Nabin Kafle – Samjhinchha U Ti Din

नविन काफ्ले अभि – सम्झीन्छ उ ति दिन

आमा अगेनामा मकैका रोटीहरुलाई पकाउदै थिईन्, उ बाहिर दलेनोमा बहिनीसँग खेल्दै थियो । एक्कासी डुमडुमको आवाज आयो बहिनी आमा आमा भन्दै रुदै भित्र दौडिई उ पनि आमा भएतिर दौडियो । दिउसो उसले गाँउमा देखेको थियो हतियार धारीलाई । उसका मनमा चिसो पसेको थियो दिन बाटै आज के हुने हो भनेर । लगातार एक घण्टासम्म त्यहि ड्याम ड्याम डुमडमको आवाज सुनीयो । उसलाई उसका बाले सुनाएको पौराणिक युद्ध कथाको याद आयो । मन भित्र डरका तिता डुसाहरु मौलाए ।त्यसपछि सारा गाँउ भरि हतियार धारीहरुको प्रवेश भयो । आमाले दिनभरी दुःख ले गरेको कामबाट थकित शरिरले छोरा छोरीहरुको आत्मसन्तुष्टि पुरा गर्नका लागि अगेनोमा बसेर मकैका रोटी हामीलाई दुधमा मोलेर खुवाउदै थिईन् । उ सानो थियो तर पनि जान्ने जस्तो गर्दथ्यो हरेक कुरामा । गाँउमा हतियार धारीहरुको प्रवेश भईसकेको छ भन्ने संकेत उसले आमालाई दियो । आमा आत्तिदै ढोका बन्द गर्दै थिईन् टाढैबाट एक जना हतियार धारीले त्यो घरको ढोका बन्द हुदै छ म त्यहि गए हामी आएको देखेर बाठा भईसके गाँउलेहरु यो त पक्कै पनि आर्मीकै घर हो छोड्न हुँदैन भन्दै दौडियो । आमा हतारमा भित्र दौडिदै दाईको फोटो लुकाउदै थिई उसले खोसिदियो । को हो भन भनेर झन् आतङ्कीत पार्न थाल्यो । आमा डराउदै मेरो छोरा हो बाबु भन्दै थिईन् । उ भने अगेनोको छेउमा आगोका गोलहरुसँग खेल्दै थियो । त्यहाँ केही नभए जस्तो गरेर । बहिनी आमाको गुन्यूको फेरोमा लुटिपुटी गर्दै थिई। हतियार धारीले बा खोई भनेर सोधिरहेका थिए । आमा केही समय सम्म ना जवाफ थिईन् , धेरै धम्काएपछि बल्ल मुख खोलिन् “मुगलान गएका छन् ” उनिहरुले दाईको फोटो देखाउदै यो काँ गयो भन् आमा रुन थालिन् दाईको कुरा निकाले पछि रुदै भनिन् खोई भागेर गएको हो आज सम्म घर आएको छैन । हतियार धारीले थर्काएर भन्यो “छोरालाई आर्मीमा हामी बिरुद्ध लड्न पठाउछेस् अझ रुन्छेस् ।”

अध्यारोमा आमाले उनिहरुलाई खाना बनाएर खुवाईन्। राति जाने बेलामा उनीहरुले भने अब हेर तिम्रो एउटा छोरो सरकारी पक्ष बाट लड्ने भईहाल्यो अब एउटा हाम्रो पक्षबाट लड्छ बराबरी हुन्छ । यसलाई हामी लगेर जान्छौ । उसकी आमा भक्कानीएर रुन थालिन् नाई बाबु बिन्ती छ यसलाई नलैजानु मर्दको नाँउमा घरमा यत्ति छ यो गयो भने हामी के गरौँला ।आमाको रुवाई झनै बढ्दै गएको थियो । उनीहरु भनी रहेका थिए देश र जनताको लागि लड्ने हो यहाँ कोही पनि आफ्नो लागि लड्न आएको छैन , केही समयको रुवाबासीबाट उनीहरुले उसको हात समाएर जाँउ भन्दै उठाए । त हिन आजबाट त पनि सामन्तबादका विरुद्धमा लड्छस् । आमाले उसको हात च्याप्प समातिन र रुदै भनिन् बावु न जाँ हामीलाई एक्लै छोडेर त गईस भने हाम्रो के हालत होला तेरा बा कति गुनासिएलान् न जा बावु न जा । आमाको कारुणीक रुवाईले उसका आँखाहरुमा आँशुका छालहरु एकै पटक उर्लेर आए र ति हतियार धारीको हात छुटाएर उ दौडिदै आमा भए तिर गयो र ग्वाम्मै अँगालो हाल्यो , आमाको काखको त्यो न्यानो भित्र दिल खुलाएर रोयो, आमा सुक्क सुक्क गर्दै नरो बावु भन्दै थिईन् हतियार धारीले पुनः हात समाएर तान्यो, विचरा उ आमाको काखमा मजैले रुनै पाएन । उसमा ति कलिला हातहरुलाई ठुलै भद्धा हातहरुको अईठन पर्यो । के गरोस् उ नचाहाँदा नचाहादै आमाको काख छाडेर देश र जनताको भलाईको लागि बाहिरियो ।

खै कता लिए त्यो निर्दोश बालकलाई । राति त्यस्तै १ बजे तिर सन्नाट रातमा कसैको घरमा लिएर सुताए । तिनिहरु त राम्रै सुते तर उ सुत्नै सकेन ,उसलाई मनमनै डर लागि रहेको थियो कहाँ लान्छन् कता जाने हो भनेर । माटोका भित्ताहरुको अडेस लागेर घर सम्झीरहेको थियो । उसका आँखामा उसको प्यारो गाँउ, पानी पँधेरो, खेतबारी, बहिनी, उसले पालेका ति साना साना कुखुराका चल्लाहरु, तल्लाघरे साईला बाजे जो सँग उ सबै भन्दा बढि जिस्कन्थ्यो , अनि गाँउ भरि उसको नाम जोडेर सबैले जिस्काउने उसकी बेलरुपा सबै भन्दा बढि उसले उसकी आमालाई सम्झियो । के थाहा उसलाई ति सबै उसका अतित बन्दै छन् भनेर , के थाहा उसलाई उ एक लडाकु कमाण्डर बन्दै छ भनेर ।

उसकी आमाका आँखाबाट अविरल रुपमा बगेका ति आँशुहरु भनि रहेका थिए “बावु न जा त तेरा ति कलम समाउने हातहरुले कसरी त्यति ठुलो बन्दुक समाउलास्, बन्दुक सँग कसरी खेलास्, ति बारुदका झिल्काहरु मा तँ कति डराउलास्, न जा बावु न जा । तर केही सिप चलेन उसकी आमाका ति अविरत आँशुहरुको लगेरै छाडे १५ बर्षे निर्दोश बच्चाहरुलाई ।

त्यस राती उसले तिनिहरुबाट भाग्नलाई धेरै संघर्ष गरेको थियो तर सकेन, सकोस् पनि कसरी बिचरा उसले नचिनेको गाँउमा थियो र उसलाई कता ल्याई पुर्याए भनेर थाहा थिएन । उसले त्यस राती आफै सँग एक बाचा गरेको थियो दृढ आशाका साथ । एक दिन उ अवश्य पनि आफ्नो गाँउ फर्कने छ आफ्नै घर खेतमा लोकभाका गाउदै उकाली ओराली गर्ने छ, फेरी पनि तल्लाघरे बाजे सँग जिस्कने छ , उसको नाम जोडिएकी बेलमायालाई आफ्नो बनाउने छ उसले र आमाका काखमा मजैले सुखको निन्द्रा पुर्याउने छ ।

उ त्यस्तै सोच्दा सोच्दै बिहान ५ बजे तिर निदाएछ । बिहान डाँडामा किरणहरु धकेला धकेल गर्दै अगाडि बढ्दै थिए। घाम पुरै एैठन परे जस्तै गरेर निसासिएको थियो । मधुरताबाट उन्माद उज्यालो तर्फ लम्किएका धिरमिर राता धर्साहरु पहाडको पहाडको टाउकोमा टेक्दै उफ्रीदै थिए । एक छापामारले उसलाई घचघचायो उठ् भन्दै उ जुरुक्कै उठ्यो आमाले उठाएजस्तै लागेछ उसलाई आमा भन्दै आँखा खोल्यो । उसको आमा शब्दले उसको अगाडी रहेको एक लडाकुले भन्यो “तेरी आमा घरमा छिन् अहिले तँ नेपाल आमाको काखमा छस् उठ अब जानेहो यहाँबाट ।” हरेक दिन उड्ने बित्तिकै उसले आमाको मुख नहेरेका दिन हुँदैन थियो तर अब उसले आमाको मुखको कल्पनामा मात्रै हेर्न पाउने छ । उसले मुख धोएर आउदै थियो उसलाई एक लडाकुले उ भन्दा पनि ठुलो राईफल समाउन दियो । त्यो राईफल समाई रहँदा खेरी उसले स्कुलका कागजको बन्दुक बनाएर चोर पुलीस खेल्ने ति साथिहरुलाई खुबै आद गर्यो । त्यही दिन देखि उसले कलम समाउने कलिला हातहरुले बन्दुक समायो ।
उसले अब साँचिकै एक अटोट गर्यो म यो सामन्तबादका बिरुद्धमा लडेरै यो देशको रक्षा गर्छु । म कहिल्यै पनि गलत बाटोमा हिड्ने छैन अन्याय र अत्याचारको बिरुद्धामा लड्ने छु । सत्यता र निश्पक्षताका हातहरु समाएर अगाडी बढ्ने छु , नेपाल आमाको रक्ष ागर्ने छु ।

त्यस दिन देखि उ एक छापामार बन्यो । उसले निधारमा रातो रंङको फेटा बाध्यो ।

उसलाई हिमाली क्षेत्रमा रहेको लडाकुहरुको क्याम्प नं. ३ तालिम केन्द्रमा भर्ना गरियो । उसलाई त्यहाँ १ वर्षे तालिमका लागि छाडियो । जिवनमा पढेर के के गर्छु भन्ने सोच बनाएको थियो उसले, जिवनलाई बेलमायाको मायाले बाँधेर काँ सम्म पुर्याउनु थियो , कति मिठो मिठो खाना खानै बाँकी थियो सुनौला गन्तव्यमा पाईला चाल्नु थियो तर आज आएर उसका ति सुनौला सपनाहरुलाई चैतमासको हावाले रुख ढाले जस्तै, धुलो उडाएजस्तै गरि ढालिदियो उडाईदियो ।

क्याम्पमा उ जस्ता नावालकहरु धेरै थिए । अब त उ पनि बानी परिसक्यो लाल सलाम भन्न । उसको तालिमको ६ महिना बितिसकेको थियो । उ तालिममा हुँदा सुरक्षित महशुस गरिरहेको थियो । उसले त्यहाँ साथिहरु पनि बनायो केटा केटी दुवै । एक दिन उसलाई खानाको लागि कमरेड अन्जलीको नेतृत्वमा बनमा तरुल र गिठा खोज्न पठाईयो । पुरै दिन भरि पनि उनिहरुले आफ्नो पल्टनलाई पुग्ने गरि खाना खोज्न सकेनन् । उसको त्यो कमाण्डमा सबै भन्दा सानो उ र कमाण्डर मात्रै थिए अरु सबै ठुलठुला थिए तै पनि कमरेट अन्जली कमाण्डर थिई किनकी उसमा साहस आँट अनि आईडिया थियो । कमरेट अन्जली र उसको उमेर विचमा २ वर्ष मात्रै फरक थियो उ कान्छो थियो । साँझपख पल्टनमा पुगेर दिनभरीको प्रगति विवरण दिदा पल्टनको कमाण्डरले खुवै थर्कायो सबैलाई दुईदिन सम्म पनि खाना नखाने गरि सजाए सुनायो । दुई दिनसम्म खाना नखाने सजायले उ झस्कीयो कसरी बाँचिन्छ दुईदिन सम्म पनि खाना नखाएर ।सुरु भयो उनीहरुको सजाय त्यसै दिन देखी । खै किन हो कमरेट अन्जली भाबुक भएर उसका छेमा नै सुत्न आई । उसको हात समाएर सुक्क सुक्क गर्र्दै रुन थाली उसले पनि उसका आँखामा आशु देखेर उ प्रति सहनशिलताको भाव देखायो । भोलीपल्टबाट उनीहरु एकले अर्काको ख्याल गर्ने भएका थिए ।

