Sushma Manandhar – Timi Chhau Tyasaile Ma Chhu

सुषमा मानन्धर – तिमी छौ, त्यसैले म छु (गद्य कविता)
(प्रणय कविता)

के तिमीलाई थाहा छ?
म किन यहाँ छु
तिमी छौ यहाँ त्यसैले ।
मेरो अस्तित्वको
शुरुआत तिमीदेखि
र अन्त्य पनि तिमीमै ।
तिमीविनाको म
मेरो छुटटै पहिचान
मेरोलागि कल्पनातीत छ ।
तिमी नहुँदा
मेरो हुनु नहुनु
शून्य बराबर ।
ब्यर्थ छमैले आफूलाई सोच्नु
तिमीलाई बिर्सेर
जिन्दगीको परिभाषा
मात्र औपचारिकता
बिना अर्थ र औचित्य
अनि रंगविहीन ।
जाडोमा
घाम नलागेको दिन जस्तै
खुल्न नसकी कुहिरोभित्र
एकतमाश छटपटी
र अत्यास लाग्दो
एउटा अँध्यारो गहिरो कुवा ।
मैले आफूलाई तिमीभन्दा बाहिर
कहिल्यै चाहिँन
कहिल्यै पाइँन
सँधैं सँगसँगैसृष्टिदेखिको चाहना
तिम्रो साथ
आदि मध्य र अन्तसम्म ।
मभित्र झयाँगिएर
तिमी नै तिमी
मेरो आफ्नो पृथक
न कुनै नाम न इच्छा
तिमीबिनाको म
एउटा खोक्रोपना
सहज आफूलाई चिन्न पिन
मलाई गाह्रोपर्छ ।
जिन्दगीमा सार्थकता
तिमीले दिएका छौ
हर मोडहरुमा तिमी छौ
र त म छु
आड भरोसा
माया र विस्वास
निश्छल समर्पण साँचेर
तिमी छौ प्रिय त्यसैले त म छु ।