Kalyan Shrestha – Barshat

कल्याण श्रेष्ठ – बर्षात ! (कबिता )

सामान्य दिनचर्याका
ब्यस्त मध्यम बर्गीयका लागि
अफिस आवरमा बसभित्र
ठेलाम ठेलसंग मिसिएको
पसीनासंग घोलिएको
झ्यालबाट छिर्ने दुखेसो होस
या
असामान्य दिनचर्याका
कमजोर तल्लो बर्गीयका लागि
रातभरीको भिसण प्राकितिक प्रकोपमा
भगवानको आसिरबादको आशामा
आफ्नो धर्मं कर्म केलाउँदै
मजबूती नापिएको
छाप्रोको छानोमाथि
भाग्यको हासो होस
या
सामान्य वा असामान्य दिनचर्याका
मस्त उच्च बर्गीयका लागि
रेन थीम महोत्सव होस ;

निश्चल निष्कपट झरी
न्यायकी देवी सरी
रिसाहा छोरा (जेठ) लाई
सुम्सुमादै असार (आमा)
भ्यागुताबाट लोरी सुनाउंदै
बादलबाट बाजा बजाउंदै
चटयांगका झिलिमिलीसंगै
पुलका सुकेका घांटीमा, कलकल पानी पिलाउंदै
बलिया बाटाहरुलाई, लल्यकलुलुक पार्दै
जस्ताका छतमा, हतार हतार गोली बर्षाउंर्दै
काला गाजलले सिंगारिदै
खुसीले गम्कियेर
सारा संसारलाई अंगालोमा बांध्छिन;
आहा!
को बादक, के साधन ?
दैबको कबिता, प्रकृतिको मुस्कान
अमृत ध्वनिको सौंदर्य रंग
बादल को तरंग, धरती को उमंग
धरती को उमंग

हे बर्षात !
घनकीरहेका यी पिरहरुमा
तिमी, छचल्किंछौ मेरो आत्मामा
छाताले नढाकोस मेरो आत्मा
संसारको उत्सवले भिज्न पाउं
सूर्यसंग कहिलेकाही लुकामारी खेल्दै
रंगीचंगी सपना बुन्ने
इन्द्रेनीको मुस्कानले सिंच्न पाउं
अजर हुन पाउं
अमर हुन पाउं /