Sushma Manandhar – Chha Ki Chhaina (Nepali Gajal)

सुषमा मानन्धर – छ कि छैन (गजल)

हाँगा हाँगै पालुवा झुले
फूलको डाली छ कि छैन

रोपेर मात्र हुन्न फूल
हुर्काउने माली छ कि छैन

भर्यौ होला मनका कुना
कतै खाली छ कि छैन

कति गर्छौ रीसै मात्र
दिने Continue reading “Sushma Manandhar – Chha Ki Chhaina (Nepali Gajal)”

Sushma Manandhar – Timi Chhau Tyasaile Ma Chhu

सुषमा मानन्धर – तिमी छौ, त्यसैले म छु (गद्य कविता)
(प्रणय कविता)

के तिमीलाई थाहा छ?
म किन यहाँ छु
तिमी छौ यहाँ त्यसैले ।
मेरो अस्तित्वको
शुरुआत तिमीदेखि
र अन्त्य पनि तिमीमै ।
तिमीविनाको म
मेरो Continue reading “Sushma Manandhar – Timi Chhau Tyasaile Ma Chhu”

Sushma Manandhar – Yuddha Sandhai Dukhchha

सुषमा मानन्धर – युध्द सधैं दुख्छ

चाहे भूगोलको कुनै पनि कुनामा
कुनै पनि हतियार चलाउ
मर्ने सधैं एउटै हुन्छ
मान्छे ।
नपुगेर मात्र पनि हैन
नपाएर मात्र पनि हैन
माटोको सानो टुक्रा
जसलाई तिमी देश भन्छौ
बढाउन या रंगाउन
आँखामा पट्टि बाँधी
गोली हानिरहेछौ
रक्तिम धरतीमा सारिरहेछौ
माटोका सिमानाहरु ।
रुग्ण बाजेको शिरमािथ
बमले उडाएको सििलङ्घ
बारुदका वर्षाबाट त्रस्त
नाति खुला आकाश हेर्छ
जीर्णशीर्ण अस्पतालका
अपाहिज भरोसाहरु
युध्दबाट बचेनन्
कुनै मन्दिरमस्जिद र गिर्जाघरहरु पनि ।
न कसैसँग जन्मको वैरी
न कुनै शत्रुता
तिमी कसैलाई चिन्दैनौ
न कोही तिमीलाई चिन्दछन्
तर तिमीले बोक्ने बन्दुकले
अमानव बनेर
कसैका छोरापतिबुवा र दिदीबहिनी
अनाहकमा एकएकलाई ताक्दै
चिनेर दुश्मन सिध्याएको घमण्ड गर्छ
कत्रो ठूलो शेखी!
असंख्य भ्वाङ परेका भित्ताहरुभित्र
प्वाल परेका भविष्यहरु
अस्मिता लुटिएका दिदीबहिनी
आँसु सुकेका आँखामा
नफर्किने भाइहरुका
प्रतिक्षा थापिरहेछन्
तर तिमीले
काख र सिउँदो रित्तो बनाउने
बेहिसाब उन्माद बोकेर
अगाडि राखेका छौ
एउटा नसिध्दिने युध्द ।
कालो होस् या गोरो
मान्छेभित्र रातो बग्ने रगत
मान्छेले नै युध्दमा तताएर
कालो बनाएका छन्चिस्याएका छन् ।
र त दुखेको छैन तिमीलाई
अन्यथा
खाटा बस्न नसकेको घाउ हो युध्दपिरोल्छ
युध्द जता र जहिल्यै होस् सधैं नै दुख्छ ।

Sushma Manandhar – Batti Muni Ko Andhyaro

सुषमा मानन्धर – बत्तिमुनिको अँध्यारो

मेरो भोगाईसँग
सर्वथा अपरिचित
यो तिम्रो अनभिज्ञता
स्वाभाविक हो या
तिम्रो कुनै अभिनय
हेराई मात्रले
जहाँ अरुलाई दुख्छ
तटस्थ बनेर
घाउमा ओखति हैन
बरु नूनचूक छरेका छौ
सुकेको हाँगोमा झैं केही नउम्रने
तिम्रा सम्वेदनाहरु !
उदाँगो रातताराहरु केलाएर
जूनकिरीहरुको उज्यालोमा
मैले चाहेर पिन
घाम उदाउन सक्दैन
कोठाभित्र आउने
एक टुक्रा जुनेली पिन
उपेक्षाको कालो पर्दामा
तिमीले छेकेका छौ ।

