Krishna Kusum – Divorce [Nepali Story]

कृष्ण कुसुम – डिभोर्स (नेपाली कथा)

‘नमस्कार !’ एकाएक नमस्कारको आवाजले झस्कायो र हेरें । अगाडि दुबै हात जोडेकै स्थितिमा मूर्तिवत् खडा थिई ऊ । बाहिरको मौसमजस्तै अँध्यारो चिर्न सोधें ‘बस किन आयौ एकाबिहानै ?’ उसले भनी, ‘एउटा लडाईँ लड्नुप-यो । कस्तो लडाइँ ?

स्वतन्त्रताको । अधिकारको लडाइँ । ऊ पनि एउटी महिलावादी नेतृ नै हो भन्नेसम्म थाहा थियो तर कुन पार्टीकी हो थाहा थिएन मलाई । अनुमान लगाएँ – माओवादी रै,छ र आन्दोलनको कुरा गर्दैछे ।

त म के गरुँ ? सहयोग । आजभोलि माओवादीहरु पनि यसैगरी सहयोग माग्न आइरहेका हुन्छन्

राष्ट्रियताको आन्दोलन गर्न भनेर । त्यसैले आफ्नो अनुमान पूरापूर मिलेको ठानें । अब अलि सतर्क भएँ र जिज्ञासा राखें– के सहयोग खोज्दैछौ मसँग ?

एउटा मुद्दा लडिदिनु पयो मेरो पक्षमा । एकै सासमा बोली ऊ, मेरै लोग्नेको विरुद्धमा । म अन्यौलमा परें । मैले सोचेभन्दा बिल्कुलै फरक कुरा सुन्दा । एउटा वकिलको घरमा एकाबिहानै कुनै वादी प्रतिवादी आउँदा खुसी लाग्नुपर्ने हो पेसाको हिसाबले । तर खुसी हुन सकिन । घोर अचम्ममा परें । अचम्ममा पनि किन नपर्ने र ? प्रेम विवाह गरेको ३,४ बर्षको अवधिमा एउटी महिला आफ्नै श्रीमान्को विरुद्ध मुद्दा लड्ने तयारीमा छे । त्यही पनि विदेशमा रहेको मान्छेसँग ।

भनें –मुद्दा लड्न मिल्दैन । तिम्रो श्रीमान् त विदेशमा छ कसरी लडछौ ? हैन आइसक्यो, उसले बताई । एक महिना भो र्फकेको । उसलाई भन मैले भेट्न खोजेको छु । म उनीहरुको सम्बन्ध सुधार्न मनसायमा बोलें । पछि भेट्ने शर्तमा ऊ फर्किई । हुन त मैले आफ्नै खुट्टामा बञ्चरो हान्दै थिएँ । एउटा आफ्नो हातमा आएको मुद्धा नलडी मिलापत्र गर्न खोज्दैछ । काम नहुँदा परिवारको छाक टार्न तर पनि पैसा नै मात्र ठूलो हो भन्ने लागेन मलाई । मानवता भनूँ वा संवेदनशीलताले जित्यो फेरि एकपटक । १(२ पटक मैले यसैगरी मुद्दा लड्न आएकालाई मिलाएर पठाइसकेको छु यसअघि नै । त्यसैले मेरा अरु साथीहरु समय समयमा जिस्काउँथे –तपाईं म्यारिज व्युरो खोलेर बस्नुपर्ने मान्छे, छोडिदिनोस् यो वकालत गर्ने पेशा ।

दुई दिनपछि आयो उसको श्रीमान् मेरो घरमा । ऊ विस्तारै बिरालोको गतिमा भित्र छि¥यो र टुसुक्क छेउमा बस्यो । टिभी हेर्दै थिएँ त्यो बेला म । आधा घन्टाको बहस नसकिउन्जेल मैले उसलाई खास केहि रेस्पोन्स गरिनँ । बीचमा अलिअलि याद गर्दै थिएँ उसको गतिविधि । त्यो आधा घन्टाको समय बिताउन उसलाई यति छटपटि भयो कि मानौं त्यो आधा महिनाको समय हो । विवशताको भारीले थिचिएर उठ्न नसकेको जस्तै थियो उसको शिर । टि.भी.मा आइरहेको बहस सकिएपछि यसरी लामो सास फे¥यो कि लाग्थ्यो ठूलै समस्याबाट उम्किएको होस् । टि.भी. बन्द गरेर ऊतिर ध्यान केन्द्रित गरेँ । अब भने अलि चहकिलो अनुहारले आशातीत नजर डुलायो मतिर ।

सोधें, कैले आयौ विदेशबाट ? ‘एक महिना भो ।’ बिहे गरेको तीन वर्ष भो । दुई वर्ष त विदेशमै बितायौ । अब आउनासाथ डिभोर्स चाहियो हैन ? अलि कठोर ढंगले प्रस्तुत भएँ म । हैन म डिभोर्स चाहन्न । तिम्री श्रीमती चाहन्छिन् डिभोर्स त । आफ्नो स्वतन्त्रताको रक्षा गर्न रे । तिमीले त अरुको स्वतन्त्रता लुट्न पाएकै छौ किन चाहन्थ्यौ त ? कागती निचोरेको जस्तै भयो उसको अनुहार । मलिन स्वरमा भन्यो, मेरो केही गल्ती छैन । डिभोर्स गर्न चाहन्न । र, एक्लो बाँच्न पनि सक्दिन म । म वास्तविकता जान्न उत्सुक भएँ । सोधेँ, के कारणले विग्रह आयो तिमीहरुमा ? बढी माया गर्दा र बढी बुझक्कड बन्दाको परिणाम हो यो । यत्ति बोल्यो र टोलायो एकछिन । जे कुरा नि ठिक्क हुनुपर्दो रहेछ । फेरि मुख फो¥यो– मेरो माया अलि बढी नै भएछ सायद ।

बढी मायाले त सम्बन्ध झन् गाढा हुनुपर्ने हैन र ? के हावादारी कुरा गर्छौ ? हावादारी हैन, कुरा त्यस्तै छ । स्पष्ट भन । किन जिब्रो चपाउँछौ ? हो हजुर मैले प्रेमपूर्वक श्रीमतीलाई दिएको उपहारले नै मलाई यो गतिमा पु¥यायो ।

अचम्म ! के दियौ र त्यस्तो उपहार जो तिमीभन्दा प्रिय भयो तिम्री श्रीमतीलाई ? सेक्सटोयज । उत्तरमा बोल्यो । ह्वाट ? एस, सेक्सटोयज । म अघिल्लोपटक नेपाल आउँदा ल्याइदिएको थेँ । मेरो अनुपस्थितिले नपिरोलोस् भनेर ।

अब धारावाहिक रुपमा प्रस्तुत भयो ऊ, तीन–चार वर्ष अघिदेखिको प्रेमलाई बिहेमा बदल्यौं । अब खाने मुख एउटा मात्र रहेन, एउटाबाट दुइटा भइसकेको थियो । शहरको महंगीको उकालो लाग्दै गरेको ग्राफलाई थेग्न सक्ने कमाई भएन मसँग । एक दुई वर्षपछि त छोराछोरी पनि होलान् झन् कसरी गर्जो टार्न हो ? यस्तै सोचाइले सताइरहन्थ्यो । घरपरिवारबाट कत्ति पनि सहयोग थिएन । आखिर परिवारसँग विद्रोह गरेर गरेको विवाह न पायो हाम्रो । त्यसैले विवाह गरेको एक बर्षमै उनलाई एक्लै छोडेर विदेश भासिएँ, भविष्यको खुसीको लागि भनेर ।

अझ भावुक बन्यो । उसको स्वर गहिरो इनारमा ढुंगा खसाले जस्तै भासिँदै गयो, एकसाँझ दुई जना यही र यस्तै विषयमा कुरा गर्दै थियौँ । यसरी कमजोर नबन अमन । अभावसंग÷समस्यासंग भाग्ने हैन । डराउने र हडबडाउने पनि हैन रत्ति पनि । जुध्नुपर्छ बुझ्यौ ? म छु नि तिम्रो साथमा किन चिन्ता लिन्छौ ? केही समय दुःख गरौं नियति नै यस्तै रहेछ भने किन सुस्ता गर्ने ? केही न केही उपाय चलिहाल्ला नि ।

बरु साथीभाइहरुसंग सरसापट गरेरै भए पनि एक दुई वर्ष विदेशतिर जाऊ । म त तयार छु तिम्रो खुसीको लागि तिमीबाट टाढिएर बस्न पनि । आखिर जिन्दगीभर खुसीले बाँच्न पाइन्छ भने केही समयको पीडालाई हाँसेर पचाउन किन आनाकानी गर्ने ? उनको यस्तो सल्लाहले पनि ऊर्जा थप्यो ममा । मन मुटु यतै छोडेर शरीर मात्र लिएर गएको हुँ पराई ठाउँमा ।

अनि ? समाज र परिवारको चुनौती सहेर गरेको घरजम, नवविवाहित यौवन अवस्थाकी श्रीमतीलाई छाडेर आउँदाको विछोडको पीडा साह्रै गाह्रो भो सहन । हरक्षण, हरपल मन भने नेपालमै हुन्थ्यो मेरो । यसै कारण गएको एक वर्षमै दुई महिनाको छुट्टी लिएर नेपाल फर्कें । साथमा केही पैसा थियो र श्रीमतीका लागी विदेशी गिफ्ट पनि । विदेश रहँदा जुनुको अनुपस्थितिले खुब पिरोलेको थियो मलाई । त्यसैले उनको मर्म पनि यही हो भन्ने लाग्यो । त्यही बुझाईले उनलाई सहज होस भनेर त्यतिबेला नै ल्याइदिएको हुँ ‘सेक्सटोयज’ ।

मैले विदेशबाट ल्याएका सबै पैसा र उपहारका सामानहरु आएकै समयमा तुरुन्तै जुनुलाई सुम्पें । तर यौटा चिज चैं ‘सरप्राइज गिफ्ट’ दिन लुकाएर राखें । जाने अघिल्लो रात ‘जुनु तिम्रो लागि मैले विदेशबाट स्पेशल गिफ्ट ल्याइदिएको छु । लौ लेऊ तिम्रो उपहार’ भन्दै त्यही सेक्सटोयस दिएँ । सुरुमा एकछिन त अलमलिइन् उनी । पछि सम्झाएँ ‘आखिर चाहना मार्न सकिन्न, म बुझ्छु तिम्रो विवशता । कम से कम हामी एक अर्काप्रति इमानदार हुनु प¥यो । सब ठिक हुन्छ कि कसो ? यसरी विदा भएको थिएँ । अघिल्लो पटक घरबाट । ‘ओहो कति राम्रो सोच, कस्तो असल बुझाई तैपनि समस्या के मा ?’ मैले अघि नै भनें नि, फेरि प्रसंग जोड्यो उसले ।

त्यही सरप्राइज गिफ्ट नै बन्यो हाम्रो सम्बन्ध बिगार्ने कारण । विदा सकिएर गएपछि दैनिकजसो भएको फोनको कुराकानीमा खुब खुसी पाउथेँ म उनलाई । झन् बढेको थियो प्रेम, विश्वास र समर्पण एक अर्काप्रति । म तिनछक्क परें ‘प्रेम, विश्वास र समर्पण बढ्नुको परिणाम कसरी डिभोर्सको चाहना हुन सक्छ ! भनें ‘तिमीले भनेको प्रेम, विश्वास र समर्पणका कुरा झूट कि तिम्री श्रीमतीको डिभोर्स गर्ने चाहना झूट ? त्यही त हजुर भन्दै छु नि, किन सुन्थ्यो र मेरो कुरा । थप प्रस्ट्याउन थाल्यो, पोहोर आउँदाको पैसाले एक टुक्रा घडेरी किनिछिन् जुनुले । यसपालि ल्याएको पैसाले सामान्य व्यापार गर्न प्रयोग गरौंला भन्ने सोची अब विदेश नजाने मनसायले आएँ । खुब उत्साहित थिएँ म । हाम्रो सपना थोरै भए पनि साकार भो भनेर । आएको चारपाँच दिनमै सबै सपना धुमिल भए मेरा । सोचेको सुख कता हरायो कता ? एक्कासि आँधीवेहरीले उडाएर लगेजस्तो पो भए ती सब कुराहरु । चट्याङले लथालिङ्ग बनाए जस्तो हुन लाग्यो भविष्यका योजनाहरु ।

‘के भो र चार पाँच दिनमै त्यस्तो ?’ कसरी भनु हजुर यस्तो कुरा ? हुन त सबै कुरा यसैले नै बिग्रेपछि कि लुकाउनु ? कलह सुरु भो आएकै भोलिपल्टबाटै । दुई÷चार दिनपछि उग्र रुप लियो । आएको रात व्यापार व्यवसाय, सन्तानलगायतका विषयमा भविष्यका योजना बनाइयो । एक वर्षपछि आफ्नो प्रिय मान्छेसँग भएको भेट, एक अर्काको न्यानो अंगालोमा बेरिदा आफैंलाई भुलेर हराइयो । भोलिपल्ट विहानै मैले एउटा नमिठो कुरा सुन्नु प¥यो । उनी मप्रति असन्तुष्ट थिइन् । यो कुरा मुखै खोलेर भनिन्, ‘अब त जुन प्लेजर मैले भाइव्रटरबाट पाएकी थिएँ । त्यो तिमीबाट पाउन सकिन । अब मलाई पहाडले थिचेजस्तो भयो । संसार सबैतिर अँध्यारोले मात्र ढाकेजस्तो भयो । भर्खर मार हानेको खसीजस्तो छटपटाइरहेको थिएँ । एकदम अशान्त थियो मन । त्यहीबीच मेरो दिमागमा झिलिक्क आइडिया फु¥यो र तत्कालै केन्द्रीय परिवार नियोजनको परामर्श हटलाइनमा फोन गरें । त्यसपछि समस्या समाधान होला भनेको त समस्याको शुरुवात बल्ल पो भयो त हजुर ।

