Prakash Sayami – Bilaya

कन्टोमैन्टमा उदास धुन बजिरहेको थियो, कुनै पुरानो रसियन गीतजस्तो लाग्ने त्यो धुनको पछिल्लो आलापमा एघार वर्षभत्र मारिएका ती मृतकहरूको आवाज समाहित थियो । सानो अन्तरालपछि कन्टोमैन्टमा विश्रामजस्तो छायो । नजिकै रहेका एकजना पर्यवेक्षकसित म यो कन्टोमैन्टसम्म कतिजना महिला छन् भनेर सोध्दै थिएँ । त्यतिबेला अचानक मसँग आएका फोरेन्सिक आन्थ्रोपोलोजिष्टले मलाई सानो चिट देखाउँदै भने यो नाम हुनसक्छ भने तिमीलाई अझै अर्को कन्टोमैन्टसम्म हामी लानेछौं ।’

त्यसपछि हामी उकालो लाग्यौं । यो उकालो म धेरैपटक एक्लै, धेरैपटक रविदादासित हिँडेको छु कहिले गीत गाएर, कहिले कविता पढेर । यो उकालोमा एउटा पुरानो स्कुल थियो प्राथमिक स्कुल । अब त्यो छैन रहेछ । नहुनुका धेरै कारण अखबारमा आइसके । हामी यहींनेर बसेर एकअर्काको भाषण सुन्थ्यौं । यो ठाउँलाई रविदादाले छापा नाम राख्नु भएको थियो, थाहा छैन उहाँले यो नाम के सोचेर राख्नुभयो र यो पछि साँच्चै छापामारहरूको एक विशेष ठाउँ बन्न पुग्यो । तेह्र वर्षछि आज यो ठाउँ अत्यन्त अपरिचित लाग्यो । छापा – के हो छापा -‘ मेरो मुखबाट अचानक प्रस्फुरण भएको शब्द सुनेर मसँगै यात्रारत मानव अधिकार र नागरिक अधिकार सङ्गठनका मित्रहरूले सोधे । यो मेरो अतीत हो’ मैले जवाफमा यति मात्र के भनेको थिएँ मेरा साथमा रहेका भैषज् कानुन जान्ने मेरा एक अफगानी मित्रले मलाई व्यङ्ग्य गर्दै भने तपाइँ चैं यतैको हो जस्तो सबै चिन्ने तर तपाईंलाई चैं यहाँ कसैले नचिन्ने पो रहेछ, शकुनजी !’ उनको यति परिहास मेरालागि पर्याप्त र पूर्ण थियो, त्यो मेरो कालो विगतलाई कोट्याउन जुन म बारम्बार बिर्सन खोज्दै थिएँ र म विवाद गर्ने वा मतभेद गर्ने पक्षमा पनि थिइँन । हामीले एक सम्झौतामा अमेरिकादेखि संयुक्तरूपमा यात्रा थालेका थियौं त्यो यात्राको टुङ्गो हो मिसिङ्ग फाइल । यस मिसिङ्ग फाइलमा मेरा एक प्रिय गुरु वा मित्र रविदादाको पनि नाम थियो, जसको मोहले वा सम्झनाले आज म यहाँसम्म तानेर ल्याइएँ जहाँबाट कुनै एक बिहान म इतिहास बिर्सेर भागेकी थिएँ, आफ्ना सपरिवारका साथ । यो समय ती सबै तस्बिर मेरा आँखा अगाडि तैरिरहेका छन् । रविदादा हामी सबैको प्रिय वा निकटको साथी । सबैलाई बुझ्नसक्ने एउटा सहृदयी । मायोकोभस्कीको कविता पहिलोपटक मैले उनकै मुखबाट छापामा सुनेको थिएँ र उनले निक्कै जोश र बलले हामीलाई सुनाएका थिए । हामीले कविता सुनेर हाँस्दै भनेका थियौं दाज्यु, तपार्इं त कलाकार हुनुपर्ने मान्छे पो !’ उनले त्यसको जवाफमा के भने मैले सम्भिmन सकेको छैन तर उनी हरेक पटक भन्थे शकन, हरेक राम्रा कलाकारले सफलतासित आ”नो भूमिका निर्वाह गर्दा त्यो चरित्रको दर्दलाई आत्मसात् गर्नुपर्छ, अनुभूत गर्नुपछ, नभए त्यो नक्कली लाग्छ ।’ उनी यसरी बोल्दा जहिले पनि एक ऋषि हुन् जस्तो लाग्थ्यो तर उनी आ”नो भनाइलाई सत्य सावित गर्न कुनै न कुनै किताबको सहारा लिइहाल्थे । हामी भन्थ्यौं तपाईं आफैं किताब हो दाज्यू, किन किताबको सहारा लिनुहुन्छ -‘ यसपछिको उनको अट्टहास हामी कसैले पनि बिर्सन सकेका छैनौं । आज यो उकालोमा पनि म यो हाँसो सुनिरहेछु । म्याम् तपाईंलाई कसैले बोलाइरहेछ मेरो “ल्यासब्याक्लाई बिथोल्न खोजे मसँगै हिंडिरहेका फोटोग्राफरले ।

