Raju Sharma – Bisarjan

राजु शर्मा – बिसर्जन

जब म कोठा भित्र छिर्छु । उ पलङमा पलिटरहेकै हुन्छ । हातमा किताबको ठेली । ओठमा ठुटो चुरोट । उस्को नियमितता नै हो । यत्र तत्र छरपस्ट किताबै किताबहरु । भित्ताका र्याकहरुमा पनि अटेश मटेश गरेर किताबका तांतिहरुनै लईन बद्ध भएर बसेका देखिन्छन् । एउटा अब्यबस्थित कोठा भित्र अब्यबस्थित जिन्दगी बांचिरहेको छ उ । एकाग्रतालाई भङ्ग गर्न नचाहेर हुन सक्छ ? सल्काएको ठुटो चुरोटको छोटो पनलाई समयमै महसुस गर्न सक्तैन् फलस्वरुप आंैलाका काप सबै निकोटिनको दागले पहेंलो भएर रङिगसकेका छन् ।
मेरो आगमनमा उ झस्कीन्छ । उस्को एकाग्रतामा बादा परेको महसुस गर्छु । उ मलाई भित्र छिर्ने निम्तो दिन्छ । पलङको पुछार तिर आखां फाल्छ । उस्को ईसारा मुताबिक पलङको पुछारमा गएर थ्याच्च बस्छु ।
नव्वेशालको भूकम्पले पनि भत्काउन नसकेको जिर्ण घर । कांचो इट्टाको जोडाईमा उभिएर पनि तन्दुरुस्त देखिन्छ । महानगरपालिकाको छातिमै अबस्थित जीर्ण तर तन्दुरुस्त देखिने घरको छिडिमा उस्को कोठा छ । भूईका माटाका टुक्राहरु उप्किएर खोबिल्टाहरु बनेका छन् । वरिपरिका गाहको कापहरुबाट चिसो रसाईरहेको छ । नाममात्रको सानो कोठामा एउटा थोत्रो पलङले कोठाको आधा भाग ओगटेको छ ।
उ थोत्रो स्टोपमा दम दिन थाल्छ । सलाई कोरेर सल्काउछ । स्टोेप दन्किएर बल्छ । निमेष भरमै झयाप्पै निभ्छ । उ पुन कोशिश दोहर्याउछ । तै पनि उस्को कोशिस खेर जान्छ ।
“शायद मट्टितेल सकिएर होकी….. ?” मेरो जीज्ञासामा बाकसको कुनाबाट पांच लिटरको ग्यालन झिग्छ । ग्यालनको पिद सम्म मात्र अस्तित्वमा रहेको मट्टितेल ढल्काएर स्टोभ भित्र चुहाउछ । पुन दम दिन्छ । सलाई कोर्छ । घरर …घररर……स्टोेप दन्किएर बल्न थाल्छ । एउटा थोत्रो तपेश स्टोप माथी बसाल्छ । दुई गिलास पानि तपेशमा खनाउछ । एक चिया चम्चा चिया पत्ति होम्छ । दुई चम्चा चिनी पनि त्यसैमा खनाउछ ।
“फिक्का चिया चल्छ हैन्” बास्तबिकता उदाङगो पार्छ ।
“तिमिले ख्वाए पछि जे पनि चल्छ” आत्मिएतामा दांत मुस्कुराउछ ।
चिया उम्लन थाल्छ । स्टोप निभाउछ । स्टिलका दुई गिलास सतर्क पार्छ । थोत्रो लुंडो हातमा लिन्छ । तपेशलाई अठयाउछ । चिया खन्याउछ । एउटा गिलास म तर्फ बडाउछ । अर्को आफैं समाउछ । सुरुप्प …. सुरुप्प …. गर्दै चिया पिउन थाल्छ । “ गुलियो त छ हैन् ?” म तर्फ आखां फाल्छ ।
“छ……तिम्रो आत्मीयतामा चास्नी मिसिएको छ ” वास्तबिकतामा ह्दय बोल्छ ।
चियाको सर्को सगैं म पुन कोठा छाम्न थाल्छु । साहित्य , दर्शन , मनोबिज्ञान , कला , संस्कृति , राजनिति , आदिका अनगिन्ती किताबहरुका पंक्ति बद्ध तांतिहरु तर्फ आखां नचाउछु ।
उस्को कोठामा आउनु । एक गिलास फिक्का चीया पिउनु । उस्को विगत खोतल्नु । वर्तमानलाई समसुमाउनु । उस्को सामिप्यतालाई नजिकबाट आत्मासाथ गर्नु । यत्तिनै हो मेरो उ प्रतिको दैनिकी ।
“डेडामा पनि यती बिघीं किताब को संग्रह । ” म आश्चर्य प्रकट गर्छु ।
“लेख रचनाहरु छापिन्छ । धेर थोर पारिश्रमिक आउछ । ती पारिश्रमिक मध्य आधा जीबन यापनमा र अधा पुस्तक खरीदमा खर्चने गर्छु ।” उस्को जबाफ सलल बग्छ । यो पनि एउटा नियमितता भित्रको वास्तबिकता मात्रै त हो । मेरो जीज्ञासा र प्रश्नमा उ सधैं जसो सलल बग्ने प्रयत्न गर्छ ।
मेरो आस्ता र बिश्वाशको पात्रको रुपमा उ मेरो दैनिक जीवनमा खोटो टास्सीएझै टासीं रहेकै छ । जसलाई उपकाउन म कदापी सक्तिन् । मलाई गर्भ छ । म उस्को सामिप्य हुन सकिरहेकोमा । उस्को बिगत र आगतको तुलनाले नै मलाई उ प्रती आकर्षित तुल्याएको हो । मैले जैले देखि उस्लाई चिन्न थालें त्यस बेलादेखिनै उ मेरो आस्ताको केन्द्र बिन्दु बन्न थाली हाल्यो । त्यस बेलादेखी म उस्लाई आदर्शको रुपमा हेर्ने गर्छु ।
जुन दिन म उस्लाई भेटन पाउदिन त्यस दिन मलाई पक्कै निद्रा लाग्दैन् । प्यास भोग केहि पनि हुदैन् । जीन्दगिमा कता कता के के नपुगे जस्तो लाग्छ ।
“सांच्चैनै राम्रो पुस्तकालय वन्न सक्छ तिम्रो कोठा ” हिजो अस्तिकै बाक्य दोहर्याउछु ।
सधा झै उ थप्छ “ठिकै छनि ! म मरे पछी …..यहि कोठालाई पुस्तकालय घोषण गर ” ।
उस्को त्यो बाक्यले मलाई नमिठो सगं चीमोटछ । पलभरको लागि नरमाईलोले गांज्छ । सांच्चैनै उ मर्यो भने …….? म कल्पनाबाटै पनि नराम्री तर्सन्छु । “यस्तो वाईयात कुरा पनि गर्ने हो मर्न त सबै मर्छन तर पनि पटक पटक मर्दैनन् । एक पल्ट मात्र मर्छन् ।” म उस्को भाबना संग सहमत हुन सक्तिन् । हुन पनि मलाई उस्को त्यो बाक्यले सारै नराम्रो संग चिमोटछ । “मेरो आशय यस्तो थिएन् । यतिका बिधी किताब तिमी पढन भ्याउछौ ?” मैले त यत्ती जान्न चाहेको ।
“मेरो कामै के छ र ? ंंंं…….. जागिर छैन् ……. कोहि आफन्तहरु छैनन् ……, त्यस्तो भ्याई नभ्याई काम पनि त छैन नि ! मन लागेको बेला पढ्यो , मन लागेको बेला सुत्यो ……। एउटा एक्लो जीबन भोगेको मान्छे , …… । ” उ अडकी अडकी भए पनि खुलस्त हुन खोज्छ । उस्को यही खुलस्त हुने बानी मलाई असाध्य मन पर्छ । बानी मात्रै कहां हो….र । उस्को बिगतका भोगाईहरु मेरो लागि बर्तमानमा गहकिलो शिक्षा साबित भएको छ । हुनत मैले प्रत्यक्ष रुपमा उस्को विगतको भोगाईहरु उस्को आफनै मुखबाट सुन्न पाएको छैन् । उस्को पुराना मित्रहरु र दौतरीहरुवाट भने उस्को बारेमा धेर थोर जानकारी हांसिल गर्न पाएको छु । उस्को त्याग र समर्पणको भाबना सुनेरनै म उ प्रति आकर्षित भएको थिएं । उस्को जीबननै एउटा उदाहरणीय त छदैछ । त्यस्मा पनि खुलेर कुरा गर्ने बानिले गर्दा म उस्लाई आदर्शको रुपमा लिने गर्छु ।
“फेरी म सम्पूर्ण किताब खार्दिन ……, किताबको गहिराई सम्म पुग्ने प्रयत्न पनि म गर्दिन ……..। कुनैको मध्य …। कुनैको सुरु ….। कुनैको अन्त्य ..। यसरी किताबको अबस्था मात्र छाम्ने प्रयत्न गर्छु ”। उ आफनो बानिलाई प्रष्टयाई रहेको हुन्छ ।
“यसरी एकै साथ सबै पुस्तकहरु पढ्दा सिल सिला टुटे जस्तो एक अर्कामा मिसिए जस्तो, छयास मिसे अपठयारो त पर्दैन ।” मलाई उस्को किताब पढँई अनौठो लाग्छ ।
”जीबननै छयासमिसे छ भने , त्यसमा अल्झीएर बस्नुको कुनै तुक छैन । जीबनको संपूर्ण भोगाई भोगीसकेको मान्छेले गहिराईसम्म गएर डुबुल्की मार्नु पर्छ भन्ने पनि त छैन् नि ! जीबनलाई वाहिर बाटै छाम्ने प्रयत्न गरे पुग्छ । जबिनको गहीराईसम्म पुग्ने काशिस गर्यौ भने हातमा लाग्यो सुन्यो सिबाय केहि हात लाग्दैन् । त्यसैले सन्तुष्टि प्राप्त गर्नु छ भने जीबनलाई वाहिरवाटै मात्र भोग्ने प्रयत्न गर । तिमि अबश्य सफल हुनेछौ । ” उ मलाई अर्ति दिन थाल्छ ।
उस्को प्रबचन अझै सकिएको हुदैन् “कुनैलाई बढी महत्व , कुनैलई कम महत्व पनि दिनु नपर्ने । सवै किताबहरुको एकै साथ रस्वास्वादन गर्न पाईने हुदां अझ बढी मिठो भई नौलो स्वाद चाख्न पाईन्छ । विभिन्न परिकार एकै पल्ट चपाए जस्तै हुन्छ । ” उ प्रस्ट पार्छ ।
उस्लाई तर्कमा कस्ता कस्ता बिद्धवानहरुले हराउन सक्तैनन् भने म छुसिले के हराउन सक्थेंर ?अनौठो र भाबनात्मक विचारले म उस्को विगतका भोगाईहरुलाई क्रमशं एक पछी अर्को गर्दै उग्राउन थाल्छु ।
उस्को परिचयमा दुई अक्षर खर्चनु पर्दा निम्न बुंदाहरुमा उस्लाई नियाल्न सकिन्छ ।
समयको थप्पडले निलडाम हुने गरी हिर्काएको एउटँ राजनितिज्ञ होे उ ।
देशलाई नजिकैबाट नियालेर निश्वार्थ भाबनाले समर्पित भएको एउटा सच्चा राजनितिज्ञ हो उ ।
गहन अध्यन , चिन्तन र मनन्को सीङगो रुप हो उ ।
लामो समयसम्म जेल नेल खेपेको राजनितिज्ञ हो उ ।
सरकार द्धवारा सर्बस्व हरण गरेको राजनितिज्ञ हो उ ।
देशको राजधानिमा सम्पन्न परीवारमा जन्मीएर पनि बिदेही भएर जनताको मुक्तिको लागी लडेको ब्यक्ती हो उ ।
वावु बाजेको शान र ईज्जतलाई थांती राखी राजनितिमा होमिएको जुझारु ब्यक्ति हो उ ।
प्रत्यक्षरुपमा दरबारमा संम्पर्क भएर पनि दरबार प्रती बिद्रोही भाबना भएको एउटा सच्चा नेपालीको छोरा हो उ ।
पहिलो क्रान्तिमा डटेर लाग्यो । आफना वरीपरीका सारा सुख सुबिदा र पुगिसरीले पनि आकर्र्षीत गर्न नसकेकाले नै उ बिदा्र्रेही भएर देखा पर्यो । उ आफनो लागी नभएर अरुको लागी मात्र लडथ्यो र त उ निश्वर्थी थियो । धेरै पल्ट जेल पर्यो । अनेकौ पल्ट सरकारको आखांमा छारो हालेर विदेशियो । कैयौं पल्ट गोल घरमा राखेर मानसिक र शाररीक पिडा दिईयो ।
मानब शरीर हाड मासुबाटनै बनेको हुन्छ भन्ने कुरा त बिज्ञानले नै प्रमाणित गरीसकेको छदैछ । बिगतमा पाएको शारीरीक र मानसिक यातनाहरुले उस्को पनि शरीर थिल थिलो बनि सकेको थियो । अनेक पिडा र यातनाहरुको परीणमस्वरुप अनेकौ रोगहको लक्षण देखिन थाल्यो । शारीरीक रुपमा उ असक्त भए पनि उस्को जोस र जांगर अझै ताजा छदै थियो । उस्ले आफनो जोश र जांगरलाई मर्न दिएको थिएन । त्यस दिन भएको जन आन्दोलनको नेतृत्व उ आफैंले गरेको थियो । जुन दिन राजधानिमा मानब शागर ओर्लिएको घटना उस्ले पत्याई नसक्नुको थियो । उ अग्र भागमा नारा घनकाउदै लस्करको नेतृत्व गरेको क्षेण सलाईड बनेर आखां सामु जब नाच्न थाल्थे । उ त्यस घटनालाई सबिस्तार बर्णन गर्ने गर्दथ्यो ।
आन्दोलनको आंधि । आन्दोलनले लेराएको परिवर्तन । आन्दोलनमा भएको घात प्रतिघात । आन्दोलनमा भएको दमन । आदि ईत्यादी विषयमा उ छाति फुलाएर कुर्लने गर्दथ्यो ।
त्यो दिन राजधानिको मुटुमा अबस्थित पूर्ण कदको शालिकको क्षेवैमा उ पनि उभिएको थियो । ढवङ….ढवाङ….. बन्दुक पटकीएको आबाज सगै उसैको अगाडि भटा भट भङेरा ढले जस्तो मानब लाशहरु ढल्दै गएका थिय । लाशै लाशको चाङनै लागी सकेको थियो । कालो पत्रे सडकको ढाड स्वात्तै रगतले पोतिएको थियो । कोलाहलको बाताबरणमा पनि प्रजातन्त्रको नरा धनकदै थियो । युबा जोस र जांगरकोे अगाडी सामन्ती भाबना मूर्छा पर्दै थियो । कति आमाहरुको कोख रीत्तिदै थिए । कति बाबुहरुको जांगर मूर्छा पर्दै थिए । कति दिदि बहिनीहरुको माईती रीत्तिदैथिए । तै पनि आन्दोलन अगाडी बढदै थियो । आन्दोलनकारीहरु थाकेका थिएनन् । थाकेका थिएत प्रतिगमनकारी आन्दोलनका विरोधीहरु ।
उस्को प्रयाश अनि सम्पूर्ण न्याय प्रेमी जनताहरुको अथक प्रयाश स्वरुप प्रजातन्त्र पुन प्राप्त भयो । प्रजातन्त्रको पहिलो निर्बाचनमै उस्ले पनि सांसदको टिकट पाएको थियो । पार्टि्रले पनि उस्को कदर नगरेको होईन् । उस्को कदर गर्दै पाट्र्रिको बहुमतले उस्लाई सासंदको उम्मेदवार धोषण गरेकै हो । उस्ले टिकट लिन मानेन् । उस्को ठम्याईमा उस्को बुझाईमा प्रजातन्त्र आशिंक रुपमा मात्र प्राप्त भएको ठहर्यायो । त्यसैले उस्ले टिकट लिन मानेन् । आर्थिक क्रान्ति गर्नै बाकी सम्झिएर उ बाहिरै रहेर पार्टि्रलाई योगदान दिने बिचार प्रस्तुत गर्यो । उ अध्यनशिल त छदै थियो । उस्लाई भौतिक अभाब पटक्कै थिएन् । उस्को ठम्याईमा सासंद भए पछि लोभी लालची भईन्छ भन्ने नै लाग्यो । उस्ले सासंद बन्न चाहेन् । उस्को योगदानको कदर गर्दै , उस्को चाहना अनुरुप पाट्र्रिले पनि उच्च मूल्याङन गर्यो । पार्टि्र संगठनको महत्व पूर्ण पदमा उस्को पदोन्नती भयो । उस्ले पनि हलुका महसुस गर्यो । गहन जीम्मेवारीलाई सहर्श स्विकार गर्दै पार्टिलाई अझ अगाडी बडाउदै लग्यो ।
सासंदको टिकट उ भन्दा कनिष्ट नबप्रबेशिलाई प्रदान गरीयो । नब प्रबेशीहरुको हालिमुहाली सुरु भयो ।
उज्जल भबिष्यको लागि सारा नागरीकहरु जागरुक देखिए । आ आफनो सिद्धान्त अनुशार भोट खसालियो । चुनाबको परिणम निकै नै आशालाग्दो र एउटा बिकशित देशको जस्तो आयो । उस्को पाट्र्रीले बहुमत हांसिल गर्यो । विपक्षमा बस्ने पाट्र्री आन्दोलनमा सहभागी पाट्र्री मध्यकै दोस्रो पाट्र्री थियो । एउटा पाट्र्रीलाई राज्य संचालन गर्ने अभिभारा सुम्पीईयो भने अर्को पाट्र्री हासियार र खबरदार गर्न बिपक्षमा बस्यो । यसरी जनताहरु निकैनै जागरुक , सक्षम , सजक, भएको महसूस गरीयो । अब देशले काल्टे फेर्छ भन्ने भाबनामा तिर्ब बिकाश भयो ।
पार्टि्रको गतिबिदी निकैनै सक्रियो देखिन थाल्यो । हरेक दिन जसो बैठकहरु बस्न थाल्य । केही महत्वपूर्ण निर्णयहरु प्रकाशमा आय । अनेकौ नाराहरु थपिय । जनताको चाहना र आबश्यकता अत्याधिक थिए । सिमित श्रोत र साधनबाट अत्याधिक चाहना र आबश्यकता पुरा गर्न प्राय असम्भब जस्तै देखिन्थ्यो । असम्भबलाई सम्भब तुल्याउन पर्छ भन्ने भाबना पाट्र्री भित्र प्रकट हुन थाल्यो । फलस्वरुप पाट्र्रीले पनि नयां र नौला कार्यक्रमहरु प्रकाशित गर्यो ।
बिस्तारै बिस्तारै पार्टि्र भित्र नबआगन्तुकको प्रबेश दिनानु दिन बडन थाल्यो । सुख सुबिधाको उपभोग गर्नु पर्छ भन्ने माबना मौलाउदै गयो । प्राडो र पजेरोको माग बडन थाल्यो । फलस्वरुप सुबिदामा प्राडो र पजेरा झिगाइयोे । जनताका प्रतिनिधिहरु प्राडो र पजेरोमा घुईकिन थाल्ये । राजधानिमा सबै नेताहरुको आधुनिक सुबिधा सम्पन्न धर निमार्ण गर्नु पर्छ भन्ने निर्णय पाट्र्रीको बैठकले गर्यो । पार्टि्र प्रबेशमा सुट र टाई अनिबार्य गरीयो । जनतालाई एक तुर्को पानि उपलब्ध गराउन नसक्ने सरकारका नेताहरुको पार्टि्रमा मिनिरल वाटरले प्रबेश पायो । पार्टि्रमा अनुशासनको कदर हुन छाडयो । पाट्र्रि कुनै नेताको ब्यक्तिगत बैठक जस्तो लाग्न थाल्यो । हैकम बाद र सामन्त बादको बोलवाला चल्यो । जनतालाई झुक्याउन अनेकौं आकर्षक नाराहरु रचिय । देश दुब्लो बन्दै थियो । नेताहरु मोटाउदै थिय । देशको पैसा बिदेशी बैकमा सार्ने क्रम बढन थाल्यो । उस्को आत्माले यि सब कृयाकलापलाई स्विकार्न सकेन् । उस्को आखां सामुन्ने दिन हिन चिथरा ख्याउटे अनुहारहरुको मात्र तस्बीर नाच्न थाल्यो । प्रजातन्त्र मूर्छा पर्दै गयो ।
उस्ले आत्मा बन्दक राख्न चाहेन फलस्वरुप उस्ले आफनो असन्तोषहरु पट्र्रीमा राख्न थाल्यो । बिगतका अबस्थालाई बर्तमानमा उदाङग पार्न थाल्यो । सबैलाई बिगत र बिगतमा गरेका बाचाहरु सम्झन अनुरोध गर्न थाल्यो । उस्ले मार्ग बिराएकाहरुलाई सही मार्गमा हिडाउन अनुरोध गर्यो ।
उ एक्लो बृहस्पति साबित भयो । बर्तमानका बुख्यांचाहरुले उस्लाई पागलको संज्ञा दिए । उस्को भाबनाको कदर हुन छाडयो ।
हुन पनि उस्ले कैले पनि मन्च माथि उभिएर ठुला ठुला सपना र आश्वासनका पोकाहरु फोएन् ।
उस्ले कामलाई मात्र प्राथमिकता दियो ।
उस्ले न त कैले गल्ली गल्ली चाहर्दै , आश्वाशनका पक्तिहरु पाठ गरेन्