‘कसरी नि ?’ सेक्सटोयस विगारी दिएपछि खुब रिसाइन् । मैले उनको स्वतन्त्रता लुटें रे । इच्छा र चाहना मार्नप¥योे रे । भनिन् ‘तिम्रो खुशीको लागी आफ्नो स्वतन्त्रता र खुशीको बली चढाउन सक्दिन अमन ।’ यसरी नै उठेको हो विवाद हामीबीच, जुन हजुरसम्म आइपुग्यो । तर म विलकुल तयार छैन डिभोर्स गर्न र एक्लै जीउन । म मेरो प्रेम गुमाउन चाहन्न । म चाहन्छु डिभोर्सपेपरमा मेरो होइन, मिलापत्रमा उनको हस्ताक्षर गराई सहयोग गर्नु हुनेछ ।

हुन्छ । केही उपाय गरुँला । तर दुई÷चार दिन समय देऊ मलाई । मैले आश्वसनको भाषा बोलें । ठूलो आशा बोकेर फक्र्योे ऊ । केही दिनपछिको एक दिउँसो न्यूरोड खिचापोखरीतिर हिँडदै थिएँ । एक्कासि कुनै नारी स्वरले बोलायो । यताउति फर्केर हेरें । बोलाउने व्यक्ति उही थिई जुनु ।

‘कता गएर ?’ ‘यहीँसम्म ।’ दि कण्डम हाउसतिर फर्केर हल्का मुस्कुराउँदै बोली ‘एउटा सामान किन्नु थियो र आकी ।’ उसको हातमा झुण्डिएको सामान नियालें । थाहा पाएँ । त्यहाँबाट कृतिम यौनाङ्ग किनेर फर्किन लाग्दै थिई । मैले सामान नियालेर हेरेपछि केही असहज मान्दै प्रसंग बदली ‘के भो मेरो कुरा ? म अब धेरै कुर्न सक्तिन । आजै फाइनल होस यो कुरा ।

निर्देशन दिएझैं गरी बोली । मैले तुरुन्तै उसको श्रीमानलाई फोन गरेर मेरो घरमा बोलाएँ र उसलाई पनि संगै लिएर गएँ । ‘के चाहन्छौ ?’ मैले दुबै जनालाई पालैपालो प्रश्न गरें ।’ ‘प्रेम, विश्वास र समर्पणसहितको सुदृढ सम्बन्ध’ अमन बोल्यो । तिमी नि ? जुनुतिर संकेत गरे । ‘स्वतन्त्र जिन्दगी । त्यसको लागि डिभोर्स । ऊ त डिभोर्स चाहँदैन नि । सुनेनौ अमनको कुरा ? सुनें तर मेरो पनि त कुरा सुन्नु भो होला नि ? किन सधैं पुरुषको कुरा मात्र सुनिन्छ ? र ओझेलमा पारिन्छ हामी नारीका कुरा ?

उल्टो मलाई नै प्रतिप्रश्न गरी । मैले केही नबोल्दै फेरि बोल्न थाली, म आफ्नो जिन्दगी स्वतन्त्रतापूर्वक जिउन चाहन्छु । हो हामीले प्रेम विवाह गरेका हौं र मैले उसका हरसुखदुःखमा साथ दिन्छु भनेको पनि हो ।

(स्रोत : श्री रुपरेखा)

Bindesh Magar – Parikshan

विन्देश मगर – परीक्षण

“जय नेपाल विजय जी ।”

“जय नेपाल ।” भन्ने उत्तर दिदै म प्रकाशलाई बस्न अनुरोध गर्छु । प्रकाश मेरो समकक्षी साथी डिएसपी हो । उसको र मेरो चिनाजनी र मित्रता क्याम्पस पढ्दा कै हो । सिआइबीमा सँगसँगैको भर्ती, एउटै शाखा र हाल पनि एकदम मिल्ने साथी भएकोले ऊ मेरो कार्यकक्षमा आइरहन्छ । आज पनि बिहानै ऊ मेरो अफिसमा आएको छ ।

“के काममा व्यस्त हो आजकल ?” उ मलाई सोध्छ ।

“अहिले त्यस्तो कुनै नयाँ विशेष अप्रेसन त छैन तर हिजो मात्रै सोल्टी होटलबाट फर्केको । त्यहाँ एक जर्मन पर्यटकको निगरानी गर्न गएको थिएँ । खासै त्यस्तो शंकास्पद कुरा भेटिएन । तीन दिन सोल्टी होटलको खानपिन र बसाइ भो । बस् उपलब्धी त्यति भो ।”
केको लागि खटाइएको थियो र तिमीलाई ?”

“इन्टरपोलले जर्मनीमा एक व्यक्तिको हत्या गरी फरार भएको हत्यारा भएको आशंकामा निगरानी गर्न मलाई त्यहाँ खटाइएको थियो । त्यति महँगो फाइभ स्टार होटलमा हामी जस्ताको त्यसै बास कहाँ हुन्छ र ? जे होस् यसपाली चैं पहिलो पटक तीन दिन त्यहाँ बासै बसियो ।”

“अनि त्यो जासुसी क्यामेरा परीक्षण भयो ?”

“त्यो परीक्षणै नगरी त पठाइएको पक्कै होइन होला तर यहाँ एकैचोटी परीक्षणै नगरी मिसनमा प्रयोग गर्नु भन्दा पहिला परीक्षण गरेर मात्रै मिसनमा प्रयोग गर्नु बेस होला । ठिकै छ म परीक्षण छिटै गर्छु ।”

प्रकाश चिया गफ गरेपछि आफ्नो कार्यकक्षतिर लाग्छ । म त्यो जासुसी क्यामेरा हेर्दै त्यसको परीक्षण योजना बनाउन थालेँ । जासुसी क्यामेराको आकार कमिजमा लगाउने टाँक जत्रै थियो । यसले आवाज सहितको भिडियो यसको प्रणालीसँग जोडिएको कम्प्युटरमा दिइरहन्छ । यसलाई कुनै विदेशी सरकारबाट सहयोग स्वरूप पठाइएको थियो । मेरो कार्यालयमा तीन सेट आएको थियो । मैले यसको परीक्षण आफ्नै घरमा गर्ने विचार गरेँ । यो सानो गहनामा लगाउने पत्थर जस्तै भएकोले यसलाई महिलाले कानमा लगाउने झुम्कामा जोड्ने निधो गरेँ । सुन पसलमा गएर यसको प्रकारसँग मिल्ने पत्थर भएको झुम्काको मोडल रोजेँ । जोडीमा एकातिर जासुसी क्यामेरा र एकातिर सक्कली पत्थर बनाएर सुनको झुम्का बनाउन अर्डर दिएँ । नभन्दै हप्तादिनमै मैले भने र चाहे अनुरूपकै सुन्दर गहना बन्यो । यसलाई जन्म दिनको अवसर पारेर श्रीमतीलाई उपहार स्वरूप दिएँ ।

मेरी श्रीमती पनि त्यस्तै औशत खालकै महिला थिइन् । जो श्रीमान्ले महँगा गहना दिँदा आफूलाई निकै भाग्यमानी ठान्छिन् अनि श्रीमान्ले त्यो कहाँ बाट कति र कसरी दुख गरेर ल्याएको छ त्यो बारे वास्ता गर्दिन ।

घरमा छोरी अनि श्रीमती, श्रीमतीको जीउमा टाउको, टाउकोमा कान, कानमा सुनको झुम्का, झुम्कामा जासुसी क्यामेरा, क्यामेरामा भिडियो, भिडियोमा कम्प्युटरबाट मेरो निगरानी । म यसैगरी कार्यालय र अन्य कामका लागि बाहिर रहे पनि रेकर्ड गरिएको भिडियो निगरानी गरिरहन्थेँ ।
माफगर्नुस् मित्र मैले आफ्नी प्यारी श्रीमती माथि शंका लागेर निगरानी गरेको थिइनँ । म त मात्र त्यस जासुसी क्यामेराको सफल हुँदै गरेको परीक्षण गरिरहेको थिएँ । आमाछोरी दुवै बोर्डिङ जान्थे । एकजना पढ्न र अर्को पढाउन । छोरी पढाउने र आमा पढ्ने चाहिँ हैन किनकि मैले भनिहालेँ मेरी श्रीमती औशत महिला नै थिई । जो साधारण बोर्डिङ स्कुलकी साधारण शिक्षिका । अनि छोरी पनि साधारण छोरी नै थिई जो साधारण बोर्डिङ्का साधारण विद्यार्थी थिई यति भनेपछि तपाईंले बुझिसक्नुभयो होला मेरो साधारण परिवारको बारेमा ।

म घरीघरी घरबाट टाढा भएकोले श्रीमतीको कानमा रहेको जासुसी क्यामेराले पठाएको भिडियो हेर्ने गर्थेँ । यसै गरी केही दिन र हप्ता बित्यो ।
त्यस्तै एकदिन, मेरी श्रीमतीको बोर्डिङ्का प्रिन्सिपल समर पनि उनीसँगै घर आए । त्यो जासुसी क्यामेराबाट तिनीहरूलाई हेरिरहेको म अचानक बेहोसजस्तै भएँ । मेरा पाँचै इन्द्रीयहरूले अचानक काम गर्न छोडेको थिए सायद् । मेरा कार्यलयको अरू सहायकहरूले उठाएपछि म केहीबेर मै बिउँझिएछु । मैले अलि विश्वास नलागेकोले फेरी त्यो भिडियो दोहो¥याएर हेरेँ । कम्प्युटर बिग्रेको थिएन, क्यामेरा पनि बिग्रेको थिएन । मेरो आँखा पनि ठिकै थियो बिग्रेको थियो त –त्यहीँको क्रियाकलाप ।

म त्यस्तो अभागी श्रीमान् थिएँ जो लाइभ पोर्नमुभी हेरिरहेको थिएँ । आफ्नै श्रीमतीको परपुरुष सँग । समरसँग मेरो साधारण चिनजान मात्र थियो । मेरी श्रीमतीको हाकिम भएकोले । उसका बारेमा श्रीमतीले थप कुरा उनको क्याम्पस पढ्दाको साथी भएको कुरा गरेकी थिइन् । आज यस भिडियोबाट थाहा भयो तिनीहरू पहिलादेखि कै प्रेमी प्रेमिका थिए ।

बिचमा समरको अर्कै केटीसँग बिहे भयो । त्यसको केही वर्षपछि सीमाको मसँग । तिनीहरू अहिले पनि एक अर्कालाई प्रेम गर्छन् । पहिलेकै जस्तो गरी प्रेमी प्रेमीका बीच हुने क्रियाकलाप स्वरूप शारीरिक सम्बन्ध कायम गरेका थिए ।
अब मलाई अचानक ज्वरो बढेर आयो, टाउको पनि दुखेर आयो । आखिर सीमाले किन यसो गरी ? मैले उसको खुसीको लागि के चाहिँ गरिनँ र ? आखिर किन मलाई यसरी विश्वासघात गरी ? समरलाई त्यतिधेरै माया गर्ने भए मसँग किन बिहे गरिन् त ? कि म नभएको कारण मेरो अनुपस्थितिको आवश्यकता परिपूर्ति मात्रै गरिन् ? सबै प्रश्न उत्तर विहीन थिए –मेरो सोचाइमा । अब मेरी प्यारी श्रीमती श्रीमतीबाट धोकेबाज, विश्वासघाती, निष्ठुरी र यस्तैयस्तै शब्दले पुकार्नु पर्ने पात्र थिइन् ।

अब के गरूँ केही निर्णय लिन सकिएन । उनीहरू दुवैसँग जोडले रिस उठेर आयो । धेरै तनावका बीच मैले उनीहरू दुवैलाई मार्ने योजना बनाएँ । मैले रिसको झोँकमा समाधान नै यही देखेँ । अब म उनलाई कसरी मार्ने भन्नेतिर सोच्न लागेँ । मनमा अनेक किसिमका तर्कना आउँथ्यो । कहिले के सोच्थेँ ? कहिले के ? कहिले आफैँले बनाएको योजना ठिक लाग्थ्यो कहिले बेठिक । यसैकारण म कार्यालयको काम, मिसन, अनुसन्धान कुनै कुरामा ध्यान दिन नसक्ने भएँ । मैले धेरै प्रकारका अपराध पनि अनुसन्धान गरेको अनुसन्धान विभागको गुप्तचर भएकाले मलाई हत्या गर्न कुनै धेरै मेहनत गरेर योजना बनाउनु पर्दैनथ्यो । जे भए नि म मेरी श्रीमतीको हत्या गरेरै छाड्ने सोचमा पुगेँ । धेरै सोच्दा सोच्दा, रुँदारुँदा, तनाव व्यहोर्दा व्यहोर्दा मेरो मन, शरीर, दिमाग पुरै गलेर सिथिल भइसकेको थियो ।

अकस्मात मेरो मोबाइलको घन्टी बज्यो । मैले उठाउन खासै रूचि लिइनँ । फेरि बज्यो हेरेँ सिमाकै मोबाइल नम्बर स्क्रिनमा थियो । पहिला म फोन उठाऊँ कि नउठाऊँ ? म कन्फ्युज भएँ । फेरि फोनको घन्टी बज्यो ।

“धोकेबाज, विश्वासघाती” चिच्याउन मन लागेको थियो तर चिच्याइनँ । विस्तरै मधुर स्वरमा “हलो” भनेँ ।

“बाबा गुडमोर्निङ ।” उताबाट मधुर बालसुलभ बोली सुनियो ।

“गुडमोर्निङ छोरी । कतिबेला उठ्यौ ?”

“अघि नै उठेको बाबा । अब मामु र म हजुरसँग नबोल्ने ।” छोरीले दङ्ग्याउँदै घुर्की लगाई ।

“किन र छोरी ? बाबाबाट के बिरानी भयो र त्यस्तो बोल्नै नहुने ?”

