Rakesh Karki – Los Angeles Ko Traffic Ra Nepal Ko Sambidhan

इन्जिनियर राकेश कार्की – लस् एन्जेलसको ट्राफीक र नेपालको संविधान (कविता)

काममा जान ढीलो भैसक्यो
घडी हेर्दाहेर्दै समय गैसक्यो
बढ्दै बढ्दैन
हिँड्दै हिँड्दैन
झण्डै झण्डै छोएको
कस्तो जाम भएको
ढेप्पिदै नजिक नजिक
लस् एन्जेलसको ट्राफीक

सडक भन्दा धेरै कार
कसरी हिँडोस्
गाडीमात्र बढेपछी
कसरी अटोस्
थ्याच्च थ्याच्च
घ्याच्च घ्याच्च
रोकिया रोकियै
हँ मोडियो मेरो ध्यान
आँखा अगाडी घुम्नथाल्यो
नेपालको संविधान

किन रोकिईरहेछ बढ्दै बढ्दैन
मेरो गाडी जस्तै सर्दै सर्दैन
छ सय एक टाउकाको बिचार
भ्याँ भ्याँ म्याँ म्याँ लावालस्कर
कोच्चामकोच ठेल्लामठेल कस्तो
थोत्रो मिनिबस खाँदे जस्तो
वोभरलोड भएपछि जाम माथि जाम
कसरी बढोस् नेपालको संविधान

सासैसास मात्र खै स्वच्छ पवन
हाटबजार जस्तो संसद भवन
कसको कुरो कल्ले सुन्ने
उधार्ने मात्र कल्ले बुन्ने
म पहाडे म मधिशे भन्छन्
आफैले आफैलाई मात्र गन्छन्
के के न पाए जस्तो
हाजिर हुनमात्र गएजस्तो

अध्धयन मनन भएको छैन
एक कदम पनि बढेको छैन
सबैलाई चाहिएको छ पद
कीरा सरी मंत्री र सांसद

काम कुरो एकातिर
कुम्लो बोकी बिदेश भ्रमण
मेरो कार जस्तै जाम
नेपालको संविधान ।।

लस् एन्जेलस्