उसले आजसम्मको जिवनमा एउटै कुरा बुझको छैन , उसले आमालाई सबै भन्दा धेरै माया गर्छ तर किन उसलाई यस्तो हुँदैन जो कमरेट अन्जलीलाई केही समय नदेख्दा उसलाई हुन्छ । आखिर कस्तो अचम्मको कुरा पनि होईन अनौठै मान्नु पर्ने । उसले विस्तारै थाहा पाउदै छ उसले अन्जलीलाई माया गर्छु भन्ने कुरा । हुन त अन्जली पनि उसलाई माया गर्छे एक पटक उ बिरामी पर्दा सबै भन्दा बढि उसले नै ख्याल राखेकी थिई।
तालिम सकीएर उनीहरुलाई लडाईमै होमीदै थिईयो । जाजरकोट र जुम्लाको सिमा क्षेत्रमा उनीहरु तैनाथ थिए । लगभग उनीहरु एक हप्ताको सिमा क्षेत्र बसाईबाट उनीहरु जुम्लाको खलङ्गा क्याम्प हमलाको लागि प्रस्थान गरे । लगभग तिन दिन हिडेर उनीहरु खलङ्गा नजिकैको हिमाल छेउमा लुकेर बसे र त्यहीबाट तयारीमा जुटिरेहेका थिए ।
बच्चा हँुदा उसले कागजको बन्दुक चलाएर चोर समातेको थियो तर आज साँच्चिकै बन्दुक समाएर राज्यका विरुद्धमा लड्दै थियो । उसले तालिममा माओबादका धेरै कुरा पढेको थियो । विश्वका कम्न्यूटहरुको उदय कसरी भयो, किन उनीहरुले द्धन्द्धकै बाटो अपनाए, र जनतालाई सम्मान कसरी मुक्ति दिलाए यस्तै विविध । तत्कालिन सरकारको अन्याय र अत्याचार कति सहने, अनि कति सहने साहु महाजनको दबाव, रवाफ । यहि पिडाले उसका बा परदेशी भए र उसको दाई जागिरका नाउमा सेनामा भर्ति भयो । उसका मनमा आमाको खुबै आद आईरहेको थियो । आमा म आज जिवनको पहिलो यद्ध लड्दै छु उसले मन मनै आमालाई भनि रहेको थियो । डुम्म डुम्म फाएरको आवाज आयो उसको मन कापि रहेको थियो । फायर उसकै साथिहरुले गरेका रहेछन् । उसले पनि आफ्नो हातको बन्दुकमा गोली चेक गर्यो । लाईनमा बिचमा थियो उ तर सबै तेर्सो लाईनमा डाँडामा सुतेर निसाना लगाउँदै गर्दा उ छेउमा परेको थियो । मनमा जतिसुकै साहस भए पनि जंङका अगाडीको आट ठुलै हुने रहेछ । उसले ठुलो साहस लगेर पहिलो फाईरिङ गर्यो हातहरु कापिरहेका थिए उसका मन भड्कीएको थियो । यत्तिकैमा उताबाट लगातार फाईरिङ आयो ,छेउको साथि ड्याम्मै ढल्यो विचरा आमा पानी भन्दै थियो ,के गर्न सकेन उसले दौडियो अगाडी त्यो घाईतेको प्रवाह नगरी । खलङ्गा बजार माथिको त्यो डाँडाबाट उनीहरु दौडिदै क्याम्प नजिकै आईसकेका थिए । उ बन्दुक सोझाउदै अगाडि बढ्यो , बढ्दै थियो अकस्मात उसकै कन्चटमा बन्दुक तेर्सियो उ चुपचाप हतार हतार बन्दुक भुईमा राखेर हातहरु माथि उठायो र बन्दुक तेर्साउने तिर के हेरको थियो उसको मुखबाट फुत्कीयो दाई तँपाई । दाईले पनि भाई तँ । कस्तो अचम्मको भेट दुईभाईको दुवै कति बाध्यतामा छन् । तै पनि एउटै रगत भएर होला एकले अर्कालाई बचाउन थाले दुबैको मुखबाट निस्कीयो भागौँ यहाँ नबसौँ । उ दाईलाई बजारको एउटा घर नजिकै लगेर छाडेर त्यहाँबाट आफ्नो टिममा फर्कियो । त्यतिबेला सम्म मैदान सान्त भई सकेको थियो । तिला नदिमा उनीहरुले पानी खाए । निर्मल कन्चन त्यो पानीमा रक्ताम्मे भएका ति हात गोडा पखालेर त्यहाँबाट लुक्दै भाग्दै हिडे ।

देशै भरि ठुलो जमातमा संगठित भएर युद्धविरामको आह्वान गरिरहेका थिए । तर ति साना बस्तीहरुका दुःख उस्तै थिए , उस्तै थियो लाचारी सरकार । तर यसको बाटो युद्धबाट मात्रै होईन भन्ने उसले बुझी सकेको थियो । आखिर युद्ध गरेर के फाईदा हामी हाम्रै दाजुभाई लडिरहेका रहेछौ । मानवता हामीमा हराएछ । बुद्धको देशमा अंहिशा कत्ति पनि नसुहाएको उसले महशुुस गर्यो । उ यस्तै कुरामा धेरै बेर टोलाएर बसिरहेको थियो । कमरेट अन्जलीले उसलाई झस्काई ।

गल्ती ति नाजवाफ जन्ताको के थियो र सरकारी पक्षबाट अन्धाधुन्द गोली चलाईएको छ थिर्पुकोटमा । लडाकु कमान्डरहरु बस्छन् भन्ने निहुँमा । सरकारले बास्तविकता नबुझी त्यो सभ्य मानव बस्तीमाथि पशु अवतार देखायो । मान्छेका ति सिर्जना र विवेकले भरिएका मानसपटल, ति निश्पक्ष र निश्वार्थी आँखा, माया र संवेदनाले भरिपूर्ण मुटु, मुस्कानले भरिएका ति ओठहरु, शिल्पी हातहरु,लगनशिल र मेहेनेतीका पाईलाहरु दैत्यको अवतारले तहसनहस भए। आँधिको चपेटा र पिडा खेपेको खरे घर जस्तै भयो त्यो मानब बस्ती । पानीका धाराहरुको रङ रातो भयो । सबै रक्ताम्मे भयो बस्ती । भोली पल्ट समााचार आयो थिर्पुकोटमा दोहोरो झडमा परि लडाकुहरुको ज्यान गयो ।
उसलाई यस्ता अत्यााचार लाग्दा समाचारहरु सुनेर रिस उठेर आउथ्यो । बिचरा ति सभ्य बस्तीका मानिसहरु कसरी लडाकु भए , लडाकुको रिशले तिनिहरुमाथि अत्याचार भएको उसले महशुुस गर्यो । सरकारले बिद्रोहीको नाममा जनतालाई हेपेको छ , पछारेको छ , तर ति निश्वार्थ भावना बोकेका जनताको बारेमा सोचेको छैन ।
विद्रोहीको नाममा ज्यान गुमाउने ति परिवारका सेतो बस्त्रधारी नारीहरु र ति लालाबालाहरुको स्थिति अवस्था सम्झन्छ उसलाई डाको छोडेर रुन मन लाग्छ आत्म गलानी हुन्छ । कान्तिपुर र नागरिक दैनिकका फ्रन्ट पेजमा छापिएका ति अवला विधवा नारीहरुको विचल्लीका तस्वीरहरु सम्झन्छ ,झन् धेरै पिडा हुन्छ । सम्पतिको नाममा समाजमा रहेका कलंकहरुले गर्दा नै यस्तो अवस्थामा आईपुगेको उसको मनले स्विर्काछ । र उसलाई थाहा छ अब यो सामन्तबादको जरा धोटीएरै सकीदै छ तर कहिले सकिन्छ थाहा छैन ।

वि.सं २०६२ मंसिर महिनामा भएको १२ बुदे सहमतिले यद्धलाई केही हदसम्म नियन्त्रण गरेको थियो । यसै बिचमा २०६३ मंसिर ५ मा भएको सरकार र द्धन्द्धरत पक्ष बिचमा सधैका लागि बलिरहेको द्धन्द्धको आगो निभाउने सहमतीले साकार रुप पायो । देशमा शान्ति स्थापना भयो , मनमा हरेक दिन डर र तरास लिएर बाँचेका मुटुहरुले शान्तिले श्वास फेर्न पाएका छन् । अब त सबै स्वतन्त्र भए आजात पंक्षी जस्तै ।

द्धन्द्धमा होमीएका उ जस्ता धेरै आज आएर बेरोजगारी छन् जसको बाध्यता बिदेशीनु छ । द्धन्द्धको आगो निभेको ११ वर्ष भन्दा बढि भई सक्यो । यस बिचमा धेरै सरकार आए , गए तर उ जस्तालाई कुनै सरकारले फर्केर हेरेन । पढ्ने समयमा बन्दुक समाउन आमाका काखबाट लुछेर लगियो शन्ति स्थापना पछि तिनैलाई अयोग्य लडाकु नामको ट्याग टाँसीदियो सरकारले । देशमा शान्ति स्थापनाका खातिर लागे बाफतको पसिनाको मुल्य पैसमा नापेर घर पठायो । तैपनि उ जस्ता धेरैले मन बुझाएकै छन् ।

उनीहरु चाहन्छन् देशका हरेक चेलीहरु सुरक्षीत महशुस गरुन, जहाँ जाउन त्यही सम्मानीत र ढुक्क भएर बस्न पाउन् । बा आमालाई मेरा छोरा छोरी जता गए नि सुरक्षित छन् भन्ने महशुस होस् । कसैले पनि बिदेशीनु नपरोस् ।सरकारले सबैका पक्षमा बराबरी बकालत गरोस् , राजनीतीको मारमा कोही नपरोस् सुदुरका समस्यालाई पुर्वले र पुर्वका समस्याहरु सुदुरले समाधान गर्ने वातावरण होस् ।तराईको बाढिमा हिमालले सहारा दिन सकोस् र हिमालका पहिराहरुमा तराईले सहारा देवस्, महिला र पुरुष दुई जातिहरुले सँगै हातेमालो गरेर देश विकास गर्ने वातावरण बनोस् ।