“अब हजुरले म पास भएपछि हामीलाई लिएर घुमाउन लाने भन्नु भएको थियो । हजुरले त मेरो रिजल्ट पनि सोध्नु भएन घर पनि आउनु भएन ।”
तनावग्रस्त भएको मेरो दिमागलाई छोरीसँगको फोनवार्ताले ठन्डा तुल्याएको थियो । मैले आफ्नी श्रीमतीलाई मार्न बनाएको योजना र छोरी अनि उसको भविष्य सम्झिएँ । अकस्मात् मेरो गालाबाट आँसुको थोप्लो दौडेर भुइँमा खस्यो । म केही बोल्नै सकिनँ ।
उताबाट फेरि आवाज आयो “बाबा । हजुर किन नबोल्नुभाको ? मैले बोल्दिनँ भनेँ भनेर हो ? त्यसो भए अब बोल्ने क्या बाबा । ….किन नबोल्नुभाको बाबा ? सरी बाबा मैले फेरि हजुरको चित्त दुखाएँ ।”

अब छोरी मलाई फकाउन लागेकी थिइन् । म रोएको मेरी छोरीलाई के थाहा ? मलाई फकाउँदै गरेकी मेरी छोरीलाई म चाँडै दुई चार दिनमै घर आउने कुरा गरेर फकाएँ अनि छोरी म चाँडै घर आउने कुराले खुसी हुँदै फोन राखिन् । छोरीको सुन्दर भविष्य अनि सीमालाई मार्ने योजना यी कुराले मेरो मनलाई रणभूमि बनाएको थिएँ । धेरै सोचेँ, रोएँ अनि आफैँलाई धिक्कारेँ अन्तमा मैले हत्या योजना पूर्ण रूपमा क्यान्सिल गरिदिएँ ।

एकहप्ता विदा लिएर म घर आएँ । घर आइपुग्दा अबेर भइसकेको थियो । सीमा भने मलाई नै पर्खिरहेकी थिइन् । सुत्ने बेलामा मस्त निद्रामा सुतिरहेको छोरीको अनुहार हेरेँ अनि सीमाको कानको झुम्का पनि म त्यत्तिकैमा टोलाई बसेछु । सीमा भने भन्दै थिई यो जासुसी जागिर पनि कस्तोकस्तो अरूले केमा जागिर खाको भनेर सोध्दा नि सही उत्तर दिन नमिल्ने सोझो मान्छेलाई पनि यसरी टोलाउने बनाउदो रहेछ ।

ओख्रेनी, रामेछाप ।

– शनीबार, 22 मङ्गसीर, 2070

Punya Kharel – Thutaa

पुण्य खरेल – ठुटा

उनको सबैले बोलाउने नाम ठुटा हो । उनी त्यस्तै साढे चार फुट अग्लो होलान् । उनका हातगोडा मोटामोटा, डबल नारीको भन्छन् नि मान्छेहरु, हो त्यस्तै । कुनै रुखको टुप्पो भाँचिएर वा काटिएर रहेको छोटो, मोटो भाग ‘ठुटो’ भनिन्छ । सायद ‘ठुटा’लाई त्यही उपनाम दिएको हो कि ! सानैदेखि उनी अलिक अजिर, अलिक ज्याद्रो, अलिक निडर, बलियो । अब त सोर सत्र वर्षका भए । हेर्दा लाग्छ उनी बञ्चरो चलाउनकै लागि, कुटे–गैंती चलाउनकै लागि जन्मिएका हुन् कि ! हलो जोत्नकै लागि जन्मिएका हुन् कि भन्नु जस्तो ! ढाकर बोक्नकै लागि जन्मिएका भन्नु जस्तो । स्कुल पढ्ने उनको आर्थिक अवस्था थिएन । न उनका बाबुआमाले फिससिस तिरिदिन सक्थे, न नयाँ लुगा किनिदिन सक्थे, न त कलमकापी नै किनिदिन सक्थे ! यो त्यति बेलाको कुरा हो, जति बेला निर्वाहको साधन कुटो, कोदालो, बञ्चरो, हँसिया, खुर्पा, खुकुरी, डोको, ढाकर आदि मात्र थिए ।

एक दिनको कुरा हो, उनी धरानबाट एक मन नून, एक टिन मटितेल ढाकरमा बोकेर घर आइपुगेका थिए । त्यो सबै नून र मटितेल सुब्बा जगतमानले किनेर लगे । नून एक रुपियाँ मानोका दरले र मटितेल डेढ रुपियाँ बोतलका दरले हिसाब गर्दा नूनको चालीस रुपियाँ र मटितेलको अठ्ठाईस रुपियाँ गरी अठसठी रुपियाँ ठुटाका बाबु धनवीरले लिए । त्यस दिन आराम गरेर घर बसेको ठुटा अर्को दिन जगतमानकै खेत जोत्न गोरु धपाएर बेंसीतिर जाँदै थिए । अर्को दिन उनी बञ्चरोले जगतमानको पाखाको चिलाउने रुखको फेदमा हान्दै थिए । त्यो निकै ठुलो रुखको फेदबाट दुई जोर हला पनि निकाल्नु थियो भने यो सालभरिलाई दाउरा पनि चिर्नु थियो ।

बिहानभरि ठुटाले बञ्चराले चिलाउनेका फेदमा चोट पारे । खाना खाने बेला भयो, दिन ढल्कियो, सिधा उभिएको चिलाउनेको त्यो अजङ्गको रुख अहँ ढलेको छैन । ठुटाले रुख कतापटि लड्ला ? अनुमान गर्न काट्न छाडेर अलिक पर्तिर माथि, तल्तिर, उत्तर, दक्षिण गएर हेरे । जगतमानले पनि कतापटि लड्ला त्यो रुख भनेर त्यस रुखको टुप्पो, त्यसका हाँगाबिंगा नियाल्दै हेरे । ठेकान गरेर यतैपटि लड्छ भन्न सकिने अवस्था थिएन ।

अरु त अलिक परपर उभिए पनि फेद काट्ने मान्छे वडो सतर्क हुनुपथ्र्यो । भर्खरै, यस्तै ठुलो रुख ढाल्दा बाबुछोरा नै रुखले किचिएको कुरा गाउँलेका कानभरि थियो । त्यसैले ठुटा डराएका पनि थिए । जगतमान पनि सतर्कतासँग त्यहीं हेर्दै थिए । जगतमानकी श्रीमती खाजापानी लिएर आइपुगिन्– “ए ठुटा ! आऊ खाना ल्याएँ !” ठुटालाई बोलाइन्, “आऊ सुब्बा पनि !” लोग्नेलाई पनि बोलाइन् ।

“होइन यो रुख त त्यत्रो काटिसक्यो ठुटाले, छिनाउन लागि सक्यो ! तैपनि ढल्दैन ! छक्कै पा¥यो त यस रुखले !” जगतमानले भने ।

“मलाई त यति बेलासम्ममा दुई तिन गिँड छुट्याइ सक्छु जस्तो लागेको थियो ।” ठुटाले भने ।

“अब हावाले पनि लडाउनु सक्छ ! यतापटि पनि ढल्नु सक्छ ! अलिक पर, उत्ता बसुङ् !” जगतमानले भने ।
अलिक पर्तिर यस्सो रुखका पत्करहरु मिलाएर रुखको लम्बाइभन्दा पर्तिर बसे । भुटेका मकै, साँधेको गुन्द्रुक, दुईदुई बटुका छनुवा ल्याएकी रहिछिन् ! जगतमानले भने त्यहाँ खाएनन् । रुख ढालेपछि घरमै गएर खाने कुरा गरे ।

ठुटा खाजा खाँदै थिए । सररर हावा चल्यो । हावा अलिक जोडले चल्यो । हावा झन्झन् चम्कियो । त्यही बोल ठुलो आवाज गरेर गाउँ नै थर्काउँदै रुख ढल्यो । टाढाटाढाका चराहरु अकासमा बतासिए । गाउँ वरपरका मान्छेका कान चट्काला भए । खाजा खाइसकेर ठुटाले त्यस चिलाउनेका फेदबाट नापेर एकएक जोर हलोका लागि दुई गिंड टुव्रmाएर बाँकी भाग दाउराका लागि गिंड्दै, चिर्दै दुई दिन र आधा दिनमा त घर जत्रो दाउराको रास ठड्याइ दिए । पाँच रुपियाँका दरले साढे बार रुपियाँ हुन्थ्यो ठुटाको बनी, तर जगतमानले पन्ध्र रुपियाँ ठुटाका हातमा राखिदिए ।

अर्को दिन फेरि ठुटा पर्तिर काशिनाथका बारीको बाँझो पल्टाइ दिँदै थिए । अझ अर्को दिन लयप्रसादका लागि नून मटितेल लिन ढाकर र तोक्मामा सजिएका थिए ।
यी दृश्यहरु हेरिरहेका जगतमानका मनमा के भूत पस्यो ! उनको हुर्केको छोरो खसेको तीन वर्ष भएको थियो होला ! ठुटाप्रति उनमा त्यसैत्यसै संवेदना जाग्दै त थियो । तर व्यक्तिएको थिएन । उनलाई ठुटाले धरानबाट लयप्रसादको नून र मटितेलको भारी कहिले लिएर आइपुग्छ ? हतार लाग्यो । उनले ठुटाले ढाकर बोकेर आउने बाटो चियाउँदै एघार वटा दिन बिताए । बारौं दिनका दिन परको त्यो वरडाँडाबाट केही ढाकरहरु वडो गलेको जस्तो गरी यतातिर तेर्सिए । त्यसमध्येको अलिक होचो ढाकर ठम्याउन खोजे उनले । ढाकर उतिकै अग्ला जस्ता देखिन्थे । लयप्रसादको घर त्यतै बाटामास्तिर थियो । तर ती ढाकरहरु लयप्रसादका तिर लागेनन् । यतैयतै बाटैबाट आए । बुझे जगतमानले त्यो कुनै पनि ढाकरमुनिको मान्छे ठुटा होइन ।

बारौं दिन गुज्रिन लाग्यो । घाम डाँडामा बस्न आँटे । यस्तै बेलामा घामलाई उछिन्दै वरडाँडामा दुई वटा ढाकर झुल्किए । एउटा ढाकर त भुइँमै हिंडेको हो कि झैं होचो थियो । साँच्चै त्यो ढाकर लयप्रसादको घर ताकेर उक्लियो । जगतमानलाई अलिक ढुक्क भयो । ठुटालाई भेट्न उनलाई हतार लाग्दै थियो ।

ठुटा नून र मटितेल लयप्रसादलाई आज जिम्मा लगाएर अर्को दिन त पल्लाघर गुमानसिंको घर बनाउन ढुङ्गा फुटाउने र ओसार्नेमा मस्त छन् । ‘यो ठुटाले काम गर्न पनि कति सकेको ! नगलेको पनि !’ जगतमान यसै बोल्ने निहुँमा त्यतै गए र गुमानसिंलाई भने– “अनि त्यतिको राम्रै घर हुँदाहुँदै के पो आँट्यौ हौ भाइ ?”
“होइन, राखन धरन, ढिकीजाँतो, बाख्राको खोर, टाट्नो कति थोक चाहिने हो हो ! एउटा मतान बनाउँ भनेर दाइ !” गुमानसिंहले भने ।

अनि हाओ ठुटा ! हिजै पो नून लिएर धरानबाट आइपुगिस् होइना ? एक दिन पनि थकाइ नमारी ! बलियै हो हाओ जीउ तेरो !” जगतमानले ठुटालाई भने ।
“के गर्नू ? बढाउ ? यो पापी भुँडीले पो यस्तो पा¥यो । भाइबुइनी छन् अझै काम गर्न नसक्ने, खान चाहिँ उतिकै चाहिने ! बाबुआमा पनि त्यस्तै ! के गर्नु र अनि काम नगरी धरै छैन नि बढाउ ! गरिबले गलें भन्नु पनि पौंदेन, जोरो आयो भन्नु पनि पौंदेन नि बढाउ !”

“एक छिन भरै बेलुका घर फर्किन्दा मेरा घरमा निस्की है ल ठुटा !” जगतमानले भने ।

“अहिले भन्दा हुन्थेन, बढाउ ?” ठुटाले सोध्यो ।

“हुनु त किन नहुनु ? तैपनि अब अहिले काम गर्दै छस् ! काम सकेर छुट्टी भोएपछि आइजा न भरै तिर ! ल ?”

साँच्चै भरे कामबाट छुट्टी लिएपछि ठुटा बडो जिज्ञासु बन्दै जगतमानका घर पुगे । जगतमान घरबाहिर खाटमा ठुटा आउने बाटो हेरिरहे जसरी साँच्चै हेरिरहेका थिए ।
ठुटाले अघि काम गर्दा फुकाएको अस्कोट त्यतिकै हातमै चेपेर गएका थिए । सिकुवामा रित्तै रहेको मुढा तानेर बसे– “बढाउले किन बोलाउनु भाको थियौ ? के काम थियो ?” बोले पनि ।
“होइन, ठुटा छोरा ! मेरो त्यो पर्दिपे खसेदेखि अलिक मलाई पिर प¥यो । मलाई के भयो के भयो ? तैंले त्यो मुटु फुट्ने गरी काम गरेको देख्ता पनि मलाई नराम्रो लाग्यो हौ ठुटा नानी ! मैले तेरो बढिआमालाई पनि केही भनेको छुइना ! उसलाई भनें भने त ऊ त ड्याङ्ङै रुई जान्छ हौ ! अनि म उसलाई मेरो मनको कुरा अहँ भन्दिना !”

“अन्त …” जगतमानले भित्री गोजीबाट सयसयका १५ वटा नोट निकाले र ठुटाको हात तानेर हातमा राखिदिँदै भने– “यो मैले तँलाई खर्च दिएको ! तैंले याँ जत्ति मुटु फुटाएर गरे पनि पेटभोरि खानु पनि पुग्तैना, आङभोरि लाउनु पनि पुग्तैना ! अन्त, तँ यो खर्च लिएर जा ! धरान–विराटनगर जा ! काठमान्नु जा ! तँ यस्तो निरोगी, विर छस् ! त्याँ गोएर कमा हौ ! मलाई त तैंले मुटु फुटाएको देख्ता ‘पर्दिपे’ जस्तै लाग्यो । पर्दिपे र तँ सँगसँगै खेल्थ्यौ ! अन्त, तँ पनि त छोरै त होस् नि ! नि ?”