हामीमध्ये कसैलाईर् इशाराले त्यहाँ बोलाएको रहेछ । भाषाको अज्ञानताको कारण त्यो मै हो भन्ने सबैको निक्र्योल भयो कता हिँड्नु भयो – यहाँभन्दा माथि त केही छैन ।’ प्रश्नमा कठोरता भए पनि पुरानो जसरी गाएका ती मान्छेको हेराइमा शालीनता थियो, उनी भन्दैथिए, यदि तपार्इंहरू टुरिष्ट हो भने यतातिर नजानुहोस् माथि त एउटा कैन्टोमेन्ट मात्र छ । त्यहाँ के रमाइलो हेरनुहुन्छ ।’ म अघि बढ्न सकिनँ तर उनको मर्यादालाई ध्यानमा राखेर अरू थप पनि केही सोध्न सकिनँ । उमेरले पचास वा साठीमा टेकेका उनले निक्कै मुस्किलले एउटा मात्र खुट्टाले टेकेर आफैंले टेकेको लौरोलाई उचाल्दै भनें यो डेडप्वाइन्ट हो । नाऊ यू लेट्स गो ब्याक् ।’ पछिल्लोपटक अङ्ग्रेजी शब्दको मात्रात्मक प्रयोग गर्दा मेरा सहयात्रीहरू झस्के र सबै आत्मीय भएर उनकै नजिक बसे । यसपछि मेरा सहधर्मीहरूले उनलाई उनले बुण्ने जत्ति भाषामा हामी त्यही कन्टोमैन्टसम्म जान आएको भने । यो अन्तिम कन्टोमैन्ट थियो हामी पुग्नुपर्ने । खगराज नाम भएका तिनले हामीलाई त्यहाँ भएका सबै कुराको सविस्तार जानकारी दिँदै लगे, हामी त्यहाँ पुग्दा अधवैँशे घाम छानामा खेल्दैथियो । रङ्गहीन घाममा आफ्ना अतीतका रमाइला विरमाइला घटनाहरू मैले खगराजजीलाई खोलेँ । उनले रविदादाको बारेमा जाने जत्ति बताए तर उनी कहाँ छन्, कता छन् अझै निक्र्योल नभएको बताए । शालिनीजी, यहाँलाई ज्ञात होस् साँखुरीको हमलासम्म हामी कमरेड रविसितै थियौं । त्यहाँ भएको दोहोरो भिडन्तमा हाम्रा दसजना सहयोद्धाहरूले शहादत प्राप्त गरे तर कमरेड रवि त्यहाँबाट गिर”तार परे वा भागे यसबारे अझैसम्म थाहा भएको छैन । सरकारसित सम्झौता भइसकेयता नेपालगञ्जको रङ्गशालामा एकपटक बेपत्ता पारिएकाहरूको लाश प्रदर्शन गरिएको त थियो तर त्यसमा कमरेड रविको लाश पहिचान हुन सकेन । त्यहाँ लाश हर्ेन संयुक्त राष्ट्रसङ्घका टोलीका साथ तपाईंहरूजस्तै मित्रका साथमा कमरेड रविकी पत्नी पनि आएकी त थिइन् । तर…” “रविकी पत्नी -” अनायास मेरो मुखबाट यो प्रश्न निस्किँदा खगराजजीले सजिलो पाराले उत्तर दिनुभयो” हामीसित पार्टर्ीीवाइन गर्दा उहाँको विवाह भइसकेको थियो । तपार्इर्र्लाई थाहा हुनुपर्ने ।” थाहा थियो तर भाउज्यू कहाँ हुनुहुन्छ मलाई थाहा थिएन । “कहाँ हुनुहुन्छ उहाँ केही थाहा छ – ” मेरो प्रश्नको त्यति जानकारी खगराजजीलाई नभएजस्तो लाग्यो । मानव अधिकारवादी साथीले बीचैमा अरू कसैलाई थाहा होला कि भनेर सोध्दा खगराजजीले “कमरेड ब्रिगेडलाई यसबारेमा केही थाहा होला । उहाँ नेपालगञ्जमा जनसर्म्पर्क कार्यालय हेर्नुहुन्छ भन्नुभयो ।”