न त कैले रेडियो र टि भिबाट सिगांरीएर आफनो योगदानको बैलटठी बखान छांटेन् ।
उस्को आंखाकै सामुन्ने उस्का दौतरीहरुका बिगत र बर्तमान छर्लङ घाम बनेर झुल्कारहेकै थिए ।
हबाई चप्पलको त्यो ध्वनि आज पनि उस्को कानमा प्रष्ट सगं गुन्जिरहेकै थियो ।
मैलो सुरुवाल , ध्वजा परेर च्यात्तिएका कमिचका फेरा , फाटेको टोपी लगाएर एक मूठी चिउरा र दालमोठ चपाउदै राजधानीका गल्लि गल्लि चाहार्दै हिडने आकृतिलाई उस्ले चाहेर पनि बिर्सन सकेको छैन् ।
बर्तमानमा ति आकृतिहरुले छेपारोले कांचुली फेरे झै आफनो आकृतिलाई फेरेका थिए ।
विदेशी जुत्तामा ती उभिएका थिए ।
टाई र सुटमा सजीएका थिय ।
ओठमा शिकार चुरोट च्यापेर बिकासे सेमिनारमा धाउंथ्ये ।
प्राडो र पजेरोमा कुदथे ।
साला साली , भान्जा भान्जी , छोरा छोरी , ज्वाई जेठान सबैलाई आकर्षक पद सिर्जना गरेर भर्ना गरेका थिए ।
बिकाशे राजनितिले सबै नेताहरुलाई स्वात्तै निली सकेको थियो ।
पाट्र्री भित्र उस्को कदर हुन छाड्यो । समय अनुशार चल्न नसक्ने अर्धपागलको पगरी उस्ले गुथन भ्यायो । उस्लाई क्रमशं पाट्र्रीको जिम्मेवारीबाट पन्छाउन थालियो । अब उस्को उपस्थिति केबल उपस्थितिमा मात्रै सिमित राखियो । राजनितीमा देशको कांचुली फेर्ने सपना बोकेको उ अब पाट्र्री भित्रै एकलिन थाल्यो । जवानी राजनितीमा बितायो । जनताको सेबामा समर्पित हुन चाहने हुनाले उस्ले बिबाह गर्ने फुर्सत पनि निकाल्न सकेन् । धर जम गर्दा सेबा भाबनामा प्रश्न चिन्ह लाग्न जन्छ भन्ने ठानेर कैले पनि बिबाह गर्ने बिचारै गरेन् । घरबाट आएको अलिकती सम्पत्ती पार्टि बिस्थारमा प्रयोग गर्यो । अलि कति सरकारी कोषमा दाखिला भयो । बांकी दाजुभाईको गिददे नजरबाट बच्न सकेन् । त्यसैले गर्दा उ घरबार बिहिन सुकुमबासी बन्यो ।
उस्ले जीबनलाई आधा दशक भन्दा बढी भोगि सकेको थियो । उस्को जीबनलाई यसरी अर्थाउन सकिन्थ्यो ।
आधा जीबन जेलको कठोर सजायंमा ब्यतित गर्यो ।
एक चौथाइ जीबन मेची दखि महांकाली सम्म पाट्र्रि बिस्तारमा खर्च गर्यो ।
बाकी एकचौथाई जीबन बाल्यकालमा आमाको काख र बाबुको कांधमा बितायो ।
अलि कति जीबन स्कूल, कलेज धाउंदा धाउदै बिते ।
जीबनको उत्तरार्धमा पुगेर उस्ले पाट्र्रीबाट अनुशासन भङग गरेको आरोपमा साधारण सदस्यताबाट निस्कासन गरेको जानकारी जुन दिन पाएको थियो । त्यसै दिन उ सरासर पशुपतिको मन्दिर भित्र छीर्यो । मन्दिरको दायांहुदै सरासर आर्यघाट तर्फ ओर्लियो । घिनलाग्दो गरी बहेकी बाग्मती मूर्छित देखिन्थिन् । जसो तसो बग्ने प्रयत्न गर्दैथिईन् । उस्ले बाग्मतीको ढाड छाम्ने प्रयत्न गर्यो । दुर्गन्दीत भएर मुर्छा परेकी बाग्मती उस्को श्पर्शले ससङिक्त भईन् । दुबैहात फैलाएर स्वागत गर्न सधैं लालायीत यी बाग्मती आज किन ….ससङीत बनिन्….। शयद उस्को शपर्शले हो कि ….?
बाल्यकालमा त्यही वाग्मती को काखमा उ पोडेर खेल्ने गर्दथ्यो । डुबुल्की मारीरहेका असला माछाहरुलाई समाउन उ माछा संगै तेलकासा खेल्थ्यो । बल्छी हाल्थ्यो । बल्छीको टुप्पोमा झुन्डीएर माछाले आत्मा हत्या गर्दथ्यो । कलकलाउदी बागमतीको पानि खाएर उस्ले कति पल्ट तिर्खा मेटन भ्याएको थियो । जुन बेला बाग्मती सङली थिईन् । राजनिती पनि सङलो थियो । वाग्मती फोहरी भईन् राजनिती पनि डुङ , डुङती गनाउन थाल्यो ।
वाग्मतीको दुर्गन्दित जल अंजुली भरी समेटेर फोहरी राजनितिज्ञहरुको सम्पूर्ण गुठियारहरुको संझनामा तिलान्जली दिदै आफनो राजनिती बाग्मतीमा बिसर्जन गर्यो । उस्को एक अन्जुली पानि दुर्गन्दित बाग्मतीमा कता बिलाए बिलाए ।
त्यसबेला देखि उस्ले आफनो जीबिकाको लागी साहित्य साधना गर्ने अठोट गर्यो ।