ठुटा जिल्ल प¥यो । साँच्चै त्यो पन्ध्र वटा सयसयका नोट दिएकै हुन् कि, ख्याल ठट्टा गरेका हुन् कि ? बा फेरि तानेर हाँस्तै आफ्नै गोजीमा हाल्छन् कि ? उसकै हातमा ती नोट रहिरहन्छन् कि ? उसका मनमा कुरा खेले । उसको कुनै वक फुटेन ।

जगतमानले फेरि भने– “तँ भाग्य खोज् ठुटा नानी ! यो तँलाई रिन दिएको होइन । तँलाई खर्च दिएको । तैंले जतन गर्दा काठमान्नुमा एक वर्ष खान पुग्छ तँलाई !”
ठुटा जगतमानका घरबाट आफ्ना घर जाने बाटामा आए । ऊ अघि गुमानसिंहका घरमा काम गर्दै गर्दाको भन्दा भिन्न स्थितिमा थिए । ३ दिनको हाजिरा १५÷– रुपियाँ गोजीमा हुँदा त मन सन्किएर उड्ने जस्तो हुने उनका हातमा आज दस महिनामा भेला हुने बनीको एक मुष्ट रकम थियो । ठुटा अहिले हावामा हिड्दै थिए कि जमिनमा ? ऊ बुझ्दैनथे । जे भएपनि यो रुपैयाँले उनलाई भित्रैबाट बिथोलेको थियो । उनको अब भोलिदेखिको दैनिकी के हो ? लयप्रसादको बाँझो जोतिदिन जाने कि नजाने ? उनले पर्सिका लागि भनेर भाका राखेको गैराघरेको दाउरा चिर्न के गर्ने ? निकोर्सी नि त ? पैयूँबोटे ठुलदिदीले सारै ढिपी गरेर घर छाप्न साइत निस्केको भनेकी थिइन्, बुधबार पर्छ अरे त्यो दिन, भिनाजु पनि नभएकी एकली ठुलदिदी ! अब उनले ती भाका बन्दोबस्तहरु के गर्ने ? के गर्ने यो पन्ध्र सयको ठुलो पैसा ? बाबुआमालाई दिने कि ? केही दिने र केही बोकेर साँच्चै ‘भाग्य खोज्न’ बाटा लाग्ने कि ? सोचाइ र चिन्तनको यस्तो घच्चारोमा उनी चेपिए कि के भन्नु र !

उनका मनमा झुलुक्क एउटा बिचार झुल्कियो– ‘आठ सय रुपियाँ आमाका हातमा राखिदिने र सात सय रुपियाँ बोकेर भाग्य खोज्न साँच्चै बाटा लाग्ने ।’ हिड्दा हिड्दै घर पुग्नै लाग्दा उनको मनले खम्बिर ग¥यो, त्यही कुरा । अब उनी एक दिन पनि ढिलो गर्दैनन्, देउता जस्ता लाग्ने जगतमान बढाउले भनेको कुरा पनि मान्छन् र आमाबाबुको गर्जो टार्ने बाटो पनि गर्छन् ।

साँच्चै ठुटा घरबाट हिडे । जगतमानले साँच्चै वल्लोघर पल्लोघर ठुटाले मुटु फुट्ने गरी काम गरेको फेरि देखेनन् । आफ्नो पर्दिपेको साथी ठुटालाई फेरि कतै देखेनन् । महिना दुई महिनापछि त जगतमानका मनमा पर्दिपेको नक्सा र ठुटाको नक्सा फ्युजन भएछ कि क्याहो, उनलाई एकै पो भयो, पर्दिपे सम्झिँदा ठुटाको नक्सा नै आँखामा नाच्न थाल्यो ।
ठुटाको कुनै चिठी चफेटो आएन । ठुटाका आफ्नै बाबुआमा पनि निकै छट्पटाए । जगतमानसँग आव्रmोसित पनि भए । उनले त्यो पैसो दिएर छोरो कता परदेश भासियो, बिलायो भनेर पिरिए । कसैकसैले ‘काठमान्नुमा भेटें ! ए गफाडी भएछ, साएपहरुसँग पो हिड्छ अरे !’ भनेर सुनाउँथे ।

“घरमा आउने कुरा गरेन ?” सोध्थे ।

“दसैंमा आउँछु भन्थ्यो” भनेर जवाफ पाउँथे ।

एउटा दसैं, अर्को दसैं गर्दै नौ–दस वटा दसैं बिते तर ठुटा घर आएनन् । हुँदाहुँदै पन्ध्र वर्ष बिते । ठुटाका बाबुआमा बुढाबुढी हुँदै गए । ठुटापछि उनको भाइले बाबुआमालाई दुखसुख स्याहार्दै छन् ।

पन्ध्र–सोर वर्षपछिको कुरा होला । जगतमान गाउँको अध्यक्ष भए । उनलाई काठमाडौं जाने आउने काम सामान्य जस्तै भयो । काठमाडौंमा पुग्दा त्यता सडकमा ‘कतै ठुटालाई देख्छु कि ?’ आसा पनि हुन्थ्यो । उनलाई पर्दिपे र ठुटा साँच्चै पर्याय जस्तै भएका थिए । पर्दिपे त मरेर गएकै हो के भेटिनु र ! तर ‘ठुटालाई भेट्न पाए त !’ जगतमानका मनको

एउटा कुनामा अतृप्त क्षुधा बसिरहेको थियो ।

शिक्षा मन्त्रालयमा जानु थियो उनले । ट्याक्सीमा केशरमहल गए । केशरमहलमा आफ्नो काम सिध्याए । बाहिर निस्कँदा आफूले ल्याएको ट्याक्सी त हिडिसकेछ । त्यसकारण बाहिर गेटसम्म आएर गेटको पश्चिम छेउमा ट्याक्सीको प्रतीक्षामा उभिए । उनी सडकमा रित्तो ट्याक्सी आउला र रोकेर डेरा जाउँला भन्ने प्रतीक्षामा थिए । अचानक एउटा सुट लगाएको खाइलाग्दो मान्छे, उनले चिनेचिनेको जस्तो, होचोहोचो मान्छे भुट्भुटे एकाछेउमा उभ्याएर हेलमेटसँगै उनका अगाडि उभियो र भन्यो– “बढाउ जस्तै लाग्यो र पो !”
जगतमानलाई त्यो आवाजले एक्कासि भावुक बनायो । उनका आँखाबाट बलिन्द्र धारा सलल्ल बगे । पर्दीपे खस्ता पनि लोग्ने मान्छेले रुनु हुँदैन भन्ने लागेर उनी रोएका थिएनन् । उनकी सुब्बेनीले त्यत्रो घात गरेर रुँदा आँसुलाई भित्रभित्रै पचाएथे । आजु ‘ठुटा’का अगाडि आँसुले उनलाई लज्जित जस्तै बनायो– “के पो भैगयो हौ !” उनले आँसु पुछे र “ठुटा नानी हो ?” वक फुटाए ।

“हो त बढाउ अनि ! कताबाट यहाँ आइपुग्नु भयो ? जाउँ ऊ पर्तिर ठमेलमा बस्छु म ! जौं उतै !” ठुटाले भने ।
“अनि घर पनि पो बनाइस् कि हौ काठमान्नूमा ?” जगतमानले पत्यार नलाग्ने उत्तरको अपेक्षा गरे ।

“यसो दुःखसुख बस्न हुने ५–६ कोठाको किनेको छु बढाउ ! जौं घरतिरै !” ठुटाले आग्रह दोहो¥याए ।

“हाओ ! अन्त, म त पर धरहराको छेउमा, त्यो एभरेस्ट हुटेलमा पो डेरा गरेर बस्तैछु हाओ ! डेरामा पुगेर अब भोलितिर त गाउँ फिरुङ् कि पो भन्दैछु । अन्त, तँ त हाओ घरमा खावर पनि नगरी, चिठी चफेटा पनि पठौंदैनास् ! तेरो बाबुआमा त झन्नै हाओ … ! मलाई झन्नै काँच्चै खायो नि हाओ ! तँ त बाँचेकै र’छ नि हाओ ! थुक्क मोरा ! त्यो पर्दिपे बज्या पनि मरिनगको भए त नि ?” जगतमान फेरि भावुक बने ।

“ए बढाउ पनि ! यत्रो वर्षपछि पनि त्यस्तो शोक मानिरहनु … ! जौं उ मेरो भुट्भुटेमा पछाडि बसौं ! म लैजान्छु !” ठुटाले भने ।

“लाखे है ! पर्खी है ! म तँलाई राम्ररी हेर्छु हौ ! हाओ हो रैछ हाओ ! यी तेरो चिउँडोमा खत छ ! तेरो दाहिने हात देखा त ! यी ! नारीमा यत्रो खत छ यी ! ठुटा नै हो रछ ! तेरो बञ्चरो चिर्ने हात, अनौ जोत्ने हात, तोक्मा बोक्ने हात … हौ … ! त्यही हात कि अर्कै हाओ यो भुट्भुटे कुदाउने ? हाओ ! काठमान्नुको भैगोइस् नि ! अनि तेति तेरो धनवीरे बाबु, आमालाई किन रुवाउँछस् हाओ अन्त ? त्यति नाथु, पाल्नु सक्छस् नि यति भुट्भुटे कुदाउनु सक्नेले ! ल्याइजा न हाओ बाबुआमालाई ! …” केके केके भन्न थाले जगतमान ।

ठुटाले तानेर ल्याए भुट्भुटे छेउमा ‘बढाउ’लाई, अनि आफू चढेर पछाडि बस्न आग्रह गरे । “हाओ अन्त लडाइगोइस् भने ?” जगतमानले भने ।

“लडिन्दैन होला नि त बढाउ !” ठुटाले भने र खिरिर्र ठमेलको यस्सो दखिनपटि एक झिमिकमा घर पु¥याए ।

“यो घर तँ आफैं बनाइस् कि हाओ नानी ? अब त ‘ठुटा’ भन्नु पनि अप्ठेरो पो लाग्यो हौ !” जगतमानले भने ।

“बढाउ ! मेरा दुईटा बाऊ, एउटा बाउ ‘धनवीर’ र अर्को बाउ ‘बढाउ’ जगतमानलाई देखाउँदै ठुटाले भने– “धनवीरले जन्माए, हुर्काए ! तर बढाउ ! तपाईंको त्यो सयसयका नोटको बिटो, मेरा आँखामा आज पनि छ, “भाग्य खोज्न जा !” भनेर तपाईंले पठाएको, त्यो साँझ ! हो बढाउ ! तपाईं मेरो अर्को बाउ ! म आजसम्म त्यहीं हलै जोतिरहेको हुन्थें, मेरो बाबु धनवीर जस्तै, पल्लोघर च्याँसेकाका जस्तै, तल्लो घर टाउके तुम्बा जस्तै ! त्यहीं कुवाको व्याङ भर तीं घोप्टो, नेप्टो, चेप्टो भर हुन्थें । हुन त यहाँ अरुहरुका हेर्दा मैले क्यै खालो सारेको छैन, अरुहरुको हेर्दा त म के हुँ र ! तर ती गाउँका च्याँसेकाका–टाउके तुम्बालाई हेर्दा नि …” ठुटाले भने ।
“अनि बुहारी ल्याइस् कि नानी ?” जगतमानले सोधे ।

“छैन बढाउ ! पैला, तपाईंले भन्याजस्तो बाबुआमालाई त ल्याऊँ ! अनि मात्रै बुहारी ल्याउँला भन्ने सम्झेको छु बढाउ !” ठुटाले भने ।
जगतमानले घरको यो कोठा, त्यो कोठा, भान्साकोठा, चर्पी, माथि तल हेरे । छक्क परे । अनि हाओ नानी जादु गरेर पो कमायौ छौ नि ! हाओ यो जतिको घरको दाम कति पर्छ हौ ? घरै किन्यौ कि घडेरी किनेर बनायौ हौ ?”

“घर आफैं बनाउन त एकलो मान्छे, कताको जिली कताको गाँठी बढाउ ! किनेको हो पश्चिम श्याङ्जाको एक जना पौडेलसँग !” ठुटाले भने ।

“हाओ नानी छोरा ! ग¥यौ छौ हाओ ! म त खुसी, खुपै खुसी भैगोएँ हाओ ! तर त्यो तिम्रो बाबुआमालाई ल्याऊ है ! सुख् देऊ है !” भन्दै ठुटाले कमसेकम आज एक दिन त बसौं भनेर ढिपी गर्दागर्दै जगतमान हिडे । उनी हिड्दै गर्दा उनको अनुहार धेरै भावुक बनेको थियो ।

करिब ६ महिनापछि होला, ठुटा गाउँमा गए । जगतमान बढाउलाई पनि एक जोर लुगा लगेर ढोगे । अनि बाबुआमालाई तीर्थ गराउँछु, म्यूजियम देखाउँछु, चिडियाखान देखाउँछु, बालाजु, बुढानीलकण्ठ देखाउँछु भनेर अलिकति खर्च भाइलाई पनि दिई राखेर बाबुआमा लिएर आए काठमाडौं । ठमेलको त्यही घरमा लिएर आइपुगे । बाबुआमालाई यता हातमुख यसोरी धुने, यता दिसापिसाब यसोरी गर्ने, यसोरी सुत्ने बेला झूल टाङ्ने, यता बिजुली यसोरी बाल्ने, यसोरी निभाउने, यसोरी झ्याल खोल्ने, लगाउने केके केके सिकाए । बाबुआमालाई बिहानै चिया आउँथ्यो । खाना पकाउने, चिया खाजा पकाउने एउटा केटो थियो ।

“काँ बस्ने ?कस्को छोरा हौ नानी ?” धनवीरले भान्से केटालाई सोधे ।

“मेरो घर त सुर्खेत हो हजुरबुबा !” भान्से केटाले उत्तरा गरे ।

“सुर्खेत भनेको आठराई कि फेदेन कि ? कता पो पर्छ हौ नानी ?”

“सुर्खेत त पश्चिम हो हजुरबा !”

“ए ! त्यसो भनेपछि तेर्थुम् नै रछ ! ताल्जुङबाटु तेर्थुम् त पश्चिमै त हो !”

“यहाँबाट पश्चिम हजुर्बा ! ताप्लेजुङबाट पश्चिम भनेको होइन । यहाँबाट ताप्लेजुङ जति टाढा छ त्यति नै टाढा पश्चिम पर्छ मेरो घर” भान्से केटाले भने ।

“हाओ …! अन्त कसोरी चिनाजानी ग¥यौ हौ ? हाम्रो ठुटा पनि काँकाँको मान्छे चिन्यो हौ ? ल हौ राम्रो मिल ! झगडा नगर ! नबाझ है हाओ ! ठिकै छ हाओ !” धनवीरले आशिर्वचन पनि दिए ।

दस–पन्ध्र दिन, मैना दिन बसेपछि धनवीरले छोरालाई भने– “हाओ जेठा ! अन्त हामीलाई त धेरै अल्मल्याई गोइस् नि हौ ! अब तँ त गाउँ जाँदैनास् ! अन्त हाओ ! तेरो आमालाई, मलाई कैले पु¥याउँछस् हाओ ?”