रविदादा र परीको सम्बन्धको बारेमा मलाई थोरै थाहा थियो तर जनयुद्धको दौरानमा रविदादा जुन व्यस्तता र आक्रोशी शैलीमा हिँड्नुहुन्थ्यो, त्यो हर्ेदा उहाँले विवाह गर्नु होलाजस्तो लाग्दैन थियो । विवाह गर्नुभएछ त्यो पनि आफैंलाई मनपर्ने परीसित । परी मेरै उमेरकी थिइन् उमेरको मागअनुसार चञ्चल र अपेक्षाकृत सुन्दर पनि । जनयुद्धको समय हाम्रो घर बिद्रोही पक्षको निशाना र शासक पक्षको तारो बनेको थियो । रविदादाको हाम्रो घरमा आवतजावत र पिताजीको पुरानो सत्तासितको सम्बन्धले हामी राम्रैसित पिल्सिएका थियौं । समयले हामीलाई निष्ठुर र निर्दयी बनाइदियो । मृत्युका अनेक चेहरा हुन्छन्, हाम्रो घरमा मृत्युले आफन्तको चेहरा लिएर आयो । टाढाको मामाको छोराको साइनो लिएर कुनै पाहुना हाम्रा घरमा त्यो एघार वर्षो सुरुवातमा सङ्घारमा आइपुग्यो र उसको गतिविधि सबै थाहा पाएर पनि हामीले उसलाई त्यो परिस्थितिमा सहजै स्वीकार्न पर्‍यो । ऊ गएको केही दिनपछि सत्ता पक्षर्ले उसलाई कतै जङ्गलमा गिर”तार गर्‍यो । ऊ समातिएपछि हामी सुराकीको सूचीमा पर्‍यौं । त्यसदिनदेखि हामीले आ”नो नाम सफाया हुनेको सूचीमा पर्खिरहृयौं । आमाको जोर जबरजस्तीका बाबजुद पनि बुबाले घर छोड्न मान्नु भएन । यही सङ्र्घष्ामा हाम्रो द्वन्द्व चलिरहृयो र हामीले बुबाको आत्मसम्मानलाई मर्न दिएनौं । बुबा एकदिन एक असहज परिस्थितिमा गाउँको पुरानो मन्दिरको बाटोमा मारिनु भयो । त्यो हाम्रो प्रस्थानको समय थियो किनकि बुबा बारम्बार भन्नुहुन्थ्यो म घर छोडेर जान्न । तिमेरू जान्छौ भने जाओ, म मर्नै परे पनि यहीँ बस्छु ।’ यो उहाँको ठोकुवा मात्र थिएन, उहाँको एउटा राजनीतिक मित्रले दिएको आश्वासनको जालो पनि थियो । मैले बाबाको हत्या भएको दिन अन्तिम पटक रविदादालाई भेटेको थिएँ, सायद त्यो नै मेरो उहाँसितको अन्तिम वा अनिश्चित भेट थियो । रोएर अर्धचेत भएकी मेरी आमा र मलाई उहाँले बाबाको लाश देखाउँदै भन्नु भा’थ्यो “देहको आत्मा त्यही हो, जुन आत्माको देह हो एक झोँका हावामा घोलिने, भुँवरीको एक घुमाइमा पीडाको गाँठो खोल्दै, जसभित्र एउटा पोको छ, एउटा स्वप्न, एउटा आलोकवृत्त जन्मको चमत्कारदेखि मृत्युको रहस्यसम्म फैलेको बस् बिर्सिदेऊ तिमी एउटा मनुष्य हौ तिमी त एउटा पात हौ, तिमी त एक टुसा हौ, घाँसको एउटा सिन्को जब तिमी मनुष्य होइनौ सबथोक हौ । सोच,र् इश्वरका सामु तिमी इश्वर छौ, तिमी इश्वर हौ ….” त्यो आवाज मेरो पछिपछि गुञ्जिरहृयो, जब म गाउँ छोडेर काठमाडौँ, नेपाल छोडेर म अमेरिकासम्म गएँ र त्यो आवाजले मलाई पछ्याइरहृयो ।

