोस्रो दिन मैले जागिर राजिनामा गरे । मलाइ माफ गर -मैले भेटेर भन्नु पर्दथ्यो तर भन्न सकिनँ ।

पाँच दिनपछि राजिनामा स्वीकृत भएको पत्र पाएँ र त्यही दिनदेखि मैले आफूलाई बदले । यसको मतलव म नास्तिकबाट आस्तिकमा रूपान्तरण भएको होइन । पूर्वजले भन्दै र मान्दै आएको ईश्वरीयसत्ताको खोजीमा म लागेँ । अहिले भौतिकवाद र आध्यात्मवादको अन्तर खोतल्ने प्रयासमा छु । हाम्रो पूर्वजको ईश्वरीयसत्ताको गहिराई बुझ्न मन लाग्यो र मैले बाटो परिवर्तन गरेको हुँ । सम्पूर्णरूपले आफूलाई बदलेको होइन ।

बहिनी Û तिमीलाई अचम्म लाग्ला- यति छिटो ममा यत्रो परिवर्तन कसरी आयो ? यो मेरो कुनै लहड र सनक होइन । विगत केही वर्षदेखि मैले खोजेको कुरा हो । सबैतिरबाट हारेका र जीवनदेखि विरक्तिएका धेरै मानिस आशाको मसिनो त्यान्द्रोमा अल्झेर बाँचेका छन् । मैले पनि आध्यात्मवादको अध्ययन गरेर बाँकी जीवन बिताउने निर्णय गरे । यो संसारमा धेरै महापुरुष, जोगी, सन्न्यासी जसरी वरत्र विर्सिएर परत्र सपार्ने धुनमा आफूलाई बिर्सिरहेछन् । मेरो पनि अवस्था विगत केही वर्षदेखि यस्तै थियो । टाढा क्षितिजमा धीपधीप बलेको प्रकाश हेरेर म बाँचिरहेको थिएँ । आज त्यो क्षितिजको बत्ती निभ्यो र मैले घर छोडेँ । सीधा भाषामा भन्नुपर्दा – वरत्र छोडेर म परत्रको यात्री बनेँ ।

पाँच वर्ष एउटै कार्यालयमा सहकार्य गर्दा मेरो ओइलाएको अनुहार नियालेर पक्कै केही अन्दाज गरेकी थियौ होली ? अरू कसैले कानेखुसी गर्दै केही भनेका पनि होलान् । मेरो पारिवारिक जीवन खोतल्न खोज्दै तिमीले कुनै दिन भनेकी थियौ -“दाजु संसारका कुनै पनि मानिस सुखी छैनन् र कोही दुःखी पनि छैनन् । दुःखलाई जसले सुख सम्झेर भोग्छ त्यही व्यक्ति सुखी र सफल हुन्छ ।” अर्को कुनै दिन घुमौरो भाषामा तिमीले मलाई सोधेकी थियौ- “सागर दाजु, तपाईंलाई दुःखको कुन पहाडले थिचेको छ ? मनको पीडा अरूलाई बतायो भने हलुका हुन्छ भन्छन्” । यस विषयमा अरू कुनै दिन कुरा गरौँला, मैले भनेको तिमीलाई सम्झना छ हैन त लता ?

बहिनी

मनको मैलो म पखाल्न चाहान्थे । मिचीमिची म धुन खोज्दै थिएँ । तिमीले कुनै दिन अवश्य सोध्नेछ्यौ भन्ने मैले सोचेको थिएँ । तिम्रा प्रश्नको जवाफ दिन दुई वर्षसम्म मैले पर्खे । खोई किन हो ? मेरो व्यक्तिगत जीवन खोतल्न चाहिनौ । दुःखीको सङ्गत गरेर किन दुःख बढाउनु भन्ने सोचेर होला । मेरा पीडाका पुस्तक पढ्न त परै जाओस्, त्यसको अनुहारसमेत हेर्न चाहिनौँ । म चाहन्थेँ दमित मनमा पुरिएको अथाह पीडाको पोखरी तिमीलाई देखाउन । रहर थियो- तिम्रो काखमा घोप्टो परेर पोखिन । भित्रभित्रै पाकेका घाउका पीप तिम्रो हातबाट निचोर्न चाहन्थे । कटु बचनले तिछोरिएका शरीरका डाममा मलम लगाइदिन्थ्यौ कि भन्ने आशा थियो । धिक्कार Û मैले कस्तो इच्छा राखेछु ।

बहिनी मनमा गुम्सेका अटेसमटेस भावना बाहिर निस्किए । आज ४५ हिउँद पार गर्दासमेत मैले कसैबाट सम्झना प्राप्त गर्न सकिनँ । म अपमानको पहाडले थिचिएको दुःखी मानिसको अगाडि तिम्रा जन्म दिन, विवाहको वर्ष गाँठमा भएका आदान-प्रदान तिमी देखाउँथ्यौ । भोकले छट्पटाएको मानिसलाई खाना देखाएर ईख्याएजस्तै लाग्थ्यो तिम्रो त्यो व्यवहार । मेरो भत्किएको जीवन थाहा हुँदाहुँदै यी सबै काम मेराअगाडि गथ्यौँ । किन यसो गर्‍यौ ? मैले बुझ्न सकेको छैन । म सधैँ खुसी रहन्थेँ -तिम्रो त्यो उल्लासमय जीवन देखेर । भित्रभित्रै म खुसीले गदगद हुन्थे तिम्रो प्रगति र उन्नति हेरेर ।