Gopal Birahi – Kabrastan

गोपाल विरही – कब्रस्तान

आज खैरे पनि अचानक विरामी प¥यो । बिहानदेखि अहिले भर्खरसम्म त ऊ राम्रै वा स्वस्थजस्तो नै देखिएको थियो । तर, यताबाट उता र उताबाट यता उठबस गरिरहेको छ अहिले ऊ । उसले आफू पनि सेतेजस्तै रोगबाट ग्रस्त रहेको सङ्केत दिइरहेको छ । सेते अर्थात् उसको भाइ पनि क्षणभरमै हृष्टपुष्ट र स्वस्थ थियो । तर, क्षणभरमै उसले हामीलाई छाडेर गएको पनि हो । हिजोमात्रै सेते परलोक हुनु र, फेरि आज खैरे छट्पटाउन थाल्नुले हामीलाई अवाक् तुल्यायो । खैरेलाई झट्पट् अस्पताल लानुपर्छ भन्ने कुरा मैले र बहिनीले उठायौ“ । बुबाले ‘केही क्षण विचार गरौ“’ भनिरहनुभएको र, नशालु झारपात खाएको हुन सक्ने आशङ्का गरी परम्परागत मान्यतानुसार चूक (अमिलो) पनि खुवाइदिनु भएकाले हामीले केही बेर पख्र्यौ“ । तर खैरेले कुनै प्रतिक्रिया जनाएन । ऊ झन् उफ्री–उफ्री छट्पटाउन थाल्यो । अब त हाम्रो धैर्यको बा“ध टुटिसकेको थियो । हामी सेतेको मृत्युबाट यति भयभित भइसकेका थियौ“ कि खैरेलाई पनि कतै त्यस्तै हुने त होइन भन्ने त्रासले हाम्रो मनमा बादल लाग्न थाल्यो । अस्पताल लैजाने कुरामा हामी सबै सहमत भयौ“ । तर कहा“ हो अस्पताल ? मलाई केही थाहा थिएन । बुबाले यसभन्दा अगाडि खैरे, सेते वा मुनीकै आमाहरुलाई पनि ज“चाउनका लागि अस्पताल पु¥याइसक्नुभएकाले समस्याको हल उत्तिखेरै निस्कियो । मैले साइकल कुदाइहाले“ । बुबा खैरेलाई समातेर साइकलको पछाडि बस्नुभयो । केही सोच्ने फुर्सद् कसलाई थियो र ! मलाई कतै बाटैमा साइकलको पाङ्ग्रा फुटिहाल्ने पो हो कि ! अथवा चेन नै फुत्किने हो कि ! भन्ने भयले समातिरहेको थियो । हुन पनि त्यो साइकलले एक–एक थोक बिग्रेर हैरान पारिसकेको थियो मलाई । मनमनै कुनै सङ्कटले हाम्रो मार्ग अवरुद्ध नगरोस् भन्ने प्रार्थना गर्न थाले“ । खैरे कराइरहेको थियो । हामी कुद्दै गयौ“, खैरेको मे“–मे“स“गै हाम्रो साइकलले गति लियो ।
‘के भएको हो त्यस्तो खैरेलाई !’–मैले जा“दा–जा“दै सोचेछु । हुन पनि अचानक टोलाउन थालेको थियो खैरे । सधै“ ‘खैरे !’ भनेर बोलाउने बित्तिकै खुर्र दगुरेर छेऊमै आइपुग्ने ऊ आज किन जहा“को त्यही“ छ ? किन खैरेले अटेरी गरिरहेको छ ? उसले पनि सेतेले जस्तै सबैस“ग सधै“का लागि अटेरी गर्न खोजेको त होइन ? अह“! खैरेलाई केही हुन सक्दैन ! खेरे हामीलाई छाडेर जान सक्तैन !
खैरेकी आमा पनि आज ऊप्रति केही बढी प्रेमभाव दर्साइरहेकी थिई । आफ्नो एउटा जवान छोराको अनुपस्थितिको शोकले रन्थनिएकी खैरेकी आमालाई खैरेको त्यो दयनीय अवस्था देखेर कस्तो लाग्यो होला ? यो प्रश्नको उत्तर ऊ आफैले पनि दिन सक्दिन । तर खैरेलाई चाटिरहेकी मुनीलाई देखेर सबैले यो कुरालाई महसुस गरेको हुनुपथ्र्यो कि वास्तवमा पशुहरु अत्यन्त संवेदनशील हुन्छन् । उनीहरुको हृदय यति सुकोमल हुन्छ कि उनीहरु आफूलाई कसले माया गरेको छ र, कसले घृणा गरेको छ भन्ने कुरा सजिलै छुट्याउन सक्दछन् । त्यसैले त हाम्रो प्यारो सेते हाम्रै घर पल्तिरको एउटा मोटे मान्छेस“ग सधै“ तर्केर हि“ड्थ्यो । कुरा के थियो भने हाम्रो सेतेलाई देख्नासाथ त्यो मोटेले प्याट्ट–प्याट्ट हिर्काइरहन्थ्यो । कहिले मुखै थुनिदिन्थ्यो र, कहिले चारवटै खुट्टा च्याप्प पारेर राख्दथ्यो ।
अ“, हामी पशुहरुको औषधि पसलमा पुगुञ्जेल मलाई वर्षै बितिसकेजस्तो लाग्यो । सधै“ ओहोर–दोहोर गरिरहेकै त थिए“ नि त्यो बाटोमा । तर किन त्यही बाटो मेरा निम्ति कैयौ“ माइल दूरीको भयो ? यो पनि मेरो समझमा आएन । बाटोमा खैरे कराइरहेकाले मलाई अत्यास लागिरहेको थियो । कतिखेर आइपुग्ला त्यो अस्पताल भनेर सोच्दैमा म किंकर्तव्यविमूढ भइरहेको थिए“ ।
‘बुबा, अझै कति टाढा छ ?’ भनेर पचासपल्ट सोधेहु“ला मैले साइकल चलाउ“दै गर्दा । खैरेले ‘मे“–मे“’ गरिरहेकाले आ“खामा थोपाहरु चुहिन थालिसकेका थिए मेरा । ‘मलाई छिटो अस्पताल पु¥याओ, म जा“दैछु’ भनेर खैरेले भनेको हो कि भन्ने सम्झेर मेरो मुटु फुट्ला कि जस्तो भइसकेको थियो । म ‘हु“क्क’ गर्ने अवस्थामा पुगेको मात्रै के थिए“, औषधि पसल आइपुग्यो । ‘ऊ त्यो रुखको फेदैमा हो’–बुबाले भन्नुभएपछि मेरो मन केही शान्त भयो । तर धैर्यको बा“ध टुटिरहेकै थियो । झटाझट् साइकल रोकेर खैरेलाई समात्न पुगे“ म । औषधि पसलमा गएर सोध्यौ“ । डाक्टर त्यहा“ नभएको र अझ केही पर पुग्नुपर्ने कुरा बताए औषधि विक्रेताले । म रुन मात्रै सकिन“, खैरे कराइरह्यो, झन् जोड–जोडले कराउन थाल्यो । लौ न नि १ के बित्यास प¥यो १ भन्ने सोचेर खैरेलाई छिटोभन्दा छिटो डाक्टरकहा“ पु¥याउन नसकिएकोमा पछुताउन थाले“ म । बुबाले खेरैलाई समात्नु भो र, मैले कुदाइहाले“ साइकल । जस्तोसुकै दुर्घटना किन नहोस् १ मैले साइकल बेस्सरी कुदाए“ । खैरे जोडस“ग कराएको सुन्दा मुटु ढुक्ढुक् गथ्र्यो ।
केही बेरमै डाक्टरकहा“ पुगिएछ । डाक्टरले यसो हेरेर औषधि र इन्जेक्सन दिए । त्यतिबेला मलाई त्यो डाक्टर देवताजस्तै लाग्यो । डाक्टरका अनुहारभरि टाटै–टाटा थिए । तर त्यतिबेला त्यसैमा मैले ईश्वर देखे“ । उसको पूजा नै गरे पनि कम हुन्छ जस्तो लाग्यो मलाई । डाक्टरलाई धन्यवाद दिनका लागि मस“ग शब्द त थिएन नै १ साथै हर्षले मेरो मुखबाट केही निस्कन सकेन । इन्जेक्सन लगाउ“दा खैरे कराएको थियो र, एकपटक डाक्टरलाई पुलुक्क हेरेको थियो । सायद ‘मलाई के गरेको !’ भनेर सोधिरहेको थियो । डाक्टरले त्यति मायालु आ“खाले नहेरे पनि इन्जेक्सन लगाइदिएर ऊमाथि ठूलो उपकार गरिरहेका थिए । त्यस क्षणमा त्यही डाक्टरकै अभावले गर्दा त हाम्रो सेतेले प्राण त्यागेको थियो । आज खैरेले पनि डाक्टर देख्न नपाएको भए के हुने थियो ! म सोच्नै सक्तिन“ ।
हामीमाथि औषधि विक्रेताले ठूलो गुन लगायो । ऊ पनि डाक्टरपछिको प्राणदाता बनेर निस्कियो खैरेका निम्ति । हामीस“ग पैसा थिएन । औषधि खैरेलाई खुवाइदिइहाल्नुपर्ने ! हस्याङ्फस्याङ् गरेर औषधि पसलमा पुगेको थिए“ म । ‘केही बेरपछि ल्याइदिउ“ला पैसा, हुन्न ?’ भनेर सोधे“ मैले । नबोलिकन औषधि दियो उसले । कहा“ पाइन्छ अचेल त्यस्तो मान्छे ! पैसामा बिक्न खोज्छन् सारा ! तर, बिकेन ऊ । पैसामा खरिद्न नसकिने केही अल्पसङ्ख्यक मान्छेहरुमध्ये गणना गरे“ मैले उसलाई । न चिनेको, न जानेको, हाम्रो खैरेको औषधि सुटुक्क दिइहाल्यो उसले । धन्य हो उसको भावना !
खैरेलाई लिएर घर फर्क“दा मलाई के अनुभूति भयो भने म कुनै ठूलो काम गरेर फर्किरहेको छु । खैरेलाई डाक्टरकहा“ पु¥याउन सकेकोमा मेरो मनमा यति खुशी थियो कि, म व्यक्त गर्न सक्तिन“ । तर सेतेलाई सम्झेर मेरो मनमा पश्चाताप पनि भइरहेकै थियो, सेतेले डाक्टर देख्न पाएन ।
खैरेलाई उपचार गराएर फर्क“दा बाटामा मान्छेहरु कसैले टोलाएर हेरिरहे, कोही गलल्ल हा“से भने कसैका अनुहारमा आश्चर्य पनि मैले भेटे“ । जे होस्, खैरेलाई अस्पताल पु¥याउन सकिएको खुशीमा मैले साइकल बेस्सरी कुदाएछु । खैरे घरसम्म आरामले आइपुग्यो । तर घर आएपछि खैरे कराउन थाल्यो । फेरि एकपल्ट अत्यासले घरमा सबैको अनुहार बादलिन थालिहाल्यो । उसकी आमाले खैरेलाई मुसार्न थाली । धामी–झा“क्रीको व्यवस्था पनि उत्तिखेरै भयो । आफूले ‘रुढीवादी परम्परा’ भनेर झारफूकको विरोध गर्दै आएको भए पनि खैरेलाई त्यसले केही असर गरिहाल्छ कि भन्ने आशामा म अल्झिइरहे“ । झ“क्रीले ‘फू–फू’ गरेर कुन्नि के–के ग¥यो र खरानी–पानी खुवाइदियो खैरेलाई । अलि आराम मिलेजस्तो ग¥यो खैरेले । मैले यो बुझ्न सकिन“ कि खैरेलाई डाक्टरको औषधिले आराम दिलायो वा झा“क्रीको खरानी–पानीले । जे होस्, खैरे कराउन छाडेपछि हामीले चैनको सास फे¥यौ“ । यसरी घरमा ल्याइसकेपछि पनि एकछिनसम्म त हामी सबैलाई अत्याइरह्यो खैरेले । सायद अब ऊ स्वस्थ छ । भोलि बिहानै उठेर चर्न जानेछ ।