अझै म त्यही आवाजको खोजीमा यहाँसम्म आइरहेँ तर मलाई चिन्ने त्यो आवाज गुम छ । यही आवाजको पुनर्स्मरण मलाई त्यतिबेला भयो जब म बैंककबाट काठमाडौं एयरपोर्टमा ओर्लें र मलाई अचानक धेरै लामो यात्रापछि हामी खगराजजीले दिएको दिशामा अगि बढ्दै नेपालगञ्जको बाटो झर्‍यौं, यहाँ हामीले भेट्नुछ कमरेड ब्रिगेड । उनी मेरो खोजीका सारथि हुनसक्छन् । मसित आएका विदेशी मित्रहरू यहाँका हरेक कुरासित परिचित हुनुहुन्छ, लामो समयदेखि द्वन्द्वले पीडित मुलुकमा यस्तै र यही विषयमा अध्ययन गर्दै आएका यी मित्रहरू जान्दछन् पीडा के हो – तर म यस पीडाको घनघोर भुँवरीमा परेर पनि जान्न सकेको छैन यसको गर्भ के हो – आज तेह्र वर्षछि यो मुलुकमा फर्किंदा यहाँका प्रत्येक ढुङ्गा, माटोले मसित विरानोको व्यवहार गरिरहेछ । म हरेक चीजसित आ”नो नाता खोजिरहेछु तर हरेक चीज मसित भागिरहेछन् । यस्तो लाग्छ कुनै चीजसित मेरो अतीत नै छैन, म कुनै भूमिका विहीन पात्र निभाइरहेकी छु । यहाँ सबैले मलाई एउटा नयाँ पात्रको अभिनयमा स्वीकारिरहेका छन् । म त्यतिबेला झसङ्ग भएको थिएँ जब म बैंककबाट काठमाडौं एयरपोर्टमा ओर्लें र मलाई अचानक छेकियो । जब मेरो युएनको हलुका नीलो रङको बार भएको पासपोर्ट परीक्षणबाट पास भयो म यस मुलुकका निम्ति परिचित भएँ र मेरा सहयात्रीहरू त्यतिबेला जोडले हाँसे । त्यो हाँसो आनन्दको थिएन, परिवर्तनको थियो । हाम्रो टोलीमा एकजना पुरातनशास्त्री पनि थिए जो बारम्बार भन्थे हेर, पश्चिमी मुलुकमा घाम, हुरी, हुण्डरीजस्तो आउँछ । यो सत्य हो, आज यहाँको परिवर्तन देखेर म मूक छु, अवाक् छु । यहाँ कसैको कोहीसित कुनै परिचय छैन । एफएममा एउटा हिन्दी फिल्मी गजल बजिरहेछ यो सहरमा हरेक मान्छे नौलो छ, सबैको अनुहारमा धुवाँ नै देख्छु । हामी सहरको ठीक बीचमा छौं, यो कुनै पुरानो बजार हो । यति म जान्दछु । कमरेड ब्रिगेडले हामीलाई दिएको यथेष्ट जानकारीअनुसार एउटा वस्त्रालयको अगाडि हामी उभिएका छौं, त्यहीँ भेट हुन्छ ब्रिगेडजीले भनेअनुसारका एक व्यापारी जसको काखमा खेलिरहेको एउटा बच्चा जो रविदादाको निशानी हुनुहुन्छ भन्ने बुझियो । पसलेले बताएअनुसार हामी स्कुल गएकी परीलाई पर्खिन्छौं र एकाध घण्टापछि परी आइपुग्छिन् “परी !” मेरो स्वर सुन्ने वित्तिक्कै तिनमा परिचयका भाषाहरू स्वतः सञ्चारित हुन्छन् । म बुण्दिन उनले मेरो उपस्थितिलाई कसरी लिइन् तर म उनलाई देखेर निराश भएँ । उनको त्यो पहिलेको रूप हराएछ, गरगहनाले मात्र छोपिएको तिनको त्यो भयावह स्वरूप कुनै हवेलीको भूतजस्तै लाग्यो । “माथि नै आउनुहोस् न ।” तिनले औपचारिकतावश माथि बोलाइन्, म उनकै पछि लागेर माथि गएँ । मलाई चिन्यौ – कोठामा पुग्ने वित्तिक्कै मैले भनें । उनले हाँस्दै भनी “किन नचिन्नु तिमी रविको एक मात्र शिष्या शालिनी होइन – तिमी मलाई रविसँग देख्ने वित्तिकै भाउज्यू भनी जिस्क्याउँथ्यौ, होइन – किन, जिस्क्याउँथ्यौ – रविसित बिहा नहोस् भनेर । आज त्यही भयो होइन त – ” “भाउज्यू रविदादा …….कहाँ – ” “शालिनी, यो प्रश्न तिमीले मलाई सोध्नुभन्दा पहिल्यै लाखौंपटक यी ठूला ठूला नामधारी संस्थाहरूलाई सोधिसकें । कसैले मेरो सही जवाफ दिएनन् ।” परी विस्तारै रून थालिन् र उनको रुवाइको मात्रा बढ्न अघि नै उनको छोरो उनको छेउमा आएर बस्यो र रुवाई यन्त्रवत् रोकियो र उनी भन्न थालिन् त्यो यस्तो समय थिएन, शालिनी ! मैले चिनेदेखि नै रवि एक उत्साही र आवेशी व्यक्तित्व थियो । उसको हत्या, मृत्यु वा पतन केही थाहा नहुने गरी ऊ बिलायो । मैले बाध्य भएर आज यो जीवन अपनाउनुपर्‍यो । यो मेरो सजाय होइन, परिवर्तनको माग हो । रवि मारियो भनेपछि मैले कतैबाट केही सान्त्वना पाइनँ । आत्महत्या म गर्न सक्तिन थिएँ, बाबु गर्भमा थियो र उहाँले त्यस्तो समयमा स्वीकारिदिनुभयो ।” तस्बिरतिर इङ्गति गर्दै उनले भनिन्, तस्बिरमा त्यही साहू थिए जसलाई हामी पस्ने वित्तिक्कै भेटेका थियौं । ती दम्पतीको फोटो भित्तामा शोभायमान थियो । मेरा आँखाबाट आँसु झरे हर्षा, आर्श्चर्यका वा विस्मातका । थाहा छैन, मैले सम्झेँ यो मेरो श्रद्धाञ्जलि हो रविदादाप्रति । यसपछि मेरो धर्ैय रहेन, म त्यहाँ बस्न सकिनँ र उठेर हिँडे । बाहिर मेरा सहयात्रीहरू सोध्दै थिए “अब हामी अझै दर्ुइवटा कन्टोमैन्ट जान भ्याउँछौं, शालिनी जी -” म निरुत्तर अगि बढिरहेँ । बाटोभरि मैले रविदादाको आवाजलाई सम्झें, उनी भन्थे त्रि्रो अन्त्य छ, मेरो अन्त्य छ, शालिनी ! तर यो जिन्दगीको अन्त्य छैन । यो अन्तहीन छ । मेरो रविदादाको सङ्र्घर्ष, गन्तव्य र उपलब्धि यही हो त – उनको भविष्यको विश्राम यही हो त –

