Sushma Manandhar – Timro Gajab Bhayo (Nepali Gajal)

सुषमा मानन्धर – तिम्रो गजब भयो

सोच्दै थिएँ अचानकै आउनु तिम्रो गजब भयो ।
न पठाउँदै समाचार पाउनु तिम्रो गजब भयो ।

पग्लिन्न भन्थें अब म जत्ति जे गरे पनि तिमीले
मुस्काउँदै उफ् आँखासन्काउनु तिम्रो गजब भयो ।

बिर्सियौ कि त्यो मुखडा सधैं गाइरहने तिमीले
नसम्झाउँदै गीत गुन्गुनाउनु तिम्रो गजब भयो ।

मेरो मनको थाह अझै नपाको हो र तिमीले
विनसित्तै मलाई तड्पाउनु तिम्रो गजब भयो ।

प्रेम मात्र भावनाको आवेग हो भन्ने तिमीले
अर्पिंदै जीवन नै चढाउनु तिम्रो गजब भयो ।