***
सेतेले यो संसार छाडेर गएको कति दिन भयो भन्ने कुराको गणितीय गणना मैले गरेको छैन । आजसम्म मैले उसलाई कहिले आफ्नी प्रेमिकाको रुपमा त कहिले भाइको रुपमा अनि कहिले साथीको रुपमा त कहिले क्षणभरको एउटा सहयात्रीको रुपमा कैयौ“ पल्ट कल्पना गरिसके“ । जीवनका अठार वसन्तहरु पार गर्दा केवल दुई पल्ट मैले प्रेमको अनुभूति गरेको छु । एउटा स्कूले जीवनमा र, अर्को सेतेको देहान्तपछि । मेरो स्कूले जीवनमा एकपल्ट यस्तो मोड आएको थियो, न त भोक लाग्थ्यो न त तिर्खा । कसैस“ग बोल्न मन नलाग्ने अनि एकान्तमा कुन्नि कहा“–कहा“ पुगेको रमाइलो कल्पना गर्ने बानी सायद त्यतिबेलादेखि नै बसेको हो ममा । वास्तवमा त्यो प्रेम रहेछ भन्ने कुरा आज मलाई थाहा लाग्दैछ । प्रेम भनेको त्यस्तो हु“दो रहेछ भनेर मलाई सेतेको देहान्तले महसुस गराएको छ ।
अचेलभरि म घरको छानोमाथिबाट सेतेलाई गाडिएको उसको कब्रस्तान हेरिरहन मन पराउन थालेको छु । जिउ“दो हुञ्जेल त्यति ख्याल भएन । तर मरेपछिको सेतेको अभावलाई महसुस गर्न थालेको छु म । दसै“ आएको छ, सबै र¨ीच¨ी पहिरन लगाएर घर–घर लागिरहेछन्, रमाइलो गरिरहेछन् । तर सेतेको अभावले कसैलाई कुनै प्रभाव परेको मैले पाइन“ । सेते भएको भए दसै“ कत्ति रमाइलो हु“दो हो अथवा सेते नभएर यसपालिको दसै“मा कत्ति नमज्जा भएको हो भनेर कसैले महसुस गरेजस्तो पनि मलाई लागेन । यस्तो छ यहा“को परिवेश । लाग्छ, हिजो सेते थियो, हिजोका दसै“हरुमा अरु मान्छेहरुस“ग सेते पनि हुन्थ्यो, तर आज सेते छैन । सेते बाहेकका अरुहरु हिजोझै“ मस्त छन्, कुनै परिवर्तन छैन यहा“, बाहेक सेतेको अनुपस्थिति । घरमा सबैस“ग बसेर खाना खा“दा सेते, खैरे, मुनी सबैले हेरिरहेका हुन्थे ती दिनहरुमा । तर अचेल हामीले खाना खान लाग्दा सेतेले हेर्दैन, ऊ घटेको छ । अरुहरु सपासप गास निल्छन् । तर खैरे वा मुनीलाई मात्र देख्दा मलाई भने सेतेको सम्झना आइहाल्छ । सेते भएको भए ऊ पनि यही“ बसेर टुलुटुलु हेरिरहेको हुन्थ्यो जस्ता कुराहरु आउ“छन् मनमा र, म अलग्गै बस्न चाहन्छु सहन नसकेर । दश दिन जति त मैले खाना खानै सकिन“ । मलाई के कुराको विशेष चिन्ता रहन्छ भने मान्छेहरु स्वार्थको घिनलाग्दो, गन्हाउने र दुर्गन्धित पोखरीमा झन्–झन् पौडि“दै, डुब्दै र भासि“दै गइरहेछन् । सेते मरेको दिन पनि आधा घण्टा नबित्दै कसरी खान सकेका चिया र पाउरोटी कपाकप ? सेते नरहेको कुराको चिन्ता किन नरहेको उनीहरुमा ? कि सेतेको निधनमा खुशियाली मनाइरहेका थिए उनीहरु ?
अब म सेतेको कब्रस्तानतिर जा“दैछु । सेतेको यताउता हि“डिरहने, खोलाको किनारमा मस्त निदाउने त्यो शरीर सायद अहिले गलेर, सडेर धुलोपिठो भइसकेको हुनुपर्छ । सेते गाडिएको ठाउ“मा अहिले हरियै दुबो पलाएको छ । नजिकै दुईवटा सिसौका रुखहरु उभिएका छन् । लालुपातेका विरुवाहरु छेउछाउमा झ्या¨िएका छन् । करिब पचास मिटर जति अगाडि एउटा घर छ । सेते हामीबाट टाढा हुनुभन्दा यस्तै आठ÷दश दिन अगाडि मात्रै त्यो घरको एउटा बूढो मानिसले पनि यो धर्तीबाट विदा लिएको थियो । तर मलाई त्यो बूढो मानिसको निधनमा त्यति शोक छैन जति सेतेको । कारण, त्यो बूढोमा सेतेमा जस्तो कर्तव्यनिष्ठा मैले देखिन“ । नजिकै बजारमा पसल थापेर बस्थ्यो ऊ । एकदिन उसको पसलमा सामान लिन भनी गएको थिए“ । व्यर्थैमा मस“ग झगडा गरेको थियो त्यो बूढोले । त्यस दिनदेखि उसको पसलमा जानै बन्द गरिदिएको थिए“ मैले । यसरी जिउ“दैमा त्यो बूढो मेरो लागि प्यारो बन्न नसकेकोले, अथवा मलाई मन नपरेकोले, त्यो बूढोको मलाई सेतेको जत्तिको माया पटक्कै लाग्दैन । त्यही बूढोको घरदेखि पूर्वपट्टि एउटा खेल मैदान छ । मेरो सेतेको कब्रस्तानको परिवेश करिब–करिब यस्तै नै छ । अझ पश्चिम पवित्र नदी बहेकी, नदीपारि देवताको मन्दिर रहेको जस्ता कुराहरुले सेतेको भौतिक शरीर जहा“ छ, त्यसलाई थप सुन्दर तुल्याइदिएको छ । नगािके किनारमा बसेर पनि सेतेको कब्रस्तान हेर्न सकिन्छ । म प्रायः सन्ध्या र उषाकालमा त्यसै गर्छु । सेतेस“गका यादहरुमा रमाउने गर्छु, सेतेस“गै खेल्ने गर्छु ।
एकदिन मैले सेतेकी आमा (मुनी)को अनुहारमा नियालेर हेरे“ । ‘जीवन के हो’ भन्ने विषयमा उसले गम्भीर चिन्तन गरिरहेकी हो कि जस्तो भान हुन्थ्यो । उसको अनुहारमा झल्किएको गाम्भीर्यले उसलाई एउटा दार्शनिकजस्तो, एउटा मनोविश्लेषणकर्ताजस्तो, अथवा चिन्तकजस्तो बनाइदिएको थियो । सा“चै १ मुनीले सोचेकी थिई सायद कि जीवन दुई दिनको भेल हो । यो भेल कतिखेर उर्लेर कहा“ टु¨िन्छ कसैलाई थाहा छैन । आफूभन्दा पछि जन्मिएको सेतेले आफ्नो भेलजस्तो जीवनलाई आफ्नी आमाभन्दा पहिले नै टु¨ोमा–विश्रामस्थलमा पु¥याएको थियो । मुनीको अनुहारको भावले यो पनि स्पष्ट भनिरहेको थियो कि सेतेको लागि चाहेर हुने भए उसले बरु आफ्नै ज्यान दिने थिई । सेतेको अभावमा जुन पीडा उसले सहन गर्नु परिरहेछ, त्यो पीडा उसलाई सेतेको जीवनरक्षाका लागि प्राणोत्सर्ग गर्ने बखतमा पनि हुने थिएन । तर बिडम्बना, संसार त्यसरी चल्दैन । कसैले चाह“दैमा कसैको आत्माले शरीर नछाड्ने वा छाड्ने होइन । एउटाको साटो अर्कोले मरेर वा बा“चेर हुने भएको भए यो संसारमा सायद यति कोकोहोलो मच्चिने थिएन, यति रुवाबासी चल्ने थिएन । न त मुनीले सेतेको बदला मरेर हुने थियो न त मुनीको बदला सेतेले बा“च्न नै पाउनेछ । संसार आफ्नै नियममा हि“डिरहेछ । आफ्नै चलनमा कुदिरहेछ, दौडिरहेछ । यदि यस्तो हुन्थेन भने सेतेको लागि मै आफै“ पनि बलिदित हुन्थे“ । त्यसबेला सेतेको प्राणरक्षा गर्ने सौभाग्य पाएकोमा म आफूलाई भाग्यशाली ठान्थे“ । तर त्यो सौभाग्य मलाई विधाताले दिएको छैन, न त अरु कसैलाई नै । मेरो ठाउ“मा पनि कसैले त्यो सौभाग्य कहिल्यै पाउने छैन । यो शाश्वत् सत्य हो । समयको निष्ठुरीपन बुझ्नका लागि यिनै कुराहरु पर्याप्त छन् । न त समय कसैको बेदना, चित्कार र रुवाबासी सुन्छ, न त ऊ कसैको पुकार वा रोदनबाट नै पग्लन्छ । समयले के बूढो, के बालक, के गर्भे, कसैलाई छाड्दैन । त्यही समयको पासोमा परेको त हो मेरो सेते । बिचरो ! निरपराध, निष्कलङ्क, निःसहाय सेते ! ‘मे“–मे“’ गर्दा–गर्दै खुत्रुक्क भएको थियो । समयले उसमाथि अलिकति पनि दया गरेन । डाक्टरकहा“ पु¥याउने मौकासम्म पनि दिएन त्यो पापी समयले ।
प्रायःजसो खैरेलाई देख्यो कि सेतेको उपस्थितिको झल्को आइहाल्छ । खैरे नै सेतेको प्रतिविम्ब हो जस्तो लाग्छ । उही हावभाव, उही बसाइ, उही उठ्ने शैली । दाजु–भाइ उस्तै–उस्तै त थिए । आज भाइ छैन । तर उसको हावभावको दुरुस्त नक्कल हामी देखिरहेछौ“, उसको बस्ने–उठ्ने कलाको अनुकरण हामी हेरिरहेछौ“ । समग्रमा यसरी भनौ“, हामी खैरेलाई सेते मानेर बुझिरहेछौ“, सेतेको अर्को रुप भनेर हेरिरहेछौ“ । अझ भनौ“, कहिले प्रेमिका र कहिले क्षणिक सहयात्री बनेर मस“ग मेरो सेतेको आत्मा खेलिरहेको छ, सेतेको प्रतिविम्ब नाचिरहेको छ । सेतेको कब्रस्तान वरिपरि उसको सम्झना लुकेको छ र, त्यही सम्झनाले नै उसलाई आजसम्म मेरो निमित्त अजर–अमर तुल्याई राखेको छ ।
यस्तै कुराहरुमा भुलिरह“दा म यो कुरालाई भुसुक्कै बिर्सन्छु कि सेते हामीबीच छैन । मानौ“, सेते मस“गै जलविहार गर्न हि“डिरहेछ, उफ्रिरहेछ, दौडिरहेछ । मानौ“, मैले देख्ने हरेक दृश्यहरु सेतेकै प्रतिविम्ब हुन् ।

Atmaram Sharma – Dosh Rahit Dosh

आत्माराम शर्मा – दोषरहित दोष
(Source: असोज मधुपर्क, २०६८)

सोहनलाल चौधरीले एकाबिहानै फोन गर्दै भन्यो- “मुकुन्द, जरुरी काम छ, आज मलाई अफिसमा भेट्न सक्छौ ?”