“अब यतै बस्ने नि ! केको जानू गाउँतिर बित्थामा ! अब यतै तपाईंको बुहारी ल्याऊँ ! ब्या गरौं ! अनि अब यतै बस्ने नि ! बुहारीले भाततिउन दिन्छ ! तुङ्बा बनाउँछ, हालिदिन्छ ! खाने बस्ने नि ! यीं बिजुली छ, यीं टिभि हेर्ने, घुम्ने, यीं बस्ने !” ठुटाले भने ।

“थट् ! कस्तो कुरा गर्छ हाओ यो केटा त ! अनि याँ त पोखरी डाँडा पनि छैना, बडहरे काका, बाँसघारी डाँडाघरेहरु खोइ हौ ? अनि हाओ केटा ? म यहाँ सप्पै देखिसक्युङ ! तँ यहीं रतिइस् ! तँ यहीं बस् ठिकै छ ! तँ सक्तैनस् हामीलाई पु¥याउन भने, हामीलाई गाडी चढाइदे हाओ ! तेरो भाइको न्यास्रो त आँखैमा बसेको छ ! तेरो आमा त सपनामा पनि “कान्छा ! कान्छा !” भनेर कराइ पठाउँछ हाओ !”

ठुटाले बाबुआमालाई रत्याउन के सकोस् ! जन्मीहुर्की गरेको, सप्पै दाजुभाइ, इष्टमित्र भएको प्यारो गाउँ, त्यही गाउँका डाँडाखोल्सा, कान्लाकरेंसासँग स्मृतिका सबै अक्षर टाँसिएका छन् । मर्दाखेरि ड्याम् ! ड्याम् ! बन्दुक पड्काउँदै लाने च्यानडाँडो गाउँमै छ । धनवीर २४ घण्टामा साढे तेइस घण्टा आफ्नै गाउँमा हुन्छन् । आधा घण्टा यहाँ । अनि कसरी टिक्थे काठमाडौंको त्यो ठमेलमा ! उनी हतारिए, “छिटोछिटो हामीलाई पठा केटा !” भनेर करकर गरे । नभन्दै ठुटाले हवाइ जहाजको टिकट ल्याएछ ३ वटा । बाबुआमालाई घर पु¥याउने पक्का गरेछ ।

अर्को दिन ताप्लेजुङको सुकेटारमा एघार बजे हवाइजहाजबाट ओर्लिएर, साँझ बुबाआमालाई घरमा लिएर पुग्यो । कान्छो भाइ मुसुक्क हाँस्यो । दुई–तीन दिन बसेर ठुटा फिर्ता आयो काठमाडौं ।

Anna Dhungel – Safal Prayas

आन्ना ढुङ्गेल – सफल प्रयास

उपस्थित आदरणीय दिदी–बहिनी, हामी नारी घरको चार किल्लाभित्र मात्र सीमित भएर बस्ने होइन । विश्वका कैयौं विकसित मुलुकहरूमा तपाई–हामीजस्तै नारीहरूले पुरुषले पनि गर्न नसकेका काम गरिसकेका छन् । नारी आफैंमा कमजोर कदापि हुन सक्दिनन् । समस्त नारीवर्गलाई हाम्रै पुरुष प्रधान देशले कमजोर पारिरहेको छ । जस्तो कि नारीहरूले आ–आफ्नो घरभित्रैबाट आन्दोलन सुरु गरेर कतिपय क्षेत्रमा पुरुष समान अधिकार सम्पन्न भइसकेका छन् । हामीहरू पनि आफ्नो हक र अधिकार सुनिश्चित गर्नका लागि लगातर रुपमा लड्नु पर्ने बेला आएको छ । आदरणीय दिदी बहिनी हो, अधिकार भन्ने कुरा मागेर पाइ“दैन, अधिकारलाई खोसेर लिन सक्नु पर्दछ ।

म यस मञ्चमा पुरुष वर्गको मात्र विरोध गर्न चाहन्न । कतिपय ठाउ“मा महिलाबाटै महिलाको हिंसा भएको पनि देख्न सकिन्छ । कृपया हामी यस्तो पात्र बन्न तिर भने अग्रसर नहोऔं । महिलाले महिलाकै अधिकार खोस्ने, आ–आफ्ना घरभित्र सासू र बुहारीबीचको लडाइ“, देउरानी र जेठानी बीचको लडाइ“, नन्द–भाउजु बीचको लुछाचुडी यी र यस्ता कार्यलाई निरन्तरता दि“दै आफू पछाडि पर्ने काम आजैबाट छाडेर नारी हकहित र समान अवसरका लागि लगातार सुधारका कृयाकलापहरूको थालनी गरौं । कार्यक्रम हलभित्र निकै ठूलो तालिको गडगडाहट सुनियो । जति तालिहरू बज्दै जान्थे कोपिलाको स्वर झन् झन् चर्किदै थियो । तीजको विशेष अवसर पारेर गरिएको कार्यक्रममा– मञ्चमा बसेर भाषण गर्ने क्रममा हामी नारीहरू विवाहपूर्व असल पति र विवाह पछि आफ्ना पतिको सुस्वास्थ्य एवं दीर्घायुका कामनाका साथ निराहार भगवान शिवजीको व्रत बस्छौं । तर, एक्काइसौं शताब्दीका हामी नारीवर्ग खै त अझै सचेत भएका ? हरितालिका तीजमा प्रत्येक नारीले पानी पनि नपिइकन बस्ने कठोर व्रतले सबैका पतिको मति सुध्रिएको होला त ? कि आयु नै थपिएको छ ? हो, हामीले चाहे जति नै अन्याय र अत्यचार सहनु किन नपरोस् तै पनि आफ्ना पतिको लागि कठोर ब्रत गर्ने गर्दछौं तर हामीलाई जति माया गर्नु भन्ने पति भनाउनेहरूले आफ्ना श्रीमतीको लागि कहिल्यै ब्रत बसेको थाहा पाउनु भएको छ ? खै त हामीहरूका लागि हाम्रा पतिहरू कहिल्यै पनि ब्रत बस्दैनन् नि ? हामीहरू भने किन बस्ने ? जुन पतिको व्यवहारले हामी नारीको मन छिया छिया बनाइरहन्छ उसका लागि ब्रत बस्नुको अर्थ के ? के वर्षदिन एकदिनमा निराहार व्रत बसेर सबै लोग्ने मानिसहरू हामीले भनेजस्तै हु“दाहुन् त ? आदरणीय महिला दिदीबहिनिहरू, मैले तपाईहरूलाई ब्रत किन बस्नु पर्ने ? तीजको व्रत बस्नै पर्दैन भनेर हाम्रो धर्म संस्कृतिको उल्लंघन गर्न खोजेको भने होइन, मैले त समाजमा नारी वर्गको उठानको लागि थोरै भए पनि जागरुक हुनु पर्ने कुरा मात्र तपाईहरू सामु व्यक्त गरेकी हु“ । अर्को कुरा, अधिकार र समानताको नारा उराल्ने मात्र पनि होइन, त्यसलाई कसरी व्यवहारिक बनाउने भन्नेतर्फ पनि समस्त नारीवर्गले ध्यान पु¥याउन जरुरी छ ।

चाडपर्वका नाममा हामीले समाजमा विकृति भित्रन दिनु हु“दैन । महिनौं दिन अगाडिदेखि विभिन्न पार्टी प्यालेसमा तडकभडकका साथ आयोजना गरिने तीज कार्यक्रमले पनि सकारात्मक प्रभाव पार्ला भन्ने मलाई लाग्दैन । न कि आवश्यकता भन्दा बढी गरगहनाको प्रदर्शनीले नै यसको महत्वलाई बढावा दिन्छ । अरुको देखासिकी गर्ने बानी कतिपयमा नभएको पनि होइन । आधुनिकता भन्दैमा चाहिने भन्दा बढी ढर्रा देखाएर चाडपर्वको अवमूल्यन गर्ने कामलाई कृपया मौलाउन नदिऔं । तालिको आवाज झन झन् बढ्दै गयो । तालीले दिएको हौसलाले कोपिलालाई म के भन्दैछु भन्ने कुराको अत्तो पत्तो नै हुन छाडिसकेको थियो । तालिवालाहरू स्वरमा स्वर मिलाए जस्तै गरी तालि बजाउनैमा व्यस्त देखिन्थे । कार्यक्रम हलको चारै कुनाबाट जोर जोरका साथ
तालीको आवाज सुन्न सकिन्थ्यो । हामी नारीहरू पनि पुरुषभन्दा कम छैनौं । यस समाजले हामीलाई पुरुष सरह समान व्यवहार गर्न सिक्नु पर्दछ । हामीले जसरी आफ्नो पतिलाई आदर र सम्मान गर्छौ त्यसैगरी हामीलाई पनि हाम्रा प्रत्येका सकारात्मक कार्यका लागि उनीहरूले सम्मान गर्नुपर्दछ । प्रत्येक घरमा एउटा बाबुले छोरीप्रति गरिने व्यवहार, दाजुभाइले दिदीबहिनीप्रति गरिने व्यवहार र श्रीमानले श्रीमतीप्रति गरिने व्यवहार हामीले सम्मान पाउनै पर्छ । अनि मात्र हामी पुरुष सरह समान भएछौं भन्ने कुराको प्रमाण हुन्छ ।

श्रीमान्ले अपमानित गर्दै अश्लील शब्दको प्रयोग गर्दछ भने हामीले उसलाई सधै“ भरी हजुर, हजुर भनिरहनु पर्छ भन्ने त छैन नि ? उनीहरूले हामी नारीवर्गलाई पशुवत व्यवहार गर्दै सधैंभरि कुटपिट गर्दछन् भने हामीले यस्तो अत्याचारलाई सहेर बसिरहनु पर्छ भन्ने त छैन
नि ? हामी पनि आ–आफ्नो क्षेत्रबाट आफूले सकेको प्रतिकार किन नगर्ने ? सभामा उपस्थित आदरणीय दिदीबहिनीहरू हो तपाईंहरू पनि यस्ता क्रियाकलापबाट कतै पीडित त हुनु भएको छैन ? तपाईहरू पनि पुरुषबाट गरिने यस्ता दुव्र्यवहारको सिकार त हुनु भएको छैन ? यदि हुनुहुन्छ भने कृपया कुनै संकोच नमानी हाम्रो संस्थामा खबर गर्नुहोला । हामी तपाईंहरूको सधै साथमा रहनेछौं । नारी हकहित र समानताका यस्तै चर्का चर्का भाषणका बाबजुद कोपिलालाई महिला नेतृ बनाएको छ ।

देशैभरि तीजको रमाइलो भइरहेको छ । पहिला–पहिलाका वर्षहरूमा वर्षको एकदिन मनाइने तीज पर्व विगत केही वर्षयतादेखि महिनादिन अगाडिदेखि मनाउने चलन सुरु भएको छ । विभिन्न संघसंस्थाहरूले पनि तीज पर्व मनाउन थालेका छन् । आजको यस तीज विशेष कार्यक्रमको भव्य सामरोहका बीच महिलाहरूका हकहित र समानताको लडाईं लड्दै आएको महिला नेतृ कोपिलाई अधिकारिक सम्मान गरियो । साथसाथै सभामा उपस्थित सबै महिलालाई तीजको दर खुवाउने कार्यक्रम पनि सम्पन्न भयो । आफूलाई गरिएको सम्मानले कोपिलाको का“धमा अझ बढी जिम्मेवारी थपिएको बोध भयो । उनले आफ्नो संस्थाले आजसम्म उठाउ“दै आएका नाराहरूलाई जसरी पनि सफल बनाउ“छु भन्ने बचनबद्धता उपस्थित सबैका सामू व्यक्त गरिन् । कार्यक्रमको समाप्तिपछि त्यहा“ उपस्थित महिलाहरूले सोही कार्यक्रम हलमा भोलिपल्टका लागि नाचगान गरी रमाइलो गर्ने निधो गरे र सबै आ–आफ्ना घरतिर लागे । कोपिला पनि आफ्नो घरतिर लागिन् । सा“झ परिसकेको थियो । हतार–हतार उनले बेलुका लागि खाना तयार पारिन् र आफ्नो श्रीमान कामबाट आउने प्रतीक्षामा बसिन् । रातको दश बजिसक्दा पनि उनको श्रीमान त्यसदिन घर आएनन् । न त उनले आफू घर नआउने जानकारी नै दिएका थिए । रात छिप्पिदै थियो । कोपिलाले आफ्नो श्रीमान्को मोबाइलमा घण्टी बजाइन् । उनको फोनको घण्टी बज्नासाथ उनका श्रीमानले मोबाइल अफ गरे । उनका लागि श्रीमानको यस्तो व्यवहार कुनै नौलो थिएन । पटक पटक उनले यस्ता कठिनाइहरू पार गरिसकेकी थिइन् । कोपिला पनि दिनभरीको भाषणले निकै थकित देखिन्थिन् । भोलिपल्टको कार्यक्रममा रमाइलो गर्नुपर्छ भनी साथीहरूबीच भएको सहमतिलाई मध्यनजर राख्दै उनी छिटो छिटो काम सकेर सुत्न गइन् । भोलिपल्ट विहानैदेखि सुरु हुने भनेको नाचगान कार्यक्रममा कोपिला पनि त्यही अनुसार तोकिएको स्थानमा गइन् । आ–आफ्ना घरको चुल्हो चौको सकेर विस्तारै विस्तारै महिलाहरू जम्मा हुने क्रम जारी थियो । दिउ“सोको १ बजिसकेको थियो । गीत गाउनेहरू गाउने, नाच्नेहरू नाच्ने, वरीपरी बसेर ताली पड्काउनेहरू आफ्नै सुरुमा ताली पड्काउ“दै निकै रमाइलो र उल्लासपूर्वक नाचगान गरिरहेका थिए । त्यसै बीचमा पछाडिबाट कसैले ठूलो स्वरमा कोपिला भनी बोलाएको आवाज सुनियो ।

