Rakesh Karki – Mayalu Timi

इन्जिनियर राकेश कार्की – मायालु तिमी

खहरे मेरो यौवनमा
मायालु तिमी बगी आयौ
बिरह पोलेको यो मनमा
बादलु तिमी बनि छायौ

बगैंचा भित्र फूल संगै
तिमी मलाई कुरीरहु
सन्ध्या संगै छेउ आउंला
तिमी मुस्काई हेरीरहु

खहरे मेरो यौवनमा
मायालु तिमी बगी आयौ

डुब्ने घामको लालीसंगै
मौनता मिठो छाइरहु
चांदनी किरण ओढेर
तिमी मलाई छोइरहु

खहरे मेरो यौवनमा
मायालु तिमी बगी आयौ