के काम छ त्यस्तो जरुरी ? अर्को कुनै दिन फुर्सदमा भेट गरे हुँदैन ? मैले भनेँ ।

तिम्रो अनुकूल छ भने आजै भेट गर्न पाए हुन्थ्यो, उसले पुनः अनुरोध गर्‍यो । के काम छ ? फोनमा बताउन मिल्छ ? मैले उसलाई केर्दै सोधेँ ।

“हेर न मुकुन्द, एउटा नयाँ केस आयो । यो विषय अलि जटिल छ । लेखकको आवश्यकता पर्‍यो । साहित्यिक भाषामा लेखिएका इमेलका पत्रको अध्ययन गरेर घटनाको छानबिन गर्नुपर्ने भयो । तिमी साहित्यकार भएकोले सहयोग गर्छाैं कि भन्ने आशले फोन गरेको” उसले अनुरोधको भाषामा भन्यो ।

भेटघाटको विषय छ्याङ्ग भएपछि अपरान्ह पाँच बजे भेट्ने निधो गर्दै मैले फोन राखेँ ।

सोहनलाल मेरो कलेज पढ्दाको हितैषी साथीे हो । अपराध अनुसन्धान शाखामा डीएसपी छ । प्रहरीमा उजुरी परेका कतिपय घटना र अपराधका केस ऊ मलाई सुनाउने गर्छ । म ती घटनालाई लिएर साहित्य सिर्जना गर्छु । यो घटना पनि कथाको राम्रो प्लट हुन सक्छ भन्ने सोच्दै साँझ साढे पाँच बजे म उसको कार्यालयमा गएँ ।

सागर भन्ने मानिस बेपत्ता भएकोमा खोजी गरिदिन उसका छोरा, छोरी र श्रीमतीले केही प्रमाणसहित रिपोर्ट गरेका रहेछन् । सोहनलालले खोजबिनको क्रममा सागरसँग आदानप्रदान भएका तीनवटा इमेल अध्ययन गरेर कसको कारणले घटना घट्यो भन्ने पत्ता लगाउनुपर्ने केस रहेछ । उसले ती सबै इमेल पि्रन्ट गरेर मलाई दिँदै भन्यो -“मुकुन्द यी सबै गहिरो अध्ययन गर । दोषी को हुनसक्छ ? मलाई बताऊ ।” सोहनलालले निकै जोड दिँदै मलाई भन्यो ।

उसले दिएका ती इमेलपत्र यस्ता थिए-

सहृदयी दिदी अनुजा

मीठो सम्झना

आज बुद्ध पूणिर्मा, आकाशमा कहीँ कतै बादलका टाटा छैनन् । सफा आकाशमा जुनको टहटह हेर्दै म टोलाइरहेकी छु । यो मनको अथाह खुसी तिमीसम्म पुर्‍याउने शब्दको खोजीमा घोत्लिरहेकी छु । कुन शब्दैले मेरा उमङ्ग व्यक्त

गरौँ ? सोच्दै लेखिरहेकी छु । घरव्यवहार र साथीसङ्गीका धेरै कुरा यस अगाडि लेखिसकेकी छु । दाजु सागरको सहयोग र प्रेरणाले मैले लोकसेवाको अन्तर्वार्ता पास गरेँ । खरदारको जागिर खाएको पाँच वर्ष नबित्दै अधिकृतमा पास गरेकीले मैले थेग्नै नसक्ने गरी बधाई र सुभेक्षा प्राप्त गरेँ ।

अधिकृतको नियुक्तिपत्र लिएको दिन मेरो जीवनको उल्लासमय दिन थियो । कस्तो संयोग परेको अनुजा त्यो- दिन मेरो श्रीमान्को जन्म दिन, हाम्रो विवाह भएको र मैले अधिकृतको नियुक्तिपत्र बुझेको एकै दिन परेछ । यस्तो संयोग त बिरलै हुन्छ, हैन त अनुजा ?

आज यो उमङ्गको क्षणमा पनि मेरो पेट भतभती पोलिरहेछ । मेरा यी खुसी तिमीसँग साट्न पाइनँ । न त दाजु सागरसँग नै रमाउन पाएँ । खै के काम परेर हो गएको दुई दिनदेखि उहाँ अफिस आउनुभएको रहेनछ । लिखितमा मेरो नाम प्रकाशित भएपछि दाजुले धेरै पटक मलाई भन्नुभएको थियो -“लता म तिम्रै प्रगति हेर्न यो जागिरमा अल्भिmरहेको छु । घरको चाँजोपाँजो मिलेपछि अब म छिटै जागिर छाड्छु ।”

उहाँले यस्ता वैरागलाग्दा कुरा धेरै पटक गर्नुभयो । उहाँका उदास कुरा सुनेर मैले एक दिन बोल्दाबोल्दै बीचमै रोकेर भनेँ – दाजु Û तपाइर्ंका यस्ता दिक्कलाग्दा कुरा म सुन्दिनँ । अचानक मेरो मुखबाट त्यस दिन यस्ता शब्द निस्किएछन् । मेरा कुरा सुनेर त्यही क्षण उहाँले मलाई भन्नुभयो -“लता आजदेखि म मेरा कुनै पनि कुरा सुनाउदिनँ । तिमी पनि घरव्यवहार, उपहार साटासाट गरेका र तिम्रा दाम्पत्य जीवनका कुरा नसुनाऊ ।” अनुजा किन होला उहाँले त्यस दिन यस्तो कटुबचन बोल्नुभएको ?

गएको वर्ष श्रीमान्को जन्मदिनमा उपहार दिएकी थिएँ । यो कपडा दाजु सागरलाई मनपर्ने गेरु रङको थियो । श्रीमान्लाई यो रङ मन परेनछ । कस्तो जोगी रङको कपडा किनेकी ? मलाई जोगी बनाउने विचार छ कि कसो ? उहाँले टट्टा गर्दै भन्नु भएको थियो । तपाईं जोगी बन्नुभयो भने म पनि जोगिनी हुन्छु नि त – मेले जवाफ दिएकी थिएँ । यसपछि हामी दुवै पेट मिचीमिची हाँसेका थियौं । यो कुरा मैले सागर दाजुलाई सुनाउँदा उहाँले अनुहार नमीठोसँग खुम्च्याउनु भयो । यस पटक दिएको घ्यू रङको सुट पिस सागर दाजुलाई देखाउँदा उहाँले मन खिन्न पार्दै भन्नुभयो – मलाई यस्ता उपहारका कुरा नदेखाऊ ।

यसपछि हाम्रो भेट भएको थिएन । अधिकृत पद वहाली गरेको दिन उहाँलाई भेट्न गएँ । कोठामा उहाँ हुनुहुन्न थियो । त्यही दिनदेखि बेपत्ता भएको दाजुलाई आजसम्म मैले भेट्न सकिनँ । यो घटनाले मलाई निकै टेन्सन भएको छ । सागर दाजु कहाँ र कुन अवस्थामा हुनुहोला ? केही अनुमान गर्न सक्छ्यौ अनुजा ? मलाई छिट्टै इमेल गर ल ।

उही, लता लिम्बू,

स्नेही लता, हृदयभरिको माया । स-परिवार आराम छौँ । सम्पूर्ण परिवारको सुस्वास्थ्यको कामना गर्दछु । पछिल्लो पटक १० तारिखमा तिमीले पठाएको इमेल मैले पाएँ । हाँसो र आँसु दुवै मिसिएको इमेल पढेर म भावुक भएँ । पत्र पढेको रात खोई किन हो मेरा आँखा जोडिएनन् । अतीतको सम्झनामा मन रुमलियो ।

अहिले बिहानको ठीक चार बजेको छ । उठेर बिछ्यौना मिलाए । बाथरुम गएर नुवाइधुवाई गरेँ । मन अलि हल्का भयो र इमेल लेख्दैछु ।

देश छोडेर अमेरिका आएको सात वर्ष बितेछ । समयका पात कति छिटै झरेछन् । सम्झँदा आफैँलाई अनौठो लाग्यो । जीवनको भोगाई र नियति सम्झेर म छक्क परेकी छु । पहाड गाउँमा बितेका दुःखका ती दिन सम्भिmँदा मन अमिलो भएर आउँछ । पाँचथरको त्यो दुर्गम हिमाली गाउँमा बितेका हाम्रा दिन सम्झेर अहिले पनि मनमा गाँठो पर्छ । भावुकतामा डुब्दै कहिले काहीँ ती दुःखका आनन्दमा रमाउँछु ।

कतिपय घटना सम्झँदा अहिले पनि मन अत्तालिन्छ । हामी दुःखका साथी दिदीबहिनी थियौँ । मेरो पनि आˆनो भन्नु को थियो र ? मनको कुरा पोख्ने मेरालागि तिमी थियौँ, तिम्रा लागि म थिएँ । आमाले आत्महत्या गरेपछि झड्केलो बाबुले गरेको घृणा र अपमान तिमीलाई थाहा छँदैछ । मामाघरबाट सहयोग नपाएको भए मेरो पनि नियति आमाको जस्तै हुन सक्थ्यो । यिनै दुःखसुखका कुरा गर्दै हामी दुई घण्टा पैदल स्कुल जान्थ्यौँ । स्कुल जाउआउ गर्दा धेरैजसो सँगै हुन्थ्यौँ । बाटोको खाजा मकै, भटमास र रोटी खाँदै हामी घर र्फकन्थ्यौँ । कहिलेकाहीँ खाजा नहँुदा भोकले जीउ गल्दथ्यो । हिँड्न नसकेर गोडा फतक्क गल्थे । तिमीलाई सम्झना छ हैन त लता ? करिब पाँच वर्ष यसरी नै बिते । कक्षा अन्तरले गर्दा एक वर्ष अगाडि मैले एस. एल. सी. पास गरँे । तिमीले दोस्रो वर्ष गर्‍यौँ । जे भए पनि बाल्यकालदेखि नै मेरो मन मिल्ने साथी तिमी नै थियौँ ।

जीवन नदीजस्तै रहेछ ठोकिँदै बहनु पर्ने । कतै भँगालोमा पस्नु पर्ने, कतै सलल बगिरहन पाइने । नदीको गतिजस्तै रहेछ हाम्रो जीवन । कलेज पढ्दा हामीलाई अभाव र गरिवीले थचक्कै थिच्यो । गाउँमा भन्दा पनि बढी लखट्यो । हामी काठमाडौँका गल्लीमा भौतारिँदै हिँडिरहेका थियौ । बाटो बिराएका यात्रीजस्तै बरालिएका थियौँ । बागबजारको घुमाउरो गल्लीमा टाढाको नाता पर्ने सागर दाजुसँग हाम्रो भेट भयो । मलाई लाग्छ – त्यही भेटले तिमीलाई यहाँसम्म पुर्‍यायो र मलाई अमेरिकासम्म ल्यायो ।

लोकसेवाले हामीलाई दुईपटक अयोग्य सावित गरिसकेको थियो । यिनै चोट र खोटले गर्दा दुवैले डीभी भर्‍यौँ । मलाई डीभी पर्‍यो र मैले देश छोडेँ । तिमीले तेस्रो पटकमा लोकसेवा पास गर्‍यौ र जागिर खायौ । हो, आज म ती बितेका दिनहरू सम्झँदै इमेल गर्दैछु । म अमेरिका हिँड्दा तिमी भक्कानिएर रोएकी थियौ । मैले पनि मन सम्हाल्न सकिन र घोप्टो परेर रोएँ । अनगिन्ति हण्डर, ठक्कर खाँदै म अमेरिका आइपुगेँ । सेटल हुन यहाँ मैले गरेका दुःख लेखिसाध्य छैन । बर्मा गए पनि कर्मसँगै- पुर्खाले भनेको सायद यही रहेछ ।

मेरो जीवनको सबैभन्दा खुसीको क्षण तिमीले लोकसेवा पास गरेको दिन हो । आहा Û यो खबर सुनेको दिन म कति खुसी भएँ -म व्यक्त गर्नै सक्तिनँ । त्यो खुसी थेग्न नसकेर कोठामा म छम्छमी नाँचेथेँ । अमेरिकामा नजिक रहेका नेपालीबीच खुसी साट्दै मैले भनेँ – मेरी साथी लता लिम्बूले अधिकृतमा पास गरी । खुसीले उनीहरू पनि उम्लिए र मैले पाँच सय डलर खर्च गरेर उनीहरूलाई भोज खुवाएथेँ ।

सागर दाजुको सुझाव र विशेष सहयोगले म अमेरिका आएँ । उहाकै प्रेरणाले तिमीले लोकसेवा पास गर्‍यौ । कस्तो संयोग- तिम्रो पोस्टिङ उहाँकै कार्यालयमा भयो । खरदारबाट सुरु भएको तिम्रो जागिरे जीवन सागर दाजुकै सहयोगले अधिकृत भयौ । एउटै कोखको दाजुले गर्ने सहयोगभन्दा पनि बढी उहाँको सहयोग पाएर जागिरमा तिमीले गरेका प्रगतिका खबर सुन्दा म खुसीले बुर्लुक्क उप|mन्थँे ।

तिम्रो पिरले मलाई सधैँ सताइरहन्थ्यो । पहाड गाउँदेखि नै सौतेनी आमाको पेलाइले उदासिएको तिम्रो अनुहार सागर दाजुको अपनत्वले उज्यालिँदै गएको थाहा पाउँदा म फुरुङ्ग हुन्थेँ । उहँाकै आडभरोसामा त्यो बिरानो काठमाडौँमा तिमीलाई छाडेकी थिएँ । हुन त म अमेरिका उड्ने भएपछि दाजुले मलाईभन्दा पनि बढी माया तिमीलाई गर्न थाल्नुभएको थियो । मलाई थाहा छ उहाँले नै लोकसेवाको र्फम भरिदिनुभएको थियो । काठमाडौँमा कसरी बाँच्नुपर्छ ? लाठे केटाहरूका क्षेप्यास्त्रजस्ता हेराईबाट कसरी जोगिनुपर्छ ? उहाँले नै हामीलाई सिकाउनु भयो ।