एकैछिनमा त्यस भिडभाडबाट एक्कासी कोपिला गायब भइन् । कार्यक्रम हलको अलि परको पर्खालको एक कुनामा दुईजना मानिस देखिए । हल निकै ठूलो भएकाले ती कुनाको मानिसको अनुहार भने सहजै नियाल्न सकि“दैन थियो । त्यहा“ उपस्थित महिलाहरूले ती दुईजना अरु कोही नभएर कोपिला र उनका श्रीमान हुन् भन्ने अनुमान भने सहजै लगाए । कोपिलाका श्रीमान दिउ“सै रक्सीले मातेर आफ्नौ शरीरलाई पनि धान्न नसक्ने गरी लरखरि“दै आएका थिए भने कोपिला उनलाई साहारा दि“दै घरतिर लैजादै थिइन् । घरमा पुगेर श्रीमानलाई बेडमा सुताइदिइन् । आजभने उनलाई खपिनसक्नु भयो । रातभरि घर नआएको र दिउ“सो सबैजनाले देख्ने गरी उनको यस्तो हालत देखेर उनलाई साह्रै रिस उठ्यो र भनिन्–आफ्नो शरीर नैधान्न नसक्ने गरी के खाएको ? खानै पर्छ भने पनि कम से कम आफू सम्हालिन सक्ने गरी त खानू नि ? के हो यस्तो चाला ? सधै“ सधै“को यस्तो चाला हो भने म पनि ………………….. । कोपिलाले आफ्नो कुरा टुङ्ग्याउन नपाउ“दै उनका श्रीमान्को चर्केको स्वर सुनियो– के गर्छेस् त जैरीले ? मलाई खुब धम्की दिन्छेस् ? खाए“ त खाए“ मेरै कमाई खाए“, तेरो बाउको त खाएको छैन नि ? भन्दै उनीमाथि मुक्का बर्जान थाले । एकछिन अगाडिसम्म आफ्नो शरीरलाई अड्याउनै नसकेर श्रीमतीको साहारामा घरमा आइपुगेका श्रीमान अहिले उनैलाई पिट्न थाले । श्रीमानले रक्सी पिएर आएको बेला दोहोरो कुरा गर्नु भनेको आफ्नै ज्यानले दुःख पाउनु हो भन्ने पनि उनलाई राम्रैस“ग थाहा थियो । त्यसैले उनी चाहेर पनि केही नबोली मौन भइन् । दिनहु“ रक्सी पिएर लरखरि“दै घर आउनु र श्रीमतीस“ग हरेक कुरामा निहु“ खोजेर झगडा गर्नु अनि कुटपिट गर्नु कोपिलाको श्रीमानको दैनिकी जस्तै थियो । पहिले पनि श्रीमानको यस्तो व्यवहार सहन नसकेर शरण माग्न कोपिला धेरैपटक आफन्तको गएकी थिइन् ।

आफन्तबाट पनि सहानुभूतिको व्यवहार पाउन सकिनन् । अब यसरी सधैभरि कति भागी भागी हिंड्नु भन्ने सोचेर श्रीमानले रक्सी पिएका बेला आजकल उनी घरको वरपर लुकी छिपी बस्ने गर्दछिन् । आफ्नै श्रीमानबाट पाएको यस्तो अमानवीय व्यवारबाट छुटकारा पाउन उनका मित्रजनहरूले सम्बन्ध विच्छेद गरेर आनन्दपूर्वक जीवनयापन गर्ने सल्लाह पनि दिएका थिए । कहिले काही“ त उनलाई साथीभाइले दिएको सल्लाह निकै उत्तम उपाय हो भन्ने लाग्दथ्यो । यस्तो रातदिनको यातना सहनुभन्दा त सम्बन्ध विच्छेद नै गर्नु पर्छ जस्तो पनि नसोचेकी होइनन् । आजको रात पनि कोपिला निदाउन सकिनन् । आफ्नो लोग्नेले आफूप्रति गरेको व्यवहार सम्झ“दा सम्झ“दै बिहान पो भइसकेछ । आज पनि उनी हतार हतार आफ्नो नित्यकर्म सकेर आफूजस्तै पीडित महिलाहरूको हक, हित र अधिकारका लागि खोलिएको संस्थामा पुग्छिन् । उनले आफूले भोगेको यातना त छ“दैछ तै पनि आफूजस्ता कैयौं यातना भोग्नेहरूलाई भने उनले सहयोग गरेर यस्ता यातनाबाट छुटकारा दिलाएकी छिन् । उनलाई अस्ति आफू सम्मानति भएको अनि त्यस सम्मान कार्यक्रमम आफूले दिएको बचन, भोलिपल्टको नाचगानको रमाइलो कार्यक्रम अनि आफ्ना श्रीमानको सहनै नसक्ने व्यवहारको एकैपटक सम्झना आयो । नारी हकहित र समान व्यवहारका लागि मञ्चमा जतिसुकै भाषण छा“टे पनि व्यवहारमा उनी नेपाली समाजकी नारी थिइन् ।
उनको मन मस्तिष्कमा नेपाली संस्कृति जीवित थियो । उनले आफूलाई श्रीमानले गरेको दुव्र्यवहारको अन्त्य पनि एक दिन अवश्य गर्नेछु भनेर अहिलेको अवस्थालाई कुनै परवाह नगरी आफूले वचन दिएको काम पूरा गर्नुपर्ने सोची नारी हकहितका लागि लडिरहिन् । त्यसैको परिणाम आज समाजमा सम्मान पाएकी छिन् । आज समस्त हिन्दू महिला दिदीबहिनीहरूले आफ्नो पतिको सु–स्वास्थ्य र दीर्घायुको लागि भगवन् शिवजीको पूजा आराधना गरी निराहार ब्रत बस्ने दिन । कोपिला बिछ्यौनाबाट जुरुक्क उठिन् र भित्तामा झुण्ड्याइएको घडीतिर आ“खा लगाइन् । यतिखेर बिहानको ५ बज्न लागेको रहेछ । झ्यालको पर्दा यसो उघारिन् र बाहिरतिर हेरिनन् । बाहिर मानिसहरूको गाइ“गुइ“ आवाज सुनिन थालिसकेको थियो । उनी नुहाउनका लागि बाथरुमभित्र छिरिन् । नुहाइसकेर उनी पूजाको सामग्री मिलाउन लागिन् । त्यतिबेलासम्म बाहिर उज्यालो भइसकेको थियो । उनी हतार हतार हातमा पूजा सामग्री बोकेर नजिकैको शिव मन्दिरतिर लागिन् । कोपिला त्यहा पुग्दा अरु महिलाहरू पुजा साम्रारी लिएर पहिलानै पुगिसकेका रहेछन् । सबै मिलेर रमाइलो गरी स“गै पुजा गरे । पण्डित बाजेले कोपिलालाई टिका लगाउदै–लौ नानीको ब्रत सफल होस्, तिम्रो श्रीमानको आयु वृद्धि होस्, स्वस्थ रहुन्, पण्डित जी यस्तै यस्तै भन्दै गए । कोपिलाको मनभरि भने अर्कै पीडा थियो । उनी केही नबोली त्यहा“बाट जुरुक्क उठेर घरतिर लागिन् । घरमा श्रीमान मूढो लडेझैं लडिराखेको थियो । उसलाई हिजोको रक्सीको मातले अझै पनि छाडेको थिएन । कोपिलाले शान्तभावमा सोचिन् । म र मेरो संस्थामार्फत् धेरै दिदीबहिनीले राहतको सास फेरेका छन् म आफू भने यस्तो अवस्थामा बा“चिरहेकी छु । यस समस्याबाट मुक्त हुन केही न केही त उपाय गर्नैप¥यो । केही बेरपछि उनका श्रीमानको निद्रा खुल्यो । उनी श्रीमानका नजिकै गइन् र भन्न थालिन्– तपाईले हिजो साथीहरूको बीचमा म प्रति जुन व्यवहार देखाउनु भयो यसले म निकै दुःखी र लज्जित पनि छु । तपाईको यस्तै यस्तै क्रियाकलापले मैले गर्दै आएको कामप्रति पनि समाजले प्रश्नचिन्ह खडा नगर्ला भन्न सक्ने अवस्था छैन । यदि आजकै दिनदेखि तपाईले आफूबाट भए गरेका गल्तीलाई स्वीकार्दै का दिनमा आफूबाट यस्ता क्रियाकलाप नहुने बचन दिनुहुन्छ भने त ठीकै छ होइन भने म तपाईंस“ग जीवन बिताउन सक्ने छैन । म तपाईस“ग सम्बन्ध विच्छेद गरेर स्वभिमानले स्वतन्त्र भएर बा“च्न चाहन्छु ।

कोपिलाको कुरा सुनिसकेपछि उनका श्रीमानको मनमा पश्चातापको घण्टी बज्यो । उनले सोचे ओ हो मैले यतिका दिनसम्म त सा“च्चिकै गलत व्यवहार पो गर्दै आएको रहेछु । यो भन्दा बढी म हाम्रो सम्बन्धलाई बिर्गन दिने छैन । उनले भने त्यसो होइन कोपिला, मलाई माफ गर देखि म यस्तो व्यवहार गर्ने छैन । कृपया सम्बन्ध विच्छेदको कुरा नगर । श्रीमानका मुखबाट यति सुन्नासाथ कोपिलाको अनुहारमा खुशी छायो । उनलाई लाग्यो आज भने बल्ल आफ्नो समस्याबाट पार लाग्ने लक्षण देखियो र उनले भनिन– तपाईंलाई मैले मात्र विश्वास गरेर पनि त भएन नि हिजो म जसरी सामूहिक रुपमा अपमानित भएको थिए“ त्यसैगरी तपाईले पनि सामूहिक रुपमा माफी माग्नु पर्छ र का दिनमा यस्ता गल्ती नगर्ने बचन दिनुपर्छ । कोपिलाका कुरामा उनी सहमत भए । कोपिला पनि आफ्ना श्रीमानलाई लिएर साथीहरूले रमाइलो गरिरहेको तीज कार्यक्रम स्थलमा पुगिन् । कोपिला आफ्ना श्रीमानका साथ ह“सिलो अनुहार लगाएर कार्यक्रम स्थलमा आएको देख्दा साथीहरू सबै अचम्मित भए । कोपिलाका श्रीमानले सबैका सामू आफूले कोपिलाप्रति गरेको अपमानजनक व्यवहारका लागि माफी मागे । आजैका दिनदेखि आफू सही बाटोमा लाग्ने र यस्ता गल्ती जीवनमा कहिल्यै पनि नदोहो¥याउने बचन सार्वजनिक रुपमा दिए ।

नया“बानेश्वर
– शुक्रबार, 15 कार्तिक, 2070

Prem Nepali – Paalo Janata Ko

प्रेम नेपाली – पालो जनताको


रंगेलीपाटनमा मानिसहरुको विचित्रको जमघट थियो । गाउ“ गाउवाट राता झण्डा वोकेको गाउ“लेहरु जिन्दावाद र मुर्दावादको नारा घन्काउदै भेलामा आई पुगेका थिए । भतभति पोल्ने घाममा पसिनाले चिप्लिकै भिजेका गाउ“लेहरु ठेलम ठेल गर्दै सभामा वसेका थिए । घरदेखि एक घण्टा पैदल हिडेर दीनवन्धु शर्मा श्रीमति लिएर नेताहरुको भाषण सुन्न मानिसहरुको घुच्ची सहदै सभामा आईपुगे । पसिनाले चिप्लिकै भिजेका उनी नेताले के भन्छन भनेर कान ठाडो वनाए । ‘जनविरोधी यो शाषनले गरि खान दिएन । निरकुंश शाषकलाई घु“डा नटेकाएसम्म मुक्ति मिल्दैन’ मञ्चका नेताले कुर्लदै भने ‘तपाईहरु हामीलाई साथ दिनुहोस, हामी तपाईलाई मुक्ति दिनेछौं ।’
पाटनलाई एकैछिनमा लाठी र वन्दुक वोकेका प्रहरीले चारैतिरवाट घेरा हाले । ‘अव जेल पर्ने भईयो, कुटाई खाने भईयो’ सभामा खैलावैला मच्चियो । सवै जना भाग दौड गर्न थाले । प्रहरीले केहि नेता र कार्यकर्तालाई समात्यो । सभामा नेताको भाषण सुनेर तालि वजाउन पुगेका गाउ“लेहरुले प्रहरीको गालि लाठि खाए ।

प्रहरीको पिटाईवाट वन्दुक पार्टीका शिर्ष नेता छविलाल पनि घाईते भए । टाउको र खुट्टामा चोट लागेका उनलाई पुलिसले गिद्वले चल्ला समाएजस्तै गएर लादै थियो । जनताले कुखुरले झम्टेजसरी प्रहरीलाई भगाएर छविलाललाई छुटाउन सफल भए । सभास्थलतिर खतरा भएपछि आकासे पार्टीका कार्यकर्ताले छविलाललाई दिनवन्धुको घरमा लगेर लुकाए । ज्यानभरी लाठी र वुटको चोटले छविलाल मरणासन्न भए । दीनवन्धुले नेतालाई आमाले वच्चालाई हेरचाह गरेजस्तै सेकताप गरे । छिमेकीको घरवाट दूध घिउ ल्याएर खुवाए । दशैंमा छोरा आउ“ला र काटेर खुवाउँला भनेर राखेको रातो भाले पनि ठुला नेता भनेर छविलाललाई नै खुवाए ।
दिनरात स्याहार सुसार पाएपछि छविलालको रुपरंग फेरियो । हस्टपुष्ट र तन्दुरुस्त भए ।
‘आमावुवा हजुरको सेवाले मैले नया“ जीवन पाए’ विदा हुने वेलामा छविलालले मलिन अनुहार वनाउ“दै भने ‘कुनै वेला सम्झेर मलाई सेवा गर्ने मौका दिनु भएमा धन्य हुने थिए ।’