Prakash Sayami – Sujata Ek Peg Konyak Ra Naya Barsha

इमेलमा उनको पत्र आउँदा लगभग पौने बाह्र बजिसकेको थियो ।

पौने बाह्रको त्यो समय मेरा निम्ति प्रियकर हुन्छ । मलाई सम्झना छ… पौने बाह्रको यही समय नै मैले सम्भवतः पहिलोपटक चुरोटको स्वाद लिएको थिएँ । त्यसलाई मैले त्यतिबेलाको ठूलो शिखरारोहण मानेको थिएँ र अझै पनि सम्झिन्छु त्यस रात हामी केही साथीहरु एकसाथ बसेर फुटबल हेर्दै थियौँ ।

त्यो समूहको नाम कलेजमा व्यापक रुपमा चर्चित थियो- हीभ एइटी फोर भनेर । हीभको पूर्ण अर्थ थियो- एच.आई.भी. ।

त्यतिबेला एउटा रोगको नाम भइसकेको थिएन मात्र समाचारको शीर्षक थियो । विशेषतः अङ्ग्रेजी साप्ताहिकले त्यसको फलो-अप न्यूज बनाएर युवाहरुमाझ लोकप्रिय बनाइसकेको थियो र ती युवाहरुमध्ये सुधाकर पत्रकारिताको त्यो विद्यार्थी थियो जसले त्यस रोगका बारेमा पत्ता लगाएर हामीलाई पहिलो खबर सुनाएको थियो ।

समयान्तरमा उसले त्यस रोगबारे लेख्यो पनि तर समाचार होइन कविता लेख्यो । अचम्मसित ऊ कवितासहित प्रकट हुँदा ऊभित्रको नयाँ व्यक्तित्वसित हामी परिचित भयौँ र नेतृत्वगुण भएका कविलाई हामी साराले एक्कासी आइडलको रुपमा स्वीकायौँ ।
यो घटनाले पछि नयाँ स्वरुप लियो- त्यो रोगले सुधाकरलाई कविको रुपमा भन्दा प्रेमीका रुपमा स्थापित गर्यो । सुधाकरको काव्य व्यक्तित्वमा कविताको अनुच्छेद बनेर सुजाताले प्रवेश गरी ।

सुधाकर असलमा एउटा कुशल राजनीतिज्ञ व्यक्तित्व भएको विद्यार्थी थियो । सुजातासितको भेटपछि उसले आफ्नो राजनीतिक जीवनलाई नेपथ्यमा धकेलिदियो । जसरी सुजातासित भेटेपश्चात् सुधाकरले आफ्नो क्यारियर बदले त्यसरी ने मनोविज्ञान पढ्न आएकी सुजाताले सुधाकर महोदयलाई भेटेपश्चात् पत्रकारिता पढ्न थाली र आफ्नो चयनको विषयलाई तिलान्जली दिई ।भन्नेहरु अझै पनि भन्छन्- त्यही कारणले सुधाकर र सुजाताको सम्बन्ध भएको हो । तर एक साक्षीका रुपमा हेर्दा मलाई त्यति मात्र कारण पर्याप्त हो जस्तो लाग्दैन ।

सुधाकरसित निकटता भएको चार वर्षपछि सुजाता एकदिन मलाई भन्छिन्- “शरदजी…… मेरो जीवनमा यतिबेला दुईजना पुरुषको एकैपटक आगमन भएकॊ छ । दुवैले मलाई राम्रो इम्प्रेशन दिएका छन् एकजना सुधाकर र अर्को विनय । तपाईं भन्नुहोस् ती दुईमध्ये कुनमा बढी मेरो पति बन्न सक्ने गुण छ ?”

प्रश्नको गोबरझ्याउलोमा तिनले मलाई यसरी अल्झाइन कि म निर्दिष्ट उत्तरभन्दा त्यस दुईजनामा एक थपिएर तेस्रो नाम किन हुन सकेन त्यतातिर आकृष्ट हुन पुगेँ । तिनले फेरि सोधिन् “तपाईं त मभन्दा बढी कन्फ्यूज हुनु भो त…”

परिस्थितिको गलत अनुमान हुँदाहुँदै पनि मैले आफ्नो मनोभावलाई एक विदूषकले झैं प्रस्तुत गरेँ-“होइन सुजाता ! म त तेस्रो नाम पो खोज्दै थिएँ । मेरो नाम……।”

मेरो पङ्क्तिले पूर्णता ग्रहण नगर्दै उष्णता दिँदै हाँसिन् । तिनको हाँसो कलेजमा सर्वव्यापी मानिन्छ । त्यो हाँसो दीर्घकालसम्म मेरो निम्ति कर्णकटु बनिरह्यो । म भन्दै थिएँ तिनले मेरो स्वरलाई बलाघात पुर्याएर भनिन्-” यो एउटा अर्को रोमान्टिक कुरा हो । यो विनोद-चर्चाको लागि ठाउँ छैन आज……।”