Bishnu Bhandari – Bishwas

बिष्णु भण्डारी – विश्वास

घामका अन्तिम किरण पनि अस्ताइसकेका थिए ।
केहीबेर अघिसम्म उत्तरतिर देखिने सेतो हिमाल सुनौला घाममा चम्किँदै थियो । पहाडको उचो शिखर क्षितिज चुम्ने रहरले मुस्कुराएझैँ लाग्थ्यो । अहिले भने त्यहाँ त्यस्तो छैन । घुर्मैलो घुर्मैलो क्षितिजसँगै पहाड उदास ठडिएको छ । हिमालको अगलबगल वादलका स–साना टुक्राहरू तैरिँदै छन् । जसले गर्दा हिमाल पनि झरिलो र चम्किलो हैन फिका र निराश देखिएको छ ।
सदाझैँ आज पनि त्यो अनाम बाटोमा मान्छेहरूको ओहोर दोहोर बढेको छ । सहरसँगैको गाउँ । साँझको बेला यहाँ सधैँ यस्तै देखिन्छ । जानेभन्दा आउने बढी । कमिलाको ताँतीजस्तो । आउनेहरू प्रायः सबैले केही न केही समाएका छन् । एकाध मान्छेबाहेक सबैका हातमा पोकापन्तरा छन् । कसैको हातमा तरकारी त कसैको हातमा फलफूूल । कसैको हातमा सुफत मूल्यको चावल त कसैको हातमा छोराछोरीका लागि माया गरेर किनेको कापीकलम । अनि केहीको हातमा मासु त खोकिलामा जतनले लुकाएर राखेको सस्तो रक्सीको सिसी ।
मान्छे हिँडेका छन् । सयौँ वर्षदेखि जसरी हिँडे उसैगरी हिँडेका छन् । कोही मुस्कुराउँदै हिँडेका छन् । कोही थकित अनुहार लिएर फर्किंदै छन् । कोही पीडामा डुबेका छन् । कोही खुसीले गफिँदै छन् । कोही जीवनदेखि नै अघाएका छन् । कोही उदात्त जीवनको खोजीमा निस्किएका छन् । जो जीवनदेखि भाग्न खोज्छन् बाटो छेउ उभिएर उदास नेत्रले टाढा हेर्छन् । कोही उभिएर खुइय सुस्केरा हाल्छन् । जिन्दगीको भारि बोक्दाबोक्दा थाकेर होला प्रायः वृद्धहरू एक्लै एक्लै बरबराउँछन् । एक्लै एक्लै लडखडाउँछन् र सुस्त सुस्त बाटोबाट ओझेल पर्छन् ।
त्यही भीडमा हतारहतार गर्दै धनकुमारी पनि फर्किंदै छ । पुरेत बाजेले जुराइदिएको नाम हो यो । तर यो नामप्रति घृणा छ उसलाई । गरिबीले आहात् बनाएको छातीमा यो नामले च्वास्स घोच्छ । तर पनि यही नामले बोलाउँछन् सबै जना । ऊ फर्किंदा अरूहरूको जस्तो उसको हातमा पोकापन्तरा छैन । तरकारी र फलफूले भरिएको झोला छैन ।
ऊ आई र छोरोलाई सुमसुम्याई । छोरो लामो समयदेखि उसकै प्रतीक्षामा थियो । आमाको आगमनले ऊ फिस्स हाँस्यो । हाँस्दा पहेँला र फुक्क उठेका गालाबीचमा सेता दाँत हिमालजस्तै चम्किए । उसले नस्याहारिएको छोरोको कपाल मिलाइदिई । गाला सुमसुम्याई र म्वाइँ खाँदै भनी– ‘छोरो ! किन बाहिर ? हेर त लामखुट्टेको बथान ।’
‘मैले आकाश हेर्दै थिएँ आमा !’ उसले शान्त स्वरमा भन्यो ।
उसले सुनिन सायद । अथवा सुनेर पनि प्रतिक्रिया जनाइन । छोरोलाई लिएर भित्र गई र बत्ती बाली । बत्तीको मधुरो प्रकाशमा कोठा मुस्कुरायो । उसले खुइया सुस्केरा हाली र पोल्टाबाट बिस्कुट निकालेर छोरोलाई दिई ।
‘आमा ! तपाईंले पनि खानोस् न ।’ बिस्कुट खाँदै छोरोले भन्यो ।
‘मलाई भोक छैन छोरा ।’ उसले सुस्तरी भनी । हुन पनि उसलाई भोक थिएन । दिनभर ठेकदारकोमा सावेल चलाउँदा चलाउँदा ऊसँग भएको भोक मेटिएको थियो । दिउसो एककप चिया र आधा पाकेट बिस्कुट खाएकी हो उसले । त्यसपछि दिनभर गिटी र बालुवासँग कुस्ती खेलीरही । सँगै कामगर्ने साथीहरूले चाउमिन खाए । कसैले आलु र चना–चिउरा खाए । उसले त्यस्तो केही खाइन । एउटा बिस्कुट पनि आधा बाँधेर पोल्टामा राखी ।
‘रोटी खायौ नि दिपु ?’ स्टोभ सल्काउँदै उसले सोधी ।
‘खाएँ आमा !’ छोरोले छोटो उत्तर दियो ।
उसले खाना पकाई । छोरोलाई खाना ख्वाई र आफूले खाई । भाँडा माझ्दा र सरसफाइ गर्दा रातको नौ बजिसकेछ । छोरोलाई दवाइ ख्वाएर ओछ्यानमा ढल्किई ऊ । ढल्किएर सुत्दानसुत्दै उसको आँखामा उही फोटो प¥यो । जुन फोटो लामो समयदेखि सामुन्नेको भित्तामा झुन्डिएको छ । फोटोमा लोग्ने र आफूसँगै छोरो मुस्कुराउँदै उभिएको छ । नहेरूँभन्दा पनि सुत्ने बेलामा त्यही फोटोमा आँखा पर्छन् । कत्ति पटक त उसले त्यो फोटोलाई त्यहाँबाट हटाएकी हो । तर, स्कूलबाट आएपछि प्रत्येक पटक उही ठाउँमा राखेको थियो छोरोले । सायद उसलाई आमाको यो काम असह्य भएको थियो । उसले फोटोलाई उही ठाउँमा राख्दै भनेको थियो– ‘आमा ! मेरो बाबालाई यहाँबाट किन हटाएको ?’
उसले बत्ती निभाई । कोठा सुनसान गुफाजस्तो अन्धकार भयो । बाहिर भने भुस्याहा कुकुर भुकेको आवाज आउँदै थियो । निकै समय बित्दा पनि निद्रा लागेन । ऊ उठी र चुरोट सल्काई । सलाईको उज्यालोमा कोठा केही क्षण उजेलियो र फेरि अँधेरो भयो । उसले केही बेर बुङबुङ धुवाँ उडाई र सुती ।
‘आमा ! नीद लागेन ?’ केहीबेरको मौनतापछि छोरोले सोध्यो ।
‘अब निदाउनु पर्छ ।’ उसले सिरक मिलाई र छोरोलाई काखमा च्यापेर निदाउने प्रयत्न गरी ।
उसलाई थाहा थियो छोरो बाँच्ने छैन । बचाउन सक्ने छैन उसले । तर पनि ऊ बाँचेकी थिई । सङ्घर्ष गर्दै थिई । उसका बिगिँ्रदै गएका किड्नीले एकदिन काम गर्न पुरै छोड्ने छन् । ऊ मनभरि बाँच्ने अभिलाषा बोकेर मृत्युलाई अङ्गाल्न विवश हुने छ । छोरोको मृत्युसँगै उसले पतिको अन्तिम चिनो गुमाउने छ । आँखाको ज्योति गुमाउने छ । आशा र खुसी गुमाउने छ । यस्तै सोच्दासोच्दै उसका आँखा रसाए । केही समयमै आँखाबाट आँशुको मुल फुट्यो ।
‘आमा किन रूनु भएको ?’ आमाका आँसुुको स्पर्शले मर्माहत हुँदै छोरोले सोध्यो– ‘रोएर मलाई सन्चो हुन्छ र आमा ? डाक्टर अङ्कलले मलाई सन्चो हुन्छ भन्नुभएकै छ ।’ छोरोले अँध्यारोमै आमाका आँखामा हात पु¥यायो र आँसु पुछिदियो । यसपछि त झन आमाको हिक्का नै छुट्यो । उसले बलैले आफूलाई रोकी । आँसु पुछ्दै उठी र नजिकैको जग उठाएर पानी खाई ।
कोठा फेरि पनि सुनसान भयो । केहीबेरको सन्नाटापछि छोरोले सोध्यो– ‘आमा ! भन्नोस् न मलाई सन्चो नहोला र ?’

आमा काममा गइसकेकी छ । दिपु सदाझैँ पेटीमा बसेर टोलाउँदै छ । कहिले त्यो अबोध बच्चाले पारिपारि चम्किने क्षितिज हेर्छ । बेलाबेलामा उड्ने पन्छीका बथान देख्दा भित्रभित्रै रमाउँछ । कहिले बाटोमा हेर्छ । बाटोमा स्कुल जाँदै गरेका आफूजस्तै केटाकेटी देख्दा भने ऊ निराश हुन्छ । दिनक्कैजसो उसले यसैगरी बाटोमा हेर्छ । यसैगरी बच्चाहरू स्कुल जान्छन् । कोही रोएका हुन्छन् । कोही हाँसेका हुन्छन् । कसैलाई बुवाले बोकेका हुन्छन् । कसैलाई आमाले उचालेका हुन्छन् । कसैले डो¥याएका हुन्छन् । कसैले समाएका हुन्छन् ।
उसलाई पनि त बुवाले यसरी नै बोकेर स्कुल लैजाने गथ्र्यो । ‘पढेर असल मान्छे बन्नुपर्छ ।’ बाटोमा जाँदै गर्दा उसले भन्थ्यो– ‘पढ्यो भने गरिब पनि महान् बन्छ ।’ हो त नि कति माया गथ्र्यो बाउले ? कसरी राती सुतेपछि गाउँखाने कथा भन्थ्यो ? कसरी गरिब किसानले राक्षसको हातबाट राजकुमारीलाई बचायो ? अनि कसरी राजकुमारीले त्यही किसानलाई कमारो बनाई ? यस्तै यस्तै कथा सुनाउँथ्यो ऊ । कथा सुन्दासुन्दै ऊ बुवाको काखमा निदाउँथ्यो ।
अहिले भने त्यो सबै अतीत भैसकेको छ । उसको बाउ ऊबाट चुँडिएको पनि अब त पाँच वर्ष भयो । अहिले पनि बुवा आउनुहुन्छ कि भन्ने आशामा बाँचेका छन् यी दुई प्राणी । प्रत्येक दिन यतिखेर बाउको झझल्को बढेर आउँछ । खाना खानेबेला र सुत्नेबेला उसले बाउलाई नसम्झिएको दिनै छैन ।
पाँच वर्ष पहिलेको घटना सम्झिदा पनि ऊ झस्किन्छ । कसरी मध्यरातमा आएका थिए सैनिक ? कसरी उसको बाउलाई घिसार्दै लगेका थिए ? बाउलाई लैजादै गर्दा ऊ कसरी चिच्याएको थियो ? कसरी खाटबाट फाल हालेर बाउलाई समाएको थियो ?
अब त बुवालाई लगेको पनि जुगै पो भयो । त्यसपछि बुवाको केही खबर आएन । किन लगे होलान् उसको बाउलाई आधारातमा सैनिकले ? किन नफर्किएको होला उसको बुवा ? नराम्रो काम गर्नेलाई प्रहरीले समात्छन् भन्ने सुनेको हो उसले । तर उसको त्यति जाती र असल बुवाले पक्कै पनि नराम्रो काम त गरेन होला । उसलाई अझै पनि यस्तै लाग्छ ।
ऊ र उसकी आमा धेरै पटक बुवालाई खोज्न पुलिसचौकी गए । सैनिक छाउनी पुगे । तर, कहीँ पनि भेट्न सकेनन् बाउलाई । बदमासी नै गरेको भए पनि पुलिसचौकीमा त भेटिनुपर्ने । त्यहाँ नभए जेलमा त हुनुपर्ने । तर कत्ति खोज्दा पनि कहीँ भेट्टाउन सकेनन् । कहीँ नभेटिएपछि माया मारेर काममा लागेकी थिइन् आमा । यो सबै सोच्दासोच्दै उसको छाती चसक्क भयो । आँखाबाट आँसु बगे ।
‘ल, किन रोएको दिपु ? भात खाएको छैन, हो ?’ सँगै कोठामा बस्ने अन्टीले उसलाई सोधी ।
‘हैन अन्टी ! त्यसै ।’ उसले आँसु पुछ्दै छोटो उत्तर दियो ।
टोल छिमेकमा सबैले माया गर्छन् उसलाई । तर मायाले मात्र नपुग्ने रै’छ । उसका दुबै किड्नी बिग्रिएको महिनौँ भयो । फेर्न लाखौँ रूपियाँ लाग्छ । वेपत्ता परिवारको छोरो । कसले दवाई गरोस् ? कसले खर्चको जोहो गरोस् ? आमाले दिनभर कमाएको पैसाले कोठाभाडा तिरेर मुस्किलले खाना र दवाई खर्च जुट्छ ।
कमिजको फेरोले आँसु पुछ्दै उसले भन्यो– ‘अन्टी अब त मेरो बुवा फर्किनु हुुन्न होला हगि ?’
‘ए ! बुवालाई सम्झिएर पो रोएको तिमी ?’
‘हो अन्टी ! बाबाको सम्झना धेरै आउँछ ।’
उमेरले बच्चै छ ऊ । मात्र बाह्र वर्षको । तर असाध्यै ज्ञानी र इमान्दार छ । उसको तर्क सुन्दा ऊ बच्चाजस्तो लाग्दैन । यति सानैमा पनि कसरी आर्जन गरेको होला यति सुन्दर विचार ? उसका कुरा सुन्नेहरू यसै भन्थे । ऊ दिनभर कोठामै बस्छ । कहिले पढ्छ, कहिले सुत्छ र कहिले चित्र कोर्छ । अनि बिहान बेलुका विद्यालय जाने र फर्किने स्कुले केटाकेटीलाई हेरिरहन्छ । हेर्दा हेर्दै ऊ भित्तामा अढेस लागेर टोलाउँछ । बिमारीले क्लान्त र कमजोर ऊ सपनामा भने विद्यालयको चउरमा हुन्छ । साथीसँगै खेलमा सहभागी हुन्छ । उसलाई मन पर्ने खेल हो दौड । उसलाई दौडमा कसैले पनि उछिन्न सक्दैनन् । सबैलाई उछिनेर ऊ नै प्रथम हुन्छ । सबैले स्यावासी दिन्छन् । सबैले पिठ्युमा धाप मार्दै क्यावात भन्छन् । ऊ हर्षविभोर हुँदै घर फर्किन्छ । तर ऊ घर फर्किएर खुसी साट्न नपाउँदै घनघोर वर्षा हुन्छ । बेतोडले हुरी चल्छ । आँधीहुरीको प्रचण्ड धक्काले उसको निद्रा खुल्छ । विपनामा भने ऊ न दौडिन सक्छ न त हिजोको जस्तो खुसी नै बाँकी छ ऊसँग । मात्र पारि देखिने उही पहाड सधैँझैँ ठिङ्ग उभिएको छ ।

