Digesh Raut – Ma Ani Mero Fursad Ko Kabi

दिगेश राउत – म अनी मेरो फुर्सदको कवी

भाग-दौडको मेरो जिन्दगीबाट
एकैछिनको बिस्राम लिन पाँउदाको कवी म
एकान्तमा बस्दाको बेला कहिले-काहीँ
अफैँ सँग गरेका भलकुसारी कोर्ने गर्दछु।।
जीवनका तिता-मिठा भोगत्याइँका
देखासिखी गर्न खोज्ने मेरा शब्दको कवी म
मेरा मनका ठोकिन पुगेका ज्वार्भाटालाई
शब्दका साहरा लिई चरितार्थ गर्न प्रयत्न गर्दछु।।
जिवनको अनुभुती बोकेर हिड्ने मेरो सहयात्री
मेरो भरिया-मित्र, मेरो मनको कवी म
एकान्तको चौतारीमा आफ्नो भारी बिसाएर
यीनै शब्दका सितल छहारीमा सुस्ताउने गर्दछु।।
हुन त म मेरै फुर्सद्को कबी हुँ साथी
तर पनि फुर्सद मिल्दा आएर मेरो चौतारीमा बसी हेर
कहीले काहिँ सन्जोगले, मेरा शब्दको छहारीमा
तिम्रो भरिया-मनले पनि सितल्ताको आभास गर्नेछ
यही म आश गर्दछु।।