मेरा आँसुसँग
बगेका पहिराहरुमा
तिमी बगेनौ दुःखले
आत्तिएनौ मेरा आर्तनादहरुमा
निर्निमेष हेरिरह्यौ
म पुरिएको ।
सहानुभूति ओढेर यताउता
अरुका पुराना खतहरुमा समेत
दुखेको अनुभूति गराउँदै
तिमी रोयौ र छाड्यौ
अनगिन्ति सान्त्वनाका धापहरु ।
यति आसन्न तिम्रो छेऊ
तर पनि छोएन मेरा दुःखले
पग्लिएनौ तिमी जम्नुबाट
ममेरो पीडा
शायद तिम्रो लागि
बत्तिमुनिको अँध्यारो ।

Sushma Manandhar – Najiteko Yuddha

सुषमा मानन्धर – नजितेको युध्द

विशाल सेनाहरु लिएर
आमुन्ने सामुन्ने
हाम्रो कुनै युध्द भएन
घरहरु ढलेनन्
पुलहरु भत्केनन्
गोली र छर्राले
घाइते पनि भइँन ।
तर तिम्रो स्नेहयुक्त हेराईले
विवश
तिम्रो प्रगाढ बन्धनवीच
कैद
तिमीले गरेको
अटुट विस्वाससँग
बाँधिएर
आत्मासम्म भिजाउने
तिम्रो मायामा
डुबेर आत्मसमर्पित
मैले तिमीसँग
आफूलाई
पूर्णतया हारेकी छु ।

Sushma Manandhar – Kya Nam Disturb (Nepali Gajal)

सुषमा मानन्धर – क्या नाम डिस्टर्व (गजल)

कहाँ जाने थाहा नपाई अल्मलिएकै हौ त
त्यसै छाड्यौ दोबाटोमा क्या नाम डिस्टर्व

िहंडिरह्यौ तिमी एक्लै यो झरीमा रुझेर
आएनौ एउटै छातोमा क्या नाम डिस्टर्व

मेरो प्रेमदेखि जल्नेहरु खुशी हुन थाले
हाँस्ने भए यो फाटोमा क्या नाम डिस्टर्व

निको पार्न सक्दैनौ भने भैहाल्यो जाऊ
व्यर्थै चलायौ खाटोमा क्या नाम डिस्टर्व

जिन्दगी यस्तै रहेछ पिस्ने र पिसिने
मकैझैं पिन्ध्यौ जाँतोमा क्या नाम डिस्टर्व

Sushma Manandhar – Susta Susta (Nepali Gajal)

सुषमा मानन्धर – सुस्त सुस्त

हिँड अब सँगै जाउँ कुरा गर्दै सुस्त सुस्त
मनभित्र मीठो मीठो मायाभर्दै सुस्त सुस्त

भीड होला बाटाभरि अल्मलिन सक्छु
म चैं हिँडे तिमीलाई कुर्दै सुस्त सुस्त ।

फुल्न थाल्यो प्रेमको फूल मुटुभित्र
मीठो मन्द बास्ना छर्दै सुस्त सुस्त

सहज हुँदैन यात्रा मन मिल्ने नभए
थालौं बाटो खाल्डाहरु पुर्दै सुस्त सुस्त

Sushma Manandhar – Timro Gajab Bhayo (Nepali Gajal)

सुषमा मानन्धर – तिम्रो गजब भयो

सोच्दै थिएँ अचानकै आउनु तिम्रो गजब भयो ।
न पठाउँदै समाचार पाउनु तिम्रो गजब भयो ।

पग्लिन्न भन्थें अब म जत्ति जे गरे पनि तिमीले
मुस्काउँदै उफ् आँखासन्काउनु तिम्रो गजब भयो ।

बिर्सियौ कि त्यो मुखडा सधैं गाइरहने तिमीले
नसम्झाउँदै गीत गुन्गुनाउनु तिम्रो गजब भयो ।