‘आमा ! तपाईं कति दुब्लाउनु भयो ?’ राती भात खाँदै गर्दा उसले सोध्यो– ‘तपाईंलाई सन्चो छैन क्यो आमा ?’
‘मलाई ठीक छ छोरा ?’ आमाले ऊतिर पुलुक्क हेर्दै संक्षिप्त उत्तर दिई ।
‘ठीक भए किन यसरी दुब्लाउनु भएको त ?’ छोरोले शङ्का व्यक्त गर्दै सोध्यो ।
यस पटक भने आमाले उत्तर दिइन । उत्तर भए पो दिनु । उसले धेरै दिनदेखि बुझ्न चाहन्थ्यो आमा किन यसरी दुब्लाउँदै छिन् ? आमाको बाहिरी दुःख त उसलाई पनि थाहा थियो । तर मनभित्र दन्किने चिन्ताग्निको उसलाई के थाहा ? उनको जीवनमा एकपछि अर्को गर्दै बज्रिँदै गर्ने घात प्रतिघातबारे उसलाई के थाहा ?
उसले सुत्ने बेलामा बिस्तारै भन्यो– ‘आमा सबैले गणतन्त्र आयो भन्छन् ।’
‘हो छोरा ! सबैले त्यसै भन्छन् ।’ आमाले पनि झनै सुस्तरी भनी । मानौँ यो कुरा कसैले सुन्न सक्छ । र, सुन्यो भने उपद्रव मच्चिन सक्छ ।
‘आमा ! हाम्रो बुवा अब फर्किनुहुन्न ?’ लामो समयपछि यसरी सोधेको थियो उसले । पहिले त आमा यस्तो अनपेक्षित प्रश्नले व्यकूल बनी । तर पनि ऊ संयमित बनी । उसले नै संयम गुमाई भने विरामी छोरोको हालत झन कस्तो होला ? सायद उसले यस्तै सोची र बिस्तारै भनी– ‘छोरा प्रतीक्षाको अन्तिम सीमा हो यो ।’
‘आमा ! के हाम्रो बाबाले राजाको विरोध गर्नुहुन्थो ?’
‘बुवा असल मान्छे हुनुहुन्थ्यो छोरा ।’
‘त्यसो भए उहाँ माओवादी हुनुहुन्थ्यो आमा ।’
ऊ बोलिन । के उसलाई थाहा थिएन र उसको लोग्नेले क्रान्तिकारी पार्टीमा काम गर्छ भन्ने ? थाहा भए पनि त्यो बच्चालाई कसरी भनोस् कि उसको बुवा क्रान्तिकारी भएकै कारण वेपत्ता पारियो । पाँच वर्ष वेपत्ता हुनु भनेको नफर्किनु हो । कोठामा सन्नाटा छायो । निकैबेरको मौनतापछि उसले फेरि भन्यो– ‘आमा मलाई थाहा छ अब हाम्रो बुवा फर्किनुहुुन्न ।’
‘कसले भन्यो यस्तो नचाहिने कुरो ?’ आमा अलि च्याट्ठिएको आवाजमा बोली । उसले देखाउन चाहन्थी ऊ जे बोल्दै छ सरासर झुट बोल्दै छ । फेरि ऊ मारिएको भन्ने पनि त एकिन थिएन । सायद उसलाई लाग्दै थियो उसको लोग्ने कुनै दिन फर्किने छ ।
‘मैले आज पत्रिकामा पढेको आमा ! हाम्रा बुवा नआए पनि हामी भने सुखी हुन्छौँ रे ! नयाँ नेपाल छिट्टै बन्छ रे आमा !’
‘पहिले पनि धेरैले त्यसै भनेका हुन् ।’ उसले अलि विस्मयमिश्रित स्वरमा भनी– ‘तर अहिलेसम्म कसैले भनेको पुगेको छैन ।’
‘आमा ! मलाई बाँच्ने धेरै रहर छ ।’
‘बाँच्ने मन कसलाई हुन्न र छोरा ? तर डाँडाको जून कतिञ्जेल चम्किन सक्छ ?’ नबोलूँ भन्दाभन्दै पनि उसले बोलिहाली । तर बोली टुङ्ग्याउँदा नटुङ्ग्याउँदै उसलाई बोलेकोमा पश्चाताप भयो । उसले आफैलाई घृणा गरी ।
‘हैन आमा ! निराश नहुनुहोस् न,’ उसले उत्तेजित हुँदै भन्यो– ‘के हाम्रा बाबाको बलिदान त्यत्तिकै खेर जाला र ?’
ऊ केहीबेर बोलेन । कोठा उसैगरी निस्पन्द टोलाइरह्यो । केहीबेरको मौनतापछि उसले फेरि भन्यो– ‘आमा म बाँच्ने छु । मलाई फेरि स्कुल जाने रहर छ आमा ।’
ऊ यसरी बोल्दा उसको पहेँलो अनुहारमा दुईटा आँखा चम्किए । उत्तेजनाले आँखाका कोस रसाए । उत्तेजनाले हो कि बोल्दाको थकाइले हो उसले छिटो छिटो स्वास लिने र छोड्ने गर्दै थियो ।
‘हो छोरा मलाई पनि साँझ नपर्दै अन्धकार फैलिएको देख्ने रहर कहाँ छ र ?’ आमाले लामो निस्वास छोड्दै भनी ।
‘आमा मलाई पनि तपाईंसँगै लैजानुहोस् न ।’ छोरोले आशान्वित नयनले आमालाई हेर्दै भन्यो ।
‘काँ छोरा !’
‘नयाँ बिहानको सुन्दर क्षितिज भेट्न ।’
‘छोरा ! क्षितिज पनि भेट्ने वस्तु हो र ?’
‘आमा त्यही त हाम्रो विश्वास हो । हामी यही आशा र विश्वासमा झुन्डिएर त सधैँ बाँच्ने गर्छौं । के भुल्नु भयो र बाबाले भनेको कुरो ?’ उसले छिटोछिटो दार्शनिक कुरो ग¥यो र आमाको अनुहारमा हे¥यो । सायद आमाको प्रतिक्रिया सुन्न चाहन्थ्यो ऊ । तर आमा नबोलेको देखेर उसले पुरानो कुरा सम्झाउँदै भन्यो– ‘आमा ! बुवाले भन्नुभएको थियो– जीवनदेखि हरेश नखानु धन । म फर्किने छु ।’
उसको बुवाले अन्तिम पटक यही भनेको थियो । ढोकानेरि पुगेर केहीबेर उभिएको थियो ऊ । अन्तिम पटक उनीहरूलाई हेर्दै बुवाले भनेको कुरा अझै पनि बिर्सिएको थिएन उसले । उसले यो कुरा सम्झाउँदा आमाको मुटु नराम्रोसँग दुख्यो । आमाले भित्तामा अढेश लागेर सजल नयनले बाहिर हेरी । झ्यालबाट टाढा टाढा देखिने क्षितिजको घेरा अन्धकारभित्र कतै हराएको थियो ।
‘आमा ! के मलाई मर्छ भन्नुभएको ?’ उसले अलि भावुक हुँदै भन्यो । सायद बोल्दाबोल्दै उसको गला अवरुद्ध भयो । ऊ अगाडि बोल्न सकेन ।
‘हैन छोरा ! म वर्षौंदेखि तिम्रै भरोषामा त बाँचेकी छु ।’ आमाले पनि भावुक हुँदै भनी ।
‘हो आमा ! म बुवाको सपना पूरा नभएसम्म मर्ने छैन ।’ उसले आमातर्फ फर्किएर यसरी भन्यो कि मानूँ मृत्यु उसको खटनमा आउने छ । कस्तो आत्मविश्वास ! एकछिन त आमा पनि हेरेको हे¥यै भई । केहीबेरको मौनतापछि उसले सुस्तरी भनी– ‘छोरा ! के त्यो बिहान हाम्रो खुसी बोकेर आउला र ?’
उसलाई लाग्यो आमा अविश्वास गर्दैछिन् । आमाले बाहिर फैलिएको अन्धकारलाई मात्र सत्य ठान्दैछिन् । भोलिको नयाँ र सुन्दर बिहानप्रति शङ्का गर्दैछिन् ।
उसले दृढ र मृदुल स्वरमा भन्यो– ‘आमा ! के त्यो रक्तिम क्षितिज हाम्रो बुवाको रगतले रङ्गिएको होइन र ?’
( दृश्यावलोकनः असोज, २०६६ )