बहिनी मलाई माफ गर मन दुःखेको कुरा गरेँ । यति खेर म सोचिरहेको छु – दोष तिम्रो होइन मेरै हो । धेरैलाई साथी बनाएँ कतिपयलाई गुमाएँ । जसलाई मैले साथी बनाए, तीमध्ये कसैलाई पनि आˆनो बनाउन सकिनँ ।

बहिनी घर छोड्ने दिन फोन गर्छु भन्दाभन्दै अनुकूल नमिलेर फोन गर्न सकिनँ । त्यसदिन म निकै व्यस्त भएँ । बिहान चार बजे उठेर कपडा धोएँ । खाना खाएर तीर्थयात्राको टिकट लिएँ र केन्द्रीय कार्यालयमा गएर पेन्सनपट्टा बनाएँ । बाबु हुनुको कर्तव्य पूरा गर्न छोरा छोरीको बैङ्क खातामा बिहादानका लागि केही पैसा जम्मा गरिदिएँ ।

साँझ पशुपति गएँ । मुक्तिमण्डलमा बसेर जोगीसँगै गाँजा तानेँ । धेरै वर्ष भयो यो जोगीसँग मेरो सङ्गत भएको । उसलाई केही पैसा दिए । भोलि म तीर्थयात्रामा हरिद्वार जाँदैछु भन्दा ऊ धेरै खुसी भयो । “अब बाँकी जीवन बिताउन म पनि उतै आउँछु । अर्को वर्ष तपाईंलाई हरिद्वारमै भेट्नेछु ।” म हिँड्ने बेलामा जोगीले भन्यो ।

जोगीको अखडाबाट उठेर म पारि गएर बसे । गायक भक्तराज आचार्यको स्वरमा भजन गुन्जिरहेको थियो –

एक दिन मैले प्रभुसँग सोधे

कसरी शान्ति मिल्छ

कस्तो कस्तो कर्म गरेपछि

प्रभुको दर्शन मुक्ति मिल्छ ।

भजनको तालमा मानिसहरू झुलिरहेका थिए । कोही आँखा चिम्लिदै भजनको भावमा चुर्लुम्म डुबेका थिए । छेउमा गाजाको राग उडिरहेको थियो । इहलिला समाप्त भएका दुईवटा लाश ब्रहृमनालको दायाँबाँया तेसिर्ंएका थिए । सुन्दर मानवीय जीवन लाशमा बदलिएको दुःखद हविगत देखेर मानिसहरू टोलाइरहेका देखिन्थे । आफन्तहरू लाशको नजिकै झुम्मिएर रूँदै कराउँदै थिए । आर्यघाटका कुनै चिता खाली थिएनन् सबै जलिरहेका थिए । केही लाश पालोको प्रतीक्षामा छन् । मानिसको अस्तित्व समाप्त भएर आकाशमा बिलीन भएको धूवाँ हेर्दै म टोलाइरहेको थिएँ ।

बहिनी Û आखिर के रहेछ र मानिसको जीवन ? पिता पुर्खा गएको बाटो सबैले जानैपर्नै रहेछ । नाथे यो एकबारको जीवनमा मानिस किन घमण्ड गर्छ ? मात्र धुवाँमा विलय हुने जीवनमा मानिस किन अहङ्कार गर्छ ?

सतकर्म नभई चित्त शुद्ध हँुदैन

चित्त शुद्ध नभई सन्तोष हुँदैन

सन्तोष नभई मन स्थिर हँुदैन

मन स्थिर नभई शान्ति हुँदैन ।

भजनको अर्को अनुच्छेद सुन्दै म उठेँ । त्यो दिन १४ तारिख थियो । मसान वैराग्य बोकेर घर र्फकेँ । घर भन्नु नै के थियो र फगत रातको बास थियो । जरुरी कपडाको सानो पोको बनाएँ । बिहानको तीन बजेको थियो । घरको मूलढोका बिस्तारै खोलेँ । बाहिर तुलसीको मोठलाई परिक्रमा गरेर ढोगेँ । अलिपर पुगेर एक पटक घरलाई नियालेर हेरेँ । त्यही क्षण मनले भन्यो – यो ठाउँमा तेरो भोग यत्ति नै रहेछ ।

– उही, सागर

माथिका इमेल मैले दोहोर्‍याएर पढेँ । दुई दिनपछि पुनः गहिरो अध्ययन गरँे । सागर पलायन हुनुमा दोष कसको हुन सक्छ ? भनेर निकै घोत्लिए । साथी सोहनलाल चौधरीको अनुसन्धानमा शङ्कास्पद देखिएका बहिनी लता, अनुजा, सागरको घरपरिवार र जोगी, यीमध्ये को दोषी छन् ? इमेल अध्ययन गरेर मलाई भन –

चौधरीले पटकपटक मोबाइलमा मलाई भनेको थियो ।

धेरै दिन घोरिएँ, मैले कुनै अनुमान नै गर्न सकिनँ ।

यो कथा पढेर दोषरहित दोषी को हो ? तपाईंले अनुमान गर्नु भयो कि ?