बहिनी लता

लोग्नेमानिसको मनलाई तिमीले अझै नजिकबाट बुझ्न सकेकी रहिनछ्यौ । उनीहरूको हृदयलाई सूक्ष्मरूपले नियाल । केटा मान्छेको मन भाँचियो भने काठजस्तै टुक्रिन्छ । पछि जति जोडेर टाँसे पनि भाँचिएको काठ छुटिन्छ र कमजोर हुन्छ । सागर दाजु मेरो टाढाको आफन्त भएकोले उहाँको बारेमा थोरबहुत मलाई थाहा थियो । उहाँको व्यक्तिगत जीवन सफल छैन भन्ने कुरा तिमीलाई केही सङ्केत गरेकी थिएँ । यो कुरा सुनेर उतिखेर तिमीले भनेकी थियौ -“यसै कारणले होला उहाँको मुहार सधैँ उदास देखिन्छ” मानिसको व्यक्तिगत जीवन असफल भएपछि उनीहरू रूखा हुन्छन् । मैले मनोविज्ञानमा पढेकी थिएँ – जीवनदेखि निस्सासिएका मानिसलाई नारीको कोमलताले पगाल्छ । हाम्रो धार्मिक कथाहरूमा यस्ता धेरै प्रसङ्ग छन् । हामीले थोरबहुत पढेका र सुनेका छौँ ।

लता Û धेरै के लेखौँ ? काममा जान हतार भइसक्यो । तिमी आफू थोरै पग्लिएर भए पनि सागर दाजुलाई सम्हाल । उहाँ जस्तो असल मान्छे हामीलाई मात्र होइन अरू धेरैलाई आवश्यक पर्छ । म आशा गर्छु, बहिनी तिमीले उहाँलाई जीवनदेखि पलायन हुन रोक्नेछ्यौ र उहाँको खोजी गरेर सम्हाल्नेछ्यौ भन्ने विश्वास गरेकी छु ।

उही अनुजा, दिदी अनुजा Û

जीवनमा निकै परिपक्व भएँ र खारिएँ भन्ने लागेको थियो तर होइन रहेछ । यात्राको ठाडो भीर रहेछ जीवन । कुन भीरबाट को कतिखेर खस्छ केही भन्न सकिँदोरहेनछ । अघिल्लो महिना अधिकृतको तालिम लिन म केन्द्रमा १५ दिन काजमा गएकी थिएँ । त्यसको भोलिपल्ट सागर दाजुले जागिर राजिनामा गर्नु भएछ । यो कुरा थाहा पाएर मैले उहाँलाई मोवाइलमा सम्पर्क गरेँ । उहाँको छोरोले उठायो । बाबा खोइ त बाबु भनेर सोद्धा -“उहाँ कहाँ जानु भयो, हामीलाई पनि थाहा छैन । एक हप्तादेखि बाबा बेपत्ता हुनु भयो, खोजी गरिदिन पुलिसमा हामीले रिपोर्ट गरेका छौँ” उसले हडबडाउँदै जवाफ दियो । उसको कुरा सुनेर म खङ्रङ्गै भएँ । यो खबर सुनेदेखि दिन मेरा लागि रात बन्यो । रात आँसुको पोखरीमा परिणत भयो । उहाँ बेपत्ता भएको दुई महिनापछि हिजो मात्र हुलाकीले अफिसमा आएर चिठी दिएर गयो । चिठी पढ्दापढ्दै म भक्कानिएर रोएँ । मैले नजिकबाट उहाँलाई चिहृन सकिँनछु । टाढाबाट जति चिने त्यो परिचय अपूरो रहेछ । सागर दाजुले लेखेको त्यो चिठी मैले स्क्यानिङ गरेर इमेल गरेकी छु । पढेपछि मलाई इमेल गर ल अनुजा ।

बहिनी लता

हृदयको सम्झना,

उज्ज्वल भविष्यको कामना गर्दछु । जीवनमा कुनै चोट र अप्ठेरा नपरुन् हृदयदेखि नै प्रार्थना गर्दछु ।

मैले धेरै पटक जागिर छोड्ने प्रयास गर्दा तिमीले मलाई भनेकी थियौ – “अरू कुनै काम नभई जागिर छोड्नु हुँदैन । खाली दिमागमा सैतानले बास गर्छ ।” तिम्रो यही सल्लाहले मैले जागिर छोड्न सकिनँ । तिमीले जागिरमा गरेको प्रगति मलाई जागिरमै बसेर हेर्ने रहर थियो । योे उत्कट चाहना तिमीले पूरा गरिदियौ । धन्यवाद छ मेरो इच्छा पूरा गरिदिएकोमा । अधिकृतको पत्र बुझेपछि तिमी तालिममा गयौँ । तिमी गएको दोस्रो दिन मैले जागिर राजिनामा गरे । मलाइ माफ गर -मैले भेटेर भन्नु पर्दथ्यो तर भन्न सकिनँ ।

पाँच दिनपछि राजिनामा स्वीकृत भएको पत्र पाएँ र त्यही दिनदेखि मैले आफूलाई बदले । यसको मतलव म नास्तिकबाट आस्तिकमा रूपान्तरण भएको होइन । पूर्वजले भन्दै र मान्दै आएको ईश्वरीयसत्ताको खोजीमा म लागेँ । अहिले भौतिकवाद र आध्यात्मवादको अन्तर खोतल्ने प्रयासमा छु । हाम्रो पूर्वजको ईश्वरीयसत्ताको गहिराई बुझ्न मन लाग्यो र मैले बाटो परिवर्तन गरेको हुँ । सम्पूर्णरूपले आफूलाई बदलेको होइन ।

बहिनी Û तिमीलाई अचम्म लाग्ला- यति छिटो ममा यत्रो परिवर्तन कसरी आयो ? यो मेरो कुनै लहड र सनक होइन । विगत केही वर्षदेखि मैले खोजेको कुरा हो । सबैतिरबाट हारेका र जीवनदेखि विरक्तिएका धेरै मानिस आशाको मसिनो त्यान्द्रोमा अल्झेर बाँचेका छन् । मैले पनि आध्यात्मवादको अध्ययन गरेर बाँकी जीवन बिताउने निर्णय गरे । यो संसारमा धेरै महापुरुष, जोगी, सन्न्यासी जसरी वरत्र विर्सिएर परत्र सपार्ने धुनमा आफूलाई बिर्सिरहेछन् । मेरो पनि अवस्था विगत केही वर्षदेखि यस्तै थियो । टाढा क्षितिजमा धीपधीप बलेको प्रकाश हेरेर म बाँचिरहेको थिएँ । आज त्यो क्षितिजको बत्ती निभ्यो र मैले घर छोडेँ । सीधा भाषामा भन्नुपर्दा – वरत्र छोडेर म परत्रको यात्री बनेँ ।

पाँच वर्ष एउटै कार्यालयमा सहकार्य गर्दा मेरो ओइलाएको अनुहार नियालेर पक्कै केही अन्दाज गरेकी थियौ होली ? अरू कसैले कानेखुसी गर्दै केही भनेका पनि होलान् । मेरो पारिवारिक जीवन खोतल्न खोज्दै तिमीले कुनै दिन भनेकी थियौ -“दाजु संसारका कुनै पनि मानिस सुखी छैनन् र कोही दुःखी पनि छैनन् । दुःखलाई जसले सुख सम्झेर भोग्छ त्यही व्यक्ति सुखी र सफल हुन्छ ।” अर्को कुनै दिन घुमौरो भाषामा तिमीले मलाई सोधेकी थियौ- “सागर दाजु, तपाईंलाई दुःखको कुन पहाडले थिचेको छ ? मनको पीडा अरूलाई बतायो भने हलुका हुन्छ भन्छन्” । यस विषयमा अरू कुनै दिन कुरा गरौँला, मैले भनेको तिमीलाई सम्झना छ हैन त लता ?

बहिनी

मनको मैलो म पखाल्न चाहान्थे । मिचीमिची म धुन खोज्दै थिएँ । तिमीले कुनै दिन अवश्य सोध्नेछ्यौ भन्ने मैले सोचेको थिएँ । तिम्रा प्रश्नको जवाफ दिन दुई वर्षसम्म मैले पर्खे । खोई किन हो ? मेरो व्यक्तिगत जीवन खोतल्न चाहिनौ । दुःखीको सङ्गत गरेर किन दुःख बढाउनु भन्ने सोचेर होला । मेरा पीडाका पुस्तक पढ्न त परै जाओस्, त्यसको अनुहारसमेत हेर्न चाहिनौँ । म चाहन्थेँ दमित मनमा पुरिएको अथाह पीडाको पोखरी तिमीलाई देखाउन । रहर थियो- तिम्रो काखमा घोप्टो परेर पोखिन । भित्रभित्रै पाकेका घाउका पीप तिम्रो हातबाट निचोर्न चाहन्थे । कटु बचनले तिछोरिएका शरीरका डाममा मलम लगाइदिन्थ्यौ कि भन्ने आशा थियो । धिक्कार Û मैले कस्तो इच्छा राखेछु ।

बहिनी मनमा गुम्सेका अटेसमटेस भावना बाहिर निस्किए । आज ४५ हिउँद पार गर्दासमेत मैले कसैबाट सम्झना प्राप्त गर्न सकिनँ । म अपमानको पहाडले थिचिएको दुःखी मानिसको अगाडि तिम्रा जन्म दिन, विवाहको वर्ष गाँठमा भएका आदान-प्रदान तिमी देखाउँथ्यौ । भोकले छट्पटाएको मानिसलाई खाना देखाएर ईख्याएजस्तै लाग्थ्यो तिम्रो त्यो व्यवहार । मेरो भत्किएको जीवन थाहा हुँदाहुँदै यी सबै काम मेराअगाडि गथ्यौँ । किन यसो गर्‍यौ ? मैले बुझ्न सकेको छैन । म सधैँ खुसी रहन्थेँ -तिम्रो त्यो उल्लासमय जीवन देखेर । भित्रभित्रै म खुसीले गदगद हुन्थे तिम्रो प्रगति र उन्नति हेरेर ।

बहिनी मलाई माफ गर मन दुःखेको कुरा गरेँ । यति खेर म सोचिरहेको छु – दोष तिम्रो होइन मेरै हो । धेरैलाई साथी बनाएँ कतिपयलाई गुमाएँ । जसलाई मैले साथी बनाए, तीमध्ये कसैलाई पनि आˆनो बनाउन सकिनँ ।

बहिनी घर छोड्ने दिन फोन गर्छु भन्दाभन्दै अनुकूल नमिलेर फोन गर्न सकिनँ । त्यसदिन म निकै व्यस्त भएँ । बिहान चार बजे उठेर कपडा धोएँ । खाना खाएर तीर्थयात्राको टिकट लिएँ र केन्द्रीय कार्यालयमा गएर पेन्सनपट्टा बनाएँ । बाबु हुनुको कर्तव्य पूरा गर्न छोरा छोरीको बैङ्क खातामा बिहादानका लागि केही पैसा जम्मा गरिदिएँ ।

साँझ पशुपति गएँ । मुक्तिमण्डलमा बसेर जोगीसँगै गाँजा तानेँ । धेरै वर्ष भयो यो जोगीसँग मेरो सङ्गत भएको । उसलाई केही पैसा दिए । भोलि म तीर्थयात्रामा हरिद्वार जाँदैछु भन्दा ऊ धेरै खुसी भयो । “अब बाँकी जीवन बिताउन म पनि उतै आउँछु । अर्को वर्ष तपाईंलाई हरिद्वारमै भेट्नेछु ।” म हिँड्ने बेलामा जोगीले भन्यो ।

जोगीको अखडाबाट उठेर म पारि गएर बसे । गायक भक्तराज आचार्यको स्वरमा भजन गुन्जिरहेको थियो –

एक दिन मैले प्रभुसँग सोधे

कसरी शान्ति मिल्छ

कस्तो कस्तो कर्म गरेपछि

प्रभुको दर्शन मुक्ति मिल्छ ।

भजनको तालमा मानिसहरू झुलिरहेका थिए । कोही आँखा चिम्लिदै भजनको भावमा चुर्लुम्म डुबेका थिए । छेउमा गाजाको राग उडिरहेको थियो । इहलिला समाप्त भएका दुईवटा लाश ब्रहृमनालको दायाँबाँया तेसिर्ंएका थिए । सुन्दर मानवीय जीवन लाशमा बदलिएको दुःखद हविगत देखेर मानिसहरू टोलाइरहेका देखिन्थे । आफन्तहरू लाशको नजिकै झुम्मिएर रूँदै कराउँदै थिए । आर्यघाटका कुनै चिता खाली थिएनन् सबै जलिरहेका थिए । केही लाश पालोको प्रतीक्षामा छन् । मानिसको अस्तित्व समाप्त भएर आकाशमा बिलीन भएको धूवाँ हेर्दै म टोलाइरहेको थिएँ ।

बहिनी Û आखिर के रहेछ र मानिसको जीवन ? पिता पुर्खा गएको बाटो सबैले जानैपर्नै रहेछ । नाथे यो एकबारको जीवनमा मानिस किन घमण्ड गर्छ ? मात्र धुवाँमा विलय हुने जीवनमा मानिस किन अहङ्कार गर्छ ?