मेरो एउटा महत्ताभास भनौँ वा भाग्ने सर्टकट बाटो म स्वयमले पनि त्यतिबेला त्यस बहसमा पैरवी गर्न चाहिनँ । सम्भावना नदेखेर होइन सुजाताबाट सज्जनता पाउन र त्यसलाई आफ्नो पराजयभन्दा महानता ठानेर मैले हात झिकें । म विनयभन्दा तल परेँ वा कति अङ्कले म सुजाताको नजरमा अनुत्तीर्ण भएँ मैले त्यसपछि कहिले सोचिनँ । यो विनोद-चर्चाको लामो समयपछि सुजाताले विवाह गरिन्- सुधाकरसित होइन विनयसित ।

विवाहमा सुधाकर पनि सहभागी थियो तर निम्तालुका रुपमा नभई ऊ त आफैँ एउटा आयोजकजस्तो रुपमा थियो । पार्टीमा उसले डिङ्क्स डिपार्टमेन्ट जिम्मा लिएको रहेछ र दिलोज्यानले ऊ खट्दै थियो । साथीहरु उसमाथि स्मोकिङ जोक्स बनाउँदै थिए । स्मोकिङ जोक्स हाम्रो कलेजको दिनदेखि लोकप्रिय विधामा पथ्र्यो । कुनै पार्टीमा पुरुषलिङ्गीहरु स्त्री पक्षबाट बचेर कुनै अश्लील ठट्टा गर्नुपर्यो भने चुरोट खाने बहानामा कुनामा गएर एकपक्षीय भएर अड्डा जमाउँथे । त्यसका सूत्रधार त सुधाकर महोदय नै थिए । तर आज उसमाथि नै त्यस्तो वर्षापात हुँदै गरेको देखेर मलाई दया कम रिस बढी उठ्यो । मलाई हेर्दै कसैले भन्यो- “हेर्नोस् शरदजी ! सुधाकर पहिले दिल लगाएर माया गथ्र्यो आज पसिना बगाएर माया देखाउँदैछ । यसको पसिनाको चमकले काम गर्यो भने वैकल्पिक उम्मेदवार यही हो ।

मिर्जा गालिबका परमभक्त सुधाकरमाथि पालैपालो गालिबकै अन्दाजे-बयानमा शेरोशायरी भन्दै उनीहरुले प्रहार गर्दैगर्दा म स्वयम् पनि पसिनापसिना भइसकेको थिएँ । कतै मैमाथि पनि यो प्रहार हो कि भन्ने सोच्न विवश भएँ ।

“…वैट एण्ड वाच शरदजी, एकदिन यो सुधाकर यही महानगरको कुनै कुनामा सुधाकर भएर होइन सुजाताधर भएर देखा पर्नेछ, भक्त भो यो सुजाताको । नेपाली साहित्यमा पी.एच.डी. गर्नेले एउटा नयाँ विषय पाउने भो- गजलकार सुधाकरको साहित्यिक जीवनीमा सुजाताको देन…ब्लाह !……ब्लाह ! “सुन्नुभो शरदजी ! नेपाली साहित्यको महान् जोक् …?”

तिनीहरुलाई थाहा थिएन शरदजी पनि यस कथाको एउटा त्यस्तै दयनीय पात्र हो भनेर । तर नेपथ्यमा भएकाले मात्र ऊ आज यो विनोद-चर्चाबाट बचेको हो । यस दुर्घटनाग्रस्त हालतबाट बचाउनुमा त्यस अघिल्लो विनोद-चर्चाको पूर्वाभासले मलाई सेफल्याण्डिङ् गर्यो । म खुसी भएँ । तर त्यति होइन जति उनीमाथि पालैपालो सलाई कोर्नेहरु भइरहेका थिए । म त तिनीहरुभन्दा दुरुह अवस्थामा थिएँ तर त्यति पनि होइन जति सुधाकर थियो होला । सुधाकरको खटाइ हेर्दा ऊ पनि त्यति दुःखीजस्तो लागेन । हुनसक्छ उसले आफूभित्रको पाचवटीलाई बचाइराखेको होस् । यी सारा प्रकरणपछि मलाई सुजातालाई भेट्न मन लागेन । तर एउटा प्रश्न चैँ सोध्न मन लागेको थियो “किन सुजाताजी ! किन यस्तो रि-सफल राजनीतिमा जस्तो …?”
तर सोधिनँ । बरु अर्को एउटा प्रश्न सोध्न मन थियो । त्यो पनि सोधिन । त्यहाँसम्मै पुग्नै मन लागेन । फर्किनै लागेको थिएँ करिडोरमा सुधाकर नै भेट भयो । मैले केही भन्न नपाउँदै त्यो आफ्नो छविमा ओर्लिहाल्यो- “हमेँ मालूम है हकिकत कि जन्नत लेकिन…”

त्यसको मिर्जा गालिबको पुनर्वाचन नसकिँदै मैले सोधेँ- “यो तेरो सेल्फ कम्प्लिमेन्टरी हो कि कन्फेशन ?”

