Nawaraj Subba – Jeevan Bodh

फेर्दैछु
तारा सारा दिन गनेर भएनि
जिएकै छु मृत्युलाई छलेर
ढुक्क बाँचेकै छु ।
मलामी हिँडेको छु
कैयौ अन्तिम अञ्जुली
फूल र माटो चढाएको छु
मुङलान जानेलाई
विदाईका हात
कैयौं पटक हल्लाएकै छु ।
दुखसुखका कुरा छोडौ यार
दुर्घटना, भिडन्त
अपहरणबाट
जतन गर्दागर्दै
यो जीवन
जीवन नभएर के भो र !
जीव भएर नि बाँच्न त पाईयो
आऊ यसैमा खुशी मनाऊँ
अहो ! हामी धन्य रहेछौं ।
कमसेकम आजसम्म रहेछौं ।