सतकर्म नभई चित्त शुद्ध हँुदैन

चित्त शुद्ध नभई सन्तोष हुँदैन

सन्तोष नभई मन स्थिर हँुदैन

मन स्थिर नभई शान्ति हुँदैन ।

भजनको अर्को अनुच्छेद सुन्दै म उठेँ । त्यो दिन १४ तारिख थियो । मसान वैराग्य बोकेर घर र्फकेँ । घर भन्नु नै के थियो र फगत रातको बास थियो । जरुरी कपडाको सानो पोको बनाएँ । बिहानको तीन बजेको थियो । घरको मूलढोका बिस्तारै खोलेँ । बाहिर तुलसीको मोठलाई परिक्रमा गरेर ढोगेँ । अलिपर पुगेर एक पटक घरलाई नियालेर हेरेँ । त्यही क्षण मनले भन्यो – यो ठाउँमा तेरो भोग यत्ति नै रहेछ ।

– उही, सागर

माथिका इमेल मैले दोहोर्‍याएर पढेँ । दुई दिनपछि पुनः गहिरो अध्ययन गरँे । सागर पलायन हुनुमा दोष कसको हुन सक्छ ? भनेर निकै घोत्लिए । साथी सोहनलाल चौधरीको अनुसन्धानमा शङ्कास्पद देखिएका बहिनी लता, अनुजा, सागरको घरपरिवार र जोगी, यीमध्ये को दोषी छन् ? इमेल अध्ययन गरेर मलाई भन –

चौधरीले पटकपटक मोबाइलमा मलाई भनेको थियो ।

धेरै दिन घोरिएँ, मैले कुनै अनुमान नै गर्न सकिनँ ।

यो कथा पढेर दोषरहित दोषी को हो ? तपाईंले अनुमान गर्नु भयो कि ?

Aayam Phuyal – Kapal: Ek Charcha Paricharcha

आयाम फुयाल – कपाल: एक चर्चा परिचर्चा

“के गरेर काट्या यो कपाल? न पछाडि काट्या छ, न अगाडि छोट्या’को छ। भोलि मिलाएर आउने त्या’, नत्र घरतिर बसे हुन्छ”, असेम्ब्ली सकेर क्लास तिर जादैँ थिए; डि. आई. को यो कठोर र रुड आवाज कानमा ठोक्कियो। एकमन त गएर; ‘सर, यो कपालले तपाईँको के बिगार्दियो, खाली के कपाल काट्, कपाल काट् भनिरा’, काटेकै त छु नि जटाधारी बाबा जस्तो बन्या’ त छैन नि, अलिक अगाडि पछडि राख्न मन लाग्छ त राख्न नपाई?’, भन्दिउ जस्तो लाग्या थियो। तर अहँ, “हुन्छ सर!” बाहेक न त मुखबाट केही निस्क्यो, न त आँखा नै ठडियो। विचरा, आँट त्यति साह्रो कहाँ छिप्पिसक्या हुनु। म क्लासतर्फ सरासर अघि बढे।
“मे आइ कम इन सर?” ढोकाको क्यार् आवाजको ध्वनि चिर्दै भने।
“कहाँ ग’को हिरो तिमी?” सरको आवाजमा नम्रता थियो।
“सर, त्या’ डि. आई. सरले बोलाउनुभा’थ्यो।”
“किन नि?”
सरको यस प्रश्नको जवाफ दिन गाह्रो भयो। त्यहीपनि भनेँ, “कपाल काट् भन्नलाई बोलाउनुभ’को, सर!”
सरको अनुहारमा व्यङ्ग्यात्मक र करुण हाँसो एकसाथ दौडियो र आवाज निस्क्यो, “ल, ल भित्र आउ”। सर एक-दुई मिनेट यत्तिकै केही सोचे झैँ अलमल्लिरहनु भयो र अन्त्यमा आवाज फुट्यो, “आज एउटा सानो कुरा गरौ है त, अरु सेक्सन भन्दा अलि अगाडि नै छौ कोर्समा पनि हामी।” विद्यार्थी न परियो ठुलो तालीका साथ सरको कुरालाई सम्बोधन गरियो!
“ल, ल ठिक छ, एउटा कथा भन्छु अनि त्यसको अलि चर्चा परिचर्चा गरौँला।
‘के हो तँ, तलाई कपाल काट्नु पर्दैन, दादागिरी देखाउन आ’को त या’? भोलि, कि कपाल काटेर आउनी कि ड्याडीलाई लिएर आउनी”, अफिस कोठामा छिर्न लागेको एउटा शिक्षकले आफ्नो स्कुलको डि. आई. को उक्त आवाज सुन्यो। व्यङ्ग्यात्मक मुस्कानका साथ उसले अन्दाज लगायो कि फेरी कुनै विद्यार्थीले गाली खायो, नमज्जाले! शिक्षक सरासर अफिस कोठामा छिर्यो। अनि भित्त्तामा देख्यो एउटा तस्वीर जसमा आइन्स्टाइनको जिङ्ग्रीङ्ग कपाल प्रस्टै देखिन्थ्यो। र साथै आइन्स्टाइनको एउटा हातले आफ्नो दिमागमा पोइन्ट गरिराखेको थियो। शिक्षक कसैले थाहानपाउने गरी मुस्कुरायो।’
कथा सकियो।”
सरले भन्नुभयो, “कथा त बुझियो होला पक्कै पनि। म आज तिमीहरुलाई यस्तै कुरा भन्छु केही। एउट स्टुडेन्टको मुख्य गहनालाई अनुशासन भनेर चिनिन्छ। त्यही अनुशासनको कुनै पोइन्ट्मा लेखिएको होला या नहोला (मैले अहिलेसम्म पाएको छैन लिखित अनुशासनका पोइन्टहरु), कपाल काट्नुपर्छ या यस्तै केही! मलाई वास्तवमै अचम्म लाग्छ, कपालमा कुन किसिमको अनुशासन लुकेको हुदो रै’छ?! खै, कपाल पालेपछी विद्यार्थी नपढ्नी हुँदो रै’छन कि अथवा कपाल लामो भएमा विद्यार्थीको बौद्धिक क्षमता घट्दो रै’छ कि!? त्यसो हुँदो हो त, हेलेन केलर भनेर आज संसारले चिन्दैनथ्यो होला, पारिजातको ‘शिरिषको फूल” पनि यत्तिकै झरिजान्थ्यो होला।”
“कपालले गर्दा विद्यार्थीको अनुशासन भङ्ग हुन्छ रे। एउटा विद्यार्थी अननुशासित हुन्छ रे! खै, के भन्नु अचम्म लाग्छ, तिनै लामो कपालको विरोधिहरु जीवनको कुनै मोडमा विद्यार्थीलाई बुद्ध जस्तो बन्नुपर्छ भनिरहेका हुन्छन। अब यसो सोचौँ त हरेक तस्वीरमा बुद्धको कपाल कति लामो देखाइएको हुन्छ? अब के बुद्ध पनि अननुशासित?! बुद्ध मात्रै किन प्राय: सबै देवीदेवताको कपाल लामो नै देखाइएको हुन्छ तस्वीरहरुमा; अब के सारा देवीदेवता अननुशासित त? सायद, यसको जवाफ ‘बढी बाठो हुन्छस् त?!’ नै पाइन्छ होला।”
“सर, रुल हो नि त स्कूलको, फलो गर्नुपरिहाल्छ नि”, सम्बृद्धले आँट गर्यो एकछिनको सरको निरन्तर बोलाईको धाराप्रवाहलाई रोक्न! सरले सम्बृद्धलाई मात्र मुस्कान दिनुभयो र “बस” भन्नुभयो। सर ४५ सेकेन्ड जति घोरिनु भयो अनि शब्द निस्क्यो मुखबाट नम्रतापूर्वक, “सम्बृद्ध, मान्छेकालागि रूल बन्या कि रूलका लागि मान्छे?” शान्ति…
सम्बृद्धको रातोपिरो भयो अनुहार!
“एक हिसाबले तिम्रो कुरा नि ठीकै हो। तर यहाँ हेर त, मेरो कपाल नि लामो छ, मेरो साइडलक नि चुच्चै छ; तर तिमी त मैसँग पढिरहेका छौ त फेरी!?” फेरी शान्ति…
“कुरा के भन्दाखेरी बाबु, अलिकति कुरालाई मोडौँ। अमेरिका, फ्रान्सजस्ता मुलुक बाट सुरु भयो टाई लगाएर पढ्न जाने प्रवृत्ति। तर आज उनीहरु बिना टाई विद्यालय जान्छन् र हामी सास नै अड्किने गरी टाई कसेर। कतिलाई त निकै नै उकुसमुकुस भएको हुन्छ। निकालेर फाल्दिउ जस्तै लाग्छ, तर सक्दैन। त्यसैले, मान्छे वा कुनैपनि संघ, संस्था समयानुसार चल्न सक्नुपर्छ। उनीहरुको देशमा अहिले विद्यार्थीले टाई लगाउन छाडे यसको मतलव यो हो त: के तिनीहरु अननुशासित भए? के तिनीहरुको बौद्धिक् क्षमता घट्यो? अवश्य छैन नि, उनीहरुलाई टाई लगाउँदा अप्ठेरो महसुस भयो, लगाएनन्; कतिलाई सजिलो हुन्छ लगाउछन अझै पनि। कपाल पनि टाई जस्तै एउटा बिम्ब न हो। त्यसैले, सम्बृद्ध रूल, रूल भन्नुभन्दा पनि यो आफ्नो लागि कत्तिको उपयुक्त हुन्छ, कतिको यसले आफूलाई कम्फरटेबल गराउँछ भन्ने कुराको ध्यान राख्नुपर्छ जसकारण आफ्नो एकाग्रता (पढाइपट्टिको होस् या अन्य कुनै) स्थिर रहन्छ।”
“कपाल पाल्दैमा विद्यार्थीले पढ्दैन, विद्यार्थी बिग्रन्छ भन्ने मनशाय जुन छ हाम्रो समाजमा त्यसको म एकदमै विरोधि हुँ। लन्डन, नर्वेतिरको विश्वविद्यालय जाऔँ त्यहाँ कत्तिका कपाल लामा हुन्छन्, कतिका दारी लामा हुन्छन। अब उनीहरुलाई त्यस्तो कपाल मनपर्छ, राख्छन्; त्यसले के असर गर्छ र उसको पढाइमा!? ऊ त झन खुसीसाथ आफ्नो पढाइ अघि बढाउन सक्छ। यसो सोचौँ न, के सारा विश्वविद्यालय टपर, गोल्ड मेडलिस्ट, नासाका वैज्ञानिकको टाउकोमा कपाल थिएन त अथवा के उनीहरुको कपाल लामो थिएन होला त? त्यसैले, कपाल पालेर, नपालेर पढाइमा कुनै पनि किसिमको वाधा अड्चन आउदैन। अब कतिले भन्लान, नुहाउन, स्याहार गर्नपर्दा पढ्ने समय बर्बाद हुन्छ! त्यस्तालाई मेरो एउटै मात्र प्रश्न छ कि: “के छोरीमान्छे कोही पनि पढ्दै पढ्दैन् त, के उनीहरुमा बौद्धिकता शुन्य छ त?” यसको जवाफ नि, ‘त जान्दछस् धेरै’ बाहेक केही आउला जस्तो मलाई लाग्दैन।”
“एउटा विद्यार्थीलाई कपाल पाल्न मन छ, के भयो त पालोस्। उसले पढेन, लेखेन भने पो कराउनु जायज हुन्छ त, अब कपाल लामो पार्‍यो अथवा कपाल ठडायो भनेर कराउनु चै वास्तवमै निकै नै अनुचित हुन्छ। त्यसले, विद्यार्थीमा पनि एक त, त्यो गाली गर्नेप्रति नेगेटिभिटी उब्जिन्छ अर्को त, उसको मनोविज्ञानमा पनि आघात पर्दछ। त्यसैले, विद्यार्थीको बाहिरको हाउभाउ भन्दा नि उसभित्रको बौद्धिक क्षमतालाई मध्यनजर राखेर उसलाई त्यही तवरले प्रोत्साहन गर्नुपर्छ। उसभित्रको पोटेनसियालिटीको कदर गरिनुपर्छ।”
“अब मैले यसो भन्दा तिमीहरु कसैको मनमा अब त्यसो भए त विद्यार्थीले जे गरेर हिडेँ नि भै’गयो नि, क्लासमा डेडलक हानेर आए नि भयो, कपाललाई डाँफेजस्तो रङ्गाएपनि भयो भन्ने किसिमको सोच आउला। अझ त कतिले के पनि सोच्लान भने ‘जन्म्या’ नि नाङ्गै, मर्ने नि नाङ्गै के खान बीचमा चैँ लुगा लगाउनु!?’”
“सबै जना नाङ्गै हिडेँ नि हुन्थ्यो; तर समय त्यस विन्दुसम्म पुगिसकेको छैन। मैले अघि नै भने नि समय सापेक्षिक हुनुपर्छ भनेर; त्यसैगरी यस्ता कुरा पनि विस्तारै संशोधन हुदै जान्छन्। के थाहा समयको कुनै विन्दुमा हाम्रा भावी पुस्तालाई लुगा भन्ने पनि केही कुरा हुन्छ भन्ने थाहा हुदैन कि!?”
“अत: मैले यत्रो क्लास लिएर हामी रुलका लागी नभै’कन, रूल हाम्रा लागी हो भन्ने कुरा अर्थाएँ। तर म आफै भोलि क्लासमा डेडलक बनाएर आउन सक्दिन किनभने म त्यो समयको बिन्दुमा पुगिसकेको छैन, तसर्थ म अहिलेको समयलाई अङ्गाल्न बाध्य हुन्छु। तर यसो भन्दैमा सधै आफ्नो इच्छालाई दबाउनु चै हुन्न, आफूलाई समयानुसार बदल्न चैँ सक्नुपर्छ हैन भने अहिलेको बाइसौँ शताब्दी छेउछाउको मानव सभ्यता फेरि गएर बर्दिया र रुकुमको जङ्गलमा विसर्जन हुन्छ।”
टिङ् टिङ् टिङ् टिङ् टिङ्…!
सरको धाराप्रवाहले, “ल ल है त यस्तै हो, सबै मिल्छ एकदिन, पढ्न चैँ राम्रोसँग पढ्नुपर्छ तिमीहरुले”, भन्दै विसर्जन लिन्छ।
म उठेर सबैभन्दा अघि दुई हात पिट्छु र सबै साथीहरु नि ताली पिट्छन्। सर हाँस्दै बाहिरिनुहुन्छ।