Bishnu Bhandari – Charkiyeko Ghar

बिष्णु भण्डारी – चर्किएको घर

ऊ जाग्दा घाम निकै माथि आइसकेको थियो ।
उसले बार्दलीबाट सुदूर पूर्वको आकाश हे¥यो । वैशाख महिनाको आकाश धुम्म थियो । सबैतिर सन्नाटा फैलिएको थियो । ‘वसन्तको बिहान पनि कस्तो उदेक लाग्दो !’ उसले मनमनै सोच्दै चुरोट सल्कायो । चुरोटको धुवाँ गोलो आकारमा लहरिँदै आकासियो । उसले धुवाँको पर्दाले छेलिएको क्षितिज हे¥यो । हेर्दा हेर्दै हिजो मात्र बिताएका रमाइला क्षणको सम्झना आयो उसलाई । ती क्षण सम्झिँदा पनि भित्रभित्रै काउकुति लागेर आयो । तिन दिन पहिले अफिसको काम छ भनेर बाहिरिएको थियो ऊ । अफिसको काम त बहाना थियो । ऊ यसरी नै गर्लफ्रेन्ड च्यापेर रिसोर्टतिर लाग्थ्यो र मस्तरामको जिन्दगी बिताउँथ्यो ।
तिनदिन बिताएर हिजोमात्र घर आएको हो ऊ । घर आउँदा स्वास्नीले मुस्कुराउँदै स्वागत गरी । स्वास्नी खुट्टा भाँचिएर थला परेकी थिई । तरपनि हर्षित हुँदै बैशाखीको सहाराले उठी । सकिनसकी कान्छीसँगै मिलेर खाना बनाई । श्रीमानसँगै बसेर खाना खाई । लोग्नेको आगमनमा ऊ चञ्चल र रोमाञ्चित भएकी थिई । तर लोग्नेको अवस्था भने त्यस्तो थिएन । स्वास्नीलाई देख्दै निराश भएको थियो ऊ ।
उसको नागरिकताको नाम कृष्णहरि थियो । स्वास्नीले भने मायाले कृस भनेर संवोधन गर्थी । मोटो र थुलथुले शरीर त्यसमा पनि भाँचिएको खुट्टा । कृष्णहरिले आफ्नी प्रेमिकासँग स्वास्नीलाई दाँज्यो र नाक खुम्चायो । ऊ मोटी मात्र हैन कृष्णहरिभन्दा अग्ली र उमेरले जेठी पनि थिई । ऊ मोटी र जेठी भए पनि नराम्री भन्न मिल्ने खालकी भने थिइन । तर कृष्णहरिलाई लाग्थ्यो ‘काँ परीजस्ती गर्लफ्रेन्ड काँ यो ढेब्बरे ?’
तैपनि कृष्णहरिले सुत्नेबेलामा भनेको थियो– ‘यो संसारमा तिमीजत्तिको प्यारो वस्तु अरू छैन प्रिय !’ उसले यसो भन्दा स्वास्नी मुस्कुराएकी थिई । स्वास्नी केही बेर नबोली बसी । उसले फेरि पनि यस्तै कुरा गरेपछि भने उसले लोग्नेको अनुहारमा हेर्दै भनेकी थिई– ‘भो भो चेपारे घस्नु पर्दैन । लोग्ने मान्छेको के भरोषा ?’ हुन त उसले स्वास्नीलाई यसैगरी फुर्काउँथ्यो सधैँ । यसैगरी चेपारे घस्थ्यो र प्रेमिकासँग मस्ती माथ्र्यो । तर यसपल्ट भने अलि बढी नै माया गरेको स्वाङ गर्दै थियो ।
अर्को बिहान ऊ ब्युझँदा स्वास्नी अर्कोतिर फर्किएर सुतेकी थिई । यतिखेर सधैँ उठिसक्थी । कान्छीलाई चिया बनाउन लगाउँथी र लोग्नेसँगै नारिएर चिया सुर्काउँथी । मिठा मिठा कुरा गर्थी र रमाउँथी । तर आज ऊ उठिन । उठाउँदा पनि उठिन । बरु अझै कुनातिर ढेपिएर सुती । उसले मनमनै सोच्यो– ‘साँझ खाना खाएर सुत्दा त ठिकै थिई । के भएछ यो ढेब्बरीलाई ?’
त्यसपछि ऊ बार्दलीमा निस्कियो । चुरोट सल्कायो र विगततिर विचरण गर्न लाग्यो ।
विवाह गर्दा नै मोटी थिई ऊ । उतिखेर यही आइमाई कृष्णहरिलाई परीजस्तै सुन्दर लागेकी थिई । ‘सुन्दरता शरीरको मोटाइ र उचाइमा हैन व्यवहारमा पो झल्किन्छ ।’ उसले यस्तै सोचेको थियो उतिखेर । फेरि मोटी भए पनि सुन्दरतामा कुनै कमी थिएन । गोरो अनुहारमा बैँसालु मात । एउटै कक्षा र स्वतन्त्र परिवेश । केही दिनमै ऊ त्यो केटीसँग नजिकिएको थियो । सँगै क्यान्टिनमा बसेर चिया खाएको थियो । सँगै घुमेको थियो र सँगै सिनेमाहलमा गएको थियो । अझ सहरको सम्पन्न बाउकी एक्ली सन्तान । यो रहस्य थाहा पाएपछि त ऊ पागलजस्तै उसको पछि लागेको थियो । देवीलाई जस्तै दिनरात उसकै पूजा गर्न थालेको थियो । नभन्दै उसको पूजाबाट देवी खुसी भइन् । स्वास्नीमात्र हैन अकूत दाइजो पनि हात पार्न सफल भयो ऊ । तर समयक्रममा आज त्यही आइमाई उसलाई ढेब्बरी लाग्न थालेकी थिई ।
शनिवारको दिन ब्रेकफास्ट अलि ढिलै हुन्थ्यो । स्वास्नीका कारण आज झनै ढिला भएको थियो । पहिले त ऊ सञ्चो छैन भन्दै उठ्न मानिन । तर कान्छीले कर गरेपछि ऊ बिस्तारै उठी र बैशाखीको सहाराले सौचालय छिरी । उसका आँखाका डिल सुन्निएका थिए । रातभर रोएको जस्तो अनुहार फुङ्ग उडेको थियो । आँखा राता र निन्याउरा थिए । निराश अनुहारमा उदासी छाएको थियो । नास्तामा जुस र कफीबाहेक केही लिइन उसले । कृष्णहरिले नास्ता खाएपछि पत्रिका पढ्न थाल्यो । बीचबीचमा उसलाई पनि पढ्दै थियो । ‘कतै मेरो राम कहानी त थाहा पाइन यसले ?’ उसलाई शङ्काले गाँज्दै थियो । मनमा अनेक तर्कना आए । अन्तिममा ‘हिजो साँझसम्म थाहा नपाएकीले कसरी नै थाहा पाईहोली र ?’ यही सोचेर ढुक्क भयो ऊ ।
खाना तयार गर्दै थिई कान्छी ।
कान्छी पहिले कृष्णहरिको ससुरालीमा बस्थी र घरको काम गर्थी । पछि छोरीलाई हातसारो होस् भनेर बाउआमाले यता पठाइदिएका थिए । उसले बिहान बेलुका घरको काम गर्थी । दिउसो पढ्न जान्थी । भान्सामा पाकेको मिष्ठान्नको वासना बेडरूमसम्म आउँदै थियो । मिष्ठान्नको वासनाले हो कि कान्छीको आकर्षणले हो ऊ घरी घरी भान्सामा जान्थ्यो । सहयोग गर्ने निहुँ पार्दै कान्छीको भर्खरै फक्रिँदै गरेको जवानीलाई अङ्गालोमा कस्थ्यो र फेरि कोठामा आउँथ्यो । स्वास्नी ठुस्सिएर बसेकी थिई । ऊ बोलेकी थिइन । कृष्णहरि ऊसँगै बसेर उसको घुङ्रिएको कपाल खेलाउँदै भन्यो– ‘किन नबोलेको ? के भयो मेरो प्रियालाई ? भन न मेरी रानी ! सञ्चो भएन कि ?’ ऊ बोलिन । उसले केहीबेर यस्तै अर्थ न बर्थका एकतर्फी संवाद ग¥यो । सुन्तलाका केस्राजस्ता ओठमा म्वाइँ खायो र फेरि भन्यो– ‘तिमी नबोल्दा मलाई संसारै नरमाइलो लाग्छ प्रिय । बोलन ।’
अब भने त्यो आइमाइले आफ्नो टाउको कृष्णहरितिर फर्काई र सिंहिनीले झैँ हेर्दै भनी– ‘यो संसारमा मजत्तिको प्यारो वस्तु अरू छैन, हैन ? तिमीले भन्न खोजेको यही हैन ?’
‘बाफ रे कस्ता डरलाग्दा आँखा ! कस्तो हान्ने गोरुलेझैँ हेरेकी ! निश्चय पनि मेरो कृष्णलीला थाहा पाई यसले ।’ कृष्णहरिले मनमनै सोच्यो । ऊ एक पटक भित्रैदेखि काँप्यो । स्वास्नीको डरलाग्दो हेराइले ऊ यति कमजोर र त्रसित भयो कि पहिले त बोल्नै सकेन । केही समय यसरी नै बित्यो । अन्तिममा उसले डराउँदै भन्यो– ‘हो प्रिय…..।’
वाक्य टुङ्ग्याउन नपाउँदै ऊ हुत्तिएर पर पुग्यो । ‘भुइँचालो !’ कान्छी चिच्याउँदै भ¥याङतिर भागी । कृष्णहरि पनि कान्छीलाई पछ्याउँदै एकै झट्कामा बाहिर निस्कियो । अपाङ्ग स्वास्नीले ऊ भाग्दै गर्दा चिच्याएर सहयोगको याचना गरी । तर उसको आवाज न लोग्नेले सुन्यो न कान्छीले । केही सेकेन्डमै घरका छाना खस्न लागे । हेर्दा हेर्दै उसको घर माटोढुङ्गाको थुप्रोमा परिणत भयो ।
‘दिदी ! खै दिदी ?’ कान्छी चिच्याई । उसको त्रासदीपूर्ण आवाजले बल्ल उसलाई आफ्नी स्वास्नीको सम्झना भयो । ऊ यतिञ्जेल घरको खण्डहरमा पुरिइसकेकी थिई ।
सबैतिर हाँहाकार मच्चियो । एकैछिनमा ऊ बस्ने टोल खण्डहर बनेको थियो । मान्छेहरू रुँदै र चिच्याउँदै थिए । कसैले राम नाम जप्दै थिए भने कोही आफन्तलाई खोज्दै थिए । भाग्न सक्ने भागे नसक्ने भित्रै पुरिए । भग्नावशेषमा पुरिएकालाई टोलका युवाहरूले निकाल्दैै थिए । कान्छी चिच्याउँदै भत्किएको घरतिर दगुरी । ऊ बारम्बार दिदी भन्दै चिच्याउँदै थिई । तर घर यसरी भत्किएको थियो कि दिदी कहाँनेर छ भन्ने पनि ठम्याउन गाह्रो थियो । कान्छी सँगसँगै कृष्णहरि पनि आयो र भत्किएको घरलाई नियाल्न लाग्यो । केही समय पहिलेका स्वास्नीका डरलाग्दा आँखा सम्झियो । दस वर्ष पहिलेको प्रेम कहानी सम्झियो ।
कम्ता माया गर्दिनथी उसले कृष्णहरिलाई । ऊ पश्चिम पहाडको मध्यमवर्गीय परिवारको छोरो । न धन थियो न काठमाडौंमा अडिने ठाम । तर पढ्दा पढ्दै ऊ धनी बाउकी एक्ली छोरीसँग नजिकियो । सम्बन्ध बिस्तारै मायामा फेरियो । हेर्दा हेर्दै ऊ काठमाडौंको बासिन्दा बन्यो । वैंकको अफिसर बन्यो र कारमा हिँड्ने वर्गमा उक्लियो ।
‘नरो, रोएर आउने हैन क्यारे !’ उसले कान्छीलाई भन्यो र फेरि भग्नावशेषमा हेर्न लाग्यो । स्वास्नीलाई निकाल्न सक्ने संभावना कतै थिएन । केही समयमै माइती आए । आफन्त र छिमेकी आए । सबै रोए, चिच्याए । कसैले ढुङ्गा पन्छाए कसैले माटो । तर त्यो घरैघरले थिचिएको खण्डहरबाट बिचरीलाई निकाल्न सक्ने कसको औकात ! कृष्णहरि भग्नावशेषमा टुक्रुक्क बसेर ताजा स्मृतिमा हराउँदै थियो । एक मिनेटको धक्काले ऊ फेरि एक्लो र असहाय बनेको थियो । विगत सम्झिदा उसका आँखा रसाए । ऊ भग्नावशेषमा घोप्टिएर क्वाँ क्वाँ रोयो । त्यही ढेब्बरीले उसलाई राजधानीको बासिन्दा बनाएकी थिई । उसैको प्रयत्नले ऊ नाम चलेको बैंकको अफिसर भएको थियो । उसैको सम्पत्तिमा मोज गरेको थियो । र, ब्याचलर पढ्दै गरेकी चनमतेलाई गर्लफ्रेन्ड बनाएको थियो ।
उसलाई ससुराली, साथीभाइ र छिमेकीले सान्त्वना दिए । छोरीलाई भग्नावशेषमै छोडेर ज्वाइँनारानलाई साँझ घरमा लगेर राखे । तेस्रो दिन बल्ल उद्धार टोली आयो र भग्नावशेष पन्छाउन लाग्यो । यी तिन दिन कृष्णहरिका लागि तिन वर्षजस्तै भए । बीचबीचमा प्रेमिका आउँथी र नआत्तिन भन्थी । ‘किन निराश हुनु भएको ? म छु नि ।’ उसले ढाडस दिँदै भनेकी थिई । हुन पनि भूकम्प आएर राम्रै भएको थियो उसलाई । घर भत्किए पनि जग्गा र बैंक व्यालेन्स छँदै थियो । ससुरालीले दिएको महाराजगञ्जको घडेरी सुनजस्तै बहुमूल्य थियो । त्यही घडेरी बेचे पनि भव्य महल ठड्याउन सकिन्थ्यो । प्रेमिकाको मोडलको जस्तो सलक्क परेको शरीर र सम्पत्ति सम्झिँदा उसको मन बौरिएर आयो । उसले भूकम्प गएको अर्को दिनबाटै नयाँ सपना देख्न थाल्यो । उसले भत्किएको घरलाई पुनर्निमाण गर्ने छ । गर्लफ्रेन्डलाई नयाँ घरमा भित्र्याउने छ । आखिर एक दिन स्वास्नीसँग डिभोर्स त गर्नै पथ्र्यो । उसले यस्तै सोच्दै थियो । अकस्मात आएको हल्लाले उसको तन्द्रा भङ्ग भयो । छिमेकी, आफन्त र उद्धारकर्ताहरू ‘भित्रबाट आवाज आयो, मान्छे जिउँदै छ’ भन्दै चिच्याउँदै थिए ।
हेर्दा हेर्दै छरछिमेकी र आफन्तहरूको भीड लाग्यो । नभन्दै पाँच घन्टाको प्रयत्नपछि भग्नावशेषबाट उसकी स्वास्नीको जिउँदै उद्धार भयो । यो देखेर सबै खुसीले पागलजस्तै चिच्याए ।
कृष्णहरिकी प्रेमिका भने कालो अनुहार लगाउँदै बाहिरिई ।
कृष्णहरिकी स्वास्नीलाई अस्पताल भर्ना गरियो । ऊ केही दिनमै पूर्ववत् अवस्थामा आई । उसलाई खासै ठूलो चोट लागेको थिएन । भूकम्पले हुत्याउँदा ऊ भ¥याङतिर लडेकी थिई । तिन दिनसम्मको भोक र प्यासले असमान्य अवस्थामा पुगे पनि ऊ बाँची । धेरैले भगवानको लीला भने । कसैले लोग्नेको मायाले उ बाँच्न सकी भने । तर धेरैजसोले बाउआमाको आँसु पुछ्न ऊ बाँचेकी हो भने ।
उसलाई केही दिनको उपचारपछि डिस्चार्च गरिँदै थियो । अस्पतालमा आफन्तको भीड लागेको थियो । अचम्म त यो बीचमा ऊ लोग्नेसँग एकपटक पनि बोलेकी थिइन । ऊ सबैजसो समय टोलाएर बस्थी । ‘यस्तो भवितव्यमा पनि लोग्नेसँग किन नबोलेकी होली ?’ आफन्तका बीचमा खासखुस नचलेको होइन । तर यसको रहस्य ऊ बाहेक कसैलाई पनि थाहा थिएन ।
घर जाने दिन भने ऊ प्रफुल्ल देखिई । ‘सायद आफू जन्मे हुर्केको घरमा जान पाउँदा उसमा खुसी फर्किएको होला ।’ सबैले उसको उज्यालो मुख देख्दा यस्तै सोचे । गाडी चढेपछि उसले आफ्नो लोग्नेलाई नजिक डाकी । के हुँदैछ भनेर सबैजना झिरिप्प जम्मा भए । उसले एक पटक सबैजनालाई हेरी र गम्भीर हुँदै लोग्नेलाई भनी– ‘ल, बाई ! कृष्णहरिजी ! म त बाबाको घर जाने भएँ । तपार्इं पनि आफ्नो घर जानु होला ।’
‘आफ्नो घर जानु होला रे !’ कृष्णहरिले स्वास्नीको भनाइ नबुझेर उही वाक्य दोहो¥यायो । अरूहरू पनि उसको भनाइको तात्पर्य बुझ्न नसकेर हैरान भए । ऊ वाल्ल परेर हेरेको हे¥यै भयो । केही समयको मौनतालाई तोड्दै उसकी स्वास्नीले फेरि भनी– ‘म मान्छेसँग मात्र प्रेम गर्छु कृष्णहरिजी ।’
‘अनि ! के म अब मान्छे पनि रहिन ?’
‘तपार्इंभित्र मान्छे होइन सैतानले बास गरेको रहेछ कृष्णहरिजी । जसले घरकी स्वास्नीलाई होइन अरू कसैलाई प्रेम गर्छ ।’
‘अरू कसैलाई प्रेम गर्छ !’ कृष्णहरि रातोपिरो हुँदै भकभकायो ।
‘हो कृष्णहरिजी ! भूकम्पको रात तपाईंको फोनमा गरिएको च्याट हेर्नुहोला । तपाईंको मोवाइलमा त्यो संवाद अझै पनि सुरक्षित हुनुपर्छ । अनि तिन दिन रिसोर्टमा बिताउँदाका तस्विर पनि अझै सुरक्षित होलान् ।’ उसले लोग्नेको अनुहारमा हेर्दै भनी । मानौँ उसले लोग्नेको हैन चोरको अनुहारमा हेर्दै छ ।
‘भूकम्पको रात म तिमीसँगको विछोडले अर्धचेत थिएँ । कोसँग गरेको संवाद हेरूँ मैले ।’ कृष्णहरिले सकभर आफूलाई इमान्दार देखाउने प्रयत्न गर्दै भन्यो । बाहिर त ऊ ठिकै देखिन्थ्यो । भित्र भने उसको सर्वाङ्ग चिसो भएको थियो । नजिकै आउँदै गरेको भयङ्कर त्रासदीको आशङ्काले ऊ यसरी गल्दै गएको थियो कि बोल्न पनि कठिन हुँदै थियो ।
मेरो जीवनमा भूकम्प एघार गते राती एघार बजेर छपन्न मिनट जाँदा गएको थियो कृृष्णहरिजी ।’ स्वास्नीले फेरि अर्को झटारो हानी ।
‘एघार गते ? त्यो पनि राती । तिमी होसमा त छौ ?’ कृष्णहरिले अलि टाठो आवाजमा प्रतिवाद गर्न खोज्यो । तर त्यो आवाज यति कमजोर प्रतीत हुँदै गयो कि मान्छेको सन्नाटामा तुरुन्तै गायब भयो । यसको ठाउँमा उसकी स्वास्नीको आवाज झनै बलसाली भयो । हुन त ऊ सुस्त सुस्त बोल्दै थिई तर उसका प्रत्येक शब्द बमजस्तै भयङ्कर आवाजमा पट्किँदै थिए ।
‘म पूर्ण होसमा छु ।’ उसले कृष्णहरिलाई एकटकले हेर्दै भनी । मानूँ लामो समयदेखि उसले लोग्नेलाई हेर्न पाएकी छैन । उसको हेराइमा रोषभन्दा पनि घृणा मिसिएको थियो । बोल्दै गर्दा उसका ओठ कहिले थरथराउँथे कहिले मुस्कुराउँथे । मुस्कान व्यङ्ग्यले भरिएको थियो । घृणा र व्यङ्ग्य मिश्रित अनुहार रापिएको थियो । उसले केहीबेर लोग्नेको अनुहारमा हेरी र फेरि भनी– ‘मेरो जीवनमा महा–भूकम्प बाह्र गते दिनको एघार बजेर छपन्न मिनेट जाँदा गएको थिएन । त्योभन्दा ठिक बाह्र घन्टा अघि गएको थियो । जतिखेर म तपाईंकी गर्लफ्रेन्डसँग च्याटमा थिएँ ।’
‘च्याटमा थिएँ !’
‘हो कृष्णहरिजी ! तपाईंको सेलफोनमा फेसबुक लग इन थियो । मलाई थाहा थिएन मान्छे यतिविघ्न नीच र बेइमान पनि हुनसक्छ भन्ने । उसले तपाईंलाई म्यासेज पठाएकी थिई । तर त्यसको प्रतिउत्तर मैले दिएँ र सारा रहस्य पत्ता लगाएँ । त्यो संवादले मेरो जीवनमा दश रेक्टरको भूकम्प गएको थियो ।’ ऊ यसरी बोल्दै गर्दा केहीबेर शान्त भई । उसलाई बोल्न पनि कठिन महसुस हुँदै थियो । सायद शारीरिक र मानसिक वेदनाले ऊ कमजोर भएकी थिई । तर पनि ऊ बोल्दै थिई । उसले लामो निश्वास छोडी र फेरि कृष्णहरिको अनुहारमा हेर्दै भनी– ‘भूकम्पले भत्किएको भन्दा चर्किएको घर बढी खतरनाक हुन्छ । चर्किएको घर आखिर छोड्नै पर्छ । हैन र कृष्णहरिजी ?’
‘यो संसारमा तिमीजत्तिको प्यारो वस्तु अरू छैन प्रिय ! तिमीसँग संवाद गर्ने महिला तिम्रो दुश्मन पनि त हुन सक्छे ।’ कृष्णहरिले लत्रिएको स्वरमा आफ्नो बचाउ गर्दै भन्यो ।
‘हो, तपाईंले ठिक भन्नु भयो । त्यो मध्यरात मसँग संवाद गर्ने महिला मेरो दुश्मन हो भन्नेमा म पूर्ण सहमत छु । सौताभन्दा ठूलो दुश्मन महिलाका लागि अरू को नै हुन सक्छ र !’ उसले केहीबेर निवर्तमान हुँदै गरेको लोग्नेको अनुहारमा घृणापूर्वक हेरी र फेरि भनी– ‘भूकम्पले चर्किएको घर र सौता उस्तैउस्तै हुन् कृष्णहरिजी ।’
(नागरिक दैनिक ः जेठ, २०७२)

