Engineer Rakesh Karki – Jaya Maobadi

इन्जिनियर राकेश कार्की – जय माओवादी

असाइलम भन्ने यो
दान हो कि वरदान
तिम्रै समग्र कारण
यो अमेरिकन पहिचान

हरियो पत्ताको यो देशमा
केवल तिम्रा मात्र वादी
अमेरिकन बनाउने
जय माओवादी

लेखन्दासलाई पनि
दुईचार डलर झर्छन्
कहानी कहानीमा
तिम्रो मात्र वर्णन

लुकीछिपी आउ या
प्लेनमा छादी
अमेरिकन बनाउने
जय माओवादी

अस्तु