-आयाम फुयाल
कक्षा-१२
सैनिक आवासीय महाविद्यालय
सल्लाघारी, भक्तपुर

Samriddi Shayad – Patra Vs. Patra Haru

समृद्धि शायद – पात्र भर्सेज पात्रहरु

बिर्सनै लागेको धुमिल तस्विर फेरि सम्झनाहरुको हुल बोकेर विनिर्माण गर्न आइपुग्यो । शुशिल कुनै चलचित्रको नायक झै व्यवहार आचरण र निभाउने क्रियाकलाप पनि ।

“म तिम्रो लागि जे पनि गर्न सक्छु”

“जस्तो कि…। !” म जिज्ञाशापूर्ण आँखा ऊ तर्फ तेस्र्याउछु

“पैसा वाहेक सबै”

उस्ले आफ्नो शब्दहरुमा “सवै” लाई विशेष जोड दियो र म पैसामा अड्किए ।

पैसा ! पैसा !! पैसा !!!

अभावले पनि प्रेम जन्मन्छ र ! जन्माउनु पर्दोरहेछ अवस्थामा परेपछि । बेरोजगार युवक स्नातक उत्तिर्ण र आकर्षक पनि छ । धेरै पल्ट लिखित उत्तिर्ण गरेर अन्तरवार्तामा फ्याकिएको नमिठो अनुभवको टुक्राटाक्री सुनाउँछ । साँच्चै भनुँभने मैले मेरो जीवनको वृत्तमा ल्याउन नचाहेको पात्र हो । र पनि घरिघरि कुइनेटो बनेर ठोक्किन आइपुग्छु । मोवाइलमा मिसकल दिनु, गीतका लाइनहरु एस एम एस गर्नु र रोमान्टीक हुनु उसको विशेषता तर उस्लाई थाहा छ म उसको उमेरमा ओर्लन सक्तिन । मेरो उमेरले मलाई प्रौढताका बस्त्र ओढाइ सक्यो फेरिपनि उसको व्यवहार उही रहन्छ । “सिनेमा हेर्न जाउ न” लाई थेगो बनाइसक्यो । सँगै चार पाइला हिड्न पाउनु मात्र पर्छ उँचाइ नाप्नको बहानामा छेउमा आइपुग्नु बानी बनाइसक्यो ।

“म बीस वर्षको भन्ठानेको तिमीले !”

मेरो रिसको पारो चढ्छ । हिड्दाहिड्दै पछाडी छोडिदिन्छु । अब त पिछा छोड्ला भन्ठान्यो तर के छाड्नु ! आइपुगि हाल्छ आँखा अगाडि टुप्लुक्क । कस्तो थेतर मन विसिद्धिको बानी, इख नभाको मान्छे…… यिनै कुराहरुको मेसो फुकाउछु पत्रकार साथीसंग । ऊ झन् उस्तै – ‘ल ! ल !! छ !! छ !!! लेख न लेख यिनै हुन् तिम्रा श्रृजनाहरुको पात्र’ भन्छ उल्टो । मन अमिलो भएर आउँछ । एउटा सिङ्गो मान्छेलाई कसरी पात्र बनाउनु । उस्को अभावले जन्माएको म प्रतिको प्रेमलाई विषयवस्तु बनाइदिनु । सम्पादक मित्रको प्रतिक्रिया सम्झन्छु ‘सुटुक्क दिएको म्यादपनि सकिन लाग्यो।’ अर्थात कथा पठाउन ढिला भइसक्यो ।

शुशिललाई पहिलोपटक मैले आफ्नो कार्यक्षेत्रको निरिक्षण गरेर फर्कदा बाटोमा चिनेकी थिएँ । एन.जि. ओ. को जागिरे भनेपछि प्रायशःको मुखबाट निस्कने ‘वाह डलर !’ उसको मुखबाट फुत्केको थियो । उसका साथीहरु अघि अघि र शुशिल मसँग गफको मेसो लाउदै पछि पछि । साथीहरु गिज्याउँदै थिए – ल ! केटा गरिखा …॥’ । सँगसगै फर्कने क्रममा मेरो सम्पर्क नं. माग्या माग्यै गरेपछि ‘छैनू’ भनेर टारँ । घरछेउ आइपुग्दा पनि फर्कने छाँटकाँट नदेखेपछि ‘तिम्रो मोवाइल नं. देउ म फोन गरुँला’ भन्न बाध्य भएँ । मैले आफ्नो ब्याकप्याकबाट नोटबुक के निकाल्न मात्र आँटेकी थिएँ चलचित्रको रोमान्टिक हिरो झै खल्तीको डटपेन निकालेर मेरो देब्रे हत्केलामा लेखेर अध्यारोमा बिलिन भएको थियो । यसरी भएको कयौ भेटहरु बिर्सिने हुदोरहेछ । मैले पनि बिर्सिएँ उसलाई । तर जब एकसाँझ मैले शुशिललाई त्यही ठाउँभन्दा पर चिया पसलबाट निस्किएर मेरो सामुन्ने उभिएको पाएँ फेरि बितेका क्षणहरु फ्ल्यासब्याक बनेर आइपुग्यो । अनि सुरु भयो हाम्रो खिचातानी भेटनु र तर्कनुको पछ्याउनु र भाग्नुको ।

अफिसको काम सकेर आइपुगेको थाकेर हैरान मन शरिर विसाएको पनि थिइन हेमको फोन आएको थाहा पाएँ । पुन ः फर्केर उहि बिगतमा पुगे । अचम्म लाग्यो किन हेमको अहमले ओरालो लागेछ । मन खुशी र चोटको दोसाँधमा राखेर फोन गर्न थालेँ । आखिर कुरा उहिँ अर्थ अभावमा आएर अड्कियो । महिनौ अघि टुकि्रएको हाम्रो सम्वन्ध फेरि अभावले जोडिन आइपुग्यो । भाई हस्पिटलको बेडमा दुई दिन पछि अप्रेशन अनि पैसा सापटीमा गएर कुरोले मेसो लाग्यो । जुन अभावले हेमलाई मसँगबाट अर्कोको पोल्टोमा पारेको थियो त्यहीँ अभावले फेरि फर्कायो । हारजितको निकासाबाट त्यही सम्वन्धलाई निष्कर्षमा पुर् याइयो । अप्रेशन भएको रात म हेम सँगै एउटै ओढ्ने ओडेर बेन्चमा बसेकी थिए । थाहा छैन ! उसको स्पर्श प्रेमपूर्ण थियो वा बाध्यताले गाँजेको । दुवै चुपचाप चुपचाप त्यसै वखत उसको मोवाइल बज्यो । अरु कुरा सामान्य भएपनि ‘नरिसाउ म भोली फोन गर्छु । मंगलबारसम्म हो अनि सँधै अनलाईनमा रहन्छु ।’ बाट थाहा लाग्यो ऊ अर्को पोल्टा रहेछ । भोली पल्ट बिहान जब म हेमसँग चिया पिउन क्यान्टीनमा पुगेँ उसको हातमा पाँच हजार रुपैया राखेर चियाको कप झै रित्तोपना बोकेर फर्किएँ । दिउँसो उसको भाइ डिस्चार्ज भएर कोठा पुगेको खबर पाइपुग्यो एस.एम.एस. बाट । र धन्यवाद पनि मैले गरेको सहयोगको लागि ।

‘धन्यवाद जरुरी छैन । म पनि तिम्रो स्पर्शबाट नाफाबाट नाफामानै रहेको छु । फेरि पनि अफ्ठेरो परे सम्झनुहोला ।’ भनेर जवाफ फर्काएँ । एस.एम.एस. गर्दा बखत मेरो पत्रकार साथी अगाडी बसेर खुशी हुँदै थियो । हिजो भर्खर हाम्रो यात्रालाई २१औं डेटिङ्ग भन्दै अर्को साथीलाई गर्वसाथ सुनाउँदै पनि थियो । मोवाइलमा कुराकानी सकिए पछि मतिर ध्यान केन्द्रित गर्दै –

“आज तिम्रो अनुहार फ्रेस देख्छु नी ! हिजो भन्दा आज खुशी देखिन्छु । के कुरा छ हँ ?”

“तपाई आज भोली के लेख्दै हुनुहुन्छ” मैले कुरा मोडेँ । सामान्य कुरैकुरामा नै उसले कुरा फुत्कायो कि उपन्यासको लेखाई चलिरहेछ । मैले विषयवस्तु सोधँ औपचारिकतावश । पछि भनौँला भनेर कुरा चपायो । पत्रकार न पर्यो न शत्रुता ठिक न मित्रता नै । मित्रहरुको व्यक्तिगत संवाद पनि बाँकी नराख्ने शत्रुहरुको पिछापनि नछोड्ने । भएपनि उ भित्रको मीठास बेग्लै छ । हमेसा हँसाइ राख्छ पिडा कहिल्यै सोध्दैन । थाहा भएर पनि पिडा पोतिएको छ मुखमा र पनि आज किन फ्रेस हँ ! भनि बस्छ । उसलाई के थाहा उसकी उपन्यासकी यो पात्रले हाँसो झुण्ड्याएर ओठमा बाँचेकी छ । एउटा पात्र बनेर उसलाई पनि आफ्नो सृजनाको पात्र बनाउँदै छ । मेरो पत्रकार साथी पात्रले थाहा नपाओस भनेर आवश्यकता भन्दा बढी अभिनय गर्छ । कहिलेकाँही प्रेम पोखेजस्तो पनि गर्छ । कहिले उपन्यासको लागि वातावरण तयार गर्छ । आज अन्तिम दिन मैले कथा पठाउनु पर्ने । फेसबुकमा सम्पादक मित्रको खुला पत्र आइसक्यो ‘सुटुक्क थपेको म्याद पनि सकिन लाग्यो’ भनेर । रातभर कथाका लागि आफैलाई अक्षरभरि केरिरहेँ । आँशुसँगै झारीरहँ, आफुलाई अर्को उपन्यासमा पात्र बनाई उभ्याएँ । अरुलाई सम्वन्धलाई कथामा उतारेँ । बिहानको अर्लामसँगै सन्तोषको सास फेरेँ । आज कथा लेखिसकियो । एउटा स्रष्टा हुनुको विजयीभाव महशुश गरें । कम्प्यूटर खोलेर फटाफट किबोर्डमा औलाहरुलाई दौडाएँ । मानौ त्यो कथा मैले समयमा नपठाए अर्कोले पठाउनेछ । त्यसपछि इमेलमा अट्याचमेन्ट गरि सम्पादक मित्रलाई पत्र टाइप गरे ।

“मित्र विषयवस्तु थिएन र बेफुर्सदी अलि बढि नै भएकोले ढिलाई हुन गयो । क्षमा चाहन्छु । फेरि पनि मौका दिनुहोला ।” र इमेललाई सेन्ड गरे ।

हिजो देखि बन्द रहेको मोवाइल स्वीच अन गरेपछि ट्वाकट्वाक मोवाइलमा पेण्डिङ्ग रहेको म्यासेज आइपुगेको घण्टिले जनाऊ दियो । खोलेर हेरे लेखेको रहेछ –

“पलभर के लिए कोही हमेँ प्यार करले झुठा ही सही |”