Krishna Kusum – Sextoys Ko Karamat (Nepali Story)

कृष्ण कुसुम – सेक्सटोयजको करामत (नेपाली कथा)

“नमस्कार !”

एकाएक नमस्कारको आवाजले झस्कायो र हेरें । अगाडि दुबै हात जोडेकै स्थितिमा मूर्तिवत् खडा थिई ऊ ।

बाहिरको मौसमजस्तै अँध्यारो चिर्न सोधें “बस किन आयौ एकाबिहानै ?”

भनी, “एउटा लडाईँ लड्नुपर्‍यो ।”

“कस्तो लडाइँ ?”

“स्वतन्त्रताको । अधिकारको लडाइँ ।”

ऊ पनि एउटी महिलावादी नेतृ नै हो भन्नेसम्म थाहा थियो तर कुन पार्टी कि हो थाहा थिएन मलाई ।

अनुमान लगाएँ – माओवादी रै,छ र आन्दोलनको कुरा गर्दैछे ।

“त म के गरुँ ?”

“सहयोग ।”

आजभोलि माओवादीहरु पनि यसैगरी सहयोग माग्न आइरहेका हुन्छन् राष्ट्रियताको आन्दोलन गर्न भनेर । त्यसैले आफ्नो अनुमान पुरापुर मिलेको ठानें ।

अब अलि सतर्क भएँ र जिज्ञासा राखें- “के सहयोग खोज्दैछौ मसँग ?”

“एउटा मुद्दा लडिदिनु पयो मेरो पक्षमा ।” ऊ एकै सासमा बोली, “मेरै लोग्नेको विरुद्वमा ।”

अन्यौलमा परें । मैले सोचेभन्दा बिल्कुलै फरक कुरा सुन्दा ।

एउटा वकिलको घरमा एकाबिहानै कुनै वादी प्रतिवादी आउँदा खुसी लाग्नुपर्ने हो पेशाको हिसाबले । तर खुसी हुन सकिन । घोर अचम्ममा परें । अचम्ममा पनि किन नपर्नू र ? प्रेम विवाह गरेको ३,४ बर्षको अवधिमा एउटी महिला आफ्नै श्रीमान्को विरुद्ध मुद्दा लड्ने तयारीमा छे । त्यही पनि विदेशमा रहेको मान्छेसँग ।

भनें – “मुद्दा लड्न मिल्दैन । तिम्रो श्रीमान् त विदेशमा छ कसरी लड्छौ ?”

“हैन आइसक्यो” उसले बताई “एक महिना भो र्फकेको ।”

“उसलाई भन मैले भेट्न खोजेको छु ।” म उनीहरुको सम्बन्ध सुधार्ने मनसायमा बोलें । पछि भेट्ने शर्तमा ऊ फर्किई ।

हुन त मैले आफ्नै खुट्टामा बञ्चरो हान्दै थिएँ । एउटा आफ्नो हातमा आएको मुद्धा नलडी मिलापत्र गर्न खोज्दैछ । काम नहुँदा परिवारको छाक टर्थेन तर पनि पैसा नै मात्र ठूलो हो भन्ने लागेन मलाई । मानवता भनूँ वा संवेदनशीलताले जित्यो फेरि एकपटक । १-२ पटक मैले यसैगरी मुद्दा लड्न आएकालाई मिलाएर पठाइसकेको छु यसअघि नै । त्यसैले मेरा अरु साथीहरु समय समयमा जिस्काउँथे- “तपाईं म्यारिज व्युरो खोलेर बस्नुपर्ने मान्छे, छोड्दिनोस् यो वकालत गर्ने पेशा ।”

दुई दिनपछि आयो उसको श्रीमान् मेरो घरमा । ऊ विस्तारै बिरालोको गतिमा भित्र छिर्‍यो र टुसुक्क छेउमा बस्यो । टिभी हेर्दै थिएँ त्यो बेला म । आधा घण्टाको बहस नसकिउन्जेल मैले उसलाई खास केहि रेस्पोन्स गरिन । बीचमा अलिअलि याद गर्दै थिएँ उसको गतिविधि । त्यो आधा घण्टाको समय बिताउन उसलाई यति छट्पटि भयो कि मानौं त्यो आधा महिनाको समय हो । विवशताको भारीले थिचिएर उठ्न नसकेको जस्तै थियो उसको शिर । टि.भी.मा आइरहेको बहस सकिएपछि यसरी लामो सास फेर्‍यो कि लाग्थ्यो ठूलै समस्याबाट उम्किएको होस् ऊ । टि.भी. बन्द गरेर उतिर ध्यान केन्द्रित गरें । अब भने अलि चहकिलो अनुहारले आशातीत नजर डुलायो मतिर ।

सोधें, “कैले आयौ विदेशबाट ?”

“एक महिना भो ।”

“बिहे गरेको तीन वर्ष भो । दुई वर्ष त विदेशमै बितायौ । अब आउनासाथ डिभोर्स चाहियो हैन ?” अलि कठोर ढंगले प्रस्तुत भएँ म ।

“हैन म डिभोर्स चाहन्न ।”

“तिम्री श्रीमती चाहन्छिन् डिभोर्स त । आफ्नो स्वतन्त्रताको रक्षा गर्न रे । तिमीले त अरुको स्वतन्त्रता लुट्न पाएकै छौ किन चाहन्थ्यौ त ?”

कागती निचोरेको जस्तै भयो उसको अनुहार । मलिन स्वरमा भन्यो, “मेरो केही गल्ती छैन । डिभोर्स गर्न चाहन्न । र, एक्लो बाँच्न पनि सक्दिन म ।”

म वास्तविकता जान्न उत्सुक भएँ । सोधेँ, “के कारणले विग्रह आयो तिमीहरुमा ?”

“बढी माया गर्दा र बढी बुझक्कड बन्दाको परिणाम हो यो ।” यत्ति बोल्यो र टोलायो एकछिन । जे कुरा नि ठिक्क हुनुपर्दो रहेछ ।” फेरि मुख फोर्‍यो – “मेरो माया अलि बढी नै भएछ सायद ।”

“बढी मायाले त सम्बन्ध झन् गाढा हुनुपर्ने हैन र ? के हावादारी कुरा गर्छौ ??”

“हावादारी हैन, कुरा त्यस्तै छ ।”

“स्पष्ट भन । किन जिब्रो चपाउँछौ ?”

“हो हजुर मैले प्रेमपूर्वक श्रीमतीलाई दिएको उपहारले नै मलाई यो गतिमा पुर्‍यायो ।”

“अचम्म ! के दियौ र त्यस्तो उपहार जो तिमीभन्दा पि्रय भयो तिम्री श्रीमतीलाई ?”

“सेक्सटोयज ।” उत्तरमा बोल्यो ऊ ।

“हृवाट ?”

“एस सेक्सटोयज । म अघिल्लोपटक नेपाल आउँदा ल्याइदिएको थेँ । मेरो अनुपस्थितिले नपिरोलोस् भनेर ।” अब धारावाहिक रुपमा प्रस्तुत भयो ऊ , “तीन-चार वर्षअघि देखिको प्रेमलाई बिहेमा बदल्यौं । अब खाने मुख एउटा मात्र रहेन, एउटाबाट दुइटा भइसकेको थियो । शहरको महंगीको उकालो लाग्दै गरेको ग्राफलाई थेग्न सक्ने कमाई भएन मसँग । एक-दुईर्षपछि त छोरा छोरी पनि होलान् झन् कसरी गर्जो टार्ने हो ? यस्तै सोचाईले सताइरहन्थ्यो । घरपरिवारबाट कत्ति पनि सहयोग थिएन । आखिर परिवारसँग विद्रोह गरेर गरेको विवाह न पायो हाम्रो । त्यसैले विवाह गरेको एक बर्षमै उनलाई एक्लै छोडेर विदेश भासिएँ, भविश्यको खुसीको लागि भनेर ।”

ऊ अझ भावुक बन्यो । उसको स्वर गहिरो इनारमा ढुंगा खसाले जस्तै भासिँदै गयो, “एकसाँझ दुइजना यही र यस्तै विषयमा कुरा गर्दै थियौँ । यसरी कमजोर नबन अमन । अभावसंग/समस्यासंग भाग्ने हैन । डराउने र हडबडाउने पनि हैन रत्ति पनि । जुध्नुपर्छ बुझ्यौ ? म छु नि तिम्रो साथमा किन चिन्ता लिन्छौ ? केहि समय दुःख गरौं नियति नै यस्तै रहेछ भने किन सुर्ता गर्नु ? केही न केही उपाय चलिहाल्ला नि । बरु साथीभाइहरुसंग सरसापट गरेरै भए पनि एक-दुई वर्ष विदेशतिर जाऊ । म त तयार छु तिम्रो खुसीको लागि तिमीबाट टाढिएर बस्न पनि । आखिर जिन्दगीभर खुसीले बाँच्न पाइन्छ भने केही समयको पीडालाई हाँसेर पचाउन किन आनाकानी गर्नू ?” उनको यस्तो सल्लाहले पनि उर्जा थप्यो ममा । मन मुटु यतै छोडेर शरीर मात्र लिएर गएको हुँ पराई ठाउँमा ।

“अनि ?”