“वाहियात कुरा नगर् । तँलाई सुनाएको गालिबको यो गजल परवेजले गाएको छ । को परवेज भन्लास् । पाकिस्तानको आजको मेहन्दी हसन । तिमीहरु सुन्दै सुन्दैनौ समकालिकताको चेतना ख्वै ?” आफ्नो अपूरो लेक्चरबाजी नसक्दै त्यसले मलाई पोडियममा पुर्याइसकेछ जहाँ सुजाता र विनय पात्रगत रुपमा उभिरहेका थिए एकअर्कासित टाँस्सिएर ।

म यति असमाजसमा परेँ जसको निमित्त कत्ति पनि तयार थिइनँ म । सुधाकर यस किसिमको नाटक गरिरहन्छ आफू पनि फँसिरहन्छ अरुलाई पनि बिनासूचना फसाइरहन्छ । मलाई यसै क्रममा त्यसले यहाँ उभ्याइदियो । “भेटिस् सुजातालाई ? हेर्नोस् विनयजी ! यो पार्टीमा आएको-नआएको थाहा नदिई सुटुक्क भाग्न लागेको थियो । मैले पक्डेर ल्याएँ ।”

मलाई पक्डेर ल्याएको भए पनि सुधाकरको अनुहारमा देखिन्थ्यो त्यो चोरीको डर । सम्वाद बोल्दै गर्दा उसको अनुहारमा एकैपटक नवरसका दुई भाव स्पष्ट देखिन्थे- करुणा र विभत्स । दुवै रसमा पनि उसको अभिव्यक्ति स्पष्ट हुन नसकेकाले ऊ सफल पनि देखियो ।

दुवै दम्पत्तिलाई बधाई दिएर म घर फर्कें । तर मनमा एउटा विशाल खिन्नता रहिरह्यो । किन सुजाताले सुधाकरलाई विफल तुल्याई त ? मसँग सुझाव मागी दुईमा को ठिक होला मेरो जवाफका विरुद्ध विनयलाई छनौट गरी । यो फेरि अर्को मजाक मैमाथि ।

विवाहपश्चात् सुजाता पाश्र्वभूमिमा हराई कलेज पनि छोडिदिई ।

विनयसित मेरो मित्रताको विकास एम.ए. गरिसकेपछि भयो । सुधाकरको ज्यादा जागरुकताले नै भएको मान्दछु । एम.ए. को परिणाम घोषित हुनुपूर्व नै मलाई युनिभर्सिटीको रिसर्च स्कलरसिप मिलिसकेको थियो । यसको श्रेय दृश्य-अदृश्य रुपमा डा. वत्सलाललाई जान्छ जो त्यतिबेला फ्याकल्टी चीफ थिए । म ती दिनमा युनिभर्सिटीको रिसर्च टेबिलमा बस्ने गर्दथेँ । विनयले प्राक्टिस सुरु गरिसकेका थिए । तर कहिले उनीसित फर्किंदैगर्दा घरसम्म आउने जोडजबरजस्ती गर्थे ।

एकदिन कलेज जाँदै गर्दा बिहानै पानीले भिजेँ निथुक्कै । धरतीको गुरुत्वाकर्षणमाथि सराप्दै हिडेँ किनकि हातमा लिएको छालाको झोला पाखुरालाई नै विभक्त गर्लाजस्तो गरेर तन्किरहेको थियो । बसमा एकछिन सवार भएँ तर सुविस्ता भएन बीच बाटोमा ओर्लें ।

बाटोमा सुजाता भेट भइन् रक्ताम्बराजस्ती भएर । हठात् मैले नमस्ते गर्न पुगेँ । लजाएजस्तो गरिन् । सोधिन् “चिन्नुभो ! मलाई त तपाईंले नचिन्नु होला भन्ने पो डर लागेथ्यो ।”

अवसरको अत्यन्त कमजोर फाइदा उठाएर मैले एउटा घन फ्याकेँ- “आज चिनेँ, तर सुजाताजी त्यो दिन तपाईंलाई मैले चिन्न सकिनँ जुन दिन तपाईं……”

मेरो प्रश्नको सङ्केत तिनले सहजै बुझिन वा नाममा अप्रत्याशित रुपमा जी शब्दको प्रयोगले झस्किन् ।

“हेर्नोस् सर ।” सर शब्दको प्रयोग उनी सायद पतिलाई पनि गर्दी हुन् त्यसैले उनी त्यसमा सहज देखिइन् ।

“सरहरु भनेको मर्द । याने कि एम सी पी- मेल चोवनिस्ट पीग , हामी पनि कहिलेकाहीँ आफ्नो च्वाइसमा बाँच्नुपर्यो नि परेन ? धेरै अर्थमा विनयको तुलनामा सुधाकर वेस्ट हो तर प्राक्टिकल पनि हुनुपर्यो सर ।” यसपालिको सर मलाई अत्यान्तिक व्यङ्योक्ति लाग्यो ।