तानाशाही सरकार विरुद्व देशभर आन्दोलन आगो दन्कियो । ग“ाउ, शहर, हिमाल, पहाड, तराई सवैतिरका जनता ज्यानको वाजि थापेर सडकमा उत्रिए । पुलिसले असिनाले चुटेजस्तै लाठीले चुट्यो । अंश्रुग्या“स हान्यो, डम्म कुहिरो लागेजस्तै आ“खा भतभति पोल्ने धु“वाले ढाक्यो । सास फेर्न गाहे भयो । तर खरवारी सल्किएको चैतको डडेलो जस्तै फैलिएको आन्दोलनको आगो रोकिएन । जति गर्दा पनि केहि सिप नचलेपछि प्रहरीले गोलि वर्षायो । आकासमा चट्याङ्ग परेजस्तै भयानक आवाज गुन्जियो । राता झण्डा वोकेका जनता रुख ढलेजसरी सडकमा पल्टिए । रगतको खोलो वग्यो । साम, दाम, दण्ड, भेद जुनसुकै उपाय गर्दा पनि आन्दोलन थामिएन । वरु झन झन उर्लदै आन्दोलनको आ“धीले दरवार नै लपेटेर लैजाने लक्षण देखियो । राजाले जनता सामु घु“डा टेके । रेडियो, टिभीमार्फत राजाले जनताको नासो जनतालाई सुम्पिएको घोषणा गरे ।

रंगेली पाटनमा फेरि जनताको जमघट भयो । राता झण्डा वोकेका, अविर घसेर रातै अनुहार भएका । सवैको ओठ र चेहरा हा“सोखुसीले धपक्क वलेको थियो । जनताले जीतको गित गाईरहेका थिए ।
जनताको जित भो । अव जनताका सन्तानले नै शाषन चलाउने भए । त्यति मात्र कहा“ हो र राजाको शाषन अन्त्य हुने रे, देशको शाषक पनि जनताले चुनेकै हुने रे । जनताको खुसीले भूईमा खुट्टा थिएन । दीनवन्धु पनि वुढेसकालमा भएपनि खुसी देख्न पाईने भो भनेर दङ्ग परे ।

रंगेलीपाटनको उतरतिर भव्य मञ्च वनाईएको थियो । ध्वजा पताकाले मञ्च झकिझकाउ पारिएको थियो । ठुला ठुला सोफा राखिएको थियो ।

‘नमस्कार’
आदरणीय जनसमुदायहरुमा हार्दिक अभिवादन’
एउटा पातलो जीउडाल भएको युवाले हसिलो जोसिले स्वरमा सम्वोधन गरे । सभाका सहभागिहरु ध्यान दिएर सुन्न थाले ।
युवकले फेरि उस्तै स्वरमा नेताहरुलाई पालै पालो मञ्चमा वोलाए । जनसभातिर नमस्कार गर्दै नेताहरु मञ्चमा विराजमान भए ।
देशमा आमूल परिवर्तनको लागि ज्यानको वलिदान दिने शहीदहरुको सम्झनामा सवैले एक मिनेट शिर झुकाएर मौन धारण गरे । ।
‘धन्यवाद’ सन्नाटा भंग गर्दै एक लिखुरे युवाले भने । नेताहरुलाई भाषण गर्न पालै पालो वोलाए । देशमा अव जनताको शाषन आएकोले सुख, शान्ति, समृद्वी छाउने वताए । जनसभामा परर तालि वजाए । अन्तिममा शिर्ष नेता छविलालको पालो आयो । पातलो जीउडाल । झुस्स दाह्जिुंगा । शिरमा ढाकाटोपी, आ“खामा पावरवाला चश्मा लगाएका छविलाल माईक अगाडि उभिएर नमस्कार गर्दै भने
‘अन्ध्यारो कालो रात हटेर विहानी भएको छ । तपाईको घरमा पालेका वाख्रा, कुखुरा राति राति मारेर खाने वाघ र व्वाँसा जस्ता शाषकहरुले तपाईहरुको श्रम, पसिना चुसेर कंकाल वनाउन पाउने छैनन । तपै हामीले मिलेर गाँउ पसेको स्याल जस्तै तिनिहरुलाइई लखेटेर यो देशवाट भगाएका छौं । अव तपाई हामी मिलेर हजारौं शहीदले देखेको सपना साकार पार्न देशको मुल कानुन संविधान वनाउनुपर्छ । यस्तो अवसर मिल्नुमा सवैभन्दा ठुलो योगदान हाम्रै पार्टीको रहेको छ । त्यसैले तपाईहरुले हाम्रो पार्टीको चुनाव चिन्ह् वन्दुकमा भोट दिएर हामीलाई जिताउनुहोस । हामी तपाईहरुलाई जनमुखि संविधानसंगै विकास र शान्ति दिनेछौं । तपाईको घरदैलोमा पानीको धारा खस्नेछ । मोटर कुदनेछ । पढनलाई स्कुल र उपचार गर्न अस्पताल गाउमै खोलिदिनेछौं । छोराछोरीलाई जागिर लगाईदिनेछौं । घर घरमा विजुली वालेर यो ग“ाउलाई पनि शहर जस्तै झिलिमिलि पारिदिन्छौं ।’

छविलालको भाषण सुनेर जनता चिनीमा लठिएको मौरी झै मन्त्रमुग्ध भए । छविलालको पार्टीलाई जिताउन तन, मन, धनले भ्याएसम्मको उपाय गरे । कतिले अरुले टाउको फुटाए, आफ्नो पनि फुटने गरी कुटाई खाए । ‘वन्दुक’ चिन्हमा आफुले पनि छाप लगाए । अरुलाई पनि फकाएर, तर्साएर, लोभ्याएर लगाउन लगाए । चुनाव सकियो । रेडियो, टेलिभिजन, अववार, अनलाईन सवैले देशका धेरै ठाउँमा छविलालको पार्टीले छलाङ्ग मारेको खवर दिए ।
आफुले मत दिएको पार्टीले जित्दा जनता निकै खुसी भए । अव पेटभरी खानलाई, राम्रो लगाउनलाई दशैं कुर्न नपर्ने भो । विरामी पर्दा ऋणधन खोजेर रातारात शहरमा जान नपर्ने भो । वनपात गरेर समय फाल्ने केटाकेटीहरु स्कुलमा पढन पाउने भए । गाउँमा पनि शहरमा जस्तै सुविधा पाइने भो । ग“ाउलेहरु कल्पनामा डुवे । आपसमा अविर दलेर खुसी साटा साट गरे ।

रंगेली पाटनमा विजय महोत्सवको आयोजना गरियो । गाउ“लेहरु आपसमा अविर दलेर वधाई र शुभकामना साटे । रातै झण्डा, रातै अनुहार एकले अर्कोलाई चिन्न धौ धौ प¥यो । संसारभरीको सवैभन्दा ठुलो सुख छोप्न पाईने भो भनेर जनताको जमात पाटनमा उर्लियो । बर्षाभरी रुझ्दै र भिज्दै लगाएको धान पाकेर पहेलपुर भईसकेको थियो । गोठका चौपाया घा“स, पानी खान नपाएर भोक भोकै कराउन थाले । तर गाउँलेहरुले सवै काम ठप्प छाडेर ढोकामा चुकुल ठोकेर सभामा सहभागि भए ।

ध्वजापताकाले सजाईएको मञ्चको पछाडितिर पार्टीका ठुला नेता र शहीदको तस्वीर टांगिएको थियो । विचमा आरामदायी सोफाहरु राखिएको थियो । अविर र मालाले रंगिएर चिन्नै नसकिने भएका एक कार्यकर्ता माईक अगाडि उभिए । फेरि आसन ग्रहण । शहीदको सम्झनामा मौनधारणा गरियो ।
मतदाता नामावलीको नामभन्दा अत्याधिक मत ल्याएका छविलालको वोल्ने पालो आयो । अनुहारभरी रातो अविर लगाएर खादा, फुलमालाले ढपक्कै ढाकिएका उनले कुम हल्लाउ“दै माईक समाते । आफुलाई मत दिने पार्टीका कार्यकर्ता, मतदाता सवैलाई मुरीमुरी धन्यवाद दिए । प्रसन्न मुद्रामा उनले भने ‘मैले जित्नु भनेको तपाईहरुकै जित हो । अव गाउँमा विकासको ढोका खुल्यो । वाटो, अस्पताल, विद्यालय, विजुली, पानीको धारा सवै वने भनेर सम्झनुहोस । तपैका होनहार छोराहरु दश वीस हजार कमाउन अव विदेश जानुपर्दैन । यहि लाखौं कमाउन पाउनेछन ।’ उनको वोलिपिच्छे जनताले परररर तालि वजाए ।
दश गाउ“का जनता खुसी भएको सभामा दीनवन्धु खुसी नहुने कुरै भएन । उनले पनि जोडजोडसंग तालि वजाए । छविलालले आफुलाई चिनेर वोलाउ“छन कि भनेर घरी घरी उठेर मञ्चतिर हेर्थे । तर पछिकाले छेकियो वस्नुहोस भनेकाले खिस्स हा“स्दै वस्थे ।
दिनभर घाममा टट्टिएर सा“झपख विकासको सपना देख्दै गाउ“लेहरु घरतिर फर्किए । छविलाल कार्यकर्तासहित राजधानीतिर हानिए । वहुमत ल्याएको आकासे पार्टीले सरकार वनायो । छविलाल मन्त्री पनि भए । आफुले जिताएको पार्टीको सरकार र नेता मन्त्री भएको खवर सुनेपछि गाउ“लेहरु अव विकास पक्का हुने भो भनेर खुसीले दङ्ग परे ।

प्रधानमन्त्रीवाट सपथग्रहण गरेपछि छविलाल मन्त्रालयको आरामदायी कुर्सीमा गएर थचक्क वसे । अगाडी ठुलो टेवुलमा देशको झण्डा, पृथ्वीको ग्लोव राखिएको थियो । जाडोमा तातो र गर्मिमा चिसो आउने एयर कण्डिसन आउने कोठा थियो । मन्त्रालयमा मात्र होईन, निवासमा समेत विहानदेखि वेलुकीसम्म भेटघाट गर्न आउनेहरुको धुईरो ।
वरपर सुरक्षाकर्मी राखेर करोडौंको झण्डावाल गाडिमा सवार । दामी पोशाक । पाच तारे होटलमा पार्टी । विकासको ठेक्कापट्टा र कर्मचारीको सरुवा वडुवा । शहरका हुनेखानेसंगको उठवस । काम गरिदिए वापत सुटकेश भरी भरी आउने रकमको विटो । पत्रिका, टेलिभिजन जतासुकै उनकै भाषण र तस्वीर । संविधान वनाउन पुगेका उनको पार्टीका नेताहरु सत्ताको स्वादमा झुल्लिए । गाउँका जनतासंग गरेका वाचा वन्धन सवै विर्सिए ।
छविलालको पार्टीले मात्र मस्ती गरेको अरु पार्टीका नेताहरुलाई मन परेन । पहिला सत्ताको स्वाद चाखिसकेका उनीहरुलाई औडाहा भयो । हामीले सरकारमा वस्न पाउनुपर्छ भनेर हानथाप गर्न थाले । कहिले कुन पार्टीको नेताको नेतृत्वमा, कहिले कुन पार्टीको नेताको नेतृत्वमा मिलिजुली सरकार वनाउने र भत्काउने खेलमा उनीहरु व्यस्त भए । शहीद र जनताको सपना साकार पार्ने संविधान वनाउनतिर ध्यानै दिएनन । नेता र कार्यकर्ताको चाकडी गर्नमा छविलाल खप्पिस थिए । जुन पार्टीको अगुवाईमा सरकार वन्दा पनि महत्वपूर्ण मन्त्रालयमा उनी आसिन हुन्थे ।
सत्तामा वसेपछि पहिला हावा नभएको वेलुन जस्तै चाउरिएका छविलाल फकेर फुटन लागेको वेलुन जस्तै भए । त्यतिमात्र होईन, उनका आसेपासे कार्यकर्ता र आफन्त पनि पुष्टिए ।
वर्षदिनमा उनले राजधानीको मुटुमा करोडौंको महल वनाए । ठाउ ठाउमा जग्गा किने । आफन्त, साली, जेठान, साला र कार्यकर्तालाई जागिर खुवाए ।