“समाज र परिवारको चुनौती सहेर गरेको घरजम, नवविवाहित यौवन अवस्थाकी श्रीमतीलाई छाडेर आउँदाको विछोडको पीडा साह्रै गाह्रो भो सहन । हरक्षण, हरपल मन भने नेपालमै हुन्थ्यो मेरो । यसै कारण गएको एक वर्षमै दुई महिनाको छुट्टी लिएर नेपाल फर्कें । साथमा केही पैसा थियो र श्रीमतीका लागी विदेशी गिफ्ट पनि । विदेश रहँदा जुनुको अनुपस्थितिले खुव पिरोलेको थियो मलाई । त्यसैले उनको मर्म पनि यही हो भन्ने लाग्यो । त्यही बुझाईले उनलाई सहज होस भनेर त्यतिबेला नै ल्याईदिएको हुँ ‘सेक्सटोयज’ ।

मैले विदेशबाट ल्याएका सबै पैसा र उपहारका सामानहरु आएकै समयमा तुरुन्तै जुनुलाई सुम्पें । तर यौटा चिज चैं ‘सरप्राइज गिफ्ट’ दिन लुकाएर राखें । जाने अघिल्लो रात ‘जुनु तिम्रो लागि मैले विदेशबाट स्पेशल गिफ्ट ल्याइदिएको छु । लौ लिऊ तिम्रो उपहार’ भन्दै त्यही सेक्सटोयस दिएँ । शुरुमा एकछिन त अलमलिइन् उनी । पछि सम्झाएँ ‘आखिर चाहना मार्न सकिन्न, म बुझ्छु तिम्रो विवशता । कम से कम हामी एक अर्काप्रति इमान्दार हुनु पर्‍यो । सब ठिक हुन्छ कि कसो ?’ यसरी विदा भएको थिएँ । अघिल्लो पटक घरबाट ।”

‘ओहो कति राम्रो सोच, कस्तो असल बुझाई तैपनि समस्या के मा ?’

‘मैले अघि नै भनें नि’ फेरि प्रसंग जोड्यो उसले ।

‘त्यही सरप्राइज गिफ्ट नै बन्यो हाम्रो सम्बन्ध विगार्ने कारण ।’

विदा सकिएर गए पछि दैनिक जसो भएको फोनको कुराकानीमा खुब खुशी पाउथें म उनलाई । झन् बढेको थियो प्रेम, विस्वास र समर्पण एक अर्काप्रति ।’

म तिनछक्क परें- ‘प्रेम, विस्वास र समर्पण बढ्नुको परिणाम कसरी डिभोर्सको चाहना हुन सक्छ !’

भनें- ‘तिमीले भनेको प्रेम, विस्वास र समर्पणका कुरा झुट कि तिम्री श्रीमतीको डिभोर्स गर्न चाहना झुट ?’

‘त्यही त हजुर भन्दै छु नि’ ऊ किन सुन्थ्यो र मेरो कुरा । थप प्रस्ट्याउन थाल्यो, ‘पोहोर आउँदाको पैसाले एक टुक्रा घडेरी किनिछिन् जुनुले । यसपालि ल्याएको पैसाले सामान्य व्यापार गर्न प्रयोग गरौंला भन्ने सोची अब विदेश नजाने मनसायले आएँ । खुब उत्साहित थिएँ म । हाम्रो सपना थोरै भए पनि साकार भो भनेर । आएको चारपाच दिनमै सबै सपना धुमिल भए मेरा । सोचेको सुख कता हरायो कता ? एक्कासि आँधीवेहरीले उडाएर लगेजस्तो पो भए ती सब कुराहरु । चट्याङले लथालिङ्ग बनाए जस्तो हुन लाग्यो भविष्यका योजनाहरू….।’

‘के भो र चार पाच दिनमै त्यस्तो ?’

कसरी भनु हजुर यस्तो कुरा ? हुन त सबै कुरा यसैले नै बिग्रेपछि कि लुकाउनु ? कलह सुरु भो आएकै भोलिपल्टबाटै । दुई/चार दिनपछि उग्र रुप लियो । आएको रात व्यापार व्यवसाय, सन्तानलगायतका विषयमा भविष्यका योजना बनाइयो । एक वर्षपछि आफ्नो पि्रय मान्छेसँग भएको भेट, एक अर्काको न्यानो अंगालोमा बेरिदा आफैंलाई भुलेर हराइयो ।

भोलिपल्ट विहानै मैले एउटा नमिठो कुरा सुन्नु पर्‍यो । उनी मप्रति असन्तुष्ट थिइन् । यो कुरा मुखै खोलेर भनिन्, ‘अब त जुन प्लेजर मैले भाइव्रटरबाट पाएकी थिएँ । त्यो तिमीबाट पाउन सकिन ।’

अब मलाई पहाडले थिचेजस्तो भयो । संसार सबैतिर अध्यारोले मात्र ढाकेजस्तो भयो । भर्खर मार हानेको खसीजस्तो छटपटाइरहेको थिएँ । एकदम अशान्त थियो मन । त्यहीबीच मेरो दिमागमा झिलिक्क आइडिया फूर्‍यो र तत्कालै केन्दि्रय परिवार नियोजनको परामर्श हटलाइनमा फोन गरें । त्यसपछि समस्या समाधान होला भनेको त समस्याको शुरुवात बल्ल पो भयो त हजुर ।’

‘कसरी नि ?’

‘सेक्सटोयस विगारी दिएपछि खुब रिसाइन् । मैले उनको स्वतन्त्रता लुटें रे । इच्छा र चाहना मार्न पर्‍यो रे । भनिन्- ‘तिम्रो खुशीको लागी आफ्नो स्वतन्त्रता र खुशीको बली चढाउन सक्दिन अमन ।’

यसरी नै उठेको हो विवाद हामीबीच, जुन हजुरसम्म आइपुग्यो । तर म विलकुल तयार छैन डिभोर्स गर्न र एक्लै जीउन । म मेरो प्रेम गुमाउन चाहन्न । म चाहन्छु डिभोर्स पेपरमा मेरो होइन, मिलापत्रमा उनको हस्ताक्षर गराई सहयोग गर्नु हुनेछ ।’

‘हुन्छ । केही उपाय गरुँला । तर दुई/चार दिन समय देऊ मलाई ।’ मैले आश्वसनको भाषा बोलें । ऊ ठूलो आशा बोकेर फक्र्यो ।

केही दिनपछिको एक दिउँसो न्यूरोड खिचापोखरीतिर हिड्दै थिएँ । एक्कासि कुनै नारी स्वरले बोलायो । यताउति फर्केर हेरें । बोलाउने व्यक्ति उही थिई जुनु ।

‘कता गएर ?’

‘यहीँसम्म ।’ दि कण्डम हाउसतिर फर्केर हल्का मुस्कुराउदै बोली ‘एउटा सामान किन्नु थियो र आकी ।’

उसको हातमा झुण्डिएको सामान नियालें । थाहा पाएँ । ऊ त्यहाँबाट कृतिम यौनाङ्ग किनेर फर्किन लाग्दै थिई ।

मैले सामान नियालेर हेरेपछि केही असहज मान्दै प्रसंग बदली- ‘के भो मेरो कुरा ? म अब धेरै कुर्न सक्तिन । आजै फाइनल होस यो कुरा ।’ ऊ निर्देशन दिएझैं गरी बोली । मैले तुरुन्तै उसको श्रीमानलाई फोन गरेर मेरो घरमा बोलाएँ र उसलाई पनि संगै लिएर गएँ ।

‘के चाहन्छौ ?’ मैले दुबै जनालाई पालैपालो प्रश्न गरें ।

‘प्रेम, विश्वास र समर्पणसहितको सुदृढ सम्बन्ध’ अमन बोल्यो ।

‘तिमी नि ?’ जुनुतिर संकेत गरे ।

‘स्वतन्त्र जिन्दगी । त्यसको लागि डिभोर्स ।’

‘ऊ त डिभोर्स चाहँदैन नि । सुनेनौ अमनको कुरा ?’

‘सुनें तर मेरो पनि त कुरा सुन्नु भो होला नि ? किन सधैं पुरुषको कुरा मात्र सुनिन्छ ? र ओझेलमा पारिन्छ हामी नारीका कुरा ?’ उल्टो मलाई नै प्रतिप्रश्न गरी ।

मैले केही नबोल्दै फेरि बोल्न थाली, ‘म आफ्नो जिन्दगी स्वतन्त्रतापूर्वक जिउन चाहन्छु । हो हामीले प्रेम विवाह गरेका हौं र मैले उसका हरसुखदुःखमा साथ दिन्छु भनेको पनि हो ।

समाप्त

Krishna Kusum – Divorce [Nepali Story]

कृष्ण कुसुम – डिभोर्स (नेपाली कथा)

‘नमस्कार !’ एकाएक नमस्कारको आवाजले झस्कायो र हेरें । अगाडि दुबै हात जोडेकै स्थितिमा मूर्तिवत् खडा थिई ऊ । बाहिरको मौसमजस्तै अँध्यारो चिर्न सोधें ‘बस किन आयौ एकाबिहानै ?’ उसले भनी, ‘एउटा लडाईँ लड्नुप-यो । कस्तो लडाइँ ?

स्वतन्त्रताको । अधिकारको लडाइँ । ऊ पनि एउटी महिलावादी नेतृ नै हो भन्नेसम्म थाहा थियो तर कुन पार्टीकी हो थाहा थिएन मलाई । अनुमान लगाएँ – माओवादी रै,छ र आन्दोलनको कुरा गर्दैछे ।

त म के गरुँ ? सहयोग । आजभोलि माओवादीहरु पनि यसैगरी सहयोग माग्न आइरहेका हुन्छन्

राष्ट्रियताको आन्दोलन गर्न भनेर । त्यसैले आफ्नो अनुमान पूरापूर मिलेको ठानें । अब अलि सतर्क भएँ र जिज्ञासा राखें– के सहयोग खोज्दैछौ मसँग ?

एउटा मुद्दा लडिदिनु पयो मेरो पक्षमा । एकै सासमा बोली ऊ, मेरै लोग्नेको विरुद्धमा । म अन्यौलमा परें । मैले सोचेभन्दा बिल्कुलै फरक कुरा सुन्दा । एउटा वकिलको घरमा एकाबिहानै कुनै वादी प्रतिवादी आउँदा खुसी लाग्नुपर्ने हो पेसाको हिसाबले । तर खुसी हुन सकिन । घोर अचम्ममा परें । अचम्ममा पनि किन नपर्ने र ? प्रेम विवाह गरेको ३,४ बर्षको अवधिमा एउटी महिला आफ्नै श्रीमान्को विरुद्ध मुद्दा लड्ने तयारीमा छे । त्यही पनि विदेशमा रहेको मान्छेसँग ।

भनें –मुद्दा लड्न मिल्दैन । तिम्रो श्रीमान् त विदेशमा छ कसरी लडछौ ? हैन आइसक्यो, उसले बताई । एक महिना भो र्फकेको । उसलाई भन मैले भेट्न खोजेको छु । म उनीहरुको सम्बन्ध सुधार्न मनसायमा बोलें । पछि भेट्ने शर्तमा ऊ फर्किई । हुन त मैले आफ्नै खुट्टामा बञ्चरो हान्दै थिएँ । एउटा आफ्नो हातमा आएको मुद्धा नलडी मिलापत्र गर्न खोज्दैछ । काम नहुँदा परिवारको छाक टार्न तर पनि पैसा नै मात्र ठूलो हो भन्ने लागेन मलाई । मानवता भनूँ वा संवेदनशीलताले जित्यो फेरि एकपटक । १(२ पटक मैले यसैगरी मुद्दा लड्न आएकालाई मिलाएर पठाइसकेको छु यसअघि नै । त्यसैले मेरा अरु साथीहरु समय समयमा जिस्काउँथे –तपाईं म्यारिज व्युरो खोलेर बस्नुपर्ने मान्छे, छोडिदिनोस् यो वकालत गर्ने पेशा ।

दुई दिनपछि आयो उसको श्रीमान् मेरो घरमा । ऊ विस्तारै बिरालोको गतिमा भित्र छि¥यो र टुसुक्क छेउमा बस्यो । टिभी हेर्दै थिएँ त्यो बेला म । आधा घन्टाको बहस नसकिउन्जेल मैले उसलाई खास केहि रेस्पोन्स गरिनँ । बीचमा अलिअलि याद गर्दै थिएँ उसको गतिविधि । त्यो आधा घन्टाको समय बिताउन उसलाई यति छटपटि भयो कि मानौं त्यो आधा महिनाको समय हो । विवशताको भारीले थिचिएर उठ्न नसकेको जस्तै थियो उसको शिर । टि.भी.मा आइरहेको बहस सकिएपछि यसरी लामो सास फे¥यो कि लाग्थ्यो ठूलै समस्याबाट उम्किएको होस् । टि.भी. बन्द गरेर ऊतिर ध्यान केन्द्रित गरेँ । अब भने अलि चहकिलो अनुहारले आशातीत नजर डुलायो मतिर ।