“…सुधाकर डेफिनेट्ली प्रेमी मान्छे हो । तर प्रेम जीवनको एउटा अङ्ग मात्र हो शरदजी ! सम्पूर्ण अङ्ग होइन ।” उनले भनेका कुरा जेसुकै भए पनि त्यसको जे-जस्तो अर्थ भए पनि पछिल्लो ‘जी’ शब्दले दर्दमा मल्हमको काम गर्यो । त्यसपछि यदाकदा सुजातासँग भेट त भइरहन्थ्यो तर सुधाकरको चर्चा न्यूनोक्ति हुँदै गयो । विश्वसनीय स्रोतका अनुसार सुधाकर अझै पनि विनय-सुजाताको जोडीलाई लक्ष्मण सरह सहयोग गर्ने गर्छ रे । म खबर पाउँछु- सुधाकर त कहिलेकाहीँ रात्रिभोजन त्यहीँ गर्छ । के कति कारणले यो राम्रो हो ? के कति कारणले यो नराम्रो हो मैले त्यतापट्टि ध्यानै दिइनँ । यो कथाको नायक म नभएको हुनाले यसलाई कलेजमा बहुतायत साथीभाइहरु सुधाकरलाई सुजाताको मानस-पतिका रुपमा व्याख्या गर्न थालेपछि मैले त्यसलाई एकदिन सम्झाएँ ।

हाम्रो गालिब अङ्ग्रेजी उवाचमा मलाई सम्झाउँछ- “आइ वुडन्ट मैरी अ गर्ल । आइ वुड म्यारी अ वुमन- म्याच्योर एण्ड अण्डरस्ट्याण्डिङ् ।

कलेज सकिएपछि सुधाकर कविताको छन्द र गन्धबाट हुर्रिरएर ईट्टा र पर्खालको बनावटतिर लागेछ – ठेकेदार ! छयालीसको आन्दोलनपछि ऊ एउटा पार्टीको महाधिवेशनमा पोखरामा देखापर्यो बिल्ला लगाएर ।

जतिबेला म सुजाताको ईमेल पढ्दै थिएँ सुधाकर काठमाडौँको राजनीतिक सरगर्मीमा पौडी खेल्दै थियो । ऊ मन्त्री वा कुनै सानो मुलुकको राजदूत हुने पनि व्यापक हल्ला साँझको खबरकागजले फ्याँकिरहेको थियो । तर म चक डस्टरको जिन्दगीसित गाँसिएपछि यस्ता सभासङ्गतबाट टाढै रहेँ ।

पहिले २१ मार्च सन् १९९४ भन्दा पूर्वको कथा यति मात्रै हो । यसभन्दा अघिल्लो प्रसङ्ग यहाँ जोडिनु कथालाई अस्पष्ट बनाउनु मात्र हो । प्रिय पाठकहरु ! म अनन्त क्षमा माग्दछु बारम्बार यसलाई म कथा भन्दैछु । कथाजस्तो लागे पनि यो मेरो जीवनको एउटा नछुट्टिने सम्झना मात्र हो भन्न मन पराउँछु ।

सुजाता विवाहपछि लामो समयको लागि मलेसिया गइन् ।

त्यसपछिको कथा म जान्दिनँ । अज्ञानताको कारणले मैले रुचि पनि राखिनँ । थाहा पाए अनुसार उनको विनयसित बिना कुनै विवाद पारपाचुके भइसकेको छ । ईमेल पाएको तेस्रो दिनमा तिनी काठमाडौँमा देखा परिन्- कलेजकै दिनको उत्साह बोकेर ।
नयाँ वर्षको एक साँझ मलाई राजधानीको एक भव्य चिनियाँ होटलमा डिनरमा बोलाइन् । म समयभन्दा पहिल्यै पुगेछु, ठाउँ पो गलत परेछ कि भनी फर्किन लाग्दा सुजाता कपाल फैलाउँदै प्रवेश गरिन् । उनलाई देखेर म आश्चर्यचकित परेँ । समयले उल्टो खेल पो खेलेछ । उनी त पहिलेभन्दा दसवर्ष सानी पो देखिइन् । सायद फैशनले हो कि ? नयाँ वर्षको शुभकामना र अन्य कुराकानी चलिरह्यो ।

सोधेँ- “विनयसित के भो ?”

भनिन्- “एउटा गलत काम, एउटा गलत विराम, जिन्दगीको अर्थ कति घातक रुपले बदलिन्छ त्यो मैले बल्ल बुझें ।”
लामो समयपछि मैले सोधेँ- “अब यसपछि के सोच्नुभएको छ ?”

“जिन्दगी एउटा प्रयोग हो शरदजी । हेरौँ ।”

“हो र !”

मेरो प्रश्नले उनलाई आनन्दित तुल्याएछ र भनिन्- “तर पनि मेरो सूचीमा दुईवटा नाम अझै बाँकी छन् । पहिलो नाम सुधाकरको र दोस्रो तपाईंको…”

मेरो अनुहारको भावमण्डल नबदलिँदै तिनी जोडले हाँसिन् र आफ्ना हातको कोन्याक एक घुट्कामै सखाप बनाइन् ।
कथाकार के जान्दछ भने सुधाकर जत्तिकै कोन्याक पनि सुजाताको पहिलो प्रेम हो ।