दीनवन्धुकी श्रीमति दमकी विरामी थिईन । अलिकति हिडेर वोल्यो कि स्या स्या भईहाल्थ्यो । गाउँमा अस्पताल छैन, शहर जाउँ खर्च छैन । विचरी घरमै व्यथा पालेर वसेकी थिईन । छविलालले भाषण गर्दा गाउँमा अस्पताल खोलिदिन्छु भन्दा सवैभन्दा वढि उनै खुसी भएकी थिईन । तर बर्षौ वित्यो गाउँमै अस्पताल खुल्ला र उपचार गराउँला भन्ने उनको चाहना सपना
नै रहयो । न अस्पताल, न विद्यालय, न मोटरवाटो केहि पनि खुलेनन । व्यथाले उनलाई झनै च्याप्दै लग्यो । अस्पताल नगए ज्यान पनि नरहने भो । दुःख पर्दा भगवानलाई सम्झने दीनवन्धुले नेता छविलाल र उनले जाने वेलामा भनेका कुरा सम्झिए ।
‘शहरमा नेता भएपछि खान र वस्न समस्या भएन । सके अस्पताल पनि उनैले लगेर उपचार गरिदिन्छन होला’ दीनवन्धुले श्रीमतिलाई भने ‘लौ हिड वुढी शहरतिर जाउँ र नेतालाई भेटौं ।’ परदेशको ठाउँ के कसो हुन्छ भनेर गोठका वाख्राहरु वेचे र थैलीमा तीस हजार रुपया“ हालेर शहर झरे ।
धुवाँधुलो, गाडि, मान्छेहरुको भीड छिचोल्दै उनीहरु शहरको नाम चलेको अस्पतालमा पुगे । डाक्टरले जे भन्छन त्यही गरे । यसोउसो गर्दा थैलीको २५ हजार रुपयाँ सकियो । ‘अव यस्तै हो भने घर फर्कने भाडा पनि नरहने भो’ दीनवन्धुले पुम्पुरोमा हात राख्दै भने । छविलाललाई भेटेर सहयोग माग्न जाने सल्लाह गरे । झोला वोकेर दुवै सोध्दै खोज्दै मन्त्री निवासमा पुगे । गेटमा वन्दुक वोकेर सिपाही थिए । मन्त्रीलाई भेटन आउनेहरुको जमघट थियो ।
‘कस्लाई भेट आएका हौ तिमिहरु?’ गेटको प्रहरीले सोधे ।
दीनवन्धुले दुई हात जोडेर आफ्नो परिचय दिदै कारण खुलाए । प्रहरीले दुवैको नाम, थर, ठेगाना टिपेपछि सोधेर आउँछु भन्दै भित्र पसे । पहिला तिनै प्रहरीले छविलाललाई मर्नेगरी पिटेका थिए । समातेर जेल हाल्छन कि भनेर छविलाल प्रहरीलाई छल्न जंगल जंगल हिड्थे । अहिले तिनैले सुरक्षा दिएका देखेर दीनवन्धु र श्रीमति दङ्ग परे ।
‘मन्त्री ज्यूले भनिवक्स्या आज समय छैन रे भोलि विहानै आउनुहोस रे’ अघिको प्रहरी वाहिर निस्किएर भने । आफुहरु आएको खवर दिएपछि छविलाल आफै लिन गेटसम्म आईपुग्छन भन्ने सोचेका दीनबन्धुको अनुहार डम्म वादल लागेजस्तो देखियो । दुवैजना चुपचाप होटलतिर फर्किए ।
भोलिपल्ट फेरि विहानै उनीहरु मन्त्री निवास पुगे । तीन घण्टा कुर्दा पनि पालो पाएनन । दीनवन्धुको धैर्यको सिमा टुटयो । भित्रपस्न जोडतोड गर्न थाले । प्रहरीले सम्झाउँदा नमानेपछि हान्नलाई लाठी उचाल्यो । वुढो मान्छे देखेर हानेन । वाहिर हल्ला खल्ला मच्चियो । हुत्तिदै पसेका दीनबन्धुले भित्र देखे–दुवो, फूल, पोखरीले सजिसजाउ वगैचा । अग्लो महल । नोकरचाकर । चिप्ला मोटरकार । वगैचाको कुर्सीमा झकिझकाउ पोशाकले सजिएका रातोपिरो अनुहार भएका मानिस । माहुरीले रानोलाई घेरेजस्तै सवैले उनलाई घेरिरहेका थिए । दीनवन्धुले भीडको अनुहारमा नजर दौडाए । तर गाउ“मा देखे, भेटेको छविलाललाई देखेनन ।
हल्लाखल्ला सुनेर के भो ? भन्दै एकजना मोटो मानिस आएर प्रहरीलाई हकारे । ‘हैन हजुर मैले त रोक्दै थिए, हजुरलाई भेटन आको भन्छन’ प्रहरीले सफाई दियो ।
‘हैन कस्लाई खोज्नु भा को, कहावाट आउनु भा को ? के काम छ ? तपाईहरुसंग भेटन मलाई टाईम छैन’ मन्त्रीले झर्किदै भने । गाउ“मा भेटेका छविलाल नेता ख्याउटे, झुत्रो, झाम्रे थिए । यी त अर्कै छन । पुक्क गाला । गर्भवतीको जस्तो भुक्क वाहिर निस्किएको भूँडी । किमति कपडा । ‘यी त छविलाल हैनन, गल्ती ठाउँमा आईपुगिएछ’ उनले मनमनै सोचे ।
वाहिर निस्केर भित्र भएका सवै कुरा वुढीलाई सुनाए । ‘यत्रो शहरमा छविलाललाई कता खोज्ने ? जुनि वित्छ भएको खर्च पनि सकिएर सडकको वास हुन्छ’ दीनवन्धुले भने । उनको कुरा श्रीमतिलाई पनि ठिक लाग्यो । डाक्टरले लेखिदिएको औषधि वोकेर दुवैजना गाउँतिर हिडे । मोटर गाडि हुईरहेका पिच वाटोको वरपर ठुला ठुला महल, स्कुल, अस्पताल देखेर दुवै जना दङ्ग पर्दै हिडे । ‘हाम्रो गाम पनि यस्तै वन्ने कहिले होला ? भन्दै उनीहरु वस पार्कतिर पुगे ।


शहरवाट रातभर वसमा चढेर हिडेको भोलिपल्ट गाउँ नजिकै पुगे । त्यहाँवाट दुई घण्टा डाँडा खोला काटेपछि दिउँसो रंगेली पाटनमा आईपुगे । दुवैजना नजिकैको चौतारामा थकाई मार्न वसे ।
चुनावको वेला मानिसको जमघट हुने रंगेलीपाटनमा सधैजस्तै गाईभैसी चरिरहेका थिए । झुत्रोमैलो कपडा लगाएका, धुलोमैलो ज्यान भएका गोठालाहरु रुखको छहारीमा शितल वसिरहेका थिए । सत्तरी बर्षमा टेकेका दीनवन्धुले जान्दा वुझ्दादेखि नै यो रंगेलीपाटन र यहाँका मानिसहरु उस्तै छन । जिजुवाजेहरु पनि यसैगरी गाईवस्तु चराएर, उकालि ओराली गरेर धर्तीवाट विदा भएका थिए । अहिले तिनका सन्तानपनि त्यसैगरी जीवन विताईरहेका थिए । ति तिनै गाउँलेहरु हुन जो चुनावका वेला
चउरमा वसेर मञ्चमा वस्ने नेताहरुको भाषण सुन्दछन । नेताको विश्वास गरेर जे भन्यो त्यही मान्दछन ।

चुनाव जिताएर राजधानी पठाएका नेता कहिले गाउँमा विकास लिएर फर्कने हुन भनेर गाउँलेहरु वाटो हेर्र्दै वसे । वाटो हेर्दा हेर्दै बर्षदिन वित्यो तर नेताको नाकमुख देखिएन । नेता, मन्त्री छविलाललाई भेटन वेला वेलामा गाउँलेहरु राजधानी धाउथे । जाँदा हाँस्दै पुगेकाहरु फर्कदा निन्याउरो भएर फर्किएका हुन्थे । कारण थियो मन्त्रीसंग भेट नपाउनु । कोहि कोहि त भेटने आशामा एक हप्तासम्म होटलमा वस्दा खर्च सकिएर भोकभोकै फर्किएको भन्दै दुःख पोख्थे ।

संविधानको समय सिमा सकियो । फेरि म्याद थपियो तर वनेन । सभासद र मन्त्रीहरु पदमुक्त भए । यसवीचमा धेरै कुरा भए । संविधान वनाउन राजधानी पसेकाहरु कोहि जुवाको खालमा समातिए । कोहि रक्सीको भट्टीमा रमाएका भेटिए । कोहि रातोेपासपोर्ट वेचेर धन कमाउन पल्केका पाईए । सत्तामा वसेर भत्ता खाएर रमाएकाहरु धुरुधुरु रोए । जनतालाई दिएको वचन पुरा गर्न नसक्दा पछुताएर रुने सभासद कमै भेटिए । ‘ठुला नेताले जे भन्छन त्यही हुनेभएपछि हाम्रो केहि चल्दोरैनछ,’ उनीहरु आपसमा गुनासो पोख्दै भने ‘हामी त देखाउने दाँत जस्तै भयौं ।’

दलको अगुवाईमा संविधान सभाको चुनाव हुने छाँटकाँट देखिएन । ठुला दलका नेताले कर्मचारीको अगुवाईमा चुनाव गर्ने निर्णय गरे । शाषन सत्ताको जिम्मेवारी दिए । फेरि संविधान सभाको चुनाव गर्ने घोषणा भयो । गाउँ, शहर जताततै पार्टीका झण्डा र उम्मेदवारका तस्वीर टाँसिए । रेडियो, टिभी र अखवारहरु चुनावको विज्ञापन र समाचारले भरिए । नेताहरुलाई चुनावी चटारोले छोयो ।
उता बर्षाभरी झरीमा रुझ्दै र भिज्दै रोपेको धानवाली पाकेर लहलह झुलेको थियो । गाउँलेहरुलाई यसपालि चुनावको भन्दा पनि धान थन्काउने चटारोले सताएको थियो ।

रंगेलीपाटनमा फेरि नेता छविलाल आउने भए । उनका पार्टीका कार्यकर्ताले घरघरै निम्ता वाँड्दै हिडे । काममा व्यस्त गाउँलेले हुन्छ हुन्छ आउँछौै भने । फेरि ध्वजापताकाले मञ्च झकिझकाउ पारियो । दश गाउँपर वोलेको सुनिने गरी माईक फिट गरियो । यसपालि नेता हिडेर हैन, हेलिकप्टरमा आउने भएछन । ‘जुन जोगि आएपनि कानै चिरेका’ भन्दै अधिकांश जनता भाषण सुन्न गएनन । ‘भाषण पनि सुन्दैनौं, भोट पनि दिदैनौं’ उनीहरु अधिकांशको एउटै स्वर सुनिन्थ्यो ।

डाँडापारि आकासमा भुटुटुटु गर्दै हेलिकप्टर उडेको आवाज सुनियो । हेर्दा हेर्दै हेलिकप्टरले आँधिले जस्तै धुलो उडाउदै पाटनको वीचमा वस्यो । हेलिकप्टरको पंखा वन्दभएपछि ढोका खुल्यो । दुलाहाजस्तै ठाँट्टिएका एउटा मानिस ओर्लिए । उनको पछि दुई चार जना ओर्लिए ।
दुलाहाजस्तो ठाँटिएको मानिसले चारैतिर नजर डुलाए । पाटन लगभग खालीजस्तै देखियो । उनको अनुहार कालोनिलो वन्यो । पहिला यहि मैदानमा मानिसहरुको अटाई नसक्नुको भीड लाग्थ्यो । अहिले एक सय पनि छैनन ।
‘यो गाउँका मान्छेहरु सवै वसाई सरेछन कि क्या हो ?’ कुम हल्लाउँदै उनले स्थानीय नेतालाई सोधे । धान पाकेर थन्काउन व्यस्त भएकाले नआएका ती नेताले जवाफ दिए ।
छविलालको कार्यक्रम परिवर्तन गरियो । भाषण छोट्टाएर घरदैलो कार्यक्रम राखियो । जनता नआएपछि भेटन घरमै जानुपर्ने भो ।

कार्यकर्ताहरुको सल्लाह अनुसार जता जनता धेरै छन, उतै जाने कार्यक्रम वनाईयो । शहरको चिप्लो सडकमा चिल्ला मोटर कारमा हुँईकिने वानी परेका छविलाल वारीको कान्लामा हिड्दा भकुण्डो जस्तै दश वल्डाङ्ग खान थाले । कोटमा लागेको धुलो टक टकाउँदै उनी खेत खेतमा पुगे । उमेर अनुसार आमा, वा, दाई, भाई, दिदी वहिनी भन्दै दुई हात जोडेर साईनो लगाउँदै भोट मागे । केही ठाउँमा त हसिया मागेर आफैले धान काटेजस्तो पनि गरे । उनका अघिपछि हिडेका कार्यकर्ता र पत्रकारले रमाईलो मान्दै तस्वीर खिचे ।
फाँटमा दीनवन्धुपनि सकि नसकि काम गर्दै थिए । ‘वा, मलाई चिन्नु भो ?’ दुई हात जोड्दै छविलालले भने ‘म हजुरको नेता, पहिला हजुरकै घरमा वसेको थिए । पहिला पनि भोट दिएर जिताउनु भो । अहिले पनि नभुल्नुहोला, हजुरको आर्शिवाद लिन आएको ।’
शहरमा छविलाल होईन भनेर भ्रममा परेका दीनवन्धुलाई घाम लागेजस्तै छर्लङ्ग भयो । त्यहि छविलाल थियो जसले शहरमा जाँदा उनलाई चिनेनन । त्यतिमात्र होईन, भेटन समय छैन भनेर अपमान गरेर फर्काएको थियो । अतित सम्झेर दीनवन्धुको अनुहार रिसले रातोपिरो वन्यो । ‘जनतालाई ढाँटने फटाहालाई यही हसियाले गर्दनमा छप्केर दुई टुक्रा वनाईदिउ जस्तो’ मनमनै कल्पेर हसिया जोडसंग समाते । फेरि त्यसो गर्न हुन्न भनेर आफैलाई सम्झाए । ‘हजुरजस्तो ठुलो मान्छेलाई पनि नचिन्ने कुरा हुन्छ र ?’ उनले भने । अनि निहुरेर सपसप धान काट्न थाले । गाउँ गाँउ, खेतखेतै डुलेर सवैलाई नमस्कार गर्दै भोट माग्दै छविलाल फेरि हेलिकप्टरमा चढे । केहिवेरमै हेलिकप्टर पाटनको धुलो उडाउँदै शहरतिर हानियो ।


खाजा खान लस्करै वसेका गाउँलेहरुले छविलालको कुरा काट्न थाले । ‘त्यस्तो ख्याउटे थियो, अहिले त ढाडिएको जुकोजस्तै भएछ । झुत्रेझाम्रो कपडा लगाउँथ्यो, अहिले त सुटवुटमा सजिएर हिड्दो रहेछ । चप्पल लगाएर उकालि ओराली गथ्र्यो, अहिले त हेलिकप्टरमा उड्ने भएछ । हामी जनता भने सधै जहाँको त्यही ।’ गाउँलेहरुले शहरमा छविलाले जोडेको महल, मोटरकार, सम्पतिको समेत चर्चा गरे । अनि भने ‘विकास ल्याएर गाम र गाम्लेको अनुहार नै फेरिदिन्छु भन्थ्यो, सात पुस्तालाई सुति सुति खान पुग्ने सम्पति जोडेर आफ्नो दुनो सोझाएछ ।’
चार घण्टाअघिसम्म भोट नहाल्ने मनस्थिति वनाएका दीनवन्धु र गाउँलेहरुको सोचमा परिवर्तन गरे । अहिलेसम्म जति झुक्काएपनि अव हराउने र जिताउने पालो जनताको आएको ठहर गरे । ‘सवै काम छाडेर भएपनि सवैजना भोट हाल्न जानुपर्छ है’ छविलाल जस्ता छलकपटिलाई हराउने संकल्प गर्दै सवैले एकै स्वरमा भने ‘असल उम्मेदवारलाई भोट र खरावलाई चोट दिने पालो जनताको ।’

पोखरा, मालेपाटन

– शनीबार, 23 कार्तिक, 2070