सोधें, कैले आयौ विदेशबाट ? ‘एक महिना भो ।’ बिहे गरेको तीन वर्ष भो । दुई वर्ष त विदेशमै बितायौ । अब आउनासाथ डिभोर्स चाहियो हैन ? अलि कठोर ढंगले प्रस्तुत भएँ म । हैन म डिभोर्स चाहन्न । तिम्री श्रीमती चाहन्छिन् डिभोर्स त । आफ्नो स्वतन्त्रताको रक्षा गर्न रे । तिमीले त अरुको स्वतन्त्रता लुट्न पाएकै छौ किन चाहन्थ्यौ त ? कागती निचोरेको जस्तै भयो उसको अनुहार । मलिन स्वरमा भन्यो, मेरो केही गल्ती छैन । डिभोर्स गर्न चाहन्न । र, एक्लो बाँच्न पनि सक्दिन म । म वास्तविकता जान्न उत्सुक भएँ । सोधेँ, के कारणले विग्रह आयो तिमीहरुमा ? बढी माया गर्दा र बढी बुझक्कड बन्दाको परिणाम हो यो । यत्ति बोल्यो र टोलायो एकछिन । जे कुरा नि ठिक्क हुनुपर्दो रहेछ । फेरि मुख फो¥यो– मेरो माया अलि बढी नै भएछ सायद ।

बढी मायाले त सम्बन्ध झन् गाढा हुनुपर्ने हैन र ? के हावादारी कुरा गर्छौ ? हावादारी हैन, कुरा त्यस्तै छ । स्पष्ट भन । किन जिब्रो चपाउँछौ ? हो हजुर मैले प्रेमपूर्वक श्रीमतीलाई दिएको उपहारले नै मलाई यो गतिमा पु¥यायो ।

अचम्म ! के दियौ र त्यस्तो उपहार जो तिमीभन्दा प्रिय भयो तिम्री श्रीमतीलाई ? सेक्सटोयज । उत्तरमा बोल्यो । ह्वाट ? एस, सेक्सटोयज । म अघिल्लोपटक नेपाल आउँदा ल्याइदिएको थेँ । मेरो अनुपस्थितिले नपिरोलोस् भनेर ।

अब धारावाहिक रुपमा प्रस्तुत भयो ऊ, तीन–चार वर्ष अघिदेखिको प्रेमलाई बिहेमा बदल्यौं । अब खाने मुख एउटा मात्र रहेन, एउटाबाट दुइटा भइसकेको थियो । शहरको महंगीको उकालो लाग्दै गरेको ग्राफलाई थेग्न सक्ने कमाई भएन मसँग । एक दुई वर्षपछि त छोराछोरी पनि होलान् झन् कसरी गर्जो टार्न हो ? यस्तै सोचाइले सताइरहन्थ्यो । घरपरिवारबाट कत्ति पनि सहयोग थिएन । आखिर परिवारसँग विद्रोह गरेर गरेको विवाह न पायो हाम्रो । त्यसैले विवाह गरेको एक बर्षमै उनलाई एक्लै छोडेर विदेश भासिएँ, भविष्यको खुसीको लागि भनेर ।

अझ भावुक बन्यो । उसको स्वर गहिरो इनारमा ढुंगा खसाले जस्तै भासिँदै गयो, एकसाँझ दुई जना यही र यस्तै विषयमा कुरा गर्दै थियौँ । यसरी कमजोर नबन अमन । अभावसंग÷समस्यासंग भाग्ने हैन । डराउने र हडबडाउने पनि हैन रत्ति पनि । जुध्नुपर्छ बुझ्यौ ? म छु नि तिम्रो साथमा किन चिन्ता लिन्छौ ? केही समय दुःख गरौं नियति नै यस्तै रहेछ भने किन सुस्ता गर्ने ? केही न केही उपाय चलिहाल्ला नि ।

बरु साथीभाइहरुसंग सरसापट गरेरै भए पनि एक दुई वर्ष विदेशतिर जाऊ । म त तयार छु तिम्रो खुसीको लागि तिमीबाट टाढिएर बस्न पनि । आखिर जिन्दगीभर खुसीले बाँच्न पाइन्छ भने केही समयको पीडालाई हाँसेर पचाउन किन आनाकानी गर्ने ? उनको यस्तो सल्लाहले पनि ऊर्जा थप्यो ममा । मन मुटु यतै छोडेर शरीर मात्र लिएर गएको हुँ पराई ठाउँमा ।

अनि ? समाज र परिवारको चुनौती सहेर गरेको घरजम, नवविवाहित यौवन अवस्थाकी श्रीमतीलाई छाडेर आउँदाको विछोडको पीडा साह्रै गाह्रो भो सहन । हरक्षण, हरपल मन भने नेपालमै हुन्थ्यो मेरो । यसै कारण गएको एक वर्षमै दुई महिनाको छुट्टी लिएर नेपाल फर्कें । साथमा केही पैसा थियो र श्रीमतीका लागी विदेशी गिफ्ट पनि । विदेश रहँदा जुनुको अनुपस्थितिले खुब पिरोलेको थियो मलाई । त्यसैले उनको मर्म पनि यही हो भन्ने लाग्यो । त्यही बुझाईले उनलाई सहज होस भनेर त्यतिबेला नै ल्याइदिएको हुँ ‘सेक्सटोयज’ ।

मैले विदेशबाट ल्याएका सबै पैसा र उपहारका सामानहरु आएकै समयमा तुरुन्तै जुनुलाई सुम्पें । तर यौटा चिज चैं ‘सरप्राइज गिफ्ट’ दिन लुकाएर राखें । जाने अघिल्लो रात ‘जुनु तिम्रो लागि मैले विदेशबाट स्पेशल गिफ्ट ल्याइदिएको छु । लौ लेऊ तिम्रो उपहार’ भन्दै त्यही सेक्सटोयस दिएँ । सुरुमा एकछिन त अलमलिइन् उनी । पछि सम्झाएँ ‘आखिर चाहना मार्न सकिन्न, म बुझ्छु तिम्रो विवशता । कम से कम हामी एक अर्काप्रति इमानदार हुनु प¥यो । सब ठिक हुन्छ कि कसो ? यसरी विदा भएको थिएँ । अघिल्लो पटक घरबाट । ‘ओहो कति राम्रो सोच, कस्तो असल बुझाई तैपनि समस्या के मा ?’ मैले अघि नै भनें नि, फेरि प्रसंग जोड्यो उसले ।

त्यही सरप्राइज गिफ्ट नै बन्यो हाम्रो सम्बन्ध बिगार्ने कारण । विदा सकिएर गएपछि दैनिकजसो भएको फोनको कुराकानीमा खुब खुसी पाउथेँ म उनलाई । झन् बढेको थियो प्रेम, विश्वास र समर्पण एक अर्काप्रति । म तिनछक्क परें ‘प्रेम, विश्वास र समर्पण बढ्नुको परिणाम कसरी डिभोर्सको चाहना हुन सक्छ ! भनें ‘तिमीले भनेको प्रेम, विश्वास र समर्पणका कुरा झूट कि तिम्री श्रीमतीको डिभोर्स गर्ने चाहना झूट ? त्यही त हजुर भन्दै छु नि, किन सुन्थ्यो र मेरो कुरा । थप प्रस्ट्याउन थाल्यो, पोहोर आउँदाको पैसाले एक टुक्रा घडेरी किनिछिन् जुनुले । यसपालि ल्याएको पैसाले सामान्य व्यापार गर्न प्रयोग गरौंला भन्ने सोची अब विदेश नजाने मनसायले आएँ । खुब उत्साहित थिएँ म । हाम्रो सपना थोरै भए पनि साकार भो भनेर । आएको चारपाँच दिनमै सबै सपना धुमिल भए मेरा । सोचेको सुख कता हरायो कता ? एक्कासि आँधीवेहरीले उडाएर लगेजस्तो पो भए ती सब कुराहरु । चट्याङले लथालिङ्ग बनाए जस्तो हुन लाग्यो भविष्यका योजनाहरु ।

‘के भो र चार पाँच दिनमै त्यस्तो ?’ कसरी भनु हजुर यस्तो कुरा ? हुन त सबै कुरा यसैले नै बिग्रेपछि कि लुकाउनु ? कलह सुरु भो आएकै भोलिपल्टबाटै । दुई÷चार दिनपछि उग्र रुप लियो । आएको रात व्यापार व्यवसाय, सन्तानलगायतका विषयमा भविष्यका योजना बनाइयो । एक वर्षपछि आफ्नो प्रिय मान्छेसँग भएको भेट, एक अर्काको न्यानो अंगालोमा बेरिदा आफैंलाई भुलेर हराइयो । भोलिपल्ट विहानै मैले एउटा नमिठो कुरा सुन्नु प¥यो । उनी मप्रति असन्तुष्ट थिइन् । यो कुरा मुखै खोलेर भनिन्, ‘अब त जुन प्लेजर मैले भाइव्रटरबाट पाएकी थिएँ । त्यो तिमीबाट पाउन सकिन । अब मलाई पहाडले थिचेजस्तो भयो । संसार सबैतिर अँध्यारोले मात्र ढाकेजस्तो भयो । भर्खर मार हानेको खसीजस्तो छटपटाइरहेको थिएँ । एकदम अशान्त थियो मन । त्यहीबीच मेरो दिमागमा झिलिक्क आइडिया फु¥यो र तत्कालै केन्द्रीय परिवार नियोजनको परामर्श हटलाइनमा फोन गरें । त्यसपछि समस्या समाधान होला भनेको त समस्याको शुरुवात बल्ल पो भयो त हजुर ।

‘कसरी नि ?’ सेक्सटोयस विगारी दिएपछि खुब रिसाइन् । मैले उनको स्वतन्त्रता लुटें रे । इच्छा र चाहना मार्नप¥योे रे । भनिन् ‘तिम्रो खुशीको लागी आफ्नो स्वतन्त्रता र खुशीको बली चढाउन सक्दिन अमन ।’ यसरी नै उठेको हो विवाद हामीबीच, जुन हजुरसम्म आइपुग्यो । तर म विलकुल तयार छैन डिभोर्स गर्न र एक्लै जीउन । म मेरो प्रेम गुमाउन चाहन्न । म चाहन्छु डिभोर्सपेपरमा मेरो होइन, मिलापत्रमा उनको हस्ताक्षर गराई सहयोग गर्नु हुनेछ ।

हुन्छ । केही उपाय गरुँला । तर दुई÷चार दिन समय देऊ मलाई । मैले आश्वसनको भाषा बोलें । ठूलो आशा बोकेर फक्र्योे ऊ । केही दिनपछिको एक दिउँसो न्यूरोड खिचापोखरीतिर हिँडदै थिएँ । एक्कासि कुनै नारी स्वरले बोलायो । यताउति फर्केर हेरें । बोलाउने व्यक्ति उही थिई जुनु ।

‘कता गएर ?’ ‘यहीँसम्म ।’ दि कण्डम हाउसतिर फर्केर हल्का मुस्कुराउँदै बोली ‘एउटा सामान किन्नु थियो र आकी ।’ उसको हातमा झुण्डिएको सामान नियालें । थाहा पाएँ । त्यहाँबाट कृतिम यौनाङ्ग किनेर फर्किन लाग्दै थिई । मैले सामान नियालेर हेरेपछि केही असहज मान्दै प्रसंग बदली ‘के भो मेरो कुरा ? म अब धेरै कुर्न सक्तिन । आजै फाइनल होस यो कुरा ।

निर्देशन दिएझैं गरी बोली । मैले तुरुन्तै उसको श्रीमानलाई फोन गरेर मेरो घरमा बोलाएँ र उसलाई पनि संगै लिएर गएँ । ‘के चाहन्छौ ?’ मैले दुबै जनालाई पालैपालो प्रश्न गरें ।’ ‘प्रेम, विश्वास र समर्पणसहितको सुदृढ सम्बन्ध’ अमन बोल्यो । तिमी नि ? जुनुतिर संकेत गरे । ‘स्वतन्त्र जिन्दगी । त्यसको लागि डिभोर्स । ऊ त डिभोर्स चाहँदैन नि । सुनेनौ अमनको कुरा ? सुनें तर मेरो पनि त कुरा सुन्नु भो होला नि ? किन सधैं पुरुषको कुरा मात्र सुनिन्छ ? र ओझेलमा पारिन्छ हामी नारीका कुरा ?

उल्टो मलाई नै प्रतिप्रश्न गरी । मैले केही नबोल्दै फेरि बोल्न थाली, म आफ्नो जिन्दगी स्वतन्त्रतापूर्वक जिउन चाहन्छु । हो हामीले प्रेम विवाह गरेका हौं र मैले उसका हरसुखदुःखमा साथ दिन्छु भनेको पनि हो ।

(स्रोत : श्री रुपरेखा)