मेरो मनको थाह अझै नपाको हो र तिमीले
विनसित्तै मलाई तड्पाउनु तिम्रो गजब भयो ।

प्रेम मात्र भावनाको आवेग हो भन्ने तिमीले
अर्पिंदै जीवन नै चढाउनु तिम्रो गजब भयो ।

Sushma Manandhar – Jindagi Euta Inbox

सुषमा मानन्धर – जिन्दगी एउटा इनबक्स
(नेपाल साप्ताहिक)

जिन्दगी
अब एउटा इनबक्स
दिनहु आउने कैयन् इमेलहरू
परििचत/अपरििचत ठेगानाबाट
वाञ्छित/अवाञ्छित प्रवेशको चाहनासग
आकर्ष/भद्दा शीर्षकहरूमा
सम्मोहित अनि दिग्भ्रमित बनाउदै छन् ।
मीठो सपनाको लोभमा
पहिल्याउ”दै सुदूूर
आफ्नाबाट टाढा एउटा भोगाइ
तर, यो भोगाइ, मात्र अन्तहीन ।
सङ्क्रमणबाट त्रस्त जिन्दगीबाट
भाइरस डिलिट गर्न खोज्यो
विडम्बना
जानकारीबिनाको कोही आफ्नै
थुप्रै स्पामहरूभित्र हराउ”छ,
अपराधबोध/गल्ती सच्चिन
फेर िएकपल्ट ब्याक । ब्याक… एउटा मौका
पेज क्यानट बी डिस्प्लेड
आफ्नैअगाडि आफ्नो वर्तमान
किन, कसरी, कोबाट कतिबेला सङ्क्रमित हुनपुग्ने हो
मरीचिकाको परण्िाति शून्य
नचाहदा पनि थेग्न नसकिने थुप्रै जङ्क मेलहरू
अस्तित्वमा अनधिकृत हस्तक्षेपस”ग
जिन्दगीको शान्त तलाउमा
ढुङ्गा फालेर भाइरस फैलाउ”दै छन् ।
र्एलर्ट
आफ्नो र परायबीच
सचेत हुने मौकै नदिई
इनबक्सभित्र ह्वात्तै खोलिन पुग्छ
एउटा अर्को इन्फेक्टेड जङ्क मेल
इच्छाहरू पङ्गु भएका छन्
र, जिन्दगी फेर िएकपल्ट ह्याङ् भएको छ ।

नेपाल साप्ताहिक ३१६

Sushma Manandhar – Chiso Raat

सुषमा मानन्धर – चिसो रात

निकै रात हामीले अनिंदै बितायौं
क्षणिक आ आफ्ना
अहम् तुष्टिका लागि
आँखाभित्र अग्ला पालहरु गाडी
सिंगो बल्दो रात व्यर्थ निभाएर
भित्र मुटुमा वेदना दन्काउंदै
तिमी जलिरह्यौम Continue reading “Sushma Manandhar – Chiso Raat”

Sushma Manandhar – Badal Jasto

सुषमा मानन्धर – बादल जस्तो

मन
उडिरहने एक टुक्रा
बादल जस्तो
कहिले यता कहिले उता
अनि कताकता ।
सम्झेर अतीतबाट
तिमीलाई
कलमसँग डोर्याउन खोज्छु
वर्तमान किटिक्क काट्छ
भाँचिन्छ सम्झना ।
जोडेर गुँदले Continue reading “Sushma Manandhar – Badal Jasto”

Sushma Manandhar – Samayera Haat (Nepali Gajal)

सुषमा मानन्धर – समाएर हात

समाएर हात छोयौ तिमीले केही भए जस्तो छ
जगाएर रात रोक्यौ तिमीलेकेही भए जस्तो छ

पिउनेहरुलाई झैं मदमस्त मातचढ्न थालेको छ
तताएर सास पोख्यौ तिमीलेकेही भए जस्तो छ ।

नजरका वाण घरि घरि किन झुकि रहेको छ
उठाएर वाण छोड्यौ तिमीलेकेही भए जस्तो छ ।

तिमीमा पनि शरमको हल्का लाली बसेको छ
घुमाएर बात सोध्यौ तिमीलेकेही भए जस्तो छ ।

लजाउँदै हेरें आँखामा तिम्रो आँधी चलेको छ
टोकेर ओठ हेर्यौ तिमीलेकेही भए जस्तो छ ।